Posts

Showing posts from 2026

अटिजम बुझाउने सशक्त उपन्यास ‘कन्भिक्ट’

Image
उपन्यासकार केनी पाण्डे अमेरिकाबाट नेपाल फर्किसकेपछि साहित्य सिर्जनामा तल्लीन छन् । सामान्यतः अङ्ग्रेजी भाषमा लेख्ने यी वरिष्ठ सर्जकका हालसम्म ‘अदर साइड अफ प्याराडाइज’ (अनुवादः पेम्बाको स्वर्ग) र ‘डिसेप्सन’को सफलतापछि अर्को उपन्यास ‘कन्भिक्ट’ बजारमा आएको छ  । कन्भिक्ट उपन्यासले उमेरले तेइस वर्ष भएको तर संज्ञानात्मक क्षमता भने आठ वर्षको रहेको अटिजम भएको पात्र ओमरसँग गहिरो भावनात्मक यात्रामा लैजान्छ  । उसको कथा शुद्ध र उदात्त मात्र होइन, गहन र भावनात्मक पनि छ  । जब तपाईं ओमरको संसारमा आफूलाई डुबाउँदै लैजानुहुन्छ, तपाईं उसको अनुभव र भावना व्यक्त गर्ने तरिकाबाट गहिरो रूपमा प्रभावित हुनुहुनेछ । यसले अटिजम भएका व्यक्तिहरूप्रति पाठकको समझ र ज्ञानलाई बढाउन सहयोग गर्दछ । कन्भिक्टले पात्रको कथा मात्र प्रस्तुत गरेको छैन अपराधी र निरपराधी, दोषी र निर्दोषी, हाम्रो न्याय प्रणालीको निष्पक्षता र कमजोर व्यक्तिहरूले प्राप्त गर्ने न्याय जस्ता विषयमाथि पनि गम्भीर प्रश्न उठाउँछ । उपन्यासका हरेक अध्यायले अटिजम बारे ज्ञान मात्र प्रदान गर्दैनन् बरु तपाईंहाम्रो बुझाइलाई नयाँ उचाइ समेत प्रदान गर्दछ...

ढुण्डीराज भण्डारीः एक संस्मरण

Image
म सानो हुँदा हाम्रो घरमा एक जना मानिस आइरहनुहुन्थ्यो । कहिले केही सामाजिक र व्यक्तिगत सरसल्लाहका लागि त कहिले केही आर्थिक खनखाँचो चलाउन र सहयोग लिनका लागि । बुबाभन्दा केही कान्छो उमेरको भएकाले हामी उहाँलाई काका भन्थ्यौँ । लवाइमा चिटिक्क परेर हिँड्ने, बोलचालमा स्पष्टता, अन्यायको विरोधमा दृढ भएर उभिने क्षमता अनि सामाजिक विषयमा खरो र स्पष्ट दृष्टिकोणको त्यो मानिस क्रमशः सामाजिक रुपमा स्थापित हुँदै गएको देखिन थाल्यो । समाजमा हुने सामाजिक र राजनीतिक विषयको मतमतान्तरमा स्पष्ट अडान राखेर आफ्नो कुरा पनि गर्ने र अरुको कुरा सुनेर समझदारीमा पनि आउन सक्ने हकी मानिसको रुपमा उहाँ स्थापित हुँदै जानुभयो । पछि थाहा पाएँ उहाँ मेराे काका पर्नुहुँदाेरहेछ नाताले ।  अन्याय नसहने व्यक्ति  खासगरी युवाहरुप्रतिको भरोसा, अत्यन्त दृढ अनि अन्याय पटक्कै सहन नसक्ने स्वभावले उहाँलाई सामाजिक व्यक्तित्वको रुपमा स्थापित गर्दै लग्यो । २०३६ सालको जनमत संग्रहको घोषणपछि शिक्षित युवाहरु बहुदलको पक्षमा खुलेर लागे । उहाँले पनि युवाहरुको प्रयासलाई मनोवैज्ञानिक रुपमा शक्ति दिइरहनुभयो । आफूले भन्न मिल्ने र सकिने मानिसहरु...