Thursday, November 14, 2013

नफेरिएको गरिबी


म एउटा छरितो व्यागमा आफ्ना केही सामानहरू हालेर घरतिर लागेँ । बसबाट गोदार हुँदै पैदल यात्रामा चिसापानी बजारतिर सोझिएँ । बाटोमा कोही साथी भेटिन्छन् कि भनेर यताउता नियालेँ । चिसापानीसम्म कोही पनि भेटिएनन् । चिसापानीमा भेटिन्छन् कि ! आशाले बजारभरि नियालेँ । 
चिसापानी बजार हाम्रो गाउँबाट किनमेल गर्न आउने बजार थियो । कहिलेकाही“ मानिसहरू आवत–जावत गरिरहन्थे ।
साथी भए भने बाटो काट्न सजिलो हुन्छ । गफ गर्दै हिँड्दा समय बितेको र बाटो काटेको पत्तो हुँदैन । एक्लै हिँड्दा पट्ट्यार लाग्छ ।
मैले बजार कट्नै लाग्दा फेरि चारैतिर आँखा दौडाएँ । गाउँमा भरिया काम गर्ने माइला दाइ नुनको भारी हालेर मट्टितेलको राम्रो टिन छान्दै गरेको देखेँ  । मैले उनलाई सोधेँ– ‘घर फर्कने बेला भो माइला दाइ ? कि अझै काम बाँकी छ ?’ उनी मलाई देखेर छक्क परे । 
‘ए, म त कल्ले बोलाउँछ भनेर हेरेको त विवेक बाबु पो र’छ त ! काँबाट बाबु यता ?’ उनलाई म जनकपुर पढ्छु भन्ने थाहा रहेनछ । होस् पनि कसरी ? बिचरालाई कहिले कसको त कहिले कसको भारी बोक्दै ठीक्क छ । गाउँका निम्नवर्गको आर्थिक अवस्था यस्तै हो । यातायातका साधन भेट्न दुई दिन हिँड्नुपर्छ । नुन र मट्टितेल बेलामा वर्षभरिलाई पुग्ने गरी लगेन भने न उज्यालो बाल्न पाइन्छ न तरकारीमा हाल्न नुन नै । वर्षायाममा सकियो भने ऐँचोपै“चोबाहेक विकल्प नै हुँदैन । आफ्नोमा सकिएपछि माग्यो, काम चलायो अनि फेरि ल्याएपछि ति¥यो गर्छन् गाउँलेहरू । 
‘यो भारी चै“ कस्को नि माइला दाइ ?’ मैले माइला दाइलाई सोधेँ ।
‘दोकानको हो । पटवारी बाले साह्रै गरे अनि लगिदिन आ’को । हिजो आ’को, आज फर्कन्छु । भोलि बेल्का बल्ल पुग्गेला ।’ माइला दाइले आफ्नो कुरा गरे । 
‘म पनि एक्लै छु । सँगै जाऊँ ।’ मैले सङ्क्षिप्तमा कुरा टुङ्ग्याएर खाना खान होटलतिर नियालेँ । 
‘खाना खाएपछि म फेरि यै“ आउँछु है दाइ । मलाई छोडेर नहिँड्नु नि ! दाजुभाइ गफ गर्दै जाउँला । आज मेरो पनि घर पुग्ने छाँट भएन । ढिलो भैसक्यो । तपाईंले खाना खानु भो त ?’ 
‘मैले खाइसकेँ । बरु बाबु छिटो खाएर आइहाल्नू ।’ माइला दाइले मलाई हतारो लगाए । 
‘हस् । म छिट्टै आइहाल्छु ।’ म यति भनेर खाना खान होटलतिर पसेँ । खाना खाएर आउँदा माइला दाइ ठीक परिसकेका थिए । हामी दुवै जना बजारबाट बाटो लाग्यौ“ ।
‘बाटो लामो छ । मेरो भारी निकै छ । विस्तारो हिँड्नुपर्छ । बाबुलाई ढिलो होला । छिटो जानुपर्ने भए जाँदा हुन्छ । भरियाको सारमा रित्तो मान्छेलाई काँ सार मिल्छ र ! मेरो त आज त्यै कमलाखुँज पुग्ने सुर छ ।’ 
‘मलाई पनि खासै धेरै हतार छैन । एक्लै यति लामो जङ्गलको बाटो किन जाउँ भनेर साथी खोजेको, तपै“सँग भेट भो । तपै“ पनि एक्लै हुनुहुँदोर’छ, सँगै जाऊँ । राति म पनि तपौ“सँगै बसौ“ला । बरु भोलि बिहान चै“ म अलि छिटो लाग्नुपर्ला । खाना खान घरै पुग्छु । उकालोमा तपै“सँग ढिलो हुन्छ ।’ मैले माइला दाइलाई सँगसँगै जाने कुरा गरेँ । भोलिपल्टको पनि योजना बताएँ ।
हामी चिसापानीबाट चुरेको लाम बगरतिर बढ्यौ“ । गह्रौ“ भारीमा बगरको हिँडाइ । माइला दाइको पायल चप्पलको पिटक्पिटिक् आवाज निर्जन बगरका पर–परसम्म सुनिइरहेको थियो । उनी अघि–अघि, म पछि–पछि । विस्तारै हाम्रो पदचाप चुरेको चुचुरोतिर बढिरह्यो । घरिघरि आवाज, घरिघरि मौनता । हाम्रो यात्रा चलिरह्यो । मनमा अनेक कुरा खेल्न थाले । 
‘कही“ पुलिसले रिपोर्ट बिगारिदियो भने ? विकल्प के होला ? एक पटक पुलिसले रिपोर्ट बिगारेर राजनीतिमा लागेको मानिस भनेर लेखिदियो भने जीवनभर जागिर खान पाइँदैन रे ! कस्तो आपत् ! लाग्ने बेलामा होस गरिएन । बाआमा, हजुरबा कसैका कुरा सुनिएन । ऐले परेन फसाद ! कसरी मिलाउनु होला यो कुरा ? गाउँभरि आकाशेमा लागेको, बहुदलमा लागेको भन्ने थाहा छ । ढाँटेको कुरा काटे मिल्दैन । त्यसमाथि फेरि लिखित पत्रै चाहिन्छ । मौखिकको कुरा भए मिलाउन सकिन्थ्यो । प्रधानपञ्च पनि फेरि जब्बरकै छन् । उनले चाहे त मिल्थ्यो । बहुदल–बहुदल भनेर फलाकियो, ऐले कसरी फेरि झूटो कुरा लेखाइदेऊ, पुलिसलाई मिलाइदेऊ भनेर निहुरिन जानु ? के भन्छन् गाउँका मान्छेले पनि ? पैले त्यत्रो विश्वास गरेर मानिस पछि लागे, ऐले चै“ आफै“ पीपलपाते पो रहेछ भन्छन् होला ! पछि क्यै गर्नु प¥यो भने फेरि गाउँलेले पनि पत्याउँदैनन् । आयु लामो छ । खर्भर एक बीस भएको छैन । बेइमानमा गनियो भने त जीवन बिताउन पनि पो गाह्रो हुन्छ त ! म मनमनै भुट्भुटिएँ । 
निकै बेर चुप लागेको देखेर माइला दाइले मतिर शव्दवाण तेस्र्याए– ‘घरको सम्झना आयो कि क्या हो बाबु ! चुपचाप पो छौ त ! कि क्यै सोच्दै छौ ?’
बाक्लो बालुवाको बगरमा माइला दाइका कुरा चप्पलको आवाजसँगै मिसिएर मेरा कानमा ठोक्किए । माइला दाइले चुनावको कुरा निकाले । मलाई लक्ष्य गर्दै सोधे– ‘त्यो चुनावमा नीलो र पहेँलो छुट्ट्याउन लाएर के गर्न खोजेका थिए बाबु ? चुनाव आ’को यत्रो समय भैस’को, खै गाउँमा त क्यै भा छैन त ! गाउँ चै“ कै’ले फेरिन्छ ? गाउँका डोकानाम्ला कै’ले छुट्छन् बाबु ?’ उनका प्रश्न पेचिला थिए । आफ्नो व्यथा कहिले छुट्छ भन्ने जिज्ञासा थियो । डोको र नाम्लो बोक्दाको पीडा थियो । भारी बोक्ने पेसा थन्क्याएर हलुका काम गर्ने लालसा थियो उनको प्रश्नभित्र । म उनका प्रश्नको जवाफ कसरी दिने भन्ने अलमलमा परेँ । जानेसम्म उनका प्रश्नका उत्तर दिने प्रयास गरेँ तर मलाई उनको चित्त बुझे जस्तो लागेन । लामो सुस्केरा हाले उनले । भारी अलि अग्लो ठाउँमा टेकाउँदै बस्न खोजे । मैले भर दिएँ । भारी बिसाए । 
‘विवेक बाबु, यो पाटी र ऊ पाटी भनेर भोट हालेर त खै हाम्रो गाउँ फेरिएला जस्तो लागेन । तीन पुस्तादेखि हाम्रो गाउँ जस्ताको तस्तै छ । मेरा हजुरबा पनि यै भारी बोक्ताबोक्तै मरे । बाबु यसैगरी मरे । आफ्नो पनि आधा जिन्दगी यै भारी बोक्तै बितिसक्यो । सबैले सपना मात्रै बाँड्छन्, जैल्यै कुरा ठूला गर्छन्, काम चै“ क्वै गर्दैनन् । कै’ले मैलैमैलाको पञ्चायत बनाऊँ भने, कै’ले के भने, कै’ले के भने । ऐले आकाशे र बेसारे भने अब फेरि के भन्ने हुन् ?’ माइला दाइ सुस्केरा हाल्दै चौरमा पल्टिए । 
म उनका कुरा सुनिरहेँ । ढल्केरै उनले फेरि थपे– ‘परार राजा आउँदा पनि धेरै राम्रा–राम्रा कुरा भा’का थिए । हुने बेलामा क्यै भएन । आफ्नु फाटेको टोपी उस्तै छ, टालेको सुरुवाल जस्ताको तस्तै छ । गाउँको परिवर्तन र विकास त सपना मात्रै पो हुने भो त ! बरु ऐले बेपत्तासँग जङ्गल फाँडेर सिध्याए । गाईवस्तु पालेर गुजारा चलाउनेहरूलाई पनि अब त गाह्रो हुन थालो । गरीबको जीवन कैल्यै उँभो नलाग्ने भो विवेक बाबु ।’ माइला दाइले निराशाको लामो सुस्केरा हालेर खुइय गरे । 
माइला दाइलाई जवाफ दिने मसँग खासै कुरा थिएनन् । आदर्श र सपना नै थिए मसँग पनि । हरेक पार्टीका कार्यकर्तालाई जनतासित काम गर्दा यस्तै अप्ठेरो पर्छ होला जवाफ दिन । जनताका आवश्यकता धेरै छन्, पहुँच र स्रोत कम छ । त्यसमा पनि बेइमानी र भ्रष्टाचार जोडिएको छ । के भन्नु र यिनलाई बिचरा ! पीडा र व्यथा हरेक मान्छेसँग छन्, समाधान अनिश्चित छ । राजनीतिक पार्टी को आयो, कुन गयोसँग यी माइला दाइलाई के वास्ता ? यिनको त टोपी नयाँ हुनुपरेको छ । भोटो, कछाड र सुरुवाल नयाँ लाउन पाउनुपरेको छ । पञ्चायत र बहुदलको यिनलाई के सरोकार ? गाउँमा विकास भए, सुविधा पुगे यिनले जहाँ भन्यो, त्यही“ भोट हाल्छन् । बिचराको तीन पुस्तादेखि त्यस्तै जीवन छ । केही फेरिएको छैन । भाषण मात्रै सुनेका छन् यिनले । 
मसँग माइला दाइलाई दिने कुनै जवाफ फुरेन । एकछिन चुपचापै लागिरहेँ । विस्तारै मैले उनीतिर लक्षित गर्दै भनेँ– ‘राजनीति सुध्रिन र देश बन्न धेरै समय लाग्छ दाइ । हामीसँग दिमागको पनि गरिबी छ, धनको पनि गरिबी छ । दिमागमा गरिबी भएपछि जीवनको गरिबी छुट्तो रै’नछ । हामीले दिमागको गरिबी निकाल्ने र सम्मान जगाउने नेता पाएनौ“ । जो आए, ती सबै एक न एक प्रकारको बदलाको भावना मात्रै लिएर आए । अघिल्लोलाई सिध्याउने ध्याउन्न मात्रै भो । सबै यै देशका बासिन्दा हुन्, क्षमा र सरण आवश्यक छ भन्ने सोच पलाएन । उनीहरूको गरिबी हामीले देख्नेभन्दा डरलाग्दो थियो । आफै“ गरीब भएपछि गरिबी छुटाउन काम गर्न सकेनन् ।’ मेरा कुरा सुनेर माइला दाइ झस्के । 
‘त्यत्रा महल र सहरमा बस्ने मान्छेहरू कसरी गरीब हुन्छन् र बाबु ?’ 
‘हुन्छ दाइ । मनको गरिबी धनको गरिबी भन्दा डरलाग्दो हुन्छ । बदला लिने, ईष्र्या र अहङ्कार तुष्टि गर्ने आकाङ्क्षाको गरिबी, पद पाए भने अझ ठूलो पद पाइयोस् र यो रहिरहोस् भन्ने गरिबी, धन कमायो भने अझ बढी कमाउन पाइयोस् भन्ने गरिबी । गरिबी थरीथरीका छन् दाइ । पाएर पनि नपाए जस्तो गर्नु र थारै पाएकोमा अझ धेरै पाउन खोज्ने पनि गरीब नै हुन् माइला दाइ । हामी त धनका मात्र गरीब हौ“ । उनीहरूसँग त झन् धेरैथरीका गरिबी छन् । ती गरिबीबाट उनीहरू उम्कन सकेका छैनन् । त्यसैले हाम्रो गरिबी पनि घटाउन सकेनन् ।’ 
‘किन यस्तो भो त बाबु ? हामी त तिनीहरू ठूला मान्छे हुन् भनेर पो मान्थ्यौ“ त ! हैनन् त त्यसो भा ?’
‘हाम्रा नेताहरूको दिमाग आफूसँग भएन । दिमाग अन्तै राखे शरीर यहाँ राखे । दिमाग धेरैले दक्षिणमा राखेका छन्, केहीले उत्तरमा राखेका छन् अनि केहीले समुद्रपारि राखेका छन् । दिमाग अरूबाट लिएपछि सोच्ने पनि उतैको तरिका हुँदोर’छ । दिमागमा दासत्वको भावना बोकेकाले हाम्रा नेताहरूको मनमा पनि त्यही दासता छ दाइ । हामी आफै“ गर्न सक्छौ“ भन्ने नेता जन्माउन सकेनौ“ हामीले । अलिअलि राम्रो सङ्केत देखिएका थोरै नेताले कामै गर्न पाएनन् । पाएकाहरू सबै अदूरदर्शी र बेइमान भए । राम्रो र भलो कुरा सोच्न सकेनन् यिनले । जोसँग म दास हुँ भन्ने भावना हुन्छ, उसले आफ्नो भविष्य आफै“ बनाउन सक्छु भन्ने दूरदृष्टि राख्नै सक्दोरै’नछ । दूरदृष्टि नभएपछि कसरी फेरिन्छ र दाइ हाम्रो जीवन ? हामी हरायौ“ । मैले जानेको कुरा त यस्तो छ दाइ ।’
माइला दाइ गाउँको स्कुलमा अक्षर चिनेका मान्छे थिए । भरिया नै भए पनि उनी कहिलेकाही“ गहिरा कुरा गर्थे । सबैलाई छक्क पार्थे उनी । हलो जोत्दा होस् कि भारी बोक्दा होस् उनी आफ्नैखाले कुरा गर्थे । मलाई उनीसँग कुरा गर्दा रमाइलो लाग्थ्यो । आज पनि उनीसँग कुरा गर्दा मलाई यस्तै अनुभव भइरहेको थियो । 
माइला दाइले खल्तीबाट पहलमान ब्रान्डको बिँडीको मुठो र सलाईको बट्टा निकाले । मेरा कुरामा ध्यान दिएकै थिए । एउटा बिँडी मतिर तेस्र्याउँदै भने– ‘लिनुहुन्छ कि ?’ 
मैले बिँडी नखाने कुरा बताएँ । उनले सलाई कोरे र बिँडी मुखमा च्यापेर सल्काए । बिँडीको लामो सर्को तान्दै भने– ‘नयाँ कुरा क्यै भएनन् । गाउँको कसैले वास्ता गरेन । माननीयहरू पनि खालि कुरा मात्रै गर्छन् । गाउँ आउने, गाउँको कुरा गर्नेतर्फ उनीहरूको चासै छैन । सहर–सहर घुम्छन् अनि भोट माग्ने बेलामा गाउँमा आउँछन् । यस्तो तालले त के होला र खै !’ माइला दाइले निराशा पोखे । बिँडीको खारिलो धूवाँमा माइला दाइ पर–पर हेर्दै घेरिए । म उनका कुराले गम्भीर भएँ ।
‘०१५ सालको चुनाव मलाई अलिअलि था’ छ । म सानै थिएँ । बाले भोट हाल्न जाँदा म पनि हेर्न गा’को थिएँ । त्याँदेखि ऐलेसम्म अरू ठाउँ काँ पुगिसके, हामीभन्दा गरीब देशहरूले कत्रो विकास गरेको सुन्छु । तर हाम्रा सुत्केरी आमाहरू नानी पाउन नसकेर मरेकै छन्, ज्वारोले थलिएर बच्चाहरू खसेका छन्, हर्पेमा घिउ र टेबुलमुनिबाट १०–२० नदिई अड्डाको काम कैलै हुँदैन । जस्ताको तस्तै छ बाबु हाम्रो देश बीसौ“ वर्षदेखि । अब तपै“हरू पढे–लेखेकाहरू बढेर क्यै गर्नुस् । हाम्रो जिन्दगी त भारी बोक्तै बित्ने भो । मासी छउन्जेल त भारी बोकिएला, बुढेसकाल लागेपछि पो गाह्रो पर्ने भो । भारी छोडेका दिनदेखि भोकै मरिएला जस्तो छ ।’ माइला दाइ पर–पर हेर्दै टोलाए । मैले उनको त्यो टोलाएको अनुहारमा हेरिरहेँ । भित्रभित्रै मन त्यसै अमिलिएर आयो । बोल्न खोजेँ । गला अवरुद्ध थियो । साँच्चै मार्मिक थिए माइला दाइका कुरा । 
सहरमा बसेर भाषण छाँट्दा त मजै हुन्थ्यो । राम्रो भाषण गरेको आत्मरतिमा आफै“ रमाइन्थ्यो । जिम्मेवारीविहीन भाषण गरेर ताली खान सजिलो छ । जनताका दैनिक जीवनमा आउने समस्या पार लगाउनुपरेको दिन यही हालत हो । त्यसैले जिम्मेवार नेताले नपुग्ने भाषण गर्दैनन् । हाम्रा नेता भन्ने बेलामा जे पनि भन्छन् । महत्वाकाङ्क्षा जगाइदिन्छन् । सोझासीधा जनता पत्याएर पछि लाग्छन् । पु¥याउन नसक्दा निराश हुन्छन् । यी माइला दाइले के बिराएका थिए र यस्तो दुःख र निराशा बोकेर बाँच्नुपरेको होला ? विकास गर्न चाहिने साधन र स्रोत सबै छ हामीसँग । पैसा त योजना र मेहनतले ल्याउने कुरा रहेछ । योजना र बोलीमा इमानदारिता भएका नेता पाएका भए हामी पनि संसारमा धनी देश बन्ने सामथ्र्य राख्थ्यौ“ होला । तर शताब्दी बित्यो, हामीले नेता पाउन सकेनौ“ । मैले मनमनै जनकपुर कलेजको विद्यार्थी युनियनको चुनावमा गरेको भाषण र माइला दाइका कुरालाई एक पटक एकै ठाउँमा राखेर नियाल्ने कोसिस गरेँ ।

No comments:

Post a Comment