Thursday, September 17, 2020

युथ्रिए व्यवस्थापन समितिकाे 2020.09.04 काे बैठकका निर्णयहरू


१. अबकाे हप्तादेखि अाइतबार, मंगलबार र विहीवार मात्र बेलुकाकाे छलफल कर्यक्रम राख्ने । २. ईबुक प्रकाशनकाे लागि अाश्वीन मसान्तसम्म तयारी सक्ने गरि एक सम्पादन समिति बनाउने । त्यसमा ध्रुव नेपालकाे संयाेजकत्वमा एक समिति बनाउने र सदस्यहरूमा राजेश्वर देवकाेटा, भक्तराज रञ्जित, विश्वमणि पाेखरेल, गुप्तबहादुर श्रेष्ठ रहने । रामबाबु नेपाल, धीर भण्डारी, सुवर्ण कर्माचार्य र हिम्मत सिंह लेकालीले अाफ्नाे जिम्मा लिएका विषयहरू बाहेक अन्य विषयहरू संयाेजकले सदस्यहरूसँग विचारविमर्श गरी काम अगि बढाउने । भिडियाेहरू u3akathmandublogspot.cim मा हेर्ने । ३. साेमवार र बुधवार अाकर्षक पावरप्वाइन्ट प्रिजेन्टेशन तयार कसरी गर्ने भन्ने बारेमा दिउँसाे ३-५ बजेसम्म प्रशिक्षण संचालन गर्ने । उक्त कार्यकाे जिम्मा हिम्मत सिंह लेकालीलाई दिने । ४. गुगलकाे उपयाेगसम्बन्धी अर्काे प्रशिक्षण अर्काे हप्ता चलाउने । ५. युथ्रिएकाे व्यवस्थापन समितिमा विशवमणि पाेखरेल र मनाेहर उप्रेतीलाई थप गर्ने । ५. महिला र युवाहरूकाे सहभागिताकाे सम्भावना खाेजी गर्ने । ६. प्रस्तुतिलाई सकेसम्म समयसीमाभित्र सक्न अबदेखि छलफलकाे रिपाेर्टिङ र सहजीकरणकाे जिम्मा ताेक्ने । प्रश्न केन्द्रित टिप्पणी वा निज्ञासा च्याट बक्समार्फत् राख्न प्रेरित गर्ने । सकेसम्म अाफ्नाे लम्बेतान कुरा नराख्न सहभागीलाई अनुराेध गर्ने । सहजकर्ताले पनि खास प्रश्नमा केन्द्रित हुनेगरी केही प्रश्न तयार पारी साेही प्रश्नमा वक्तालाई र सहभागीलाई केन्द्रित गर्ने । ७. महिनाकाे एक दिन साहित्य, मनाेरञ्जन हास्य अादिकाे कार्यक्रम राख्ने ।
👍
2

Thursday, May 21, 2020

नयाँ युगको संघारमा उभिएर

अनुभूति १
५३ दिनदेखि आँखाले पनि देख्न नसकिने एउटा कीटाणुको त्रासले घरभित्र बन्दी भएको छु । मलाई भनिएको छ, घरबाहिर मृत्युरुपि त्यो अदृश्य कीटाणु यमराजको रुपमा उभिएको छ, खबरदार ननिस्क घरबाहिर ! यस्तो लाग्छ, घरबाहिर निस्कियो भने उसले हामीलाई क्वाप्प पार्छ र सरासर मृत्युलोकतिर लैजान्छ । जहाँ पुगेपछि मानिस आजसम्म फेरि यस संसारमा फर्केर आएको छैन । यति सानो जीवले यस्तो सर्वशक्तिमान् मानव जातिलाई धम्की दिने ? मलाई घरीघरी त झोँक पनि चल्छ, उसको धम्कीदेखि तर फेरि आफैँलाई सम्झाउँछु- पख्, कतै उसको धम्की सत्य भइदियो भने ? 
म यो रमाइलो संसारमा छाडिहाल्न चाहन्न अहिल्यै । त्यसैले म घरभित्रै बन्दी बन्न राजी भएको छु, मृत्युको भय मनमा लिएर । कति निरीह रहेछ मानव जाति ! घरीघरी त मानव जातिकै सामर्थ्यप्रति अविश्वास हुन्छ मलाई, आखिर मानिसको शक्ति कहाँ छ त ? सायद मृत्युको भय नभएको भए ऊ यति निरीह भएर कोठाभित्र यति लामो समयसम्म कैद हुने थिएन ।
म बन्दी बनेर घरभित्र बस्न राजी भएपछि सडकमा तँछाडमछाड गरेर गुड्ने गाडीहरु पनि ग्यारेजभित्रै लुकेका छन् । मानिस सडकमा निस्कनु पर्दा मात्र पनि सोचिरहेको छ, कतै म त्यो कालरुपि कीटाणुको मुखमा त पर्दिनँ ? त्यसैले होला सडकमा मानव पाइला पातलिएका छन् । सडक लमतन्न परेर अट्टहास गरिरहेको छ र मानिसलाई भन्दै छ, हिजो त मलाई कुल्चेर बहादुरी देखाउँदै थियौ त, आज किन ममाथि पाइला राख्न पनि डराइरहेका छौ ? ऊ अट्टाहास यसरी गर्दैछ मानौँ, मानिस उसको अगाडि दुई कौडीको भएको छ अहिले ।

मेरो घरअगाडिका पुस्तौँसम्म पुग्ने धन कमाउन दिनरात नभनी खटिरहने व्यापारीहरु पनि चाउरिएर बिहान १० बज्दानबज्दै पसल बन्द गरेर गायब हुन्छन् । के धनप्रतिको मोह सकिएको हो उसमा ? सायद उसले पनि सोचेको होला जीवन नै रहेन भने धन केका लागि ? मलाई थाहा छैन मेरो यो बन्दी अवस्था कहिलेदेखि फुक्का हुने हो । 
मानिसलाई मृत्यु र बन्दी जीवनमा कुन प्यारो छ भनेर सोध्यो भने अहिले उसले बन्दी जीवन नै रोज्छ होला । म पनि त बन्दी बन्न पनि तयार भएको छु अहिले, जीवन पाउन । के मानिसको स्वतन्त्रताको प्यास मृत्युभयलाई जितेपछि सुरु भएको हो ? यदि होइन भने किन स्वतन्त्रताको खोजी गरिरहेको छैन मान्छे ? मानिसभित्र कि मृत्युको भय रहन्छ कि स्वतन्त्रताको प्यास, दुवै एकै ठाउँमा एकैसमयमा बस्न सम्भव छैन ।
…….
सुरुका दिनमा फुर्सत भएकोमा मानिसहरु उत्साहित पनि थिए । सामाजिक सञ्जाल क्रियाप्रतिकृयाको भीडले घेरिएका थिए । यसलाई उपयोग गर्न केहीले यस कीटाणुबाट कसरी बच्ने भनेर भिडियो बनाए । केहीले गीत गाएको, नाचेको, खाना पकाएको सबै भिडियो र फोटाहरु पोष्ट गर्ने होड चलाए । म पनि त्यसमा बगिरहेँ, अछुतो रहिनँ । केही दिन त हो नि केही अलमलिएका, नभ्याइएका, मन लागेका काम गर्छु, भ्याउँछु, केही नयाँ सिर्जना गर्छु यस्तो सोचेको थिएँ मैले ।

मलाई लागेको थियो अब मसँग प्रशस्त समय छ सिर्जनात्मक काम गर्न, टिप्पणी गर्न र जान्ने भइटोपल्न । किनकि म आफूलाई कलमजीवि पनि ठान्थेँ, सर्जक पनि मान्थेँ । दिन बित्दै गयो, बन्दाबन्दी लम्बिँदै गयो । मेरो सक्रियताको कल्पना छटपटीमा परिणत हुन थाल्यो । 

अवचेतनामा मृत्युको त्रास बोकेर सिर्जनात्मक हुन सक्तैन मान्छे । सिर्जनाका लागि आशा आवश्यक छ । समय प्रशस्त हुँदा सर्जक बनिन्छ भन्ने पनि भ्रम रहेछ । सिर्जनाको लागि त मन स्वतन्त्र हुनुपर्छ, भविष्यको उज्यालो हुनुपर्छ मनमा । ज्वार उठ्नुपर्छ मस्तिष्कमा, कल्पनाका छाल उर्लिनुपर्छ हृदयमा । पोखिने स्वतन्त्रताको अवसर हुनुपर्छ ऊभित्र । जब मृत्युको डरले सताउँछ त्यसपछि मानिस न सिर्जनात्मक हुनसक्तो रहेछ न कल्पनाशील । यो भ्रम नराम्ररी च्यातिएको छ अहिले मभित्र ।

अहँ मानिस फुर्सत भएर कल्पनामा रमाउने होइन रहेछ । समय पाउँदैमा कुनै गतिलो काम गरिहाल्ने पनि होइन रहेछ । समय पाउँदैमा र अरु कामले चापमा नपार्दा ठूलो लेखक, अध्येता बन्ने पनि होइन रहेछ । यस्ता निकैवटा भ्रम सखाप पारिदिएको छ यो बन्दाबन्दीको कहरले । आँखाले नदेखिने एउटा सूक्ष्म कणले मानव जातिलाई नै बन्दी बनाएर कोठाभित्र खुम्च्याइदेला भनेर कसले पो सोच्या थियो होला र ? परमाणु बम बनाएर संसारलाई त्रसित बनाएर आफ्नो मुठीमा राख्न सकिन्छ भनेर सोच्नेहरु पनि आज हायलकायल भएर यस कीटाणुसँग जुधिरहेका छन् ।

संसारकै शक्तिशाली हतियार र सैन्य संरचना लिएर संसार जित्छु भन्नेहरुलाई असली सामर्थ्यबोध गराइदिएको छ यो सूक्ष्म जीवले । मानिसले सिर्जना गरेका भौतिक सम्पदा र आविष्कार गरेका कुरा कति निरिह छन्, तिनले प्रकृतिमा सिर्जित एउटा सानो कणलाई पनि परास्त गर्ने सामर्थ्य राख्तैनन् भन्ने कुराको बोध पनि सायद यसले गराएको छ संसारलाई ।

हुनतः यस्ता महामारी मानव जातिले इतिहासमा कैयौँ पटक भोगेको थियो र त्यसलाई परास्त गर्दै अगाडि बढेको हो तर यस पटकको जस्तो संसारभर एकैपटक सबैले एउटै समस्या भोगेको चाहिँ सायद पहिलो पटक हो । भूखण्डको एकातिर महामारी, अर्कोतिर सामान्य अवस्था त बेलाबेला भोगिएकै हो तर एकैपटक सारा पृथ्वीलाई नै कँपाउने मृत्युको त्रास बेहोरोको भने पहिलो पटक नै हो । यसले मानिसलाई अवश्य बदल्नेछ । युगलाई कोरोमाअघि र पछिको युगमा विभाजित गरेर छुट्याउने छ । म अहिले यही युगीन सँघारमा उभिएको छु । म यसबाट अगि बढेँ भने अर्कै युगमा हुनेछु, नितान्त भिन्न सोच, भिन्न व्यवहार र भिन्न चिन्तनको युगमा । हो, यस्तै महामारी र त्रासले नै मानिसलाई शक्तिका साथ बदलेको छ आजसम्म । अब पनि त्यही हुनेछ, म बदलिनेछु, तपाईं बदलिनुहुनेछ ।
अनुभूति २

म आज कोठमा पल्टिएर आराम गरिरहेको छु । शरीर कोठाभित्र बन्दी भए पनि मन ब्रह्माण्डको भ्रमणमा फन्को लगाइरहेको छ । म कहिले भूभागमा घुमिरहेको छु त कहिले आकासतिर । कहिले भूतमा उडिरहेको छु त कहिले भविष्यतिर । म अर्धनिद्रित अवस्थामा पुगेको छु, न निद्रा न जागाको दोसाँधमा छु । मेरो मस्तिष्कमा एउटा दृश्य लबालब भरिएको छ । एक अनौठो खालको दृश्य देख्तै छु म । म यसलाई सपना पनि भन्न सक्तिनँ अनि पूर्ण रुपमा स्वप्नरहित हो भन्न पनि सक्तिनँ । बरु यो नयाँ युगको परिकल्पना पनि हुनसक्ला ।
…….
मेरो आँखाअगाडि एउटा ठूलो त्रिपाल टाँगिएको छ । त्यहाँ एक हुल मानिसजस्ता आकृति भेला भएका छन् । मानिसजस्ता यस अर्थमा कि उनीहरुले लगाउने पोसाकदेखि बस्ने र गर्ने व्यवहार पनि बदलिएको छ । त्यहाँको दृश्य सधैँको जस्तो छैन नितान्त भिन्न छ । त्यहाँ भेला भएका सबैको अनुहार शरीर पूरै ढाकिएको छ । कसैको पनि अनुहार देखिँदैन । स्त्री र पुरुष छुट्याउन उसको बोली नै सुन्नुपर्ने हुन्छ । बोलीले नछुट्टिए छुट्याउन सकिन्न । एकअर्कालाई अनुहार देखाएर हेराहेर गर्ने काम बन्द भएको छ । दूरी पनि अलि टाढै छ कम्तीमा एक मिटरको फरकमा बसेका छन्, सबै । सबैजना अनौठो खालको सुरक्षित पोसाकले बेरिएका छन् । यतिबेला तिनलाई न कुनै फेसनदार लुगाको आवश्यकता परेको छ, न कुनै साजशृंगार । छन् त सबै कपडा लपेटिएका मानव आकृति । सबैको आकृति उस्तै छ । व्यक्तिगत पहिचान हराएको छ । छ त केवल मानव आकृतिको पहिचान ।

सबै जम्मा भएर कुराकानी गर्न राखिने राउन्ड टेबल पनि त्यहाँ छैन । सबैको अनुहार ठूलो चश्मा, प्लाष्टिकको बार र घम्ल्याङ्ग तलदेखि माथिसम्म ढाक्ने गाउनले ढाकिएको छ । जुत्ता लगाउने खुट्टामा सबैले प्लाष्टिकको खोल बेरेजस्तो देखिन्छ । मुखमा पट्टि बाँधेजस्तो देखिन्छ । ती रंगीचंगी छन्, कसैको सेतो, कसैको कालो, कसैको खैरो थरीथरीका । एउटा नयाँ शब्द आविष्कार भएको छ त्यस पोसाकलाई चिनाउन, पिपिई ।

उनीहरु त्यहाँ केही जरुरी कुराको छलफल गर्न भेला भएका छन् । छलफल गर्ने विषय छ, नयाँ युगमा सिर्जनाको विषय, भाषा र शैली । अबको युगमा के बारेमा लेख्ने, कसरी लेख्ने, मानिसको र स्रष्टाको रुचि र चासोका विषय के हुनुपर्छ यस्तैयस्तै विषय उठेका छन्, उनीहरुका कुरा सुन्दा । त्यहाँ भेला भएका आकृतिहरु सबै एकैनाशे छैनन्, अग्लाहोचा छन्, थोरैथोरै मोटापातला जस्ता पनि छन्, छुट्याउन चाहिँ मुस्किल छ । तिनको अनुहार देख्न र ठम्याउन नसकिएकाले फोटो खिच्नेहरु त्यति उत्साहित छैनन् । फोटो खिच्नमा कसैको पनि रुचि देखिँदैन । यसअगि यस्ता कार्यक्रममा फोटो खिच्न सबैका मोबाइल तँछाडमछाड गर्थे । आज कसैका पनि मोबाइल बाहिर देखिएका छैनन् । पूरै परिपाटी फेरिएको छ ।
पत्रकारहरु पनि तँछाडमछाड गरिरहेका छैनन् । उनीहरु अलि परै टाढटाढा उभिएर दृश्यांकन गरिरहेका छन् । शायद उनीहरु त्यो दृश्यांकनमा पनि त्यति सन्तुष्ट र खुसी छैनन् । किनकि त्यहाँ उपस्थित सबै मानव आकृति फोटोमा उस्तैउस्तै देखिन्छन् ।
सेतो कपडाले बेरिएको एउटा आकृति एक्कासि उभिन्छ र भन्न थाल्छ, “आज हामी एउटा नयाँ युगमा प्रवेश गर्दैछौँ । न भित्र न बाहिर, सँघारमा उभिएका छौँ । यसबाट भित्र पसेपछि हाम्रो समय असाधारण रुपमा बदलिनेछ, हिजोकै जस्तो रहने छैन । रहिहाल्यो भने पनि त्यसको ढाँचा पूरै परिवर्तित हुनेछ । त्यसैले अब हाम्रो लेखनको ढाँचा पनि बदलिनुपर्छ, विषय पनि बदलिनुपर्छ । शैली पनि बदलिनुपर्छ । किनकि हामी बदलिनैपर्ने अवस्थामा पुगेका छौँ ।”

उसले सबैलाई सम्बोधन गर्दै थप्यो, “नयाँ युगको सँघारका प्रिय नवलेखकहरु, नवपत्रकारहरु, नवस्रोताहरु, अब हामी आजबाट नयाँ युगमा नयाँ लेखनीका विषय, शैली र भाषा खोजी गर्न भेला भएका छौँ । हिजोसम्म हामीले सरकारलाई गाली गर्ने, समाजका विकृति उतार्ने, प्रशासनका बेइमानीहरु देखाउने, मानिसबीच भएका उचनिचका प्रवृत्तिका बारेमा कलम चलायौँ । तिनलाई यो भएन, ऊ भएन भनेर सुधारको आश्वासन बाँड्यौँ । मानिसलाई सुचित गर्यौँ । अहिले त हामी तिनले गर्ने, गराउने, हामीले देखाउने कुनै पनि कुराले काम गर्ने रहेनछ भन्ने देखिरहेका छौँ, अनुभव गरिरहेका छौँ । हाम्रोअगाडि ठूलो खाडल खडा भएको छ । अब के विषयमा लेख्ने, कसरी लेख्ने छलफल चलोस् ।”
यति भनेर त्यो आकृति बस्यो आफ्नो कुर्सीमा । अर्को आकृति उठ्यो अर्कोतिरबाट । नीलो टल्कने कपडाले लपेटिएको त्यो आकृतिको बोली स्त्रीको जस्तो सुनिन्थ्यो ।
त्यस आकृतिले भन्यो, “अब हामी नयाँ युगमा प्रवेश गरिरहेका छौँ, केहीबेरमा । त्यसैले अब हाम्रो लेखनका विषय बदलिनुपर्छ, भाषा र शैली पनि बदलिनुपर्छ, हिजोका संरचना पनि गलिसकेका थोत्रा रहेछन् भन्ने हामीले देखिसक्यौँ । राज्य, सरकार, समाज, पद, संस्था सबका सब सजिलो हुँदा मात्र काम गर्दारहेछन् । साँच्चिकै संकट पर्दा ती सबै निकम्मा हुँदा रहेछन् । यस्तो बेला न तिनका हतियारले, न सुरक्षा प्रणालीले, न संस्कारले, न धर्मले, न रीतिरिवाजले, न कानुनले थाम्दोरहेछ । यी सबै निकम्मा हुँदा रहेछन् । त्यसैले महोदय, अब हामीले ती निकम्मा विषयमा लेखेर समय खेर फाल्नुहुँदैन । नयाँ विषय खोज्नुपर्छ । यो खोजी आजै हुनुपर्छ, किनकि भोलिदेखि त हामी नयाँ युगमा प्रवेश गर्दैछौँ । त्यो युगमा प्रवेश गरिसकेपछि त हाम्रो लेखन ढाँचा बदलिनुपर्छ । त्यसैले अब चिन्तन होस्, नयाँ विषयको जहाँ अहिलेकाजस्ता निकम्मा राजनीतिक व्यवस्था नहोउन्, निकम्मा संस्था नहोउन्, निकम्मा संरचना नहोउन्, हिजोकैजस्ता भाषा र शैली पनि नहोउन् । अब हामीले नितान्त नयाँ कुराको खोजी गर्नुपर्छ ।”
त्यो स्त्रीको आकृति यति भनेर थुचुक्क बस्यो, कुर्सीमा । अर्को आकृति उभियो खैरो रंगको । ऊ पनि अगिल्ला आकृति जस्तै थियो तर उसमा फरक के थियो भने त्यो निकै अग्लो थियो अगिल्ला दुईभन्दा । उसले उभिएर सबैलाई सम्बोधन गर्दै भन्यो, “हामी सबै लेखकहरु अबका दिनको लेखनका विषय, शैली र भाषा अनि विषय र संरचना बदल्न, नयाँ युगमा प्रवेश गर्दाको यस संक्रमणको घडीमा नयाँ व्यवस्था खोजी गर्न यहाँ भेला भएका छौँ तर यो मानव जातिले करिब ७० हजार वर्षको इतिहासमा यस्ता कैयौँ नयाँ कुरा जन्मायो, हुर्कायो अनि फेरि मास्यो पनि । कति कुरा एकअर्कामा मिसिएर वर्णशंकर भए, कति कुरा हराए, लोप भए । कति कुरा चैँ हामीले सधैँ उही राख्यौँ । त्यसमध्ये एक हो हामीभित्रको सोच । हामीले जतिसुकै नयाँनयाँ साधन, सुख र सुविधाका वस्तु, प्रविधि र परिपाटी विकास गरे पनि हामी सबैले आफूलाई अर्कोभन्दा माथि पुग्न, अर्कोलाई दबाउन, अर्कोलाई उछिन्न, अर्कोलाईभन्दा आफूले बढी सुख र सुविधा लिनमै सबै शक्ति लगायौँ । त्यसो गर्दा हामी धेरै सुखी त भयौँ तर स्वार्थी भयौँ, झगडालु र युद्धपिपासु भयौँ । के हामीले यत्रो मिहिनेत गरेर खोजेको कुरा यही थियो ?

 म यो नयाँ युगमा अबको मानिसका बारेमा लेख्नुपर्छ भन्छु । हिजोको मानिसको मस्तिष्क बदल्ने कुरा लेख्नुपर्छ र नयाँ ढंगबाट मानिसको मस्तिष्कमा बीऊ छर्नुपर्छ भन्ने अनुरोध गर्छु । त्यसैले अब हाम्रो लेखन मानिसबारे हुनुपर्छ, मानिसले गरेका काम बारे हामीले आजसम्म जे लेख्यौँ, त्यसले कुनै काम गरेन । यो कामै नगर्ने विषयमा लेखेर किन समय खेर फाल्ने ? यसमा सबैले सोचौँ र भोलिदेखि हाम्रो लेखनी मानिसतिर केन्द्रित गरौँ । उसले सोच्ने, उसले गर्ने, उसले जान्न सक्ने क्षमता बारे कुरा गरौँ । उसलाई आफैँभित्रको संसार चियाउन सक्ने कसरी बनाउने भन्ने बारेमा कलम चलाऔँ ।”
त्यसपछि त्यहाँ अलि भिन्न घटना भयो । एउटा अनौठो आकृति अप्रत्यासित रुपमा त्यस समूहको अगाडि देखाप-यो । ऊ न होचो थियो न अग्लो तर त्यो अरुजस्तो कुनै कपडा र अनेकथरी सुरक्षा कवचले ढाकिएको थिएन । अर्कै ग्रहको एलियनझैँ लाग्ने त्यो आकृति अनायास देखापरेपछि सबै आतंकितझैँ भए र जर्याकजुरुक उठे । सबैको अग्रभाग त्यस नयाँ आकृतितिर फर्केकाले त्यो नवआगन्तुक आकृतिले ठम्याइहाल्यो । उसले सबैलाई सम्बोधन गर्दै भन्यो, “लेखकवृन्द, नआत्तिनुस् म तपाईंजस्तो मानव जाति होइन । म यस ग्रहबाट तपाईंहरुले जन्माएको प्राणी पनि होइन । म तपाईंहरुलाई नयाँ युगमा लैजान आएको एक सन्देशवाहक हुँ । तर मेरो भाषा तपाईंहरुले आजसम्म बोलेको भाषासँग मिल्दैन । म तपाईंहरुलाई काम चलाउ सम्बोधन गर्न मात्र यो भाषा बोल्दैछु ।
म अब तपाईंहरुलाई एउटा नयाँ सन्देश सुनाउन चाहन्छु । त्यो सन्देश केही महिनाअगि नै तपाईंहरुसमक्ष पठाएको थिएँ । त्यो पठाइसकेपछि तपाईंहरु अहिलेको काम गर्ने तरिका, अहिलेका संरचना, अहिलेको भाषा र शैली फेर्नुहोला भन्ने मेरो अनुमान थियो तर तपाईंहरु किन मान्नुहुन्थ्यो र ! मान्नुभएन । खोई तपार्इंभित्रको मानिसमानिस एक हुन् भन्ने भावना ? खोई रोकेको तपाईंको जीवन बनाउने र बचाउने प्रकृतिलाई बचाउने प्रयास ? खोई संसारभरका मानिसलाई आपसमा सहयोग गर्ने सहयोगी भावना ? अब तपाईंले लेखेका हिजोका विषयले काम गर्ने छैनन् । हिजोका विषय अब पुराना भए । नयाँ विषयमा सोच्नुस् । मान्छेका बारेमा सोच्नुस् । तपाईं स्वयम्का बारेमा सोच्नुस् । तपाईंले गरेका काममा भएका गल्तीका बारेमा सोच्नुस् । तपाईंभित्र र बाहिर दुवै हेरेर सोच्नुस् ।
तपाईंनजिकै बगिरहेको यो खोलाको पानी खोई ? यो तपाईंको वरिपरिको हिजोको जंगल खोई ? हिजोका खोलानाला खोई ? हिजो तपाईंले धान फलाउने, कोदो लगाउने, मकै फलाउने खेतबारी खोई ? संसारमा सृष्टि भएका जंगली जनावरहरु खोई ? कीराफट्यांग्रा खोई ? हिजोको वर्षात्को पानी बढेर बग्ने कुलो, खोला, खोल्सा र खहरेहरु खोई ? तपाईंले देखेकै कुरा हैनन् ती ? अनि के नयाँ विषय खोज्दै हुनुहुन्छ तपाईंहरु ? त्यही विषयमा लेख्नुस् अब, त्यही फर्काउनुस् अब । त्यसै बारे कुरा गर्नुस् अब । अब पनि तपाईंहरुले यसबारे लेख्नुभएन भने म फेरि अर्को रुपमा आउनेछु, त्यतिबेला न तपाईं हुनुहुनेछ न तपाईं बसेको यो ठाउँ रहनेछ ।”
त्यो आकृति यति भनेर टक्क अडियो र सबैतिर नीला डल्लाजस्ता लाग्ने स्वयंप्रकाशित प्रकाशपुञ्ज घुमायो । केहीबेरमा ती दुवै प्रकाशपुञ्ज बन्द भए । आकृति झन्झन् सूक्ष्म हुँदै गयो । अत्यन्त सानो हुँदै, खिइँदै गएको त्यो आकृतिनजिकै उभिएको मानव आकृतिले हतारिँदै उसको परिचय माग्यो ।
“तपाईंले आफ्नो परिचय नै नदिई यति लामो कुरा गर्नुभयो कृपया परिचय दिएर मात्र यहाँबाट बिदा हुनुहोस् ।” उसको अनुरोधपछि फेरि त्यो आकृति पहिलेको स्वरुपमा आयो र भन्यो, “म यस पृथ्वीका मानव जातिलाई नयाँ जीवन दिन आएको कोरोना भाइरस हुँ । अब मेरो सन्देश तपाईंहरुको कलममा मसी बनेर लेखिनुपर्छ लेखक महोदय ! म अब तपाईंहरुलाई हिजोको युगमा फर्केर लेख्न दिनेछैन । अब यो युग भोलिको सँघारमा खडा भएको छ । त्यसमा तपाईं बदलिएर जानुहोला नत्र म तपाईंहरुलाई बदल्न अर्को रुपमा आउनेछु ।”
त्यो आकृति यति भन्दै विलीन भयो । सबैका घाँटी खसखसाउन थाले । सबै आकृति अतालिएझैँ देखिए । कोही खोक्न थाले, कोही छाति थिच्न थाले । सबैले नबुझिने भाषामा केके भनेझैँ सुनियो । फोटो पत्रकार, रिपोर्टर, दर्शक सबै हडबडाए । अलि निकै सारो भएको अग्लो आकृति एकाछेउमा ढल्यो । अर्को भाग्दै अलि पर पुगेर लड्यो । एम्बुलेन्सको साइरन बज्यो अलि पर । मानव चित्कारको ध्वनि मधुरो सुनियो पर क्षितिजतिर । मैले आँखा लगाएँ, घाम अस्ताउनै लागेको थियो । म ती लाशमय हुन लागेका एकएक आकृति हेर्दै ठिड्ग उभिएर त्यो लुप्त भइसकेको आकृतिले भनेको कुरा सम्झिँदै थिएँ, मेरो पनि घाँटी खसखसाउन थाल्यो, छाति पोल्न थाल्यो, ज्वरो बढ्यो, मुख सुक्न थाल्यो, छातिभित्र हजारौँ डिग्रीको तापमानको आगो बलेझैँ भयो । उफ् अब म पनि ढ…..ल्… न…. लागेँ ………..।
…….
म झल्याँस्स हुन्छु एक्कासि । म होस र बेहोसको दोसाँधमा बेडमा पल्टिएर पाइपबाट श्वास तान्दै थिएँ । छाति अलिअलि भारी थियो । मेरा अगाडि तिनै एलियनहरु हाजिर थिए उपचारमा । मैले हिजो देखेका ती अनौठा मानव आकृति मलाई घेरेर उभिएका थिए कागज र कलम लिएर । एउटा महान् विषय मिलेको थियो ती कलमजीविहरुलाई । एउटा महाभ्यासको सँघारमा उभिएका थिए उनीहरु । उनीहरु धमाधम मानिसबारे लेख्न थालेका थिए । उनीहरु अब वाग्मतीमा बग्ने फोहोर पानीको कुरा लेख्न छाडेर पौडी खेल्ने बालबालिकाहरुका बारेमा लेख्न थालेका थिए । वन विनाशको कुरा नभएर हरियालीको कुरा लेख्न थालेका थिए । बाँझिएका जग्गाको कुरा लेख्न छाडेर उत्पादन र बालीनालीका कुरा लेखिरहेका थिए । 

मानिसमानिसबीचको द्वन्द्वको होइन, प्रेमको कुरा लेखिरहेका थिए । प्रदूषणका कुरा होइन स्वच्छताका कुरा लेखिरहेका थिए । मानिसभित्र भएका असीमित क्षमताको बारेमा लेखिरहेका थिए । हात काँपिरहेको थियो, कलम थाम्न नसकेर भुइँमा खस्ला कि झैँ भएको थियो तर पनि सुरु गरेँ लेख्न ।
म आफ्नो लेखनी अब सँघारमा उभिएर होइन ढोकाभित्रको कोठामा बसेर सुरु गर्न चाहन्थेँ । जुन कोठाभित्र नयाँ युग होस् । पुरानो प्रकाश त्यसभित्र नपरोस् । हो म नयाँ युगमा रमाएको स्रष्टा बन्न चाहन्थेँ । तर, त्यसको लागि ढोका उघ्रेको मात्र थियो, पूरै खुलिसकेको थिएन । क्षितिजबाट उज्यालो झर्दैथियो पृथ्वीमा । सूर्यरश्मिले पृथ्वीलाई अँगालो मारिसकेको थिएन । म मनमनै सोच्तै थिएँ, आजको सूर्य नयाँ युगमा उदाउनेछ, पुरानो युग बिदा भइसकेको छ । म सूर्य किरणको मसीले सिर्जनाको नयाँ गीत लेख्न चाहन्थेँ । म केहीबेर प्रतीक्षा गरौँ अनि सुरु गरौँला भन्दै थिएँ, झल्याँस्स निद्रा खुल्यो ।
मलाई लाग्यो, म त्यही सँघारमा छु नयाँ युगको जहाँ उभिएर म त्यो युगको भुकभुके बिहानी नियालिरहेको छु । कोभिड–१९ बाट आक्रान्त युग र यसको विजयपछिको युगको दोसाँधमा उभिएर । मलाई लाग्दै थियो, अब मेरो यो सपना विपना हुनेछ । मानिस बदलिनेछ । लेखन बदलिनेछ । स्रष्टा उही हुनेछन् तर तिनले गर्ने सृष्टि र सिर्जना फेरिनेछ । अब नयाँ युगमा नयाँ मानिस उत्पन्न हुनेछन् । युगको नाम हुनेछ, कोभिड– १९ पछिको युग । तर, म अझैँ दोसाँधमै छु । पर क्षितिजबाट सूर्य अझै निस्किसकेको छैन । सूर्यका ती युगीन किरण धरतीमा परिसकेका छैनन् । मैले लेख्न सुरु गरेँ, नयाँ युगको स्वागतद्वारमै उभिएर र जन्म्यो मेरो यो सिर्जना ।

#covid-19 #dhirbhandari #new age after corona #

Published in https://sahityapost.com 2077.2.9

Tuesday, April 14, 2020

Dhir Bhandari's Blog Posts: ती मानिस जो पदविनै नेता बने

Dhir Bhandari's Blog Posts: ती मानिस जो पदविनै नेता बने: पद, नेता र व्यक्ति प्रसिद्ध प्रेरणादायी वक्ता रवीन शर्माको एउटा खुबै चर्चित पुस्तक छ— ‘द लिडर हु ह्याड नो टाइटल’ अर्थात् ‘त्यो नेता, ...

ती मानिस जो पदविनै नेता बने

पद, नेता र व्यक्ति


प्रसिद्ध प्रेरणादायी वक्ता रवीन शर्माको एउटा खुबै चर्चित पुस्तक छ— ‘द लिडर हु ह्याड नो टाइटल’ अर्थात् ‘त्यो नेता, जोसँग कुनै पद थिएन’ अर्थात् ‘पदविनाको नेता’ ! 


उनी भन्छन्, ‘महान् नेता बन्नका लागि पद आवश्यक छैन । तर, तपाईं आपूm महान् मानिस भने हुनैपर्छ ।’ 

पद खास समयका लागि खास काम गर्नका लागि व्यक्तिलाई प्राप्त हुने अख्तियारी हो । जसले त्यसको योग्यता प्राप्त गर्छ, त्यो स्वतः पाउँछ । समयसीमापछि पद सकिन्छ तर, व्यक्ति रहिरहन्छ । उसले जीवनमा के भन्छ, के काम गर्छ, त्यसले समाजमा पार्ने प्रभाव कति गहिरो हुन्छ त्यसैअनुसार मानिसको मूल्यांकन हुन्छ । त्यसैले नेता हुन पद होइन उसको कामले समाजमा पार्ने प्रभाव महत्वपूर्ण हुन्छ ।

विश्व इतिहासका प्रभावशाली नेता

यदि तपाईंले आधुनिक विश्व इतिहासका १० वा २० प्रभावशाली राजनीतिक नेतृत्वको नाम गुगलमार्फत् खोजी गर्नुभयो भने सबैभन्दा माथि यस्ता मानिसहरु पाउनुहुनेछ जो कहिल्यै पदका लागि मरिमेटेनन्, नैतिकता र चरित्रमा कुनै सम्झौता गरेरनन् र सहज रुपमा पद त्यग्न तयार गए । व्यक्तिका रुपमा ती सधैँ मानिसको हृदयमा सम्मानको बास बनाएर बसिरहे । विपक्षी र प्रतिस्पर्धीले पनि तिनलाई सम्मान गरिरहे र संसारलाई हिँड्ने सही मार्ग देखाएर गए । त्यसपछि अरु केही नाम पाउनुहुनेछ जो पैसा र पदका आधारमा भन्दा पनि उनीहरुको प्रतिभा, धैर्य, कर्मठता अनि संकटपूर्ण अवस्थामा सही निर्णय लिएर आफ्नो देश र जनतालाई बचाउन ठूलो मिहिनेत गरेका थिए । जीवन कालपछि तिनले संसारका मानिसको मन र मस्तिष्कमा ठूलो छाप छोडेर गएका छन्, आज पनि उनीहरुको नाम सम्मानपूर्वक लिने गरिन्छ ।

संसारमा सबैभन्दा बढी सम्मानसाथ लिइने गान्धी कहिल्यै पदका लागि मरिमेटेनन् तर भारत जस्तो विशाल मुलुकका करोडौँ मानिसलाई आफ्ना पछि लगाइरहे र बेलायती साम्राज्यबाट देशलाई मुक्त गराए । दक्षिण अफ्रिकाजस्तो अपरिचित भूमिमा गएर पनि भारतीयहरुको हक र अधिकारका लागि लडे । उनले जीवनमा न पैसा कमाए न पदका लागि कसैसँग प्रतिस्पर्धा गरेर टाँस्सिइरहे । अनेक बाध्यताले गर्दा करिब आधा वर्ष पार्टी अध्यक्ष पद सँभाल्नुबाहेक उनले कुनै पद ग्रहण गरेको देखिँदैन । 

उनको अहिंसा र असहयोगको राजनीतिक आन्दोलनले संसारको ठूलो भूखण्ड र कालखण्डलाई प्रभावित पार्यो, अहिले पनि उनको प्रभाव कम भएको छैन । कुनै न कुनै प्रकारले अहिंसात्मक आन्दोलन संसारमा चलिरहेको छ । उन्नइसौँ र बीसौँ शताब्दीका राजनीतिक आन्दोलनलाई उनको अहिंसात्मक आन्दोलनको विचारले दिशा दिइरहेको छ । लेक वालेसा, मार्सल जोसेफ टिटो, नेल्सन मण्डेला, आन साङ सु की जस्ता नेताहरुले त्यसलाई अगाडि बढाए उनीपछि पनि । दक्षिण अफ्रिकाको रंगभेदविरोधी आन्दोलन, म्यान्मारको सैनिक शासन हटाएर लोकतन्त्र स्थापित गर्ने काम गान्धीकै नेतृत्वमा सफल भयो । गान्धीले मरिसकेर पनि संसारलाई यसरी नेतृत्व गरिरहेकै छन् । किनकि उनकै विचार र प्रयोग हो अहिंसात्मक आन्दोलन । त्यसै अर्थमा गान्धी संसारका सबैभन्दा सम्मानित नाम बनिरहेका छन् इतिहासमा ।   

अर्का त्यस्तै प्रभावशाली व्यक्ति हुन् मार्टिन लुथर किङ जुनियर । मार्टिन लुथर किङले गान्धीबाट प्रेरणा लिएर अमेरिकाबासी काला जातिको अधिकार स्थापित गर्न बृहत् आन्दोलन चलाए । करिब ३८ वर्ष बाँचेका यी युवा नेताले संसारलाई हल्लाउने भाषण ‘मैले देखेको सपना’ मार्फत् करोडौँ मानिसको मन जितेर सडकमा उतार्न सफल भए । त्यति मात्र होइन उनको त्यही संघर्षका कारण संसारकै सम्मानित नोवेल पुस्कार पनि प्रदान गरियो । यिनी कुनै पदाधिकार प्राप्त अधिकारी थिएनन् । थिए त केवल एउटा चर्चाका सामान्य पादरी । यस बाहेक उनी कुनै पदको लालसामा त्यो आन्दोलन चलाएका पनि थिएनन् । उनको उद्देश्य अमेरिकाबासी कालाहरुको अधिकार प्राप्त गर्नु थियो । 

जब व्यक्ति अरुका निम्ति पूर्णतः समर्पित भएर काम गर्न थाल्छ, यसलाई नसोचेको शक्ति प्राप्त हुन्छ । त्यसैले रवीन शर्माले भनेको त्यो भनाई स्मरणीय छ । जब व्यक्ति कर्मका आधारमा अरुबाट विश्वासयोग्य बन्दछ, त्यसले नै उसलाई शक्तिशाली बनाउँछ । उच्च नैतिक बल प्रदान गर्छ । त्यो नैतिक बल आर्जन गर्न सफल भए ।

नेल्सन मन्डेला, जर्ज वाशिङटन, अब्राहम लिंकन, विन्स्टन चर्चिल, नेपोलियन बोनापार्ट, फ्रान्कलिन डि रुजवेल्ट, आङसाङ सु कि अरु यस्तै नाम हुन् जसले संसारलाई पदविनै नेतृत्व दिइरहेका छन् । उनीहरुका विचारले आज पनि विश्वलाई अगुवाइ गरिरहेको छ ।   

नेपालको इतिहासमा सम्मानपूर्वक सम्झिने केही बिरलाकोटी नाम छन् जसलाई जुनसुकै वर्ण, लिंग, जात, भूगोल, सिद्धान्तको मानिसले सम्झने गर्दछ । ती मानिसहरुमा के विशेषता थियो ? त्यही माथि उल्लेख गरिएका विशेषता थिए सायद । 

हाम्रो अवस्था 

हामीलाई सुन्दा नै आश्चर्य लाग्छ, पदै नभई पनि कोही नेता हुन सक्छ ? नेता बन्नका लागि पद आवश्यक छ । खासगरी राजनीति गर्ने मानिसहरुले पदलाई नै नेतृत्वको पर्यायवाची सम्झने गरेको पाइन्छ । त्यसैले होला पद पाउनका लागि मरिहत्ते गर्ने चलन छ । पद प्राप्त गर्नका लागि आफ्नो बुताले भ्याएसम्म तीन एम (मनी, मसल र म्यान) प्रयोग गर्ने र पद हत्याउने अनि पद हत्याएपछि शक्तिको प्रयोग दुरुपयोग गर्ने र अनाचार गर्ने । 

पदमा पुग्नका लागि यही नै उचित र सफल तरिका हो भनेझैँ गरी संसारभर नै यही प्रवृत्ति हाबी छ अहिले । खासगरी एसिया, अफ्रिका र ल्याटिन अमेरिकी मुलुकहरु जहाँ राज्यका पदको दुरुपयोग गरेर राज्यश्रोतमा हालीमुहाली गर्ने गरिन्छ ती क्षेत्रका प्रायःजसो राजनीतिक मानिसहरु भ्रष्ट, अनैतिक र पदलोलुप पाइन्छन् । चाहे चुनावबाट भोट जितेर पदमा पुगेका मानिस होउन् वा शक्तिको पछि लागेर चाचुचा (चाकडी, चुक्ली र चापलुसी) गरेको आधारमा हुकिङ गरेर माथि तानिएका मानिसहरु होउन्, उनीहरुमा चरित्र, क्षमता र दक्षताले भन्दा बढी मनी, मसल र म्यानले बढी काम गर्ने गर्दछ । 

यही कारणले गर्दा विकासशील मुलुकका राजनीतिक व्यक्तिहरु सत्ता वा शक्तिमा पुगेपछि धेरैजसो निकम्मा साबित हुन्छन्, दूरदृष्टिरहित देखिन्छन् र आपूmले शक्ति प्राप्त गर्नका लागि गरेको खर्च उठाउन तल्लीन हुन्छन् । राज्यश्रोतको दुरुपयोग गरेर जायज वा नाजायज कार्य गर्नतिर लाग्दछन् । केही समय वाहवाही पनि पाउँछन् त्यसपछि भने इतिहासको कुन कुनामा बिलाउँछन् अत्तोपत्तो हुँदैन । इतिहासले कि कुख्यातीमा नाम कमाएकाहरुलाई चिन्दछ कि असल काम गर्ने र असल चरित्र भएकाहरुलाई चिन्दछ । बाँकी मानिसहरु पानीको फोका बिलाएझैँ इतिहासको पानाबाट बिलाउँछन् । केही वर्षपछि तिनको नामोनिसान हुँदैन ।

के ले आर्जन हुन्छ शक्ति ?

राजनीतिक मानिसले के आधारमा शक्ति आर्जन गर्छन् त त्यसो भए ? केले टिकाउँछ उनीहरुले आर्जन गरेको त्यो शक्ति ? सफल नेतृत्वका यो अति नै महत्वपूर्ण हुन्छ । धेरै मानिसको उत्तर हुनसक्छ पदले, पैसाले अनि राज्यशक्तिभित्रको पहुँचले शक्ति आर्जन हुन्छ । चाहे राजनीति गर्ने होस् वा व्यपार–व्यवसाय वा कुनै कम्पनी वा संस्था सबैमा शक्ति आर्जन नभई नेतृत्वदायी भूमिकामा रहिरहन सकिँदैन । 

समाज अत्यधिक राजनीतिकरण भएको र राजनीतिमा एक निश्चित पदमा पुगेपछि राज्ययन्त्रको प्रयोग गर्ने र शक्ति आर्जन छिटो गर्न सकिने हुनाले हाम्रो जस्तो समाजमा पदविहीन मानिसले आपूmलाई नेतृत्वमा स्थापित गर्न जायज वा नाजायज तरिका अपनाउने गर्दछन् । के त्यसले टिकाउँछ उनीहरुलाई ? केही समय अवश्य टिकाउँछ । तर जब मानिसको मनमा उसप्रतिको विश्वासमा कमी आउँछ, राज्यको संयन्त्रमाथिको पकडले मात्र उसलाई टिकाउन सक्तैन । तिनलाई जनताको मनमा रहेको विश्वास कमजोर हुनासाथ हावाले उडाएझैँ उडाएर फालिन्छ । 

हिटलरले राज्ययन्त्रको दुरुपयोग गरेर शक्ति त आर्जन गर्यो तर विश्वास जित्न सकेन, चाउचेस्कूले रोमानियामा त्यति लामो समय शासन गर्दा पनि विश्वास टिकाउन नसकेर सडकमा घिसारिनु पर्यो बिरामी भएको बेला । रादोभान काराजिक पूर्व युगोस्लाभियाको गृहयुद्धताका निकै शक्तिशाली मानिन्थे तर देशबाटै भागेर बुढेसकालमा अन्तर्राष्टिय अदालत धाउनु पर्यो । यी केही उदाहरण हुन् शक्तिले मात्र नेतृत्व टिकाउन सकिँदैन भन्ने । 

हामीले संसारका तानाशाहलाई हेर्यौँ भने यो कुरा स्पष्ट हुन्छ । मुसोलिनी, हिटलर, पोलपोट, इदिअमिन, चाउचेस्कू, रादोभान काराजिक यस्ता कतिपय नाम छन् जो शक्तिका बलमा शासनमा त पुगे तर मनमा शासन गर्न सकेनन् । डरका बलमा आर्जन गरेको शक्तिले धेरै समय टिकाउन सक्तैन । उनीहरुको उदाहरण त्यसपछिको पुस्ताले स्वीकारेर त्यस बाटोमा हिँडेको पनि पाईंदैन । यसको विपरीत गान्धी, मार्टिन लुथर, मण्डेला, जर्ज वाशिंगटन, लिंकन, चर्चिल, लेनिन, माओ त्से तुङ, तेंग स्याओ पिङ, हो चि मिन्ह आदि यस्ता मानिसहरु हुन् जसले संसारको नेतृत्वको अवधारणालाई नै बदलिदिए ।  संसार छाडेको यतिका समयपछि पनि उनीहरुले अंगीकार गरेको बाटोले संसारलाई मार्गदर्शन गरिरहेको छ । 

सबैभन्दा महत्वपूर्ण कुरा ? 

नेता हुनका लागि सबैभन्दा महत्वपूर्ण कुरा हो सपना देखाउन सक्नु र मानिसलाई त्यसमा विश्वासका साथ पछि लगाउन सक्ने विश्वसनीयता आर्जन गर्नु । विश्वसनीयताको लागि सर्वाधिक महत्वपूर्ण हुन्छ– अखण्डता वा इन्टिग्रिटी । भनाइ र गराइमा निरन्तरता नै इन्टिग्रिटी हो । यसले नै मानव मनमा विश्वसनीयता सिर्जना गर्छ । विश्वसनीयताले वास्तविक शक्ति आर्जन हुन्छ । जनताको मनमा शासन गर्न सक्ने मानिस जतिसुकै कानुनी रुपमा कमजोर भए पनि उसले वास्तविक शक्ति कहिल्यै गुमाउँदैन, सधैँ प्रभाव पारिरहन्छ । 

हालका दश प्रभावशाली राजनीतिक नेताहरुको नाम खोज्यो र तिनको विश्वसनीयताको चुरो खोज्यो भने थाहा हुन्छ उनीहरुमा सबैभन्दा महत्वपूर्ण कुरा त्यही विश्वसनीयता पाइन्छ । इतिहासका १० प्रभावशाली र लोकप्रिय १० नेताको नाम खोज्यो भने हामी सबैभन्दा पहिले कसको नाम लिन्छौँ ? सायद हामीले लिने सर्वोच्च नाममा गान्धी, मार्टिन लुथर्, नेल्सन मण्डेला, अब्राहम लिंकन, विन्सटन चर्चिल, जर्ज वाशिङटन, बेन्जामिन फ्रान्कलिन, नेपोलियन बोनापार्ट, लेनिन, माओ त्से तुङ आदि नाम पर्दछन् । 

किन हामी ती मानिसलाई सबैभन्दा माथि राख्छौँ ? संसारमा उनीहरुभन्दा पछि पनि अनेक मानिसले सरकार चलाए । शासन चलाए । पदाधिकारमा रहे । तर, ती नाम दुनियाँको मनमा सधैँ रहिरहन भने असमर्थ भए । केही समय राज गरे, बिलाए । 

क्षमता मुख्य हो कि चरित्र ? 

हामीले कैयौँ यस्ता मानिस देखेका छौँ जो प्राविधिक ज्ञान, सीप र क्षमताका दृष्टिले उत्कृष्ट त छन् तर पनि विश्वसनीय लाग्दैनन् । उसलाई हामी विश्वासको आँखाले हेर्न सक्तैनौँ । विश्वास नभएपछि ऊसँग सम्बन्ध बढाउन र उसलाई गरिने सहयोग गर्न पनि इच्छुक हुँदैनौँ । उसले भनेका कुरामा पनि शङ्का गर्दछौँ । त्यस्ता व्यक्तिहरू क्षमतावान् हुँदाहुँदै पनि विश्वसीयताका दृष्टिले अयोग्य ठहरिन्छन् र अन्ततोगत्वा जीवनमा असफल हुन्छन् ।

हामीकहाँको नेतृत्व र जनता दुवैले भोगेको समस्याको जड यहीँ छ । हामीकहाँ धेरै मासिहरु क्षमतावान् छन् तर चरित्रवान् भने कम छन् । परिणामतः जनताले योग्य देखेर पत्याउँछन् तर जब काममा जान्छन् चरित्रहीन देखिन्छन्, धोका हुन्छ विश्वासमा । नेतृत्व जे भन्छ त्यो गरिरहेको देख्तैन समाजले । अनि जनताले जे सोच्छ र भन्छ त्यो कुरा नेतृत्व गर्नेले थाहा पाउने प्रणाली कमजोर छ, भए पनि त्यो कमजोरी स्वीकार्न पदमा रहेका मानिसहरु तयार छैनन् । त्यसै कारण हाम्रा अधिकांश नेता नेता नभएर पदाधिकारी हुँदै गएका छन् । पदाधिकारी हुनु नै नेतृत्व हो भन्ने भ्रम हाम्रा नेताहरुमा हाबी हुँदै गएको छ । जसले उनीहरुले प्राप्त गरेको पदको विश्वसनीयता धरापमा पारेको छ । 

बारम्बारको परीक्षणबाट विश्वसनीय ठानेको व्यक्ति भनेर हामीले मानेको मानिससँग हामीले गर्ने व्यवहार र त्यसरी परीक्षण नै नगरेको वा विश्वासका दृष्टिले कमजोर मानिससँग गर्ने व्यवहार निश्चय नै फरक हुन्छ । हामीले विश्वासको आँखाले हेर्ने गरेको व्यक्तिले एकाध कमजोरी गरि नै हाल्यो भने पनि सहज रुपमा माफी दिन तयार हुन्छौँ र भन्छौँँ, त्यो मानिस त त्यस्तो हुनै नहुनुपर्ने, त्यो मानिस त्यस्तो होइन, त्यस्तो मानिसले त्यो काम त्यसै गरेको होइन उसले त्यसो गर्नुको पछाडि कुनै गुप्त कारण हुनुपर्छ आदिआदि । त्यस्ता मानिसले कुनै गलत कुरा नै गरेको रहेछ भने पनि हामी सहज रुपमा स्वीकार गछौँ र त्यसमा केही कारण हुनुपर्छ भनेर घोत्लिन थाल्छौँ । 

अहिले छिसिक्क केही हुनासाथ जनताले नेताहरुमाथि प्रश्न उठाउने गर्नुको कारण यही हो, उनीहरु जनताको मन जित्ने काममा खरो उत्रन सकेका छैनन् । विश्वसनीयता आर्जन नगरी जनताको विश्वास आर्जन गर्न सकिँदैन । 

विश्वसनीयताको सबैभन्दा मुख्य आधार हो, उसको चरित्र । आजभोलि चरित्रबारे कुरा गर्नासाथ मानिसहरू यसलाई कुनै आदर्श वा कल्पना वा नीति र धर्मको विषयका रूपमा लिन्छन् र त्यसबाट पन्छिन खोज्छन् । आन्तरिक जीवनमूल्यलाई महत्व दिँदैनन् । यी कुराहरू आजको समाजमा वाहियात हुन्जस्तो सोच्छन् । तर, हामीले मानिसमा सबैभन्दा बढी खोज्ने कुरा के हो ? चरित्र होइन ? जुन कुरालाई हामी महत्व दिँदैनौँ, त्यही कुरा अरूमा किन खोजेको हामीले ?  

यी प्रश्नहरूको उत्तर खोज्न गहिराइमा पस्नासाथ हामीमा भएको द्विविधा प्रस्ट भइहाल्छ । एकातिर हामी जीवनमूल्य र चरित्रलाई कम महत्व दिन्छौँ, अर्कोतिर फेरि अर्को व्यक्तिमा त्यही कुरा खोज्छौँ । हाम्रो समकालीन जीवनको द्विविधा नै यही हो । कैयौँ मानिस योग्यता, आन्तरिक प्रेरणा र बाह्य व्यक्तित्व नै सफलताको कारक ठान्छन् । तर, इतिहासको अध्ययनबाट भने यसभन्दा भिन्न तथ्य फेला पर्छ । सफलताका लागि अरूले हामीलाई कस्तो देख्छन् भन्ने भन्दा पनि हामी आपूmभित्र कस्तो हौँ त्यो नै विश्वसनीयता आर्जनका लागि मूल्यवान् हुन्छ । 
हाम्रा राजनीतिक व्यक्तिहरुलाई यस कसीमा राखेर हेर्यौँ भने हामी असाध्यै द्विविधामा पर्दछौँ । भन्छन् एउटा कुरा अनि गर्छन् अर्कै । भनाइ र गराइमा बेमेल हुनासाथ नेतृत्वले विश्वसनीयता गुमाउँछ । 

शक्तिमा पुगेपछि हाम्रा नेताहरुले आपूmले के बोलेको थिएँ नै बिसिन्छन् । अरुलाई जुन कुराको अर्ति दिन्छन् त्यही कुरा आफ्नो जीवन–व्यवहारमा लागू गर्दैनन् । यसले उनीहरुको भनाइ र गराइको दूरी बढाइदिन्छ र विश्वसनीयता गुमाउँछ ।  

एउटा थप उदाहरणसाथ यो चर्चा अन्त्य गर्न चाहन्छु । तपाईंका सहरमा दुईजना सर्जन छन् । एकजना सर्जन छन्, ज्यादै सक्षम तर बेइमान् र चरित्रहीन । अर्काचाहिँ साह्रै चरित्रवान् छन्, मानिसप्रति करुणा राख्छन्, सकेसम्म सहयोग गर्छन्, तर राम्रो सर्जरी गर्न जान्दैनन् । तपाईंलाई जटिल स्वास्थ्य समस्या आयो, सर्जरी नगरी नहुने भयो भने तपाईं कोसँग उपचार गराउन जानुहोला ?

निश्चय पनि तपाईं पहिले कम सक्षम तर चरित्रवान् सर्जनसँग जानुहुन्छ, सरसल्लाह लिनुहुन्छ र अन्त्यमा सर्जरी गर्न भने सक्षम सर्जनकहाँ जानुहुन्छ । चरित्रवान्ले सही सल्लाह दिन सक्छ भने तपाईंलाई विश्वास हुन सक्छ । तर, सर्जरी राम्रो गर्न सक्दैन कि भन्ने शंका लाग्छ । त्यसैले तपाईं सर्जरी गर्नुपर्दा सक्षम सर्जनकहाँ जान रुचाउनुहुन्छ । चरित्रवान् तर असक्षम सर्जनकहाँ सर्जरी गराउँदा तपाईंको स्वस्थ्य अझ प्रतिकूल हुन सक्छ । त्यसैले हाम्रो जीवन सन्तुलित र सफल बनाउनका लागि दुवै आवश्यक छन् । 

नेतृत्वको प्रश्न पनि ठीक यस्तै हो । गान्धीमा जुन अखण्डता थियो, भनाइ र गराइमा एकता थियो, त्यही कुरा मार्टिन लुथर किङ, मण्डेला, चर्चिल, रुजवेल्ट, बाशिंगटन, लिंकन, माओ, तेङ, हो चि मिन्ह आदिमा पनि पाइन्छ । यही कुरा हामीले मानेका र मानिरहेका नेताहरुमा अभाव छ । त्यसैले भनाइ र गराइमा एकरुपमा नल्याउने मानिस पदाधिकारीमा सीमित हुन्छ, नेताको रुपमा स्थापित हुन सक्तैन । हामीकहाँ पदाधिकारीहरु त धेरै छन् तर नेतृत्वको खडेरी छ । आशा गरौँ यो खडेरीमा एक दिन वर्षात् अवश्य हुनेछ र नेतृत्वको खडेरी हटेर हरियाली छाउनेछ । 

Friday, April 3, 2020

Dhir Bhandari's Blog Posts: कहाँ चुक्छ नेतृत्व र असफल हुन्छ ?

Dhir Bhandari's Blog Posts: कहाँ चुक्छ नेतृत्व र असफल हुन्छ ?: अहिले हामी मानव इतिहासकै अत्यन्त कठिन परिस्थितिबाट गुज्रिरहेका छौँ । कोरोना महामारीले विश्वभरका मानिसलाई त्राहिमाम बनाएको छ । घरभित्र बस...

कहाँ चुक्छ नेतृत्व र असफल हुन्छ ?

अहिले हामी मानव इतिहासकै अत्यन्त कठिन परिस्थितिबाट गुज्रिरहेका छौँ । कोरोना महामारीले विश्वभरका मानिसलाई त्राहिमाम बनाएको छ । घरभित्र बसेर जीवन रक्षाको प्रयास गरिहेका छौँ । एकातिर यस्तो अवस्था छ अर्कोतिर यस्तो महामारीबाट पनि नाजायज फाइदा लिन दौडधूप गरिरहेका ‘द्रव्यपिसाचहरु’ सल्बलाएको र सरकारका नेतृत्व गरेका मानिसहरुलाई पनि त्यसको चक्रव्यूहमा तान्न सफल भएको आशंका बलियो बन्दै गएको छ । सामाजिक सञ्जालमा सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्रीलाई समेत यसमा आँखा चिम्लेको आरोप लागिरहेको छ । 

यस्तो अवस्था आउनमा हाम्रो नेतृत्वको कार्यशैली कति जिम्मेवार छ ? आत्मचिन्तनको समय हो यो । कहाँ चुक्छन् नेतृत्वकर्ताहरु र यस्तो अवस्था आउँछ उनीहरुको जीवनमा ? प्रस्तुत छ यसै सन्दर्भमा यो ब्लग ।

कस्तो समूह बनाउने ? 

बृहत् लक्ष्य साकार पार्नका लागि होस् वा सामान्य लक्ष्य हासिल गर्नका लागि कोही न कोही शुभचिन्तक आपूmसँग जोड्नु आवश्यक हुन्छ । लक्ष्य जति बृहत् हुन्छ त्यति नै बलियो समूह चाहिन्छ त्यसलाई हासिल गर्नका लागि । त्यस्तो समूहमा कोही गहिरो व्यवस्थापकीय कुशलता भएका व्यक्तिहरू आवश्यक हुन्छन्, जसले विचारलाई योजना र प्रणालीमा रूपान्तरण गरेर आर्थिक आर्जन गर्न सक्छन् । अरू केही व्यक्तिहरू त्यस्ता व्यक्ति आवश्यक हुन्छन्, जो अत्यन्त कठिन घडीमा पनि आफ्नो हृदयबाट पूर्ण सद्भावका साथ लागिरहन्छन् र लक्ष्य प्राप्तिका लागि सकारात्मक सोचका साथ काम गरिरहन्छन् । यस्ता व्यक्तिहरू आर्थिक र व्यवस्थापकीय पक्षभन्दा नाजुक घडीमा अदृश्य र अमूर्त शक्तिको सम्पर्कमा रहेर सहज र सरल निकास खोज्न समर्थ हुन्छन् । 
हामी व्यक्तिको क्षमतालाई आर्थिक आर्जनको आँखाले मात्र हेर्दछौँ, आध्यात्मिक वा चेतनागत आँखाले हेर्दैनौँ ।

 समूहमा त्यस्ता मानिस भएनन् भने सङ्कटका बेला समस्याको निकास निकाल्न ज्यादै कठिन हुन्छ । दुई वा सोभन्दा बढी व्यक्तिलाई एउटै लक्ष्यमा हिँडाउन उनीहरूलाई सञ्चालन गर्ने तेस्रो शक्ति आवश्यक हुन्छ, जसलाई हामी तेस्रो विकल्प भन्दछौँ । मानिसको मस्तिष्क यही अदृश्य सामूहिक चेतनाको शक्तिसँग हरबखत जोडिएको हुन्छ । जसले सामूहिक सद्भावका माध्यमबाट एकता भएको समूहलाई लक्ष्य प्राप्तिमा हरबखत सहयोग पु¥याइरहेको हुन्छ । 

त्यसैले आफ्नो लक्ष्यमा सहयोगी हुने समूह निर्माण गर्दा आपूmले इच्छाएको लक्ष्यमा भावनात्मक रुपमा समर्पित हुने समूह छान्न ध्यान पु¥याउनुपर्छ । यस्तो समूहबाट हरबखत घेरिइरहनु, त्यस समूहको सद्भाव र सहयोग प्राप्त भइरहनु सफलताका लागि अति नै आवश्यक छ । लक्ष्यप्रति शङ्का गर्ने, सद्भावपूर्वक सहयोग नगर्ने व्यक्तिलाई आन्तरिक शक्तिसमूहमा सामेल गराइयो भने बारम्बार अवरोध आइरहन्छन् । भावनात्मक सामूहिक ऊर्जा सफलताका लागि अति नै जरुरी हुन्छ । 

शक्तिको स्रोतसँग कसरी गाँसिने ?

सफल व्यक्तिको जीवनी अध्ययन ग¥यो भने सामूहिक शक्तिको महत्व सहजै बुझ्न सकिन्छ । ठूला उद्योगपति, व्यापारी, राजनेता तथा विचारवान् व्यक्तिहरू जहिले पनि शुभचिन्तक र ऊप्रतिको सकारात्मक उपलब्धिको आशा राख्ने मानिसबाट घेरिएका हुन्छन् । त्यस्ता शुभचिन्तक मानिसहरूबाट घेरिँदा सामूहिक चेतनाशक्तिको विकास हुन्छ । त्यसले कार्यसफलताको शक्ति सिर्जना गर्छ । 

मानिसको मस्तिष्क विराट ब्रह्माण्डीय ऊर्जाको एउटा सानो अंश हो । यसलाई जति बढी सामूहिक भावना भएका आत्मविश्वासी र सकारात्मक ऊर्जा भएका मानिससँग जोड्न सक्छौँ त्यतिनै ऊर्जावान् ढङ्गले काम गर्छ । 
हामी घरमा बाल्ने बिजुली वा टर्चलाइटसँग यसलाई तुलना गरेर हेर्न सक्छौँ । रष्ट्रिय प्रसारणलाइनमा जति बढी स–साना क्षमताका प्रसारण लाइनहरू जोडिन्छन्, त्यति नै बढी मात्रामा विद्युत्शक्ति प्रवाह गर्छ राष्ट्रिय प्रसारण लाइनले । हामीले बाल्ने टर्चलाइट एउटा मात्रै ब्याट्रीबाट बल्न सक्तैन, त्यसका लागि कम्तीमा दुई वा सोभन्दा बढी ब्याट्रीहरू चाहिन्छन् । हामीलाई जति बढी शक्तिशाली उज्यालो आवश्यक पर्छ, त्यति नै बढी ऊर्जाको ब्याट्री त्यसमा जोड्नुपर्छ । 

मानिसलाई सफल हुन, निरन्तर अघि बढिरहन पनि यही कुरा लागू हुन्छ । एउटा योजनाबद्ध मस्तिष्कसँग अर्को मस्तिष्कलाई जोडेर काम गर्न थाल्दा उसमा भएको क्षमता कैयाँै गुणा बढाउन सकिन्छ । एउटा असल उद्देश्यका लागि जब धेरै मस्तिष्कले एकसाथ काम गर्न सुरु गर्छन्, तब त्यो काम तीव्र गतिले सफलतातिर अग्रसर हुन्छ । यसले मानिसको कार्यक्षमतालाई सोच्दै नसोचेको अवस्थामा पुर्याइदिन्छ । 

शक्तिशाली इच्छाशक्ति भएको मानिसका साथ जब ऊभन्दा कमजोर इच्छाशक्ति भएका मानिसहरू जब सकारात्मक भावका साथ एउटा लक्ष्यप्राप्तिका लागि जोडिन्छन्, तब ती कमजोर मानिसहरूमा पनि असीमित शक्ति विकास हुन थाल्छ । शक्तिशाली राजनेताहरू यही सामूहिक मस्तिष्क शक्तिलाई उपयोग गर्ने गर्छन् र शक्ति आर्जन गर्छन् । 

उदाहरणबाट सिकौँ

प्रसिद्ध अमेरिकी उद्योगपति हेनरी फोर्डले आफ्नो व्यापारिक योजना, गरिबी, अशिक्षा तथा अनेकन अन्य बाधाहरूकै बीच सुरु गरेका थिए, तर जब उनी थोमस एल्वा एडिसन, हार्वे फयरस्टोन, जोन बरोज, लुथर बारवेकजस्ता मानिसहरूसँग जोडिए त्यसपछि करिब २५ वर्षको अवधिमा अमेरिकाका सबैभन्दा धनाढ्य व्यक्ति बन्न सफल भए । 

महात्मा गान्धी जब दक्षिण अफ्रिकाबाट फर्केर भारत आए, करिब बीस करोड भारतीयलाई आफ्नो लक्ष्यमा सामञ्जस्यको भावनाका साथ एकाकार गर्न सफल भए, तब मात्र भारतमा चमत्कारिक राजनीतिक परिवर्तन गर्ने कार्यमा सफलता प्राप्त हुन सक्यो । मानिसलाई कुनै बाध्यता सिर्जना गरेरभन्दा सहयोगी भावनाको वृद्धिद्वारा सामूहिक लक्ष्यतर्फ प्रेरित गरेर यो शक्ति आर्जन गर्न सकिन्छ । त्यसरी सामन्जस्यको भावना वृद्धि नगरी गरिएको समूह निर्माणले दीर्घकालसम्म काम गर्न सक्तैन । जबसम्म सामूहिक शक्ति भावनात्मक ऊर्जाका साथ एक–अर्कालाई सघाउन दिल र दिमागले लाग्दैन, तबसम्म व्यक्तिमा असाधारण सामथ्र्य उपलब्ध हुँदैन । किनकि, ब्रह्माण्डीय सामूहिक चेतनाको शाश्वत स्रोत एउटै छ । त्यो जति शक्तिशाली भावनात्मक सामञ्जस्यद्वारा जोडिन्छ, त्यति नै शक्तिशाली रूपले कार्य गर्छ । 

एउटा सामान्य व्यक्तिभन्दा एउटा सफल उद्यमी, सफल राजनेता वा सफल आध्यात्मिक गुरुमा के फरक हुन्छ ? यही सामूहिक भावनाको शक्ति । सफलता चाहे असाधारण होस् वा सामान्य । औसत व्यक्तिभन्दा केही माथिल्लो जीवन भोगिरहेको व्यक्तिलाई यदि हामीले गहिरो गरी विश्लेषण गरी हे¥यौँ भने थाहा पाउँछौँ ऊ आपूmले लिएको लक्ष्यमा तन, मनले सहयोग गर्ने भावनाले ओतप्रोत भएका धेरै व्यक्तिहरूको समूहसँग जोडिएको छ, जसलाई हामी सङ्गठन भन्ने गर्छौं । सङ्गठन जति बलियो हुन्छ, त्यति धेरै शक्ति आर्जन गर्न सक्छ नेताले । यही कुरा लागू हुन्छ, धन आर्जन गर्न, पद वा प्रतिष्ठा आर्जन गर्न, सम्मान आर्जन गर्न पनि । अनन्त रूपमा ब्रह्माण्डमा फैलिएको यो ऊर्जासँग जब हामी भावनात्मक रूपले जोडिन्छौँ, तब हामीभित्र असीमित सामथ्र्य बिस्तारै विकसित हुन थाल्छ । 

यति कुरा थाहा पाएपछि तपाईं आफ्नो चिनजानका, देखेका, सुनेका, पढेका व्यक्तिहरूको जीवनसँग गाँसिएका व्यक्तिहरूका बारेमा विश्लेषण गरेर हेर्नुहोस् । गहिरोसँग अध्ययन गर्नुभयो भने उनीहरू अवश्य पनि सामान्य मानिसको भन्दा धेरै मानिसको मन जितेर आफ्नो सङ्कल्पप्रति एकोहो¥याउन सकेको पाउनुहुनेछ । त्यसभन्दा अझ रहस्यपूर्ण कुरा, उनीहरू अनेक बुद्धि, बल र आस्थाबाट बलिष्ठ व्यक्तित्वले घेरिएर बस्ने गरेको पनि थाहा पाउनुहुनेछ । त्यही समूह हो उनीहरूको शक्ति आर्जनको रहस्य ।

संसार विजयको लक्ष्य लिएको हिटलरसँग पाँचजना व्यक्तिको समूह थियो, जो सधैँ हिटलरको सफलताका बारेमा सोचिरहन्थे । नेपोलियनसँग त्यस्तै दुई–चारजना व्यक्तिहरू थिए र दुइटी पे्रमिकाहरू थिए । उनको सफलता हरदम चिताइरहने, प्रार्थना गरिरहने । 

गौतम बुद्धका पाँचजना शक्तिशाली शिष्य उनको साथमा थिए, जो बुद्धलाई हर किसिमले सहयोग पु¥याउन तत्पर रहन्थे ।

समूह सानो होस् वा ठूलो, व्यक्तिलाई माथि उठाउनका लागि शक्तिशाली भावनात्मक सामथ्र्य दिने असीम प्रज्ञासँग निरन्तर गाँसिइरहेको समूह छ भने त्यसले नेतृत्वकर्तालाई अनन्त ऊर्जासँग एकाकार गर्न र सामूहिक चेतना विकास गर्न शक्ति प्रदान गरिरहन्छ । त्यही शक्तिले व्यक्तिलाई सफलतामा पु¥याउँछ । 

संसारप्रसिद्ध दार्शनिक तथा आध्यात्मिक व्यक्तित्व विवेकानन्दले आफ्नो लक्ष्यप्राप्तिका लागि करिब नौ वर्ष काम गरेको देखिन्छ । उनीसँग न कुनै चेलाहरूको समूह थियो, न धन र पद । उनी केही शुभचिन्तकसँग गहिरोसँग गाँसिएका थिए । उनीहरू विवेकानन्दको सफलता चाहन्थे र मौन रूपमा उनीप्रति भावनात्मक ऐक्यबद्धताको भाव प्रवाह गरिरहन्थे । गुरु रामकृष्ण परमहंसप्रति उनको असीम श्रद्धा र आस्था थियो । एउटा निष्कलङ्क र निरपेक्ष व्यक्तिप्रतिको आस्था र श्रद्धाले नै विवेकानन्द ब्रह्माण्डको असीम शक्ति र प्रज्ञासँग जोडिएका थिए । यही गुरुश्रद्धाका कारण उनी रामकृष्ण र अन्य केही व्यक्तिको भावनात्मक शक्ति एकत्रित गर्न समर्थ भएका थिए । उनी जहाँ जान्थे, त्यही शक्तिको सामञ्जस्यमा आउँथे, नजिक हुन चाहने मानिसहरू । त्यही शक्तिका कारणले नै विवेकानन्दले त्यति थोरै समयमा संसारप्रसिद्ध दार्शनिक र आध्यात्मिक व्यक्तित्वका रूपमा आपूmलाई स्थापित गर्न सके । सबै मानिसभित्र श्रद्धा आस्था र सामञ्जस्यद्वारा प्राप्त हुने त्यो शक्ति आर्जन गर्ने सामथ्र्य छ, तर त्यसलाई विकसित गर्ने तौरतरिका भने कमैलाई मात्र थाहा छ । यही कारण हामीलाई सफलता हात लाग्दैन, सफल हुने शक्ति प्राप्त हुँदैन ।

हाम्रो बिडम्बना

माथिको विश्लेषणका आधारमा हेर्दा हाम्रा पार्टीहरु र सरकारको नेतृत्व सधैँ पदलोलुप, लोभी, व्यापारिक लाभहानिको लेखाजोखा मात्र खोज्ने दलाल व्यक्तिहरुबाट घेरिएका देखिन्छन् । यस्ता व्यक्तिहरुको नकारात्मक उर्जाले नेतृत्वलाई पनि सही निर्णयमा पुग्न सजिलो बनाउन सक्तैन । परिणामतः उनीहरु विवादमा आउँछन् । आध्यात्मिक शक्ति भएका व्यक्तिहरु उनीहरुको निर्णय प्रकृयामा कहिल्यै सामेल गराएको पाइँदैन । यसो गर्दा समस्याकै तहबाट समाधान खोज्ने उपायहरु अबलम्बन गरिन्छन् । सहज र दूरगामी समाधान निकाल्नको लागि समस्यालाई उचाइबाट हेर्न सक्ने चेतना भएको मानिस आवश्यक हुन्छ त्यो हाम्रा नेतृत्वकर्ताहरुले कहिल्यै आफूनजिक पर्न दिने गरेको पाइँदैन । 

कहीँकतै आध्यात्मिक व्यक्तित्वहरुसँग पुगिहाले भने भने तिनलाई पनि आफ्नै स्वार्थमा उपयोग गर्ने गरेको पाइन्छ । उनीहरुका सल्लाह लिने र निर्णयमा स्थान दिने गरेको पाइँदैन । यो प्रकृया समग्र आर्यावर्तमा मध्यकालपछि टुटेको पाइन्छ । मध्यकालीन इतिहासमा चाणक्य जस्ता शक्तिशाली आध्यात्मिक व्यक्तिहरुले सामान्य मानिसलाई शासकीय विद्या सिकाएर शक्तिशाली बनाएको र अदृश्य शक्तिसँग गाँसिएर सकारात्मक सल्लाहमार्फत् आफ्ना लक्ष्य प्राप्त गरेको पाइन्छ । 

समूह निर्माण गर्दाका कमजोरीले गर्दा अहिलेका हाम्रो देशका नेतृत्वकर्ता राजनीतिक, सामाजिक, व्यावसायिक व्यक्तिहरु स्खलित हुँदै गएका छन् । समूह निर्माण सही हुनसक्यो भने त्यही समूहले क्रमशः धुमिल छवी सुधार गर्न र नेतृत्वलाई सही दिशा दिन सक्छ । त्यसो हुन सकेन भने उनीहरुको असफलताको बाढीले हामीलाई पनि लतारेर लैजाँदैन भन्न सकिन्न । समयमै चेत खुलोस् ।  

Friday, March 20, 2020

Dhir Bhandari's Blog Posts: समृद्धिको खोजी र हिरा खोज्ने किसान

Dhir Bhandari's Blog Posts: समृद्धिको खोजी र हिरा खोज्ने किसान: मान्छेले आफ्नो दृष्टिकोण बदलेर जीवनलाई  सकारात्मक दिशातिर मोड्न सक्छ । – विलियम जेम्स  हरेक मानिस सफल हुन चाहन्छ । आनन्दित हुन चाहन्...

समृद्धिको खोजी र हिरा खोज्ने किसान

मान्छेले आफ्नो दृष्टिकोण बदलेर जीवनलाई  सकारात्मक दिशातिर मोड्न सक्छ । – विलियम जेम्स 

हरेक मानिस सफल हुन चाहन्छ । आनन्दित हुन चाहन्छ । सुखी हुन चाहन्छ । कोही पनि असफल, दुःखी, तनावग्रस्त हुन चाहँदैन । तर, के हामी आपूmले चाहेको कुराको खोजी चाहिँ ठीक ढंगले गर्छौं ? खोज्ने तरिका चाहिँ ठीक छ ? जब खोज्ने तरिकै ठीक भएन भने चाहना राख्तैमा खोजेको कुरा भेटिँदैन । भेटिइहाल्यो भने चाहेजस्तो नहुन सक्छ । त्यसैले हामी जे कुराको खोजी गर्छौं त्यो खोज ीगर्ने तरिका पनि सही हुन आवश्यक छ । पहाडको टुप्पोमा गएर माछा खोजेर पाइँदैन, त्यसका लागि समुद्र, तलाउ वा नदीमा जानैपर्छ । 

यदि हामी सुख, शान्ति, समृद्धिको खोजी गर्छौं, आनन्द र प्रसन्न्ताको खोजी गर्छौं भने त्यसलाई प्राप्त गर्ने विधि र प्रकृया पनि सही सही हुन आवश्यक छ । 

हामीले सुनेका छौँ– प्रयोगले मानिसलाई सक्षम बनाउँछ । तर के गलत प्रयोग ग¥यो भने सक्षम हुन सकिएला ? माटोको काम गर्न काठको मिस्त्रीले जान्न्े कुरा प्रयोग गरेर अवश्य हुँदैन । मानिसको विडम्बना यहीँ छ । हामी आफूले जानेको, सुनेको, देखेको वा भोगेको कुरालाई नै सही र सत्य मानेर हिँड्छौँ । त्यसैलाई सही वा गलत के हो भन्न्े नसोची प्रयोग गर्न थाल्छौँ । अनि त चाहेको कुरा प्राप्त हुने कुरै हुँदैन । 

म याा एउटा कथा उल्ल्ेख गर्न चाहन्छु यही कुरासँग मिल्दोजुल्दो । कुनै एउटा गाउँमा एउटा गरिव किसान बस्थ्यो । ऊसँग सम्पत्तीका नाममा केही पशुहरु र एउटा सानो टुक्रा जमिन थियो । पशु चराउँथ्यो, खेतीपाती गथ्र्यो र जेनतेन जीवन गुजारा गथ्र्यो । एक दिन ऊ पशु चराउन जंगलतिर जाँदै थियो, बाटामा केही गफाडीहरू खुब रमाइलोसँग गफ गरेर बसिरहेका देख्यो । ऊ पनि थकाइ मार्ने विचारले त्यहाँ रोकियो । गफाडीहरू गफमा मस्त थिए, किसानको वास्ता गरेनन् । उसले ती गफाडीको गफ सुनिरह्यो ।

एउटाले भन्यो– “काम गर्दागर्दा बुढो भइसकियो, पैसा पनि कमाउन सकिएन, सुख र सन्तुष्टी पनि पाउन सकिएन, जति काम गरेपनि खाँनलाउनै धौधौ छ । पश्चिमतिरको एउटा पहाडको फेदीमा हिरा पाइन्छ रे भन्ने सुनेको छु, एउटा सानो टुक्रा भेटियो भने जीवनभर खानेलाउने कुराको ढुक्क हुन्छ भन्छन्, म त अब भएका सबै पशुहरु बेचेर खर्चको जोहो गर्छु र हिरा खोज्न जान्छु । कति दुःख गरेर बसिरहनू यो गाउँमा !”

“मैले पनि सुनेको त हुँ तर साह्रै कठिन छ रे हिरा खोज्न, लुटेराको पनि उस्तै बिगबिगी छ रे ।” अर्को चाहिँले थप्यो— “तर जे भए पनि एउटा सानो टुक्रा फेला पार्न सकियो भने त जिन्दगी बनि गो नि, के यस्तो दुःख गरेर बसिरहनु ! तँ जान्छस् भने मलाई पनि नछोड् है, म पनि जान्छु ।” 

निकैबेर यस्तैयस्तै कुरा गरे तिनीहरूले । बटुवाको कुरा सुनेर किसान पनि दङ्ग प¥यो । उसले सोच्यो– “हो त नि, हिराको एउटा सानो टुक्रा भेट्न पाए त जीवनको दुःखै सकिन्थ्यो । म पनि अब घर फर्केर त्यो सानो टुक्रो जग्गा बेच्छु, खर्चको जोहो गर्छु र हिरा खोज्न जान्छु, पश्चिमतिर ।”    

किसान गफाडीहरू भएको ठाउँबाट उठ्यो र बजारतिर लाग्योे । बजार गएर किनमेल ग¥यो र बेलुकीपख फर्केर घर आयो । बाटामा सुनेका कुराले उसलाई रातभर निद्रा पर्न दिएन । हिराको बारेमा सोच्दै रात  काट्यो । भोलिपल्ट बिहानै उसको घरमा एक जना अपरिचित मानिस आयो । त्यो अपरिचित मानिसले किसानलाई सोध्यो– “यो गाउँमा जमिन बेच्ने कुनै मानिस छन् ? छन् भने भेटाइदिनुस्, म एउटा सानो घर बनाउने जमिन किन्न चाहन्छु ।”

किसानलाई ‘के खोज्छस् काना आँखो’ भनेझैँ भयो । उसले मनमनै आफ्नै जमिन बेच्न पाए हुन्थ्यो भन्ने ठान्यो र भन्यो– “सानो टुक्रा जमिन त मेरो पनि छ । त्यसले हुन्छ भने मेरै जमिन तपार्इंलाई दिन्छु ।” 

उसले जमिन खरिदकर्तालाई आफ्नो जमिन घुमीघुमी देखायो । खरिदकर्ताले पनि जमिनको चारैतिर घुमेर हे¥यो । खेतको छेउछाउमा टल्कने ढुंगा देख्यो । उसलाई लाग्यो, यो जमिन त छँदै छ, यो टल्कने वस्तु हिरा पनि हुन सक्छ । खरिदकर्ता लोभियो । उसले ती ढुंगा हिरा नै हुन् भन्ने अनुमान गर्यो । आफ्नो पैसाले धान्ने ठिक्कको जग्गा पाएकाले उसले जमिन किन्ने विचार ग¥यो । मोलतोल मिलाएर जग्गा बेच्यो किसानाले । जमिन बेचेपछि हिरा खोज्नका लागि किसानसँग प्रसस्त पैसा भयो । उसले सोच्यो, ‘हिरा खोज्न निस्कने समय यही हो । अब भोलि बिहानै आपूmसँग भएका उँट लिएर हिरा खोज्न निस्कन्छु, एउटा टुक्रा हिरा भेटियो भने जीवन नै बदलिन्छ । अब पनि कति दुःख गर्नु यो गाउँमा !’ 

किसान उँट लिएर हिराको पहाड खोज्न गाउँबाट निस्क्यो । सोध्दैखोज्दै ठाउँ चहार्दा निकै वर्ष बित्यो । अफ्रिका, युरोप, मध्यपूर्वका भएभरका सबै पहाडका फेदी चाहा¥यो तर हिरा भेटिएन । हिराको पहाड पत्ता लाउन सकेन किसानले । 

बूढो भएर थला पर्न लागेको अवस्थामा मुस्तफा फेरि गाउँ फक्र्यो । खोला किनारमा बास बस्यो । बिहानै उठेर हेर्दा सूर्यको किरणसँगै खोला किनारमा बग्रेल्ती छरिएका ढुङ्गा चम्किरहेको देख्यो । केही ढुंगा टिपेर खल्तीमा हाल्यो र बास बसेको ठाउँमा लिएर आयो । वरपर नियालेर हे¥यो त्यो ढुंगा चम्किएको ठाउँ उसैले बेचेको जमिन थियो । अलि पर मानिसहरू काम गरिरहेका थिए । केही समयपछि उसको जमिन खरिदकर्ता पनि त्यहाँ आइपुग्यो । किसानले चम्किला ढुंगा देखाउँदै भन्योे– “साह्रै राम्रा ढुंगा रहेछन् यो खोलाको किनारमा । मन थाम्नै नसकेर केही ढुंगा खल्तीमा हालेर ल्याएको छु ।”

किसानको हातमा भएका ढुंगा हेर्दै जमिन खरिदकर्ताले भन्यो– “यो त हिरा हो । यहाँ हिराको खानी छ भन्ने थाहा पाएरै मैले तिम्रो जमिन किनेको थिएँ । यो खानीबाट मैले थुप्रै हिरा बेचेँ । तिमी पनि आइपुग्यौ, राम्रै भो । अब तिमी यहीँ बस । तिमीलाई चाहिनेजति हिरा मै दिउँला ।”

किसान निकै बूढो भइसकेको थियो । हिरा खोज्दाखोज्दा थाकेर गलिसकेको थियो । आपूmले जमिन बेचेर हिरा खोज्न निस्केको तर आफ्नै खेतमा हिराको खानी रहेको थाहा पाएर ऊ हुनसम्म मर्माहत भयो । व्यपारीको कुरा सुनेर अक्क न बक्क भयो । यतिका वर्ष हिराको खोजीमा बिताएर फेरि आफ्नै जमिनमा भएको हिरा देख्दा ठुलो पश्चाताप भयो उसलाई । 

मुस्तफालाई संसारै अँध्यारो भएजस्तो लाग्यो । चारैतिर अन्धकारै अन्धकार देख्यो उसले । व्यापारीको कुरा सुन्दासुन्दै ऊ पुर्लुक्क भुर्ईंमा ढल्यो । वरपरका मानिस जम्मा भए । हतारहतार पानी ख्वाए । मुस्तफाले संसार छाडिसकेको थियो । उसले पानी निल्न सकेन । 
हाम्रो जीवन बिताउने सोचको प्रतीक हो त्यो गाउँले किसान । आफ्नै जमिनमुनि भएको हिरा खोज्न नजानेर वर्षांैसम्म भौतारियो । जब समय बित्यो, बल्ल उसलाई थाहा भयो, उसकै जमिनमुनि रहेछ उसले खोजेको हिरा । 

हाम्रो जीवन बदल्ने, समृद्ध बनाउने हिरारुपि सोच सधैँ हामीभित्रै दबेर बसिरहेको हुन्छ । समयमा त्यसलाई चिन्न, खोज्न र पहिल्याउन नसक्ता समय त्यसै खेर गइरहेको हुन्छ । ती मौका चिन्ने शक्ति प्राप्त गर्न सक्यौँ, चिन्न सक्ने दृष्टि विकास गर्न सक्यौँ भने खोजिरहनै पर्दैन आफँै देखिन्छ । 

हामी अरुको खेतबारी राम्रो, अर्काको सन्तान राम्रो, अरुको काम राम्रो भनेर ईष्या गरिरहन्छौँ, अरुका वस्तु देखेर लोभिन्छौँ, अरु पनि तपाईंलाई देखेर त्यस्तै सोच्छन् । तर, फुत्किएर जब ती मौका टाढा हुन्छन्, खोज्ने शक्ति हराउँछ अनि बल्ल थाहा पाउछाँै, गरेको भए त हुने रहेछ भनेर होस आउँछ । समय गुज्रिसकेपछि चिनिएको अवसरले हामीलाई समृद्ध बनाउँन सक्दैन । जसरी हिरा खोज्ने त्यो अफ्रिकी किसानले आपैmँले बेचेको खेतमा हिरा छ भन्ने बुझ्न सकेन, हिरा भएको खेत बेचेर अर्केतिर हिरा खोज्न निस्क्यो, ठीक त्यसरी नै हामी पनि आपूmभित्रको हिरा नचिनीकनै जीवन बिताउँछौँ, बाहिर हिरा खोज्ने बहानामा ।

जीवनमा उन्नति र प्रगति गर्नका लागि आपूmलाई बदल्ने साहस, गहन अन्तर्दृष्टि, लामो धैर्य, सतत प्रयास, कठोर आत्मअनुशासन आवश्यक पर्दछ । तर हामी चुट्कीका भरमा जीवन बदल्न खोज्छौँ हिरा खोज्ने किसानजस्तै । हामी समस्यालाई कसरी लिन्छौँ ? समस्यालाई हेर्ने हामीभित्रको विद्यमान अन्तर्दृष्टि कस्तो छ ? त्यसलाई कसरी उपयोगमा ल्याउन सकिन्छ ? कसरी बदलेर अघि बढ्न सकिन्छ भन्नेबारेमा विचारै गरेका हुँदैनौँ । दृष्टि नबदली दृश्य बदलिँदैन । दृष्टि बदल्नका लागि चाहिन्छ एउटा शक्तिशाली विचार, जसले हामीलाई निरन्तर घच्घच्याइरहोस् र त्यसलाई सफल पार्न एकाग्रचित्त बनाओस् । 

बाहिरको परिस्थितिलाई प्रभावकारी रुपले बदल्नका लागि आपूm पनि भित्रबाट त्यतिकै प्रभावकारी रुपले बदलिनु पर्दछ । आपूmलाई बदल्नका लागि सबैभन्दा पहिले आपूmमा अन्तर्निहित दृष्टिकोण, सोच, चिन्तन प्रणालीलाई बदल्ने जिम्म्ोवारी लिने अग्रसरता र आफ्नो जीवनको स्रष्टा म आपैm“ हो भन्ने अनुभूति गर्नु जरmरी हुन्छ । जबसम्म हामी त्यो जिम्मेवारी स्वीकार गर्न तयार हु“दैनौ र त्यो अनुभूतिको स्तरमा पुग्दैनौँ तबसम्म समस्याहरू ज्यु“कात्यु“ रहन्छन् । हाम्रो जीवन बदलि“दैन ।

Friday, March 13, 2020

Dhir Bhandari's Blog Posts: मजदुर, मूर्ति र सफलता

Dhir Bhandari's Blog Posts: मजदुर, मूर्ति र सफलता: कुनै एउटा गाउँनजिकै निर्माण कार्य चलिरहेको थियो । मानिसहरु काम गरिरहेका थिए । एक जना बटुवा त्यही ठाउँ भएर कहीँ जाँदै थियो । ऊ त्यहाँ केही...

मजदुर, मूर्ति र सफलता


कुनै एउटा गाउँनजिकै निर्माण कार्य चलिरहेको थियो । मानिसहरु काम गरिरहेका थिए । एक जना बटुवा त्यही ठाउँ भएर कहीँ जाँदै थियो । ऊ त्यहाँ केहीबेर रोकियो र निर्माण कार्यमा संलग्न मजदुरहरुले गरिहेका कामतिर एकोहोरियो । केहीबेर नियालेपछि निर्माण कार्य भइरहेको ठाउँनजिकै गयो र निर्माण हुँदै गरेको संरचना नियाल्यो । त्यो संरचनाले आकार लिइसकेको थिएन । त्यो न भवन न घरजस्तो थियो न कुनै अन्य आकृति

। भर्खर काम सुरु भएकाले त्यसले प्रस्ट आकार ग्रहण गरिसकेको थिएन । बटुवालाई उत्सुकता भयो । उसलाई त्यहाँ भइरहेको कामका बारेमा जान्ने जिज्ञासा बढ्यो । ऊ एक जना कामदारनजिकै गएर उभियो र सोध्यो— “तपाईंहरू यहाँ के गर्दै हुनुहुन्छ ?”

“पेट पाल्नका लागि ईंटा बोक्तैछु, देख्नु भएन ?” ईंटा बोक्ने काम गर्दै गरेको मजदुरले अलि झर्केजस्तो गरी प्रश्नमै जबाफ दियो ।

बटुवाको जिज्ञाशा त्यतिले शान्त भएन । ऊ फेरि अर्को कामदारतिर फक्र्यो र सोध्यो— “भाइ, तपाईं यहाँ के बनाउँदै हुनुहुन्छ ?”

“बालबच्चा पाल्ने मेलो गर्दैछु । दिनभरि यहाँ ईंटा बोक्छु, अलिकति ज्याला पाउँछु, त्यही कमाइले जहान छोराछोरी पाल्छु ।” दोस्रो मजदुरले जबाफ दियो ।

बटुवा अलि परको कामदारतिर बढ्यो । ऊ खूब मिहिनेत गरेर मूर्ति कुँद्दै थियो । त्यो देखेर बटुवाले सोध्यो— “भाइ, तपाईं यो के गर्दै हुनुहुन्छ ?”

मूर्तिकार आफ्नै धुनमा मूर्ति कुँ्द्न व्यस्त थियो । उसले बटुवातिर नफर्किकनै जबाफ दियो— “म यो गाउँमा बन्न लागेको नयाँ मन्दिरमा राख्ने भगवानको मूर्ति बनाउँदै छु । यो एउटा दुर्लभ अवसर आएको छ मेरो जीवनमा । म मेरो जीवनकै उत्कृष्ट मूर्ति बनाएर मन्दिरमा स्थापना गर्न चाहन्छु ।”

मूर्तिकारको जबाफ सुनेपछि बटुवा थुचुक्क बस्यो र मूर्तिकारले गरेको काम खूब ध्यान दिएर हेरिरह्यो । मूर्तिकार कतै नहेरी मूर्ति कुँद्नमै व्यस्त भइरह्यो । बटुवाले फेरि प्रश्न ग¥यो— “यो मूर्ति बनाएबापत तपाईंले कति पैसा पाउनुहुन्छ ? काम सकिन त निकै दिन लाग्ला जस्तो छ ।”

बटुवाको दोस्रो प्रश्न सुनेपछि भने मूर्तिकार बटुवातिर फक्र्यो र उसको अनुहारमा नियाल्यो । फेरि मूर्ति कुँद्न तल्लिन हुँदै भन्यो— “मैले यो कामबाट पैसा पाउँ वा नपाउँ तर म यसै गाउँको मूर्तिकार भएकाले यो गाउँको मन्दिरका लागि मैले उत्कृष्ट मूर्ति चाहिँ बनाउनै पर्छ । त्यसैका लागि म यो मिहिनेत गरिरहेको छु ।”

मूर्तिकारको जबाफपछि बटुवासँग प्रश्न बाँकी रहेन । ऊ त्यहाँबाट उठ्यो र बाटो लाग्यो । मूर्तिकार र कामदारहरू आआफ्ना काममा लागे । तर पछिल्लो कामदार (मूर्तिकार)ले दिएको जबाफ उसको मनमस्तिष्कमा घुमिरह्यो ।

केही वर्षपछि त्यो बटुवा फेरि त्यही गाउँ हुँदै कहीँ जाँदै थियो । बाटाको छेउमा भव्य मन्दिर बनिसकेको थियो । वरिपरि थरिथरिका कलात्मक मूर्तिहरू थिए । हुनसम्म कलात्मक मूर्तिहरू देखेपछि उसले झ्वाट्ट सम्झ्यो पहिलेको मूर्तिकार । उसले चारैतिर हे¥यो र बाटाको छेउमा उभिइरहेका एक जना युवकलाई मूर्तिकारका बारेमा सोध्यो ।

युवकले भन्यो— “को ? त्यही मन्दिरमा राख्ने मूर्ति बनाउने मूर्तिकार ? ए, ऊ त अहिले ठूलो उद्यमी बनिसक्यो । कहाँ पहिलेको जस्तो छ र !”

युवकको कुराले बटुवालाई त्यो मूर्तिकारसँग भेट्ने उत्कण्ठा बढ्यो । ऊ मूर्तिकारलाई भेट्न उसको कार्यशालामा पुग्यो । मूर्तिकार अब मूर्ति कुँद्नभन्दा अरुलाई सिकाउन, अह्राउन, सम्पर्क बढाउनमै व्यस्त थियो । निकैबेर कुरेपछि उसले बल्ल्तल्ल भेट गर्न पायो ।

मूर्तिकारले विनम्र भावमा बटुवालाई सोध्यो— “केही सेवा हजुर ?”

बटुवासँग कुनै प्रश्न थिएनन् । उसले त्यहाँको अवस्था देखेरै सबै कुरा बुझिसकेको थियो । मूर्तिकारको व्यवहारले थप कुरा बताइसकेको थियो । उसको व्यस्तताले नै धेरै कुरा भनिसकेको थियो । तर पनि उसले सोध्यो— “कसरी प्राप्त भयो यति उच्च सफलता ? म त छक्क परेँ तपाईंलाई देखेर ।”

मूर्तिकारले मुसुक्क हाँस्तै कार्यशाला भ्रमणको अगुवाइ ग¥यो र भन्दै गयो— “म त त्यही तपाईंसँग भेट हुँदा धुलोमा बसेर मूर्ति कुँदिरहेको मानिस नै हुँ तर के गर्नु भ्याउँदिन अब । मेरा हात बढेका छन्, मन फैलिएको छ । सहयोगी बढेका छन् । मैले अब उनीहरुलाई पनि सिकाउनु छ ।”

मूर्तिकारको भव्य कार्याशालाले र त्यहाँ काम गर्ने मजदुरहरुको संख्याले बताइरहेको थियो, अब ऊ सामान्य मूर्तिकार मात्र रहेन । ऊ अब उद्यमी भइसक्यो । सफलताले उसलाई काखमा राखेर म्वाइँ खाँदै छ । निकै धेरै मानिस उसको कार्याशालामा काम गरिरहेका थिए । अब ऊ मजदुर होइन मालिक र उद्यमी बनिसकेको थियो । त्यो देखेर बटुवा दङ्ग प¥यो । मूर्तिकारले बटुवालाई सम्मानसाथ सम्झेर आएकोमा कृतज्ञता व्यक्त गर्दै भोजन गरायो र विदाइ ग¥यो । बटुवा आफ्नो गन्तव्यतिर लाग्यो ।

बटुला मूर्तिकारसँग छुट्टिएर केही कदम पर पुगेको मात्रै थियो, पहिले भेटेका ईंटा बोक्ने दुई जना मजदुर भेटिए । उनीहरू मन्दिर वरपर पहिलेकैजस्तो काम गरिरहेका थिए । उनीहरूको जीवनमा कुनै परिवर्तन आएको थिएन । केही पारिश्रमिक पाउने आशामा मजदुरी नै गरिहेका थिए ।

किन यस्तो भयो ? तीनै जना कामदार मन्दिरकै लागि काम गर्दै थिए । तीनै जना मजदुर नै थिए । तर उनीहरूको जीवनमा किन यति ठूलो अन्तर ? एक जना सफलताको शिखरमा अनि अरु चाहिँ जस्ताको तस्तै ।

जीवन नदेखिने र देखिने दुवै तत्वको समन्वयमा चल्छ । हामी देखिने कुरालाई त ठम्याउँछौँ तर नदेखिने कुरालाई अध्ययन, अनुसन्धान र निरीक्षण गर्दैनौँ । बाहिरी रुप नै हाम्रा लागि महत्वपूर्ण हुन्छ, त्यसकै पछि दगुरिरहेका हुन्छौँ । माथि उल्लेल गरिएका तीन जनामा नदेखिने भित्री तहको जुन फरक थियो त्यसले नै उनीहरुलाई भिन्न बनाइदियो । उनीहरुभित्र रहेको सोच्ने तरिका, उनीहरुभित्रको भावना अनि उनीहरुले गर्ने व्यवहारको त्रिवेणी नै हो उनीहरु बाँचेको जीवन । सफलता र असफलता ल्याउने पनि यिनै तीन कुरा हुन् । हामी आपूmभित्रको भावनालाई कहिल्यै वास्ता गर्दैनौँ, विचारलाई, तर्कलाई, सूचनालाई महत्व दिन्छौँ, वरपरको वातावरणलाई आपूm अनुकूल भएन भन्छौँ र त्यसलाई नै आपूm असफल हुनुमा दोषी देख्छौँ । मुख्य दोष कहाँ छ ? त्यसको खोजीमा न त समय दिन्छौँ, न मिहिनेत ! हामीलाई तत्कालै चमत्कार चाहिन्छ । धैर्य गर्नेतिर लाग्दैलाग्दैनौँ अनि त जीवन तनावतिर एकोहोरिन्छ, शान्ति र सफलता हराउँछ ।

त्यो मन्दिर बनाउने तीन जना मजदुरभित्रको सोच र कामलाई विचार गरौँ त ! तेस्रोको सोचले ऊ सफल भयो अरु दुई जना सोचकै कारण गरिबका गरिब रहे । जत्रो भाँडो छ त्यति नै अडिन्छ भिक्षा । दिनेले धेरै दिन चाह्यो तर तपाईंले सानो भाँडो लिएर माग्न जानुभएको छ भने कहाँ भनेजति पाउनुहुन्छ र ? सफल हुने र असफल हुनेहरुमा फरक यही हो । हरेक मानिसले आफूलाई भावनात्मक रुपमा धैर्यवान्, दीर्घकालीन सोचका साथ यसरी अगि बढ्छु भन्ने लक्ष्यचिन्तन नगरी अगाडि जे आयो त्यसैका पछि लाग्ने गर्नाले सफलताको सिँढी चढ्न कठिन भएको हो । धैर्य गरेर हेरौँ, लगातार मिहिनेत गरौँ, भावनात्मक रुपमा आपूmलाई लक्ष्यउन्मुख बनाऔँ, सफलताका सिँढी तपाईंहाम्रो अगाडि सहज भएर तेर्सिन्छ । अब खोज्नै पर्दैन ।

तीन जना कामदारका तीन भिन्नभिन्न सोचाइ थिए कामका बारेमा । पहिलो आफ्नै पेटको लागि काम गर्दै थियो । दिनभरि काम गर्ने र आफ्नो पेट भर्ने सोचले काम गरिहेको थियो । त्यही नै उसको अन्तिम लक्ष्य थियो । दोस्रोको लक्ष्य परिवार पाल्नु थियो, दिनभर काम गरेर केही कमाउने र परिवार धान्ने सोचले काममा लागेको थियो । तेस्रोको विचार अघिल्ला दुई जनाकोभन्दा भिन्न थियो । पैसा त उसलाई पनि चाहिएको थियो तर ऊ त्यसमा मात्र सीमित थिएन । ऊ कसरी उत्कृष्ट कला सिर्जना गर्न सकिन्छ भन्ने सोचमा केन्द्रित थियो । सुन्दर मूर्ति बनाउनु उसको मुख्य लक्ष्य थियो भने पैसा दोस्रो । त्यही सोचबाट ऊ काम गरिरहेको थियो । 

तीन जनाको सोचामा रहेको यही भिन्नताले मूर्तिकार केही समयपछि उद्यमी बन्न सक्यो भने अरु दुई जना मजदुर नै रहे वर्षौं बितिसक्ता पनि ।

समृद्धि, सम्पन्नता र सफलता प्राप्तिका लागि सर्वप्रथम सोचाइ र भावनामा समृद्धि आउनुपर्दछ । सोचाइमा दरिद्रता, गरिबी र पछौटेपनको सोच बोकेर कुनै पनि व्यक्ति समृद्ध, सफल र महान हुन सक्दैन । समृद्ध सोचको शुरुआत हुन्छ, हाम्रो आफ्नो अन्तर्दृष्टिको उत्खनन, निक्र्योल र परिवर्तनको प्रक्रियासँगै । त्यसका लागि आवश्यक छ, आफ्नो क्षमताको, रुचिको, भावनाको उत्खनन । यसमा काम नगरीकन कुनै पनि मानिस सफलताको स्वाद चाख्न समर्थ हुन असम्भव छ ।

तपाईंले कुनै पनि रुखलाई हेर्नुभयो भने सबैभन्दा ठूलो र बलियो रुखको जरा सबैभन्दा लामा र बलिया हुन्छन् । जरा बलियो नभई रुख थामिन सक्तैन । बुद्धि र सूचनाभन्दा हाम्रा भावना बलवान छन् । भावनालाई स्थिरता दिन्छ हाम्रो सोच्ने तरिकाले, लक्ष्यउन्मुख कार्यशैलीले, संकल्प शक्तिले । त्यसलाई नबढाई हामी बलिया जरारहित हुन्छौँ । जरा कमजोर भएको रुख कमजोर हुन्छ, सानोतिनो हावाले हल्लाएर लडाइदिन्छ ।

हाम्रो मनमा जस्तो बीज रोप्छौँ, त्यस्तै बाली लाग्छ जीवनमा । बाली लगाउनेबित्तिकै फल पाइन्छ र ? अनि त्यसको लागि सही र उन्नत बीऊ रोप्नु पर्दैन र ? अवश्य पर्छ । बीऊको गुणात्मकता अनुसार नै तपाईंले फल पाउनु हुन्छ । हाम्रो बीऊको गुणत्मक पक्ष चाहिँ हाम्रो सोच्ने तरिकामा हुन्छ । त्यसैले असल सोचौँ, सकारात्मक सोचौँ, बृहत् सोचौँ । अनि बल्ल हाम्रो जीवनमा सही फल लाग्न सक्छ । 

बाँकी क्रमशः ..........अर्को हप्ता ... शनिवार


Sunday, February 16, 2020

हाँसो माग्ने युवती

सियानको टेराकोटा आर्मी हेरिसकेर  बाहिर निस्केपछि रेष्टुराँअगाडि उभिएर मलाई अथ्र्याउँदै उनले भनिन्—
“मिस्टर भण्डारी, म क्षमा चाहन्छु, तपाईंलाई उपयुक्त हुने भोजन यहाँका रेष्टुराँमा पाउनै मुस्किल छ । बल्लतल्ल अलिकति दही, उसिनेको मकै अनि तारेको आलु अर्डर गरेकी छु तपाईंको लागि । अरुलाई समस्या छैन, सबैलाई केएफसीमा चिकेन अर्डर गरेकी छु । भरे चाहिँ सियानकै विशेष खाले साकाहारी रेष््टुराँमा लान्छु तपाईंलाई । अहिले चाहिँ नराम्रो नमानी यही खानुस् ल !”

कुनै मायालु प्रेमिकाले आफ्नो प्रेमीलाई फकाउन गरेको आग्रहभन्दा कम थिएन उनको त्यो आग्रह । शायद विदेशीहरुलाई पाहुनाको रुपमा बोलाएपछि उत्कृष्ट सेवा दिनु र उनीहरुको खानपान र रुचिको मर्यादा राख्नु पहिलो कर्तव्य ठानेकी थिइन् उनले । मैले उनको त्यो आग्रहलाई सहज रुपमा स्वीकारेँ । आखिर अस्वीकार गरेर अर्को विकल्प पनि त थिएन मसँग । उनले हुनेसम्मको राम्रो व्यवस्था मिलाईसकेकी थिइन् ।

“मिस सुन, म यहाँ रुचिअनुसारका भोजनकै लागि आएको होइन, चिनीयाँ सत्कार मलाई थाहा छ । यहाँको खानपान बारे पनि जानकार छु, धेरथोर । तपाईंले गर्न सक्ने जति त गरिसक्नुभयो । आखिर केही घण्टाको त कुरा हो, भोक मेटाउन यति भयो भने पर्याप्त भइहाल्छ, चिन्ता नलिनुस् ।” मैले उनको त्यो आग्रहलाई सामान्य रुपमा लिँदै भनेँ ।

मैले उनलाई सजिलो बनाइदिएँ । उनी मुस्कुराइन् र मतिर फर्केर फेरि थपिन्—“यो समझदारीका लागि धन्यवाद, मिस्टर भण्डारी !” उनले भन्दै गईन्— “यो समूहका केही सहभागीहरु असाध्यै अप्ठ्यारा छन् । खानपिन व्यवस्था मिलाउन साह्रै गाह्रो भएको छ । यो भएन, त्यो भएन भनेर हैरान पारिरहन्छन् । आखिर हामीले पनि रेष्टुराँकै सेवामा भर पर्ने हो, उनीहरुको संस्कार र प्रचलन ठ्याक्कै मिल्ने त कहाँ पाइन्छ र विदेशमा । यो कुरा उनीहरुलाई भनेको भए त कति रिसाउँथे होलान्, तपाईंले त कति सहज रुपमा लिइदिनुभो यो कुरा ! यो महानताका लागि हार्दिक आभार ।” 

फरक रुचिका मानिसलाई व्यवस्थापन गर्नुपर्दाको कठिनाई व्यक्त गरिरहेकी थिइन् उनी मसँग । शायद धेरैथरि संस्कार र संस्कृतिका मानिसहरुलाई एउटा कार्यक्रममा बोलाएर सबैलाई उपयुक्त हुने व्यवस्थापन गर्न निकै कठिन भएको थियो उनलाई । खासगरी अफ्रिका र मध्यपूर्वबाट आएका सहभागीहरु खानपिनमा निकै नै नाकनिक गर्ने र यो भएन त्यो भएन भनिरहन्थे । त्यही पीडा पोखेकी थिइन् सुनले मसँग त्यस दिन ।
......
उन्नत कृषि प्रविधि सम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रममा भाग लिन म चीनको शाङ्सी प्रन्तको सानो शहर याङलिङ पुगेको थिएँ, सन् २०१० को अगस्टमा । उच्च कृषि प्रविधिको ठूलो प्रदर्शनी फार्म रहेको यो शहर उन्नत कृषि, सिँचाइ अनि सुख्खा क्षेत्रमा गरिने खेती प्रणालीसम्बन्धी अध्ययनका लागि चीनकै एक मुख्य केन्द्र मानिन्छ । प्रान्तीय राजधानी शहर सियानबाट केही पश्चिममा अवस्थित यो सानो शहर साँच्चिकै सुन्दर थियो ती सुन युन्नाजस्तै । 

सुन सियान शहरकी बासिन्दा । कृषि इञ्जिनियरिङमा स्नातक गरेकी । अङ्ग्रेजी भाषा पनि निकै राम्रो थियो उनको । त्यसैले उनलाई कार्यक्रमको संयोजक बनाइदिएको थियो आयोजक संस्थाले । उनी कृषि प्रदर्शनी केन्द्रको उपनिर्देशक पदमा कार्यरत रहेको कुरा हामीलाई प्राप्त जानकारी पुस्तिकाबाटै थाहा पाइसकेको थिएँ मैले । पहिलो दिनको परिचय गर्दा नै मलाई उनले नेपालको ह्याप्पिनेस इन्डेक्सको बारेमा चर्चा गरेकी थिइन् । असाध्यै शालीन र फरासिली सुन झलक्क हेर्दा नै आँखा लोभ्याइहाल्ने सुन्दरताकी धनी थिइन् । उमेर, उचाइ, मोटाइ सबै दृष्टिले उनलाई खोट लगाउने ठाउँ थिएन । सबैभन्दा महत्वपूर्ण थियो उनको आतिथ्यभाव, शालिनता अनि मन्दमुस्कान । सधैँ मुस्कुराइरहेझैँ लाग्थिन् उनी । 

चिनियाँहरु नेपालीलाई निकै माया गर्छन् । नेपालीहरुले उन्नति गरुन्, धनी होउन्, आफूले सकेको सहयोग गरौँ र उनीहरुसँग व्यापार र व्यवसाय विस्तार गर्न सकियोस् भन्ने भावना आम रुपमा नै चिनियाँहरुमा पाएको छु मैले पटकपटक चीन जाँदा । यसमा उनीहरुको पनि व्यापारिक स्वार्थ लुकेको होला तर त्यसभन्दा ठूलो थियो उनीहरुको उन्नति र प्रगतिको कामना । यिनीहरु धनी भए भने, धेरै खर्च गर्ने क्षमता बनाए भने छिमेकीको नाताले हामीलाई पनि फाइदा हुन्छ भन्ने भावना मैले आम चिनीयाँहरुमा पाएको छु । 

“पश्चिमा देशहरु सहयोग गर्दा दवाब र प्रभाव प्रयोग गर्छन् हामी अगि बढ्न र उन्नति गर्न सहयोग र प्रेरणा जगाउने गर्छौं” भन्ने गर्थे चिनियाँ युवाहरु मसँगको कुराकानीमा । सुनलाई मैले धेरै पटक चीनको यो भावना बारे कुरा गरेको थिएँ । उनले यसमा चीनको मनोविज्ञान कस्तो छ भनेर लामो दार्शनिक व्याख्या नै गरेकी थिइन् । उनले भनेकी थिइन्— “चीनियाँ सभ्यता जमिनमा हुर्केको सभ्यता हो समुद्री किनारमा हुर्केको सभ्यता होइन । जमिनमा हुर्केको सभ्यताले अरुलाई प्रभाव र दबावमा विश्वास गर्दैन, समुद्री किनारको सभ्यतामा हुर्केकाहरुले जहिले पनि अरुलाई आधिपत्यमा राख्न खोज्छन् । त्यसैले पश्चिमाहरु धाक, धम्की र आधिपत्यबाट आफ्नो प्रभाव विस्तार गर्न चाहन्छन् तर चीन त्यसो गर्दैन । ऊ त्यहाँका मानिसको मन जितेर प्रभावित पार्न चाहन्छ ।” 

लामो समयको (करिब ३ हप्ताको) बसउठकै कारणले होला उनीसँग मेरो कुराकानी अलि बाक्लै हुन्थ्यो अन्य देशका सहभागीहरुसँगभन्दा । छिमेकी हुनुको फाइदा पनि थियो कि, यसै भन्ने सकिन्न तर निकटता अलि बढी नै थियो हाम्रो । त्यति खुलेर कुरा गर्ने परिवेश त्यसैले बनेको थियो ।
....... 
“देश गरिब भए पनि नेपालीहरु कसरी त्यति आनन्दित हुन सकेका ! कति खुलेर हाँस्छौ हगि तिमीहरु !” हाम्रो खुसी र हाँसोको ईष्र्या गर्दै एक दिन उनले मलाई भनेकी थिइन् । 

“हाँस्न र आनन्दित हुन पनि पैसा चाहिन्छ र ?” मैले उसलाई प्रश्नमै जबाफ फर्काएको थिएँ । उनी मेरो कुरा सुनेर निकै गम्भीर भएकी थिईन् । 

“हामीलाई त त्यसरी खुलेर हाँस्नै अप्ठ्यारो लाग्छ । चिनियाँहरु त तिमीहरु जसरी हाँसेको मैले कहिल्यै देखेकी छैन । जहिल्यै, पैसा, व्यापार, कमाइ यस्तैयस्तैको बोझले थिचिएका छौँ हामी चिनियाँहरु ।” एउटा गाउँको भ्रमण गर्न जाँदै गर्दा बाटोमा उनले मलाई भनेकी थिईन् । उनका यी शब्द ओठबाट मात्र होइन हृदयबाटै निस्केका थिए । मैले निकै पटक चर्को स्वरमा बाझैझैँ गरी कुराकानी गर्ने चिनियाँहरुको समूह त देखेको थिएँ तर गलल्ल दिल खोलेर हाँसेको भने देख्न पाएको थिइनँ । सधैँ गम्भीर, सधैँ चिन्तित जस्ता लाग्थे मलाई चिनियाँहरु । मन्द मुस्कान आक्कलझुक्कल देखिए पनि उन्मुक्त रुपमा हाँसो ननिकाल्नु शायद चिनियाँहरुको संस्कार नै होला । शायद चीनमा दिल खोलेर हाँस्ने चलन नभएर नै होला त्यहाँको साहित्यमा पनि हाँसोको चर्चा कमै पाइन्छ ।  

“हाँस्न बिर्से पनि संसारलाई खुसी दिँदैछन् चिनियाँहरुले सस्ता सामान बनाइदिएर । अरुलाई हँसाउँदा आफैँ हाँस्न बिसेका पो हुन् !” मैले ठट्टा गरेको थिएँ सुनसँग । 

त्यो दिनदेखि मसँग मिस सुन अझ नजिक भएकी थिइन् । घरिघरि भन्थिन्— “मिस्टर भण्डारी, तपाईंको हाँसो ओठबाट होइन दिलबाट निस्केझैँ लाग्छ मलाई । मलाई यसरी हाँस्न कस्तो मन लाग्छ तर फेरि ....।” उनी बीचैमा रोकिन्थिन् भन्दाभन्दै । शायद उनलाई हामीजसरी दिल खोलेर हाँस्न अप्ठ्यारो लाग्थ्यो । अरुले के भन्लान् भन्ने पनि लाग्दो हो शायद । म जबजब उन्मुक्त रुपमा हाँसेको हुन्थेँ, उनी ईष्र्यालु आँखाले हेर्थिन् मलाई अनि फिस्स मुस्कान फाल्थिन् केही भनेझैँ गरी । मलाई लाग्थ्यो उनी हाँस्न सिक्तैछिन् । 

हाँस्ने मान्छे निरोगी हुन्छ, खुसी हुन्छ भन्छन् जापानीहरु । त्यसैले संसारकै खुशी मानिन्छन् जापानका मानिसहरु अनि दीर्घजीवि पनि छन् उनीहरु । चिनियाँहरुलाई अध्यक्ष माओले युद्धकालमा आह्वान गरेका थिए, सजग हुन तर उनीहरुले सजगतालाई गम्भीता भनेर बुझे क्यार भन्ने अनुमान छ मेरो । त्यही भएर उनीहरुमा गम्भीरता ज्यादा र हल्कापन कम पाउँछु म । नहाँस्नेहरुको मुख पनि सानो हुन्छ भन्छन् शरीर विज्ञानका ज्ञाताहरु । चिनियाँहरुको मुख पनि सानो हुन्छ, शायद नहाँसेर पो हो कि ! 

मैले सुन युन्नालाई धेरै पटक पढ्ने प्रयास गरिरहन्थेँ भेट हुँदा । अनेक पटक मैले उनको अनुहारमा हल्का मुस्कान देखेको थिएँ । फिस्स मुस्कुराउँथिन् उनी । उज्यालो र हँसिलो अनुहारमा सधैँ तरोताजा र ऊर्जावान् देखिने सुनको स्फूर्ती सबैलाई लोभ्याउने खालको थियो । बिहान ८ बजे नै हामीसँग आइपुग्ने सुन राति १० बजेसम्म हामी बसेको होटलमै हुन्थिन् । घरमा केही कामै हुँदैनझैँ गरी आफ्नो जिम्मेवारीमा तल्लीन रहने त्यो युवतीको घरायसी जीवन कसरी व्यवस्थापन हुन्छ होला ? मलाई भित्रभित्रै खुलदुली भइरहन्थ्यो । 

उनी जस्तो अनुहार लिएर बेलुका हामीसँग छुट्टिन्थिन् भोलिपल्ट भेट्ता त्यस्तै अनुहारमा हुन्थिन् । मानौँ उनी रोबोट हुन्, सधैँ एकैनास रहिरहने । ढिलोचाँडोको वास्ता नगरी आफ्नो जिम्मेवारी पूरा गर्न रत्ति पनि नचुक्ने त्यो चीनियाँ युवतीको ऊर्जा कहिलेकाहीँ म आफ्ना देशका कर्मचारीहरुको अवस्था र कार्यशैलीसँग दाँजेर हेर्थे । दशथरि वहाना बनाएर नथाक्ने, मौका पायो कि कामचोर बनिहाल्ने हाम्रा कर्मचारी अनि बिहान आउँदाको अल्छिपन, हतारो । छिटो कार्यालयबाट निस्कन पाउँदा ठूलो विजय प्राप्त गरेझैँ ठान्ने हाम्रा कामदार र कर्मचारीहरु कहिले होलान् सुन युन्ना जस्ता ? मेरो मन चीनबाटै नेपालका अफिसका कर्मचारीहरु पढ्न आइपुग्थ्यो । अनि मन बुझाउँदै सोच्थेँ, एक दिन त यस्तो नभई सुख्खै छैन । अवश्य हुन्छ । यही आशाले मलाई सुन युन्नाको अनुहारमा देखिने सन्तुष्टि, कर्मठपन र आन्तरिक ऊर्जालाई सम्मान गर्न बाध्य बनाउँथ्यो । 

म मनमनै सोच्थेँ, — “हामी धेरै हाँसिसक्यौँ । हामी धेरै खुशी भइसक्यौँ । त्यसैले हामी अब खुशीसँगै सुनजस्तै जिम्मेवार बन्नु छ । उनीजस्तै ऊर्जावान् बन्नु छ हामी पनि । किनकि खुशी हुँदाहुँदै कहीँ हामीले तिम्रो जस्तो कर्मठता नै पो भुलेका हौँ कि ! अनि तिम्रो जस्तो कामप्रतिको इमान र लगाव नै भुलेका हौँ कि ! त्यसैले मलाई तिम्रो जस्तो काम गर्ने प्रेरणा, ऊर्जा र साहस देऊ, म तिमीलाई हाँसो उपहार दिएर जान्छुु ।”
.......
समयको चक्र स्थिर कहाँ हुन्छ र ! सुन र मेरोबीचमा पनि त्यो चक्र स्थिर भएन, चलिरह्यो निरन्तर । समयचक्रले मेरो घर फर्कने दिनको गोरेटो बनाउँदै गयो, सुनको भने त्यहीँ स्थिर गरिदियो । बिहानै उत्साह बोकेर आउनु, जिम्मेवारी पूरा गर्नु र अतिरिक्त समयसम्म बसेर सबै कुराको व्यवस्थापन गर्नु उनको दिनचर्या थियो । 

फर्कने दिनहरु नजिकिन थाले । आपसी माया र प्रेमको झोली भरिँदै थियो सबैको मनमा । त्यो भारी मनको झोलामा शाङ्सी बसाइका तीन हप्ताका सम्झना अटेसमटेस भएर कोचिएका थिए । त्यो झेली कसैले एसियाभरि लिएर जाँदै थिए त कसैले अफ्रिकाभरि । म भने उनी उता म यता भनेझैँ नजिकैको हिमालवारी फड्को मार्ने तयारीमा थिएँ । छुट्टिने दिनगन्तीसँगै सुन युन्नाको हँसिलो र कर्मठ अनुहाुर, मेरो हाँसोप्रति उसको लोभलाग्दो नजर, उसको त्यो जिम्मेवारीबोधले भरिएको ऊर्जाको छविचित्र, विनम्रता र आतिथ्यको न्यानोपनले मेरा पाइला र हृदय दुवैलाई भारी बनाउँथ्यो । म चाहन्थेँ म सुनलाई नजिक देखिरहूँ, हाँस्न सिकाइरहूँ । अनि सबैभन्दा गह्रौँ उसका ती अभिव्यक्तिका उपहारले सधैँ घेरिईरहूँ, उनको सुन्दरताको छहारीमा रमाइरहूँ तर सोचेजस्तो त कहाँ हुन्छ र जीवन ! बिदाइको गह्रौँ भारीसाथ म हिमालवारि फर्कने सुरसार गर्दैथिएँ । 

बिदाइ भोजको बेला मनजिकै आएर बसिन् सुन । सँगै बसेर हाँस्तै खाना खायौँ हामीले । खाना खाइसकेपछि मलाई सानो उपहार दिँदै भनिन्— “यो सानो उपहार सम्झनाको लागि अनि सबैभन्दा बढी त तपाईको त्यो मुक्त हाँसोको लागि ....। म तपाईंको हाँसो सिक्न चाहन्छु ।”

त्यसपछिको सम्वाद शब्दभन्दा पर थियो, आँखामा जुधिरहेका आँखाले भनिरहेका थिएँ भित्री मनका कुरा । 
छुट्टिँदै गर्दा अनारदाना खोलेर मेरो हाँसो सपटी लिएर उनले भनिन्— “मिस्टर भण्डारी, तपाईंको उन्मुक्त त्यो हाँसो मलाई साह्रै मन पर्यो, सक्नुहुन्छ भने मलाई छाडेर जानुस् है ! म यो हाँसो चिनियाँहरुलाई नेपालको उपहार भनेर बाँड्नेछु ।” 

मैले त्यतिबेला ऊसँग आँखाको सम्वाद पनि गर्न सकिनँ । आँखा र हृदयमा एकसाथ उर्लिरहेका कोशी र कर्णाली सँभाल्दै मैले हिमाल नाप्ने पाइला अगि बढाएँ । अलि पर पुगेर हेर्दा सुन युन्ना मेरो हाँसो सापटी लिएर मतिरै फर्कारहेकी थिइन्, म भने उनको सम्झनाका गह्रौँ पाइला उचालेर ट्याक्सीतिर बढाइरहेको थिएँ । 
.......
करिब एक वर्ष कट्नै लाग्दा एउटा इमेल आयो सुनको, छोटो समाचारसहितको । उनले लेखेकी थिइन्— “मेरी एउटी छोरी जन्मेकी छे । उसलाई तपाईंसँग सापटी लिएको हाँसो हस्तान्तरण गर्ने प्रयास गर्दै छु । आशा छ तपाईंको हाँसो उसले सिक्ने छ । उही, सुन युन्ना ।”

इमेल पढिसकेपछि घोरिएँ, हाँसो माग्ने युवती हाँसो फर्काउँदै छ मलाई नै । मज्जाले हाँसे फेरि एकपटक सुन युन्नासँग बिताएको शाङ्सी बसाइका पत्र पल्टाउँदै र छोटो प्रत्युत्तर इमेल पठाइदिएँ हाँसोयुक्त इमोजीसहितको । 
२०७६।११।४