Monday, December 19, 2016

टोपी र टुप्पीले हैरान

म जन्मेहुर्केको गाउँ आम्बोटेमा पछिसम्मै माध्यमिक विद्यालय थिएन । निम्न माध्यमिक विद्यालय मात्र थियो । त्यसपछिको स्कूल पढ्न भने दिनभरिको बाटो हिँडेर या त सिन्धुली माढी (सदरमुकाम) पुग्नुपथ्र्यो या कमलाखुँजको भलुवाही । आफन्तकहाँ बसेर पढने सुविधा र ग्रामीण भेगको स्कूल भएकाले हाम्रो गाँउबाट पढ्न जाने धेरैजसो दाइहरु भलुवाही नै गएर पढने गर्थे । 
एक दिन हजुरबाले भन्नुभयो– “भलुवाही नै पढ् । नजिक पनि छ । आउन जान साथीहरु पनि हुन्छन् ।”  
बाले थप्नुभयो – “हाइस्कूल पछि अलि ठूलो पनि हुन्छस् । आफै“ पकाएर खान पनि सक्छस् । त्यसपछि जहाँ हुन्छ जानू ।” घरको सल्लाह यही थियो । म राजी भएँ । कक्षा ७ को परीक्षाफल आएपछि म कक्षा ८ मा पढ्न भलुवाही जाने भएँ । माघ महिनाको पहिलो हप्तामा स्कुल भर्ना हुन हजुरबा र नाति भलुवाही जाने भयौ“ ।
“माघ लाग्यो । अब स्कूल भर्ना हुन भोलि बिहानै भलुवाही जानुपर्छ । छिटो उठ् नि ! तँ ढिलोसम्म सुत्छस् । भोलि ढिलो नगर् !” हजुरबाले मलाई खर्याउनु भयो । हजुरबाको कुरा ठीकै थियो । जाडोको बेला केटाकेटी उमेरको मान्छे । उठ् नभनी उठ्ने खासै जाँगर चल्दैनथ्योे । गोठमा होस् वा घरमा कसैले उठ् नभनी ओछ्यान छोड्न गाह्रै लाग्थ्यो । बाले चड्कन लगाउनु हुन्छ भन्ने डरले नै बिहान चाँडो उठ्ने हो । नत्र त मज्जाले बिहानभरि घामलागुन्जेल सुतिन्थ्यो । 
माघको जाडो । बिहानको चिसो समय । किन सबेर उठ्नु पर्ने होला ? एकछिन सुत्न पाएको भए ? कस्तो रमाइलो सपना देखिराथेँ । नउठाएको भए कति मजा हुन्थ्यो । के गर्नु, बाले उठाइहाल्नु हुन्थ्यो । एकछिन ढिलो भयो कि बा भन्नु हुन्थ्यो– “ए केटा हो उठ । बिहानको घाम झुल्किसक्यो, सुतिरन्छौ ?” कटाक्ष हुन्थ्यो बाको भनाइमा । हामी हतारहतार उठ्थ्यौ“ । सपनामा रमाइरहे पनि कुटाइ आउला भन्ने डरले हतारहतारमा सिरक फालेर जुरुक्क उठ्थ्यौ“ ।
स्कूल भर्नाको तातोले नाति र हजुरबाको यात्रा भोलि शुरु हुने तय भयो । हजुरबाले भन्नुभयो – “लौ त्यसो भए भोलि बिहानै छिटोछिटो खाना खाएर जाउँ त । म भर्ना गरेर र तँलाई बस्ने व्यवस्था मिलाएर फर्कांैला । कमलाखुँजतिर अलिअलि काम पनि छ । त्यो पनि सिध्याएर आउँछु । पोहोरसालको बटिया धान पनि लिन बाँकी नै छ । त्यो पनि लिनुपर्नेछ । फेरि जान भ्याइँदैन ।” हजुरबाले लामो योजना बनाउनु भयो । भोलिपल्ट एउटा ठूलो नाइलनको बोराको झोलामा केही पाथी चामल, च्युरा र केही माना गुन्द्रुक हालेर बोकेँ । आमाले बाटोमा खाने खाजा पनि बनाइ दिनुभयो । पातको टपरीमा नातो बाँधेर झोलामा हालियो । हाइस्कूल भर्ना भएर पढ्ने उद्देश्यसाथ घरबाट कमला खुँजको यात्रा शुरु भयो । हजुरबासँग हिँड्दा रमाइलो नै हुन्थ्यो । पुराना अनुभवहरु सुन्दै हिँड्न पाइन्थ्यो ।  
हामी आम्बोटेको भञ्ज्याङ कटेर चिसापानी डाँडा हुँदै ओरालो बाटो ठाकुरखोलातिर झ¥यौ“ । खोलैखोलाको बाटो थियो । घरी खोला घरी पाखा गरेर २० ठाउँमा वारिपारि गर्नुपथ्र्यो । बाटोमा सर्पेढुँगो भन्ने सर्पकै आकृतिको बडेमाको ढुंगो पथ्र्यो । त्यो ढुंगासँग महाभारतकालीन कथा जोडिएको रहेछ । 
हजुरबाले भन्नुभयो – “यो ढुङ्गो पाण्डवहरुको वनवाससँग जोडिएको छ । पारीपट्टि चुलो पनि छ । अलिपर भिमसेन ढुङ्गो छ । यो चाहिँ सर्पे ढुङ्गोे ।” 
हजुरबाको कुरामा कति पौराणिक तथ्य छ त्यो त खोजीकै बिषय होला तर म भने त्यतिबेला त्यो ढुंगो देखेर अचम्मै भएँ । टाउको पट्टि अलि ठूलो हुँदै गएको छ, पुच्छरतिर भने सानो र तीखो परेको छ । 
मै“ले हजुरबालाई सोधे“– “अनि हजुरबा महाभारतका पाण्डवहरु त दिल्ली नजिकका पो हुन् त कसरी याँसम्म आइपुगे त ?” 
“बाह्र वर्ष भनेको सामान्य समय होइन । त्यो बेलाको कुरा हेर्ने हो भने मानिसको सभ्याता पनि शीखरमै थियो । पछि नाश भा’को भन्ने भनाइ छ । बिराटनगर नजिक त आ’को प्रमाणित नै भइसक्यो । याँ पनि आए होलान् । हाम्रो ज्ञान कति फराकिलो छ र ? १०० वर्ष अघिको कुरा त राम्ररी रेकर्ड हुँदैन । यो त ५००० वर्ष अघिको कुरा ।” 
हजुरबाका कुरा रमाइला थिए । मलाई भने त्यतिखेर बौद्धिक जिज्ञाशा भन्दा पनि सुन्दाखेरि अचम्म र रमाइलो लाग्थ्यो । यस्तै कुराकानी गर्दागर्दै हामी हजुरबा र नाति कमलाखुँज निस्कने गौ“डो बाढीगाउँनेर पुग्यौ“ । अलिअलि भोक पनि लाग्न थाल्यो । खाजा खाने हो कि भनेर मै“ले हजुरबालाई सोधे । 
“निकाल्न त ! तेरो झोला पनि हलुङ्गो हुन्छ । खाजा खाउँ अनि बिस्तारो जाउँला । आज साहिँली दिदीकहाँ कर्माहामा बसौ“ला ।” हजुरबाले बासको ठाउँ पनि टुंगो गरिसक्नुभएको रहेछ । 
दुवै जना नातिबजुले ढुंगामाथि बसेर खाजा खायौ“ । बेलुका दिदीकाहाँ पुगियो कर्माहा । त्यस दिनको बास त्यहीँ भयो ।
भोलिपल्ट बिहानै जाडोमा ठिउठिउ गर्दै लागियो भलुवाहीतिर । बाटोमा एउटा सानो बजार थियो डकाहा । किनमेल गर्ने मानिसहरु निकै हुन्थे बजार सानो भए पनि । त्यहाँ एकजना लुगा सिलाउने चिनजानका मानिस बस्थे दमाइ थरका । हजुरबासँग राम्रै चिनजान थियो । हाम्रो घरमा एकदुई पटक पुगेका थिए । उनलाई हजुरबाले सोध्नुभयो – “यो नाति सर्ट र पाइन्ट लगाउँछु भन्छ । सिलाउन जान्दछौ ?” 
“बजारमा बसेको छु । दिनैपिच्छेको काम त्यही छ, कस्तो नजान्नु हजुर, सिलाइहाल्छु नि !” दमाई दाइले जबाफ फर्काए ।  
हजुरबाले उनको भनाइ शतप्रतिशत पत्याउनु भयो । नजिकैको पसलमा गएर कपडा किन्ने विचारले सोध्नुभयो – “ए साहु ठिक्क मोल पर्ने पोलिष्टरको सर्ट र पाइन्टको कपडा देखाऊ त ।” 
बूढा मान्छेको अनुहारमा पसलेले पुलुक्क हेर्यो । शायद उसलाई हजुरबाको बोली अलि अनौठो लागेछ क्यार । मैले अनुमान लगाएँ । पसलेले खैरो रंगको पोलिष्टरको कपडा देखाउँदै भन्यो – “यो सर्टका लागि पनि काम लाग्छ, पाइन्टका लागि पनि काम लाग्छ । कपडा राम्रो छ । धेरै विद्यार्थीले यै सिलाका छन् ।” 
कपडा अलि पातलो थियो । सर्टका लागि हुने तर पाइन्टका लागि भने नहुने खालको । 
“यो त पाइन्टको कपडा हैन त !” मैले अलि शंका व्यक्त गरेँ ।
हजुरबालाई कुन कपडा कस्तो त्यति थाहा थिएन क्यार, पसलेको कुरा सुन्दै भन्नुभयो – “हुन्छ, हुन्छ । बलियो छ के ? केटाकेटीहरुलाई अलि बलियो चाइन्छ, छिट्टै फटाउँछन् ।” 
पसलेले हजुरबाको आशय बुझिहाल्यो । भन्यो – “बाजे यो राम्रो छ । सिलाउने मानिस पनि चाइन्छ भने म भन्दिन्छु । सिलाइदिन्छ । २।४ दिनमा आएर बाबुले लगे हुन्छ ।” 
त्यतिबेला पोलिष्टर कपडाहरु भर्खरभर्खर निस्केका थिए । शतप्रतिशत नाइलनबाट बनेका ती कपडा बलियाका हिसाबले त ठीकै हुन्थे तर शरीरमा लगाउँदा भने त्यति आरामदायक हुँदैनथे । जाडोमा अति चिसो अनि गर्मीमा पोलेर लगाउनै नसकिने । गाउँका किसानहरु भने बलियो हुने र धेरै समय टिक्ने भएकाले त्यस्ता कपडाहरु मन पराउँथे । एक किसिमको बाध्यता नै रहेछ क्यार त्यो मन पराउनुमा पनि । 
अहिलेका केटाकेटीहरु भए त्यो कपडा हेर्दैनहेरी अर्कोतिर लागिसक्थे । रिसाएर, फन्केर बाबुआमालाई गाली गर्थे होलान् । तर त्यतिबेला ममा त्यो संस्कार पनि थिएन हिम्मत पनि थिएन । आपूmभन्दा अग्रजले भनेको मान्ने आज्ञाकारिता सिकेर हुर्केकाले मैले नाइँनास्ती गरिनँ । 
डकाहा बजारमा कपडा सिलाउन दिएर हजुरबा र नाति भलुवाहीतिर लाग्यौ“ ।  थुप्रै आफन्तकहाँ पस्दै र खाना खाँदै बेलुका भलुवाही पुगियो । हजुरबाकै उमेरका एक जना बुढा मानिस त्यहाँका अभिभावक थिए । उनका अरु २ जना छोराहरुका घर लहरै रहेछन् । बुढा मानिसका साहिँला छोरालाई हाम्रै गाउँकी एक जना दिदी दिएको रहेछ । बुढा मानिस हजुरबाका ससुराली खलक रहेछन् । बेलुका पुगेपछि केहीबेर भलाकुसारी चल्यो । 
हजुरबाले भन्नुभयो – “यो नातिले भर्ना गरिदिनु पर्यो भनेर साह्रै कचकच गर्यो र लिएर आको । याँ छोड्न पाएँ भने बरालिन पनि पाउँदैन । अलिअलि दिदीलाई पनि सघाउँछ । पढ्न जाने साथी पनि रछन् । यै“ बस्ने व्यवस्था गर्दिनु परो भनेर बिचार गरेँ ।”
हजुरबाको कुरा सुनेर बुढा मानिसले भने – “साइली त तपैंहरुकै छोरीचेली हो । माइती भनेपछि आइमाईहरुलाई रमाइलै लाग्छ । आफू पनि खाना पकाउनु खानु परिहाल्छ । यौटालाई अलिकति चामल थपिदिनु कति ठूलो कुरा हो र ?” 
बुढाका कुरा सुनेर बसिरहेकी दिदीले पनि थपिन् – “दाजुले यो भाइको चिन्तै लिनु पर्दैन । मकहाँ छोडेर ढुक्क भएर जानुस् ।” 
त्यहीँं बसेर घरको केही काम पनि सघाउने र पढ्न जाने गरी डेराको व्यवस्था हजुरबाले मिलाइ दिनु भयो । मै“ले त्यहीँ बसेर हाइस्कूल जाने र पढने काम शुरु गरे“ । 
स्कूल भर्ना गर्न हजुरबा जानु भएन । त्यतिबेलासम्म म शिक्षकहरु संँग कुराकानी गर्ने र आफ्नो स–सानो काम आफँै गर्न थालिसकेको थिएँ । भर्नाको काम सकिएपछि म गएँ सिलाउन दिएको कपडा लिन डकाहा बजार । दमाइ दाइले आपूmले जानेसम्मको राम्रा गरेर कपडा सिलाइ दिएका थिए, तर त्यसको छाँटछन्द भने पटक्कै मिलेको थिएन । पाइन्ट र सर्टको आकार मात्र थियो त्यो । न सिलाइ राम्रो, न कपडा स्तरीय । यस्तो हालतको भए पनि मै“ले पहिलो पटक सर्टपाइन्ट लगाउन पाएको थिएँ । नराम्रै भए पनि सर्टपाइन्ट लगाउन त पाइयो । त्यसैमा मक्ख परे“ म । त्यतिबेलासम्म म फेशनको त्यति सौखिन भइसकेको थिइनँ । 
म त्यो कपडा लगाएर जब म स्कूल जान थाले“, साथीहरुले मलाई जिस्क्याउने बहाना पाइहाले । त्यसै पनि पहाडबाट भर्खर खुँज झरेको । स्थानीयसँगको बोलीचाली र व्यवहारमा फरकपन छँदै थियो । त्यसमा फेरि पढाइमा जिल्ला सेकेन्ड गरेको भन्ने पनि बुझेका थिए उनीहरुले । कक्षा ७ को जिल्लास्तरीय परीक्षामा म दोस्रो र त्यस विद्यालयका बासु तिमल्सिना तेस्रो भएका थिए । मानिसको आन्तरिक व्यक्तित्व कसलाई के थाहा ? पहिले हेर्ने त बाहिरी रुप न हो । केही साथीहरु चिटिक्क मिलेको शहरमा सिलाएका सर्ट र पाइन्टमा स्कूल आउँथे । म भने त्यही डकाहा बजारमा दमाइ दाइले सिलाईदिएका कपडामा जान्थेँ स्कूल । कपडा ठिकै भए पनि छाँटछन्दको सिलाइ भए त भन्ने ठाउँ कम्ती हुन्थ्यो होला तर त्यो थियो नाममात्रको सर्ट–पाइन्ट । मेरो लवाइखवाइको ढाँचा र बोलीको अलि भिन्नपनले उनीहरुलाई मसला मिल्यो मलाइ जिस्क्याउने । स्थानीयहरुको समूह अलि ठूलो भएकाले हेप्नसम्म हेप्न थाले । हाम्रा गाउँबाट केही साथीहरु सँगै त्यहाँ गएका भए पनि आन्तरिक प्रतिस्पर्धाको ईखले होला हेप्न पाउँदा उनीहरु पनि स्थानीय साथीहरुसँगै मिसिए । बैकुण्ठ अधिकारी, बासु तिमल्सिना र विष्णु काफ्लेले हुनसम्म खेदे मलाई । अहिले सम्झँदा हाँसो उठ्छ । कस्तो हातल थियो कठैबरा त्यो गाउँबाट भर्खर निस्केर घरबाट टाढा जाँदाको गाउँले केटाको !  
अर्को स्कूलबाट आएको भनेपछि रैथाने विद्यार्थीहरुले केही समय जिस्क्याउने, दिक्क पार्ने, हेप्ने गर्छन् भन्ने मैले सुनेको त थिएँ तर देखेको र भोगेको थिइनँ । भलुवाही पुगेपछि मैले त्यो हेपाइ हुनसम्म भोगेँ ।  
म त्यतिबेलासम्म टोपी लगाउने गर्थे“ । लगभग बी. ए. पढदासम्म नै मैले टोपी नियमित जस्तै लगाएँ । मेरो टोपी गाउँमा सिलाएको सामान्य कपडाको टोपी थियो । बाहुनको छोरो भएकाले कपाल काट्ता टुप्पी राख्ने चलन थियो । अलि लामै थियो मेरो टुप्पी त्यतिबेला । सिखा पारेर बाँध्ने चलन थियो लामो टुप्पी हुनेले । त्यो टोपी र टुप्पी अब मेरा साथीहरुका लागि खेलौना जस्तै भयो । उनीहरुकोभन्दा अलि फरक खालको र सर्टपाइन्ट छँदै थियो । त्यसमाथि टुप्पी र टोपी भएपछि त के चाहियो र । स्कूल गयो कि १।२ जना साथीहरु अघिपछि गरेर कहिले टोपी फुकालेर लिएर हिँडिदिने, कहिले लुकाइदिने, कहिले टोपीको बखान गरेर हैरान पार्ने गर्न थाले । यसले मलाई साह्रै दिक्क बनायो । २।४ दिनपछि  त स्कूल जान पनि अत्यन्तै बोझिलो लाग्न थाल्यो । स्कूल जाने बेला भयो कि साथीहरुको जिस्क्याइ सम्झँन्थेँ । दिक्क लाग्थ्यो । हुँदाहुँदा मलाई स्कूल नै नजाऊँनजाऊँ लाग्न थाल्यो । पढाइमा रस त बसेको थियो तर साथीहरुको व्यवहार भने सहनै गाह्रो । कलिलो केटो, कहिल्यै घर नछोडेको त्यसमाथि पनि माया नगर्ने र जिस्क्याउने साथीहरु । साथीहरुको हेपाइ र जिस्काइले स्कूलभन्दा घर सम्झन थालेँ । मलाई घरको सम्झनाले दिन–प्रतिदिनै सताउन थाल्यो । म पढाइ छाडेर घर फर्कने निर्णयमा पुगेँ । (संस्मरण ‘सिर्कनोदेखि समाधिसम्म’बाट )

कथाः ज्याकी

अमेरिकाबाट मेकानिकल इन्जिनियरिङमा विद्यावारिधी सकेर भर्खरै फर्केको एउटा खाइलाग्दो थाई इन्जिनियरको अघिल्तिर बसेर परिचय गरिनसक्तै ज्याकीले भनेकी थिई— ‘आइ हेट मेकानिकल लाइफ एण्ड मेकानिकल इन्जिनियर । दे डन्ट ह्याभ लाइफ ।’ म उसको कुरा सुनेर तीन छक परेको थिएँ र मनमनै भनेको थिएँ— ‘कस्ती सोमत नभएकी केटी रहिछे ! अपरिचित विदेशीलाई यसोभन्दा अलि अप्ठ्यारो त मान्नु ।’
.....
बेइजिङ ओलम्पिक स्टेडियम– ‘वर्ड नेष्ट नजिकै होटल सेभेन डेज इनको चौथो तलाबाट म र थाई इन्जिनियर योथा सँगै बसेर चिनीयाँ वास्तुकलाको त्यो अनौठो स्टेडियम नियाल्दै थियौँ, कसैले ढोका ढक्ढक्यायो बाहिरबाट । मैले हत्तपत्त ढोका खोलेँ । ढोका अगाडि फक्रेको पियोनी पूmल जस्तै एउटी चिनीयाँ सुन्दरी मादक मुस्कानमा उभिएकी थिई । उसले मलाई देख्नेबित्तिकै ‘हाई’ भन्दै हात उठाई र कोठाभित्र पस्ने अनुमतिको प्रतिक्षा गरिरही । मैले उसलाई कोठाभित्र आउन इसारा गरेँ, ऊ भित्र पसी । म कोठा बन्द गरौँ कि नगरौँ दोधारमा परेँ । ढोका खुलै छोडेर उसलाई खाटनजिकैको कुर्सीमा बस्न इसारा गरेँ । 
............
मैले उसलाई त्यसै दिन बिहान खाजा खान बसेको बेला रेष्टुरेन्टमा देखेको थिएँ । उसको आत्मविश्वासयुक्त अनुहार, लचकदार हिँडाइ, स्मित मुस्कान र आधुनिक पहिरनले मेरो मनमा उसको चित्र छापिइसकेको थियो । हल्का घिउ रंगको कोट र मिनीस्कर्टमा सजिएकी ज्याकीको मोहनी रुपलाई मेरा चोर आँखाले माथिदेखि तलसम्मै धेरैपटक नियालेका थिए । ऊ हतारहतार डाइनिङ टेबलमा सजाइएका खाजाका परिकार बट्टामा प्याक गरेर झुण्ड्याउँदै बाहिरिएकी थिई चिनजान गर्न नपाउँदै । अहिले फेरि त्यो केटी हामी बसेको कोठाभित्र छिरेकी थिई । उसको उन्मुक्त मुस्कान र शरीरमा झल्कने सुन्दरताले योथा र मलाई चुम्बकझैँ तानेको थियो, ऊतिर ।  
‘म ज्याकी ।’ उसले आफ्नो परिचय दिई ।   
हामीले प्रत्युत्तरमा केही भन्न नपाउँदै मतिर फर्केर बोली– ‘मलाई तपार्इंसँग बसेर एउटा फोटो खिच्न मन छ । तपाईंले लगाएको पोसाक (नेपाली दौरासुरुवाल र ढाकाटोपी) असाध्यै मन पर्छ मलाई । इटस् युनिक । म त्यही कुरा गर्न तपाईंलाई खोज्दै आएकी । डिस्टर्ब त गरिनँ ?’ कोठामा आउनुको कारण बताउँदै औपचारिक हुन खोजी ज्याकी । 
विदेशी साथीको अगाडि कुनै युवतीबाट आफूले लगाएको पहिरनको प्रशंसा अनि सँगै बसेर फोटो खिच्ने प्रस्ताव सुन्दा कसको मन फुरुङ्ग नहोला र ! मेरो नाक घिरौँलाजत्रो भयो । मैले ज्याकीलाई बिहान देखेभन्दा पनि सुन्दरी देखेँ त्यो सुनेपछि । 
‘तपाईंलाई बिहान देख्नासाथ एउटा फोटो खिचिहालौँ भन्ने लागेको थियो तर त्यतिबेला मसँग क्यामरा थिएन । त्यसैले रोकिएँ । भरे खानापछि समय मिलाएर फेटो खिचौँ है !’ उभिएरै सबै कुरा एकै सासमा सिध्याई ज्याकीले । मैले नजिकैको कुर्सीमा बस्न इसारा गरेँ । ऊ म बसेकै बेडको अर्को छेउमा बसी अलि सम्हालिएर । मसँगै बसिरहेको थाई साथी योथाको परिचय गराउन खोजेँ मैले । योथाले आफ्नो परिचय दिइनसक्तै उसले मुख अमिलो बनाई । 
‘किन यसो गरेकी होली उसले ?’ मेरो मन खिस्रिक्क भयो ।  
‘तपाईं नै हो थाइल्यान्डबाट आउनुभएको मेकानिकल इन्जिनियर ? मलाई दोराले सबै कुरा बताएकी थिई तपाईंको बारेमा । सरी, मलाई टेक्निसियन र टेक्निकल जब दुवै मन पर्दैन ।’
एउटी सुन्दरीको मुखबाट नेपाली पोसाकको प्रसंशा अनि सँगै फोटो खिच्ने प्रस्तावले सगरमाथाको चुचुरोमा पुगेको ज्याकीप्रतिको आदरभाव योथाप्रतिको उसका शब्दले फेदीमा झारिदियो । 
‘कस्ती असभ्य केटी रहिछे । कुरै नबुझी पहिलो भेटमै के सारो हेपेकी ।’ मेरो मनले सम्बाद गर्न थाल्यो ज्याकीका शब्दसँग । बिचरा योथा, उसको अनुहार वर्षनै लागेको बादलजस्तो भयो । मैले अनुमान लगाएँ, आफ्नो पेशाप्रति व्यक्त ज्याकीका शब्दबाणले उसको हृदयमा घाउ बनेको हुनुपर्छ । उसको अनुहारले देखाएको प्रतिक्रिया शब्दभन्दा कडा थियो । तर उसले शब्दमा केही भनेन, ज्याकीतिर हेरि मात्र रह्यो अन्यमनस्क आँखा लाएर ।   
ज्याकीको त्यो प्रस्ताव र परिचय हाम्रा लागि अप्रत्यासित थियो । 
‘कस्ती वाचाल छे यो कटी ? अनि कति स्मार्ट र फ्र्याङ्क ?’ उसको हाउभाउ र व्यक्तित्वले तान्यो हामीलाई ।
‘नेपाली पोसाक मन पराएको र प्रशंसा गरेकोमा धन्यवाद ज्याकी ।’ विनम्रता र कृतज्ञताको ढोकाबाट ज्याकीभित्र पस्ने अवसरको उपयोग गरेँ मैले— ‘भोलि विहान हाम्रो कन्ट्री रिपोर्ट पेश गर्ने समयतालिका छ, त्यसमा आयौ भने मेरो देशको बारेमा पनि जानकारी गराउँला अनि सँगै बसेर चाहेजति फोटो पनि खिचाँैला ।’ मैले उसको इच्छा पूरा गर्ने र नजिकिने मौका गुमाउन चाहिनँ ।
‘ह्याभ अ सिट ।’ आपूm बसेको बेडबाट उठेर कुर्सी तान्दै ज्याकीले हामीतर्फ इशारा गरी । मेरा चोर आँखा घरि माथि र घरि तल गरिरहे उसका बंैशालु शरीरमा । 
‘कति मिहिनेत गरेर बनाएका होलान् ईश्वरले यिनलाई ! यस्तो मनै लोभ्याउने सुन्दरता कसरी भरे होलान् यिनको शरीरमा ! शायद विश्वसुन्दरीको कल्पना गरेका थिए होलान् ईश्वरले यिनलाई बनाउँदा ।’ मेरो भित्री मनले पटकपटक सम्बाद ग¥यो उसको रुपसँग । बारम्बार घचघच्याइ रह्यो ऊतिर आँखा सोझ्याउन । मैले देखेका चिनीयाँ केटीहरुमध्ये ऊ नै अब्लल लागेकी थिई मलाई त्यस दिन । 
ज्याकीले उभिएर योथा र मलाई बस्न इशारा गरिरहेकी थिई । सर्लक्क परेका मसिना औलाले सजिएका उसका दुवै हातको इशारा र शिष्टतासँगै छचलिएको मृदु मुस्कान मेकानिकल इन्जिनियर योथाप्रति भने अलि व्यंग्यात्मक थियो । 
चिनीयाँ युवतीको नाम त ज्याकी नहुनुपर्ने हो, कसरी यसले आपूmलाई ज्याकी भनी ? म मनमनै तर्कका भेल उराल्दै थिएँ, ज्याकीले हामीतिर फर्केर भनी – ‘मेरो चीनीयाँ नाम चाहिँ ल्यू याङ  । ज्याकी मेरो अंग्रेजी नाम, अंग्रेजी शिक्षकले राखिदिएको । हामी चिनीयाँहरु विदेशीसँग परिचय गर्दा अंग्रेजी नाम अनि चिनीयाँसँग चिनीयाँ नाम प्रयोग गछौँ सम्झन सजिलोका लागि ।’ अनुहारतिर लत्रेको कपाल सम्हाल्दै थपी— ‘तपाईंलाई मेरो नाम सुनेर अचम्म लाग्यो होला झ्वाट्ट सन्दा केटाको नामजस्तो ठान्छन् मानिसले ।’ 
मुसुक्क हाँस्ता गालामा डिम्पलको खाल्डो अझ सुन्दर देखियो ज्याकीको मोहनी गालामा ।  
ज्याकी बेडको छेउमा बस्ता उसका दुवै तिघ्रा ट्याप्प जोडिए पनि उसको मिनीस्कर्ट अलि माथि सरेकाले बीचको सानो ठाउँ हाम्रा लागि रहस्यमय भएको थियो । घरिघरि ऊ चल्मलाउँदा त्यो रहस्यमय क्षेत्र ढाकिने पातलो भित्री बस्त्र देखिएला–देखिएलाझैँ हुन्थ्यो । ऊ घरिघरि सम्हालिन्थी स्कर्ट तानेर । दुवै गोडा सकेसम्म नजिक ल्याएर जोडेकी भए पनि हाम्रा आँखा ज्याकीको त्यो साँघुरो अदृश्य जगत ठम्याउन लालायित थिए । रहस्यको गुफाजस्तो भएको थियो उसको त्यो सानो क्षेत्र । 
उसको मोहनी रुप, मुस्कान र पहिरनको चुम्बकले हामीलाई तानिरहेको थियो । योथा कुरा गर्दा मेरा आँखाले अवसर पाउँथे अनि म कुरा गर्दा योथाले । हामी पालैपालो उसको सुन्दरतामा लुटपुटिएका थियौँ । अवसर पायो कि हाम्रा लोभी आँखा कि ज्याकीको गोरो, हसिलो र पुष्ट गाला हुँदै छातिमा फक्रेका फुलतिर केन्द्रित हुन्थे कि टयाप्प जोडिएका सुडौल तिघ्राको कापतिर । घरिघरि त लाग्थ्यो उसको सुन्दरताले हाम्रो सन्तुलन डाँवाडोल पारिदिन सक्छ, त्यसभन्दा अघि नै ऊ यहाँबाट निस्के हुन्थ्यो । तर ज्याकी टसमस भएकी थिइन । उसलाई अझै धेरै कुरा गर्न मन लागेको थियो योथासँगको चिनजानपछि । 
...........
उसको कोठा प्रवेशसँगै हाम्रो कोठा अझ उज्यालो भएको थियो । हाम्रो मनमा नयाँ शक्ति सञ्चार भएभैmँ भएको थियो । त्यति मोहक चिनीयाँ सुन्दरीसँग धितमरुञ्जेल गफिन पाउनु एउटा अपूर्व अवसर थियो हाम्रा लागि । हामी चाहन्थ्यौँ उसलाई सकेसम्म बढी समय हाम्रो कोठाभित्र राखौँ र मनलाग्दी कुराकानी गरौँ र उसको सुन्दरता पिइरहौँ । त्यसका लागि एउटै उपाय थियो, लामो वार्तालाप । 
‘मैले त तपाईंलाई आज मात्रै देखेँ । के तपाईं पनि यहीँ काम गर्नुहुन्छ ?’ समय तन्काउने उपाय निकालेँ मैले ।
‘हो । म यही संस्थामा काम गर्छु । केही कामले बेइजिङ बाहिर थिएँ । हिजो राति मात्र फर्केकी ।’
‘के तपाईं पनि इन्जिनियर हो ?’ योथाले जिज्ञाशा राख्यो ।
‘होइन । हुनत म मेडिकल डाक्टर हुँ तर अहिले कुटनीतिक सेवाकी कर्मचारी ।’ उसले उत्तर मुस्कुराउँदै उत्तर दिई— ‘बारम्बार बाहिर जाने काम परिरहन्छ । सधैँ एकै ठाउँमा बसिरहने काम त मलाई मन पनि पर्दैन । अनेकथरि मानिससँग भेटघाट, कुराकानी र बसउठ गर्न खुब रमाइलो लाग्छ मलाई । तपाईंहरुलाई पनि शायद यसो गर्न मन पर्छ होला ।’ यति भनेर मुस्काइ रही ज्याकी हामीले केही थप्छौँ कि भनेर । हाम्रो कुराकानी तन्किन थाल्यो ।
‘त्यसैले टेक्निकल काम मन नपराउनुभएको होला ।’ योथाले थप्यो । 
‘यसको कथा अलि लामो छ । अलि लामै समय लाग्छ सबै कुरा बताउन ।’ हातमा बाँधेको घडीतिर नियाल्दै उसले जवाफ फर्काई ।  
‘भन्नुस् न । आज हामी फुर्सतमै छौँ ।’ मैले कर गरेँ । ज्याकीलाई कोठामा केहीबेर राख्ने उपाय मिलेकोमा म दङ्ग थिएँ । 
..........
‘मलाई मन नपर्दानपर्दै पनि बुबाआमाले मलाई आधुनिक चिकित्सा विज्ञान पढाउन खोज्नुभयो ।’ विगततिर फर्की ज्याकी— ‘उहाँहरुकै करकापमा मैले आधुनिक चिकित्सा अध्ययन गरेँे । शायद हरेक बाबुआमालाई छोराछोरीहरु डाक्टर बनून् भन्ने लाग्दो हो । मैले स्नातक तहको पढाइ पूरा गरँे । निकै वर्ष देश र विदेशमा काम गरेँ, तर मलाई त्यो पेशाप्रति पटक्कै रुचि जागेन ।’ 
उसको काम र पेशाबारे हामीभित्र उम्रेका जिज्ञाशा मेटाउन खोजी ज्याकीले । मैले छोराछोरीलाई डाक्टर र इन्जिनियर बनाउन घर खेत बेचेर कलेजकलेज चाहार्ने हाम्रा अभिभावक अनि चिकित्सशास्त्र पढन नपाउँदा झोक्राएर भात न पानी भएका विद्यार्थीहरुका टीठलाग्दा अनुहार सम्झेँ । बषाँैसम्म प्रवेश परीक्षाको तयारीमा समय कटाइसकेर पनि नाम ननिस्कँदा ओठमुख सुकाएर हीनताको रापमा जालिरहेका होनहार प्रतिभाहरु मेरो अगाडि झलझली आइरहे । 
‘किन ज्याकी तिमींलाई यो  पेशाप्रति यतिविघ्न घृणा ?’ मेरैजस्तो प्रश्नको पेटारो योथाको मनमा पनि गुडुल्किएको रहेछ । थप्यो– ‘चिकित्सा पेशा त राम्रो पेशा हो । थाईहरु पनि यसलाई सम्मानित पेशा मान्छन् ।’  
हाम्रो प्रश्नसँगै ज्याकी कुर्सीबाट उठी र हामीतिर फर्केर सोधी – ‘कुरा अलि  लाम्बिने छाँट छ्  एक–एक कप  चिया खाऊँ है । अनि कुरा गरौँल फेरी ।’ 
ज्याकीले पानी  तताई र सबैलाई पुग्ने चिया तयार पारी । 
‘तपाईहरुले कुरा ठीकै हो, तर मलाई चिकित्सा पेशा मनै परेन । आ–आफ्नो रुचि र समयअनुसार हुँदोरहेछ पेशा पनि राम्रो र नराम्रो । आखिर पैसापैसा, कामकाम भन्दाभन्दै जीवनको मजा नै त्याग्नु पर्छ र मेशिनझैँ सधैँ जोतिनु पर्छ भने त्यो पैसाले तपार्इंलाई के दिन्छ र ? पेशामा लागेर तपाईंले खुसी र सन्तुष्टि खोजेको कि मेशिनजस्तो जीवन ?’ प्रश्नसूचक उत्तर दिई ज्याकीले । 
आफूले चियाको एउटा कप उठाई र अरु कप हामीतिर बढाई । अलि भावुक र गम्भीर हुँदै आफ्नो विगततिर फर्की– ‘म तपार्इंहरुले केही दिनअघि भ्रमण गर्नुभएको हेनान प्रान्तको ल्याओयाङ शहरमा जन्मेकी हुँ । बुबाआमा दुवै किसान हुनुहुन्थ्यो । अहिलेजस्तो सुविधासम्पन्न थिएन त्यो ठाउँ केही वर्षअघिसम्म । अभाव र दुःखमै उहाँहरुले जीवनका उर्वर समय बिताउनु भयो । म उहाँहरुकी एक्ली छोरी । छोरी डाक्टर बनाउन पाए धेरै पैसा कमाउली, अभाव हट्ला भन्ने सपना थियो उहाँहरुको । अभावकै बीचमा रिनपान गरेर मलाई डाक्टर पढाउनुभयो । मलाई भने सानैदेखि यसमा रुचि थिएन । उहाँहरुले जबर्जस्ती गर्नुभयो । मैले टार्न सकिनँ । मलाई बेइजिङको एउटा मेडिकल कलेजमा भर्ना गरिदिनु भयो । मैले कैयौँपटक उहाँहरुलाई भनेँ – मलाई यो पेशा पटक्कै मन पर्दैन । म यसमा जीवन विताउन चाहन्नँ । पैसा कमाउन डाक्टरै हुनुपर्छ भन्ने छैन । आफुलाई मन परेको अरु नै पेशामा लागेर पनि धेरैले पैसा कमाएका छन् । तर उहाँहरुले मेरो कुरा सुन्नु भएन । कहिलेकाहीँ त पढाइ छोडेर अन्यत्रै कतै लागौँ कि जस्तो पनि लाग्थ्यो । मन नलागीनलागी मैले चिकित्सा शास्त्रमा स्नातक पूरा गरेँ । सर्जरीमा मेरो निकै राम्रो दख्खल थियो । म राम्रो सर्जन बनेँ, काम गर्दै जाँदा । तर, म जतिजति राम्रो डाक्टर बन्दै गएँ म भित्रको असन्तुष्टी भने चुलिँदै गयो । विदेशमा गएर काम गर्दा सन्तुष्टी हुन्छ कि भनेर त्यो पनि गरेँ । सिंगापुर र जापान बसेँ । त्यहाँका राम्रा अस्पतालहरुमा काम गर्ने अवसर पाएँ । राम्रो पैसा कमाएँ । बुबाआमा खुसी हुँदै जानुभयो तर म भने खुसी हुन सकिनँ । समयको घेरा र बाध्यताको जाँतोमा पिसिएको जिन्दगी पनि के जिन्दगी, बारम्बार यस्तै सोचाइले मलाई तानिरह्यो ।’ ज्याकीले चियाको सुर्को तान्दै विराम लिई । 
‘आफूलाई मन लागेको पेशा र काम नभई म खुसी हुन्न भन्ने मैले बुझ्दै गएँ’ आफू नयाँ सम्भावनाको खोजीमा लाग्नुको कारण बताई– ‘आफ्नै रुचिको काममा सन्तुष्ट, आनन्दित र खुसी हुन खोज्दो रहेछ हरेक मान्छे ।  बुबाआमाको समयमा चिकित्साक पेशा आकर्षक लाग्थ्यो तर अहिले चीनमा त्यो अवस्था छैन । प्राविधिक बिषयमा रुचि घट्तै छ । युवाहरु नयाँ बिषयतिर तानिँदै छन् । म पनि नयाँ बिषयतिर तानिएकी थिएँ, बेइजिङ युनिवर्सिटीमा भर्ना खुल्यो विदेशी कुटनीति बिषयमा । मैले भर्ना र छात्रवृतिका लागि आवेदन गरेँ । संयोगले छात्रवृति पाएँ । त्यसपछि मलाई अलि साहस आयो । आपूmले पढन चाहेको विषय यही हो जस्तो लाग्यो । घरपरिवार, आफन्त सबैले मलाई डाक्टरीजस्तो पेशा छाडेर विदेशी कुटनीति पढ्ने ! भनेर खिसी गरे । म भने खोजेको कुरा मिलेकाले भित्रैदेखि खुसी भइरहेकी थिएँ । मभित्रको खुसी बद्दै गयो । मैले पेशा परिर्वतन गरेँ ।’ 
चिया पिउँदापिउँदै भावुक भई ज्याकी । महिला भएर पनि जोखिम लिनसक्ने आँट देखेर ऊप्रतिको सम्मानको भाव अझै चुलियो हामीभित्र । 
‘मलाई चिकित्सकको मेकानिकल लाइफ मनै परेन । अहिले सम्झँदा लाग्छ, मैले यो  विषय र काम छानेर राम्रै गरेकी छु ।’ केहीबेरको मौनतापछि प्रसङ्ग जोडी ज्याकीले– ‘संसारका थरिथरिका मानिससँग भेट हुन्छ, उनीहरुका आनीबानी, परम्परा, संस्कार, संस्कृतिका बारेमा जान्ने, बुझ्ने अनि उनीहरुबाट सिक्ने नयाँनयाँ अवसर पाइरहेकीछु । संसारभर घुम्न र काम गर्न पाएकी छु ।  चीन के हो चिनाउन पाएकी छु । यो काममा दिक्दारी भन्ने कहिल्यै हुँदैहुँदो रहेनछ । अहिले मलाई देखेर मेरा बुबाआमा पनि छोरीले ठीकै गरिछ भन्न थाल्नुभएको छ ।’ ज्याकी मुस्कुराई हल्का हँुदै । 
ज्याकीको कहानी सुन्दासुन्दै हाम्रो मन ऊप्रतिको सम्मानको भावनाले भरिँदै गएको थियो । कति स्पष्ट, कति निडर अनि कति साहसिली केटी ! अब उसको बाहिरी रुपले भन्दा उसको सोचाइ र हिम्मतले हामीलाई ईष्र्यालु बनाउँदै लगेको थियो । 
‘हो त नि खुसी र आनन्दकै लागि त गर्छ नि मानिसले काम । त्यही पाइएन भने के पेशा भन्नु र !’ मैले उसको कुरामा सार मिलाएँ— ‘दुनियाँले देख्नु र आफूले अनुभव गर्नुको फरक यही त हो ।’ मेरो मनले ज्याकीको भावुक मन पढ्ने प्रयास गरिरह्यो चुपचाप एकअर्कालाई हेरेर ।
.............
‘मलाई संसारका मानिस देखेर विचित्र लाग्छ । विदेशी केटी भनेपछि किन यस्तो हुरुक्क भएका होलान् लोग्ने मान्छेहरु ? झन् यी इन्जिनियरहरु त ...।’ एक्कासी घृणभरिएको अनुहारमा योथातिर फर्केर ज्याकीले भनी— ‘तपार्इं पनि त्यो मंगोलियन केटीको पछि खुब लाग्नुहुन्छ रे नि । उसलाई थाइल्याण्ड नै लिएर जाने विचार गर्नुभो कि क्या हो ?’ 
ज्याकीको कुरा ध्यान दिएर सुनिरहेको योथाको अनुहारमा एकाएक झोल घोप्टिएको कालो बादलको घनघटा दौडिन थाल्यो । मुस्कान बन्द भएर झोल घोप्टिएजस्तो भयो उसको अनुहार । 
‘यो कार्यक्रम सकिएपछि त्यो केटी तपाईंसँगै त जान्न होला ! के पाउन त्यति मरिमेटेर पछि लागेको ? एक–दुई हप्ता भेट हुने मानिसप्रति यस्तो गरी मरिमेटेर के पाउन खोजेको तपाईंले ? घरमा श्रीमती छिन्, विहावारी गरिसक्नु भएको छ, छोराछोरी पनि छन् भन्ने सुनेकी छु, के फरक पाउनुभयो श्रीमती र त्यो मंगोलिपन केटीमा ?’ ज्याकीको रिसको आगो झन् दन्दनाएर बल्न थाल्यो ।
मुस्कान र ठट्टाबाटै मनभित्र उम्लिरहेको घृणाको ज्वालामुखी विस्फोट गराई ज्याकीले । उसको स्वरमा चर्कोपन त थिएन तर उसले प्रयोग गरेका शब्दले तीरले जस्तै घोचिरहेका थिए योथालाई । शब्दको सहाराले घृणाको घोल पोत्दै थिई ज्याकी । 
‘मैले त्यस्तो दृष्टिले उसलाई हेरेकै छैन । एउटै कार्यक्रममा छौँ, भेटघाट भयो, कसैसँग कोही अलि नजिक र टाढा त स्वाभाविकै हो नि !’ प्रष्टिकरणको दियो योथाले । 
‘मलाई सबै कुरा थाहा छैन, मैले त दोराले भनेको मात्र सुनेकी हुँ । तर तपाईं हरबखत त्यही मंगोलियन केटीसँगै हुनुहुन्छ रे । अरुको त वास्तै छैन भन्दै थिई दोरा । तपाईंको त्यो गतिविधि पटक्कै मनपरेको रहेनछ उसलाई । तपाई केटामान्छेहरु, केटीमान्छेको मन के बुझ्नु हुन्छ र ?’ चियाको घुट्कोसँगै घृणा ओकली उसले । योथा के भन्ने भनेर हेरेको हेर्यै भयो, मुस्काइ मात्र रह्यो । 
.........
योथा अमेरिकामा पढ्दा उसकी एउटी अमेरिकी साथी थिई इभा । ऊ योथालाई आफ्नो बनाउन खोज्थी । योथालाई भने त्यो केटी पटक्कै मन पर्दैनथ्यो । ऊ अर्की थाई अंचलीलाई मन पराउँथ्यो जो सँगै पढ्थी । घरिघरि त्यो अमेरिकी केटी उसकी थाई प्रेमिकासँग अनौठौ व्यवहार गर्थी । घरिघरि झगडै गरुँला जस्तो गर्थी । एकले अर्काको ठाउँ लिइदिएजस्तो गर्थे उनीहरु दुवैजना । ज्याकीले दोराको कुरा निकालेपछि योथाले झलझली सम्झ्यो त्यो अमेरिकी केटीलाई । 
‘आफुले मन पराएको केटा अर्कोसँग अर्की केटी नजिक हुँदा असाध्यै जलन हुन्छ केटीहरुलाई । म केटी भएकीले यो कुरा बुझ्न्छु । तपाईंहरु बुझ्नुहुन्न यो कुरा । उसले त्यो मंगोलिपन केटीसँग तपाई नजिक भएको र आपूmसँग टाढिएकोमा चित्त दुःखाएकी छे ।’ ज्याकीले हाँस्तै कुरा खोली ।
.............
ग्रेटवाल हेर्न बेइजिङबाट बाडालिङ जाँदा बसमा सँगै परेका थिए योथा र दोरा । बसभित्र पसेर झ्यालपट्टिको सीटमा बसेको थियो योथा । अरु साथीहरु आ–आफ्ना साथीहरुसँग जोडा मिलाएर बसेका भए पनि योथा त्यो दिन एक्लै थियो । सबैलाई सिटमा बसाएपछि दोरा उसको नजिकै आई र सोधी– ‘यहाँ केही छ ?’
हन त दोरालाई थाहा थियो बसमा चढ्नु पर्ने सबै मानिस चढिसकेका छन् र योथासँगैको सिट खाली छ । तर पनि उसले औपचारिकता पूरा गरी ।
‘छैन, बस्नुभए हुन्छ ।’ योथाले सहज भावमा उत्तर दियो र बाहिर देखिने रमाइला दृश्यतिर तानियो । 
रमाइला कुराकानी गर्दै दिनभर उनीहरु सँगै रहे । 
त्यस दिनदेखि दोरा र योथा परेवा जोडीजस्तै भए । केही दिन बित्यो यसरी नै । सबैले खासखुस गर्न थाले – ‘योथा र दोराको जोडी साह्रै मिल्दो । कसरी ट्याप्पै मिलेका ! धेरै वर्षदेखिका साथीजस्ता ।’
...........
बेइजिङबाट सात दिन लामो यात्रामा निस्कँदा योथासँगै सिटमा बस्न पुगी अर्की मंगोलियन केटी सोलोंगो । निकै राम्रो अङग्रेजी बोल्थी । हाँस्ता साह्रै हिस्सी परेकी देखिन्थी । झ्वाट्ट हेर्दा कलिलो उमेरकी देखिन्थी  । समूहकै जादुगरी आकर्षणमा परेकी थिई । कहिले को उसको साथमा बस्न खोज्छ त कहिले को । ऊ पनि नाइनास्ती गर्दिनथी । उसलाई लागेको हुँदो हो— ‘यी सबै तीन हप्ताका साथी त हुन् किन कसैसँग टाढा र कसैसँग नजिक हुनु ?’ 
एक दुईदिनमै योथा र सोलोंगोको जोडी सीमाहीन सम्वन्धमा बढ्दै गए । कुनैबेला छुट्टिएर बस्ता पनि जोडी छुट्टिएको ढुकुरझै लाग्थ्यो योथाको अनुहार  । सांंघाई पुगेपछि योथा र सोलमेंगोको जोडी किनमेलमा निकै रमाएको थियो ।
यो सब देखेर दोराको मन भुतभुतेजस्तै रापिलो भएको थियो योथाप्रति । उसले मनमनै सोचेकी थिई –‘मसँग त्यस्तो के छैन् ? अनि त्यो मंगोलियनसँग के त्यस्तो चिज छ जसले योथालाई तानिरहेको छ ? काँचै खाउँलाजस्तो गर्थी दोरा योथा नजिक पर्दा । भुटभुटिएर रन्थनिएभैmँ लाग्थ्यो उसलार्य हेर्दा । घरिघरि छड्के आँखा लगाउँथी योथातिर तर योथा अर्कै धुनमा मस्त थियो कोरली गाई भेटेको बहरजस्तै । दोराले मनभरि भएको व्यथा बेइजिङ फर्केर ज्याकीलाई पोखेकी थिई एकान्त पारेर । त्यही सुनेर योथालाई के भन्नु न के भन्नु पारेकी थिई ज्याकीले । 
...........
‘तपाईसँग एउटा फोटो लिइ हालौँ है । आज म अलि व्यस्त भएकीले चाँडै निस्किन्छु ।’ बिहानको खाजा खान रेष्टुराँमा सँगै बसेका बेला ज्याकीले म नजिकै आएर भनी । फोटो खिचेर छुट्टिनै लाग्दा मसँग खुुसुक्क सोधी— ‘योथाकी मंगोलियन पे्रमिका मलाई चिनाई दिनुस न, कस्ति रहिछे म पनि हेर्छु त्यसलाई ।’ 
मैले खाजा खाइरहेकी सोलोंगोतिर इसारा गरेँ । 
‘केटी त निकै राम्री रहिछे । त्यसै तानिएको होइन रहेछ योथा ।’ मसँग आफ्नो मूल्याकंन सुनाई ज्याकीले– ‘तर मलाई टीठ लागेर आयो । मलाई यस्ता केटीचहारा विदेशी पटक्कै मन पर्दैन । यो योथा भन्ने मान्छे पनि त्यस्तै रहेछ ।’ दाह्रा किट्तै मुख बिगारी । उसको अनुहारमा योथाको व्यवहारले जन्माएको घृणाको पहाड हिमालजस्तै अग्लो बनेर चुलिएको थियो । अलि भावुक हुँदै एउटा पुरानो घटना तिर फर्की ऊ ।
............
‘म भर्खर विदेशी कुटनीतिको स्नातकोत्तर तहको अध्ययन पूरा गरेर यही अफिसमा स्वयमसेवा गर्दै थिएँ । अफिसले एउटा कार्यक्रम आयोजना ग¥यो विदेशी इन्जिनियरहरुका लागि । विभिन्न देशका सहभागीहरु आउने क्रम जारी नै थियो । कहिले को त कहिले को गएर विमानस्थलबाट सहभागीहरुलाई लिएर आउने गथ्यौँ । जर्जियाबाट आउने एक जना सहभागीलाई लिएर आउने पालो मेरो परेको थियो । म उसलाई लिन विमानस्थल पुगेँ । होटलतिर फर्कंदै गर्दा बाटोमा उसले मलाई जे भन्यो त्यो कुरा सम्झँदा आजसम्म पनि त्यो मान्छेलाई त ....।’ 
ज्याकीले कुरा गर्दागर्दै मुठ्ठि कसी, अनुहार रातोपिरो पारी र एकछिन रोकिई । म उसको अनुहार हेरेर अक्कनबक्क भएँ, लाटोजस्तो । कति सारो रिस उठेको होला यो केटीलाई ? के भन्यो होला त्यो मान्छेले र यो केटी यतिका वर्षपछि पनि यतिबिघ्न रिसको आगो ओकल्दै छे ?
‘त्यो निर्लज्ज इन्जिनियर सम्झँदा अहिले पनि घृणा लाग्छ ।’ आक्रोश र घृणा मिश्रित आवाजमा ज्याकी फेरि बोली । उसको अनुहार रगत चुहेलाजस्तो रातोपिरो भयो । 
‘तिम्रो कुनै केटासाथी छन ज्याकी ? मैले उसको घृणामिश्रित तलाउको पानी अर्कौतिर बगाउने प्रयास गरेँ । 
‘साथी त छन् तर ‘पे्रमी’ छैनन् कोही पनि । ’ 
‘तिमी जस्ती बोल्ड केटीलाई प्रस्ताव राख्ने हिम्मत पनि त हुनु प¥यो नि केटाहरुमा !’
 मेरो कुरा सुनेर दिल खोलेर हाँसी ज्याकी । उसको अनुहार गर्वले धपक्क बल्यो ।
 ‘अँ त्यो इन्जिनियरको कुरा हुँदै थियो ।’ ज्याकी सामान्य हुँदै गएपछि मैले फेरि कथाको लहरो तानेँ ।
‘हामी अफिसकै गाडीमा थियौँ । अफिसकै एक जना साथीले गाडी चलाएको थियो । हामी पछाडिको सिटमा सँगै बसेका थियौ । उसले मलाई भन्यो– ‘म चिनियाँहरुलाई असाध्यै मन पराउँछु । मलाई धेरै वर्षदेखि चीन आउने धोको थियो । यसपाली बल्ल साइत जु¥यो ।’ 
एउटा युरोपेलीले चीनयाँलाई मन पराउँछ भनेकामा मेरो छाती पनि गर्वले फुलिएको थियो । 
‘ठीकै त भने छ नि । चीन हेर्न र बुझ्न कसलाई मन नलाग्ला र ।’ मैले थपेँ ।  
‘त्यति मात्र भनेको भए त म पनि उसलाई किन धृणा गर्थे र ? उसले त्यसपछि भनेको कुराले पो त... ।’ ज्याकीको अनुहार घनघटाले ढाकिएको आकासजस्तै भयो फेरि । 
‘मलाई चिनियाँ केटीहरु असाध्यै मनपर्छ । एउटी कलिली भर्जिन केटी मिलाइदेऊ है ज्याकी ! त्यसैका लागि म यति टाढादेखि आफ्नै पैसा खर्च गरेर आएको छु ।’ होटल आइनपुग्दै त्यो इन्जिनियरले मसँग यस्तो अपेक्षा राख्यो । 
विदेशी अतिथी नभएको भए म उसलाई त्यो ट्याक्सीबाट गलहत्याएर बाहिर निकाल्थेँ र भन्थेँ– ‘तँ जस्ता निज र मर्यादाहीन मान्छेलाई यो देशमा पाइला राख्ने अधिकार छैन । तँ यहीँबाट आफ्नो देश फर्किहाल् ।’ तर म एउटा विदेशीसँग व्यवहार गर्दै थिएँ । मेरो पेशाको मर्यादा नाघ्ने र त्यसो गर्ने अनुमति मलाई थिएन । एउटी अविवाहित युवतीका अगाडि उसले यस्तो निकृष्ट प्रस्ताव कसरी राख्न सकेको होला ? एकछिन त मलाई त्यसको अनुहार पनि हेर्न मन लागेन । रिसले मर्मुरिएर पनि चुपै बस्न बाध्य भएँ ।’
‘कस्तो निच मान्छे रहेछ !’ मेरो मन पनि व्यथित भयो ज्याकीको कुरा सुन्दासुन्दै ।
‘हो त, साँच्चिकै निच हो त्यो मान्छे । भएभरका चिनियाँ युवतीलाई त्यस्तो निच आशयले हेर्नु अनि एउटी अपरिचित केटीसँग त्यस्तो प्रस्ताव गरेको देख्ता मलाई त भाउन्न होलाजस्तो भयो ट्क्सिभित्रै । धन्न गाडी हाँकीरहेको साथीले त्यो सब कुरा सुनेन । एक मनले त त्यो मान्छेलाई गाला फुट्ने गरी चड्काइदिऊँजस्तो झाँेक पनि चलेको थियो तर म सम्हालिएँ । मैले भनेँ– ‘यो देश अध्यक्ष माओको देश हो । तपार्इं आफ्नी छोरी वा बहिनीलाई कुनै विदेशीले यस्तै प्रस्ताव ग¥यो भने के गर्नु हुन्छ ? विचार गर्नुभएको छ ?’ 
मेरो निशाना ठीक ठाउँमा परेछ । उसको अनुहार लाजले मरिचझैँ चाउरियो । निन्याउरो अनुहार लगाउँदै मसँग भन्यो— ‘सरी ज्याकी, मैले गल्ती गरेँ, माफ गर ।’ 
मैले थप केही बोल्न आवश्यक ठानिनँ । अफिसमा आएर हाकिमलाई सबै कुरा सुनाएँ । उहाँ पनि त्यो सुनेर साह्रै दुःखी हुनुभयो । त्यसपछि अहिलेसम्म जर्जियाका कुनै नागरिक हाम्रो कार्यक्रममा आएका छैनन् ।’ 
यति भनिसक्ता ज्याकीको अनुहारमा गौरवको बिजुली झिलिक्क बल्यो । ऊ हल्का भएजस्ती देखिई । कतै हिँड्न हतार गरेजस्तो गरी खुसुक्क मेरो कानमा भनी– ‘संसारका कुनै पनि नारी पुरुषबाट वासनाको आसक्ति होइन सम्मान र पे्रम चाहन्छन् भन्ने कुरा बुझाउन सके त्यो जर्जियन इन्जिनियर र यो योथा दुवै परिवर्तन हुन्थे होला ।’
..............
छुट्टिने दिन विहान होटलको डाइनिङ हलमा सबै सहभागी भेला भर्यौ । तीन हप्ता लामो अन्तर्राष्टिय सेमिनारको अन्तिम दिन थियो । ज्याकी, म र योथा तीनै जना
एउटै टेबलमा खाजा खान बस्यौँ । मंगोलियन केटी सोलोंगो बिदाइको सुरमा थिई । सबैले उसलाई बिदाइका शब्दसुमन अर्पण गर्दै थिए । सोलोंगोतिर इसारा गर्दै ज्याकीले योथालाई भनी— ‘योथा, तिम्रो हृदयकी रानी आजबाट बिदा हुँदै छे, जाऊ अँगोलामा कसेर सम्मान र प्रेमका साथ बिदाई गर तिनलाई । त्यही खोज्छन् नारीहरु पुरुषसँग नजिक भएर ।’ २०७२।९।२५
।।इति।।
          
 शारदा वर्ष ३ अंक ५, पूर्णांक २९ मा प्रकाशित