Wednesday, March 29, 2017

नानजिङ रोडकी चे न्युहाई

सांघाइको पर्ल टावर चढेर याङपु नदीमा जलयात्राका लागि ‘फेरी’ चढ्नै लाग्दा पश्चिमपट्टिको आकास रक्तिम थियो । सडक  वरपरका दृश्य रक्तिम प्रकाशमा अझ मादक र रोमाञ्चक हुँदै थियो । गाडी बढी र मानिस कम हुने सांघाइका सडकमा युवायुवतीका जोडी बाक्लिएका थिए । पार्कहरु भरिभराउ थिए युवा जोडीले । साँझको रंगीन बत्तीको झलझलाकार उज्यालोमा आलिंगनबद्ध भएर मादकता भर्दै थिए सुन्दर युवा–युवतीहरु । हामी घुम्दाघुम्दै कल्पनाको स्वर्गमा आइपुगेको अनुभव गर्न बाध्य भएका थियौँ ती सबै दृश्य आँखाभित्र कैद गरेर ।
‘बेलुकाको सांघाइ दिनभन्दा रमाइलो हुन्छ । नानझिङ रोड र पर्लटावर एरिया दिनमा भन्दा राति घुम्नु राम्रो । बेलुका त्यहाँ जान नछुटाउनू है !’ भर्खरै सांघाइ पुगेर फर्केको साथी मिङ्मा शेर्पाले मलाई भनेको थियो, काठमाडौँमै । सांघाइ जान लागेको खबर सुनाउँदा सिरिथापको साथी सावतले पनि उसलाई त्यसै भनेको रहेछ । सांघाइ पुगेपछि सिरिथापको युवा मन नानझिङ रोडतिर तानियो । 

‘कस्तो होला रात्रिकालीन सांघाइ ? कस्तो होला नानझिङ रोड रातको झिलीमिलीमा ?’ जिज्ञाशा चुल्याएर व्यग्र बनेको थियो हामी दुवैको मन । त्यहाँ पुगेर अघाउन्जेल रात्रीकालीन सुन्दरता पिउन र त्यहाँको रात्रीकालीन रमझममा रमाउन, रसपानमा लठ्ठिन अनि रमाइला दृश्य क्यमरामा कैद गर्न हतारिएका थियौँ हामी ।
याङपु नदीविहारका लागि चिटिक्क परेका मझौला आकारका सेता रङका फेरीहरु तैनाथ थिए किनारामा । साँझपख फेरी चढेर याङ्पु नदीबिहार गर्न चाहनेहरु ह्वात्तै बढेका थिए । युवादेखि बुढाबुढीसम्म तँछाडमछाड गर्दै फेरी चढ्न हतारिएका देखिन्थे । सिरिथाप र म फेरीको माथिल्लो तलामा चढ्यौँ र छेउको रेलिङमा अडेस लागेर दृश्यावलोकनमा तल्लीन भयौँ । एकातिर चिनियाँ निर्माण–प्रविधिको गौरव पर्ल टि.भी. टावर र फाइनान्सियल टावर रंगीन बत्ती बालेर यात्रु र दर्शकतिर सन्ध्याकालीन सुन्दरता पस्किरहेका थिए भने अर्कोतिर झकमक्क बत्ती बालेर पूर्वी नानझिङ रोड पाहुनालाई स्वागत गर्न हतार गर्दै थियो ।

फेरीको माथिल्लो तलाबाट याङपूको छेउमा फहराइरहेको थाई झण्डा देखेपछि उत्तेजित हुँदै सिरिथापले भन्यो –‘सांघाइमा थाई झण्डा ! पक्कै पनि सियाम बैंक हुनुपर्छ त्यो ।’ उसका आँखा थाई झण्डा, याङ्पू, पर्ल एरिया र नानझिङ एरियामा ओहोरदोहोर गर्न थाले । हामी दुवै रोमाञ्चित हुँदै सांघाइको सुन्दरता पिउन मस्त भयौँ सन्ध्याकालीन रमझमसँगै । सिरिथाप घरिघरि फोटोखिच्न हतारिएर झुम्मिएका चिनियाँ युवायुवतीतिर आँखा सोझ्याउँथ्यो भने घरिघरि वरपरका रमाइला दृश्यतिर तानिन्थ्यो । 

सिरिथापले सुनेको थियो— ‘चिनिया सुन्दरीहरु संसारमै लोभलाग्दा मानिन्छन् साह्रै राम्रा । गोरो र चम्किलो अनुहार, स्लिम शरीर, सानो कद, छरिता, साह्रै फुर्तिला र आकर्षक । विदेशीहरु त चिनीयाँ सुन्दरी भनेपछि हुरुक्कै हुन्छन् ।’ आज उसले अरु कुरासँगै धित मारेर ती एक से एक सुन्दरीको सुन्दरता पिउने धोको पूरा गर्ने योजना बनाएको थियो । त्यो इच्छा पूरा गर्ने ठाउँमा आइपुग्दा सायद उसले आफूलाई संसारकै भाग्यमानी ठानेको थियो । 
..........
‘तिम्रो र मेरो केमिकल साह्रै मिल्छ, बेलुका नानझिङ रोड जाऊँ है ।’ मलाई उसले दिउँसै बुक गरेको थियो । मैले उसलाई स्वीकृति दिएको थिएँ । 

हाम्रो होटल नानझिङ रोडबाट करिव ३० किलोमिटर टाढा थियो । तीनवटा मेट्रो परिवर्तन गर्नुपथ्र्यो नानझिङ रोड पुग्न । नयाँ यात्रीका लागि कठिन नै भए पनि रात्रीकालीन दृश्यपानको आनन्दमा लुटपुटिन मेरो मन पनि तम्तयार भएको थियो । हामी दुवैजना सांघाइको रात्रीकालीन रमझममा रमाउन होटलबाट निस्केका थियौँ । मैले पनि सोचेको थिएँ– ‘फेरि यस जीवनमा सांघाई आइएला, नआइएला, आएको बेला सकेसम्म हेर्ने र बुझ्ने कुरा किन छुटाउनू !’ मेरो मनको उमङ्ग पनि हिमालझैँ चुलिएको थियो । 

पछौटेपन, गरिबी र अविकासको भुमरीमा फसेको मुलुकमा जन्मेहुर्केका मानिसलाई मात्र होइन विकसित मुलुकका पर्यटकलाई समेत चिनियाँ भौतिक विकासका आश्चर्यलाग्दा संरचनाले जिब्रो टोक्न बाध्य बनाउँथे । गाउँ, शहर, पर्वत, कन्दरा, नदी, समथर जहाँसुकै आश्चर्यजनक भौतिक संरचना बनाएर पचास वर्षमै संसारका सामु कुम जोड्न सक्नु पिछडिएको मुलुकको पर्यटकका लागि मात्र होइन संसारकै धनी र गौरवशाली देशका पर्यटकका लागि पनि रहस्यमय लाग्दो हो सांघाइ हेर्दा । मानिसले गर्न चाह्यो भने कसरी काम गर्न सक्छ भन्ने उदाहरण नै थियो त्यहाँको भौतिक र आर्थिक विकास । मेरो शिर सांघाइ पुगेपछि चिनीयाँहरुप्रति श्रद्धाले निहुरिएको थियो । मैले चिनियाँ समाज र शासनका बारेमा अनेक कुरा सुनेको थिएँ । चिनियाँहरुको अनुशासन, मर्यादा र संस्कृतिका बारेमा आफूले सुनेका कुराको सत्यता जाँच्ने र देख्ने अनुपम अवसर थियो मेरा लागि त्यो घुमाइ ।

सिरिथाप र मैले योजना बनायौँ, मेट्रोबाट पर्ल–टावर एरिया जाने, फेरीमा चढेर याङ्पूको सन्ध्याकालीन दृश्यावलोकन गर्ने अनि रात्रीकालीन नानझिङ रोडको रमझममा धितमरुन्जेल रम्ने । 

एक घन्टे याङ्पु नदीको दृश्यवलोकनको समय सकिँदानसकिँदै नानझिङ रोड बेहुलीजस्तै भइसकेको थियो । सिरिथापको मन नानझिङ रोडतिर दौडिन थाल्यो । शरीरमा रोमाञ्च र आँखामा जिज्ञासा लिएर सिरिथापले भन्यो– ‘साँच्चिकै रमाइलो रहेछ यो ठाउँ, नआएको भए त थकथक पो हुने रहेछ ।’

उसलाई लागेको हुँदो हो, सांघाइ चिनीयाँहरुको सपना हो अनि संसारकालागि आश्चर्य । त्यसलाई हेर्नु, भोग्नु र त्यसको स्वाद लिन पाउनु उसकालागि जीवनकै ठूलो उपलब्धि, आनन्द र गौरवको विषय हो ।
याङ्पू नदीको किनारमै रहेको फ्रेन्च होटेल पनोरमाको भव्यताले उसलाई आकर्षित ग¥यो । झिलिमिली बत्तीले धपक्क बलेजस्तो देखिएको त्यो होटल हेर्दै मसँग भन्यो– ‘फ्रान्स गएर यस्ता होटल हेर्ने र बस्ने अवसर पाइएला, नपाइएला यहाँ एकछिन घुमिहालौँ ।’ 

हामी होटेल पनोरमाको फराकिलो लबीमा पुग्यौँ । होटल साँच्चिकै आकर्षक र भव्य थियो । विथोविन र मोजार्टको सिम्फोनीमा झुमिरहेका थिए चिनीयाँ र विदेशीहरु । हामी पनि होटेलको सुन्दरतापानका लागि झिलिमिली बत्तीले झकिझकाउ बगैँचामा केहीबेर टहलियौँ । होटेलका कर्मचारी हामीलाई सोधपूछका लागि उपस्थित भए । सिरिथापले होटलको मूल्यसूचीतिर आँखा सोझ्यायो र आफ्नो खल्तीको ‘पर्स’ मा भएका विदेशी मुद्रा सम्झ्यो र मतिर फर्केर भन्यो— ‘मेरो खल्तीको सबै पैसा रित्याउँदा पनि एक रात बस्न नपुग्ने रहेछ ।’

मैले उसको भनाइलाई मुस्कानले सार मिलाएँ, शब्दमा व्यक्त गरिनँ ।

हामी बाहिरियौँ पनोरमाबाट । सडक किनाराका बस्नेटाहरुमा होओस् वा छेउमा उभिएर, चिनियाँ युवायुवती आपसी आलिङगन र चुम्बनमा अलमस्त थिए । आलिंगनबद्ध ती जोडीहरुमा साँझको रंगीन प्रकाश ठोक्किँदा हुनसम्म सुन्दर देखिएका थिए ती युगल जोडीहरु । चोर आँखाले फर्किफर्की हेरेको थियो सिररिथापले ती जोडीलाई । मैले मनमनै भनेको थिएँ, लोभलाग्दो युवा उमेर, भर्भराउँदो बैंश अनि खुल्ला र उन्मुक्त समाज अनि मनलाग्दी खर्च गर्न पुग्ने कमाइ । यस्तो उमेरमा सुन्दरता र शरीरको मादकतामा डुबुल्की नमारे कहिले गर्नु रमाइलो ? समय, समाज र उमेर अनुसार ठीकै गर्दैछन् यी युवाहरु । 

हामी जतिजति नानझिङ रोडतिर बढ्दै गयौँ, सिरिथापको मन लोभ्याउने त्यस्ता दृश्य पनि बढ्दै गए । उसको मनमा अनौठो कुतकुती लाग्न थाल्यो ती दृश्य हेर्दाहेर्दै । हामी नानझिङ रोडको मध्यभागमा रहेको ‘पर्यटक पार्क’ मा पुग्यौँ । मानिसहरु खचाखच थिए । पार्कका बस्ने ठाउँ भेटाउनै मुस्किल । रात र दिन नछुट्टिने त्यो पार्कमा आइरिएका मानिसहरु हेर्दा लाग्थ्यो संसारको खुसी त यो भन्दा अर्को ठाउँमा कहाँ होला र । युवाभन्दा निकै बढी थिए युवतीहरु । 

सलहझैँ युवतीको ताँती देख्ता मलाई मनमनै लागेको थियो, ‘यतिका युवतीहरु, रातीको समयमा किन आएका होलान् यहाँ ? के गर्दा हुन् यिनीहरु राती यहाँ घुमेर ?’ आपसी आलिङगन र चुम्बनको रसपानमा आबद्ध युवा जोडी अनि सडकमा सलहझैँ एक से एक सुन्दरीहरु देख्त्तादेख्तै त्यसको उमङ्ग हामीभित्र पनि अलिअलि गरेर सर्दै थियो । सिरिथाप टोलाउन थालेको थियो चारैतिरको दृश्य हेर्दाहेर्दै । उसको युवा आँखा गोरा र चिटिक्क परेका चिनीयाँ परीहरुले चोरिसकेका थिए । 

नानझिङ रोडको रौनक बढिरहेकै थियो, हामीभित्र र बाहिर । जतिजति रात छिप्पिँदै गयो त्यतित्यति झन्झन् झल्झलाकार र सुन्दर देखिन थाल्यो नानझिङ रोड । मानिसको भीड झन्झन् बढ्दै थियो । रात हो कि दिन छुट्याउन मुस्किल थियो चारैतिर घुमेर हेर्दा । मलाई लाग्यो, रातभर जाग्राम बस्तोरहेछ नानझिङ रोड ।
निकैबेरको घुमाइपछि दुवैजना एउटा खालि बेन्चमा बस्यौँ सुस्ताउन । एउटी अधबैसे चिनीयाँ आईमाई नजिकै आई र हामीलाई लक्षित गर्दै सोधी– ‘उड यु लाइक चाइनिज मसाज ? लेडी मसाज । उई ह्याभ ‘व्युटिफुल’ लेडी । ह्याभ अ लुक, नो मनी ।’ 

उसले टुटेफुटेको अङगे्रजीमा के बोली त्यो प्रस्टै थियो । व्यागबाट नेमकार्ड साइजका केही कार्ड निकाली र हामीतिर तेस्र्याइ । कार्डमा एकातिर चिनीयाँ युवतीहरुको नग्न तस्वीर थियो, अर्कोतिर सम्पर्क नम्बर । सिरिथाप आश्चर्य र कौतहलले भरिएका आँखा लिएर कार्डतिर एकोहोरियो । उसको हातमा भएका अरु कार्ड देखाउँदै आइमाईले थपी– ‘सेक्स मसाज । ब्युटिफुल ।’

उसले के भन्न खोजेकी थिई त्यो बुझ्न कठिन थिएन हामीलाई । चिनीयाँ आइमाईले पनि सिरिथापको मनको भाषा बुझ्न ढिलो गरिन । नजिकैको मसाज सेन्टरतिर इशारा गर्दै भनी– ‘नट भेरी फार, इट्स नियर । कम अन ।’ 

सिरिथाप खाइलाग्दो थियो । थाई युवक । ३०÷३२ को हुँदो हो । आईमाईले राम्रो ग्राहक हुनसक्ने अनुमान गरी र अझ नजिक सर्दै थपी– ‘कम, कम, नो मनी । लुक ।’

सिरिथापको मन पग्लिँदै गएको थियो । उसको मनले संवाद सुरु ग¥यो– ‘कस्ता होलान् त यस्तो काम गर्ने ती सुन्दरीहरु ? एकपटक त हेर्नै पर्ने भयो ।’

सिरिथाप सिटबाट जुरुक्क उठ्यो र मतिर फर्केर भन्यो– ‘जाऊँ न त, हेर्दैैमा त के बिग्रन्छ र ? मात्र हेराँै अनि फर्कौँला ।’ 

मलाई थाहा थियो भित्री इच्छा नभई शब्द त्यसै निस्कँदैन । उसको मन मसाज सेन्टरका सुन्दरीहरु हेर्न लालायित भइसकेको थियो । उसलाई मसाजको चुम्बकले तानिसकेको गरिसकेको थियो । उसको आँखामा ‘फेरी को छेउमा उभिएर फोटो खिच्ने चिनियाँ सुन्दरी युवतीको हुल, पनोरमा अगाडिको स्वप्निल जोडी नाचिरहेका थिए । साथीले बैंककमा भनेको कुराले पनि ऊभित्र थप जिज्ञासा र कौतुहलको पहाड चुलएको थियो । 

‘कस्तो होला त्यो मसाज सेन्टर ? कस्ता होलान् ती ‘व्युटिफुल’ हरु ?’ नानझिङ रोडमा ओहोरदोहोर गर्ने छाला रङ्गको स्टकिन्स, र छोटा हाफपाइन्टमा सजिएका स्वप्नसुन्दरीहरु धेरै छानिसकेका थिए उसका आँखाले । तिनले उसको मनलाई नजिकबाट छोइसकेका थिए । उसको मनले भनिरहेको थियो— ‘अघि देखिएकैजस्ता भए त ... ! 

‘मात्र हेरौँ न त ।’ मेरो हात तान्दै सिरिथापले मलाई उठाउन खोज्यो । मैले मसाज सेन्टरबाट फर्कंदा रित्ता भएका खल्ती सझँे । ऊसको आँखामा याचना दौडिरहेको थियो । ऊ मेरो स्वीकृति खोजीरहेको थियो । मैले मेरो देश र सांघाइको दुरी सझँे, कति ‘मोडर्न’ रहेछ मैले सुनेको र आज देखेको सांघाई ? कति फरक रहेछ मैले सुनेको र अहिले देखिरहेको माओको देश ? कति परक छ नारा घोक्नु, फलाक्नु र समाजलाई र देशलाई चलाउनु ? कति फरक छ महिला मुक्ति, दासता अनि वस्तु नबनाऊँ भन्ने भनाइ र गराइमा ? के गरिरहेका छन् यी मसाजका लागि ग्राहक खोज्ने ती अधबैँसे  आईमाईहरु ? आखिर मान्छेभित्रका चाहनाको बाढी बाँध बाँधेर कहाँ छेक्न सकिन्छ र ।’

मनोवादका कीरा स्याउँस्याउँती सलबलाए मभित्र, म जुरुक्क उठेँ । हामीलाई कार्ड देखाउने आईमाई अघि लागी सिरिथाप बीचमा अनि म सबैभन्दापछि ।
हामी अलि अँध्यारो गल्लीमा छिर्यौँ । मधुरो रक्तिम मादक प्रकाशले ढपक्क ढाकेको थियो त्यो साँघुरो गल्लीलाई ।

‘ठूला सडकमा पुलिसले बढी दुःख दिन्छ त्यसैले अलि टाढा छ । नडराउनुस् म छु ।’ महिलाले हामीलाई आश्वस्त पारी । अलि अघि बढेपछि बाटामा एउटा सेक्युरिटि गार्ड भेटियो । ऊ फिस्स हाँस्यो हामीलाई देखेर । आइमाईले चिनियाँ भाषामा के के भनी हामीले बुझेनौँ । उसले गेट खोलिदियो । 

गल्ली अझ ढुंगिएको थिएन, हामी त्यो आईमाईको पछि लागिरहेकै थियौँ, अर्को अलि फराकिलो सडकमा पुगियो । छेउको मसाज सेन्टरको बोर्ड देखाउँदै उसले एउटा सानो होटलभित्र छिराई हामीलाई । होटलमा धेरै महिला अनि थोरै पुरुष थिए बसेर केही पिउँदै गरेका ।

मादकताले भरिएको मुस्कानसाथ स्वागत गरी होटेलकी युवतीले । झलक्क हेर्दा कुनै स्तरीय होटलमा काम गर्ने कामकाजी महिलाको पहिरनमा थिई ऊ । हमीलाई उसले अलि भित्रको कोठामा लिएर गई र सानो बोतलको पानी टक्र्याई । त्यहाँ राखिएको लचकदार सोफामा बस्न आग्रह गरी । बाहिरपट्टि केही युवाहरु बियरको चुस्कीसँगै युवतीको चुम्बन मिसाएर पिउँदै थिए । मादक स्पर्श र मुस्कानले युवा शरीरमा गर्मी भर्दै थिए सुन्दरीहरु । 

सिरिथापको अनुहारमा आशंका र रोमाञ्चको बादल मडारिइरहेको थियो । हामीलाई सत्कार गर्ने आईमाईतिर लक्षित गर्दै उसले खुसुक्क मेरो कानमा भन्यो – ‘सि इज रियल्ली व्युटिफ्ल ।’ उसको रोमाञ्चको पहाड सगरमाथाभन्दा अग्लो भएको छ भन्ने सहजै अनुमान गरेँ मैले । 

‘ल इन्जोय गर्नुस ।’ यति भनेर हामीलाई नानझिङ रोडबाट त्यहाँ ल्याउने अधबैंसे आईमाई विदा भई ।
‘बियर खाने कि ?’ सिरिथापले साँच्चिकै सुन्दरी ठानेकी महिला फेरि हाम्रो सामुन्ने देखापरी टकटक जुताको आवाज सँगै । विनम्र भावमा हम्रो अगाडि उभिएर उत्तरको प्रतिक्षा गरीरही । हामीले कुनै उत्तर नदिएपछि उसैले थपी– ‘इट्स् कम्लिमेन्ट्री, नो पे ।’ उसको अंग्रेजी जस्तो भएपनि हामीले आशय बुझिहाल्यौँ ।

‘हामी ११ बजेभित्र मेट्रो चढिसक्नुपर्छ । यो चालले त रात बित्छ यहीँ । छिटो काम सिध्याइ हाल् काममा लाग्ने भए ।’ मैले सिरिथापलाई समयको सीमा सम्झाउने प्रयास गरँे । 

‘तँ पनि हिड्न न, म एक्लै त...।’ अलि अनकनाउँदै भित्रभित्रै पग्लेर भिजिसकेको सिरिथापको आत्मा बोल्यो ।

‘मलाई पाले राख् । पैसाको ‘पर्स’ मसँगै छोड् । काम सकेपछि फिर्ता दिउँला । नत्र त पैसा र तँ दुवैलाई खलास पार्देलान् यी नखरमाउली ‘ब्युटिफुल’ले ।’ मैले अलि ठट्टा गर्दै सिरिथापको मुटु छामेँ । सिरीको अनुहार द्विविधाको जालोले ढाकियो । अघिकी ‘स्वप्नसुन्दरी आम्रो अगाडि उभिएकै थिई, लोभी आँखा लगाएर । बाहिर बियरको घुट्कीसँगै सुन्दरीको सुन्दरता–पान गर्ने युवाहरु अझ बढेका थिए । सिरिको आँखाअगाडि उभिएकी ‘ब्युटिफुल’ले उसलाई तताउन थालिसकेकी थिई । उसका आँखा त्यो ‘ब्युटिफुल’को मिनिस्कटभित्रको अँध्यारो गर्तदेखि छातिमा चुलिएका टाकुरासम्म ओहोरदोहोर गरिरहेका थिए रसिला भएर ।
‘ओके । वेट अ ममेन्ट ।’ ‘ब्युटिफुल’ बाहिर निस्की र दुई बोतल बियर हातमा लिएर फर्की ।
‘आज अलि धेरै ग्राहक छन् । केहीबेर बियर पिउनुहोस् । म छिट्टै आउँछु ।’

उसले यति भनेपछि बाहिर बियर पिउँदै गरेका केटाहरु पनि लाइनमा रहेछन् भन्ने बुझ्यौँ हामीले । मेरो मन मेट्रोको समय सम्झेर फत्र्याकफत्र्याक गर्दै उफ्रन थाल्यो । भागूँभागूुझैँ भएँ म ।  सिरिथाप भने ब्युटिफुलको रापले तातिएर रापिलो भइसकेको थियो । केहीबेरमा अर्की ‘ब्युटिफुल’ आइपुगी टाँस्सिएर बस्न । नकचचरो स्वरमा सोधी– ‘के म पनि बियर शेयर गर्न सक्छु ?’

सिरिथापको अनुहार रातो मात्र रहेन, रगतै चुहेलाजस्तो भयो । नयाँ ‘ब्यटिफुल’ ले नजानिँदो गरी सिरिथापको हातमा हात राखी र शरीरसँग लपक्क टाँस्सिई । घरि उसका आँखा छातिमा फुलेका गुलाफतिर हुन्थे त घरिघरि सुकुमारी गाला र अनुहारभरि । सिरिथापले मनमनै सोच्यो– ‘यस्तो अवसर जीवनमा फेरि आउँछ आउँदैन, यसलाई धित मारेर पिउनुपर्छ मौका परेको बेला ।’

उसलाई मेट्रोको समय र पर्स रितिने भयले सताउन छोडिसकेको थियो । अलमस्त थियो फुलको रसपानका लागि व्यग्र भँमराझैँ । सिरिथापलाई पाखुरामा समाएर विस्तारै उठाइ ‘ब्युटिफुल’ले । ऊ पछि लाग्यो आज्ञाकारी बालकझैँ । माथिल्लो तलामा बसेका थरी–थरीका ‘ब्युटिफुल’ सँग मिसाएर फर्की उसलाई डो¥याउने सुन्दरी । ऊ मलाई चियाउन आइपुग्दा रातको साँढे दश बज्नै लागेको थियो ।

शरीरसँगै खल्ती खलास् हुँदा चिनीयाँ भूमिमा भोग्नुपर्ने अवस्थाको कल्पनाले मेरो टाउकाका रौँ ठाडा भए । मनभित्र भयको पहाड सगरमाथाझैँ चुलिन थाल्यो । मलाई अब त्यो सुन्दरीको सुन्दरता, वन टाइम खलास्, वन आवर यिथ ब्युटफुल जस्ता कुराले नछुने भइसकेको थियो । मभित्रको तापमान शून्यभन्दा तल झरिसकेको थियो ।
............
सिरिथापलाई माथिल्लो तलाको रक्तिम प्रकाशयुक्त कोठामा छिराई एउटी सुन्दरीले । असंख्य जिज्ञाशाका बिरुवा हुर्काउँदै रापिलो शरीर लिएर ऊ कोठाभित्र पस्यो । बैंककदेखि सांघाइसम्मको उसको यात्रा उत्कर्षमा पुग्नै लागेको अनुभव ग¥यो उसले । करिब दुईघण्टासम्म चल्ने यो यात्रा उसको जीवनको एक अनौठो यात्रा हुनेछ भन्ने लागेको थियो उसलाई । 

नानझिङ रोडमा भेटिएकी अधबैंशे आइमाईले हामीलाई देख्नासाथ दरभाउको फेहरिस्त तेस्र्याएकी थिई– ‘वन टाइम खलास् एक सय आरएमबी, वन आवर टु हन्ड्रेड आरएमबी, वन नाइट वन थाउजेन्ड आरएमबी । नो मनी फर लुकिङ ।’ 

सिरिथापले दरभाउपत्र सम्झ्यो र कोठामा भएका ‘ब्युटिफुल’तिर आँखा सोझ्यायो । उसलाई अगुवाइ गर्ने ब्युटिफुलले सिरिथापको अनुहार पढ्दै भनी– ‘दे अल आर अन्डर ट्वान्टी ।’ उत्तरको प्रतिक्षामा एकै छिन रोकिएर लहरै बसेका ब्यटिफुलहरुतिर क्रमशः देखाउँदै भनी– ‘सी फ्रम बेइजिङ, सी फ्रम इनर मंगोलिया, सी इज फ्रम सान्सी, सी इज फ्रम रसा, सी इज फ्रम हङकङ ।’ रोकिएर सिरिथापतिर हेरेर मुस्काउँदै सोधी– ‘ह्विच यु लाइक ?’ 

सिरिथापले आफूभित्र उम्लिरहेको लाभातिर ध्यान दियो र सुन्दरीहरुतिर नियाल्यो । रक्तिम प्रकाशमा सबै ‘ब्युटिफुल’हरु जवानीको सुरापानका लागि स्वर्गकै अप्सराजस्ता लागे उसलाई । सबै एक से एक राम्रा र खाइलाग्दा । उसलाई निःसंकोच भावमा बसिरहेकी अलि अग्ली र खाइलाग्दी ‘व्युटिफुल’को चुम्बकले नराम्ररी झट्का दियो । उसका आँखा, नाक, गाला, छाति, कम्मर अनि तिघ्राको दुईकापदेखि मुनिका पिँडुला हुँदै तलसम्मै खुब राम्ररी नियाल्यो  । अनि मनमनै भन्यो, यही त हो मेरो मनले खोजेको कुरा, योभन्दा सुन्दरी त के होलान् र सांघाइमा ? उसलाई त्यो सुँदरीसँग धितमरुन्जेल लठारिन र उसको शरीरसँग तृप्त हुनेगरी खेल्न मन लाग्यो । उसले सोच्यो– ‘यो भीडमा छोटो समयभन्दा त होटलमा रातभरि बिताउनु नै बेश हुन्छ । अघाउन्जेल उसको सुन्दरतामा लुटपुटिन चाहन्छु म ।’ 

आफूभित्रको उम्लिरहेको भावनाको ज्वालामा पौडिँदै उसले अलि बढी रकम चुक्ता गर्ने विचार ग¥यो । सोच्दासोच्दै ध्यान दियो, शरीरभित्रको म्याग्मा लाभा बन्न आतुर भइसकेको छ । मनले कर लगाउँदै थियो, यो दुर्लभ अवसर हिरा फोर्ने अवसर हो, चुक्नुहुँदैन यसमा । 
 
उसको आँखाले जाँचेकी ‘ब्युटिफुल’लाई देखाउँदै ऊसँगै अर्डर लिन प्रतिक्षारत ‘ब्युटिफुल’सँग भन्यो– ‘के म यिनलाई मेरो होटल लिएर जान सक्छु ?’

‘अवश्य ।’ उसले तुरुन्तै जवाफ दिई– ‘तर, यिनलाई होटेल लाने हो भने अलि बढी पैसा तिर्नुपर्छ । हाम्रोमा भएमध्येकी रोजा हो यो केटी ।’

सिरिथापको मनको तरङ्ग पढिसकेकी गाइडले दरभाउ गर्न खोजी । उसको अनुहार र मनले त्यो केटी छोड्ने छैन भन्नेमा ढुक्क भएकी थिई ऊ । 

‘कति दिनुपर्ने हो, रातभरका लागि ?’ शरीरको तरङ्गलाई खल्तीसँग तुलना गर्न खोज्यो उसले ।

‘रातभरका लागि पूरै २००० आरएमबी । सबै पैसा यहीँ चुक्ता गर्नुपर्छ । टिप्स तपाईंको इच्छा ।’

सिरिथापले बैंककमा आफूले कमाउने मासिक कमाइ सम्झ्यो र थाइ मुद्रामा हिसाब निकाल्यो । त्यही पैसाले उसलाई महिनाभर त्यस्तो अवसर आउन सक्थ्यो थाइल्याण्डमा । तर फेरि अर्को मनले सम्झायो, बैंकक र सांघाइको किन तुलना गर्नु ? विदेशीसँगको कुरै अर्को । विदेशीलाई ओछ्यान बनाउनुको गर्वले उसको छाती चौडा भयो, पैसाको गणित ओझेल प¥यो । 

‘यो त अलि धेरै नै भयो । मलाई यहाँ लिएर आउनेले त रातको हजार मात्र भनेकी थिई ।’ उसले शरीरको तापमान तताउने कि नतताउने निर्णय पैसामा जोख्ने सुर ग¥यो ।

‘ठीकै छ, त्यसो हो भने उसलाई सन्तुष्ट गराउने जिम्मा तपाईंको । मलाई दिने एक हजार यहीँ बुझाएर होटेल लैजान सक्नुहुन्छ यिनलाई ।’ 

सिरिथापको मन खल्तीको पैसा र अघिल्तिर उभिएकी कलिली सुन्दरीको चेपुवामा चेपियो । टाउकोभरि द्विविधाका राँका सल्किए । 

‘सांघाइ फेरि कहिले आइएला र यी ‘ब्युटिफुल’सँग रात बिताउन ?’ मनमनै हिम्मतको ज्वारभाटा उर्लियो सिरिथापभित्र । 

‘म जम्माजम्मी एक हजार आरएमबी मात्रै दिन सक्छु ।’ उसले बैंककको चिकपेट मार्केटमा बोलिने भाषा बोल्यो ।

‘ठीक छ, तर, केटीलाई सन्तुष्ट पार्ने जिम्मा तपाईंको ।’ सिरिथापको मन पढिसकेकी सुन्दरीले वैश्ययुगको भाषा बोली । 

सिरिथापले खल्तीबाट ‘पर्स’ निकाल्यो र त्यसभित्रका आरएमबीका चाङबाट दशओटा नोट झिक्यो । सुन्दरीको अनुहारमा झिलिक्क बिजुली चम्क्यो । उसले सिरिथापको हृदय चोर्ने सुन्दरीलाई इशारा गरी । दुवै बाहिरिए होटल जान ।

ढोकाबाट बाहिरिनै लाग्दा दुवै सुन्दरीले कान र मुख जोडे । आवज चाहिँ सुनेन सिरीले । उसले आफू पहिले आएर बसेको टेबुलमा साथी छ कि भनेर हे¥यो । साथी त्यहाँबाट टाप कसिसकेको थियो । 

सडकमा रोकिएको ट्याक्सीतिर निहुरिएर सिरिथापकी स्वप्नसुन्दरीले चिनीयाँ भाषामा के के कुरा गरी, ड्राइभरले टाउको हल्लायो र गाडी स्टार्ट ग¥यो । ऊ ट्याक्सिीभित्र पसी । सिरि पनि ऊसँगै ट्याक्सिभित्र पस्यो ।
आफूले सपनामा देखेकी परीलाई विपनामा पाउँदा सिरिथापको छाति फुलिएर प्रशान्त महासागरजत्रो भएको थियो । उसको मनले भनिरहेको थियो– ‘म पनि चिनीयाँहरुको शरीर किनेर मोज गर्ने सामथ्र्य राख्छु ।’
उसले नानझिङ रोडमा देखेका सुन्दरीहरुभन्दा कता हो कता राम्री र हिसी परेकी सुन्दरी देख्यो सँगै ट्याक्सीमा बसेकी केटी । उसले मनमनै भन्यो, ‘यस्तो चमत्कारिक विकास गर्ने देशकी सुन्दरीसँग, त्यो पनि सांघाइमा रात बिताउन पाउनु साँच्चिकै ठूलो अवसर हो । जीवनको गौरव हो ।’

उसको मन गदगद भयो सँगै बसेकी सुन्दरीको तातोपन आपूmमा सर्दा । शरीरभरि काउकुती लागेर आयो । उसलाई कतिखेर ट्याक्सी होटल पुग्ला भनेझैँ भयो । छड्के आँखाले केटीलाई पुलुक्क हे¥यो र एउटा हात सुन्दरीको काँधमाथि राख्यो । अघि देखेभन्दा अझै राम्री र हिसीपरेकी देख्यो आपूmसँगै टाँसिएर बसेकी चिनीयाँ केटी । ट्याक्सीको गतिसूचक सुइ १०० मा गएर अडिएको थियो । त्यो गति देख्ता अरु बेला उसलाई अत्यास लाग्थ्यो र ड्राइभरलाई अलि स्लो गर्न भन्थ्यो । तर, आज उसलाई त्यो गति पनि साह्रै ढिलोजस्तो लाग्यो । 

‘के तिमी अंग्रेजी बोल्छ्यौ ?’ उसले सँगै बसेकी केटीसँग टाँस्सिएर मनको डाहा शान्त पार्ने उपाय निकाल्यो ।
‘एस आइ एम ।’ नसोचेको उच्चारणमा उसले जवाफ फर्काई । अंग्रेजी मातृभाषीकै जस्तो उच्चारणमा अंग्रेजी बोली उसले । 

‘के गछ्र्यौ ?’ केटीको गहिराइतिर डुबुल्की लगाउने प्रयास गर्यो । 

‘म एउटा अनुसन्धान गर्दैछु, यहीँको एउटा विश्वविद्यालयमा पढ्दै पनि छु ।’

युवतीबाट यस्तो उत्तर आउन सक्ला भन्ने कल्पना पनि गरेको थिएन उसले । उसको सोचमा चारहजार भोल्टको करेन्ट लागेभैmँ भयो । शरीरको राप ओर्लेर शिताङ्ग भयो । के को अनुसन्धान गर्दै होली यो कटी ? फेरि किन यस्तो पेशामा ? उसले आफ्नो हात युवतीको काँधबाट एक्कासी हटायो र केहीबेर अघि घुमेको होटलको भव्यता सम्झ्यो । होटलअगाडिको जोडी आँखामा ल्यायो र फेरीको छेउमा तँछाडमछाड गरेर फोटो खिच्ने सुन्दरीहरु सम्झयो । आफूभित्रको ज्वरो ओर्लेको अनुभव गर्यो उसले । ट्याक्सी आफ्नै गतिमा दौडिरहेको थियो ऊ बसेको होटलतिर ।

‘काम गछ्र्यौ भने फेरि यस्तो पेशामा... !’  

‘किन ? म यो पेशामा नभएकी भए तपाईं र मेरो भेट कसरी हुन्थ्यो ? यसलाई म संसारका मानिस चिन्ने र बुझ्ने एउटा उपाय ठान्छु । म बाध्यताले होइन स्वेच्छाले यसमा लागेकी हुँ । पैसा त लिन्छु तर त्योभन्दा बढी म संसारका मान्छेको बानीबेहोरा र चरित्र बुझ्छु यसबाट । मेरा लागि यो पनि एउटा अध्ययनको हो मानिस बुझ्नका लागि ।’

सिरिथाप तीन छक प¥यो । त्यतिबेलासम्म उसले त्यो केटीको नाम पनि सोधेको थिएन । आपूmभित्रका चाहना पूरा गर्ने एउटी यौनकर्मीभन्दा बढी के नै होली र ? भन्ने ठानेकी केटीले अनपेक्षित उत्तर दिएपछि उसलाई त्यो केटीको नाम सोध्न मन लाग्यो । 

‘के म तिम्रो नाम जान्न सक्छु ?’ सिरीको हृदय त्यो सुन्दरीप्रति कोमल हुँदै गयो । सुरुमा त्यो केटी देख्ता उसमा जुन भावना थियो केटीसँगको वार्तालापपछि क्रमशः पग्लँदै गएको थियो । उसको जवाफ र व्यक्तित्वले उसलाई गाल्दै लगेको थियो । 

‘मेरो नाम जिया । मेरो अंग्रेजी र चिनीयाँ नाम एउटै छ ।’ संक्षिप्त उत्तर दिई र बाहिरतिर अनुहार फर्काई । सिरिथाप टाउको फुट्लाजस्तो गरी रन्थनियो । शरीरबेच्ने पनि सोख हुनसक्छ ? यस्तो पनि अध्ययनको बिषय हुनसक्छ ?’ जिज्ञाशाको दलदलमा भासिँदै गयो सिरिथाप । 

‘म यसबाट संसारका मानिसको सोच, स्वभाव, जीवनशैली र व्यवहार बुझ्न चाहन्छु ।’ जियाले सिरीतिर फर्केर भनी–  ‘आफ्नो शरीरको आवश्यकता पूरा गर्छु । यसैबाट आवश्यक पर्ने पैसा पनि कमाउँछु । पैसा मेरो लागि सहायक मात्र हो ।’ यति भनेर जिया फेरि बाहिरतिर आँखा दौडाउन थाली । केहीबेरको मौनतापछि जोडिई– ‘म चीन र अरु देशका मानिसमा के भिन्नता रहेछ भन्ने कुरा बुझ्दैछु यसबाट । मानिसका बारेमा गहिरो रुचि छ मेरो ।’

सिरीथापले आफ्नो उचाइ पग्लेर घट्तै गएको र जियाको उचाइ बढ्दै गएको अनुभव गर्न थाल्यो । उसलाई एकैछिनअघि सुस्त लागेको ट्याक्सीको गति अब अझै सुस्त भए हुन्थ्यो भन्ने लाग्न थाल्यो ।  
‘म अध्ययनका लागि मात्रै यसमा लागेकी हुँ । म पेशेवर वेश्या होइन ।’

पैसामा शरीर बेच्ने मान्छे वेश्या नभए के त ? जियाको पछिल्लो भनाइले सिरीको मनमा आठ रेक्टर स्केलको भुकम्प गयो । कहाँ उसले सोचेकी यौनकर्मी युवती, कहाँ उसका कुरा ! जताबाट आएको हो त्यतै ट्याक्सी फर्काएर त्यो केटीलाई नानझिङ रोडमै लगेर छोडिदिऊँ र एक्लै होटल फर्कौंजस्तो लाग्यो सिरिथापलाई । सोच्दासोच्दै ट्याक्सि घ्याच्च रोकियो होटल अगाडि ।
............
रातभरि संसारकै आश्चर्यलाग्दो पराक्रम गर्ने देशकी एउटी सुन्दरीको शरीर किनेर भोग्ने उत्कण्ठामा रहेको सिरिथापलाई युवतीसँगको संवाद निकै गह्रौँ हुँदै गयो । शरीरको व्यापार गर्नेहरु कि त बाध्यताले कि कुलतका कारणले यसमा लागेका हुन्छन् भन्ने उसको सोचाइ झुटो बनाइदिएकी थिई जियाले । त्यस्तो पेशामा लागेकी युवतीले त्यस्तो कुरा गर्ली भन्ने उसले दश मनमा एक मनले पनि सोचेको थिएन । तर भयो त्यस्तै । कहिलेकाहीँ सोचेको र भएको कुरा उल्टो भइदिन्छ जीवनमा । सिरिथाप त्यस दिन त्यही भोग्दै थियो त्यो चिनीयाँ युवतीसँग । 

युवतीको उन्मुक्त शब्दले उसको मनमा अनेकौँ तर्कनाका छाल उठे । चीनमा युवतीहरुलाई विदेशीको गुप्तचरीमा लगाइन्छ भन्ने पनि सुनेको थियो उसले । कतै त्यसै त होइन ? मनमनै डरले अड्डा जमाउन थाल्यो । शंकैशंकाले घेरिएर ऊ ट्याक्सिबाट बाहिरियो र कोठातिर बढ्यो जियाको साथमा । ढोका खोलेर कोठामा पस्नासाथ उसले जियाको अनुहारमा आँखा दौडायो । उसको अनुहारमा न संकोच थियो न लज्जा र हीनता । जियालाई बेडमा बस्न इशारा गर्दै आफू चाहिँ बाथरुमभित्र छि¥यो ।

बाथरुमभित्र जियाका शब्द चारैतिर ठोकिएर गुन्जिएझैँ लाग्यो सिरिथापलाई । कति ढुक्कसँग भन्नसकेकी होली– ‘यो मेरो सोख हो, अध्ययन हो भनेर ? के यो पेशा पनि सोख हुनसक्छ ? सोख नै हो भने त्यस्तो ठाउँमा किन गई शरीरको मोलतोल गर्न ?’ उसको गिदी खायो यस्ता अनेक अनुत्तरित प्रश्नले ।
सिरिथापको शरीरको ज्वरो अब दिमागतिर सरेको थियो आश्चर्य र रहस्य बनेर । उसले युवतीलाई उसको काम र परिवारका बारेमा सोध्यो । युवतीले निःसंशोच बताई सबै कुरा ।
.......
जिया एउटा इन्जिनियरकी पत्नी थिई भर्खरै विवाह गरेकी । श्रीमान् चीनकै कुनै दुर्गम भेगमा काममा थिए । उसका श्रीमान् उसलाई सांघाइ राखेर पढाउन चाहन्थे । ऊ त्यहाँ कुनै होटलमा काम गर्थी र अध्ययन पनि गर्दै थिई । यौन मनोविज्ञान र विदेशीहरुको यौन व्यवहारमा उसको गहिरो रुचि थियो । 

सहज भावमा उसले भनेकी थिई— ‘सेक्सको बन्देजबाट मुक्ति सबैभन्दा ठूलो मुक्ति हो नारीहरुका लागि । पश्चिमाहरुले यसलाई बेलैमा तोडेर फालिदिए । हामीले त्यो तोड्न सकेनौँ, हामी बन्धित छौँ एकल पुरुषप्रति । म यही मनोविज्ञानको अध्ययन गरिरहेकी छु यहाँ बसेर । हजार पुस्तक पढेर आर्जन गरेको सैद्धान्तिक ज्ञानभन्दा व्यवहारबाट आर्जित ज्ञान सत्यको नजिक हुन्छ । मैले गरेको अनुभवबाट जति यथार्थ बुझ्न सक्छु, अरुले लेखेको पुस्तक पढेर त्यो कुरा कहिल्यै बुझ्न सक्तिनँ । यसमा लागेर भरियादेखि राजनेतासम्मका मानिसको आनिबानी र व्यवहार बुझ्र्दैछु । यो सकिनासाथ म यसबाट अलग हुनेछु ।’
जियाको कुराले सिरिथापको मुटु हल्लिन थाल्यो । उसको मनले त्यो केटीलाई कुनै यौनकर्मी नभएर अरु नै केही हो भन्ने ठान्यो । केटीको बौद्धिक उचाइले सिरिथापलाई झन्झन् थिच्तै लग्यो । 

ऊ चुपचाप बसेको देखेर जिया आफैँले फेरि मुख खोली— ‘सबैभन्दा प्राचीन र सबैको चासोको पेशा हो यो । देखाउनु र नदेखाउनु मात्रै फरक हो । लुकाउन सक्ता सबै इमानदार नै लाग्छन्, कसैले नदेखी अवसर पायो भने सबै लडखडाउँछन् । तपाईं आफ्नी श्रीमतीले थाहा पाउने अवस्था भयो भने मसँग आउनुहुन्थ्यो र ? सबैको हाल यस्तै छ । सुन्दरी युवतीप्रति आकर्षित नहुने मानिस बिरलै हुन्छन् संसारमा । कोही लुकेर गर्छन् कोही खुलेर फरक यति मात्रै हो ।’

सिरिलाई झन् रहस्यमय लाग्यो त्यो केटी । कतै यसले अप्ठ्यारो त पार्ने होइन ! ऊ केही सोध्न खोज्दै थियो जियाले भनी– ‘आफूलाई आवश्यक पर्दा पुरुषसँग बस्नु, कुराकानी गर्नु, शरीरका इच्छा पूरा गर्नु सामान्य कुरा हो मेरा लागि । कोही पैसा लिएर अरुको आवश्यकता पूरा गर्छन् म मेरो आवश्यकता पैसामा बेच्छु ।’ निर्भयतासाथ बोलीरही जिया । सिरिथाप श्रोता बनेर उसका कुरा सुनिरह्यो । प्रतिवाद गर्ने कुनै ठाउँ देखेन उसले । गल्दै गयो भित्रभित्र ।

चिनीयाँ युवतीको बाहिरी सुन्दरतामा अल्झिएर मसाज सेन्टर पुगेको सिरीको चाहना माटोमा मिलाइ दिई जियाले । उसको चाहनाले पल्टा खायो । युवतीसँग शरीरक्रिडामा रातभरका लागि पैसा तिरेर किनेकी युवतीसँग रमाउने हिम्मत जुटाउनै मुस्किल भयो उसलाई । पग्लिँदै गएको मैनबत्तीझैँ आफू खिइँदै, पग्लिँदै, गल्दै र घट्तै गएको अनि युवतीको बौद्धिकता र तार्किकताले उसलाई खर्लप्पै निलेको अनुभव गर्न थाल्यो । 
जिया सिरीको अनुहार नियाल्न चाहन्थी, ऊसका आँखामा आँखा जुधाएर कुरा गर्न चाहन्थी तर उसले त्यो हिम्मत गुमाइसकेको थियो । उसको मनले भन्न थालेको थियोे– ‘यो केटी अब म जान्छु भनेर उसले लिने पैसा लिएर कोठाबाट बिदा होओस् र आफू सञ्चोसँग सुतौँ । जे हुनु थियो भयो अबदेखि यस्तो गल्ती दोहो¥याउने छैन भनेर माफी मागौँमागौँजस्तो लाग्यो उसलाई । मुख फोरेर भनिहाल्न भने सकिरहेको थिएन । 

‘म एउटी विवाहित युवती हुँ । मभित्र पनि शरीरका चाहना ज्युँदै छन् । मेरा श्रीमान् मबाट २००० किमी टाढा छन् । एउटा केटामान्छे खल्तीमा पैसा बोकेर तिमीजस्तै कोठी चाहार्न सक्छ भने पत्नीले पनि त्यसैगरी कसैबाट सुरक्षित रुपमा पैसा लिएर आफ्नो चाहना पूरा गर्छे भने के अन्यथा भयो र ? म त्यही गरिरहेकी छु । मेरो शरीरप्रति आकर्षित भएर भोग्न चाहने पुरुषहरु जतिसुकै पैसा तिर्न तयार छन् भने म किन कसैलाई सित्तैँमा आफ्नो शरीर सुम्पूँ ?’ 

जियाको भनाइ सिरिथापका लागि गालामा चड्चन हानेझैँ भयो । उसलाई लाग्यो, यो कुरा जिया उसलाई नै भन्दै छे । उसकी पनि घरमा भर्खरै मात्र विवाह गरेर भित्र्याएकी कलिली श्रीमती छे । ऊभित्रका चाहनालाई उसले पनि कुनै अपरिचित युवकबाट पूरा गर्न खोजी भने ? के म त्यसलाई सहन गर्न सक्छु ? 

सिरीथाप सोचमा डुबिरहेकै थियो, जिया बेडमा डङ्रङ्ग पल्टी उत्तानो परेर । उसका पुष्ट वक्षस्थल टाकुराजस्ता देखिए उत्तानो परेको युवा शरीरमा । घुँडामाथिसम्म छोप्ने मिनीस्कर्ट सरेर निकैमाथि पुग्यो । उसले गुप्तांग छोप्न लगाएको भित्री बस्त्र उदाङ्गो भयो । मुखभरि ¥याल काढ्ँदै उसले शिरदेखि पाउसम्मै जियालाई हेर्यो र आफूभित्र कुनै हिम्मत बचेको छ कि भनेर नियाल्यो । शरीरलाई तयार पार्ने प्रयास ग¥यो तर सकेन, ऊ गलिसकेको थियो जियाको थप्पड र आपूmभित्रको अपराधबोधले ।   

‘तिमीले बुझेको चीन र अहिलेको चीन फरक छ सिरीथाप !’ 

जियाको दृष्टिमा सिरीथापसँग उसलाई गिजोल्ने र शरीरसँग लुटपुटिने साहस मरिसकेको थियो । सिरीको शरीर हिउँझैँ भएको थियो । जियाको भनाइसँगै उसले फेरि सम्झ्यो आफ््नी श्रीमतीको अनुहार । जियाले दुवै हात उसको घाँटी पछाडि कैँची पारेर अँगालो मारी र आफ्ना पुष्ट वक्षस्थल सिरिथापको छातिमा टाँसिदिई । सिरथापको शरीरमा कुनै नयाँ तरङ्ग सल्बलाएन । जियाको शरीरबाट सल्केको आगोको राप त अनुभव ग¥यो तर आफू रापिन सकेन ।

सिरीथापलाई जियाको शरीरले लपेट्नै लागेकोबेला उसको मोवाइलको घण्टी बज्यो । कल उसकी श्रीमतीको थियो थाइल्याण्डबाट । अन्कनाउँदै गह्रौँ मनले उसले फोन उठायो । जिया उसको शरीरमा लुटपुटिरहेकी थिई अँगालोमा कसिएर । श्रीमतीले थाहा पाउली भनेर जियालाई शान्त रहन संकेत ग¥यो । आपूmलाई जियाको अँगालोबाट अलग ग¥यो र हीनताको दलदलमा भासिएर कृत्रिम खुसी व्यक्त ग¥यो श्रीमतीसँग ।
‘कस्तो हुँदैछ ट्रिप ? रमाइलो नै त होला नि ! होटलमै छौ कि बाहिर ? पैसा कति खर्च ग¥यौ ? मलाई के ल्याइदिने विचार ग¥यौ ?’ एकै पटक प्रश्नैप्रश्नको वर्षा गरी श्रीमतीले ।

भन्नुपर्ने कुरा त अर्कै थियो तर उसले भन्यो– ‘अहिले भर्खर होटल फर्कें । थकाइ लागेको छ । सोचेभन्दा निकै भिन्न छ सांघाइ, तिमी र मेरो कल्पनाबाट निकै टाढा । आश्चर्यजनक रहेछ यो ठाउँ ।’ 

उसले श्रीमतीको लागि भनेर केही किनिसकेको थिएन । आफ्नो लागि पनि केही किन्न भ्याएको थिएन । बजार घुम्न र किनमेल गर्नका लागि दुई हजार आरएमबी छुट्याएको थियो । एक हजार मसाज सेन्टरमा छोडेर आइसकेको थियो । अब ऊसँग एक हजार मात्र बाँकी थियो । श्रीमतीको फोनपछि ऊ झल्याँस्स भयो । सबै पैसा ब्युटिफुलको नशामा लागेर सिद्धिने अवस्थामा थियो । अझै भोलि बिहान सँगै रहेकी जियाको बिदाइमा कति खर्च हुने हो निश्चित भइसकेको थिएन ।  

सिरीथापले श्रीमतीलाई सांघाइ निकै खर्चिलो शहर भएको, पैसा सबै घुम्न र खानमा सकिएको, सामान पनि निकै महँगो भएको कुरा ग¥यो । पैसा सकिएकाले महँगा सामान नल्याए पनि एउटा चिनो ल्याउने बाचा ग¥यो । ‘पैसा सकिन लागेको छ, धेरै अपेक्षा नराख है’ भन्दै फोन राख्यो उसले । 

जिया उसको कुरा सुनेर मुस्कुराई । सिरीको अनुहार भने अझ कालो–नीलो देखियो । 

जियाले न्यानो अँगालोमा फेरि लपेटिदिई सिरीलाई । ऊ श्रीमतीको फोनपछि झन् जमेर हिउँको ढिक्काजस्तो  भइसकेको थियो । उसको मुटु पनि जोडजोडले धड्किरहेको थियो बाहिरै निस्केला जस्तो गरी । निन्याउरो र लज्जित थियो उसको अनुहार । 

कोठाभित्रको वातावरण एकाएक बोझिलो भयो । जियाले कसिलो अँगालोमा सिरीलाई कसी र अलि भावुक हुँदै भनी– ‘मलाई थाहा थियो सिरी तिमी अरु केटीलाई जसरी भोग्न सक्छौ त्यसरी मलाई भोग्न सक्ने छैनौ । तर पनि तिमीले मेरो रातभरको समय किनेका छौ । तिम्रो अधिकार छ ममाथि ।’ जियाले भने पनि सिरीले आफूलाई तयार पार्न सकेन ।
‘मलाई अँगालोमा कस्ने हिम्मत त निकैले गर्छन् तर भोग्ने हिम्मत भने कमैले गर्छन् । यही मेरो शक्ति हो श्रीमान्प्रतिको प्रेमको । जब उनीहरु मसँग कुरा गर्न थाल्छन्, मेरो बारेमा सोधीखोजी गर्न थाल्छन् उनीहरुमा त्यो शक्ति नै उत्पन्न हुन सक्तैन । गल्छन् उनीहरु । गल्ती गर्नेहरुसँग कहाँ शक्ति हुन्छ र !’ 
‘नैतिकबल आवेगभन्दा निकै बलवान रहेछ जिया ! म तिमीसँग हारेँ ।’  

सिरीले खल्तीबाट पर्स निकाल्यो जियालाई बिदाइ गर्न । जियाले पुलुक्क हेरी उसको पर्सतिर र टाउको अर्कोतिर फर्काई । सिरिथापले चाल पाएन । उसले पर्स खोल्न खोज्यो जियाले रोकी ।

‘तिमीलाई लाग्दो हो चिनीयाँ मसाज सेन्टर र चिनीयाँ युवतीहरु विदेशीका खल्ती रित्याउन शरीर पनि बेच्न तयार छन् । तर त्यो अवसर त उनीहरु स्वयम्ले दिएका हुन् नि हैन र ? आपूm यस कामका लागि मञ्जुर नभएसम्म कसले रित्याउन सक्छ उनीहरुलाई ? तिमी त्यहाँ नगएको भए कसरी रित्तिन्थ्यो तिम्रो खल्ती ? जबसम्म तिमी स्वयम्ले स्वीकृति दिँदैनौ तबसम्म तिमीलाई कसैले पनि बिगार्न सक्तैन । आफूलाई रित्याएर धनी भएको गौरव गर्नुभन्दा सत्यमा बाँच्नु कैयाँैगुणा मूल्यवान छ सिरीथाप ! म यही भावना साट्न चाहन्छुु संसारका लोग्ने मान्छेहरुसँग ।’

जियाको भनाइले तर्सेको सिरिथाप उसका प्रेमिल वचनले उज्यालिँदै गयो । एउटी वेश्याभन्दा बढी हितैषी सल्लाह दिने साथीजस्तो लाग्यो जिया उसलाई । आपूmभित्रको भएभरको हिम्मत निकालेर जियाको अनहारमा हे¥यो । जियाले सिरिको ओटमा ओठ जोड्दै पुनः आफ्नो अँगालोमा बाँधिदिई उसलाई । रातभर सँगै बसेर रमाइला अनुभव साटासाट गरे उनीहरुले । बिहान फ्रेस भएर कोठाबाट निस्कनै लाग्दा जियाले टेबुलमा राखेको सिरिथापको पर्स खोलेर नियाली । उसको पर्समा जम्मा १० ओटा चिनीयाँ नोट थिए सयसयका । सिरिथाप जियातिर हेरिरहेको थियो याचक आँखाले । जियाले सबै नोट निकाली । सिरिको मुटुको धड्कन ह्वात्तै बढ्यो । रौँ ठाडा भए । आङ सिरिङ्ग भयो । जियाले पुलुक्क हेरी ऊतिर । याचक आँखाले केही भनिरहेको थियो । जियाले आँखाको भाषा बुझी र पाँचओटा नोट आफ्नो हातमा लिई । पाँचओटा सिरीथापको हातमा राख्तै भनी– ‘यो पाँचसय मेरो ट्याक्सी भाडाका लागि अनि यो पाँचसय तिम्री श्रीमतीलाई सांघाइको उपहार किन्नका लागि ।’ 

यति भनेर जियाले सिरीको गालामा गाला जोडेर अंकमाल गरी, गहिरो चुम्बन गरी अनि छुट्टिएर फटाफट निस्की होटलबाहिर । सिरीका आँखा टेबलको नेमकार्डमा परे । कार्डमा लेखिएको थियो— ‘जिया, यौन मनोविज्ञान अध्येता, विद्यावारिधी विद्यार्थी ।’ सजल नेत्रले उसले बाहिर हे¥यो, जिया ट्याक्सिभित्र बसिसकेकी थिई । २०७२।१०।१०
।।इति।।
 चिनीयाँ भाषामा नगरबधूलाई '
चे न्युहाई' भनिन्छ ।

  

   
    




    









Sunday, March 26, 2017

माटो नछुने किसान

 प्रविधिको कमाल, कपास फार्म जहाँ एक मिटरभन्दा बढी अग्लो बोट नै देखिँदैन
शीर्षक पढ्दा अलि अनौठो लाग्यो होला तपाईंलाई, माटो नछुने पनि किसान हुन्छ ? यो त असम्भव । किनभने हामी नदेखेको र नभोगेको कुरा पत्याउँदैनौँ, कल्पना भनि

दिन्छौँ । कुरा ठीकै पनि हो यथार्थमा परिणत भएर देख्न र भोग्न नपाएसम्म त त्यो कल्पना वा सपना नै हुन्छ । तर आज मानिसले कल्पनै गर्न नसकेका धेरै कुरा यथार्थ हुँदै गएका छन् । विज्ञान र प्रविधिको तीव्र विकास अनि आधुनिक व्यवस्थापन कलाका कारण असम्भवहरु सम्भव ह’ँदै छन् । कृषि क्षेत्र पनि यी सम्भावनाबाट अछुतो छैन ।

कृषि प्रविधि र यान्त्रीकरणले जमिनको उत्पादनशक्तिलाई ह्वात्तै बढाइदिएको छ एकातिर भने अर्कोतिर वर्षैभरि जुनसुकै ठाउँमा जुनसुकै बाली उत्पादन गर्नसक्ने सम्भावना देखिँदै छ । विज्ञान र प्रविधिको विकासले किसानको कार्यक्षमता, कार्यशैली र कृषि प्रणालीमा अकल्पनीय विकास भएको छ । माटो नछोइकनै र खेत नटेकीकनै खेती गर्न सकिने सम्भावना बढेको छ । माटै नछुने मानिस पनि कृषक बनेर जमिनबाट चाहेको कुरा उब्जाउन र आय आर्जन गर्न सक्ने भएका छन् । यान्त्रीकरण र प्रविधिको उच्चतम प्रयोग गसिकेका अमेरिका, युरोप, जापान जस्ता देशहरुमा मात्रै होइन हाम्रै छिमेकी देश चीनमा पनि लाखौँ किसानहरु छन् जो शायदै माटो छुन्छन् । प्रविधिको उच्चतम प्रयोग र व्यवस्थापन–कला सिकेर पेशाले किसानै भएर पनि अन्य व्यवसायसँग प्रतिस्पर्धी आम्दानी गरिहेका पाइन्छन् । 

सन् २०१६ को जुलाई महिनामा चीनका अपेक्षाकृत कम विकसित र कृषिप्रधान मानिएका प्रान्तहरुको कृषि प्रविधि अवलोकन गर्ने र त्यहाँको प्रविधिबारे बुझ्ने अवसर जुरेको थियो यो पंक्तिकारसहितको चार जनाको नेपाली टोलीलाई । बेइजिङबाट रेल मार्फत् सिन्ज्याङ प्रान्तको राजधानी उरुम्ची जाँदा बाटाको दुवैतिर फराकिला फाँटहरुमा देखिने ठूला कृषि फार्महरु हेर्दा मलाई लागेको थियो– यति ठूला भूभागमा खेत ीगर्ने मजदुरहरु कसरी जुटाउँछन् होला चिनीयाँहरु ? कसरी गर्छन् होला यत्ति बृहत् आकारका फार्महरुमा खोती ? मानव बस्ती कम त्यसमा पनि आधुनिक जीवनको मोहमा शहर पस्नेहरुको संख्या ह्वात्तै बढेको चीनमा कसरी यत्रा ठूला फार्ममा काम गर्ने मानिस जुटाउन सकेका होलान् यिनीहरुले ? एक दुई विगाहा जग्गा भएका हाम्रा किसानहरु खेती गर्ने मजदुर पाइएन भनेर जग्गा नै बाँझो छोड्न थालेको बेला यस्ता दृश्यले मेरो मथिङ्गलमा उथलपुथल मच्च्एिको थियो । उरुम्ची पुगेपछि सबै जिज्ञाशा मेटिने आशमा यात्राभर गम खाँदै समय बिताइरहेँ । 

उरुम्ची रेल स्टेशन पुग्दा आयोजक समूहका एक जना युवा गाडी लिएर हामीलाई कुरिरहेका थिए । करिब एक घण्टाको सडक यात्रापछि हामी पुग्यौँ माओको परिकल्पना नगरी सेहजी, जहाँ अर्धसैनिक जवानहरुले त्यहाँको कृषिको उत्पादन प्रणालीलाई परिवर्तन गर्ने र व्यवस्थित शहरीकरण गर्ने काम सम्पन्न गरेका थिए करिब ५० वर्षअघि । 

सिन्ज्याङको आधुनिकीकरण र विकासका लागि बनाइएको विज्ञान तथा प्रविधि पार्क त्यही शहरमा थियो जहाँ मरुभूमि गुल्जार गर्ने प्रविधिका विभिन्न प्रयोग गरिन्छ । पानीको थोपा प्रत्येक धानका गाँजमा पु¥याएर धान बाली लगाउनु, मकैबारीका हरेक लाइनमा तपतप थोपा खसालेर सयौँ हेक्टरमा फैलिएको मकैबाली लहलह बनाउनु, शहरका हरेक कुनामा शहरी नहरप्रणाली विकास गरेर होटल र घरहरुबाट निस्कने पानीको उच्चतम उपयोग गरेर पार्क र सडक किनारालाई हरियालीयुक्त बनाउनु आदि प्रयोग  हेरेपछि लाग्यो विकासका लागि चाहिने त सोच र योजना पो रहेछ साधन र श्रोतभन्दा । 
करिब ६०० हेक्टरमा फैलिएको अंगुर फार्म अवलोकन गर्दै

आजभन्दा करिब ५० वर्षअघि भोकमरि, अभाव र गरिवीको कहालिलाग्दो अवस्था भोगिरहेका अनि विभिन्न अल्पसंख्यक र पिछडिएका जातिहरुको बसोबास रहेको त्यो सानो शहर अहिले सिन्ज्याङको नमूना र सुन्दर शहर बनेको रहेछ । प्रतिव्यक्ति वार्षिक आम्दानी १० हजार डलरभन्दा माथि रहेछ । मुख्य पेशा कृषि नै भए पनि अन्य व्यवसायको भन्दा उच्चस्तरको आयआर्जन गर्दारहेछन् किसानहरु । हेर्दा सुख्खा मरुभूमिजस्तो उजाड भूभागमा कसरी सम्भव भयो यति ठूलो परिवर्तन ? मेरो प्रश्न थियो आयोजक समूहका यन्जिनियर मिस्टर झाङ लीलाई । 

‘सिन्ज्याङको कृषि, कृषि प्रविधि अनि कृषि प्रणाली र कृषक सबै हामीले सोच्नै नसकिने आधुनिक अवस्थामा छन् अहिले । यो सब त्यसैको परिणाम हो ।’ उनले सहज उत्तर दिएका थिए । 

कसरी भयो कृषिको यति व्यापक आधुनिकीकरण ?
सिन्ज्याङ प्रान्त चीनको मात्र होइन विश्वकै ठूला प्रशासनिक इकाइमध्येमा पर्दछ । करिब १० लाख वर्ग किलोमिटर क्षेत्रमा फैलिएको त्यो प्रान्तमा जनसंख्या भने करिब २ करोड ५० लाख रहेको छ । प्रशस्त जमिन भएकाले खेती गरिने जमिन प्रशस्त छ । फार्महरु निकै ठूलाठूला छन् । खेती गर्न चाहनेहरुलाई प्रस्तावअनुसार सरकारले नै जमिन उपलब्ध गराउने भएकाले खेतीगर्ने विदेशी र स्वदेशी कम्पनीहरु पनि सिन्ज्याङमा निकै रहेछन् । अमेरिकी, जापानी, रसियाली, कजाक धेरैथरी व्यावसायिक कम्पनीहरु सिन्ज्याङमा अहिले फलपूल र तरकारी खेती गरिरहेका छन् । खासगरी फलपूmल (तरबुजा, खरबुजा, अंगुर, स्याउ, चेप्टो आरु, नासपाती आदि), टमाटर अनि मकै खेतीमा प्रसिद्ध छ सिन्ज्याङ । 

‘तपाईले देखिरहेका यी धेरैजसो अग्ला भवन र सपिङ मलहरु किसानकै हुन् । यहाँका किसानहरु चीनकै धनी किसानमध्येमा पर्छन् ।’ इन्जिनियर मिस्टर झाङले मलाई बताएका थिए शहर घुम्दै गर्दा  । उनले यसो भनेपछि मैले सोधेको थिएँ– ‘कसरी यति धेरै धनी भए यहाँका किसानहरु ? यहाँ त खेतीका लागि न प्रसस्त पानी छ न उर्वर जमिन । सबैतिर त सुख्खा बलौटे जमिन मात्रै देख्छु, पानी पनि साह्रै सीमित मात्रामा छ, वर्षा पटक्कै हुँदो रैनछ ।’

‘यो सबै प्रविधिको देन हो । प्रविधिले धनी बनाएको ठाउँ हो यो । पानी त जमिन मुनि छँदैछ । कति गहिराइमा छ भन्ने मात्रै हो । पानी नभए त जमिन नै हुँदैन । हामीले पन्ध्र वर्षमा धेरै जमिनमा पानी पु¥याएका छौँ । मरुभूमिमा हरियाली बढाउने र खेतीयोग्य जमिनमा रुपान्तरण गर्ने कार्य तीब्र पारिएको छ । जमिनमुनि ३००–४०० मिटर गहिरो बोरिङ गरेर निकालिएको पानीबाट सिँचाइ गर्ने व्यवस्था गरिएको छ । अधिकांश पानी पाइप मार्फत् खेतमा पु¥याइन्छ । खेतीलाई सकेसम्म यान्त्रीकरण गरिएको छ । अधिकांश काम मेशीन र कम्प्युटरबाट हुन्छ । त्यसले कृषि मजदुरको समस्या ह्वात्तै घटाएको छ । हाम्रा किसानहरु माटो कमै छुन्छन्, मोवाइलबाटै खेती गर्छन् ।’ मुस्कुराउँदै उनले व्याख्या गरे ।

मिस्टर झाङका कुरा हाम्रा लागि सपना थिए । तर उनीहरुका लागि त्यही यथार्थ बनिसकेको थियो ।  करिब १५ वर्षअघि सिन्ज्याङ सरकारले आधुनिक थोपा सिंचाइ प्रविधि सुरु गरेको रहेछ सिन्ज्याङमा  । सिंचाइसँगै बिउ उत्पादन र प्रशोधन, प्रविधि सुधार, नीतिगत सुधार, सरकारी सेवामा सुधारका कामहरु सुरु गरिएका रहेछन् । कपास खेती, पशुपालनका लागि चाहिले अल्फाल्फा भन्ने पोषिलो घाँस खेती, पशु आहारका लागि ‘सिलेज कर्न’ खेती, विभिन्न प्रकारका तरबुजाहरु, अंगुर अनि स्याउ र आरु सिन्ज्याङको मुख्य उत्पादन बनाउन सरकारले आवश्यक सबै सुविधा जुटाइ दिएको रहेछ किसानलाई । नहरहरु पक्की बनाउने, ठूलाठूला बोरिङहरु गाडेर पाइप मार्फत् खेतहरुमा सिंचाइ पु¥याउने, कम्पुटराइज्ड र रिमोट कन्ट्रोल प्रविधिका माध्यमले सिँचाइलाई आधुनिकीकरण गर्ने काम सुरु भएका रहेछन् । हरियाली बढाउन, खेती गर्न सीमित पानीले धेरै प्रभावकारी सिंचाइ गर्न सकिने थोपा सिंचाइ प्रविधिको लागि अनुदान दिने सरकारी नीति रहेछ । यान्त्रीकरणका लागि सरकारी सेवा र प्रविधि केन्द्रहरुको विस्तार गरिएको रहेछ, जहाँबाट आवश्यक प्राविधिक परामर्श र मेशीन सरकारले उपलब्ध गराउँदो रहेछ । 
रिमोट कन्टोलबाट गरिने सिँचाइको भल्भ अवलोकन गर्दै सहभागीहरु

‘अहिले चीनका ठूला कृषि फार्महरुमध्ये धेरैजसो फार्म सिन्ज्याङमै छन् र ती सबै पूर्ण यान्त्रीकरण भइसकेका छन् । रेल र सुपर हाइवेले हरेक शहरलाई जोडिएको छ । तरकारी र फलपूmल ढुवानी गर्ने खास किसिमका रेलका डब्बाहरुको व्यवस्था छ । हाम्रा किसानहरु माटो खनेर र खेतमा पसीना चुहाएर होइन मोवाइलका नम्बर दाबेर खेती गर्छन् अहिले ।’ इन्जिनियर झाङले सिन्ज्याङको कृषिको शब्दचित्र प्रस्तुत गरेका थिए हाम्रा सामु । 

सिन्ज्याङ प्रान्तको कपास खेती विश्वकै उन्नत कपास खेती मानिँदो रहेछ । कपासको प्रति हेक्टर उत्पादकत्व अमेरिकामा भन्दा बढी रहेछ सिन्ज्याङमा । कपास खेती पूर्णतः यान्त्रीकरण भइसकेको छ । जोताइ, मलखाद, सिंचाइ, बाली कटान, प्रशोधन सबै मेशीनबाटै गरिन्छ । अब किसानले खेतमा जानु पर्ने र आफैँ काम गर्नुपर्ने अवस्था छैन । 

‘उनीहरु आफ्नो जमिनमा के खेती लाउने निर्णय गर्छन् अनि सम्बन्धित प्राइभेट वा सरकारी कम्पनीलाई जमिन तयारी र खेती लाउनका लागि फोन गर्छन् । जोत्नेले जोत्छ, बीउ कम्पनीले बीउ दिन्छ, छर्नेले छर्छ, औषधि उपचार गर्नेले सूचना पाएपछि आएर उपचार गरिदिन्छ, सिँचाइ कार्यालयले सिँचाइ गरिदिन्छ, बजारमा पु¥याउने र बेच्ने काम व्यापारिक कम्पनीहरुले गर्छन् । यति भएपछि किन पसिना चुहाउनुप¥यो खेतीगर्ने किसानले । यहाँ किसानको काम निरीक्षण र निर्णय गर्ने मात्रै हो ।’ सिन्ज्याङ कृषि प्रविधि केन्द्रका निर्देशक हु जिया जुङ भन्छिन् । 

अवलोकनमा जे देखियो
करिब तीन हप्ताको सिन्ज्याङ बसाइमा त्यहाँको खेती प्रणाली अवलोकनका लागि हामीलाई विभिन्न कृषि फार्महरुको भ्रमण गराइयो । आँखाले देखेसम्म एकै आकार र उचाइका कपासका बोटहरु, समान उचाइका अंगुरका झाङहरु, समान उचाइका आरुका रुखहरु, खेतमा बग्रेल्ती छरिएका पाकेका तरबुजाका गल्लेँठाहरु हेर्दा लाग्थ्यो हामी कुनै स्वप्न नगरीमा छौँ अनि आधुनिक कृषिको अवलोकन सपनाको संसारमा रमेर गरिरहेका छौँ । तर त्यसो थिएन हामी अंगुर फार्ममा फलाइएका उत्कृष्ट जात र स्वादको अंगुरका झुप्पा हातमा लिएर विपनामै खाँदै थियौँ जुन अंगुर रोप्ने देखी काट्नेसम्मका सबै काम मेशीनले गथ्र्यो । आँखाले देखेसम्म टमाटरै टमाटरका सयौैँ हेक्टरमा फैलिएको कृषि फार्ममा टमाटर ‘हार्भेष्टर’ले बोटबाट पाकेका टमाटर टिप्तै टिपरमा हाल्दै गरेको दृश्य आफ्नै आँखाले देखिरहेका थियौँ । सिंचाइ कार्यालयको नियन्त्रण कक्षमा बसेर प्राविधिकहरु नहरको पानी खोल्ने र बन्द गर्ने स्वचालित सिंचाइ प्रणाली–नियन्त्रक कम्प्युटरमा औँला दौडाइरहेका देखिन्थे । कुन भागमा कति मल कुन पाइपबाट पठाउने भनेर योजना बनाउँदै गरेका प्राविधिकहरु देखिन्थे । त्यो सब हेर्दै गर्दा मेरो मन भने घरी एक बेरा युरिया मलका लागि खाजा–सामल कुम्लोमा बोकेर सदरमुकाम धाइरहेका सिन्धुपाल्चोकका फुर्बा शेर्पाको अनुहार आँखा अगाडि आउँथ्यो, घरी क’टो र कोदालो लिएर दिनभरि खन्दा पनि बारीको एक छेउ नसकिएर वाक्क मानेर टोपीले पसिना पुछ्दै डिलमा बसेको कृषि मजदुरको अनुहार सम्झन्थेँ त घरी तरकारी बालीमा ‘ढुसी लागेर सखाप भयो हजुर के दबाइ गर्ने’ भनेर कृषि कार्यालय धाउँदाधाउँदै बाली सखाप भइसक्ता पनि किसानको खेतमा जान आनाकानी गरिरहेका हाम्रा कृषिका हाकिम सा’बहरुको अनुहार र किसान मोहनलाल कोइरीको आँसु डब्डबाएका आँखा झलझली सम्झन्थेँ अनि राजनीतिक खिँचातानीमा ५० वर्षदेखि देशलाई बन्धक बनाइरहेका हाम्रा नेताका भाषणमा दिइने आश्वासनहरु सम्झन्थेँ । मनमनै लाग्थ्यो, कठै मेरो देश के मेरो देशका किसानले पनि मोवाइलको नम्बर दाबेर खेती गर्ने दिन देख्न पाउलान् ? मेरो मन अमिलो भएर आउँथ्यो, बोल्ने शब्दहरु गलामै अड्किन्थे, दुवै आँखाबाट पत्तै नपाई आँसुका डल्ला टप्प खसेर सिन्ज्याङको मरुभूमितिर बिलाउँथे । गाँठो परेझैँ हुन्थ्यो छातिमा । मनमनै देशका श्रोत र साधनको थुप्रोमा बसेर पनि गरिबीको दुर्दान्त पीडामा पिल्सिएका किसानका ती चाउरिएका अनुहारहरु नाचिरहन्थे आँखा अगाडि । अनि लाग्थ्यो, कठै मेरो देश ! कहिले आउने होला हामीले यो सब भोग्ने र देख्ने दिन ? 

धेरै समय बितिसक्यो सिन्ज्याङ घुमेर फर्किएको, करिबकरिब एक वर्ष हुनै लागेछ । अहिलेसम्म पनि मलाई ती किसान र फाँटहरुभन्दा पनि इन्जिनियर झाङका शब्दले खिज्याइरहेझैँ लाग्छ । उनका शब्द बारम्बार गुन्जिरहन्छन् मेरा कानमा अहिले पनि– हाम्रा किसानहरु माटो खनेर र खेतमा पसीना चुहाएर होइन मोवाइलका नम्बर दाबेर खेती चलाउँछन् ।’ के हाम्रा किसानले पनि त्यो दिन देख्न पाउलान् ? म गम खान्छु, देशको शासन र नेताहरुका व्यवहार सम्झन्छु अनि भन्छु– एक दिन त कसो नआउला त्यो दिन ! आशाको दियो बाल्छु भविष्यतिर आँखा लगाउँदै ।