राजनीतिमा पुस्तान्तरण किन आवश्यक छ ?
| Gen Z and Nen Alfa in our time. |
पुस्तान्तरण भनेकाे प्रविधि, मानसिकता र युगीन आवश्यकताकाे अवस्थासँगकाे प्रवाह पनि हाे । याे उमेरकाे परिवर्तन मात्र हाेइन । माेवाइल फाेनमा के के फिचर छन् र कसरी चलाउन सकिन्छ भनेर जान्ने नेता कति हाेलान् ? जमाना हातबाट सरकार चलाउने अवस्थामा पुगिसक्ता पनि सफ्टवेयर चलाउन पनि "म जान्दिन आएर खाेल्देखाेल्दे" भन्ने हाकिम र नेता अगाडि लगाएर कसरी डिजिटल सरकार चलाउन सकिन्छ ?
हाम्रा सरकारी कार्यालयमा सफ्टवेयरकाे प्रयाेग गरेर डिजिटल सरकार बनाउने पूर्वाधार सबै तयार भइसक्ता पनि किन अफिसका काेठाकाेठा चाहार्नुपर्ने र कागजका बिटा बाेकेर काेठाकाेठा धाउनुपर्ने अवस्था ज्यूँकात्यूँ छ भनेर बुझे पुग्छ ।
सामान्य डेस्कटप कम्प्युटर चलाउन नजान्ने हाकिम र नेता अगाडि लगाएर हामी डिजजिटल युगकाे चुनाैती सामना गर्न सक्तैनाैँ । त्यसैले राजनीति पनि प्रविधिसँगै पुस्तान्तर हुँदै जान आवश्यक छ । जेन्जीले त यति जबर्जस्त हस्तक्षेप गरे भने जेन अल्फाले झन् यी पुराना परिपाटी र पुराना अनुहार कसरी पचाउन सक्छ ?
अहिले संसारभरकाे विद्राेह यही पुस्ता र प्रविधिकाे बेमेलकाे आन्दाेलन हाे । अहिलेकाे पुस्तालाई मिलेनियल, वाइ वा बुमर पुस्ताजस्ताे पर्ख, बिस्तारै हुन्छ भनेर सम्झाउन सकिन्न । उसलाई थाहा छ तत्काल कसरी परिणाम दिन सकिन्छ । ऊ हातमा रहेकाे सानाे डिभाइसबाटै कसरी शासन सञ्चालन गर्न सकिन्छ भनेर एकैछिनमा सिकाइदिन्छ । विचरा अगिल्लाे पुस्ता ट्वाँ परेर हेरिरहेकाे हुन्छ । अनि ऊ साेच्छ तिमीले ठाउँ अाेगटेर गर्न पनि सकेनाै, हामीलाई गर्न पनि दिएनाै । त्यसैले ऊ जान्दछ, गर्छ ठाउँ छाेडिदियाे भने ।
तीन महिनामा हुने काम हामीकहाँ तीन वर्षमा हुँदैन, सरकारी मानिस मिटिङमिटिङ भनेर कुर्सीमै हुँदैन अफिसमा । जुम एप चलाएर गरे हुने मिटिङका लागि ड्राइभर बाेलाएर सरकारी गाडी लिएर फाइलका चाङ लिएर मिटिङमा जान्छ । फाइलले के भन्छ उसले भन्न सक्तैन ।
त्याे हेरिरहेकाे जेन्जी वा अल्फा पुस्ता फिस्स हाँसेर भन्छ- "मूर्ख, याे काम तिमी टेबलमै बसेर गर्न सक्छाै नि यही माेबाइलबाट । किन दाैडेकाे ? किन यति धेरै समय र साधन खर्च गरेकाे ? मलाई देऊ त म यही माेबाइलबाटै यी सब काम गरिदिन्छु ।"
अहिले पनि हाम्रा हाकिम र नेताहरू जुम चलाएर बैठक गर्न जान्दैनन् । उनीहरूलाई त्यसाे गर्नुभन्दा मानिसकाे भीडमा रमाउन आनन्द लाग्छ । पसिणाम के आयाे त्याे महत्वपूर्ण कि प्रक्रिया महत्वपूर्य ? हामी अिलेसम्म कागजका दास छाैँ, परिणामकाे वास्ता छैन । लक्ष्य र प्रगति मापन गर्ने अहिलेकाे सरकारी परिपाटी परिणाममाभन्दा कागजमा पसिणाम खाेज्ने छ । यसले देश रूपान्तरण भएन, हुँदैन ।
एउटा इन्जिनियर छ उमेरले पचास कटेकाे । ऊ हाकिम छ । ठेक्का लगाएकाे वर्षाैं बितिसक्ता पनि काम कति भयाे भनेर हेर्न गाडी लिएर फिल्डमा पुग्छ, राम्ररी माेवाइलमा फाेटाे र भिडियाे खिच्न पनि जान्दैन । अफिसमा आएर लम्बेतान लेख्छ र फाइल बेकेर रिपाेर्टिङकाे समय पर्खेर बस्छ । अहिलेकाे जेनजी इन्जिनियर साइटमै नगई गुगल अर्थमा कामकाे मनिटरिङ गर्छ, फाेटाेकाे लागि,स्क्रिन सट लिन्छ र जुममा मिटिङ र रिपाेर्टिङ गर्छ ।
याे गर्ने मन र दिमाग पुस्ताकै कारण डेडलकमा परेकाे छ । जुन काम हातमा एउटा सानाे स्मार्ट फाेन लिएर गर्न सकिन्छ त्यसका लागि किन समय, साधन र स्राेतकाे बर्बादी गर्नु ?? हाे यसैका लागि अबकाे राजनीतिमा समसामयिक पुस्ता हाबी हुनुपर्छ ।
अबकाे आन्दाेलन, सरकार, व्यवस्थापन सबै डिजिटल माध्यमबाट हुन्छ, त्याे अहिले जेनजीले देखाइदिए । देखाउँदैछन् । देखाउँदै जानेछन् । अबकाे सरकार डिजिटल सरकार, अफिस सानाे तर जनतासँग जाेडिएकाे । जनताकाे प्रतिकृया सुन्ने, तत्काल सुधार गर्ने, प्रविधिकाे बढीभन्दा बढी प्रयाेग गर्ने, मानव सम्बन्ध कमभन्दा कम हुने अफिस र सरकार चलाउने सरकार अबकाे सरकार हुनुपर्छ ।
यी कुरा गर्न अब पनि हाम्राे पालामा यस्ताे थियाे, भएकै थियाे भनेर रमाएर अबकाे सकार चल्दैन । प्रणाली महत्वपूर्ण हाेइन । त्याे साधन हाे र चाहे कार्यकारी हाेस् वा संसदीय प्रणाली त्यसले परिवर्तन ल्याउने हाेइन । परिवर्तनका लागि भिजनरी र जनअावाज कदर गर्ने,युगीनप्रविधिसँग जाेडिन सक्ने नेतृत्वकाे आवश्यकता छ ।
त्याे गर्न अहिलेकाे राजनीतिक नेतृत्व र प्रणाली संसारभर फेल भएकाे छ । अब प्रणााली फेर्ने हाेइन पुस्ता, प्रविधि र विधि फेर्ने, सानाे र सक्षम, प्रविधियुक्त सरकार र दल चलाउने हाे । अब पूर्णकालीन कार्यकर्ता बनाउने दल हाेइन, राज्यदाेहन गरेर जीविकाेपार्जन गर्ने नेता हाेइन आफू पनि व्यवसाय गरेर पालिने, राज्यदाेहन नगर्ने, अरूलाई पनि व्यवसाय गर्न प्रेरित गर्ने, त्यसअनुकुल विधि र नीति बनाउने नेतृत्व र दल चाहिएकाे छ ।
मलेसिया, सिंगापुर, दुबई, इजरायल प्रणाली,प्रविधि, व्यावसायिकता र कुसल र जनउत्तरदायी नेतृत्वले बनाएकाे हाे । सुशासनकाे जगमा ती देशले विकास गरेका हुन् । नेतृत्वमा सिध्दान्तकाे पछि लागेर देश भडखालाेमा हाल्नेहरू हाबी भएकाले हामी पछि पर्याैँ ।
अब मानिसकाे लागि सिध्दान्त, मानिसकाे भलाईका लागि काम चाहियाे सिध्दान्तका लागि मानिस हुने नेतृत्व र दल अब असफल भइसके । यिनले ७० वर्ष हामीलाई सिध्दान्त रटाएर माेज गरे अब यिनलाई ताेडेर अगाडि जानेलाई नेतृत्व दिनुपर्छ ।
Comments
Post a Comment