Thursday, January 7, 2016

शिव प्रकाशको ‘घागी’ भित्र पस्ता

२०७२ पुस १८ गते, अमेरिकाबासी नेपाली लेखक शिवप्रकाशको दोस्रो कथा संग्रह ‘घागी’ को विमोचन भयो नेपाली स्वास्थ्य क्षेत्रका स्वनामधन्य व्यक्तित्व डा. गोविन्द केसीबाट । नेपाली मनका लेखकबाट अमेरिकी परिवेशमा सिर्जित २२ ओटा कथा सङ्ग्रहमा मेटिएको देखिन्छ सरसरती हेर्दा ।

जसरी शिवप्रकाश आफ्ना कथामा प्रायोगिक देखिन्छन्, विमोचनमा पनि उनी प्रयोग गर्न अघि सरे । विमोचनकर्ताले कथा संग्रहका बारेमा एक शब्द नै नबोली कार्यक्रम समापन गरियो भने मञ्च खडा गरेर कसैलाई वक्ता भनेर अगाडि राख्ने काम पनि गरिएन । यस अर्थमा यो कार्यक्रम सबै पाठक र दर्शकको कार्यक्रम रह्यो । एउटा नौलो अनुभव दिए शिवप्रकाशले विमोचन परम्परालाई । 

सरसर्ती पढ्दा संग्रहभित्र दुईथरि कथा छन्– प्रचलित लेखन परम्परामा आधारित र प्रायोगिक लेखनमा आधारित । घागी जसरी देख्ता एकथरि र त्यहाँ पस्ता अर्कैथरि हुन्छ, ठीक त्यस्तै छन् शिवका कथाहरु पनि ।
कथा भन्ना साथ हाम्रो  मनमा जेजस्तो संरचना, स्वरुप र पात्रको कल्पना आउँछ त्यस्ता मात्र हैनन् उनका कथा । कथा पढ्दै जाँदा लेखक कुनै कल्पनालोकमा बसेर लेखिएको जस्तो नलागेर हिँड्दाहिंड्दै, बस्तावस्तै र खाँदाखाँदै अनि  हेर्दाहेर्दै लेखिएका हुन् कि झैँ अनुभव हुन्छ ।

कुनै कुनै कथा अकथा,  निबन्ध, मनोवाद जस्ता पनि लाग्छन् । पात्रसँगै घटना र विचारलाई गुँथेर सधैँ आख्यानको पेटारोमा पाठकलाई जेलिरहन आवश्यक ठान्दैनन् शिवप्रकाश । उनी मानिसका कुना, कन्दरा, अँध्यारोलाई  अभिव्यक्त गर्न स्वतन्त्र उडान गर्न मन पराउँछन्, सूर्यको प्रकाशले ओझेलमा भएपनि उज्यालो पुर्याएजस्तै गरी । 

व्यंग्यको प्रधानता शिवप्रकाशको निजत्व हो । चाहे प्रचलित संरचना र शैलीका कथामा होओस् वा पायोगिक दुवैथरि कथामा उनको व्यंग्यचेत छताछुल्ल भएर पोखिएको छ । त्यही व्यैग्य गर्दा गर्दै सुटुक्क सन्देश छिराइहाल्न पनि माहिरछन् शिव। कथाको निस्कर्ष र सन्देश खोतल्न अाँखिभौं खुम्च्याउने आवश्यकता छैन उनका कथामा उनी सुटुक्क खोलिदिन्छन् । त्यसैले उनका कथाको सन्देश– ओपन सेक्रेट छ ।

शिवका कथाको परिवेश नेपाल र अमेरिका भूमिको सामाजिक र साँस्कुतिक परिवेश हो । उनका  पात्रहरु या त नेपालबाट अमेरिका पुगेका र त्यहाँको परिवेशमा घुलमिल हुन कोशिस गरिरहेका छन् या त अमेरिका पसेकाहरु सँग सम्बद्ध तर नेपालमै बसिरहेकाछन् । जो अमेरिकामा छन् तिनमा नेपालीपन मेटिँदै गएको छ, अमेरिकी परिवेशमा रम्न प्रयास गरिरहेका छन् । लेखक ती पात्रलाई लुकेर हेर्छन् र उनीहरुका गतिविधिको सूक्ष्म निगरानी गर्दछन् प्रायः सबै कथामा । त्यसैले कथाका पात्रहरु पूर्ण स्वतन्त्र हुदाँहुदै पनि धरिधरि निर्देशकको संकेत र आदेश मानिरहेका हुन् कि जस्ता लाग्छन् । 

वैचारिकता शिव प्रकाशका कथाको आधार हो । मानिसभित्रका कुरुपता, अनाचार, अमानवीय सोचाइ, देशप्रेमको अभावले लेखक व्यथित छन् । त्यसको प्रतिबिम्ब छ उनका सबैजसो कथामा । अमेरिकी समाज र संस्कृतिका विविध पाटाहरुलाई नेपाली मन र नेपाली आँखाबाट केलाउन्न खोज्छन् शिव । त्यसैले उनलाई त्यो टाढाको भूमिमा रहँदा पनि नेपाली माटो, नेपाली भाषा, नेपाली संस्कृति र नेपाली संस्कारप्रतिको मोह अझै छ । रगतमा दौडिएको नेपाली संस्कार र सांस्कृतिक चेतनाको अभिव्यक्तिले उनका कथा भरिएका छन् ।

जीवन बाँच्नको बाध्यतामा आफुले अंगीकार गरेको मानवीय र सांस्कृतिक पक्षलाई चटक्कै छोड्नेहरुको गतिविधिसँग शिव पटक्कै सहमत छैनन् । जब उनी त्यस्ता अटपटा गतिविधि देख्छन् अनि कथा लेख्न कास्सिन्छन् भन्ने देखाउछन् बेबिसिटर, बौलाहाको दसँ,ै सपनाको घोडा अदिजस्ता कथाले ।

शिवलाइ साहित्यकार बनेर वाहवाहीको तालि खोज्न हतारिनेप्रति घृणा छ । मेरो देशको कथा, उल्टो सत्य आदि कथामा यसलाई कलात्मक अभिव्यक्ति दिने प्रयास गरेका छन् ।

मानिसको मनोविज्ञानलाइ कथामा उतारेर मानिसभित्रको मानिस खोज्ने नयाँ शैलीको प्रयोगमा छन् शिवप्रकाश । अल्मा, कल्की, वेविसिटर, विनिर्माण, प्रेद्रोलुजा, धागी, नदी किनारको रुखमा पात्रको मनभित्र डुबुल्की मार्छन् र उनीहरुभित्रका मनोदशालाई निकै मसिनो गरी खोतल्छन् । तर, त्यो डुबुल्की मार्ने तरिका भिक्षु, गोठाले, विजय र विपीको भन्दा अलि भिन्न देखिन्छ । उनी प्रच्छन्नभन्दा अलि स्पष्ट चित्रणमा रुचि राख्छन् । 

यति हुँदाहुँदै पनि शिवका कथामा केही संरचनागत र केही सन्देश र बिचारको हतारो भने नखट्किरहँदैन । कहीँ त लेखक हतारिएर दार्शनिकका रुपमा उभिएर अर्ति दिन आपँैm अघि सर्छन् । पात्र र परिवेशबाट घरिघरि उछिट्टिएर मञ्चमा भाषण थर्न पुगेको उपदेशक भैm हतारमा उभिइहाल्छन् लेखक । उनलाई हतारो छ मानिसलाई सुधार्न, देशलाई उन्नतितिर लैजान र देशभक्तिको भावना प्रसार गर्न । त्यसैले उनी एक एब्स्ट्रय्राबाट डायरी पल्टाएर मान्छेको अँध्यारोलाई झटारोले हानेर हुत्याउने कोशिसमा लाग्छन त कहीँ मनोवादमा  पुगेर आपँैmभित्र  मसिनोगरी आत्मसंवाद गर्न पुग्छन् । 

मिहिन रुपमा पात्र, परिवेश र घटानाको संयोजन गरी पाठकको मथिङ्गल नै झक्कक्याउर्ने गरी व्यंग्यको झटारो हान्ने अल्मा, कल्की, वेवीसिटर, विनिर्माण, पेद्रो लुजा, घागी, जीवनपट, नन्दा, शोकधुन, पासवर्ड, नदीकिनाराको रुख, ढिस्कोजस्ता कथाहरु एकातिर छन् अर्कोतिर मेरो देशको कथा, पाश्र्वपात्र, मान्छेभित्रको मान्छे, अनाम डायरीका अव्स्ट्«याक्ट पाना, उल्टो सत्य, श्रद्धञ्जली, सिलासिला आदि कथा र निबन्ध वा प्रवन्धको दोसाँधका रचना जस्ता लग्ने प्रायोगिक कथा पनि छन् । तिनले आपूmलाई कथाको परम्परागत संरचना, शिल्प र शैलीभन्दा पर पुर्याएकाछन् । त्यसैले ती कथाभित्रका अकथा जस्ता लाग्छन् । 

घागीभित्र डुबुल्की मार्दा पाठकले कथा पढ्नुको आनन्द र कलात्मकता मात्र पाउँदैन, विचारको गह्रौँ भारी बोकेर लेखक स्वयम् पाठकलाई केही भनिहाल्ने हतारोमा रहेको अनुभव पनि गर्न बाध्य हुन्छ । बेबि सिटर, पेत्रो लुजा, कल्की, बहुलाको दसैँ जस्ता कथा लेख्ने लेखकले अनाम डायरीका अब्स्ट्रयाक्ट  पाना, मान्छेभित्रको मान्छे, पाश्र्वपात्र जस्ता कथालाई पनि किन यस संग्रहमा राखे होलान् भन्ने कुरामा भने पाठक रन्थनिन्छ ।
जे होस शिव प्रकाश नेपाली कथाको नयाँ धार बनेर नेपाली आख्यान साहित्यमा प्रवेश गरेका छन् । अझ प्रायोगिक र कलात्मक कथाको स्वाद दिलाउन उनी समर्थ होउन् यही शुभेच्छा ।  

      

1 comment: