Monday, September 2, 2024

सिर्कनोको शिक्षा र मेरा बा

बासँगका अनेक सम्झना छन् । जीवनभर सन्तानसँग हुने बाबुआमाका सम्झना नहुने कुरै भएन । तर, कतिपय घटनाहरु चाहिँ मनमा गढिरहन्छन्, सम्झनामा आइरहन्छन् । तिनको विशेष महत्व पनि हुन्छ, जीवनमा । यो घटना एउटा अभिभावकले सन्तान हुर्काउँदा गर्ने व्यवहारसँग सम्बन्धित छ । अहिलेको अभिभावकीय ढाँचा त फरक छ तर त्यति बेला यही चलन थियो । अहिले पनि छँदैछ कतिपय ठाउँ र अवस्थामा । 

यो घटना शायद मलाई सम्झना भएकोमध्ये सबैभन्दा पुरानो हो । त्यो घटनाले अभिभावकले सन्तानप्रति गर्ने व्यवहार र हुर्काउने तत्कालीन अवस्थाको एउटा झलक पनि दिन्छ । अहिलेको सन्दर्भमा अलि फरक किसिमको पनि लाग्ला तर मेरो जीवनमा भने त्यस घटनाले गहिरो अर्थ राख्छ । शायद त्यो घटना नभएको भए म अहिलेको अवस्थामा आइ नै पुग्ने थिइनँ कि ! 

स्कूलका शुरुआती दिनको कुरा हो यो । म कक्षा १ मा विद्यालय भर्ना भएँ २०२७ सालमा । उमेर पाँच वर्ष पुगेर छ लागेको थिएँ । कक्षा १ मा स्कूल नियमित गइयो । समयमा जाने र समयमा फर्कने गरिन्थ्यो । मभन्दा अलि बढी उमेरका एक जना दाइ थिए हाम्रो घरभन्दा अलि परबाट हाम्रो घर हुँदै स्कुल जाने । म उनकै साथ लागेर स्कूल जान थालेँ । कक्षा १ र २ सामान्य नै भयो । कक्षा ३ मा पुगेपछि भने अरु साथी पनि थपिए । अब हामी ४–५ जना सँगसँगै स्कूल जाने भयौँ । धेरै साथी भएपछि अलि छिटो भयो भने बाटामा खोपी र गुच्चा खेल्ने र अल्मलिने गर्न थाल्यौँ । 

त्यतिबेला सामान्यतः बाजीमा ५।१० पैसा राखेर वा नराखेरै खेलिने खोपी, गुच्चा, कपर्दी र खल्र्याङ्खुट्टी हाम्रा खेल थिए । स्कूल जाने बाटामा २ वटा डाँडाको बीच भागमा तेर्सो बाटो थियो । झ्याम्म परेको बाँसघारी भएकाले झ्वाट्ट कसैले देखिहाल्दैनथे । हाम्रो घरतिर कुनै पनि शिक्षक नबस्ने भएकाले आउँदाजाँदा हामीलाई गाली गर्ने पनि कोही हुँदैनथ्यो । बिहान अलि छिटो हुँदा र स्कूलबाट अलि छिटो फर्किंदा त्यही एकान्त ठाउँमा केहीबेर खेल्ने गथ्र्यौं । कहिलेकहीं खेल्दाखेल्दै समय बितेको पत्तो हुँदैनथ्यो, स्कुलमा ढिलो हुन्थ्यो । कहिले घर फर्कने बेलामा खेल्दाखेल्दै रात पथ्र्यो । यसरी कक्षा तीनमा पुगेपछि हाम्रो समय तालिका गडबड हुन थाल्यो । 

अरुको घरमा त त्यति निगरानी हुन्थ्योहुँदैनथ्यो थाहा भएन । मलाई भने घरमा अति नै कडाइ गरिन्थ्यो । समयमा स्कूल गएनगएको र समयमा फर्केनफर्केको कडा निगरानी हुन्थ्यो । एक दिन स्कूलमा अनियमित भएको कुरा कसैले घरमा सुनाइ दिएछ । मलाई थाहा भएन । हजुरबाले स्कूलमा गएर हेडसरलाई हाम्रो गतिविधिका बारेमा कुरा लगाइदिनु भएछ । अनि त हामीमाथि स्कूलको निगरानी पनि अलि बढी नै हुन थाल्यो । घरमा पनि कडाइ अझ बढ्यो । 

स्कूल अनियमित हुनु, खेल्नमा बढी ध्यान दिनु, साथीहरुको पढाइप्रति लगाव कम हुनु आदि आदि कारणले म कक्षा ३ मा दोस्रो भएँ । प्रथम भइरहेको विद्यार्र्थी दोस्रो हँुदा अलि नरमाइलो पनि लाग्यो । कक्षा ४ मा पढ्न थालेपछि माइलो भाइपनि सँंगसँंगै पढ्न जान थाल्यो । अब हामी २ जना र छिमेकी अरु ३।४ जना गरी ६।७ जनाको समूह सँगसँगै स्कूल जान थाल्यौ“ । ठूलो समूहमा स्कूल जान थालेपछि एक किसिमको रमाइलो हुनथाल्यो । तर छिमेकी विष्णु दाइ भने स्कूलमा बढी नै अनियमित हुन थाले । स्कूलमा राम्रो पढाइ गर्न नसक्ने ठानेर हो कि किन हो स्कूल जाँदा उनी अलि डराएजस्ता देखिन्थे । स्कूल ढिलो जाने, कहिलेकही“ बाटोबाटै फर्केर खोलाखोला खेल्ने । बेलुका स्कूल फर्कने समय ठिक्क मिलाएर घर फर्कने गर्थे । उनी त्यसरी बरालिन थालेपछि मैले धेरैपटक सम्झाएँ तर मानेनन् । उल्टै हामीलाई पनि बरालिन प्रोत्साहित गरे । हिउँदको जाडोमा स्कूल छोडेर बरालिन अलि गाहे्रा हुन्थ्यो । गर्मीयाममा भने अलि सजिलो हुन्थ्यो । 

फाल्गुन महिनातिरको कुरा हो, हामी कक्षा ४ मा पढ्दै थियौ“ । एक दिन स्कूल जाँदाजाँदै अलि ढिलो भयो । विष्णु दाइल भने– “ढिलो स्कूल जाँदा स्कूलमा सरले गाली गर्नुहुन्छ बरु भोलि निवेदन लेखेर बिरामी भयौ“ं भनेर बहाना बनाउँला, आज घरतिरै फर्कांै ।” घरमा फर्कंदा काम पनि गर्नुपर्ने अनि स्कूल नगएकामा गाली पनि खानुपर्ने । त्यसैले हामी बीचबाटोमा पर्ने भालु खोलामा दिनभरि माछामार्ने, पौडीखेल्ने काम गर्यौ“ र दिउँसो ३ बजेतिर घरतिर उकालो लाग्यौ“ । आउन त लुकेरै आएका थियौ“ घरको अलि मुनि बीचबाटोमा पर्ने बारीमा हिँड्दाहिँड्दै माथिपट्टिबाट बाले देखिहाल्नु भएछ । 

घरमुनि अलि तलतिरको बारीमा सखरखण्ड लगाउने गरिन्थ्यो । त्यतिबेला सखरखण्ड खनिसकेको थियो । खन्दाखेरि बारीमा छोडिएका सखरखण्ड खडेरीको बेलामा झन् गुलिया हुन्थे । गुलिया सखरखण्ड खुब मीठो हुन्थ्यो । हामी ३ जना बारीमा सखरखण्ड खोज्दै थियौ“ । बा गाइवस्तु चराउन त्यतैतिर हुनुहुँदो रहेछ, देखिहाल्नु भएछ । हामीले थाहा पायौ“ र सकेसम्म लुक्ने प्रयास गर्यौ“ । नजिकैको पानीले बनाएको एउटा खाँदमा पस्यौ“ । सकेसम्म चेपिएर, खुम्चिएर, डल्लो आकारमा घोप्टो परेर श्वासै नफेरेझ“ै गरी कोच्चियौ“ । 

स्कूल पठाएका छोराछोरी त्यसरी बरालिएको देखेपछि बाबुआमालाई दुःख लाग्नु स्वाभाविक थियो । बा रिसाउँदै चारैतिर धुइँधुइँती हामीलाई खोज्न थाल्नुभयो । हाम्रो भने मुटु ढुक्ढुक गरेर बाहिरै निस्कलाजस्तो भयो । अब आज चाहिँ नराम्ररी फेला परियो भन्ने मनमा त लाग्यो तर उपाय थिएन । तै बचिहालिन्छ कि भनेर श्वास दबाएर गुडुल्किरह्यौँ ।  

हाम्रो चलाखीले काम गरेन । बा त्यहींँ आइपुग्नु भयो । हातमा गाईवस्तु चराउनका लागि लिएको बाँसको सिर्कनु रहेछ । त्यही सिर्कनाले हामी तीनैजनालाई भकाभक गोद्नुभयो । माया त थियो होला तर बरालिएकोमा मायाले भन्दा रिसले जितेको थियो शायद । एक सिर्कनु पछाडिको चाकमा र पिँडुलामा परेपछि म चाहिँं उफ्रेर तल्लो गरामा हाम्फाले“ । भाइ सानै भएकोले अलिअलि मात्र पिट्नुभयो । बिष्णु दाइले भने नराम्ररी गोदाइ खाएछन् । त्यति मात्रै होइन विष्णुदाइको बालाई पनि हाम्रो बाले पोल लगाइ दिनुभएछ । 

हामी दुवै भाइलाई साँझसम्म घर जाने हिम्मत आएन । भोक र डरले मुसोजस्तै भएका हामीलाई घरभित्र पस्ने हिम्मत भने गर्न सकिएन । दुवै दाजुभाइ घरनजिकैको परालको माचमा लुकेर बसिरह्यौ“ । काम सकेर साँझमा आमा घरमा आउनुभयो । बाबुहरुभन्दा आमाहरु स्वाभावैले बच्चाहरुलाई बढी माया गर्छन् । तर हाम्री आमा भित्रबाट माया गरेपनि बाको अघिल्तिर भने आदेशबेगर केही गर्नुहुन्नथ्यो । सबैतिर खोजखबर गरेर नभेटिएको कुरा घरमा चलिरहेको हामीले माचबाटै सुनिरहेका थियौ““ । रात अध्ँयारो भइसकेको थियो । 

आमाले बालाई भन्नुभयो – “त्यति सारो नतर्साएको भए हुन्थ्यो । अलिअलि तर्साएर घर ल्याउनुपर्ने । अब रातिउँधो कहाँगए, कसरी खोज्ने ?” 

आमाले यति भने पनि बा केही बोल्नु भएन । 

हजुबाले भन्नुभो – “घरको वरिपरि खोज्यौ ? यही“ वरिपरि होलान्, कहाँ जान्छन् र ?” 

यतिकैमा भाइलाई चाहिँ निकै भोक लागेछ । ऊ भन्न थाल्यो – “दाइ भोक लाग्यो, घर जाउँ न ।” 

मलाई पनि अब लुकेर केही उपाय नलाग्ने भो भन्ने लाग्न थालिसकेको थियोे । हामी त्यसपछि मुसोजस्तै बनेर लुसुलुसु गर्दै घरतिर लाग्यौ“ं । तर घरभित्र पस्न भने आँट आएन । बाहिर दलानसम्म पुग्यौ“ं र बाहिरै बसिरह्यौ“ । भित्र अँंगेनामा आगो बलिरहेको थियो । रातीको समय बाहिर चकमन्न घनघोर अँध्यारो थियो । बाहिरतिर भ्यmाउँकीरी कराइरहेका थिए । डर र पश्चाताप दुवैले हामीलाइक्षर्् घेरेका थिए । गम्भीर अपराधमा दोषी ठह¥याइएका अपराधीझै“ दुवैजना बाहिरै बसिरह्यौ“ निकैबेर सम्म । 

त्यस घटनाबाट आफूले गर्नु पर्ने काम नगरेर बेइमानी गर्दाको अपराध बोध र हीनताको कस्तो अनुभव हुदोरहेछ भन्ने मलाई थाहा भयो । गल्ती जानेर वा नजानेर, आफ्नो अज्ञानता वा सङ्गतबस हुँदोरहेछ । त्यस गल्तीले भन्दा पनि त्यसबाट सिर्जित हीनताबोधले मानिसलाई बढी सताउँदो रहेछ । 

हामी हीनता, छटपटी र अपराधबोधले मलिन मुख लगाएर ढोका बाहिर बसिरहेका थियौ“ । कुन्नि के कामले हो आमा ढोका बाहिर निस्कनु भो । म त अलि थामिँदै थिएँ, भाइ रोइहाल्यो । आमाले अलिअलि गाली गर्दै भित्र लानुभो । 

बा कड्किनुभो –“यिनेरुलाई आज खान दिनुवर्नु पर्दैन ।” 

अझै केही पो हुने हो कि भनेर हामी भने श्वास नै हराए झै कालोनीलो र निन्याउरो अनुहार लगाएर भित्रपट्टि एक कुनामा टाँस्सिएर बसिरहयौ“ । 

यस घटनापछि मैले स्कूल ढिलो जाने, अन्यत्र बरालिने र अलमल गर्ने साथीहरुसँंगको सङ्गत नै त्यागिदिएँ । उनीहरु पनि मबाट टाढा हुँदैगए  । म भने क्रमशः पढाइतिर केन्द्रित हुँदै जान थाले“ । त्यसदिन बाँसको सिर्कनुले मेरो ढाडमा नीलडाम नपारेको भए शायद विष्णु दाइको जस्तै त्यसपछिको मेरो शैक्षिक यात्रा पनि अवरुध्द हुने थियो होला । धन्न त्स्तो दुर्गतिबाट बचियो । त्यस सिर्कनोले मलाई ठूलो शैक्षिक दुर्घटनाबाट बचायो । 

अभिभावकले सधै“ माया मात्र गरेर हुदोरैनछ । समय र अवस्था हेरेर सही समयमा सही भूमिका निर्वाह गर्नु पनि आवश्यक हुँदो रहेछ । त्यतिखेर त मलाई शिक्षाभन्दा पनि दुःख नै बढी लाग्यो । कैयौ“ दिनसम्म बासँग टाउको उठाएर हेर्न पनि सकिएन । अगाडि पर्न पनि कठिन भयो । पछि थाहा भयो अभिभावकले आफ्ना सन्तानहरुलाई मायाममता मात्र होइन, निगरानी र सिकाइको कडा अवसर र चेतावनी पनि दिनुपर्ने रहेछ । सही ठाउँको मायाले जसरी मानिसलाई उत्प्रेरणा र हौसला प्रदान गर्छ ठीक समयमा दिइएको दण्डले पनि त्यस्तै अचुक काम गर्दोरहेछ ।  त्यस दिनको सिर्कनो र प्रताडनाबाट डर र सन्त्रास मै भए पनि अत्यन्त ठूलो जीवन उपयोगी शिक्षा लिने अवसर पाएँ । त्यसले मेरो जीवन ठूलो दुर्घटनाबाट बच्यो । कक्षा चारको अन्तिम परीक्षामा म फेरि प्रथम भएँ ।