Thursday, November 14, 2013

नेता र नेतृत्व


‘अँ, केइ खास कुरा थिए कि तेरा, ल भन् ।’  लीला दाइले कुरा उक्काउन खोज्दै मतिर फर्केर भने ।
‘पैलो कुरा राजनीति भन्या के हो भन्ने त तै“ले था’ पाइस्, हैन त ? राजनीति भन्या देशको शासन चलाउनका लागि आवश्यक पर्ने मुख्य नीति । यस्तो नीति बनाउने र त्यो नीतिअन्सार देशको संविधान, कानुन, नियम, प्रक्रिया, शान्ति, सुरक्षा, विकास, निर्माण सबै काम हुन्छन् । ती सबै कुरा गर्ने भएकाले यल्लाई राजनीति भनियो । यो चलाउनेलाई ‘राजनेता’ भनियो । सामान्य मान्छेले यसलाई नेता भने ।’ लीला दाइ अडिए । 
मैले बीचैमा प्वाक्क सोधेँ– ‘दाइ, राजनीति गर्नेजति सबै राजनेता हुन् त त्यसो भए !’ 
लीला दाइ झस्के । ‘कुरा अलि गहिरो सोधिस् बाबु, तै“ले । राजनीतिमा लाग्ने सबै ‘राजनेता’ हुँदैनन् । राजनीतिमा लाग्ने कोइ कार्यकर्ता, कोइ भरौटे र कोइ अरौटे हुन्छन् । कोइ–कोइ नेता हुन्छन् । अनि लाखौ“ नेताहरूमध्ये एक जना राजनेता हुन्छ । राजनेता हुन आदर्श, सिद्धान्त र चरित्रको निरन्तरता चाइन्छ । त्यसै हुँदैन । देश हाँक्ने दूरदृष्टि चाइन्छ । त्यल्लाई अड्याउन, सफल पार्न र त्यसका पछि देश र जनातालाई हिँडाउन आफूभित्र सिद्धान्तको बलियो आधार आवश्यक पर्छ । आदर्श आफूभित्र हुन्छ । सिद्धान्त व्यवहारमा देखिन्छ । त्यै वेवारले उस्को चरित्र निर्माण हुन्छ । यी तीनै कुरा भा’को मान्छे राजनेता बन्न सक्छ । नभए नेताचै“ सजिलै हुन्छ । राजनेता हुनका लागि अनेकतामा एकता देख्ने चरम धैर्य, क्षमा र करुणाको भावनाले भरिनुपर्छ । आफू र आफ्नो स्वार्थभन्दा देश ठूलो हो भन्ने सम्झन सक्नुपर्छ ।’ लीला दाइ भावुक हुँदै गए । अँगेनाको आगोको राप र राजनीतिको धाराप्रवाह विचारले लीला दाइको अनुहार  रातो देखियो । 
मैले उनलाई फेरि प्रश्न गरेँ– ‘हाम्रा ती इन्द्र दाइ पनि नेतै हुन् त ? अनि तपाईं के नि ? हाम्री स्कुलकी मीना दिदी के त त्यसो भए ? यी पनि सबै नेतै हुन् ? यिनेरु पनि त पञ्चायतको राजनीति गर्छन् नि, हैन र दाइ ?’ 
‘ठीकै प्रश्न गरिस् ।’ लीला दाइले मतिर हेर्दै भने । ‘हामी सबै कार्यकर्ता हौ“ । मीना र इन्द्र पञ्चायतका कार्यकर्ता हुन् । कार्यकर्ता र नेता भनेका सापेक्षिक कुरा हुन् । धेरै कार्यकर्ताले पत्याइदिए, मानिदिए भने तेइ कार्यकर्ता नेता हुन्छ । नेता हुन समर्थक चाइन्छ । विचार, योजना र मान्छेप्रतिको भरोसा मिल्यो भने भीड त्यसको पछि लाग्छ । भीड पछि लाग्न थाल्यो भने शक्ति बढ्छ । शक्तिले मान्छेलाई नाइके बनाइदिन्छ । तर शक्तिले मात्रै मान्छे नेतृत्वदायी बनिरहँदैन । ऊ नाइके मात्रै हुन्छ । नेता बन्न सक्दैन । धेरै मान्छे पछि लगाउने मान्छे नाइके हो । उस्ले तिन्लाई अगुवाइ गर्छ । मन जित्न र त्यल्लाई टिकाइराख्न ऊभित्र आदर्श, सिद्धान्त र चरित्र हुनुपर्छ । त्यसो भो भने ऊ पदमा नभए पनि नेता भइर’न्छ । नाइके चै“ नहुन सक्छ ।’ 
‘तपाईंका कुरा अलि नबुझिने भए दाइ । अलि मैले बुझ्ने भाषामा बुझाइदिनुस् न ।’ मैले लीला दाइलाई रोकेँ ।

लीला दाइले कुरा सुरु गर्दै भने– ‘अँ त, हामीहरू नेता के हुन् ? कस्ता मान्छे नेता हुन् ? भन्ने कुराकानी गर्दै थियौ“ । हेर भाइ, नेता भनेको खेलाँची कुरा हैन । यो भीडबाट जन्मिँदैन । नेता उच्चतम चेतनाबाट जन्मन्छ । नेता तर्क र बलमिच्याइँले पनि जन्मने होइन । हृदय पग्लेर चरम रुपमा देश, समाज र मानिसप्रति करुणाभाव विकसित भएको अवस्थामा मात्रै मान्छे नेता हुन सक्छ । दया, प्रेम, करुणा र भावनाले नभरिएको मान्छे नेता हुन सक्दैन । नेता हुनका लागि बौद्धिक तर्क र योजना मात्र पर्याप्त हुँदैन । त्यो मात्रै हेरेर हामी तिनको पछि लाग्यौ“ भने ठूलो धोका हुन्छ । हृदयमा इमानदारी र काँधमा जिम्मेवारी नभई नेता हुन सकिन्न । हामीले देखेका गाउँघरका नेता भनेकाहरू केइ पाइन्छ कि भनेर पछि लाग्ने आसेपासे हुन् । यिनमा न जिम्मेवारी छ न इमानदारी छ । यिनेरुसँग अर्काप्रति घृणा छ अनि टाउकोमा त्यसैलाई पुष्टि गर्ने तर्क छ । तर्कले पछि लागेको मान्छेसँग आग्रह, आशा र अपेक्षा हुन्छ । भोलि जिम्मेवारीमा पुगेपछि ऊ त्यही आग्रह, आशा र अपेक्षा पूरा गर्नतिर लाग्छ । आफू किन राजनीतिमा लागेँ, त्यो नै बिर्सन्छ । अनि उसका पछि लाग्ने मान्छेहरु हेरेका हे¥यै हुन्छन् । ऊचाहिँ मोज गर्छ । हाम्रो देशको राजनीतिको इतिहास यस्तै–यस्तै पात्रले भरिएको छ ।’   
मैले लीला दाइको अनुहारमा पुलुक्क हेरेँ । लीला दाइ गम्भीर थिए । आगोका अगुल्टा अँगेनामा ठोस्दै लीला दाइ एकछिन चुप भए । कुरा बुझ्दा गहिरा रहेछन्, नबुझ्दा ‘कागलाई बेल पाक्यो हर्ष न विस्मत’ भने जस्तो । मैले मनमनै उम्लिरहेका खुल्दुलीतिर विचार गरेँ । 
लीला दाइलाई फेरि सोधेँ– ‘त्यसो भा’ त नेता त ज्यादै थोरै पो हुँदार’छन् त संसारमा । यो त गाह्रो काम पो र’छ त दाइ । तपाईं चै“ आफूलाई के भन्नुहुन्छ नि ? कार्यकर्ता कि अह्रौटे ?’ मेरो प्रश्नको झटारो ठीकै ठाउँमा लागेछ क्यार, लीला दाइ हाँसे ।
‘म न कार्यकर्ता मात्रै हुन सकेँ न अह्रौटेमै बस्न सकेँ, न नेता हुन सकेँ । खै के भन्नु ? कुरा अप्ठ्यारै छ । तर म आफूलाई नेता भन्न सक्दिनँ । कार्यकर्ता नै भन्ने ठान् । नेता हुन त नेतृत्व लिन सक्नुपर्छ । विचार, व्यक्ति र भूभागको नेतृत्व । कोइ नेताहरू विचारका नेता हुन्छन् । तिनको विचारले ठूलो समूहलाई, ठूलो भूभागलाई, लामो समयलाई प्रभाव पार्छ । तर उनीहरूसँग भीडभाड नहुन सक्छ । दार्शनिकहरू, बुद्ध पुरुषहरू, ठूला साहित्यकार, कविहरू विचारका नेता हुन् । उनीहरूसँग उन्नत विचार हुन्छ तर क्रमबद्ध योजना हुँदैन । योजना नभई मान्छे पछि लाग्दैन । त्यसैले ती मान्छेहरूले विचारमा धेरै मान्छेलाई आफ्नो पछि लगाउँछन् । हरेकको मनमा ती मान्छेहरू बास गर्छन् । तिनले हृदय जित्छन् तर उनीहरूले त्यसलाई योजनामा रूपान्तरण गर्न प्रयास गर्दैनन् । त्यसै कारणले मान्छे पछि लाग्दैनन् । मान्छे पछि लगाउन योजना र आश्वासन बाँड्न जान्नुपर्छ । आफ्नो सुरक्षा र फाइदा नदेखीकन मानिस कसैको पछि लाग्दैन । त्यसैले दार्शनिकहरू, कविहरू, कलाकारहरू, ठूला साहित्यकारहरू लोकप्रिय हुन्छन् तर पनि उसको पछि लागेर उसलाई नेता बनाउन र मान्न मानिसहरु तयार हुँदैनन् ।’
लीला दाइका कुरा मन छुने खालका थिए । म फूलमा भँमराले रस लिएझै“ रस लिएर उनका कुरा सुनिरहेको थिएँ । केहीबेर अडिए । फेरि थपे– ‘दोस्रो खाले नेता छन्– तर्क, धुत्र्याइँ, आश्वासन र योजनाका नेता । हामीले देखेका र सुनेका अधिकाङ्श राजनीतिक नेताहरू तर्क, तिकडम, आश्वासन र योजनाका नेता हुन् । उनीहरूसँग नयाँ र सिर्जनात्मक विचार त हुँदैन तर समाज, देश र स्थानअनुसार के योजना र आश्वासन बिक्छ, त्यसको पहिचान गर्न सक्छन् । तेइ योजना उनेरू आश्वासनको रूपमा बाँड्छन् । आश्वासन दिएपछि भीड पछि लाग्छ । भीडको बलमा उनेरू केइ काम गर्छन् । तर सिर्जनात्मक विचारको अभाव भएकाले तिनले धेरै लामो समयसम्म काम गर्न सक्दैनन् । भीडका अनेकथरी स्वार्थको आक्रमणमा परेर बिलाउँछन् । टिक्न सक्दैनन् । आफ्नो पछि लागेका भीडको स्वार्थ टक्कराउनासाथ उनीहरूको टेक्ने भुइँ नै हँुदैन । त्यसैले अधिकाङ्श राजनीतिज्ञको आयु छोटो हुन्छ ।’
म उनको कुरा सुनेर अलि रणभुल्लमा परेँ । यी हामीले नेता भनेका मान्छेसँग विचारको नेतृत्व त हुँदोरै’नछ, कोसँग हुन्छ त अनि विचार चै“ ? केका भरमा यिनेरु यत्रो शासन सञ्चालन गर्छन् त ? भित्रभित्रै मलाई उकुस–मुकुस भयो । प्वाक्क बीचैमा लीला दाइलाई सोधेँ– ‘अनि प्रजातन्त्रका पिता अब्राहम लिङ्कन, कम्प्युनिस्टका पिता माक्र्स भन्छन् । उनीहरू राजनीति पनि गर्थे । लेनिन पनि ठूला नेता भन्छन् । संसारले मानेका छन्, यो चै“ के नि दाइ ?’
लीला दाइ एकछिन घोरिए । अँगेनाको डिलमा केट्लीमा पानी उम्लिँदै थियो । ‘पख् है त, एक गिलास पानी पनि खाँदै गरौ“, कुरा पनि गर्दै गरौ“ । तँ पनि खान्छस् कि पानी ? ला, एक गिलास ।’ मलाई पनि एक गिलास तातोपानी दिँदै लीला दाइले कुरा जोड्न खोजे । ‘तेरा जिज्ञासा ठीकै हुन् । सुनेको कुरा पनि ठीकै हो । तै“ले सुनेका मान्छेले संसारको राजनीतिलाई नयाँ उचाइ र नयाँ मोड दिएकै हुन् । तर तिनको पनि विचारको स्रोत उनीहरू आफै“ होइनन् । लिङ्कनको प्रजातन्त्रको परिभाषा उनको हृदयले दिएको परिभाषा हो । आन्तरिक चैतन्यबाट निस्केको कुरा होइन । दासप्रतिको करुणाका कारणले जन्मेको परिभाषा । सबै कुरा बजारले बनाउँछ भन्ने आडम स्मिथलाई त्यसको स्रोत मान्नुपर्छ । त्यसैको जगमा छन् लिङ्कन । आडम स्मिथले सबै कुरा खुला बजारले निर्धारण गर्छ भने । लिङ्कनले बजार भनेका जनता हुन् भन्ने अर्थ लगाए । यो अर्थ मान्छेले मन पराए ।’
अगाडि उनले भने– ‘कम्युनिज्मका विषयमा पनि यस्तै भ्रम छन् । यो माक्र्सको उपज होइन । दुःख पाएका मजदुरको आवाज उनले बोलेको हो । कालकोठरी जस्ता ठाउँमा बसेर २४ घन्टामा १८ घन्टा दास झै“ काम गर्ने मान्छेहरूको व्यथा उनीमार्फत् व्यक्त भो । कम्युनिज्म वास्तवमा तर्क र कानुनले स्थापना हुँदैन । त्यसका लागि भावनात्मक हृदय चाइन्छ । माक्र्सले नयाँ प्रयत्न गरे । तर त्यसको जगमा हेगेल, फायरवाख जस्ता दार्शनिकका विचार थिए । त्यसभन्दा अगाडि थिए– ग्रीसका सुकरात, प्लेटो, अरस्तु जस्ता स्वप्नद्रष्टा दार्शनिक पुरुषहरू । त्यसभन्दा पनि धेरै अगाडि पूर्वीय ऋषिहरू थिए, जसले संगछध्वम, संगदध्वम.....भनेर हजारौ“ वर्षअघि नै तेइ कुरा भनेका थिए ।’
‘काँनेर गल्ती भएछ त दाइ ? किन कसैले पनि ध्यान दिएनन् त ?’ मैले बीचैमा सोधेँ ।
‘मानिसको तर्क र अहङ्कार गलेर प्रेमभावको उदय नभई परम्परनिर्भरतातिर मान्छे जाँदैन । परस्परनिर्भरता नभई कम्युन हुँदैन । कम्युनमा नबस्ने मान्छे कम्युनिष्ट हुँदैन । परम्परनिर्भरता देख्न व्यक्ति–व्यक्तिको हृदय एक–अर्कासँग नजिक हुनुपर्छ । माक्र्सको घोषणा एउटा उपाय हो । तत्कालको उपाय । त्यसलाई टिकाउन मानिसभित्र उच्चतर चेतना चाहिन्थ्यो । त्यो विकास गर्ने कामलाई माक्र्सले अफिम भनिदिए । चुरो कुरा बुझ्ने चेतनाको उच्चता माक्र्समा पुग्न सकेन । लेनिनले त्यसलाई शक्तिको आडमा जबर्जस्ती प्रयोग गर्न खोजे । त्यसैले त्यो टिक्न सकेन । जति–जति मान्छे व्यक्तिगत चाहनाबाट माथि उठ्छ, त्यति–त्यति सामूहिक हितको विषयमा सोच्छ । जति–जति हन्डर ठक्कर खान्छ, त्यति–त्यति सहयोग र पारम्परिकता खोज्छ । त्यसैले चरम चैतन्य जागृति गरेका ऋषिहरूले आश्रामरूपी कम्युन बनाए । कम्युनमा बसेँ । त्यही“ जीवन बिताए । कम्युन भनेको त्यस्ता व्यक्तिहरूले चलाउने कुरा हुन् । ती त्यसै चलाउन सकिँदैन । त्यसका लागि व्यक्तिको आन्तरिक जीवनको रूपान्तरण जरुरी हुन्छ । यति मात्रै ऐले बुझिराख् । कम्युनिस्टको विचारका नेता माक्र्स हुन् भन्ने पनि अचम्भको भ्रम हो । उनी पनि योजनाकार हुन् । संवेदनशील व्यक्ति ह्न् । विचारका उद्गम होइनन् । ानवीय चेतनाको उद्गम भेटेनन् माक्र्सले । त्यसैले ाक्र्स एक पक्षीय छन् । पूर्ण छैनन् । मजदूरका हितका कुरा गर्छन् , मालिकलाई अन्याय गर्छन् । 
लीला दाइका कुरा अलि गहिरा थिए । मलाई उनका कुरा बुझ्न गाह्रो हुँदै गयो । म अलिअलि छट्पटाएँ । लीला दाइ मतिर ध्यान दिएर हेरिरहेका थिए । घरिघरि अँगेनाको दाउरा ठोसठास पार्थे र मतिर पुलुक्क हेर्थे । ‘तँलाई कुरा बुझ्न अलि गाह्रो भो होला हो ?’ लीला दाइले मेरो मनका कुरा पढेछन् । 
‘अँ, अलि बुझिनँ मैले । संसारका मानिसहरू प्रजातन्त्रका पिता लिङ्कन हुन्, कम्युनिज्मका जन्मदाता माक्र्स र एङ्गेल्स हुन् भन्छन्, तपाईं चै“ हाम्रा ऋषिहरूतिर पो सोझिनु भो । म त अलमलमा परेँ ।’ मेरा कुरा सुनेर लीला दाइ मज्जाले हाँसे । 
‘यै त विचित्र छ । दुनियाँले कुराको जरो काँ पो बुझ्या  छ र ? खाली बाहिरी आवरण त बुझेको छ । फेरि पूर्वका मान्छेमा बुद्धिजति पश्चिमबाट आयो भन्ने भ्रम छ ।’ लीला दाइ यति भनेर अलिकति दाउरा ल्याउन बाहिर निस्किए । एक अँगालो दाउरा लिएर फेरि भित्र पसे । अँगेनामा दुई–चारवटा दाउरा घुसार्दै उनले भने– ‘तँ आफै“ भन् न, हाम्रा ऋषिहरूका आश्राममा हजारौ“ शिष्य बस्थे । त्यहाँ न कुनै व्यक्तिगत सम्पत्ति थियो न कुनै व्यक्तिगत कामकाज । सबै आश्रामकै निम्ति गुरुको निर्देशनमा काम गरिन्थ्यो । आश्रमकै निम्ति सबै कुरा हुन्थे । पछि गौतम बुद्धको समयमा दसौ“ हजार मानिसहरू एउटै आश्रममा खाने, बस्ने, काम गर्ने गर्थे । योग्यताअनुसार काम, कामअनुसार माम । न कुनै शासक, न कुनै शासित । के ती सबै माक्र्सले भनेका ‘साम्यवाद’ का नमुना होइनन् ? यस्ता कुरा सबैलाई बुझाउन जरुरी छ । तिमेरुले बुझ्न पनि जरुरी छ । आफूसँग भएको नराम्रो, अर्कासँग भएको राम्रो । यस्तै छ मान्छेको दृष्टि ।’
‘अनि दाइ, त्यसो भए कम्युनिज्मका पिता माक्र्स र एङ्गेल्स भनेको पनि फोस्सा नै हो त ?’ मैले अचम्म मान्दै सोधेँ । 
‘तथ्य केलाएर हे¥यो भने यस्तै देखिन्छ । गहिराइमा कुरा बुझिएन । शब्दको पछि लागियो । शब्दको पछि लाग्दा यस्तै हुन्छ । सार र रूपका कुरा कम्युनिस्ट जगत्मा खुब हुन्छन् । तर उनीहरू नै रूपमा अल्मलिए । सारमा पछारिए । पूर्वीय देशहरू चीन, भारत, नेपालजस्ता देशमा त माक्र्सभन्दा कैयाँै हजार वर्षअघि कम्युनको सुरुआत, विकास, स्थापना र सञ्चालन भएको हो । यी देशका मान्छेले त कमसेकम यो कुरा बुझ्नुपर्ने थियो । तिनीहरू पनि लहैलहैमा बहकिए । यथार्थ भन्ने आँट गरेनन् । यो तथ्य हो । कल्पना होइन । चीनमा कन्फ्युसियस, भारत र नेपालमा गौतम बुद्ध, अलि पछिका अरू–अरू व्यक्तिहरूले पनि कैयौ“ कम्युनहरू सफलतापूर्वक चलाए । त्यसको लेखाजोखा नै भएन । कागले कान लग्यो भनेर हामी कागको पछि दौड्यौ“ । कान छामिएन । घरको दराजमा भएको सुन पित्तल जस्तो देखियो । अर्काको टल्केको पित्तल सुन जस्तो लाग्यो ।’
‘रात धेरै गएछ । सुत्नु पनि पर्छ । अब केही कुरा गरौ“ र सुत्न जाऊँ । कुरा सकिएला जस्तो छैन । अर्को दिनलाई थाती राखौ“ला सकिएन भने ।’ लीला दाइले समयतिर मेरो ध्यान तान्नु भो । 
‘अनि दाइ, यो व्यक्ति र भू–भागको नेता भनेका चै“ कस्ता नि ? यी चै“ नेता हैनन् ? यिनलाई चै“ के भन्ने नि ?’ 
लीला दाइले तातोपानीको गिलास हातमा उठाएर पानी खाँदै भने– ‘कुनै व्यक्तिले कुनै ठाउँविशेषका मानिसलाई प्रभाव पारेर अगुवा हुन सक्छ । त्यस्ता मानिसका पछाडि केही मान्छे अवश्य हुन्छन् । ती मान्छेसँग न विचारको गहिराइ हुन्छ न योजना हुन्छ । उनीहरूसँग मानिसको एउटा झुन्ड हुन्छ । त्यस्तालाई नाइके भन्नुपर्छ । कुनै ‘ग्याङ’को नाइके, कुनै खास क्षेत्रविशेषको नाइके । यस्ता नाइकेहरूलाई नै अधिकाङ्शरूपमा हामी नेता भन्छौ“ । विचार र योजनाविहीन अरौटेहरू हुन् यिनेरु । यिनेरुसँग मानिसको झुन्ड मात्र हुन्छ । के ठीक, के बेठीक भन्ने विवेक यिनेरुसँग हुँदैन । यो समूह कुनै सिद्धान्त, आदर्श, योजना र लक्ष्य बोकेर हिँडेको पनि हुँदैन । यिनेरुसँग आफ्नो स्वार्थ र इच्छा हुन्छ । उनीहरूलाई त्यै पूरा गर्ने चिन्ता हुन्छ । त्यसैले यी झुन्डहरू कैले यौटाको पछि लाग्छन्, कैले अर्काको । स्वार्थ पूरा नहुने भएपछि फेरि अर्काको पछि दगुर्न लाज पनि मान्दैनन् । ‘जता मल्कु, उतै ढल्कु’ भन्ने नेपाली टुक्का यिनेरुमा खुब लागू हुन्छ । यस्ता नाइकेहरू जति बढी हुन्छन्, त्यति नै राजनीतिमा अस्थिरता हुन्छ । योजनाविहीनरूपमा समाज हिँड्छ । स्वार्थको पछि राजनीति लाग्छ । डनहरू नेता हुन्छन् । गुटका नाइकेले शासन गर्छन् । हामी सयौ“ वर्षदेखि यस्तै अस्थिर र स्वार्थी समूहको घेरामा परेका छौ“ । हाम्रो राजनीति त्यसैबाट घेरिएको छ ।’ लीला दाइका कुराले म स्तब्ध भएँ । 

No comments:

Post a Comment