Monday, December 19, 2016

टोपी र टुप्पीले हैरान

म जन्मेहुर्केको गाउँ आम्बोटेमा पछिसम्मै माध्यमिक विद्यालय थिएन । निम्न माध्यमिक विद्यालय मात्र थियो । त्यसपछिको स्कूल पढ्न भने दिनभरिको बाटो हिँडेर या त सिन्धुली माढी (सदरमुकाम) पुग्नुपथ्र्यो या कमलाखुँजको भलुवाही । आफन्तकहाँ बसेर पढने सुविधा र ग्रामीण भेगको स्कूल भएकाले हाम्रो गाँउबाट पढ्न जाने धेरैजसो दाइहरु भलुवाही नै गएर पढने गर्थे । 
एक दिन हजुरबाले भन्नुभयो– “भलुवाही नै पढ् । नजिक पनि छ । आउन जान साथीहरु पनि हुन्छन् ।”  
बाले थप्नुभयो – “हाइस्कूल पछि अलि ठूलो पनि हुन्छस् । आफै“ पकाएर खान पनि सक्छस् । त्यसपछि जहाँ हुन्छ जानू ।” घरको सल्लाह यही थियो । म राजी भएँ । कक्षा ७ को परीक्षाफल आएपछि म कक्षा ८ मा पढ्न भलुवाही जाने भएँ । माघ महिनाको पहिलो हप्तामा स्कुल भर्ना हुन हजुरबा र नाति भलुवाही जाने भयौ“ ।
“माघ लाग्यो । अब स्कूल भर्ना हुन भोलि बिहानै भलुवाही जानुपर्छ । छिटो उठ् नि ! तँ ढिलोसम्म सुत्छस् । भोलि ढिलो नगर् !” हजुरबाले मलाई खर्याउनु भयो । हजुरबाको कुरा ठीकै थियो । जाडोको बेला केटाकेटी उमेरको मान्छे । उठ् नभनी उठ्ने खासै जाँगर चल्दैनथ्योे । गोठमा होस् वा घरमा कसैले उठ् नभनी ओछ्यान छोड्न गाह्रै लाग्थ्यो । बाले चड्कन लगाउनु हुन्छ भन्ने डरले नै बिहान चाँडो उठ्ने हो । नत्र त मज्जाले बिहानभरि घामलागुन्जेल सुतिन्थ्यो । 
माघको जाडो । बिहानको चिसो समय । किन सबेर उठ्नु पर्ने होला ? एकछिन सुत्न पाएको भए ? कस्तो रमाइलो सपना देखिराथेँ । नउठाएको भए कति मजा हुन्थ्यो । के गर्नु, बाले उठाइहाल्नु हुन्थ्यो । एकछिन ढिलो भयो कि बा भन्नु हुन्थ्यो– “ए केटा हो उठ । बिहानको घाम झुल्किसक्यो, सुतिरन्छौ ?” कटाक्ष हुन्थ्यो बाको भनाइमा । हामी हतारहतार उठ्थ्यौ“ । सपनामा रमाइरहे पनि कुटाइ आउला भन्ने डरले हतारहतारमा सिरक फालेर जुरुक्क उठ्थ्यौ“ ।
स्कूल भर्नाको तातोले नाति र हजुरबाको यात्रा भोलि शुरु हुने तय भयो । हजुरबाले भन्नुभयो – “लौ त्यसो भए भोलि बिहानै छिटोछिटो खाना खाएर जाउँ त । म भर्ना गरेर र तँलाई बस्ने व्यवस्था मिलाएर फर्कांैला । कमलाखुँजतिर अलिअलि काम पनि छ । त्यो पनि सिध्याएर आउँछु । पोहोरसालको बटिया धान पनि लिन बाँकी नै छ । त्यो पनि लिनुपर्नेछ । फेरि जान भ्याइँदैन ।” हजुरबाले लामो योजना बनाउनु भयो । भोलिपल्ट एउटा ठूलो नाइलनको बोराको झोलामा केही पाथी चामल, च्युरा र केही माना गुन्द्रुक हालेर बोकेँ । आमाले बाटोमा खाने खाजा पनि बनाइ दिनुभयो । पातको टपरीमा नातो बाँधेर झोलामा हालियो । हाइस्कूल भर्ना भएर पढ्ने उद्देश्यसाथ घरबाट कमला खुँजको यात्रा शुरु भयो । हजुरबासँग हिँड्दा रमाइलो नै हुन्थ्यो । पुराना अनुभवहरु सुन्दै हिँड्न पाइन्थ्यो ।  
हामी आम्बोटेको भञ्ज्याङ कटेर चिसापानी डाँडा हुँदै ओरालो बाटो ठाकुरखोलातिर झ¥यौ“ । खोलैखोलाको बाटो थियो । घरी खोला घरी पाखा गरेर २० ठाउँमा वारिपारि गर्नुपथ्र्यो । बाटोमा सर्पेढुँगो भन्ने सर्पकै आकृतिको बडेमाको ढुंगो पथ्र्यो । त्यो ढुंगासँग महाभारतकालीन कथा जोडिएको रहेछ । 
हजुरबाले भन्नुभयो – “यो ढुङ्गो पाण्डवहरुको वनवाससँग जोडिएको छ । पारीपट्टि चुलो पनि छ । अलिपर भिमसेन ढुङ्गो छ । यो चाहिँ सर्पे ढुङ्गोे ।” 
हजुरबाको कुरामा कति पौराणिक तथ्य छ त्यो त खोजीकै बिषय होला तर म भने त्यतिबेला त्यो ढुंगो देखेर अचम्मै भएँ । टाउको पट्टि अलि ठूलो हुँदै गएको छ, पुच्छरतिर भने सानो र तीखो परेको छ । 
मै“ले हजुरबालाई सोधे“– “अनि हजुरबा महाभारतका पाण्डवहरु त दिल्ली नजिकका पो हुन् त कसरी याँसम्म आइपुगे त ?” 
“बाह्र वर्ष भनेको सामान्य समय होइन । त्यो बेलाको कुरा हेर्ने हो भने मानिसको सभ्याता पनि शीखरमै थियो । पछि नाश भा’को भन्ने भनाइ छ । बिराटनगर नजिक त आ’को प्रमाणित नै भइसक्यो । याँ पनि आए होलान् । हाम्रो ज्ञान कति फराकिलो छ र ? १०० वर्ष अघिको कुरा त राम्ररी रेकर्ड हुँदैन । यो त ५००० वर्ष अघिको कुरा ।” 
हजुरबाका कुरा रमाइला थिए । मलाई भने त्यतिखेर बौद्धिक जिज्ञाशा भन्दा पनि सुन्दाखेरि अचम्म र रमाइलो लाग्थ्यो । यस्तै कुराकानी गर्दागर्दै हामी हजुरबा र नाति कमलाखुँज निस्कने गौ“डो बाढीगाउँनेर पुग्यौ“ । अलिअलि भोक पनि लाग्न थाल्यो । खाजा खाने हो कि भनेर मै“ले हजुरबालाई सोधे । 
“निकाल्न त ! तेरो झोला पनि हलुङ्गो हुन्छ । खाजा खाउँ अनि बिस्तारो जाउँला । आज साहिँली दिदीकहाँ कर्माहामा बसौ“ला ।” हजुरबाले बासको ठाउँ पनि टुंगो गरिसक्नुभएको रहेछ । 
दुवै जना नातिबजुले ढुंगामाथि बसेर खाजा खायौ“ । बेलुका दिदीकाहाँ पुगियो कर्माहा । त्यस दिनको बास त्यहीँ भयो ।
भोलिपल्ट बिहानै जाडोमा ठिउठिउ गर्दै लागियो भलुवाहीतिर । बाटोमा एउटा सानो बजार थियो डकाहा । किनमेल गर्ने मानिसहरु निकै हुन्थे बजार सानो भए पनि । त्यहाँ एकजना लुगा सिलाउने चिनजानका मानिस बस्थे दमाइ थरका । हजुरबासँग राम्रै चिनजान थियो । हाम्रो घरमा एकदुई पटक पुगेका थिए । उनलाई हजुरबाले सोध्नुभयो – “यो नाति सर्ट र पाइन्ट लगाउँछु भन्छ । सिलाउन जान्दछौ ?” 
“बजारमा बसेको छु । दिनैपिच्छेको काम त्यही छ, कस्तो नजान्नु हजुर, सिलाइहाल्छु नि !” दमाई दाइले जबाफ फर्काए ।  
हजुरबाले उनको भनाइ शतप्रतिशत पत्याउनु भयो । नजिकैको पसलमा गएर कपडा किन्ने विचारले सोध्नुभयो – “ए साहु ठिक्क मोल पर्ने पोलिष्टरको सर्ट र पाइन्टको कपडा देखाऊ त ।” 
बूढा मान्छेको अनुहारमा पसलेले पुलुक्क हेर्यो । शायद उसलाई हजुरबाको बोली अलि अनौठो लागेछ क्यार । मैले अनुमान लगाएँ । पसलेले खैरो रंगको पोलिष्टरको कपडा देखाउँदै भन्यो – “यो सर्टका लागि पनि काम लाग्छ, पाइन्टका लागि पनि काम लाग्छ । कपडा राम्रो छ । धेरै विद्यार्थीले यै सिलाका छन् ।” 
कपडा अलि पातलो थियो । सर्टका लागि हुने तर पाइन्टका लागि भने नहुने खालको । 
“यो त पाइन्टको कपडा हैन त !” मैले अलि शंका व्यक्त गरेँ ।
हजुरबालाई कुन कपडा कस्तो त्यति थाहा थिएन क्यार, पसलेको कुरा सुन्दै भन्नुभयो – “हुन्छ, हुन्छ । बलियो छ के ? केटाकेटीहरुलाई अलि बलियो चाइन्छ, छिट्टै फटाउँछन् ।” 
पसलेले हजुरबाको आशय बुझिहाल्यो । भन्यो – “बाजे यो राम्रो छ । सिलाउने मानिस पनि चाइन्छ भने म भन्दिन्छु । सिलाइदिन्छ । २।४ दिनमा आएर बाबुले लगे हुन्छ ।” 
त्यतिबेला पोलिष्टर कपडाहरु भर्खरभर्खर निस्केका थिए । शतप्रतिशत नाइलनबाट बनेका ती कपडा बलियाका हिसाबले त ठीकै हुन्थे तर शरीरमा लगाउँदा भने त्यति आरामदायक हुँदैनथे । जाडोमा अति चिसो अनि गर्मीमा पोलेर लगाउनै नसकिने । गाउँका किसानहरु भने बलियो हुने र धेरै समय टिक्ने भएकाले त्यस्ता कपडाहरु मन पराउँथे । एक किसिमको बाध्यता नै रहेछ क्यार त्यो मन पराउनुमा पनि । 
अहिलेका केटाकेटीहरु भए त्यो कपडा हेर्दैनहेरी अर्कोतिर लागिसक्थे । रिसाएर, फन्केर बाबुआमालाई गाली गर्थे होलान् । तर त्यतिबेला ममा त्यो संस्कार पनि थिएन हिम्मत पनि थिएन । आपूmभन्दा अग्रजले भनेको मान्ने आज्ञाकारिता सिकेर हुर्केकाले मैले नाइँनास्ती गरिनँ । 
डकाहा बजारमा कपडा सिलाउन दिएर हजुरबा र नाति भलुवाहीतिर लाग्यौ“ ।  थुप्रै आफन्तकहाँ पस्दै र खाना खाँदै बेलुका भलुवाही पुगियो । हजुरबाकै उमेरका एक जना बुढा मानिस त्यहाँका अभिभावक थिए । उनका अरु २ जना छोराहरुका घर लहरै रहेछन् । बुढा मानिसका साहिँला छोरालाई हाम्रै गाउँकी एक जना दिदी दिएको रहेछ । बुढा मानिस हजुरबाका ससुराली खलक रहेछन् । बेलुका पुगेपछि केहीबेर भलाकुसारी चल्यो । 
हजुरबाले भन्नुभयो – “यो नातिले भर्ना गरिदिनु पर्यो भनेर साह्रै कचकच गर्यो र लिएर आको । याँ छोड्न पाएँ भने बरालिन पनि पाउँदैन । अलिअलि दिदीलाई पनि सघाउँछ । पढ्न जाने साथी पनि रछन् । यै“ बस्ने व्यवस्था गर्दिनु परो भनेर बिचार गरेँ ।”
हजुरबाको कुरा सुनेर बुढा मानिसले भने – “साइली त तपैंहरुकै छोरीचेली हो । माइती भनेपछि आइमाईहरुलाई रमाइलै लाग्छ । आफू पनि खाना पकाउनु खानु परिहाल्छ । यौटालाई अलिकति चामल थपिदिनु कति ठूलो कुरा हो र ?” 
बुढाका कुरा सुनेर बसिरहेकी दिदीले पनि थपिन् – “दाजुले यो भाइको चिन्तै लिनु पर्दैन । मकहाँ छोडेर ढुक्क भएर जानुस् ।” 
त्यहीँं बसेर घरको केही काम पनि सघाउने र पढ्न जाने गरी डेराको व्यवस्था हजुरबाले मिलाइ दिनु भयो । मै“ले त्यहीँ बसेर हाइस्कूल जाने र पढने काम शुरु गरे“ । 
स्कूल भर्ना गर्न हजुरबा जानु भएन । त्यतिबेलासम्म म शिक्षकहरु संँग कुराकानी गर्ने र आफ्नो स–सानो काम आफँै गर्न थालिसकेको थिएँ । भर्नाको काम सकिएपछि म गएँ सिलाउन दिएको कपडा लिन डकाहा बजार । दमाइ दाइले आपूmले जानेसम्मको राम्रा गरेर कपडा सिलाइ दिएका थिए, तर त्यसको छाँटछन्द भने पटक्कै मिलेको थिएन । पाइन्ट र सर्टको आकार मात्र थियो त्यो । न सिलाइ राम्रो, न कपडा स्तरीय । यस्तो हालतको भए पनि मै“ले पहिलो पटक सर्टपाइन्ट लगाउन पाएको थिएँ । नराम्रै भए पनि सर्टपाइन्ट लगाउन त पाइयो । त्यसैमा मक्ख परे“ म । त्यतिबेलासम्म म फेशनको त्यति सौखिन भइसकेको थिइनँ । 
म त्यो कपडा लगाएर जब म स्कूल जान थाले“, साथीहरुले मलाई जिस्क्याउने बहाना पाइहाले । त्यसै पनि पहाडबाट भर्खर खुँज झरेको । स्थानीयसँगको बोलीचाली र व्यवहारमा फरकपन छँदै थियो । त्यसमा फेरि पढाइमा जिल्ला सेकेन्ड गरेको भन्ने पनि बुझेका थिए उनीहरुले । कक्षा ७ को जिल्लास्तरीय परीक्षामा म दोस्रो र त्यस विद्यालयका बासु तिमल्सिना तेस्रो भएका थिए । मानिसको आन्तरिक व्यक्तित्व कसलाई के थाहा ? पहिले हेर्ने त बाहिरी रुप न हो । केही साथीहरु चिटिक्क मिलेको शहरमा सिलाएका सर्ट र पाइन्टमा स्कूल आउँथे । म भने त्यही डकाहा बजारमा दमाइ दाइले सिलाईदिएका कपडामा जान्थेँ स्कूल । कपडा ठिकै भए पनि छाँटछन्दको सिलाइ भए त भन्ने ठाउँ कम्ती हुन्थ्यो होला तर त्यो थियो नाममात्रको सर्ट–पाइन्ट । मेरो लवाइखवाइको ढाँचा र बोलीको अलि भिन्नपनले उनीहरुलाई मसला मिल्यो मलाइ जिस्क्याउने । स्थानीयहरुको समूह अलि ठूलो भएकाले हेप्नसम्म हेप्न थाले । हाम्रा गाउँबाट केही साथीहरु सँगै त्यहाँ गएका भए पनि आन्तरिक प्रतिस्पर्धाको ईखले होला हेप्न पाउँदा उनीहरु पनि स्थानीय साथीहरुसँगै मिसिए । बैकुण्ठ अधिकारी, बासु तिमल्सिना र विष्णु काफ्लेले हुनसम्म खेदे मलाई । अहिले सम्झँदा हाँसो उठ्छ । कस्तो हातल थियो कठैबरा त्यो गाउँबाट भर्खर निस्केर घरबाट टाढा जाँदाको गाउँले केटाको !  
अर्को स्कूलबाट आएको भनेपछि रैथाने विद्यार्थीहरुले केही समय जिस्क्याउने, दिक्क पार्ने, हेप्ने गर्छन् भन्ने मैले सुनेको त थिएँ तर देखेको र भोगेको थिइनँ । भलुवाही पुगेपछि मैले त्यो हेपाइ हुनसम्म भोगेँ ।  
म त्यतिबेलासम्म टोपी लगाउने गर्थे“ । लगभग बी. ए. पढदासम्म नै मैले टोपी नियमित जस्तै लगाएँ । मेरो टोपी गाउँमा सिलाएको सामान्य कपडाको टोपी थियो । बाहुनको छोरो भएकाले कपाल काट्ता टुप्पी राख्ने चलन थियो । अलि लामै थियो मेरो टुप्पी त्यतिबेला । सिखा पारेर बाँध्ने चलन थियो लामो टुप्पी हुनेले । त्यो टोपी र टुप्पी अब मेरा साथीहरुका लागि खेलौना जस्तै भयो । उनीहरुकोभन्दा अलि फरक खालको र सर्टपाइन्ट छँदै थियो । त्यसमाथि टुप्पी र टोपी भएपछि त के चाहियो र । स्कूल गयो कि १।२ जना साथीहरु अघिपछि गरेर कहिले टोपी फुकालेर लिएर हिँडिदिने, कहिले लुकाइदिने, कहिले टोपीको बखान गरेर हैरान पार्ने गर्न थाले । यसले मलाई साह्रै दिक्क बनायो । २।४ दिनपछि  त स्कूल जान पनि अत्यन्तै बोझिलो लाग्न थाल्यो । स्कूल जाने बेला भयो कि साथीहरुको जिस्क्याइ सम्झँन्थेँ । दिक्क लाग्थ्यो । हुँदाहुँदा मलाई स्कूल नै नजाऊँनजाऊँ लाग्न थाल्यो । पढाइमा रस त बसेको थियो तर साथीहरुको व्यवहार भने सहनै गाह्रो । कलिलो केटो, कहिल्यै घर नछोडेको त्यसमाथि पनि माया नगर्ने र जिस्क्याउने साथीहरु । साथीहरुको हेपाइ र जिस्काइले स्कूलभन्दा घर सम्झन थालेँ । मलाई घरको सम्झनाले दिन–प्रतिदिनै सताउन थाल्यो । म पढाइ छाडेर घर फर्कने निर्णयमा पुगेँ । (संस्मरण ‘सिर्कनोदेखि समाधिसम्म’बाट )

No comments:

Post a Comment