Sunday, June 2, 2019

देखौँ सपना

सपनाको अनुभव तपाईं–हामी सबैसँग छ । सपना देखिन्छ, केही समय सम्झिइन्छ पनि र फेरि बिर्सिन्छ । सम्झनुस् त तपाईंले सम्झनलायक सपना देखेको मिति सम्झना छ ? तपाईंले देखेको र अहिलेसम्म सम्झिरहेको कुनै सपना बताउन सक्नुहुन्छ ? निदाएको बेला देखिएको सपना कसरी सम्झेका
होलाउँ हामीले ? के मानिसले चाहेर वा नचाहेर सपना देख्ने र नदेख्ने हुन्छ ? सपनाहरु असल र खराब पनि हुन्छन् ? यस्ता प्रश्नहरु तपाईंको मनमा कैयौ“पटक आए होलान् र बिलाए होलान् । मेरो जीवनमा पनि यस्ता प्रश्नहरु कैयौ“पटक उठे अनि बिलाए ।

यस्ता जिज्ञाशाको उत्तर खोज्ने प्रयत्न केही मानिसले गरे, उत्तर पहिल्याए पनि । केही मात्रामा त्यसको उत्तर दिएका पनि छन् मनोवैज्ञानिकहरुले । तर यसको समग्र पक्ष यही हो, यस्तै हुन्छ भन्ने एकिन गर्न सकिन्छ ? निद्रामै देखेका कतिपय सपनाहरु सत्य भइदिन्छन् । कुनै काल विशेषमा, घटना विशेषमा कुनै सपना सत्य भयो भन्दैमा सधै“ त्यही हुन्छ ? भन्न सकिन्न । मेरो जीवनमा पनि कैयन सपनाहरु सत्य भएका छन्, तर धेरै चाहिँ सत्य भएका छैनन् । त्यसैले म कहिलेकाही“ घेत्लिन्छु, आखिर सपना के हो ? किन कुनै सपना सत्य भए अनि कुनै चाहिँ हराए ? किन सपना देख्छ मान्छेले ? सम्भव के छ भने सपना कुनै न कुनै रुपमा हामीले गरेका अनुभव, कल्पना गरेका कुरा र मनमा आइरहने भावनासँग सरोकार राख्छन् । सपनामा देखिएका कुराले हाम्रो अनुभव, कल्पनाशक्ति, चाहना र मनोयथार्थलाई कुनै न कुनै रुपमा प्रकट गर्छ । हाम्रो भित्री तहको प्रचिनिधित्व गर्छ शायद हाम्रो सपनाले । 

म आपूmले देखेको एउटा सपना उल्लेख गर्न चाहन्छु । म एसएलसी परीक्षाको जाँचपछिको विदामा घरमै बसिरहेको थिएँ । वर्षायामको बेला । खेतमा मकै पाकेर भाँच्ने बेला भएको थियो । मकै भाँच्दै धान रोप्दै थिए किसानहरु । हाम्रो पनि खेत निकै थियो । धान रोपाइँ चलिरहेकाले कामको चटारो थियो । मानो खाएर मुरी उब्जाउने बेला भनिन्छ असार महिनालाई । म पनि काम गर्न सक्ने भइसकेको थिएँ, जीवनका करिब १६ वर्ष मैले त्यही धरतीमा बिताइसकेको थिएँ । दिनभरिको कामले थकाइ बेपत्तै लागेको थियो । खान खाएर सुतेको, गहिरो निद्रा परेछ । बिहान उठ्न अलि ढिलो भएछ । शायद निद्रा पनि पातलिएको थियो क्यार, एउटा सपना देखे“ । 

भएको के थियो भने मेरो एसएलसी परीक्षाको रिजल्ट भरेभोलि भएको थियो ब्याउने गाईजस्तै । जसरी गर्भिणी गाई महिना लागेपछि पुगेपछि आज ब्याउँछ कि भोलि ब्याउँछको अवस्था हुन्छ, गाईपालक किसानलाई कतिबेला र कसरी ब्याउला भन्ने चिन्ता हुन्छ त्यस्तै चिन्ता भइरहेको थियो मलाई पनि परीक्षाफलको । काममा व्यस्त हुँदा बिर्से पनि फुर्सतको बेला मन त्यतैतिर एकोहोरिन्थ्यो ।  

त्यतिबेला एसएलसी परीक्षा माघ महिनामा हुन्थ्यो र परीक्षाफल चाहिँ असारमा प्रकाशित हुन्थ्यो । पढाइबाट निकै लामो फुर्सत हुने भएकाले परीक्षाफल प्रकाशित नहुन्जेल घरै बस्ने चलन थियो । अहिले जस्तो न ब्रिज कोर्सको चलन थियो न अरु घुमफिर । म स्कूलको पढाइको चापबाट फुर्सत पाएकोमा दङ्ग थिएँ, घर प्यारो थियो । घरका काम सघाउने, पुराना साथीहरुसँग कहिलेकाहीँ भेटघाट गर्ने, पाएका पुस्तक पढ्ने यस्तै थियो विदाको मनोरञ्जन । 

सपनामा मैले त्यही परीक्षाफल देखे ।  म साथीहरुको भीडमा थिएँ । बडेमाको भित्तामा केही टाँसिएको थियो । केटाकेटीहरु तँछाडमछाड गरेर उभिएर त्यही भित्तातिर हेर्दै थिए । म त्यही भीडतिर बढे“, चिनेको एउटा साथी पनि भेटियो । म साथीनजिकै गएँ । उसले मलाई त्यो पर्खाल नजिक लिएर गयो र भित्तामा टाँसेको कुरा हेर्न भन्यो । पर्खालमा धेरै मानिसका नाम र नम्बर थिए । उसले मलाई भन्यो– “हेर् त त्यहाँ तेरो पनि नाम छ कि !” 
म एकैछिन अल्मलिएँ । विस्तारो खोज्दै जाँदा मेरो नाम भेटियो ।  म खुशीले बुरुक्बुरुक् उफ्रे“ । साथी भने अचल भएर बसिरह्यो । मैले चिच्याएर भने“– ‘के हेरिरा’को हिँड् लड्डु खान !’

‘मैले त अघि नै खाइसके“ लड्डु । तँ जा म घरतिर लागे“ ।’ 

उसको कुरा सुनेर म अक्कनबक्क परे“ । साथीको खुशीमा खुशी होला भनेर हर्षको समाचार सुना’को त बटारिएर पो हिँड्छ ! म फेरि उसलाई पछ्याउँदै केही पर पुगे“ र हातमा च्याप्प समाएँ । दुवैजना आँपको रुखमुनि गएर बस्यौ“, साथी बोल्दैन । चुपचाप एकअर्कालाई हेरिह्यौै“ केहीबेर । म भित्रैदेखि खुशीले भरिएको थिएँ, साथी भने आँखाभरि आँशु लिएर मलाई एक टकले क्वारक्वार्ति हेरिरहेको थियो । एकछिनमा ऊ रुन थाल्यो, त्यतिकैमा म झल्याँस्स ब्युँझिएछु । 

ब्युँझेर बाहिर निस्कँदा घाम झलमल्ल लागिसकेको थियो । उठ्ने बेलाको सपना साँचो हुन्छ, राम्रो सपना देख्यो भने उठ्नासाथ नसुनाउनु भन्नुहुन्थ्यो आमा । म ओछ्यानबाट उठेर तलामुनि झरे“ । आमा आँगन बढारिरहनु भएको थियो । मलाई खुशीले कतिबेला सुनाऊँ भइरहेको थियो, एकै श्वासमा हतारहतार सपनामा देखेको कुरा आमालाई सुनाएँ । 

“सपनामा देखेको कुरा कसैको उल्टो हुन्छ कसैको सुल्टो हुन्छ । तेरो सपना सुल्टो हुन्छ कि उल्टो हुन्छ थाहा छैन । रिजल्ट देखिछस् क्यार । राम्रै भयो होला । अब आजभोलि रिजल्ट हुने कुरा पनि छ क्यार, मनमा कुरा खेलिरा’को त्यही भएर देखिस् होला ।” आमाको प्रतिक्रिया सोझो थियो ।

“हो, अब त रिजल्ट आउनै पर्ने हो ढिलो पो भैसक्यो त ! असार भैसक्यो ।” मैले उभिएरै भने“ । 

एक छिनमा रेडियोमा समाचार सुन्नु पर्यो भनेर रेडियो खोल्छु त समाचारमा एसएलसीको परीक्षाफल प्रकाशित भएको समाचार ! राति देखेको सपना एउटा त मिलिहाल्यो । अब भने मलाई छटपटी भयो परिणाम के भयो होला भनेर ।   
घरको काम छाडेर परीक्षाफल हेर्नका लागि हिँडिहाल्ने अवस्था थिएन । सपना साँचो हुने विश्वास पनि कताकता छँदै थियो । परीक्षामा उत्तर लेखाइ राम्रै भएको थियो । प्रथम नभएपनि द्वितीय श्रेणीमा चाहिँ पक्कै उत्तीर्ण हुन्छु भन्ने आत्मविश्वास थियो । वर्षात्को समय । झरी र वर्षा झेलेर परीक्षाफल हेर्न निकै टाढा पुग्नुपर्ने । जनकपुर वा सिन्धुली नपुगी पत्रिका हेर्न पाइँदैनथ्यो । पास भएको भए त ठीकै थियो फेल भएको भए फुस्रा ओठ लाएर फर्कनुपर्ने । तँछाडमछाड गरेर रिजल्ट हेर्न जान मन लागेन । 

एक हप्तापछि साथीहरुले खबर पठाए डकाहाबाट । करिब १३ दिनपछि गाउँमा परीक्षाफल प्रकाशित भएको गोरखापत्र आइपुग्यो । नाताले भिनाजु भन्नुपर्ने सुदर्शन पोखरेल हुलाकका बैदार थिए । उनले रिजल्ट हेर्ने भए आउनू भनेर खबर पठाए । म पनि त्यो खबर पाएपछि हेरिहालौ“ं न त भनेर हुलाक पुगे“ । मनमा भने केही खुचखुच छँदै थियो । तर संयोग, मेरो सपना सत्य भएछ, म पास भएँछु । मसँगै परीक्षा दिएका कतिपय साथीहरु अनुत्तीर्ण भएछन् । मचाहिँ उम्के“ ।

मेरो जीवनमा यस्ता घटना निकैवटा भएका छन् । जबजब म निकै व्यथित भएर वा भावनात्मक रुपमा अत्यन्त संवेदनशील भएको बेला कुनै सपना देख्छु, ती सपना सत्य भएका छन् । मलाई लाग्छ सपना हाम्रो अनुभव, कल्पना शक्ति र परामनोवैज्ञानिक शक्ति दुवैसँग गाँसिएका हुन्छन् । हाम्रा दैनन्दिनका व्यवहारमा मन अल्झिरहेको बेला देखिएका सपना सत्य नहुन सक्छन्, तर जब मन अत्यन्त सङ्लो भएको र भावनात्मक रुपमा संवेदनशील भएको बेला कुनै सपना देखिन्छ भने त्यसले हामीलाई बाटो देखाउने र अन्तरात्माको आवाजको रुपमा दिशानिर्देश गर्छ भन्ने लाग्छ मलाई । 

आर्किमिडिज, आइन्सटाइन, म्याडम क्युरी आदि वैज्ञानिकहरुका जीवनमा सपनाले यथार्थको बाटो देखाएको कैयौ“ किस्सा सुन्न पाइन्छ । कैयौ“ दार्शनिकहरुले, तपस्वीहरुले सपनामा देखेका कुरा जीवनमा सत्य भएको कुरा आफ्ना संस्मरणहरुमा लेखेका छन् । 

सफलताशास्त्रले बारम्बार देखिने सपनालाई लक्ष्य बनाउन सकियो भने र लक्ष्यलाई सपना बनाउन सकियो भने सहजै चाहेको कुरा प्राप्त गर्न सकिन्छ भन्छ । त्यसैले मलाई के लाग्छ भने जीवन चलाउन होस् वा जीवन बनाउन सपना बहुमूल्य छ । सपनाले नै हो मानिसलाई नयाँ दिशातिर डो¥याउने । मलाई त अझ के लाग्छ भने सपना जतिसक्दो निद्रा नआइकनै देख्नुपर्छ, हिँड्दा, सुत्दा, उठ्दा, आराम गर्दा, कुरा गर्दा । हरेक बेला सपनामय नै हुनुपर्छ जीवन । सपनाविनाको जीवन के जीवन ! जिउँदोले नै देख्छ सपना, मुर्दाले सपना देख्तैन । सपनाले जीवनको बोध गराउँछ । त्यसैले जीवन हुन्जेल र जीवनलाई चाहेजस्तो आकार दिन सपना आवश्यक छ । 

सपनाजस्तो हावादारी कुरा गर्ने मानिस मलाई असाध्यै पन पर्छ कुरै नगर्ने मानिसभन्दा । कमसेकम उसले हावादारी नै भए पनि सपना त देखेको छ । लागिरह्यो भने एक दिन उसले सपना साकार पारेरै छोड्छ । हिटलर, नेपोलियन, लेनिन, गान्धी, माओ सबका सब सपनाकै कारण त माथि उठेका हुन् नि ! सपना नदेख्ने, आपूmलाई सपनामा नउडाउने, हाउडेझै“ कुरा नगर्ने गजधम्म परेर मन र वचन दुवैमा ताल्चा लाउने हो भने एक दिन भावनामा पनि ताल्चा लाग्छ । भावना मरेपछि जीवन पनि मृत हुन्छ । त्यसैले सपना देख्ने प्रयास गर्नुस् । सकेसम्म राम्रा, ठूला, असम्भव सपना देख्नुस् । अनि तपाईं त्यतै तानिनुहुन्छ । नत्र के ले तान्छ तपाईंलाई ? जीवनलाई माथि तान्ने, बनाउने, बिगार्ने, सफल हुने, विफल हुने सबै सपनाले नै हो । त्यसलै मेरो सल्लाह त के छ भने कल्पना गर्नसक्ने जति कल्पना गर्नुस् र कल्पनामा बनाएको सपना आँखा नचिम्लिकनै देख्नुस् । सपना देख्नेले नै विपनामा त्यसलाई भोग्न पाउँछ, सपना नदेख्नेले त त्यतातिर पाइलै चाल्दैन, त्यसैले पाउने समभावना पनि हुँदैन । 
२०७६।२।१९