Wednesday, October 29, 2025

A Reader's note on Kenny Pandey's new novel-Deception

Kenny Pandey’s new novel, Deception, is a deeply emotional and profound exploration of betrayal and the struggles of immigrants. It is based on an actual event involving his close friend, and it resonates with current social issues, making it a compelling read for those interested in contemporary themes.
The story centers on Amar Magar, a miraculously born man who lacks vital signs at birth but revives afterwards. An immigrant who moves to America on a DV lottery struggles in America for a living, close to minimum wage. His work ethic, innovative efforts, and ingenuity led him to receive a joint Nobel Prize for creating remarkable AI software that can detect signs of dementia 6 months earlier. His achievements are a testament to the power of perseverance and hard work, making readers proud of his success.
His life takes a dramatic turn after an encounter with an African woman, leading to a series of events, including divorce, with sexual charges against his six-year-old girl that test his resilience. The narrative vividly portrays the cultural conflicts, manipulation, and intense female jealousy that can arise in the name of women's empowerment, pushing a person to the brink of despair. Yet, Amar's resilience shines through, inspiring readers with his unwavering determination.
Ultimately, Deception is a compelling narrative that delves deep into the complexity of human psychology, betrayal, and the consequences of emotional warfare.
The book features intense emotional court scenes, with compelling arguments from both lawyers that sway the American jury and lead to a dramatic, unanimous, fair decision that shocks the public and media—and even stuns you with its unexpected outcome.

Saturday, October 4, 2025

राजनीतिमा पुस्तान्तरण किन आवश्यक छ ?

Gen Z and Nen Alfa in our time.

पुस्तान्तरण भनेकाे प्रविधि, मानसिकता र युगीन आवश्यकताकाे अवस्थासँगकाे प्रवाह पनि हाे । याे उमेरकाे परिवर्तन मात्र हाेइन । माेवाइल फाेनमा के के फिचर छन् र कसरी चलाउन सकिन्छ भनेर जान्ने नेता कति हाेलान् ? जमाना हातबाट सरकार चलाउने अवस्थामा पुगिसक्ता पनि सफ्टवेयर चलाउन पनि "म जान्दिन आएर खाेल्देखाेल्दे" भन्ने हाकिम र नेता अगाडि लगाएर कसरी डिजिटल सरकार चलाउन सकिन्छ ? 

हाम्रा सरकारी कार्यालयमा सफ्टवेयरकाे प्रयाेग गरेर डिजिटल सरकार बनाउने पूर्वाधार सबै तयार भइसक्ता पनि किन अफिसका काेठाकाेठा चाहार्नुपर्ने र कागजका बिटा बाेकेर काेठाकाेठा धाउनुपर्ने अवस्था ज्यूँकात्यूँ छ भनेर बुझे पुग्छ । 

सामान्य डेस्कटप कम्प्युटर चलाउन नजान्ने हाकिम र नेता अगाडि लगाएर हामी डिजजिटल युगकाे चुनाैती सामना गर्न सक्तैनाैँ । त्यसैले राजनीति पनि प्रविधिसँगै पुस्तान्तर हुँदै जान आवश्यक छ ।  जेन्जीले त यति जबर्जस्त हस्तक्षेप गरे भने जेन अल्फाले झन् यी पुराना परिपाटी र पुराना अनुहार कसरी पचाउन सक्छ ?

अहिले संसारभरकाे विद्राेह यही पुस्ता र प्रविधिकाे बेमेलकाे आन्दाेलन हाे । अहिलेकाे पुस्तालाई मिलेनियल, वाइ वा बुमर पुस्ताजस्ताे पर्ख, बिस्तारै हुन्छ भनेर सम्झाउन सकिन्न । उसलाई थाहा छ तत्काल कसरी परिणाम दिन सकिन्छ । ऊ हातमा रहेकाे सानाे डिभाइसबाटै कसरी शासन सञ्चालन गर्न सकिन्छ भनेर एकैछिनमा सिकाइदिन्छ । विचरा अगिल्लाे पुस्ता ट्वाँ परेर हेरिरहेकाे हुन्छ । अनि ऊ साेच्छ तिमीले ठाउँ अाेगटेर गर्न पनि सकेनाै, हामीलाई गर्न पनि दिएनाै । त्यसैले ऊ जान्दछ, गर्छ ठाउँ छाेडिदियाे भने । 

तीन महिनामा हुने काम हामीकहाँ तीन वर्षमा हुँदैन, सरकारी मानिस मिटिङमिटिङ भनेर कुर्सीमै हुँदैन अफिसमा । जुम एप चलाएर गरे हुने मिटिङका लागि ड्राइभर बाेलाएर सरकारी गाडी लिएर फाइलका चाङ लिएर मिटिङमा जान्छ । फाइलले के भन्छ उसले भन्न सक्तैन ।

 त्याे हेरिरहेकाे जेन्जी वा अल्फा पुस्ता फिस्स हाँसेर भन्छ- "मूर्ख, याे काम तिमी टेबलमै बसेर गर्न सक्छाै नि यही माेबाइलबाट । किन दाैडेकाे ? किन यति धेरै समय र साधन खर्च गरेकाे ? मलाई देऊ त म यही माेबाइलबाटै यी सब काम गरिदिन्छु ।"

 अहिले पनि हाम्रा हाकिम र नेताहरू जुम चलाएर बैठक गर्न जान्दैनन् । उनीहरूलाई त्यसाे गर्नुभन्दा मानिसकाे भीडमा रमाउन आनन्द लाग्छ । पसिणाम के आयाे त्याे महत्वपूर्ण कि प्रक्रिया महत्वपूर्य ? हामी अिलेसम्म कागजका दास छाैँ, परिणामकाे वास्ता छैन । लक्ष्य र प्रगति मापन गर्ने अहिलेकाे सरकारी परिपाटी परिणाममाभन्दा कागजमा पसिणाम खाेज्ने छ । यसले देश रूपान्तरण भएन, हुँदैन ।

एउटा इन्जिनियर छ उमेरले पचास कटेकाे । ऊ हाकिम छ । ठेक्का लगाएकाे वर्षाैं बितिसक्ता पनि काम कति भयाे भनेर हेर्न गाडी लिएर फिल्डमा पुग्छ, राम्ररी माेवाइलमा फाेटाे र भिडियाे खिच्न पनि जान्दैन । अफिसमा आएर लम्बेतान लेख्छ र फाइल बेकेर रिपाेर्टिङकाे समय पर्खेर बस्छ । अहिलेकाे जेनजी इन्जिनियर साइटमै नगई गुगल अर्थमा कामकाे मनिटरिङ गर्छ, फाेटाेकाे लागि,स्क्रिन सट लिन्छ र जुममा मिटिङ र रिपाेर्टिङ गर्छ । 

याे गर्ने मन र दिमाग पुस्ताकै कारण डेडलकमा परेकाे छ । जुन काम हातमा एउटा सानाे स्मार्ट फाेन लिएर गर्न सकिन्छ त्यसका लागि किन समय, साधन र स्राेतकाे बर्बादी गर्नु ??  हाे यसैका लागि अबकाे राजनीतिमा समसामयिक पुस्ता हाबी हुनुपर्छ । 

अबकाे आन्दाेलन, सरकार, व्यवस्थापन सबै डिजिटल माध्यमबाट हुन्छ, त्याे अहिले जेनजीले देखाइदिए । देखाउँदैछन् । देखाउँदै जानेछन् । अबकाे सरकार डिजिटल सरकार, अफिस सानाे तर जनतासँग जाेडिएकाे । जनताकाे प्रतिकृया सुन्ने, तत्काल सुधार गर्ने, प्रविधिकाे बढीभन्दा बढी प्रयाेग गर्ने, मानव सम्बन्ध कमभन्दा कम हुने अफिस र सरकार चलाउने सरकार अबकाे सरकार हुनुपर्छ ।

 यी कुरा गर्न अब पनि हाम्राे पालामा यस्ताे थियाे, भएकै थियाे भनेर रमाएर अबकाे सकार चल्दैन । प्रणाली महत्वपूर्ण हाेइन । त्याे साधन हाे र चाहे कार्यकारी हाेस् वा संसदीय प्रणाली त्यसले परिवर्तन ल्याउने हाेइन । परिवर्तनका लागि भिजनरी र जनअावाज कदर गर्ने,युगीनप्रविधिसँग जाेडिन सक्ने नेतृत्वकाे आवश्यकता छ । 

त्याे गर्न अहिलेकाे राजनीतिक नेतृत्व र प्रणाली संसारभर फेल भएकाे छ । अब प्रणााली फेर्ने हाेइन पुस्ता, प्रविधि र विधि फेर्ने, सानाे र सक्षम, प्रविधियुक्त सरकार र दल चलाउने हाे । अब पूर्णकालीन कार्यकर्ता बनाउने दल हाेइन, राज्यदाेहन गरेर जीविकाेपार्जन गर्ने नेता हाेइन आफू पनि व्यवसाय गरेर पालिने, राज्यदाेहन नगर्ने, अरूलाई पनि व्यवसाय गर्न प्रेरित गर्ने, त्यसअनुकुल विधि र नीति बनाउने नेतृत्व र दल चाहिएकाे छ । 

मलेसिया, सिंगापुर, दुबई, इजरायल प्रणाली,प्रविधि, व्यावसायिकता र कुसल र जनउत्तरदायी नेतृत्वले बनाएकाे हाे । सुशासनकाे जगमा ती देशले विकास गरेका हुन् । नेतृत्वमा सिध्दान्तकाे पछि लागेर देश भडखालाेमा हाल्नेहरू हाबी भएकाले हामी पछि पर्याैँ । 

अब मानिसकाे लागि सिध्दान्त, मानिसकाे भलाईका लागि काम चाहियाे सिध्दान्तका लागि मानिस हुने नेतृत्व र दल अब असफल भइसके । यिनले ७० वर्ष हामीलाई सिध्दान्त रटाएर माेज गरे अब यिनलाई ताेडेर अगाडि जानेलाई नेतृत्व दिनुपर्छ ।

सुकुम्बासी समस्या: राजनीतिक स्वार्थको गिजोलो कि राज्यको अकर्मण्यता? ​एक विश्लेषणात्मक दृष्टिकोण

​नेपालमा सुकुम्बासी समस्या दशकौँदेखि बल्झिरहेको एउटा यस्तो घाउ हो, जसलाई हरेक सरकारले सुम्सुम्याउने प्रयास त गरे, तर निको पार्ने दृढ इच्छाशक...