युनियनलाई पराजित गर्दै

मैले युनियनमा लड्दालड्दै राजनीतिक जीवन सुरु गरेको हुँ । कानुनी सल्लाहकार र वार्ताकारको रूपमा युनियनका लागि मैले सङ्घर्ष गरेँ । १९५० को दशकको मध्यसम्ममा धेरै प्रकारका युनियनमा कम्युनिस्टहरूले नियन्त्रण जमाइसकेका थिए । त्यतिबेला कम्युनिस्ट तथा गैरकम्युनिस्ट खेमाका युनियनहरू आपसमा प्रतिस्पर्धा गर्न थालिसकेका थिए । हामीले विदेशी लगानी भिœयाउन युनियनहरूमा कम्युनिस्टहरूको पकडबाट छुुटाउनै पथ्र्यो । किनभने उनीहरूलाई लगानीको महŒव बुझाउनुपर्ने अवस्था थियो । तर भन्न जति सजिलो थियो गर्न त्यति नै गाह्रो थियो । 

१९४० देखि १९६० सम्म युनियनमा कम्युनिस्टहरूको पकड भएकाले काममा ढिलासुस्ती, दङ्गा, अन्त्यहीन हड्तालजस्ता समस्या देखा परे । सिङ्गापुरको इतिहासमा १९६१ को जुलाईदेखि सेप्टेम्बरसम्म १५३ वटा हड्ताल भएछन् । १९६१ मा युद्धभन्दा अघि पहिलोपटक काम बन्द गर्ने र हड्ताल कुनै पनि भएनन् । 

टे«ड युनियन अभ्यासमा बेलायती शैलीको टे«ड युनियन सिङ्गापुरको मजदूर आन्दोलनका लागि घातक सिद्ध भयो । त्यसैले टे«ड युनियनमा कम्युनिस्टको प्रभावलाई मत्थर पार्न बेलायती टे«ड युनियन कंग्रेसबाट जयाक ब्रेजियरलाई सल्लाहकारका रूपमा सिङ्गापुर झिकाएका थियौँ । बेलायती सल्लाहकारहरूले रोगजारदातालाई बढी तलबका लागि कसरी दबाब दिने, कम्पनीलाई जतिसुकै घाटा होस्, त्यसको पर्वाह नगर्नेजस्ता खराब आदत र परम्परा सिकाएका थिए । मैले १९६६ जुलाईमा आर्मी सिभिल सर्भिस युनियनको बैठकमा उनीहरूलाई बेलायती अर्थतन्त्रलाई बिगार्ने शैलीको युनियन परम्परा त्याग्न आग्रह गरेँ । त्यस्तो प्रकारको युनियन परम्पराका लागि म आफू पनि धेरै हदसम्म जिम्मेवार भएको कुरा स्वीकारेँ । जबकि म आफैँ युनियनको वार्ताकारका हैसियतमा काम गर्दै थिएँ । त्यतिबेला मजदूरमाथि निकै चर्को शोषण गरिन्थ्यो । तर परिणामस्वरूप त्यसले बेरोजगारी समस्यामात्रै निम्त्यायो । मैले त्यही बैठकमा आफ्नो उक्त कदमप्रति पश्चात्ताप गरेँ । त्यसको उदाहरणका लागि गउनीहरू सार्वजनिक बिदाका दिन तेब्बर ज्याला माग गर्थे । सरसफाई गर्ने मजदूरहरू सार्वजनिक बिदामा काम गर्दा तेब्बर ज्याला पाइन्छ भन्दै जानाजानी फोहोर फाल्ने काम बन्द गर्थे । सार्वजनिक बिदा मजदूरलाई छुट्टी दिन र आराम गर्न दिइन्थ्यो । तर उनीहरूचाहिँ आराम नै नगरी बढी ज्याला माग गर्थे । त्यसैकारण नेताहरूलाई मैले समयअनुसार टे«ड युनियन परम्परा अपडेट गर्न सुझाव दिएँ । 

मैले आफ्नो टे«ड युनियनसम्बन्धी विचार अन्तर्राष्ट्रिय श्रम सङ्गठनका पदाधिकारी र एसियाका टे«ड युनियन नेताहरूसमक्ष राखेँ । उनीहरूलाई मैले भनेँ, ‘युनियनका नेताहरूलाई सुनको अण्डा चाहियो भनेर पोथी हाँस मार्नु उचित होइन ।’ 

१९६६ को नोभेम्बरमा भएको एसियाली सल्लाहकार समितिको बैठकमा हाम्रा युनियन राजनीतिक आन्दोलनको एउटा पाटो भएको कुरा उल्लेख गरेँ । त्यस बैठकमा टे«ड युनियनका नेताहरूलाई बेलायतले दिएको स्वतन्त्रता हामी दिन सक्छौँ तर त्यसका लागि अनुशासन र कार्यशैलीमा परिवर्तन आवश्यक छ भन्ने कुरा बताएको थिएँ । 

उक्त बैठकमा मैले थप भनेकोे थिएँ, ‘प्रत्येक वर्ष स्कुल छाडेपछि कामको खोजीमा ३० हजार विद्यार्थी निस्किन्थे । हाम्रो युनियन परम्पराचाहिँ रोजगारदाता कम्पनीलाई पुँजी बढाउन, ठूलठूला मेसिन खरिद गर्न लगाउने थियो । त्यसले त मुट्ठीभरका युनियनका नेता र कार्यकर्ताले मात्र काम पाउने भए । श्रम बजारमा बेरोजगार बसेका हजारौँ मानिसले त काम पाएनन् । युनियनप्रति विश्वास गुमेको छ । त्यस्तो मूर्खता अब नदोहो¥याऊँ । यदि साँच्चिकै बेरोजगारी समस्या समाधान गर्ने हो भने हाम्रो सोचमा परिवर्तन ल्याउन जरुरी छ । अर्को महŒवपूर्ण कुरा, समयका आधारमा होइन, कार्यक्षमताका आधारमा ज्याला दिने व्यवस्था हुनुपर्छ ।’ 

युनियनका ती नेता र कार्यकर्ताले बेलायती सेना फिर्तापछि युनियन टुक्रिन सक्ने डरले मेरो कुरालाई स्वीकार गरे । सायद उनीहरूले सिङ्गापुरको अस्तित्वमाथि नै सङ्कट आइपर्ने सङ्केत बुझे होलान्, तर मेरा पुराना सहपाठी पिपुल्स एक्सन पार्टीका सांसद नेशनल टे«ड युनियन कंग्रेसका महासचिव हो सिबेङ्गले सार्वजनिक बिदाका दिन काम गर्दा पाइने तेब्बर ज्याला कटौती गर्ने मेरो नीतिको विरोध गरे । उनका अनुसार त्यसो गर्दा तलो तहका कार्यकर्ताको चित्त बुझाउन गाह्रो पर्छ । र, फेरि एनटियुसी कम्युनिस्ट युनियनका नेतहरूको घेराबन्दीमा पर्ने खतरा हुन्छ । उनको विरोधलाई लिएर मैले युनियनका नेताहरूसँग भेटघाट गरँे । 

एकजना अविवेकी र अज्ञानी टे«ड युनियन नेतासँग ऐतिहासिक मुठभेड भयो । के सुपिया ‘पब्लिक डेली रेटेड इम्प्लोइज युनियन्स फेडेरेशन’ का अध्यक्ष थिए । १८ अक्टोबर १९६६ का दिन उनले सरकारलाई दिएको अल्टिमेटममा मुख्य माग पूरा गर्न दबाब दिएका थिए । साथै उनले १९६१मा युनियन र सरकारबीच सम्पन्न एकमुष्ट सम्झौता कार्यान्वयन नगरेको आरोप पनि लगाएका थिए । उक्त सम्झौता अनुसार दैनिक ज्यालादारीमा काम गर्ने मजदूरको एक दिनको ज्याला १ अमेरिकी डलर बराबर हुनुपर्ने कुरा मागहरूमध्ये एउटा थियो । 

सुपिया र मैले १९५० को दशकतिर केही वर्ष सँगै काम गरेका थियौँ । उनी अशिक्षित तमिलभाषी भारतीय थिए । उनी आन्दोलनको राँको बाल्दै हिँड्ने खालका व्यक्ति थिए । दृढ र जिद्दी स्वाभावका मजदूर नेता उनीसँग वार्ता र छलफल गर्न निकै गाह्रो कुरा थियो । 

भारतको मद्रास सहरबाट सफाइका लागि ल्याइएका अदक्ष मजदूरहरू उनले नेतृत्व गरेको युनियनका सदस्य थिए । उनले १९५० तिरको जस्तो आन्दोलनमा छैनौँ भन्ने कुरा बुझ्न सकेनन् । म भर्खर स्वतन्त्र भएको सिङ्गापुरको अस्तित्व सङ्कटमा पार्न दिने पक्षमा थिइनँ । मैले उनीलगायत अन्य मजदूर नेतालाई भेटेँ । ४० मिनेटको कुराकानीमा मैले उनलाई १९६७ मा सम्भव नभए पनि १९६८ को बजेट भाषणमा मजदूरको ज्याला बढाउने प्रतिबद्धता जाहेर गरेँ । साथै मैले उनलाई चेतावनी दिएँ, ‘७ हजार भारतीय आप्रवासी कामदारलाई वर्क पर्मिट चाहिएको छ । यदि मजदूरहरू हड्तालमा उतारिन्छन् या उत्रिन्छन् भने उनीहरूले काम गुमाउनुपर्नेछ र भारत फर्कनु पर्नेछ ।’ यति भन्दा उनी टसमस भएनन् । तीन हजारजति मजदूर मात्रै वर्क परमिटमा काम गरिरहेका छन्, हड्तालमा उत्रिन्छन् पो भन्न थाले । उनको दाउ त यदि युनियन टुक्रियो भने त्यसको सारा दोष ली क्वान यूमाथि जाओस् भन्ने रहेछ । उनले टे«ड युनियनकै बलमा प्रधानमन्त्री भएको मान्छेले टे«ड युनियनलाई बिर्सेको भन्ने आरोप ममाथि लगाउन थाले । 

सुपियाले नयाँ वर्षको पूर्वसन्ध्यामा हड्तालको आह्वान गरे । मैले उनलाई आफ्नो निर्णयमा पुनर्विचार गर्न आग्रह गरेँ र विवादलाई औद्योगिक न्यायालयमा लैजान सुझाव दिएँ । तर न्यायालयले कुनै पनि प्रकारका मजदूर हड्ताललाई गैरकानुनी ठहर गरिदियो । त्यसपछि मैले उनीहरूको ध्यानाकर्षणका लागि वक्तव्य जारी गरेँ । 

१९६७ को जनवरीमा स्वास्थ्य मन्त्रालयले सफाइ मजदूरका लागि नयाँ व्यवस्था लागु ग¥यो । सुपियाले नेतृत्व गरेका मजदूर युनियनका लगभग २४ सय कामदार थिए । १ फेब्रुअरी १९६७ मा त्यही युनियनका एक जना सदस्यसहित अकस्मात् टे«ड युनियनको समर्थनबिनै हड्तालमा उत्रिए । उता सुपियाले सफाइ मजदूरको मागलाई एक हप्ताभित्र सम्बोधन गर्न दबाब दिए । माग पूरा नभए आफूले नेतृत्व गरेको युनियनका १४ हजार मजदूर हड्तालमा उत्रिने चेतावनी दिए । 

त्यसपछि सुपिया र सफाइ मजदूर युनियनका १४ जना अन्य नेताहरूलाई गैरकानुनी हड्ताल आह्वान गरेको आरोपमा प्रहरीले पक्राउ ग¥यो र दोषी ठह¥यायो । टे«ड युनियनका रजिस्ट्रारले युनियन र फेडेरेशनको दर्ता खारेज किन नगर्ने भनी कारण देखाऊ आदेश जारी ग¥यो । त्यति नै वेला स्वास्थ्य मन्त्रलयले ‘हड्ताली मजदूरहरू आफैँ नोकरीबाट बर्खास्त भएका र पुनः नोकरी गर्न चाहनेले अर्को दिन निवेदन दिनुपर्ने’ घोषणा गरिदियो । सरकारी समन्वय र दृढताले गर्दा हड्ताली मजदूरहरू आत्तिए । ९० प्रतिशत हड्तालीहरूले पुनः नोकरीका लागि दरखास्त दिए । त्यसको दुई महिनापछि सुपिया नेतृत्वको फेडरेशन र पब्लिक डेली रेटेड क्लिन्सिङ वार्कस युनियन दुवैको दर्ता खारेज भयो । 

सिङ्गापुरको औद्योगिक इतिहासमा यो हड्ताल टर्निङ प्वाइन्ट मानिन्छ । त्यो हड्तालमा जनताले सरकारलाई साथ दिए । त्यसपछि केही निश्चित अत्यावश्यक सेवामा सबै प्रकारको हड्ताललाई प्रतिबन्ध लगाइयो । यसले टे«ड युनियन संस्कृतिमा परिवर्तन ल्यायो । 

१९७८ को सुरुमा आयोजित नेशनल टे«ड युनियन काँग्रेस (एनटियुसी)का प्रतिनिधिको सम्मेलनमा मैले सम्झाउने प्रयास गरेँ । सहभागीलाई मैले मालिक र मजदूरबीचको औद्योगिक सम्बन्ध ज्यालाभन्दा बढी महŒवपूर्ण छ भन्ने कुरा राखेँ । सानातिना स्वार्थमा अल्झिनुभन्दा श्रमिक आन्दोलनलाई अझ मर्यादित ढङ्गबाट अगाडि बढाउनु अनिवार्य आवश्यकता हो भन्ने बुझाउन खोजेँ । 

बेलायतमा १९७१ मा भएको मजदूर आन्दोलन एउटा उदाहरण थियो । जसले गर्दा पाउन्ड स्टर्लिङको अवमूल्यन भएको थियो । मैले भनेँ, ‘यदि हाम्रो बन्दरगाहमा पनि त्यस्तै भयो भने म त्यसलाई देशप्रतिको ठूलो धोकाको रूपमा घोषणा गरिदिन्छु । त्यसपछि म हड्ताली नेताविरुद्ध कदम चाल्न बाध्य हुनेछु र बन्दरगाहलाई जसरी पनि सञ्चालन गराउनेछु । सिङ्गापुर डलरलाई कुनै पनि हालतमा अवमूल्यन हुन दिन्नँ । मलाई लाग्छ, जनताले सरकारबाट यही अपेक्षा गर्दछन् ।’

मैले केही श्रमिकको स्वार्थीपनापट्टि ध्यान खिच्न सफल भएँ । युनियनका प्रतिनिधि मण्डलसँग बेलायती शैलीको परम्परागत युनियनबाट हामी मुक्त हुनुपर्ने कुरामा जोड दिएँ । यदि मजदूरबाट बढीभन्दा बढी काम लिनु छ भने उनीहरूको चित्त दुखाएर होइन, प्रोत्साहन दिएर सम्भव हुन्छ । जहाँ मालिक र मजदूर युनियनबीच राम्रो तालमेल हुँदैन, त्यहाँ अर्थतन्त्र बिग्रिन्छ । मजदूरको ज्यालालगायत अन्य सुविधा बढाएर काम लिन सकियो भने राज्यको राजश्व पनि बढ्छ । अप्रत्यक्ष रूपमै भए पनि उक्त राजश्व राज्यले स्वास्थ्य, शिक्षालगायत सामाजिक कल्याणमा खर्च गर्छ । मैले यिनै कुरा बताएँ । 

१९६८ को जनवरीमा बेलायती सेना फिर्ता जाने घोषणाले जनता चिन्तित थिए । त्यही मौकामा मैले युनियन परम्परामा व्यापक परिवर्तन गर्ने निर्णय गरेँ । १९६८ मा भएको आमनिर्वाचनमा हामी अत्यधिक बहुमतले विजयी भयौँ । हामी सत्तामा आएको एकै वर्षमा रोजगार ऐन र औद्योगिक सम्बन्ध ऐन संशोधनसहित संसदबाट पारित भयो । पछि टे«ड युनियन कानुन पनि संशोधन गरियो । ती कानुनहरूले न्यूनतम रोजगारी अवस्थाका बारेमा प्रष्ट रूपमा व्यवस्था गरिदिए । संशोधित कानुनले मजदूरलाई दिने सुविधाका बारेमा सीमा तोकिदियो । छुट्टीको दिन, सार्वजनिक बिदा र काम गर्ने दिनमा लगाउने पोशाकको व्यवस्था पनि गरियो । त्यतिमात्र नभई मजदूरले बिरामी बिदा, सुत्केरी बिदा र वार्षिक बिदा पाउने भए । व्यवस्थापनलाई मजदूरलाई काममा लगाउने या कामबाट निकाल्ने तत्काल निर्णय गर्ने अधिकार प्रदान गरियो । व्यवस्थापनले मजदूरको सरुवा–बढुवा पनि गर्न पाउने भयो । समग्रमा भन्नुपर्दा संशोधित कानुनले औद्योगिक शान्तिको जग बसायो । टे«ड युनियनहरूले कुनै हाड्ताल, जुलुस गर्न नपाउने गरी प्रतिबन्ध लगाइयो । मजदूरका आफ्ना माग या गुनासा भए गोप्य रूपमा उजुरी–पेटिकामा खसाल्न सक्थे । यदि त्यस्तो कुनै हड्ताल, जुलुस भए युनियनका नेता या अधिकारीहरू नै जवाफदेही हुन्थे । 

रोजगार तथा औद्योगिक सम्बन्धसम्बन्धी संशोधित कानुनी प्रावधानले प्रष्ट रूपमा देखिने फाइदा भए । त्यसको उदारहणका लागि कानुन संशोधन गरेको एक वर्षभित्रै ५२ वटा नयाँ कारखाना खुले । जसले गर्दा १७ हजार मानिसलाई रोजगारी दिन सकियो । त्यसैगरी १९७० मा नयाँ लगानी भित्रिएपछि २० हजार नयाँ रोजगारीका अवसर सिर्जना भए । जसले राज्यको आम्दानी पनि बढायो । हामीले १९७२ मा व्यवस्थापन, सरकार र युनियनका प्रतिनिधि सम्मिलित राष्ट्रिय ज्याला परिषद् गठन ग¥यौँ । त्यसले प्राप्त तथ्याङ्कका आधारमा प्रत्येक वर्ष सर्वसम्मतिबाट ज्याला वृद्धि गर्ने सुझाव दिन्थ्यो । 

मेरो अनुरोधमा १९६९ मा देवान नायर मलेसियाबाट सिङ्गापुर फर्के । मैले उनलाई फेरि नेशनल टे«ड युनियनको नेतृत्व लिन आग्रह गरेँ । १९६४ मा मलेसियाको संसद सदस्यमा निर्वाचित भएपछि उनी त्यहाँ बस्दै आएका थिए । मैले सिङ्गापुरमा औद्योगिक शान्ति कायम गर्न र उद्योगको उत्पादन क्षमता बढाउन त्यसैअनुरूप मजदूर परिचालन गराउनका लागि उनको खाँचो रहेको बताएँ । 

मेरो नीतिलाई कार्यरूप दिन, समन्वय गर्न र युनियनमा सकारात्मक सोचको विकास गर्न देवान नायरको ठूलो योगदान रह्यो । पछि संसदले उनलाई सिङ्गापुरको राष्ट्रपतिमा निर्वाचित गरेपछि उनले विश्वबजारमा प्रतिस्पर्धा गर्न युनियनका नेताहरूलाई आह्वान गरे । 

आफ्नो कार्यकालमा उनले झेल्नुपरेको समस्या भनेको युनियनको सदस्यता वितरणमा आएको शिथिलता थियो । शिथिलता आउनुको कारणचाहिँ युनियनको घट्दो लडाकुपन थियो । उक्त समस्या समाधान गर्न देवानले १९६९ को नोभेम्बरमा आधुनिकीकरण गोष्ठी आयोजना गरे र बदलिँदो परिस्थिति सुहाउँदो काम गर्नुपर्ने कुरामा युनियनका प्रतिनिधिलाई सुझाव दिए । उनीहरूले थुप्रै युनियन र सहकारी उद्योगहरू खोले । नेशनल टे«ड युनियन काँग्रेसले १९७३ मा थोक मूल्यमा पसल, स्टोर र सुपरमार्केट सञ्चालन गर्ने उद्देश्यले एनटियुसी वेलकम नामक उपभोक्ता सहकारी खोले । साथै एनटियुसीले जीवन बीमा गराउन एनटियुसी इनकम नाम गरेको बीमा कम्पनी सुरु गरे । 

१९८१ मा देवान नायरले राष्ट्रपति पदमा उम्मेद्वारी दिन एन्यूटिसीको महासचिव पदबाट राजीनामा दिए । त्यसपछि ३७ वर्ष राजनीतिक सचिव भएर काम गरिसकेका लिम ची ओन एनटियुसीको महासचिव भए । 

ग्लास्गो विश्वविद्यालयबाट वास्तुकलामा प्रथम श्रेणीमा स्नातक उत्तीर्ण गरेका लीम ची ओनले युनियनको व्यवस्थापनमा सुधार ल्याउने कोसिस गरे । तर उनीसँग देवानको जस्तो अन्तरवैयत्तिक खुबीचाहिँ थिएन । उसका कारण उनी र पुराना पुस्ताका युनियनका नेताहरूबीच असमझदारी सुरु भयो । मैले हरबखत झेल्नुपरेको समस्या भनेकै युनियनका नेताहरूबीच पुस्तान्तरणको समस्या थियो । उदाहरणका लागि लीम ची ओन देवानभन्दा २० वर्ष कम उमेरका थिए । देवान पुस्ताका नेताहरूले लीम ची ओनको नयाँ कार्यशैलीलाई त्यति रुचाएनन् । पछि ओनले त्यसलाई आफ्नै निजी असफलता ठाने र १९८२ मा राजनीतिबाट बाहिरिए । 

मैले र देवानले सञ्चारमन्त्री ओङतेङ चेङलाई एनटियुसीको महासचिव नियुक्ति गर्ने सहमति ग¥यौँ । त्यसो गर्दा युनियनमा पुस्तान्तरण कम हुने हुँदा उनले राम्रै गर्न सक्छन् भन्ने हाम्रो सोच थियो । तेङ चेङ एडेलेड विश्वविद्यालयबाट वास्तुशास्त्र अध्ययन गरेर आएका चिए । उनको मातृभाषा चिनियाँ भए पनि अङ्ग्रेजीमा पनि राम्रो दख्खल थियो । उनले युनियनका नेताहरूसँग मिलेर काम गर्न सके । उनलाई आवश्यक राजनीतिक तथा आर्थिक सहयोग मैले दिएँ । नेशनल टे«ड युनियन काँग्रेसले शिशु स्याहार र प्रशारण क्षेत्रमा पनि हात हाल्यो । 

मैले धेरै वर्षदेखि एनटियुसीलाई श्रमिक कलेज स्थापना गर्न आग्रह गर्दै आइरहेको थिएँ । १९९० मा रस्किन कलेजका प्रिन्सिपलको सहयोगमा तेङ तेङले इन्स्टिच्युट अफ लेबर स्टडिज नामको कलेज खोले । त्यहाँ औद्योगिक सम्बन्ध र नेतृत्व विकाससम्बन्धी पठनपाठन सुरु गराए । तेङ चेङ १९९३ मा राष्ट्रपतिमा निर्वाचित भए । उनले विदेशी विश्वविद्यालयमा अध्ययन गरेर आएका २०–३० वर्ष उमेरका शिक्षित तथा प्रतिभाशाली युवालाई युनियनमा भिœयाए । यसले युनियनका नेताहरूमा नयाँ जोश र जाँगर पैदा ग¥यो । 

१९८० तिर मैले जापानी व्यवसायीहरूबाट प्रभावित भएर उत्पादकत्व आन्दोलन सञ्चालन गरेँ । एनटियुसीका नेताहरूलाई व्यवस्थापनसँग मिलेर कामदारलाई काममा गुणात्मक सुधार ल्याउन समय र लागत बचाउनका लागि पनि प्रोत्साहित गरेँ । जापानी कम्पनीको अभ्यास र सल्लाहलाई अनुशरण गर्दा जति सुधार भएको थियो, त्यसको फोटो प्रदर्शनी गरियो । साथै सानोतिनो पुरस्कार र बोनस पनि प्रदान गरियो । हामीलाई जापानी उत्पादकत्व केन्द्रले विशेष तालिम उपकरण र सटवेयर लगायतका सामग्री उपलब्ध गराएर सहयोग ग¥यो । 

१९८७ मा एउटा अवसरमा जापानी कम्पनीको प्रबन्ध निर्देशकलाई पुरस्कार वितरण गरियो । पुरस्कार वितरणपछि मैले उनलाई जापानी कामदार र स्थानीय मजदूरले एउटै मेसिन प्रयोग गरे पनि कम उत्पादन हुनुको कारण सोधेँ । उनले बडो इमानदारीपूर्वक जवाफ दिए, ‘जापानी कारदाहरूसँग धेरै सीप छ । नरम स्वभावका छन् । स्थानीय मजदूरको तुलनामा ज्यादै उपयोगी छन् । उनीहरू नियमित रूपमा काममा आउँछन् र कामप्रति निष्ठा राख्छन् । तर सिङ्गापुरका प्राविधिक सुपरभाइजर समूहका नाइकेचाहिँ मजदूरसँग काम गरेर हात मैलो पार्न हिच्किचाउँछन् । त्यस विपरीत जापानी प्राविधिकहरू मजदूरभन्दा आफूलाई ठूलो ठान्दैनन् र उनीहरू सँगसँगै मेसिन सञ्चालन तथा मर्मत गर्ने काममा खट्छन् । मजदूरको दुःखमा साथ दिन्छन् ।’

जापानी युनियनहरूले हासिल गरेको उपलब्धि देखेर देवान नायर आश्चर्यचकित भएका थिए । त्यसपछि उनले विभिन्न थरीका टे«ड युनियनहरूलाई ९ वटा औद्योगिक युनियनदेखि घरेलु युनियनसम्म परिवर्तन गर्ने अभियान थाले । जसले गर्दा मजदूर र युनियनका नेताबीच राम्रो सम्पर्क सुरु भयो । बुन हेङ्गले १९९० मा घरेलु युनियनहरूले जापानमा गरेजस्तो काम गर्न नसकेको कुरा पत्ता लगाए । हजारभन्दा कम मजदूर भएकोले सिङ्गापुरका कम्पनीहरू साना कम्पनीकै गणनामा पर्थे । फेरि जापानमा चाहिँ प्रमुख कार्यकारी अधिकृत विश्वविद्यालयबाट स्नातक उत्तीर्ण गरेका र अन्य व्यावसायिक व्यक्तित्व पनि युनियनमा रहने व्यवस्था थियो । तर सिङ्गापुरका घरेलु युनियनमा नेतृत्व सम्हाल्न सक्ने शिक्षित सदस्य हुँदैनथे । त्यसैले मालिकसँग वार्ता गर्नु परे एनटियुसीका पदाधिकारीलाई गुहार्नुपर्ने हुन्थ्यो । 

सिङ्गापुरको टे«ड युनियनमा फेरबल गर्ने क्रममा केही हड्ताल र विवाद झेल्नुप¥यो । टे«ड युनियन आन्दोलनलाई परिपक्व बनाउन सरकारी प्रशासनका सक्षम र योग्य अधिकारीलाई खटाएको थिएँ । १९६१ मा सिङ्गापुर टे«ड युनियन काँग्रेसबाट कम्युनिस्ट निकट युनियन छुट्टियो । त्यसपछि उनीहरूले छुट्टै युनियन फेडेरेशन महासङ्घ गठन गरे । उनीहरू त्यसरी छुट्टिँदा गैरकम्युनिस्ट युनियनमा सूक्ष्म खालका वार्ताकार थिएनन् । सामाजिक कार्यकर्ता भइसकेका एसआर नायकलाई मैले पठाएँ । उनले युनियनका नेताहरूसँग राम्रै घुलमिल भएर काम गरे । उनमा सबैलाई न्याय गर्ने खुबी थियो । नायक पछि परराष्ट्र मन्त्रालयमा सचिव र अमेरिकाका लागि राजदूत पनि भए । उनी १९९१ मा सिङ्गापुरको राष्ट्रपति पदमा निर्वाचित भए । 

सु चे क्वाङले पनि गैरकम्युनिस्ट युनियनका नेताहरूलाई सहयोग गरे । उनीहरूले युनियनका नेताहरूलाई सिङ्गापुरको आर्थिक स्थितिका बारेमा वास्तविक जानकारी दिए । साथै एनटियुसीको नेतृत्वलाई यथार्थवादी र व्यावहारिक बन्न पनि सिकाए । 

मैले पिपुल्स एक्सन पार्टीको सरकार र एनटियुसीका बीचमा सहजीवी सम्बन्ध स्थापित गर्न एनटियुसीका केही सांसदलाई युनियनमा फुलटाइम काम गराउन र केहीलाई सल्लाहकारका रूपमा राख्न सुझाव दिएँ । ती सांसदहरूले संसदमा युनियनका मुद्दा उठाए । एनटियुसीको समस्याप्रतिको सकारात्मक पहुँचले गर्दा १९६५ मा १४ प्रतिशतमा रहेको बेरोजगारी १९९७ मा आइपुग्दा १.८ प्रतिशतमा झ¥यो । त्यसैगरी १९७३ देखि १९९७ सम्म लगभग २५ वर्षसम्म औसतमा वार्षिक रूपमा ज्यालामा पाँच प्रतिशतको दरले मात्रै वृद्धि भयो । 

हामी १९९७ मा पनि एसियाली वित्तीय सङ्कटमा फस्यौँ । १९९८ मा बेरोजगारी दर ३.२ प्रतिशतले बढ्यो । हम्रो प्रतिस्पर्धी क्षमता पुनः प्राप्त गर्न १९९९ जनवरी १ देखि ज्याला र अरू सुविधालगायतमा १५ प्रतिशत कटौती गर्न युनियन र सरकार सहमत भयो ।  (From Third world to First world बाट भावानुवाद गरिएकाे )




Comments

Popular posts from this blog

जेनजी आन्दोलन र यसले दिएको सन्देश

ढुण्डीराज भण्डारीः एक संस्मरण

A Reader's note on Kenny Pandey's new novel-Deception