अटिजम बुझाउने सशक्त उपन्यास ‘कन्भिक्ट’


उपन्यासकार केनी पाण्डे अमेरिकाबाट नेपाल फर्किसकेपछि साहित्य सिर्जनामा तल्लीन छन् । सामान्यतः अङ्ग्रेजी भाषमा लेख्ने यी वरिष्ठ सर्जकका हालसम्म ‘अदर साइड अफ प्याराडाइज’ (अनुवादः पेम्बाको स्वर्ग) र ‘डिसेप्सन’को सफलतापछि अर्को उपन्यास ‘कन्भिक्ट’ बजारमा आएको छ  ।

कन्भिक्ट उपन्यासले उमेरले तेइस वर्ष भएको तर संज्ञानात्मक क्षमता भने आठ वर्षको रहेको अटिजम भएको पात्र ओमरसँग गहिरो भावनात्मक यात्रामा लैजान्छ  । उसको कथा शुद्ध र उदात्त मात्र होइन, गहन र भावनात्मक पनि छ  । जब तपाईं ओमरको संसारमा आफूलाई डुबाउँदै लैजानुहुन्छ, तपाईं उसको अनुभव र भावना व्यक्त गर्ने तरिकाबाट गहिरो रूपमा प्रभावित हुनुहुनेछ । यसले अटिजम भएका व्यक्तिहरूप्रति पाठकको समझ र ज्ञानलाई बढाउन सहयोग गर्दछ ।

कन्भिक्टले पात्रको कथा मात्र प्रस्तुत गरेको छैन अपराधी र निरपराधी, दोषी र निर्दोषी, हाम्रो न्याय प्रणालीको निष्पक्षता र कमजोर व्यक्तिहरूले प्राप्त गर्ने न्याय जस्ता विषयमाथि पनि गम्भीर प्रश्न उठाउँछ । उपन्यासका हरेक अध्यायले अटिजम बारे ज्ञान मात्र प्रदान गर्दैनन् बरु तपाईंहाम्रो बुझाइलाई नयाँ उचाइ समेत प्रदान गर्दछन्  । 

सान्दर्भिक कृतिहरू मार्फत अटिजम र न्यायका जटिल मुद्दाहरूको अन्वेषण गरेर लेखिएको यस कृतिले पाठकलाई बौद्धिक रूपमा झङ्किृत र उत्तेजित त बनाउँछ नै त्योबाहेक गहिरो रूपमा यो समस्यालाई बुझ्न र यसप्रतिको सजगता बनाउन पाठकलाई तयार पनि पार्दछ । यसले अटिजम बारे पाठकको बुझाइ निखार्न र जागरूकता बढाउने कार्यमा उल्ल्ेखनीय भूमिका खेलेको छ ।

हालै उपलब्ध तथ्याङ्क अनुसार, विश्वव्यापी रूपमा १२७ जनामा १ जनामा अटिजमको समस्या रहेको छ । यस आधारमा संसारभर लगभग ६ करोड १८ लाख व्यक्तिहरू यसको सिकार भइरहेका छन् । हालैका अध्ययनले कूल बालबालिकामध्ये १% बालबालिकामा अटिजम भएको देखिन्छ । लैंगिक आधारमा भन्ने हो भने अटिज्म महिलाहरूको तुलनामा पुरुषहरूमा दोब्बर बढी पाइएको छ ।

अति कम र मध्यम आय भएका देशहरूमा अटिजमको अवस्था के छ भन्ने अज्ञात छ । यसो हुनुमा स्वास्थ्य सेवाहरूमा पहुँच, निदान विधिहरू, जनचेतना र सांस्कृतिक अवरोधहरू जिम्मेवार रहेका देखिन्छन् ।

विश्वभर अटिजमको क्षेत्रीय अवस्था हेर्ने हो भने उष्णकटिबंधीय ल्याटिन अमेरिकामा लगभग १६३ मा १ रहेको छ भने उच्च आय भएको एशिया प्रशान्त क्षेत्रमा लगभग ६५ मा १ रहेको देखिन्छ ।

नेपालमा, अटिजमको अवस्थाप्रति जागरूकता बढेको छ तर निदान, सहयोग र सामाजिक बुझाइमा अझै धेरै समस्याहरु रहेका छन् । सन् २०२१ को जनगणनाले नेपालमा अटिजम भएकाहरुको संख्या ४,८८६ देखिएको भए तापनि अटिजम केयर नेपाल सोसाइटीका अनुसार, नेपालमा अगभग ३,००,००० व्यक्तिहरुमा अटिजमको समस्या हुन सक्ने अनुमान गरिएको छ ।

यसबाहेक, धेरै मानिसहरूलाई अटिजम र मानसिक स्वास्थ्य विकारको भिन्नता थाहा छैन । अटिजमलाई मानसिक स्वास्थ्य विकारको रुपमा नभई न्यूरोडेभलपमेन्टल भिन्नताको रूपमा लिनुपर्ने विशेष अध्ययनबाट प्रमाणित भएको छ ।

कन्भिक्ट उपन्यासका लेखकको  उपन्यासकारको उद्देश्य भनेको मानिसहरूलाई अटिजम, यो समस्यासँग जुध्न परिवारले गर्ने संघर्ष र यसले निम्त्याउने आर्थिक, सामाजिक र सामाजिक सम्बन्धका समस्याहरु बारे सचेत गराउनु र आम पाठकबीच प्रभावकारी बुझाइ बढाउन एक सशक्त कथा प्रस्तुत गर्नु रहेको छ । यसमा उपन्यासकार केनी पाण्डे सफल रहेका छन् ।

Comments

Popular posts from this blog

जेनजी आन्दोलन र यसले दिएको सन्देश

ढुण्डीराज भण्डारीः एक संस्मरण

A Reader's note on Kenny Pandey's new novel-Deception