Thursday, November 14, 2013

धर्म, राजनीति र मान्छे

दिउँसोको समय । बाले जनकपुर घुम्ने विचार गर्नु भयो । म, बा र विजया जनकपुर घुम्न निस्कियौ“ । भानु चोक, स्टेशन रोड, जनकचोक, धनुष सागर, गंगा सागर, साँघुरो गल्लीको पुरानो बजार अनि जानकी मन्दिर । हामी जानकी मन्दिर अगाडिको सानो पार्कका थकाइ मार्न पस्यौ“ । चारैतिर थरिथरिका फूलहरु फुलिरहेका थिए । केही जोडी केटाकेटीहरु पार्कका छेउछाउमा गुडुल्किएर अँगालोमा बाँधिएका थिए । एउटा जोगी कङ्कड हातमा लिएर सुल्पा तान्दै थियो गाँजा भरेर । एक हुल केटाहरु वरिपरि झुम्मिएका थिए । हामी अप्ठ्यारो मान्दै थकाइ मारिरहेका थियौ“ । 
जानकी मन्दिरको हाम्रो अगाडि थियो । पूर्व भारत टिकमगढकी महहारानी बृष भानु कुमारीले नौलाख खर्च गरेर बनाइ दिएको यो मन्दिर हिन्दूहरुको आस्थाको केन्द्र थियो । नेता, व्यपारी, लुच्चा, लफङ्गा, चोर, बदमास, हुल्याहा, भ्रष्टाचारी सबैका कामना पूरा गर्ने पवित्र तर स्थल थियो त्यो मन्दिर । एक हुल पछौटेहरु पछुवा लाएर थरिथरिका नेता, व्यापारी, कर्मचारीहरु बेलुका–बिहान एकपटक जानकी मन्दिर आउँथे । विचित्रकै थियो यो मन्दिर पनि । चोरका पनि इच्छा पुर्याइ दिने अनि साधुका पनि । व्यापारीका पनि र उपभोक्ताका पनि । गरिबका पनि अमीरका पनि । एक थोक दिनु नि ! सबैलाई चाहे जस्तो सबै कुरा कसरी बाँडेको होलान् यो मन्दिरभित्रका देवताले ? म सानो हुँदा मनमा खेल्ने अनेक कुराको सम्झनामा बिलाएँ । विजया पनि पार्कका रमितामा भुलिन् । 
बा एकातिर फर्केर जनकपुरकै चुरोट कारखानाले बनाएको गैडा चुरोट हातमा च्यापेर मस्तसँग तानिरहनु भएको थियो । सर्वसाधारणको ब्राण्ड थियो त्यो गैंडा चुरोट । मज्जाले धुवाँ उडाउनु भयो बाले । म अलिपर सरेर बसेँ । विजयाले बासँग पुराण, मठ, मन्दिर, मस्जिद, गिर्जाघर, गुरुद्वारा, धर्मग्रन्थबारे जिज्ञाशा राखिन् । 
बाले चुरोटको सर्के अलि लामो गरी तान्नुभो । विजया र मतिर फर्केर भन्नु भो– ‘पैले के का कुरा गरौ“ त ? तिम्रा कुराको जवाफ अलि लामै हुने जस्तो छ । पैले पुराणका कुराबाटै शुरु गरोँ है त !’
हातमा भएको चुरोटको ठूटो भुइँमा ठोस्तै बा हामीतिर फर्किनु भयो । ‘हाम्रा पुराणहरु कसैले कल्पना र व्याख्या गरेर एकैजनाले एकै समयमा पलेँटी कसेर लेख्या हैनन् । लामो तपस्यामा लागेका र गइरोगरी अन्तस्करणसँग गाँसिएको अवस्थामा भित्रैबाट आएका अनुभूतिका सूत्रहरु हुन् । तिनलाई कैयौ“ पुस्तासम्म भन्दै र सुन्दै, सुनाउँदै केइ ऋषि र सद्गुरुहरुले जीवित राखे । पछि कुनै समयमा आएर कुनै जानकार साधकले भविष्यका लागि सूत्रबद्ध गर्यो । ती सूत्रबद्ध गर्ने व्यक्ति आफ्नो अन्तस्करण शुद्ध पारिसकेका कुनै जानकार व्यक्ति (व्यास) थिए । उनले लेखेर सूत्रबद्ध गरेका कुराहरुलाई पछिका अरुअरुले कथा र घटना जोडेर व्याख्या गर्दै गए । आफ्नो रुचि, विद्वता र समझ अनुसार व्याख्या गर्दै गए । थप्दै पनि गए । 
विस्तारै विस्तारै गहिरोसँग अनुभूतिमा गाँस्नुपर्ने साधनाको पक्ष गौण हुँदै गयो । व्यख्या र विश्लेषणका सहयोगी बनाउन कथिएका रमाइला कथाहरु मुख्य भए । आफ्नो ज्ञान जति छ त्यै आधारमा अनेक व्याख्याकारहरुले व्याख्या शुरु गरे । अक्षरहरु पढ्दा जे बुझिन्थ्यो त्यस्को अर्थ लगाए । भित्री आशय के थियो त्यल्लाई बुझ्न उनीहरुमा न लगन थियो न ज्ञान । न धैर्य थियो,  न विवेक । अक्षरको अर्थ गर्दा अनेक अर्थ गरिए । कथाहरु जोडिए । ती कथाको पनि व्यञ्जनार्थ खोजिएन । शब्दार्थ मै काम चलाउन थालियो । त्यसैले ज्ञानी पुरुषका कुरा, पुराण र धर्मग्रन्थको पाण्डित्यपूर्ण व्याख्यामा बेमेल भो ।’
बा पुराणबारे व्याख्या गर्दै विस्तारै गम्भीर हुँदै जानु भयो । मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीहरु ओहारदोहोर गरिरहेका थिए । हामी घरिघरि त्यो पनि नियालिरहेका थियौ“ । फेरि प्रसङ्ग जोड्दै बाले भन्न थाल्नुभयो– पण्डित र पादरी, मुल्ला र लामाहरुका व्याख्यानका मीठा कथा सुनेर मानिसहरु भावनामा आउन थाले । त्यस्लाई हेरेर व्याख्यान दिनेहरुले मान्छेहरुका झुण्ड आफूसँग टिकाइराख्ने उपाय खोजे । अनेक परम्परा र संस्कृतिका तानावाना तयार गरे । मान्छेलाई एक न एक परम्परा र संस्कृतिमा आबद्ध गरे । त्यसरी आबद्ध गरेपछि संगठन बनाउन सजिलो भो । संगठन भएपछि एक अर्कामा म राम्रो, तँ नराम्रो, म ठूलो तँ सानो भन्ने हुन थाल्यो । त्यसले अब मानिसको विवेक र ज्ञानमा सुधार होइन विभाजन र प्रतिस्पर्धा गर्दै राजनीतिलाई सयोग पुर्यायो । धर्म र राजनीति एकापसमा जोडियो ।’
‘अनि ?’ मैले जिज्ञाशा बढाएँ । 
‘राजनीति जैले पनि प्रतिस्पर्धामा आधारित हुन्छ । यस्ले एउटा खास समूहको मात्रै हित खोज्छ । अर्कोभन्दा ठूलो देखिनमा मजा लिन्छ । राजनीतिले कैल्यै जोड्दैन मान्छेलाई । जैले पनि एक वा अर्कोमा फुटाइरहन्छ । विभाजनको अन्त्य राजनीतिबाट हुन सक्दैन । ऐले हामीले मान्ने धर्मले पनि त्यै गर्या छन् । मन्दिर मान्नेले मस्जिदलाई घृणा गर्छ, गिर्जाघर मान्नेले मन्दिर र मस्जिदलाई घृणा गर्छ ।  मन्दिर र मस्जिद मान्नेहरु धार्मिक होइनन् अहङ्कार ी हुन् । आफूलाई धार्मिक हौ“ भन्ने देखाउन चाहने अहङ्कारी । त्यसभन्दामाथि उठेको मान्छे मात्रै धार्मिक हो । मन्दिर, मस्जिद, गिर्जाघर, गुरुद्वाराहरु मान्छेभित्रै छन् । खोज्न सक्नुपर्छ । पुराण हाम्रा दिमागमै छन् खोतल्न जान्नुपर्छ । पहिरन र पोसाकमा धार्मिकता खोजेर, मन्दिर र मूर्ति, गिर्जाघर र गुरुद्वारा धाएर मान्छेले आफै“भित्र भाको भगवान, ईश्वर, अल्लाह, गुरु, यहोवा सबैलाई बिर्सियो । आफूभित्र खोज्न नसक्नेका लागि अनेक व्यक्तिले मान्छेको स्वरुपको मूर्ति बनाउन लगाए । कसैले आफ्नै अनुहारका, कसैले काल्पनिक स्वरुपका । त्यसलाई पूजा गर्यो भने धर्म हुन्छ भनिदिए । अबुझहरुले सजिलो बाटो पाए । सजिलोतिर लागे अबुझ झुण्डहरु । आफूभित्र खोज्ने काम गरेको भए मान्छे एउटै हुन् भन्ने समझ आउँथ्यो । मान्छेभित्रै छन् ईश्वर र भगवान् भन्ने जान्दथे । मान्छे जोडिन्थे । सबै मान्छेको स्वरुप भिन्न हो, भित्र एउटै तत्व छ भन्ने बुझ्थे । त्यसो भएको भए आज मान्छे अर्कै हुन्थ्यो । राजनीति पनि यति भ्रष्ट हुँदैनथ्यो । हामी मूर्ति र मन्दिरमा पूजा गर्दागर्दै आफूलाई बिस्र्यौं । मान्छे हैन जात, धर्म, वर्ण, लिङ्ग भयौ“ । देश र प्रान्त भयौ“ । मान्छे चै“ भएनौ“ । त्यसलाई छोड्यौ“ । यसभन्दा माथि उठ्यो भने बल्ल राजनीतिमा विवेकको प्रवेश हुन्थ्यो । भेदभाव, इष्र्या र प्रतिस्पर्धा कम हुन्थ्यो ।’ म र विजया बाका कुरा सुनिरह्यौ“ क्यै बोलेनौ“ । 
बाका कुरा सकिएका थिएनन् । फेरि थप्नु भो– ‘माक्र्सले धर्मलाई अफिम भनेर घृणा गरे । गइराइमा कुरा नबुझिकन धर्मलाई अफिम भनिदिए । उनले धर्म भनेको आजका सम्प्रदायका विभाजनलाई र मानिसका ढोँगी झुण्डलाई बुझे । त्यसैले उनले धर्मलाई अफिम भने । एक प्रकारको नशा । त्यही“ गल्ती भयो । धर्मको चुरो अन्तज्र्ञान र विवेक जागृतिपछि आउँथ्यो । त्यसका लागि गहिरो तपस्या र साधना चाहिन्थ्यो । त्यो गर्नेतिर मान्छेहरु लागेनन् । अनि ढोँग र पाखण्ड हावी भयो । एउटा सम्प्रदायले अर्कोलाई घृणा गर्नुपर्छ भन्ने बुझ्यो । मानिस विभाजित भयो । धर्म वास्तवमा अफिम होइन रसायन हो । हामीले धर्म भनेको कुरा त राजनीतिक पार्टी जस्तै एकएक परम्परा र संस्कृति मान्ने, एक अर्कालाई घृणा गर्ने मान्छेको सम्प्रदायिक समूह हुन् ।’
बाको कुरा सुनेपछि विजयाले थपिन्– ‘त्यसो भा त हामीले भन्ने गरेका धर्महरु त साम्प्रदायक पो रछन् हगि बा ?’
‘तिमीले ठीक भन्यौ । धार्मिक भएपछि त मानिसले त्यसो गर्नै सक्दैन नि ! हिन्दूले इसाइ, इसाइले मुसलमान अनि मुसलमानले अरुलाई घृणा गर्न थालेपछि र सबै आफू ठूलो भनेपछि त धर्मले कसरी सदाचार विकास गरोस् ! माक्र्सले यसको चुरो बुझेकै थिएनन् । आधा बुझेका कुरा खतरनाक हुन्छन् । संस्कृतमा एउटा भनाइ छ– अल्प विद्या भयंकरी । माक्र्सको बुझाइ अल्प थियो । धर्म मान्ने मानिसका लागि यी जानकी मन्दिरजस्ता मन्दिरहरुको कुनै कामै छैन । उनीहरुका लागि अन्तस्करण नै महत्वपूर्ण हुन्छ । चेतना जागृती महत्वपूर्ण हुन्छ । धार्मिक मान्छेले सधै“ आफूलाई सामान्य मान्छे मात्र देख्छ । आफै“भित्र भगवानको रहस्य देख्छ । सामान्य मान्छे भएपछि काँ अहङ्कार  हुन्छ ? अहङ्कार  नभएपछि काँ घृणा हुन्छ ? प्रसंशा र घृणाभन्दामाथि उठेर सबैलाई समान रुपमा मान्छे मान्न थाल्यो भने मात्रै त्यो मान्छे धार्मिक हुँन्छ । मन्दिर, मस्जिद, गिर्जाघर धाउनाले मात्रै धार्मिक भइँदैन । ती त केवल साधना घर हुनुपथ्र्यो । भगवान् बन्ने चेतना, ईश्वर बन्ने चेतनाका केन्द्र हुनु पथ्र्यो । त्यसो भएन । ती सबै आकांक्षा पूरा गर्ने केन्द्र भए । यस्ता केन्द्रहरु र यसभित्रका गतिविधिको धार्मिकतासँग कुनै सम्बन्ध छैन । छ भने त्यसको सम्बन्ध केवल राजनीतिसँग छ ।’  बाले हामीलाई धर्म र राजनीतिको सम्बन्धको गोप्यता बताउनु भयो । म बाका कुरा सुनेर टोलाइ रहेँ ।
‘त्यसो भा’ यी मन्दिर, मस्जिद, गुम्बाको कुनै काम छैन त ?’  
‘छ । तर त्यसको उपयोग कसरी भा’को छ त्यो महत्वपूर्ण छ । मानिसले मन्दिरमा ढोगेर चिताएको फल पाइन्छ भन्ने सोच्यो । पुजारी र महन्तले त्यसलाई धन कमाउने उपाय सम्झे । पण्डितहरुले त्यसलाई आस्थाको केन्द्र बनाएर खाने मेलोमेसो बनाए । अनेक कथा जोडे । ताल न सुरका कुरामा मान्छेलाई भ्रामक जानकारी दिए । त्यस्ता पण्डितका व्यख्यानका पुराण सुनाएर मान्छेले म धार्मिक भएँ भन्ने सम्झे । आफूभित्रको चेतना र व्यवहार जस्ताको तस्तै रह्यो । सहयोगी भाव, शान्ति र आनन्द टाढा भए । अहङ्कार र संस्कार प्यारो भयो । त्यही देखेर माक्र्सले यसलाई अफिम भने । यसरी यिनको प्रयोग हुने हो भने वास्तवमा यो अफिमभन्दा पनि खतरनाक छ । यो त अफिम मात्र होइन कोकिन र हिरोइन हो । पाखण्डको हिरोइन । मान्छेका लागि यो सबैभन्दा खतरनाक तत्व हो ।’
बाका कुरा सकिएका थिएनन् । हामी विस्तारै चल्मलाउन थाल्यौ“ । बा पनि विस्तारै उठ्नु भो । हामी जानकी मन्दिरको वरिपरि निकैवेर घुमिरह्यौ । मन्दिर साँच्चिकै सुन्दर थियो । मुगलकालीन वास्तुकलाको अनुपम कलाकृति थियो त्यो मन्दिर । बाले त्यसलाई हेर्दै भन्नुभयो– यति भव्य र आकर्षक मन्दिरलाई मानिसको चेतना विकासको विश्वविद्यालय बनाउन पाए कति राम्रो हुन्थ्यो । त्यसो गर्र्न हाम्रो भीरुताले दिँदैन । हामी ज्ञानका कुरामा ठगिएका छौ“ । भ्रामक जानकारीमा अल्झेका छौ“ । व्यर्थका कुरामा हाम्रो ध्यान छ । चेतना र ज्ञान बढाउने कुरामा हाम्रो कुनै चासो छैन । हजारौ“ वर्षदेखि मानिसको चेतनाले यसैगरी हैरानी खेपिरहेको छ ।’
हामी विस्तारै जानकी मन्दिरबाट राम मन्दिर हुँदै धनुषसागरतिर लाग्यौ“ । जनक चोकमा रहेको सानो जनक मन्दिर हेर्दै बाले भन्नु भो– ‘जनकको मन्दिर हुनुपथ्र्यो त्यो जानकी मन्दिर । जनकपुरका श्रीपेच हुन् जनक राजा । राजा भएर पनि सन्त हुन सक्ने, बुद्ध हुन सक्ने क्रान्तिकारी व्यक्ति । जनक बुद्धभन्दा पनि माथिल्लो स्तरका मान्छु म । बुद्धले संसारलाई धेरै कुरा दिए । उनले ज्ञान पाउन राजपाट नै छोडे । तर जनकले राजकाज गर्दागर्दै ज्ञान पाए । बुद्धत्व प्राप्त राजा, राजर्षि । यस्ता राजर्षि संसारमा विरलै भेटिन्छन् । यिन्लाई मानिसले महत्व दिएनन् । प्रमाण यै हो । मान्छेको चेतना वरदान माग्नमा छ । आफूभित्रको असाधारण र अदृश्य क्षमता विकासका संभावना खोज्ने कुरामा छैन । भएको भए सबै मानिसमा बुद्ध बन्ने क्षमता छ । संभावना छ । जनक बन्ने पनि संभावना छ । तर त्यतातिर लाग्न चाहँदैन मान्छे । आफ्नै धुनमा छ । आफै“ले जानेको सही मानेर बस्या छ ।’ 
बाका कुरा सुन्दासुन्दै हामी कोठामा आइपुग्योँ । बाको लामो दर्शन, शास्त्र, मन्दिरको व्याख्याले धेरै कुरा जान्ने मौका मिल्यो । कोठामा फर्केर खाजा खाइसकेपछि बाले सि.डि.ओ.काहाँ जाने मन गर्नुभो । मैले सि.डि.ओ.कहाँ बालाई छोडेर फर्कें ।

1 comment:

  1. Nice article!!!!!! I enjoyed reading it!!!

    ReplyDelete