Monday, March 17, 2014

राजनीति साधन हो साध्य होइन

क्षेत्रफलका हिसाबले सिङ्गापुर संसारका अति साना देशहरुमा पर्दथ्यो । ईसाको दोस्रो शताब्दीदेखि बसोबास सुरm भएको यो देश सन् १८१९ मा इष्टइन्डिया कम्पनीले आधुनिक सहरको रुपमा विकास गरेको रहेछ । सन् १८२६ मा बेलायती उपनिवेशको रुपमा गएको यो देशलाई दोस्रो विश्वयुद्धमा जापानले कब्जामा लियो । सन् १९६३ मा बेलायती उपनिवेशबाट स्वतन्त्र भएपछि यसले तीव्ररुपमा आर्थिक र सामाजिक विकासको फड्को मा¥यो । प्रतिव्यक्ति आयका दृष्टिले संसारकै तेस्रो, वित्तीय हिसाबले संसारको चौथो ठूलो अर्थतन्त्र रहेको अनि संसारका पा“च व्यस्त बन्दरगाहमध्ये एउटा पथ्र्यो सिङ्गापुर । पूरै देश हाम्रो राजधानी सहर काठमाडौ“ जत्रो मात्रै रहेछ । पहिले–पहिले सिङ्गापुरलाई माझीहरुको देश पनि भनिन्थ्यो रे । ७५ प्रतिशत चिनिया“ मूलका मानिसहरुको बसोबास रहेको यो सानो देश संसारमै तीव्र गतिले आर्थिक र सामाजिक विकास गरेको देश मानि“दोरहेछ ।

सिङ्गापुर पुगेको भोलिपल्ट त्यहा“का प्रमुख राजनीतिक दलका नेताहरु र विशेषज्ञहरुसँग भेटघाट भयो । भेटघाटका क्रममा हामीले त्यहा“को आर्थिक र सामाजिक विकास कसरी भयो भनेर जिज्ञासा राख्यौ“ । पिपुल्स एक्सन पार्टी सिङ्गापुरका विदेश विभाग प्रमुख र संसद्का अध्यक्ष लि युनसँग हाम्रो विस्तृत कुराकानी भयो ।

हामीसँगको कुराकानीका क्रममा उनले भने– ‘सिङ्गापुर तपाईंहरुको देशभन्दा धेरै सानो देश हो । हाम्रो देश तपाईंको राजधानी सहरजत्रो मात्रै छ तर विश्वका ठूला अर्थतन्त्र भएको मुलुकमा पर्छ । केही दशक अगिसम्म हामी पनि तपै“हरुजस्तै गरीब देश थियौ“ । माछा मार्ने माझीहरुको सहर भनेर हामीलाई घृणा गर्थे । मलेसियनहरुले समेत हेप्थे । अरु देशले पनि हामीलाई हेप्थे । लि क्वान युले देश विकासको एउटा मोडेल बनाउनुभयो । त्यसलाई कार्यान्वयन गर्ने आधारहरु खोज्नुभयो । मानिसले समस्या हैन, अवसर देख्न थाले । अवसर देखेन भने, नेताले हाम्रा लागि केही गर्दैछन् भन्ने देखाउन सकिएन भने जुनसुकै राजनीतिक परिपाटी र संविधान ल्याए पनि काम गर्दैन भन्ने हामीले देख्यौ“ । मानिसले हेर्ने नेतालाई हो । नेता इमानदार र जिम्मेवार नभई देश बन्दैन, समाज र नागरिक समृद्ध हु“दैनन् । देश बन्यो भने सबै बन्छौ“ भनेर लाग्यो भने देश बन्छ अनि समाज र व्यक्ति आफै“ बन्दोरहेछ । हामी सबै मिलेर देश बनाउन लाग्यौ“ । पार्टी, व्यक्ति र गुट बनाउन लागेनौ“ । त्यो देखेर हामीलाई नागरिकहरुले पत्याए । त्यही पत्यारले बन्यो सिङ्गापुर ।’ उनको जोड नेताको र नेतृत्व गर्ने समूहको नैतिक चरित्र र देशप्रतिको जिम्मेवारीबोधमा थियो । यी कुरा राजनीतिक प्रणालीसँगै जान सकेनन् भने देश विकास हु“दैन भन्नेमा उनको जोड देखियो ।

उनले अझ थप्दै भने– ‘पारदर्शी र नैतिक चरित्र नभएको नेतालाई मानिसले पत्याउ“दैनन् भन्ने हामीलाई लाग्यो । त्यसलाई कसरी स्थापित गर्ने भनेर अनेक उपाय ग¥यौ“ । पत्यारिलो चरित्र नभएको नेता पदमा बसेर आफूलाई केही गर्ला देशको लागि भनेर केही पनि गर्न सक्दैन । त्यसैले राजनीतिक प्रणाली मुख्य हैन, त्यसलाई हा“क्ने इमानदार, जवाफदेही र जिम्मेवार नेता चै“ मुख्य कुरा हो । उसले नै समग्र प्रणालीलाई निर्देशित र सञ्चालित गर्छ । त्यसैले खराब नेता लिएर उच्च आदर्शको प्रणाली बनाउ“दा काम गर्दैन । दुवै एकैसाथ जान सक्ने गरी कमजोरीका प्वालहरु टाल्नुपर्छ । नेतृत्वमा इमानदारिता र जवाफदेहिता अनि असल चरित्रको विकास गर्नुपर्छ । अनि मात्र देश अगि बढ्छ । हामीले सोचेको र जानेको कुरा यही हो । यसै आधारमा आज सिङ्गापुर सिङ्गापुर हुन सकेको छ ।’

छोटो तर मार्मिक थिए उनका भनाइ । हामी देश बनाउने होइन, आफू र आना परिवार बनाउनेहरुको फन्दामा परेछौ“जस्तो लाग्यो सिङ्गापुर घुमेर हेर्दा । देश त्यति सानो तर आर्थिक विकासका दृष्टिले भने संसारकै ठूलो मानिने यो देश इमानदार नेताको कारणले बनेको रहेछ । 
सिङ्गापुरको भ्रमण सकेपछि बेलुका हामी मलेसियाको क्वालालम्पुर पुग्यौ“ । त्यहा“ पुगेको दिन मलेसियाली संसद्को पाहुना भएर ग्राण्ड मलेसिया होटलमा बसियो । भोलिपल्ट फेरि सुरm भयो, हाम्रो अध्ययन र अवलोकन भ्रमण । मलेसिया पनि तीव्र गतिले विकासतिर लम्किरहेका एसियाका देशहरुको सूचीमा पथ्र्यो । 
हामी मलेसियाको संसद्का प्रमुख महाथिर अहमदसँग भेटघाटका लागि उनको निवासमा गयौ“ । मलेसियाको एउटा प्रभावशाली पार्टीका नेता डा. महाथिर मोहम्मदका साथी थिए उनी । नेपाललाई साह्रै माया गर्ने मानिस रहेछन् अहमद ।

नेपालीहरु रोजगारीका लागि जाने प्रमुख गन्तव्य देश थियो मलेसिया । महाथिर अहमदले हामीलाई स्वागत गर्दै नेपालको भौगोलिक र प्राकृतिक सुन्दरताको प्रशंसा गरे । विकासका लागि प्राकृतिक स्रोत र साधनको कुरा पनि उठाए । बु“दागतरुपमा हाम्रो प्रतिनिधिमण्डललाई आनो सुझाव दि“दै उनले भने– ‘हरेक ठाउ“ र समाजका आ–आनै विशेषता हुन्छन् । चाहना, संस्कार र संस्कृति पनि भिन्न–भिन्न हुन्छन् । त्यसैले सबै ठाउ“मा एउटै मोडेलको राजनीतिक प्रणाली लागू हुन सक्दैन । समाज र मानिसको चेतना, अपेक्षा र विकासको अवस्थाअनुसार राजनीतिक प्रणालीमा पनि नया“ कुरा थप्दै, सुधार गर्दै आनो विशेषताअनुरुप ढाल्दै लैजानु आवश्यक हुन्छ । यसो गर्न सकिएन भने त्यसले विकास ल्याउ“दैन, द्वन्द्व ल्याउ“छ । राजनीतिको सबैभन्दा मुख्य कुरा हो, आर्थिक र भौतिक समृद्धि । नाम जे दिए पनि भयो । त्यसले केही फरक पर्दैन । तर विकासशील देशका लागि पूर्णतः खुला राजनीतिक प्रणालीभन्दा नियन्त्रित खुला राजनीतिक प्रणाली उपयुक्त हुन सक्छ । बलियो राज्य र अनुशासित जनताको जगमा मात्रै भौतिक समृद्धि हासिल गर्न सकिन्छ । पूर्णतः खुला प्रणालीले छाडातन्त्र निम्त्याउन सक्छ । विकासका लागि यो राजनीतिक प्रणाली अत्यन्तै सुस्त र कठिन प्रणाली हो । यसले बढी अधिकार र कम जिम्मेवारीतिर ढल्कन मानिसलाई प्रेरित र प्रोत्साहित गर्छ ।’

अहमदले फेरि थप्दै भने– ‘शासनमा पारदर्शिता भएन, सक्षम न्याय प्रणाली भएन, निष्पक्ष प्रशासन भएन भने जुनसुकै प्रणाली अपनाए पनि त्यसले मानिसको, समाजको र देशको परिवर्तनमा कुनै सकारात्मक योगदान गर्न सक्दैन । त्यसैले राजनीति साधन हो । देशको आर्थिक र भौतिक समृद्धि र स्वाभिमानचाहि“ साध्य हो । यी कुरा भएनन् भने जुनसुकै राजनीतिक प्रणाली भए पनि नामले मात्रै केही हु“दैन । नागरिकलाई प्रदान गर्ने अवसर, सेवा र सुविधा कसरी समान, पारदर्शी र जवाफदेही बनाउन सकिन्छ ? राजनीतिक स्थायित्वका लागि कुन प्रणाली उपयुक्त हुन्छ ? त्यसको निर्धारण गर्ने काम नै राजनीतिक परिवर्तनको केन्द्रीय विषय हो । यसमा तपाईंहरुका आनै अनुभवबाट सिक्नुहोस् । अर्काको कुरालाई सम्मानजनक ठाउ“ दिनुहोस् ।’ यति भनेर अहमदले हामी सबैलाई चियापानका लागि अनुरोध गरे । हामीले मलेसियाली चियाको स्वाद लि“दै कुरा फेरि अगाडि बढायौ“ ।

कुराकानीका क्रममा अहमदले आनो अनुभव सुनाउँदै भने– ‘मलेसिया आजभन्दा २५–३० वर्षअगिसम्म तपाईंहरु भन्दा गरीब देश हो । साधन र स्रोत तपाईंहरुसँग र हामीसँग उस्तै हो । समुद्रबाहेक सबै कुरा तपाईंहरुसँग पनि छन् तर किन तपाईंहरु पछि पर्नुभयो ? यसमा खूब मनन गर्नुहोस् । आफै“लाई प्रश्न गर्नुहोस् । तपाईंको देश अरु कसैले आएर बनाउ“दैन । तपाईं आफै“ले बनाउने हो । अरुले शुभेच्छा दिन सक्छन् । सहयोग गर्न सक्छन् । मेहनत गर्ने, सोच्ने र आनो भलो हुने योजना बनाउने काम जनताका प्रतिनिधिहरुको हो । विकास सबैलाई चाहिएको छ । विनाश कसैले पनि चाह“दैन । हामीले पनि तपाईंहरुकोजस्तै अवस्था भोगेका हौ“ । द्वन्द्व हामीकहा“ पनि थियो । तर खुलारुपले छलफल गर्दै जा“दा ती क्रमशः कम हु“दै गए । साझा कुराहरु पत्ता लाग्दै गए । सबैले सोचेको मलेसिया यस्तो हो भनेर एउटा साझा धारणा बन्यो । जो शासनमा गए पनि त्यहीअनुसार काम भयो । त्यसपछि मात्रै हामी अगि बढ्न सकेका हौ“ । त्यसको परिणाम तपाईंहरुले देखिरहनुभएको छ । तपाईंहरु पनि जिम्मेवार नेताहरु एक ठाउ“मा बसेर खुला हृदयले एक–अर्काका कुरा सुन्नुहोस् । आना आग्रहलाई देशहितको केन्द्रबिन्दुमा राखेर हेर्नुहोस् । त्यसले तपाईंहरुलाई साझा समस्या पहिल्याउन र साझा सहमति निर्माण गर्न सहयोग पुग्ने छ । त्यसो भयो भने सबै कुराहरु मिल्ने छन् । ठूलो कुरामा सहमति भएपछि स–साना कुराहरु आफै“ मिल्छन् ।’

मलेसियाको विकास र उन्नतिमा राजनीति कसरी सहायक भयो ? कसरी देशको उन्नति गर्न सकिन्छ भन्ने विषयमा छोटो तर मार्मिक कुरा बताए अहमदले । संविधानसभामा जातीय खिचलो उठाएर पहिचान खोज्ने सभासद्हरु उनका कुरा सुनेपछि मुर्झाएका जस्ता देखिए । मैले हाम्रो संविधान निर्माण त कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेजस्तो पो भो कि भन्ने पनि सोचे“ । चिन्तनयोग्य थिए कुराहरु । हामी त्यो दिन मलेसियाका विभिन्न विकास गतिविधिहरु अवलोकन गरेर बेलुका दक्षिण कोरिया भ्रमणका लागि सिओलतिर उड्यौ“ । राति दक्षिण कोरिया पुग्यौ“ ।

दक्षिण कोरिया सन् १९६० तिर हाम्रो भन्दा पनि खराब आर्थिक अवस्था भएको देश थियो । नेपाल र श्रीलङ्का जस्तो हुन पाए त हामी कति भाग्यमानी हुने थियौ“ भनेर उनीहरु नै भन्थे । आज कसरी यत्रो विकासको फड्को मारे ? हामी किन पछि प¥यौ“ ? सिओलमा झर्नेबित्तिकै मलाई यी प्रश्नहरुले दिमाग रिङ्ग्याउन थाल्यो । हाम्रो देशका स्नातकोत्तर गरिसकेका युवाहरु पनि दक्षिण कोरियाको मजदुरी गर्न दिनभरि लाइनमा बसेर निवेदन हाल्छन् । कोरिया जान पाए र त्यहा“ काम गर्न पाए संसारकै भाग्यमानी हुन्थे“ होला भने झै“ गर्छन् । गरे त के हु“दोरै’नछ र ? मैले दक्षिण कोरिया पुगेको भोलिपल्ट सिओल सहर घुम्दा यस्तै अनेक कुरा सोचे“ । दिउ“सो कोरियन संसद्की उपप्रमुखसँग हाम्रो भेटघाट तय गरियो । हामी उनलाई भेट्न त्यहा“को संसद् सचिवालयमा पुग्यौ“ ।

दक्षिण कोरियामा राजनीति सुरm गर्नुअगि उनी नेपालमा केही समय स्वयंसेविकाको रुपमा काम गरिसकेकी थिइन् । नेपाललाई खूबै माया गर्थिन् । हामीलाई भेट्दा उनी अत्यन्तै खुसी भइन् । उनको नाम थियो– वान क्यु हुई ।

हामीलाई स्वागत गर्दै केहीबेर अनौपचारिक कुराकानी चले । हामीले कोरियाको अनुभव जान्न उत्सुक भएको कुरा बतायौ“ । हाम्रा कुरा सुनेपछि उनले भनिन्– ‘देशको समृद्धि र विकासका लागि सबैभन्दा महङ्खवपूर्ण कुरा राजनीतिक प्रणाली होइन । त्यो साधन हो । साधन राम्रो हुनुपर्छ तर त्यो देशका नागरिकमा हुने भावना त्यो भन्दा कैयौ“ गुणा महङ्खवपूर्ण छ । त्यो यदि बिग्रियो भने देश र समाज दुवैले दुःख पाउ“छन् । म नेपालमा स्वयंसेविकाको रुपमा काम गर्दाको अनुभवको आधारमा पनि केही कुरा तपाईंहरुलाई भन्दैछु ।’

‘आफूभित्र देशप्रति कस्तो भावना छ ? त्यो देशको विकास र राजनीतिक संस्कारका लागि सबैभन्दा महङ्खवपूर्ण कुरा रहेछ । अधिकांश नेपाली दोष अरुलाई दिने गरेको मैले पाएकी छु । नेता राम्रो भएन, पार्टी राम्रो भएन, कर्मचारी इमानदार भएनन् । यस्तै–यस्तै सुन्थे“ म जता जा“दा पनि । त्यसरी सोचिरह्यो भने त न व्यक्ति विकसित हुन्छ, न समाज न देश । विकासका लागि पहिले आफू कस्तो छु भनेर सोच्नुपर्दोरहेछ । मैले देशलाई के गर्न सक्छु भनेर मैले सोचिन“ भने मेरो देशको बारेमा अरु कसैले सोचिदि“दैन । मेरो विचारमा त्यो सबैभन्दा महङ्खवपूर्ण छ । यदि त्यसरी हरेकले सोच्नुभयो भने तपाईंले आलोचना गरेको नेता पनि सोच्न बाध्य हुन्छ । पार्टीहरु बाध्य हुन्छन् । कर्मचारीहरु पनि बाध्य हुन्छन् । कसैलाई खराब हुन, खराब देखिन मन हु“दैन ।’

वानका कुराले मलाई आफूभित्र फर्कन बाध्य बनायो । ‘हाम्रो सोच्ने तरिका आफूलाई हेरेर होइन, अरुलाई हेरेर नै बनाउन चाहन्छौ“ हामी । त्यसले अरुलाई आलोचना गर्न त सिकाउ“छ तर आनो कमजोरी हेर्न सिकाउ“दैन । आनो कमजोरी हेरेन भने कसरी आफूलाई विकास गर्ने ?’ उनले अगाडि फेरि केही कुरा थप्ने सुरसार गरिन् ।

‘जब हाम्रो देशमा राष्ट्रपतिका रुपमा पार्क जुङ हीले सन् १९६१ मा शासन सम्हाले, त्यतिबेला हाम्रो राज्ययन्त्र तपाईंहरुको भन्दा पनि खराब थियो । देशको आर्थिक अवस्था अत्यन्त नाजुक थियो । कसैले दक्षिण कोरियामा लगानी गर्न चाह“दैनथ्यो । सबैजसो युवाहरु रोजगारीको खोजीमा तपाईंहरुको देशका युवाहरुजस्तै गरी विदेसिएका थिए । जहा“ पनि विदेशीले पाउने काम स्वदेशीले गर्न गाह्रो मान्ने फोहोरी, जोखिमयुक्त र निम्नस्तरका काम नै हुन्छन् । त्यतिबेला पनि त्यही अवस्था थियो । हाम्रा धेरै मजदुरहरु जर्मनीको कोईलाखानीमा काम गर्न जान्थे । सन् १९६५ मा जब राष्ट्रपति जर्मनीको भ्रमणमा गए, त्यहाँको कोईलाखानीमा काम गरिरहेका मजदुरहरुले राष्ट्रपतिलाई सोधेछन्– ‘हाम्रो देश कहिले धनी हुन्छ होला राष्ट्रपतिज्यू ? के हामी यसरी कोईलाखानीमा काम गर्दागर्दै विदेशमै मर्नुपर्ने हो ? हामी कहिल्यै धनी हुन सक्दैनौ“ ?’ यसको जवाफ दिन राष्ट्रपतिलाई निकै गाह्रो भयो । मजदुरहरुको कारुणिक प्रश्न सुनेर राष्ट्रपतिका आँखामा आँसु टल्पलाए । अश्रुपुरित नयनले उनले जवाफ दिए– ‘कुनै दिन अवश्य पनि हामी धनी हुने छौ“ ।’ त्यसपछि देश विकासका लागि कामहरु सुरm भए । ठूल्ठूला संरचना बन्न थाले । ठूला कलकारखानाहरु खोलिए । विदेश गएका मानिसहरु देश फर्केर काम गर्न थाले ।’

हामी उनका कुरा सुनेर निकै गम्भीर हुँदै गयौ“ । वास्तवमा भावनाले नै बनाउने हो व्यक्ति, देश र समाज । सङ्घर्षले मात्रै परिवर्तन हुने होइन । मनमनै मलाई यस्तै लाग्न थाल्यो ।

वानले फेरि कुरा जोडिन्– ‘कोरियन युद्धले देश थिलथिलो भएको थियो । देशमा सबै मानिसहरु उच्चवर्ग र निम्नवर्गमा विभाजित थिए । विश्वकै सबभन्दा गरीब थियौ“ हामी । जापान, ताईवान र नेपाललाई हेरेर हामी मनमनै त्यहा“ जान पाए कस्तो हुन्थ्यो होला भनेर ईष्र्या गथ्र्यौं । यस्तो दयनीय समयमा हाम्रा पूर्वजहरुले सोचे– हाम्रो देश आफै“ विकास गर्नुपर्छ । मेरो देश अरु कसैले बनाउ“दैन । अरुको राम्रो देश एक–दुई दिन रमाइलो हेर्नका लागि, उमेर हुञ्जेल र काम गर्न सक्ने बेलासम्म मात्रै रमाइलो हो भन्ने विस्तारै बुझ्न थाले । हाम्री आमाले मलाई भन्नुहुन्थ्यो– उहाँहरुले दिनको १८ घण्टासम्म काम गर्नुभएको थियो अरे ।’

कुरा गर्दागर्दै मैले आफूलाई थाम्न सकिन“ । आ“खाबाट आ“सु खस्न थाले । हृदयमा भक्कानो प¥यो । सोचाइको महानता नभएका हामीले महन देश कसरी बनाउन सक्छौ“ ? मलाई मनमनै उनका कुराले हीनता र छट्पटी भइरह्यो । कुराकानी जारी नै थियो ।

उनले एकछिन रोकिएर फेरि कुरा सुरm गरिन्– ‘देश विकासको अभियानमा देशका सबै नागरिकहरु मेरो देश मैले नै बनाउने हो भनेर जुट्न थालेपछि विकासको वातावरण तयार हुन थाल्यो । आमाहरु बच्चा बोकेर काममा जान्थे । बच्चाहरुलाई श्रम र कामको महङ्खव बताउ“थे । सानैदेखि श्रमलाई महङ्खव दिन सिकाउ“थे । पछि हुर्कंदै जा“दा उसले पनि काम गर्नुपर्छ भनेर बुझ्यो । विस्तारै काम गर्न थाल्यो । त्यसैको परिणाम हो, एहिलेको समृद्ध कोरिया । जुन देशमा तपाईंका लाखौ“ मानिसहरु अहिले मजदुरका रुपमा औद्योगिक श्रम गरिहेका छन् ।’
मलाई त्यो सुन्दासुन्दै आफूलाई थाम्न गाह्रो हु“दै थियो । अरु साथीहरुका आ“खा पनि रसाएका जस्ता देखिए । हामी एकछिन रोकियौ“ । निकै भावुक हु“दै थिइन् वान ।
‘तपाईंहरुको जति साधन र स्रोत कोरियामा छैन । त्यस्तो सुन्दर ठाउ“ पनि छैन । तर हामीसँग भावना छ । यो देश मेरो हो, मेरो देश मैले आफै“ले बनाउने हो भन्ने भावना । त्यही भावनाले हामी धनी भएका हौ“ । साधनले मात्रै कोही पनि धनी हु“दैन । राजनीतिक प्रणालीले समृद्धि ल्याउने होइन । यौटा देशभक्त, सक्षम र इमानदार राजनेता पाउनुभयो भने अथवा तपाईंहरुभित्रै त्यो जन्माउन सक्नुभयो भने बल्ल देश उन्नत हुन सक्छ । हामीले पार्क जुङ हीजस्ता देशभक्त, इमानदार र कर्मठ राष्ट्रपति नपाएको भए हामी पनि तपाईंहरुजस्तै जातीय, क्षेत्रीय र धार्मिक कुराहरुका मीठा नारामा अल्मलिने थियौ“ होला । नामले पहिचान दिने हैन । कामले दिन्छ तपाईंको पहिचान । गरीबको नाम कसैले लिन चाह“दैन । धनी भयो भने सबैले खोजीखोजी नाम लिन्छन् ।’ 
उनले दक्षिण कोरिया कसरी विकास भयो ? विकासका लागि भावना किन महङ्खवपूर्ण छ ? यसबारेमा आनो गहिरो अनुभव सुनाइन् । उनका कुरा अझै बाँकी नै थिए ।

फेरि कुरा अगि बढाउँदै भनिन्– ‘जुङ हीलाई कतिपयले निरङ्कुश नेता भन्छन् । म भन्छु, खान नपाएको भोको पेट भाषणले हैन, रोटीले भरिन्छ । एकसरो लुगा लाउन नपाएको आङ बोल्ने र लेख्ने स्वतन्त्रताले मात्रै छोपि“दैन । उसलाई दिइने आर्थिक अवसरले छोपिन्छ । असुरक्षा र अन्यायमा दबिएर बा“चिरहेको एउटा कमजोर मान्छेलाई सहज, सुलभ न्याय प्रणालीले उसलाई म सुरक्षित छु भन्ने बोध गराउन सक्छ । ती कुराहरु मुख्य हुन् । भन्न जे भने पनि हुन्छ । सकेसम्म सम्मान, न्याय र पारदर्शितालाई राजनीतिको अङ्ग बनाउने प्रयास गर्नु आवश्यक छ । मानिसको भावनालाई राष्ट्रिय भावनामा जोड्ने प्रयास गर्नु आवश्यक हुन्छ । त्यो कुराको आधार हो, आर्थिक अवसरको सिर्जना । त्यो बाहेक जतिसुकै राजनीतिक प्रणालीमा सुधार गरे पनि त्यसले दीर्घकालमा फेरि तनाव नै सिर्जना गर्छ । विकास साध्य हो, राजनीति साधन हो । कहिल्यै पनि साध्यभन्दा साधन ठूलो हुन सक्दैन । देश बनाउन र समाजको विकास गर्न रगत हैन, आ“सु बगाउन सिक्नुपर्ने रहेछ । के तपाईंहरु देश र समाजको अवस्था देखेर कहिल्यै रmनुभएको छ ? हामी कोरियालीहरु देश देखेर कैयौ“ पटक रोएका छौ“ । त्यही रmवाइले हामीले देशप्रति माया गर्न सिक्यौ“ । अहिले हामी संसारमा शिर ठाडो गरेर हि“डिरहेका छौ“ ।’
वानले यति भनिसक्दा आफूलाई पनि सम्हाल्न सकिनन् । उनी पनि आ“खाभरि आ“सु पारेर भक्कानिइन् । हामी स्तब्ध भयौ“ ।
एकछिन पछि केही कुरा फेरि थपिन्– ‘मैले तपाईंहरुको देशमा काम गर्दा देखेको छु, एउटा बच्चा खाना खान नपाएर स्कुल जान पाएको छैन । राम्रो कपडा लगाउन नपाएर नाङ्गो आङ लिएर हि“डिरहेको छ । एउटा वृद्ध मान्छे उपचार नपाएर रोगको सिकार भएको छ । बुढेसकालमा काम गर्न नसकेपछि आनै जीवनलाई धिक्कार्दै मृत्यु कुरिरहेको छ । हरेक युवा पासपोर्ट लिएर विदेश जान त“छाड–मछाड गरेर लागेको छ । देशभन्दा विदेश प्यारो छ । शिक्षितहरु देशमा अवसर नदेखेर विदेश पलायन भएका छन् । यस्तो अवस्थालाई रोक्ने योजना यदि तपाईंहरुसँग छैन भने राम्रो कानुन र संविधानले मात्रै देश बन्दैन । यसमा सबै जनाले खुला हृदयले बहस गर्न आवश्यक छ । हामी विदेशीले त अनुभव मात्रै बताउने हो, काम तपाईंहरु आफै“ले गर्ने हो । फेरि पनि म तपाईंहरुलाई भन्छु, देश हेरेर रmनुस् । देश देखेर तपाईंका आँसु जति बढी झर्छन्, त्यति नै बढी तपाईंहरुको देश बन्ने छ, समाज बन्ने छ । बन्दुकले देश बनाउँदैन । भावनाले बनाउँछ देश ।’ 
वानले आनो भनाइ टुङ्ग्याइन् । हाम्रो अनुभव आदान–प्रदानको कार्यक्रम सकियो । भोलिपल्ट कोरियाका विभिन्न ठाउ“को भ्रमण र नेपाली कामदारहरुसँग भेटघाट भयो । त्यसपछि हामी प्रस्थान ग¥यौ“, युरापको बेलग्रेडतिर । 
युगोस्लाभियामा जातीय विषयहरु उठाउ“दा एउटा देश कैयौ“ टुक्रामा विभाजित भएको थियो । सङ्घीय संरचनामा चलेको देश जातीय नरसंहारका दर्दनाक घटनाहरु भोगेर भर्खर तङ्ग्रि“दै थिए । हाम्रो भेट पूर्वयुगोस्लाभियासँग सम्बद्ध तर अहिले छुट्टिएर बेग्लै राष्ट्र भएको सर्बियाको सत्तारुढ दलका नेता रादोभान सरायेभसँग भयो । उनी पूर्वयुगोस्लाभिया हु“दा जातीय थिचोमिचोका विषयमा आवाज उठाउने मुख्य नेताहरुमध्ये एक थिए । त्यतिबेला उनी सत्तारुढ पार्टीका अध्यक्ष र संसद्का समेत प्रमुख थिए । हामी उनीसँग जातीय कुराहरु उठाउ“दा र त्यस किसिमका कुराहरु व्यवस्थापन गर्दा अपनाउनुपर्ने सतर्कताका बारेका विचार बुझ्न चाहन्थ्यौ“ । हामीले त्यसका बारेमा कुराकानी उठायौ“ । उनले आनो भनाइ राख्दै केही संवेदनशील कुराहरु हामीलाई भने । 
उनले भने– ‘हाम्रो देश धेरै देशहरु मिलेर बनेको यौटा शक्तिसम्पन्न र वैभवशाली सङ्घीय राष्ट्र थियो । केही नेताहरुले जातीयरुपमा थिचोमिचो भएको कुरा उठाए । मलाई पनि त्यो विषय ठीकै हो जस्तो लाग्यो । विस्तारै हामीले उठाएका कुराले जातीय घृणा बढाउन थाल्यो । भएभरको जातीय घृणा फैलियो, एक–अर्को जातिविरmद्ध । मानिसहरुलाई लाग्यो, सा“च्चै हो त ! विस्तारै देश द्वन्द्वतर्फ धकेलियो । बालबालिकाहरुले कैयौ“ वर्ष भय र त्रासमा जीवन बिताए । उद्योगधन्दा तहस–नहस भए । समाज अन्योलग्रस्त भयो । कैयौ“ महिलाहरु बलात्कारका सिकार भए । कैयौ“ मानिसहरु गोलीले उडाइए । हामीले त्यस्तो नरसंहार चाहेका थिएनौ“ । घृणाको अन्त्य चाहेका थियौ“ । विस्तारै नेताहरुको स्वार्थ बुझियो । सम्हाल्न नसकिने अवस्थामा देश पुगिसकेपछि बल्ल हामीलाई थाहा भयो । राजनीतिमा कसले के विषय उठाएर के लाभ लिन खोजेको छ, त्यसको गहिराइबाट नियाल्नुपर्छ । हतारमा त्यसको समर्थन र विरोधले मात्रै समाधान हु“दैन । समस्या अझ बल्झिन सक्छ । सुन्दा नारा लोकप्रिय हुन सक्छ । विस्तारै त्यसले हामी आफै“लाई ध्वस्त पारिदिन्छ ।’ उनले विस्तारै हामीलाई गहिरो कुरातिर प्रवेश गराए ।
‘जुनसुकै खालको राजनीतिक प्रणाली भए पनि सबै व्यक्तिले पाउने अवसर, स्रोत र साधनमा समान पहु“च र समान न्याय नै मुख्य कुरा हो । कसैलाई काखा र कसैलाई पाखा नगरी योग्य मान्छेलाई समान अवसर दि“दा नै समाज र देश बन्छ । जातीय आधार लिएर कुनैलाई काख र पाखा गरेर अवसरबाट वञ्चित गर्दा अयोग्य मान्छेले ठाउ“ पाउ“छन् । योग्य मान्छे अवसरबाट वञ्चित हुन्छन् । हामीले अवसर दिन खोजेको कि अवसरबाट योग्यलाई वञ्चित गर्न खोजेको ? यो विचार गर्नुपर्छ । कुनै जात, क्षेत्र, समुदायका नाममा यदि योग्य मानिसहरुलाई पछि पारियो भने फेरि त्यही कुरा विरोध र विद्रोहको विषय बन्छ । हामीले अहिले त्यही अप्ठ्यारो भोगिरहेका छौ“ ।’
‘मान्छे आर्थिकवर्गमा विभाजित छ । विकासको कुरा गर्दा त आर्थिकस्तर नै मुख्य हुन्छ, जातीय पक्ष होइन । समावेशीको कुरा गर्दा जातीय र क्षेत्रीय कुरा पनि हेर्नुपर्छ । तर यो ज्यादै सीमित अवधिका लागि हुनुपर्छ । पछि परेकाहरुलाई अवसर देखाएर आकर्षण गर्न मात्रै यसको प्रयोग गरिनुपर्छ । लामो अवधि यसको प्रयोग गरियो भने दीर्घकालीनरुपमा हानि नै गर्दोरहेछ । अहिले हामी अप्ठ्यारोमा छौ“ । त्यसैले तपाईंहरु अवसरको समान वितरण गर्ने पारदर्शी र न्यायपूर्ण समाज निर्माणतिर लाग्नु आवश्यक देख्छु । जातीय विद्वेष र घृणातिर तानियो भने यसले दीर्घकालमा तपाईंलाई र तपाईंका सन्तानलाई समेत पीडा दिने छ । भविष्य सोच्नुहोस् । बुद्धि पु¥याएर काम गर्नुहोस् । भावनामा बहकिएर निर्णय लिनबाट बच्नुहोस् ।’ 
रादोभानको संक्षिप्त प्रस्तुतीकरणपछि हाम्रो टोलीका साथीहरुले अनेक प्रश्नहरु गरे । उनले समग्रमा जवाफ दिए । उनको अन्तिम निचोड थियो– ‘जातीयरुपमा अवसरको समानता र समावेशीकरण आवश्यक छ तर जातीयरुपमा देशलाई भागबण्डा गर्दा त्यसले साम्प्रदायिक रुप लिन्छ, समावेशी रुप लि“दैन । आर्थिक अवसरमा सहभागी गराउ“दा वर्गीय आधार नै हेर्नुपर्छ, जातीय आधारमा जाँदा अन्याय अझ बढ्छ ।’ 
उनका कुरा सुनिसकेपछि मैले हाम्रो देशमा लागू भएको समावेशी कानुन सम्झे“ । मेरो घरनजिकै एक जना दलित बस्थे । उनका छोराछोरीहरुले स्कुलबाट छात्रवृति पाउ“थे । उनको काठमाडौ“को नयाँ सडकमा पाँचतले घर थियो । पाँच लाख भाडा उठाउँथे । अर्को छिमेकी एउटा गरीब बाहुन थिए । घरमा के खाउ“m, के लाउ“mको अवस्था छ । उनको छोराले न छात्रवृत्ति पाउ“छ न भत्ता । उनी राज्यबाट पाउने ती सुविधाबाट जातकै आधारमा वञ्चित भएका छन् । दलित र पिछडिएकाहरुलाई सुविधा दिने नाममा भएको न्यायपूर्ण व्यवहार भनेर यसलाई कसरी भन्ने ? यस्तो विडम्बनापूर्ण अवस्थालाई झल्झली सम्झे“ मैले त्यस दिन । के हामीले बनाउन खोजेको समावेशी र न्यायपूर्ण समाजको सपना यस्तो कानुन र अवसरले पूरा गर्ला त ? प्रश्नको उत्तर मैले पाउन सकिन“ । वास्तवमा रादोभान सही थिए– ‘आर्थिक उन्नति गर्न वर्गीय कुरा नै हेर्नुपर्छ । जात हेरेर हु“दैन ।’
प्रकाशोन्मुख कृति मृतात्माको डायरीबाट 

Sunday, March 16, 2014

हराएको विलासपुर

समसामयिक राजनीति र प्रशासनको एउटा विसंगत चित्र, कथामा ।
विलासराज कार्कीका हजुरबा देशमुख कार्कीले श्री ३ चन्द्र समशेरको बक्सिसबाट नेपालभारत सीमाना नजिकै पर्ने विलासपुरमा रहेको २० बिगाहा जग्गा बिर्ता पाएका थिए । कारण थियो चन्द्र समसेरको इमानदार चाकरी । देशमुख कार्कीको चाकडीबाट साह्रै कृतज्ञ भएका चन्द्र समसेर देश दौडाहामा गएकाबेला धनकुटाका बडाहाकीम सरदार ज्योतिराज पाण्डेलाई आदेश दिएका भरमा देशमुखले त्यो सुन्दर धानखेत उनको नाममा भोगचलन गर्ने गरी पञ्जापत्र पाएका हुन् भनेर गाउँका बुढापाकाले भनेको सुनियो । तिनै देशमुखका नाति विलासराज कार्कीका साथी थिए– धर्मनाथ पौडेल । धर्मनाथ पौडेल जिल्लाको सिडिओ भएर आए । विलासराज कार्की सिडिओ साथीसँग भेट गर्न सिडिओ कार्यालय पुगे । धर्मनाथले बडो खातिरदारी गरेर भलाकुसारी सोधे । विलासराज कार्की धर्मनाथको व्यवहारबाट कृतकृत्य भयो । विलासराज सिडिओकहाँबाट फर्केर आएको तीन दिनपछि गोरखापत्र दैनिकमा अग्रपृष्ठमा एउटा ठूलो आकारको सूचना छापियो । सूचनाको व्यहोरा यस्तो थियोः

श्री ३ चन्द समसेरको निगाहले तत्कालीन पूर्व २ नं. र हालको मोरङ जिल्ला अन्तर्गत पर्ने विलासपुरका विलासराज कार्कीको २० बिघा जग्गा र त्यसको वरपरका अरु केही जग्गाहरु समेत अन्दाजी २५ बिघा जग्गा एकाएक नक्शासहित हराएको छ । उक्त जग्गा खोजतलास गरी पत्तालाउन सहयोग गर्ने महानुभावलाई उचित पुरस्कार दिइनेछ । कथम्कदाचित् जग्गा फेला नपरेमा त्यसको जिम्मेवार सरकारका जिल्लास्तरीय प्रतिनिधि सिडिओ धर्मनाथ हुनेछन् । 

यो सूचना कसले निकालेको हो भन्ने संकेतका लागि पुछारमा– विलासराज कार्की, विलासपुर, मोरङ लेखिएको थियो । 

यसभन्दा अघि पनि बेलाबेलामा देशको ठाउँठाउँबाट जग्गा गायब भएका खबरहरु त पढ्न पाइन्थ्यो तर गोरखा पत्रमा सूचना निकालेर खोजतलासको प्रयास भएको भने यो पहिलो थियो । गोरखा पत्रको त्यो सूचना पढेपछि जग्गा पत्तालगाउन आउने मानिसहरुको भीड विलासपुरमा जम्मा हुनथाल्यो । नौलानौला अनेक मानिसहरु विलासपुरमा फैलिए । सिडिओ धर्मनाथले विलासराजलाई हातेफोनबाट सम्पर्क गर्न खोजे । सम्पर्क गर्दा– अहिले सम्पर्क हुन सकेन कृपया पछि सम्पर्क गर्नुहोला भनेर नेपाल टेलिकमको कम्प्युटरले जानकारी गरायो । सूचना चाहिँ एउटी महिलको मीठो स्वरमा नेपाली र अङ्ग्रेजी भाषामा थियो । सिडिओले जमीन खोजी गरी सत्यतथ्य बुझ्नका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा लेखी पठाए । जिल्ला प्रहरी कार्यालयमा चिठ्ठी पठाउँदा गोरखा पत्रको सूचनाको फोटोकपी पनि सँगै पठाइयो । 

विलासराजको त्यति धेरै जग्गा कसरी गायब भयो ? विलासराज कार्की एकाएक कसरी सम्पर्क बाहिर भए ? सिडिओलाई यो बिषय अत्यन्त गम्भीरजस्तो लाग्यो । चिनजानका साथी पनि भएकाले उनी खोजीकार्यमा निकै सक्रिय भए । अप्रत्यक्ष तथ्यहरु खोज्नका लागि गोप्य रुपमा जासुसी संयन्त्र पनि परिचालित गरे ।  सिडिओको सक्रियता बिशेष थियो यो केशमा । 

नेपाल–भारतको सीमाना नजिक भएका जग्गाजमिन रातारात हराएर कहिलेकाहीँ मानिसहरु राति सुत्दा एउटा देशमा र बिहान उठ्ता अर्कै देशमा हुनेगरेको अनुभव धेरै गाउँले र खोजकर्ताहरुसँग थियो । यो पनि त्यस्तै घटना होला भन्ने अनुमान लगाए खोजकर्ता र रैथाने दुवैथरिले । पूर्वतिर र पश्चिमतिर त्यस्ता निकैवटा घटनाहरु भइसकेका भए पनि मोरङको यो घटना अलि नौलो थियो । किन विर्ता दिएकै जग्गा हरायो ? किन चन्द्र समसेरसँग जोडिएकै जग्गा चाहिँ हराउनु पर्ने ? मानिसहरुका मनमा प्रश्न उम्रिए, उत्तर उम्रन सकेन । रहस्यका झारहरु पलाए । 

करिब ८५ वर्षनाघेका ज्योतिष बिष्णुप्रसाद जैसीकहाँ केही मानिसहरु जमिन पत्ता लाग्छ कि भनेर आर्जे हेराउन पुगे । ज्योतिष विद्या र धामी विद्या दुवैका जानकार बिष्णुप्रसादले आँखीभुईं फुलेर सेतै भइसकेका चिम्रा आँखा एक साथ आकास र जमिनतिर फर्काए । हातका औला गन्दै नसुनिने भाषमा केही बोले । मनमनै निकैथोक भनेकोजस्तो थियो उनको अनुहार । सुन्नेले केही सुनेन् । निकैबेरपछि उनी बोले– यो जमिन दक्षिण दिशामा जाने सम्भावना देखियो । चाँडै खोजी गर्न सकिएन भने नभेटिन सक्छ । चाँडोभन्दा चाँडो भएभरको शक्ति र बुद्धि दुवै लगाएर खोजी गर्नू, नत्र फेला पार्न मुस्किल छ । अर्काको हातमा परेपछि यो जमिन फर्काउन कठिन छ । 

बिष्णुप्रसादको आर्जे हेराइले गाउँमा अझ अन्योल थपियो । सिडिओ धर्मदासको नाम पनि मुछिएर सूचना जारी भएकाले उनी यो जमिन खोजी कार्यमा बिशेष सक्रिय हुन थाले । शान्तिसुरक्षा र देशको भू–भागको बिषय भएकाले सूचना पढेपछि गृहमन्त्रालयले पनि सिडिओ धर्मदासलाई– सत्यतथ्य पत्तालगाई तुरुन्त सरकारसमक्ष प्रतिवेदन पेश गर्नू भन्ने आदेश दियो । 

देशको यति ठूलो भूभाग हराएको सूचना निस्केकाले देशभरका पत्रकारहरु, खोजकर्ताहरु विलासपुरमा जम्मा भए । सूचना निस्केको भोलिपल्टदेखि नेपाल र भारतका सबैजसो मुख्य टेलिभिजनहरुले प्रत्यक्ष प्रशारण गरी घटनालाई विश्वव्यापीकरण गरे । जेसुकै भएको भए पनि विलासपुरको २० बिघा विर्ता र त्यसको आसपासका केही जग्गाको खोजखबर हुन सकेन । विलासराज कार्की पनि गायब भएको भयै भए । खोजी कार्य निरन्तर चलिरह्यो । 

विलासराज कार्कीकी श्रीमतीलाई अनेक सोधखोजवालाहरुले प्रश्न सोधेर वाक्क पारेकाले शान्ति भङ्ग भएकाले मलाई एकान्तबासको व्यवस्था मिलाई पाऊँ भनी जिल्ला प्रशासन र प्रहरीमा उजुरी दिन पुगिन् । हिजोसम्म देशका कुनै नागरिकले नाम पनि नसुनेको विलासपुर एकाएक संसारभरका सञ्चार माध्यमहरुको मसला बन्यो ।  देशभित्र र विदेशका सञ्चार माध्यमहरुका प्रतिनिधि, अनुसन्धानकर्ता, प्रशासक, प्रहरी सबै विलासपुरको त्यो सानो भूभागमा ओइरिए । विश्वकै आकर्षणस्थल भयो विलासपुर । मानव इतिहासमा नक्शा र जमिन दुवै गायब हुनु एक अनौठो घटना भएकाले पनि त्यो आकर्षणको बिषय बन्यो । आखिर विलासपुरको त्यो जमिनको खुटखबर लाग्न सकेन । 

विलासराज कार्कीकी श्रीमती मृतिका कार्कीले नक्शा सहित आफ्नो धनहर खेत गायब भएकोमा खोजी गरी जमीन पत्ता लगाइ दिन विलासराजको नामको जग्गाधनी पुर्जाको छायाप्रति राखेर नापी कार्यालय मोरङमा निवेदन पेश गरिन् । श्रीमती कार्कीको निवेदन यस्तो थियोः

श्रीमान् नापी कार्यालय प्रमुख 
नापी कार्यालय मोरङ ।
बिषयः हराएको जमिन र नक्शा खोजी गरी पाउँ । 
उपरोक्त सम्बन्धमा मेरो घरपरिवारले पैतृक सम्पत्तीका रुपमा सयौँवर्षदेखि भोगचलन गरी आएको २० बिघा जमिन यसै हप्ता एकाएक नक्शासहित हराएकाले साविक नक्शा खोजी उक्त नक्शाअनुसार मेरो जमिन छुट्याई पाऊँ । जग्गा नभेटिएमा सोको जिम्मेवारी यस नापी कार्यालय र नेपाल सरकार हुनेछ । आवश्यक छानबिन गरी जग्गा कायम गरी पाउँ । 
निवेदिक
मृतिका कार्की
मितिः २०७० साल श्रावष १५ गते । 
बोधार्थः सिडिओ धर्मनाथ पौडेल, सिडिओ कार्यालय मोरङ ।


निवेदन परेको केही दिनपछि नापी कार्यालय मोरङका हाकिम परमनाथ झाले मृतिका कार्कीका नाममा एउटा पत्र पठाए । पत्रमा उल्लिखित व्यहोरा यस्तो थियोः

बिषयः जानकारी गराएको । 
श्रीमती मृतिका कार्की
विलासपुर गा.वि.स. वडा नं. २, विलासपुर । 
तपाईंको निवेदन प्राप्त भयो र व्यहोरा अनुसार खोजी कार्य पनि गरियो । नयाँ नक्शामा उक्त जग्गा गायब भएको देखियो । साबिक पुरानु नक्शा खोज्न र के भएको हो छानबिन गर्न समय लाग्ने भएको छ । जग्गा खोजी गर्नका लागि आवश्यक बजेटको अभाव भएकाले नेपाल सरकारसमक्ष लेखी पठाइएको छ । यस बर्षको बजेटबाट स्थलगत अध्ययन गर्न बजेट नपुग्ने देखियो । तपाईंका कानूनी सहयोगीलाई सम्पर्क गरी हेर्दा तपाईंबाट कानूनी कार्य बाहेक जग्गा खोजबिन गर्नका लागि अन्य रकम छोडेको पनि पाइएन । अतिरिक्त भत्ता नभई सर्वसाधारणको काम गर्न कर्मचारीहरुलाई असुविधा हुने हुँदा अतिरिक्त भत्ताको व्यवस्था भएपछि मात्र खोजी कार्य तीव्र पारिनेछ । यस पत्रको व्यहोरा चित्त नबुझेमा माथिल्लो निकायमा सम्पर्क गर्नुहोला । 
परमनाथ झा
कार्यालय प्रमुख 
सन् २०१४ अप्रिल १५



नापी कार्यालय मोरङको पत्र पाएकै दिन विलासपुरको आकाशमा हुलकाहुल चिल र गिद्धहरु देखा परे । ती चिल र गिद्धहरु अत्यन्तै असाधारण थिए, कहिल्यै नदेखिएका । उनीहरुको उड्ने तरिका र खाने चारो पनि बिचित्रको थियो । गिद्धहरु साह्रै शक्तिशाली थिए । चिलहरु चाहिँ उनीहरुका पछौटे थिए । उनीहरु सबै हेलिकोप्टरमा सवार थिए । सैनिक विमानहरुले उनीहरुलाई पहरा दिएर उडिरहेका देखिन्थे । एकाएक गिद्धहरुका आगमनले गर्दा कुनै युद्ध मैदानजस्तो भयो त्यो विलासपुर गाउँ । 

गिद्धहरु अत्यन्त भयानक र डरलाग्दा भए पनि रमिता हेर्नका लागि गाउँलेहरु जम्मा भए । विस्तारै हेलिकोप्टरमा सबार ती गिद्धहरु विलासपुरमा अवतरण भए । हेलिकोप्टरहरुको निकै लामो लाइन लाग्यो खालि चउरमा । गिद्धहरुको अनुहार हेर्दा कोही हाम्रा पौराणिक दैत्यराज महिषासुर, शण्डमुशण्ड अनि रावणजस्ता थिए भने केही चाहिँ ड्राकुला, डाइनोसार, चंगेज खाँ, स्टालिन, हिटलर, मुसोलिनी, रेगन र बुसजस्ता थिए । केही भने हाम्रै नजिकका छिमेकी ‘दादा’ पण्डित नेहरुजस्ता पनि थिए ।

सबै गिद्धहरु अत्यन्त भोकाएका रहेछन् । जमिनमा अवतरण गर्ने बित्तिकै उनीहरुले आ–आफ्नो सिकार भएका पोकाहरु खोले । उनीहरुले ल्याएका सिकारका पोकाहरु खोल्नासाथ ती पोकाका सिकारहरु पनि एकाएक उठे र विस्तारै फैलिँदै गए । गाउँलेहरुको प्रत्यक्ष अनुभव अनुसार ती सिकारहरु कोही मेचीनगरको जमिनका चोक्टाजस्ता थिए भने कोही चाहिँ भद्रदुरको मेचीपुल नजिकको जमिनको आकारका थिए । सुस्ता, महेशपुर र तिंकरजस्ता पनि थिए भन्ने उनीहरुको अडकल थियो । नक्शाको चोक्टाहरु कसरी तिनका सिकार भए भनेर गाउँलेहरुले मुखामुख गरे । पत्तालाउन भने सकेनन्  । कसरी ती गिद्धहरुका सिकार नक्शाको चोक्टाजस्ता देखिएका हुन् भनेर गाउँलेहरु बेलुका भेला भएर छलपल पनि गरे । टुंगो भने केही लाग्न सकेन ।

रातभर गिद्धहरु विलासपुरको गायब भएको जमिनको टुक्रा भएकै टाउँमा त्रिपाल टाँगेर बसे । सिकारहरु जीवित भएर उठेकाले गिद्धहरुका लागि हेलिकोप्टर चालकहरुले शहमा गएर अर्कै चारो ल्याए । त्रिपाल भोज गरे उनीहरुले त्यस रात । भोलिपल्ट बिहान फेरि गाउँलेहरु जम्मा भए गिद्ध निवास नजिकै । गिद्धहरु गाउँलेहरु देखेर खुब नाचे । नेतृत्व लिने केही अगुवा गिद्धहरु उफिउफ्री नाचे अरुले सार मिलाए । गाउँलेहरु गिद्ध नाचमा कृतकृत्य भए । कति रमाइलो नाच नाचेका गिद्धहरुले भने तरुण र तन्नेरीहरुले, महिलाहरु लजाएरै भए पनि अलि पछि बसेर हेरे, बुढाहरुले भने लाज नभएकाहरु भनेर कमेन्ट गरे । 

विलासराजकी पत्नी मृतिका कार्कीले आफ्नो जमिन गायब पार्ने गिद्धहरु यिनै हुनपर्छ भन्ने अनुमान लगाउन अलिकति पनि ढिलो गरिनन् । भर्खरै उनलाई प्राप्त नापी कार्यालयका हाकिम परमनाथ झाको पत्र वाचन गरेर सबैलाई सुनाउन आफ्नै देवर इन्द्र कार्कीलाई अह्राइन् । भाउजूको आदेशले इन्द्रले त्यो वाचन गरे । सिडिओ धर्मनाथ पनि विलासपुरमा विचित्रका गिद्धहरु देखिएका छन् भन्ने सुनेर भीड छिचोल्दै आइपुगे र टुसुक्क छेउमा बसे । 
धर्मनाथको आगमनले गिद्धहरु अलि सशंकित भएजस्ता देखिए । सिडिओको अदबले गर्दा गिद्धका सिकारहरु पनि आ–आफ्नो नक्शाका आकारमा घुसेर साखुल्ले हुन खोजे । गिद्धहरुको प्रमुखजस्तो देखिने एउटा गिद्ध अनायास भाषण गर्नथाल्यो– हेर्नुस् गाउँले दाजुभाइ दिदीबहिनीहरु, तपाईंहरुको जमिन हराउने यो अवस्था आउनु हुने थिएन । यो देशको ठूलो र गम्भीर घटना हो । यसको छानबिन गरी तथ्य पत्तालगाउन हाम्रा सिडिओ धर्मनाथ अहोरात्र लागिरहेका छन् । तपाईंहरुको समस्या हामी काठमाडौं फर्केर गएपछि यथासक्य चाँडो समाधानको प्रयास गर्नेछौँ । केही प्राविधिक कारण रहेछ भने त्यसरी नक्शा गायव गर्नेहरुउपर कडा कारवाही हुनेछ । तपाईंहरु ढुक्क हुनुहोस् । जमिन हराए पनि मानिस सही सलामत हुनुहुन्छ । त्यसमा तपाईंहरु गर्व गर्नुहोस् । ज्यान भएसम्म सम्पत्ती भनेको हातका मैला हुन् । यो जमिन भेटिएन भने हामी त्यसको बदलामा अरु जमिन उपलब्ध गराउने छौँ । यसमा हामीलाई विश्वास गर्नुहोस् ।

यति भनिसकेपछि गाउँलेहरु हँसिला भए । यी गिद्धहरु वास्तवमै दयावान् रहेछन् भन्ने अनुमान गरे । विष्णु भगवान्का वाहन गरुडराज सम्झेर उनीहरुले लामबद्ध भएर चरण स्पर्श गरे । मृतिका कार्कीलाई त्यो कुरा सुनेर खपिनसक्नु भयो । गाउँलेहरुको गिद्धभक्ति देखेर त उनलाई वाक्वाकी नै लागेर आयो । उनले गिद्धहरु चढेर आएका हेलिकोप्टरहरु कब्जा गर्न र ती गिद्धहरुको दलबललाई घेराबन्दी गर्न आदेश दिइन् । गाउँलेहरुले रमाइलो मानेर हेलिकप्टरहरु र गिद्धहरु सबैलाई घेराबन्दी गरे । 

उड्नका लागि तयार पारिएको गिद्धवाहन कब्जामा लिएपछि गिद्धहरु एकापसमा मुखामुख गर्न थाले । आफू बन्धक बन्नु परेकामा एकअर्कालाई दोष लाउन थाले । गिद्धराज जसले एकछिन अघि लामो भाषण गरेको थियो उही घेराबन्दीमा परेपछि गाउँलेहरुले उसलाई छुट्टै ठाउँमा घेराबन्दी गरे । आफैँ घेराबन्दीमा परेपछि उसले सत्य ओकल्ने विचार गर्यो । भन्यो– तपाईंहरुको जमिनको नक्शा गायव गर्ने हाम्रो मनशाय त थिएन तर यो हाम्रो बाध्यता आइपर्यो । साह्रै लोभिएको छिमेकी गिद्धराजको प्रभाव र दबावमा हामीले यसको सिकार गर्न बाध्य भएका हौँ । यसो नगर्दा हामीहरु यो सिकार कार्यमा कावाखान र हेलिकोप्टर चार्टर्ड गरेर देशाटन गर्न नपाउने अवस्था भयो । यसका लागि तपाईहरुको यो सानो चोक्टो उसलाई आहारा बनाइ दिन राजी भएका हौँ । मेरो यसमा जति दोष छ त्यति दण्ड दिनुहोस्, ज्यानबाट चाहिँ हात धुनुपर्ने अवस्था नआओस् । यति मलाई दया राखिदिनुहोस् । 

गिद्धराजको यो अनुनयविनयपछि गाउँलेहरुको मन पग्लियो । तर मृतिका कार्कीको आदेशमा कुनै फेरबदल भएन । उनी एकाएक खड्ग लिएर दुर्गास्वरुपमा प्रकट भइन् । गिद्धहरु आहारा बनाउन पाउनु हाम्रो भाग्य हो अब यिनीहरु सबैलाई हामीले भोजन बनाउनु पर्छ र यिनको पेटमा पुगेको जमिनलाई पनि बन्धक अवस्थाबाट मुक्त गर्नुपर्छ । रक्तकाली रुपमा मृतिका बोल्न थालिन् जिब्रो लपलपाउँदै । गाउँलेहरु डर र त्रासले एकैडल्लोजस्ता भए । गिद्धहरुलाई घेराबन्दीमा नै राखेर उनीहरु देवी दुर्गाको आदेशमा प्रतिक्षातरत भइरहे । 

गिद्धराजलाई पेटभित्र परेको आहारा ओकल्नु न निल्नु भयो । असह्य पीडामा परेको गिद्धराजले अब सत्य ओकल्ने विचार गर्यो । गिद्धहरुको समूह पक्ष र प्रतिपक्षमा विभाजित भयो । गिद्धराजको पक्ष र विपक्षमा गिद्धहरु स्वयम् झगडा गर्न थाले बन्दीगृहमै । गिद्धराजका विपक्षी गिद्धहरु भन्न थाले– यो काम यिनै गिद्धराजले गरेका हुन् । यिनकै निर्णयले यो सब कष्ट तपाईंहरुले व्यहोर्नुपर्यो । यसका कारण यिनै हुन् । मलाई सत्तामा पुर्याइदिनुस् म तपाईहरुलाई पनि आहारा पुर्याउँछु, म पनि पेट भर्छु भने । त्यसैले हामीले सहमती दियौँ । तपाईंहरु यतिका मान्छेहरुलाई असुविधा पुर्याउने काम यिनले गर्ने छैनन् भन्न्े हाम्रो विचार फेल भयो । हामीलाई निर्दोष मानेर छोडिदिनुहोस् । हाम्रो ज्यान नलिनु होस् । बरु हामी यिनको साथ छोड्न र तपाईंहरुको जमिनका लागि सङ्घर्ष गर्न केही समय तपाईंहरुसँगै हुनेछौँ । 

गिद्धहरुको यस्तो आर्तनाद सुनेर गाउँलेहरु पनि धर्मसङ्कटमा परे । दुर्गा उर्फ मृतिकाले गाउँलेहरु पग्लिँदै गएको थाहा पाएर भनिन्– तपाईंहरु फेरि गल्ती गर्नेतिर नलाग्नुस् । यिनीहरु विश्वासयोग्य देखिएनन् । यिनलाई बाहनहरु कब्जामा राखेर छोडिदिउँ वाहन चाहिँ नछोडौँ । उड्न पाएनन् भने हामीले यिनलाई पक्डेर फेरि कारवाही गर्न सक्छौँ । साँचो हाम्रै हातमा राखौँ । सबै साँचो मलाई दिनुहोस् । म यिनको निगरानी गर्छु । 
गिद्धराजको विपक्षमा रहेका गिद्धहरु फेरि बर्बराउन थाले– हामीले त यसअघि नै नक्शा र जमिन खाँदाखाँद र हेराफेरि नगरौँ भनेर पहिल्यै भनेको हो । यही गिद्धराजले गर्दा हामी समेत अप्ठ्यारोमा पर्यौँ । गिद्धहरु यति भन्दै धुरुधुरु रुन थाले । गाउँलेहरु तिनीहरु रोएको देखेर फेरि द्रवित भए । 

गिद्धहरु रोइरहेको समयमा विलासराज कार्की प्रकट भए अनायास । धर्मनाथको अनुहार उनलाई देखेर उज्यालो भयो । धनको पत्ता लाग्न नसके पनि ज्यानको पत्तालाग्न सकेकोमा उनी खुसी भए । धर्मनाथले गिद्धहरुको आगमन, मृतिकाको निर्णय, गाउँले र गिद्धहरुबीचको वादविवाद सबै कुरा विलासराजलाई सुनाए । एक छेउमा बसेर दुवैजनाले गम्भीर छलफल गरे, निकासका बिषयमा । 

गिद्धहरुले जमिन खाएको देखेर उनीहरुका हिजो चुनावमा सहयोग गर्ने भोटहरु पनि जुर्मुराएर आइपुगे । भोटहरु घटनास्थलमा आएको देखेपछि गिद्धहरु कोही हँसिला र कोही निन्याउरा भए । भोटहरुले भने– तिमीहरुलाई हाम्रो जमिन र नक्सा नै गायब गर्न भनेर हामीले साथ र सहयोग गरेका थिएनौँ । भोटहरु कड्किए । भोटहरु कड्किएपछि सबै गिद्धहरु अल्याकलुलुक भए । नौनारी गलेका बिरामीजस्ता भए गिद्धहरु । दुई पक्षमा बाँडिएका गिद्धहरु अन्तिम आशास्वरुप गाउँले र भोटहरुसँग बिन्ती गर्नथाले– यो कुर्सीको लोभ हाम्रो गिद्ध जगत्मा अत्यन्त हाबी भयो । त्यसैले यो गल्ती भयो । जङ्गलमा राज गरुन्जेल र मानिसले फालेको र मरेका जनावरहरु खाउन्जेल हाम्रो बुद्धि ठीकै थियो । हाम्रो बुद्धि बिग्रेको थिएन । नक्शा र त्यसभित्रका जमिनहरु र जमिनमा गरिने कामहरु भोजन गर्न थालेपछि हाम्रो बुद्धि बिग्रियो । अब एकपटक मौका दिनुस्, हामीलाई बचाउनुस् । 

अरु रिसाएर हामीलाई खासै फरक पर्दैन कृपया तपाईं भोटहरु हुनुभएन भने हाम्रो सास नै रहँदैन । हामीलाई मर्नबाट जोगाउनुस् । हामी अरुको कारवाही सहन्छौँ तर तपाईं भोटहरुको कारवाही भने झेल्न सक्दैनाँ । भोटहरुले चाहिँ कृया हामीलाई घेराबन्दी नगरिदिनुहोला । 

यति भनिसकेर गिद्धहरु गाउँले र भोटहरुका अगाडि डाँको छोडेर रुन थाले । गिद्धहरु संकटमा परेको, घेराबन्दी गरिएको कुरा संसारका संचार माध्यमहरुमा फैलियो । त्यो समाचार सुनेपछि र हेरिसकेपछि हिजोे जमिन गायब पार्नका लागि हौस्याउने गिद्धका मालिक बिष्णु पनि हाजिर भए । उनले गाउँलेहरुको कुरा सुने र आफ्नो थुतुनोको अग्रभागले गायव भएको विलासपुरको जमिनको टुक्रा पातालबाट निकाले र फेरि नक्शामा जोडिदिए । 

आफ्नो भूमि फिर्ता भएको देखेपछि भोट र गाउँलेहरु सबै देवी उर्फ मृतिकासमक्ष प्रार्थनाभावमा भन्न थाले– हे देवी, यी अदनाहरुलाई नथुनौँ । जीवनदान भन्दा ठूलो दान छैन । यिनलाई जीवन दान दिऊँ । हाम्रो भूमि अब कहिल्यै नखोस्न र नक्शाबाट गायब पनि नगर्ने कागज गराएर छाडिदिउँ । भोटहरु र गाउँलेहरु सबै यसमा राजी भए । 

अन्त्यमा विलासराज कार्कीको मन्जुरी लिनुपर्छ, पीडित उनी हुन् भनेर गाउँलेहरु गिद्धहरुलाई बन्धक अवस्थामै राखेर निर्णयका लागि विलासराजलाई भन्न पुगे । विलासराजले परिस्थितिको गम्भीतालाई मनन गर्दै निर्णय सुनाए– मलाई गायब गरेर सम्पर्कविहीन बनाउने र मेरो फर्जी नाममा सूचना निकालेर विलासपुरको नक्शा गायब गर्ने काममा संलग्न सबै गिद्धहरु र यिनका मतियारहरुलाई आगामी चुनावमा उठ्न र सत्तामा पुग्न नपाउने गरी प्रतिबन्धित गरेका छौँ । अब आइन्दा कुनै भोट यिनको पछि लागेको थाहा पाइएमा भोटहरुलाई पनि यही सजाय हुनेछ । यो निर्णय हाम्रा सबै नक्शाहरु पुरानो अवस्थामा सुधार नभएसम्म कायम रहनेछ । त्यसपछि हामी फेरि निर्णय गर्नेछौँ । 

विलासराजको निर्णय साथसाथै गिद्धहरुका सबै पखेटाहरु एकाएक गायब भए । पखेटाहरु गायब भएकाले उनीहरु सबै चैत्रबैशाखका पखेटा नभएका  धमिराहरुजस्ता भए । गिद्धहरु भन्न थाले– अब हाम्रा उड्ने पखेटाहरु गलेर झरे । हामी यो निर्णय नसच्चिएसम्म पखेटायुक्त हुन सक्तैनौ । कृपया निर्णयमा पुनः विचार गरियोस् । 
गाउँलेहरुले गिद्धहरुका भाषा सुनेको नसुन्यै गरे । गिद्धहरुलाई त्यहीँ छाडेर गाउँतिर लागे । धेरैबेरपछि आकाशमा हेलिकोप्टरहरु उडेको देखियो । गाउँलेहरु भन्छन्– त्यसदिन देखि विलासपुरको गाउँमा गिद्धहरु देखिएनन् । नत कुनै नयाँ चिल र गिद्धहरु आउने हिम्मत गरे । गाउँ गिद्धहरुको त्रास र नाटकबाट मुक्त भयो ।   
  

Saturday, January 18, 2014

जागिर होइन काम खोजौँ

थाइल्याण्डमा शान्ति अशोक समूहको कम्युन चलाइरहेका एकजना थाइ मित्रले थाइल्याण्ड घुम्न जाँदा भनेको कुराले सधैँजसो मलाई पिरोलिरहन्छ । घरिघरि म उनलाई सम्झन्छु । उनी भन्थे– समृद्धिका लागि मानसिकता चाहिन्छ, अवसर होइन । समृद्ध मानसिकताले अवसर आफैँ सिर्जना गर्छ । हामीसँग धेरै विकल्प छन्, गर्ने संकल्प र जाँगरको मात्रै खाँचो छ ।  

मेरो घर नजिकै दुइजना छिमेकी छन् । एकजना किसान अर्का चाहिँ सरकारी उच्च ओहदाका जागिरे । जागिरे साथी कृषिका ठूलै अफिसमा काम गर्छन् । फुर्सदमा उनी बारीमै हुन्छन् । भन्छन्– ‘अहिले म काठमाडौँमा बस्छु । काठमाडौँ आउनु अघि त म त्यै किसानको छोरो हुँ । घरमा काम गरिरहेकै थिएँ । जागिर खाँदैमा काम किन छोड्नु ? खालि जग्गा छ चार आना । तरकारी म आफैँ लगाउँछु । घरका सबै मान्छे बेलाबेलामा श्रमको आनन्द पनि लिन्छौँ । अनेक विषदि मिसिएको तरकारी पनि खानु परेन, पैसा पनि जोगियो । वर्षभरि खाने तरकारीको करिब ७० प्रतिशत तरकारी खानपुग्छ त्यही ४ आनाको तरकारी खेतीले । आफ्नो काम गर्दा सानो त हुँइँदैनरछ । म लेखपढ गर्न पनि भ्याएकै छु । काम छोड्नु पनि पर्दैन । तरकारी खान पनि पाइन्छ । पैसा पनि बचत हुन्छ । उत्पादनशील श्रमले आत्मसम्मानमा पनि बृद्धि गर्छ । निकै वर्षदेखि मैले यो काम गरिरहेको छु काठमाडौँमा ।’ 
अर्का एकजना छिमेकी दाइ छन् किसान । उनका छोरा छन् एम. ए. गरेका । हेर्दा हट्टाकट्टा, तन्दुरुस्त जवान ठिटो । बाबु सामान्य खेतीपाती गर्ने किसान हुन् । दिनभरि काम गर्छन् । काम गर्नु, उत्पादन गर्नु, उत्पादन शहरसम्म लगेर बेच्नु अनि आएको आम्दानीले घर धान्नु उनको दिनचर्या हो । छोरो एस.एल.सी.पास गरेदेखि खेतमा काम गर्न लाज हुन्छ भनेर काम गर्न जाँदैनन् । 
हिजो बिहान केही कुराकानी गर्नुपर्ने भएकाले म उनको घरमा छिरेँ । बुढा छिमेकी दाइ काम गर्ने मानिस खोज्न बाहिर गएका थिए । म उनको घरमा पुगेको केही समयपछि आइपुगे । मलाई देखेर मुसुक्क हाँसे । भने– ‘धीरजी ! आजकल मान्छे पाउनै गाह्रो भयो । काम गर्ने मान्छे लाएर अब केही उत्पादन गर्नुपर्यो भने त खेती नगरे पनि हुने भयो । दिनको रु. ४०० ज्याला माग्न थाले । त्यही पनि मान्छे पाउन गाह्रो । अफिसको समय हेरेर काम गर्ने अरे १० देखि ५ बजे सम्म ।’ उनले काम गर्ने मान्छे खोज्दाको कथाव्यथा सुनाए ।

छोरो नजिकै थियो । मैले बसिरहेको छोरोतिर लक्षित गरेर भनेँ– ‘धेरै खेताला चाहिने हो र दाइ ? १।२ जनाले भए त घरमै तीनतीनजना हुनुहुन्छ एकछिन गएर खेत खन्ने काम गरे त मान्छे नै खोज्नु पर्दैन होला नि !’
मेरो कुरा सुनेर छिमेकी दाइ अलि घोरिए । भने– ‘बाबुको कुरा त ठिकै हो । तर भनेर के गर्नु ! बाह्र छोरा तेह्र नाति बुढाको धोक्रो काँधै माथि भनेजस्तो भैरछ । पढेलेखेपछि काम गर्नै हुँदैन भन्छन् आजकलका केटाकेटीहरु । यो छोरो एस.एल.सी. नहुन्जेल त अलिअलि काम गथ्र्यो त्यसपछि त काम नगरेको कति भो कति । काम गर्दा लाज हुन्छ भन्छ । काम खोजदैछु भन्छ तर कैल्यौ काम चैँ पाको हैन । दिनभरि काम गर्नेले पैसा कमाको कमायै छन् खौज्नेहरु खोज्याखोज्यै छन् । खै अब त खेतबारी बाँझै छोड्नु पर्ला जस्तो छ ।’ बुढाले व्यथा पोखे म उनका सुनेर छक्क परेँ । शिक्षित हुनु भनेको त श्रम गर्नै नहुने नागरिक बनाउनु हो भन्ने पो बुझेछौँ हामीले । 

आज हाम्रो देशका युवा पुस्तामा घरेलु काम र श्रमप्रति विश्वास कम हुँदै गएको छ । पढेलेखेका मानिसहरु अनेक रोजगारी खौज्न बर्षौ शहर धाउँछन् तर घरमा गर्नुपर्ने उत्पादनशील सासाना काम गर्न चाहँदैनन् । विदेशमा गएर अरुका भाँडा माझ्न तयार छन् घरमा आफूले खाएको जुठो थाल पनि श्रीमती र आमाको जिम्मा लगाएर ठालु हुन्छन् । हामीकहाँ उत्पादनशील काम गरेर अलिकति मेहनत गर्नेहरुले राम्रै आर्जन गर्न थालेका छन् । शिक्षितहरु आफ्नो योग्यतामा आधारित काम गर्नेतिर नलागेर सरकारी र गैरसरकारी जागीरको खोजीमा वर्षै भौतान्छिन् । जागिर पनि पाउँदैनन् काम पनि गर्नतिर लाग्दैनन् । निरासा र हीनतामा पुग्छन्, कुलत र अनेक आपराधिक काममा तानिन्छन् । यसरी भौतारिँदै देशबाटै पलायन हुने र विदेशमा गएर भौतारिने खतरामा धकेलिइरहेका छन् । 

जोसुकै मानिस वा नातेदार भेट्यो कि आजकल मलाई मानिसहरु भन्ने गर्छन्– ए बाबु ! लौन मेरो छोरा÷छोरीलाई एउटा जागिर खोजिदे न ।’ यस्तो राजगारी खोज्नेहरुलाई मैले धेरैलाई सडकमा पुस्तकहरु बेच्ने काम, टनेलमा तरकारी फलाउने र बजारमा बेचेर पैसा कमाउने काम दिन्छु भन्ने गरेको छु । त्यसो भनेपछि अधिकांश मानिसहरु मसँग तर्केर कुरा गर्न छाडेका छन् । 
म कहिलेकहीँ गाउँमा जान्छु । धेरै नातेदारहरुका छोराछोरी पढेलेखेका छन् । शहरमा पढे, बढे । अहिले फुर्सतमा घरमा बसेका छन् । घरको बारी बाँझै छ । खेतबारी अरुलाई नै ठेक्कामा बाली लाउन दिएको छ । केही बारी र खेत बाँझै छ । थोरैतिनो बाँकी जग्गामा काम गर्न बुढा भएका बाबु खेतबारीमा काम गर्न खेताला खोज्दैछन् छोराछोरीहरु या त बजार डुल्न गएका छन् या त क्याराम बोर्डमा रमाइरहेका छन् । यस्तो अवस्था देखिँदैछ गाउँमा, शहरमा । हाम्रो देशको विशेषता र रोजगारीप्रतिको हाम्रो धारणबीच कहीँ तालमेल खुस्केको देखिँदैछ । केही कुरामा बेमेल छ । मानसिक हीनता र श्रमप्रतिको अस्पष्टताका कारण हामी रोजगारी दिनसक्ने अवस्थामा हुँदाहुँदै वेराजगारीको समस्याबाट पीडित भएका छौँ । 

आज दिनभरि म एकजना साथीको तमाटर खेती अवलोकन गर्नका लागि भक्तपुरको शिरुटार गएँ । राजविराजबाट प्रेस व्यवसाय छोडेर मधेस आन्दोलनका बेलामा काठमाडौँ छिरेका थिए उनी । राजविराज हुँदा प्रेस चलाएर जिवन धानिरहेका थिए । म उनको टमाटर खेती हेर्न शिरुटार, भक्तपुर पुगेँ । शिरुटारको मिलनचोकमा थियो उनको फार्म । ४ रोपनी जग्गा भाडामा लिएर उनले गत जेष्ठमा टमाटर खेती शुरु गरेका थिए । एकै बालीमा सम्पूर्ण खर्च उठ्यो, अझै टमाटर बेच्न बाँकी छ भन्दै थिए । मैले उनलाई सोधेँ– ‘प्रेस चलाएको अनुभव र टमाटर खेती कसरी तालमेल बनाउनु भो त सुरेश जी ?’

मेरो प्रश्न सुनेर उनी एकछिन घोरिए र भने– ‘धीर जी न गरिखानु न मरिजानुको घिटघिटे सानो प्रेस चलाउनुभन्दा त यसमा पो राम्रो आम्दानी रछ । म बिहानदेखि बेलुकासम्म यहीँ फार्ममै हुन्छु । बिरुवासँग खेल्छु आनन्द पनि, श्रम पनि, आम्दानी पनि । सुरुमा केही प्राविधिक ज्ञान लिनु पर्यो नत्र सामान्य रुपमा नै खेती चल्दैछ । लिने मान्छेहरु यहीँ आएर लैजान्छन् । काठमाडौँको बजार नजिकै छ । बेच्न गाह्रो छैन । प्रति किलोको ३० देखि ६० सम्म भाउमा टमाटर बिक्तोरछ । म त अझै १० रोपनी जग्गामा विस्तार गरेर व्यवसायिक बनाउने सुरसारमा छु । यही टमाटरले ५ जनाको परिवार काठमाडौँ बसिरहेको छ । छोरो इन्जिनियर पढ्दैछ । गर्नेलाई सबैतिर अवसर नै अवसर छ, नगर्ने हेर्याहेर्यै छ ।’ सुरेशजीको कुरा एउटा गतिलो झटारो हो जागीर खोज्ने माथि मैले उल्लेख गरेकाजस्ता शिक्षित युवाहरुका लागि । 

जागिर खोज्नेहरुका लागि शुरेसजीको यो कुरा एउटा अचुक विकल्प हुनसक्छ भन्ने मलाई लाग्यो । आजभोलि कामको सीप र लगनशीलता हुनेहरुका लागि कृषिमा अनन्त संभावनाहरु देखिँदैछन् । तरकारी, फलफूल, दूध, मासुजन्य पशुपंक्षीपालन व्यवसायिक हुँदै गएका छन् । बजार र प्रविधिको सामान्य अध्ययन गरेर यसतर्फ लाग्नेहरुले रोजगारी बृद्धि गर्ने र आम्दानी बढाउने विकल्पहरु दिन थालेका छन् । शहरीया जागीरको खोजीमा वर्षौं बिताउने तर गाउँमा बसेर श्रमलाई हेला गर्नेहरुलाई त उपाय केही छैन तर काम गर्न खोज्ने जाँगर र सीप भएकाहरुलाई भने विकल्पहरु तयार हुँदैछन् । संसारका सबै मानिसलाई खाद्यवस्तु खानै पर्छ । त्यो फलाउने ठाउँ जमिन नै हो । जमिनबाट उत्पादन लिनका लागि धेरथोर मेहनत त गर्नै पर्छ । गाउँका बारी र खेत बाँझो राखेर शहरमा सानोतिनो जागिर खोज्नेहरुलाई अब यस्ता विकल्प हेर्नतिर सजग गरनउन सकियो भने हाम्रो वेरोजगारी धेरै हदमा घटाउन सकिन्छ । सस्तोमा अरबमा र मलेसियामा श्रम बेच्न जानु पर्दैन । स्वाभिमानका साथ देश मै उद्यमको विकास गर्न सकिन्छ ।

आजकल गाउँगाउँमा र शहरमा सहकारीहरु खुलेका छन् । ससाना पूजी बटुलेर बैंक चलाए झैँ गरी सहकारीहरु रियलस्टेट र ठूला परियोजनातिर आकर्षित भएर महत्कांक्षातिर  तानिनाले समस्या भोग्दैछन् । ओरेन्टल, गुण जस्ता महत्वाकांक्षी सहकारीहरु फसेको हामीले भोगिरहेकै छौँ । मैले माथि भनेजस्ता सहकारी मार्फत् सानातिना काममा लाग्नेहरु दिनदिनै विकल्पहरु दिन तयार हुँदैछन् । म आफू हुर्केबढेको गाउँ सिन्धुलीको आम्बोटेका किसानहरु केही वर्षदेखि अदुवा खेती गरिरहेका छन् । २।४ हजारमा पनि बेच्न खोज्दा नबिकेका पाखाहरु अहिले लाखौँ रुपियाँको अदुवा उत्दानयोग्य भएका छन्  । खेतबारीको मूल्यभन्दा बढी त एकैबालीको अदुवाबाट उनीहरुले आम्दानी गरिरहेका छन् । यी कुराहरु हाम्रा शिक्षितहरुले र जागिर खोज्ने युवाहरुले बुझ्न सकेभने हाम्रो देश बन्न धेरै समय लाग्दैन । सहकारी मार्फत् यस्ता नयाँ टनेल खेती तर्फ, व्यवसायिक पशुपंक्षीपालनतर्फ लागौँ र लाग्न प्ररित गरौँ । देशका नागरिक उत्पादनशील भ एभने देश धनी हुन्छ, हामी पनि धनी हुन्छौँ । जागिर होइन काम खोजौँ ।    

Monday, January 6, 2014

नयाँ सोचका प्रखर वक्ता

२०४६ सालको राजनीतिक परिवर्तनपछि नेपाली गाउँशहरमा युवा जमातको एउटा पार्टी देखापर्यो । राजनीतिक पहिचान र प्रचारका लागि देशभरि ठूलाठूला भाषणसभाहरु आयोजना गरिए । सबै एक से एक वक्ताहरुको समूह देखियो त्यस पार्टीमा । कोही उखान र टुक्काका पारखी वक्ता थिए, कोही गहिरो राजनीतिक विश्लेषण गर्थे, कोही घर, समाजमा देखापरिरहने संस्कृति र संस्कारका विभिन्न पाटाहरु उघारेर मानिसलाई भाषणले आनन्दित बनाउँथे । त्यो समूह निरन्तर बढ्न थाल्यो । गाउँगाउँमा उनीहरुका कार्यकर्ताहरु संगठनका लागि घुम्न थाले । पार्टीका प्रवक्ता भनेर एउटा प्रखर वक्ता सार्वजनिक भए । हेर्दा सामान्य लाग्ने ती युवा नेताको बोलीमा जुन खालको जादूगरी थियो त्यसले मानिसहरुलाई जादूमय किसिमले तान्न थाल्यो । लाल पार्टीकै एउटा ठूलो समूह थियो त्यो ।  
ती युवा नेताले शहरबजारमा गरेका भाषणका टेप र सी.डी.हरु गाउँगाउँमा बज्न थाले । मानिसहरुमा जिज्ञासा पलाउन थाल्यो– ‘यस्तो राम्रो भाषण गर्ने, यति राम्रो बोल्ने नेता को होला ? हेर्न पाए कस्तो हुँदो हो !’ यस्ता कुरा सुनिन थाले । जुनसुकै पार्टीका मानिसहरु किन नहुन् उनको भाषण छ अरे भनेपछि टाढाटाढाबाट मानिसहरु ओइरिन थाले । मलाई पनि जिज्ञासा भयो वास्तवमा यस्तो खरो र मीठो भाषण गर्ने मानिस कस्तो होला ? छापाहरुमा फोटो हेरेर मेरो चित्त बुझेन । म पनि उनको भाषण सुन्न उत्सुक भएँ । 
२०४७ सालमा नयाँ संविधान जारी भएपछि लाल पार्टीले २७ बुँदामा असहमती जनायो । असहमती भए पनि तत्कालको अवस्था हेरेर त्यसलाई स्वीकारेर अघि बढ्ने निर्णय लियो । आफ्नो असहमती पनि जनाउने अनि अघि पनि बढिरहने । दूरदर्शी निर्णय लिए उनले । संविधानमा सुधार गर्नुपर्ने विषय र कारण बारे देशभरि फेरि भाषणसभाहरु आयोजना हुन थाले । म पनि काठमाडौँको खुल्लामञ्चमा आयोजित भाषणसभामा उनीहरुको भाषण सुन्न गएँ । न धेरै अग्ला, न धेरै होचा मध्यम कदका गहुँगोरो भन्दा अलि कालो वर्णका मोटामोटा ठिक्कका मानिस भाषणसभाका मुख्य अतिथी थिए । शिरमा भादगाउँले कालो टोपी, खैरो रंगको कोट अनि अलि पावरदार बाक्लो मोटो चश्मा लगाएको फोटो मैले संचार माध्यममा देखिरहेको थिएँ । त्यहाँ प्रमुख वक्ता भनिएका मानिस पनि तिनै थिए । नाम थियो– मदन भण्डारी । 
हामी सभामा भाषण सुन्न बस्यौँ । मीठो भाषाशैली, प्रष्ट विचार, खरो र मन छुने मिठासपूर्ण शव्दावलीयुक्त भाषण । धाराप्रवाह अनुप्रासमय भाषणमा सबै श्रोताहरु लठ्ठिए । त्यस्तो भाषण मैले पहिलो पटक सुनिरहेको थिएँ । राजनीतिको तीखो विश्लेषणले भरिएका अनेक उखान र टुक्काहरु मिसिएको ओजपूर्ण, निर्भिक र चोटिलो भाषण थियो उनको । सुन्दै मोहनी लगाउन सक्ने मीठास थियो भाषामा । नेपाली परिवेशका अनेक उदाहरणले भरिएको उनको भाषण सुन्ने जोसुकै मानिस पनि उनीबाट प्रभावित भइहाल्थ्यो । विचार फरक भएका मानिसहरु पनि उनको बोलाइ र विश्लेषणबाट अप्रभावित रहन समभव थिएन । म उनको पार्टीको सदस्य त थिइनँ तर पनि उनको भाषण मन पर्यो मलाई । उनको प्रतिभा नबुझेर हो कि हेपेर हो उमेरले पाकेका मानिसहरु कम भएकाले– दुधे बालकहरुको पार्टी भनेर तारे पार्टीका नेताहरुले भनेको सुनिरहन्थेँ म । त्यस दिनको भाषण सुनेपछि मेरो उनीप्रतिको धारणा बदलियो । कताकता मैले उनलाई देशकै राजनेता जस्तो देख्न थालेँ । 
नयाँ संविधान भर्खर जारी भएको थियो । त्यस बिषयमा उनका केही गम्भीर मतभेदहरु थिए । भाषा, धर्म, जाति, लिङ्ग आदि बारे केही फरक मतहरु थिए । कम्युनिष्टहरु राजा मान्दैनन् भन्ने मैले सुनेको थिएँ । त्यसमा पनि उनको प्रष्ट दृष्टिकोण थियो । उनले आफ्नो भाषणमै भने– ‘ऐलेको शक्ति सन्तुलनलाई हेर्दा राजा एउटा सम्मानित संस्थाको रुपमा रहन्छन् भने हामीलाई टाउको दुखाउनु छैन । आखिर देशमा एउटा प्रमुख चाहिन्छ । राष्ट्रपति चुन्न पनि चुनाव गर्नै पर्छ । यदि चलखेल नगरीकन भत्ता खाएर चुपचाप बसिरहन्छन् भने उनलाई विगत हेरेर खेदो खन्नुपर्ने कुनै कारण छैन । हात नलम्काइकन, आँखा नचम्काइकन बसिरहन्छन् भने राजा मानसम्मान पाएर बसिरहुन् । हामी राजा त मान्दैनौँ तर ऐलेको यो बाध्यता हो शक्तिसन्तुलनको । ऐलेलाई राष्ट्रपतिको साटो परम्परागत रुपमा रहेको भए पनि राजा राख्न हामीलाई कुनै आपत्ती हुने छैन ।’
देशमा भएका लाल पार्टीका विभिन्न स–साना समूहहरुलाई एकीकृत गर्ने र तिनलाई सम्मानजनक व्यवहार गर्ने सोच बनाए मदन भण्डारीले । एकताको प्रस्ताव गरे । नेताहरु धेरै भएको तर संगठन र कार्यकर्ताको समूह निकै कम भएको एउटा समूहका नेता मनमोहन अधिकारीसँग उनको कुरा मिल्ने भयो भन्ने सुनियो । आफू पार्टी सदस्य र संगठनका हिसाबले निकै ठूलो हुँदाहुँदै मनमोहन अधिकारीलाई आदरसाथ अध्यक्ष बनाए । मनमोहनको अभिभावकत्व स्वीकार गरे । उनी आफू महासचिवमा बसे । मनमोहनले संगठनभित्र मदन भण्डारीको नेतृत्वलाई स्वीकार गरे । अभिभावकका रुपमा मनमोहनलाई मदनले स्वीकार गरे । राजनीतिक परिपक्वताको संस्कारतिर बढिरहेजस्ता देखिए उनी ।
दुई पार्टी एकीकरणपछि केही पुराना र इतिहास भएका नेताहरु पार्टीमा भित्रिए । सामन्तहरुलाई हत्या गरेर वर्गशत्रु निर्मूल गर्ने अभियानमा लागेको झापाली युवा समूहबाट सुरु भएको लाल पार्टीको त्यो सानो समूह क्रमशः फैलिँदै गएर मनमोहनको समूहसँग मिलेपछि देशको ठूलो पार्टी बन्ने अवस्था बन्दै गयो । 
पार्टीको महाधिवेशनको लागि छलफलमा ल्याइने दस्तावेजमा मदन भण्डारीले नयाँ कार्यक्रम अघि सारे ।  विश्वको नयाँ परिवेशमा कम्युनिष्टहरुले आफूलाई अब कसरी अगाडि बढाउन सक्छन् भन्ने बिषयमा नयाँ अवधारणा थियो उनको । उनको प्रस्तावले देश र विदेशका कम्युनिष्टहरुलाई नयाँ दिशा दिने संकेत देखियो ।  
उनले सार्वजनिक रुपमा आफ्नो कार्यक्रम बारे बहस चलाउन चाहे । संचारमाध्यम मार्फत् सबैले कुनै पार्टीको दस्तावेजमाथि छलफल भएको संभवतः पहिलो पटक थियो । उनले भन्ने गरेको सुनिन्थ्यो– ‘संसारमा प्रतिस्पर्धाविहीन राजनीतिले धक्का खायो । तानाशाही र एकाधिकारवादी शासन अबको संसारमा चल्न सक्दैन । कम्युनिष्टहरुले पनि अब प्रतिस्पर्धाको राजनीतिलाई नै स्वीकार गर्नुपर्छ । जनताको चेतनास्तर उठाएर पार्टी लोकप्रिय नभई धेरै वर्ष शासन चलाउँदा सबै मानिस अनैतिक, भ्रष्ट र एकोहोरे हुँदारहेछन् । त्यसैले अब नयाँ किसिमले नै कम्युनिष्टहरुले अघि बढ्नु पर्छ । प्रतिस्पर्धा र बहु विचारलाई महत्व दिनैपर्छ ।’ उनले आफ्नो कार्यक्रमको नाम नै बहुविचारमा आधारित भएको संकेत गर्ने गरी राखे– जनताको बहुदलीय जनवाद भनेर । कम्युनिष्ट जगतमा यो एउटा नयाँ प्रयोग थियो । सबैतिरबाट चर्चा पाउन थाले उनले । 
मदन भण्डारीको यो प्रस्ताव संसारका कम्युनिष्टहरुका लागि नयाँ विचार हुन सक्ने देखियो । युरोपीय देशहरुमा प्रचलित समाजवादी विचारधारासँग उनी निकै नजिक देखिए । कम्युनिष्टहरु पनि एकाधिकार होइन बहुदलीय प्रतिस्पर्धाको राजनीति गर्न राजी भए भन्ने सन्देश उनको कार्यक्रमले दियो । विदेशका विभिन्न ठाउँबाट उनलाई आफ्नो विचार प्रस्तुतिका लागि निमन्त्रणा आउन थाल्यो । उनी कतै जान राजी भएनन् । आफ्नै देशमा केही प्रयोग पछि विदेशलाई सुनाउन चाहन्थे उनी । 
+ + + +
नयाँ संविधान जारी भएपछि मदन भण्डारीले प्रस्ताव राखे– ‘जनआन्दोलनमा सहभागी सबै दलका प्रमुख नेताहरु एकअर्काका प्रतिद्वन्द्वी भएर चुनाव नलडौँ । सकेसम्म साझा उम्मेदवारी दिउँ, नसके जो जहाँ बलियो छ त्यहाँ एकअर्कालाई सघाउँ । आन्दोलन सफल भएको केही समयसम्म यस्तो मैत्रीपूर्ण समझदारी आवश्यक हुन्छ । सकेसम्म एक निश्चित अवधिसम्म साझा कार्यक्रम बनाएर मुलुकलाई अगाडि बढाउँ, सकिँदैन भने पनि चुनाव चाहिँ समझदारी गरेर लडौँ । जथाभावी सबै नेताहरु प्रतिस्पर्धामा गएर जनतालाई अप्ठ्यारोमा नपारौँ ।’ 
उनले यसका लागि निकै प्रयत्न गरे । धेरैपटक त्यस बिषयमा तारे पार्टीका उच्च नेताहरुसँग कुराकानी पनि गरे । तर, त्यो सदाशयतापूर्ण राजनीतिक विचारलाई तारे पार्टी र अरु पार्टीले महत्व दिएनन् । तारे पार्टीमा ०१५ सालमा चुनाव जितेको धङधङी अझै बाँकी थियो । कलिलो उमेरका मानिसहरुलाई सजिलै जितिन्छ भन्ने उनीहरुको अनुमान रह्यो । 
अन्तिमसम्म पनि मदन भण्डारी र उनको पार्टीले त्यो प्रयास भने गरि नै रह्यो । तारे पार्टीले त्यसलाई माले, मण्डले र मसाले एकै हुन् भनेर अस्वीकार गरिदियो । यसरी अनेक प्रस्ताव राख्दा पनि सहमती नहुने भएपछि सांकेतिक रुपमा आफू स्वयं तारे पार्टीका अध्यक्ष कृष्ण प्रसाद भट्टराईका विरुद्धमा चुनावी प्रतिस्पर्धामा होमिने र उनीहरुको दम्भ तोड्ने निर्णय गरे । 
अन्तरिम कालमा मुलुकलाई सहज निकास दिन सफल भएको देखेर तारे पार्टीका नेताहरु भन्ने गर्थे– ‘हाम्रा हेभिवेट नेतालाई भोट नदिएर कहाँ ती हिजोका बच्चालाई जन्ताले भोट दिन्छन् र !’ मदन भण्डारी वलिको बोको हुने भए । यस्तै आत्मरतिमा तारे पार्टीका नेताहरु भट्टराईले जित्नेमा ढुक्क भए । उनकै पार्टीका अर्का नेता गिरिजा भने भट्टराई तत्कालका पार्टी अध्यक्ष पनि भएकाले उनले चुनाव जिते भने उनै फेरि प्रधानमन्त्री होलान् भन्ने डरले भित्रभित्रै सरकारका कटु आलोचक बन्दै गए । भट्टराईको चुनाव प्रचारप्रसारमा कार्यकर्तापंक्ति निस्कृय बस्यो । 
पुरानो पार्टी भनेर तारे पार्टीका नेताले गरेको दम्भ प्रदर्शनप्रति मदन भण्डारीले सार्वजनिक रुपमै कटाक्ष गरे– ‘उमेर बिताएर र कपाल पकाएर मात्र राजनीतिमा कोही ठूलो मान्छे हुँदैन । नयाँ सोचाइ, नीति, विचार र कार्यक्रमले नै राजनीति चल्नेगर्छ । नीति, विचार र कार्यक्रमले नै कुनै पनि नेतालाई माथि उठाउने हो । उमेर कसले कति कटायो भनेर क्यै हुनेवाला छैन । तपाईंहरु विचार र वेवारले पाक्नुहोस् । बालबच्चाजस्तो अपरिपक्व व्यवहार देखाउनेहरुले कपाल पकाएको टाउको देखाउनुको कुनै अर्थ छैन । टाउको कपाल पाकेको, खुइलिएको, कालो कपाल भएको जस्तोसुकै होस् देश र समाजको लागि तपाईसँग कस्ता विचार छन ? योजना र लक्ष्य कस्ता छन् ? त्यसले नै पाको र काँचो देखिन्छ । अब हिम्मत गरेर यिनै कच्चा दुधे बालकहरुसँग प्रतिस्पर्धा गर्न तयार हुनुभए हुन्छ ।’ उमेरको कुरा गरेर पार्टीलाई आलोचना गर्ने सतही भनाइप्रति कटाक्ष गर्नेहरुलाई उनले सार्वजनिक भाषण मार्फत् नै प्रष्ट रुपले चुनौती दिए । चुनावी वातावरण तात्दै गयो । उनको भाषण गाउँगाउँ पुग्न थाल्यो । 
पार्टीको प्रचारका लागि देशव्यापी चुनावी सभाहरुमा मदन भण्डारी दौडिए । आफ्नो चुनावी क्षेत्रका केही ठाउँमा सभाहरुलाई सम्बोधन गरे । त्यसमा चर्र्चित रह्यो चावहिलको गणेशस्थान नजिक भएको सभामा गरेको उनको भाषण । राजासमर्थक आसेपासेहरु चुनावी कार्यक्रममा सल्बालाइरहेका थिए । दरवार भित्रभित्रै सल्बलाइरहेको थियो । मदन भण्डारीलाई त्यो चित्त बुझेन । सार्वजनिक रुपमा राजा र दरवारप्रति खरो कुरा गर्न र चुनौती दिन त्यतिबेलासम्म कुनै नेताले हिम्मत गरेको सुनिँदैनथ्यो । 
२०४७ चैत्र ५ गते काठमाडौँको निर्वाचन क्षेत्र नं. १ अन्तर्गत पर्ने चावहिलको भाषणमा उनले राष्ट्रियता र प्रजातन्त्रको आ–आफ्नो ठेक्काजस्तो सम्झने राजा र तारे पार्टीको सोचलाई प्रहार गर्दै आफ्नो धारणा राखे । तत्कालीन राजावादीहरु र राजालाई चुनौती दिँदै भने– ‘महाराज हात नलम्काइबक्योस्, आँखा नझिम्क्याइबक्योस्, आफ्ना शण्डमुशण्डहरुलाई पनि नचलाइबक्सियोस् । कि संविधानभित्र र कानूनभित्र बसेर दरवारभित्र भत्ता खाएर चुपचाप बसिबक्स्योस् कि श्रीपेच छोडेर जनता भएर राजनीतिमा सक्रिय रुपमा आइबक्स्योस् ता कि सहज रुपमा प्रतिस्पर्धा गर्न सकियोस् । हामी श्रीपेच खोलेर आएका राजासँग प्रतिस्पर्धा गर्न सधैँ तयार छौँ ।’
राजा र राजालाई मानेर आफ्नो भित्री स्वार्थ पूरा गर्नेहरुलाई खुल्ला चुनौती थियो त्यो । उनको त्यो भाषणको टेप चुनावी प्रचारका लागि मसला जस्तै भयो । के गाउँ के शहर सबैतिर त्यो भाषणको टेप सुनिन थाल्यो । देशभर घुमेर चुनावी सभा गरिसक्ता मानिसहरुले उनका भाषणकला र बोल्ने शैलीबाटै देशको एउटा आसलाग्दो नेताका रुपमा हेर्न र आशा गर्न थाले । युवाहरुलाई त उनको भाषण सुनेपछि उनकोपछि लागौँलागौँ बनाइहाल्ने जादूगरी भाषणकला थियो उनीसँग । 
आखिर काठामाडौँको क्षेत्र नं. १ बाट आफूभन्दा निकै पाका, तारे पार्टीका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईलाई उनले चुनावमा परास्त गरिदिए । दुई क्षेत्रबाट चुनाव जिते । आफूभन्दा बृद्ध र स्थापित नेतालाई चुनावमा परास्त गरेपछि मदन भण्डारी सर्वाधिक चर्चित नेता बने । एउटा प्रखर सांसद पायो देशले । आफ्नो दलको संसदीय नेताका रुपमा उनले मनमोहनलाई प्रस्ताव गरे । सचेतक र प्रमुख सचेतक पनि अरु नै नेताहरुलाई बनाए । आफू सामान्य सांसद मात्र रहे । जब उनी संसदमा बोल्न उभिन्थे सबैको ध्यान उनीतिरै हुन्थ्यो । संसदलाई बाटो देखाउने अनि बाटो बिराउँदा ठीक ठाउँमा ल्याउन उनका ओजयुक्त भनाइ र अध्ययन र विश्लेषणले खारिएका तर्क सबैका लागि अकाट्य तथ्य जस्तै हुन्थे । 
+ + +
एकदिन सिंहदरवारबाट बाहिरिन लागेको बेला मदन भण्डारीसँग मेरो भेट भयो । मैले उनका भाषणहरुको चर्चासहित चिनजान गर्न खोजेँ । ज्यादै साधारण शैलीमा उनले आफ्नो परिचय दिए । मैले उनीसँग फेरि भेट गर्ने र केही कुराकानी गर्ने मनशाय व्यक्त गरेँ । उनले स्वीकार गरे । 
म भेटघाटका लागि समय मिलाएर उनको पार्टी कार्यालय पुगेँ । कुराकानी चल्दै गयो । नेपालको कम्युनिष्ट राजनीतिमा उनले ल्याएको नयाँ विचारका बारेमा, विश्वमा कम्युनिष्टहरुले व्यहोर्नुपरेको हार र धक्का, नेपालका कम्युनिष्टहरुप्रति बढ्दो आकर्षण र योगदान, नेपालको राष्ट्रियता, तारे पार्टीका कार्यशैली र उसका नीति तथा इतिहास र तत्कालको राजनीतिका बारेमा अनेक जिज्ञासा थिए मभित्र । ती बिषय कोट्याएँ मैले । जान्ने र बुझ्ने जिज्ञाशा राखेँ । 
मेरा कुरा सुनिसकेपछि मदनले भने– ‘हेर्नुस् विवेक जी ! माक्र्सवाद कुनै जड सिद्धान्त हैन । यो ठोस परिस्थितिको ठोस विश्लेषणमा आधारित सिद्धान्त हो । त्यसैले यो गतिशील सिद्धान्त हो । यो कुरालाई नबुझेर माक्र्सवादलाई पुराण झैँ बुझ्ने र सूत्रहरु रटेर जडसूत्रवादी हुनेहरु धेरै भए । सिर्जनात्मक मान्छेहरुलाई संशोधनवादी भनेर पन्छाइ दिए । यसले कम्युनिज्म बदनाम भयो । हामी सिद्धान्तका कुनै सूत्रहरुसँग सती जाने पक्षमा छैनौँ । कुनै सूत्र र सिद्धान्तको नाममा हामी देश र जनताको प्रगति र उन्नतिको बाटो छेक्न चाहँदैनौँ । सिद्धान्तको रक्सी पिएर लकिरको फकिर भइन्छ भने त्यसलाई हामी छोड्न चाहन्छौँ । सिद्धान्त यदि हाम्रो प्रगतिका लागि बाधक हुन्छ भने हामी ती सूत्रहरुलाई छोडेर अघि बढ्छौँ । नयाँ कुरा थप्छौँ त्यसमा । जुन कुराले देश र जनताको भलो गर्छ त्यसलाई लिन चाहन्छौँ र अरुलाई छाडेर अघि बढ्न चाहन्छौँ । सबै सिद्धान्तहरु जीवनका लागि हुन्, जीवन सिद्धान्तका लागि हैन । त्यसैले हाम्रो यो जनताको बहुदलीय जनवाद (जबज) कार्यक्रम नै हाम्रा लागि आजको माक्र्सवाद हो । अब हामीले प्रतिस्पर्धाबाट भागेर हैन आवधिक जनमत लिएर आफूलाई योग्य सावित गर्दै जनताको मन जित्न सक्नुपर्छ । जनताबाट आफूलाई सामयिक अनुमोदन नगर्ने र आफ्नो विचार राख्न नपाउने गरी एकधिकार लाद्ने काम गरेका कारणले संसारबाट कम्निष्टहरुले धक्का वेहोर्नु पर्यो ।’ उनी यतिभन्दै एकछिन अडिए । मैले मनको खुल्दुली मेट्न एउटा प्रश्न सोधेँ ।
‘यदि बहुदलीय प्रतिस्पर्धामा नै जाने र जनताको अमितबाट शासन गर्ने हो भने किन कम्निष्ट भन्नुपर्यो ? पूर्वी युरोप, जहाँबाट कम्युनिष्टहरु जन्मे त्यहाँ त अब कम्युनिष्ट भन्न पनि चाहँदेनन् मान्छेहरु । तपैँंहरु चैँ किन त्यै नाममा फेरि झुण्डिरहन चाहनु हुन्छ ?’ मैले उनको विचारको भित्री पक्ष खोतल्न चाहेँ । 
मदन भण्डारीले शान्त भावमा ध्यान दिएर मेरो कुरा सुने । विस्तारै मेरो प्रश्नतिर केन्द्रित हुँदै भने– ‘संसारमा माक्र्सवादले दिएको नयाँ धारणा हो समाजलाई हेर्ने द्वन्द्ववादी दृष्टिकोण र समानतामूलक वितरणको अवधारणा । सारमा मैले बुझेको यै हो । अठारौँ शताब्दीको अवस्था र ऐलेको अवस्था आकास र पातालजस्तै फरक छ । यदि माक्र्सवादलाई हामी द्वन्द्वात्मक विश्लेषणका लागि प्रयोग गर्छौं भने फेरिएको परिस्थितिलाई हेरेर हाम्रा नीति र कार्यक्रमलाई पनि परिवर्तन गर्नैपर्छ । सिद्धान्त मानिसका लागि हो मानिस सिद्धान्तका लागि हैन । यै कुरा हामीले उठाउन खोज्या हो । त्यसैले हामीले यसलाई एकाधिकारवादी सोचाइबाट माथि उठेर कम्निष्टहरु पनि दलीय र वैचारिक प्रतिस्पर्धामा पनि जानुपर्छ भन्न खोज्या हौँ । अब हामी यसै आधारमा अघि बढ्न चाहन्छौँ । निरङकूशता र एकाधिकारवादी शासनको सोच फेल भएको हो संसारबाट । कम्युनिज्मको सिद्धान्त फेल भएको छैन । यसको औचित्य अझै छ । जबसम्म समाजमा शोषण, अन्याय र असमानता रै’रन्छ तबसम्म यसको औचित्य रै’रन्छ, सकिँदैन । माक्र्सको समयभन्दा आजको परिवेश फेरिएको छ । यसलाई नयाँ ढंगले विकसित गर्नुपर्ने र नयाँ व्याख्या दिनुपर्ने आवश्यकता भने देखिएको छ । हामी ऐले त्यै प्रयत्नमा छौँ ।’ मदन एकछिन रोकिए । हामी कुराकानीकै मुडमा थियौँ । चियाखाँदै फेरि गफ अगाडि बढ्यो ।
पूर्वी युरोपका कम्युनिष्टहरुले व्यहोर्नुपरेको समस्या बारे विश्लेषण गर्दै उनले फेरि कुरा जोडे– ‘पूर्वी युरोपले संसारलाई कम्युनिज्मको प्रयोगको बाटो देखायो । रुस र चीनले पनि नयाँ बाटो देखाए । अरु कतिपय देश र नेताहरुले त्यसको प्रयोग गरे । त्यो प्रयोग भिन्नभिन्न ढंगको रह्यो । कसैले कुन र कसैले कुन ढाँचा प्रयोग गरे । पूर्वी युरोपमा नक्कल र सिर्जनाहीन प्रयोग देखियो । लेनिनले गरेको प्रयोग अनि माओले गरेको प्रयोग अलिअलि सिर्जनात्मक थियो । अहिले पनि आर्थिक कुरामा परिमार्जन गर्दै चीन अघि बढिरहेको छ । उनीहरुले संसारलाई आर्थिक विकासको गति देखाइरहेका छन् । तर उनीहरुले पनि अझै आवधिक जनमतलाई स्वीकार गर्न सकेका छैनन् । युरोपका कम्निष्टहरुले समयक्रममा आफूलाई परिमार्जन गर्न समर्थ भएनन् । ऐले युरोपका कम्युनिष्टहरु नामै परिवर्तन गरेर समाजवादी बनेका छन् । तर पनि उनीहरुलाई लाग्ने लान्छना र आलोचना कम भए त ! भएनन् । उनीहरुलाई हेर्ने दृष्टिकोण त उस्तैछन् । नाम फेरेर नयाँ हँुदोरैनछ । विरोधीहरुबाट हुने प्रहार पनि कम हुँदोरैनछ ।’
‘साधारण मान्छेले हामीलाई कम्निष्ट भनेर चिनेरै भोट दिया हुन् । उनीहरुलाई अर्को कुनै नाम मन नपरेर मात्रै हामीलाई समर्थन गर्या हैनन् । त्यसैले हामी संसारमा कम्युनिष्ट भएरै बाँच्न र राजनीति गर्न चाहन्छौँ । पलायन भएर नाम र झण्डा फेरेर हाम्रा आलोचकहरुका प्रियपात्र बन्न चाहँदैनौँ । मलाई पनि यस्तो सुझाव कैयौँ शक्तिशाली देशका मानिसहरुले भेटेरै दिने गरेका छन् । म सुनिरहेको छु । राजनीतिमा निर्णायक यै देश र समाजका जन्ता हुन्, हामीलाई आलोचना गर्ने र नाम फेर्न सल्लाह र दवाव दिने कथित विदेशी पूँजीवादी देश र व्यक्तिहरु हैनन् । हामी नाम र झण्डा दुवै हटाएर दुलोभित्र पसेर मुसा झैँ बस्न चाहँदैनौँ । कम्निष्टकै नाममा शेर भएर गर्जन चाहन्छौँ । एक स्वभिमानी, देशभक्त र सिर्जनात्मक प्रयोगकर्ताको रुपमा हामी आफूलाई उभ्याउन चाहन्छौँ ।’ मदन भण्डारीले दह्रो दृढता देखाए । मलाई उनका कुरा आत्मविश्वासले भरिएका एक परिपक्व राजनेताका जस्ता लागे ।
कुरा सकिएका थिएनन् । हामी चियाको चुस्की लिँदै राजनीतिक गफमा रमाइरहेका थियौँ । मैले त्यसअघि भेटेका अनेक नेताहरुमध्ये मदन भण्डारी अलि अनौठा खालका लाग्नथाल्यो । म उनको कुरा ध्यान दिएर सुनिरहेकै थिएँ । फेरि एउटा प्रसङ्ग कोट्याएँ– तपाईंले त चाबहिलको भाषणमा राजाहरुको राष्ट्रवाद, तारे पार्टीको प्रजातन्त्र र समाजवादको त धज्जी उडाउनु भो नि !’
मेरो कुरा सुनेर मदन भण्डारी मुसुक्क हाँसे । म उनीतिर ध्यान दिएकै थिएँ । भने– ‘तपाईले मेरो त्यो भाषण पूरै सुन्नु भो ? यदि सुन्नुभएको छ भने अवश्य सोच्नुभयो होला । हामी अनर्गल आरोप कसैलाई पनि लगाउन चाहँदैनौँ । हामी भ्रमलाई चिर्न मात्रै चाहन्छौँ । भ्रम फारेपछि जनताले आफैँ बुझ्छन् कुराहरु । हामी तारे पार्टीले भन्ने गरेको राष्ट्रियता, प्रजातन्त्र र समाजवाद तीनवटै कुराको नयाँ व्याख्या दिन चाहन्छौँ । विगतलाई हेर्दा हामी मण्डले राष्ट्रवाद र आत्मसमर्पणवादी राष्ट्रवादबाट पीडित भयौँ । राष्ट्रियता राजाले आफ्नो पेवा ठाने अनि प्रजातन्त्र भन्नासाथ तारे पार्टीले पेवा ठान्यो । प्रजातन्त्र तारे पार्टीको मात्रै पेवा हैन । यिनको बुझाइ ठीकसँग भएन भन्ने हामी ठान्दछौँ । विगतमा राष्ट्रिय स्वाधिनताको लडाईंमा कम्युनिष्टहरु सधैँ अगाडि रहे । देशको सीमा मिचिँदा र राष्ट्रिय स्वतन्त्रता हनन गर्दा जैले पनि हामी नै अग्रपंक्तिमा रहेर लड्यौँ । देशको स्रोत विदेशीलाई सुम्पिँदा हामीले नै चर्को आवाज उठायौँ । तारे पार्टीले यसमा कहिल्यै आवाज उठाएन । यस कुरामा उसले चुँ गरेको पनि सुनिएको छैन । बरु उसले आफ्नै स्रोत आफ्नो हित प्रतिकूल हुने गरी सम्झौता गरेर प्रजातन्त्रका नाममा आत्मसमर्पणवादी राष्ट्रवाद प्रदर्शन गर्यो । दरवारले राष्ट्रवादी शक्ति हामी मात्रै हौँ भनेर राष्ट्रवादको नाममा प्रजातन्त्रको घाँटी थिच्यो । त्यसैले हामी यी दुवै अतिवादको विरुद्धमा उभिएका छौँ । मण्डले राष्ट्रवाद र आत्मसमर्पणवादी राष्ट्रवाद दुवैलाई हामी मुर्दावाद भनिरहन्छौँ । अब यी दुवै कुरामा दुवै अतिवादीहरुले आफूलाई त्यसको ठेकेदार नठाने हुन्छ ।’ 
‘प्रजातन्त्रको कुरा पनि त्यस्तै हो । तारे पार्टीले आफूलाई प्रजातन्त्रको ठेकेदार सम्झन्छ । तर कहीँ पनि ऊ बहुमतलाई स्वीकार गरेर अल्पमतको सम्मान गरेर बस्न चाहँदैन । आफूले अरुलाई शासन गर्न पाउँदा र हालिमुहाली गर्न पाउँदा ठीक भन्छ । आफू अर्काको मातहतमा बस्नु पर्यो भने त्यसबाट अलग भएर अनेक वितण्डा मच्चाउन थाल्छ । के हामी यसैलाई प्रजातन्त्र मानिरहने त ? यस खाले प्रजातन्त्रमा नेताहरुले त प्रजातन्त्रको उपभोग गर्लान् तर जनता सधैँ परतन्त्र हुन्छन् । नेताका दास भएरै रहनुपर्छ जनताले । हामी जनताको मत अन्तर्गत, उनीहरुको भावना अन्तर्गत चल्ने प्रजातन्त्र चाहन्छौँ । जिते शासनमा रहन्छौँ हारे प्रतिपक्षमा बस्छौँ र जनताका काम गछौँ । हामी हतियार उठाएर होइन चेतना उठाएर समाजमा परिवर्तन गर्न चाहन्छौँ । साँचो अर्थमा जनतालाई सार्वभौम हौँ भन्ने अनुभूति दिलाउन चाहन्छौँ । कुनै अर्को पक्षले बहुमत ल्यायो भने त्यस संस्थालाई फुटाएर, टुटाएर स–साना झुण्डमा जनतालाई विभाजित गरेर होइन त्यहीँ बसेर सुधार गरेर संस्थाहरुभित्र प्रजातान्त्रिक संस्कार बसाल्न चाहन्छौँ । त्यसैले तारे पार्टीको प्रजातन्त्र ठालुहरुको तन्त्र हो, ठूलालाई चैन सानालाई ऐनको प्रजातन्त्र हामीलाई चाहिँदैन । त्यसको विकल्पमा हामी जनताको प्रजातन्त्र बनाउन चाहन्छौँ । त्यसैले हामीले जनताको बहुदलीय जनबाद भनेका हौँ ।’ 
‘अब बाँकी रह्यो समाजवादको कुरा । घोषणा पत्रमा नै खुल्ला अर्थतन्त्रको वकालत गरेर उसले जनतासँग भोट माग्यो । शोषण र असमानताका विरुद्ध आफ्नो नीति के हुने ? यस बारेमा क्यै भनेन । धनीलाई झन् धनी अनि गरिबलाई झन् गरिब बनाउने कथित खुल्ला अर्थतन्त्रमा देखिने असमान वितरण प्रणालीले समाजवाद ल्याउन खोज्नु दिवास्वप्न हो । यो कुरा कैल्यै यथार्थ हुन सक्दैन ।’ मदन भण्डारी आफ्नो विश्लेषणमा अत्यन्त दृढ देखिए । 
राजनीतिका पेचिला प्रश्नमा उनका तीखा विश्लेषणले म नतमस्तक भएँ । नेपाली धरतीमा एउटा नयाँ र सिर्जनात्मक राजनीतिज्ञ जन्मेकोमा मलाई भित्रैदेखि गर्व पनि लाग्यो । म उनीसँग लामो कुराकानी गरेर बाहिरिएँ । 
म मदन भण्डारीसँग भेट गर्न गएको चर्चाले मेरा साथीहरुको पंक्तिमा अनेक अनुमान चलेछन् । कतिले त विवेक मदन भण्डारीको पछाडि लाग्न थाल्यो भनेर चर्चा पनि गरेछन् । राजनीतिक दरिद्रताको साँघुरो घेरामा बसेर आफूलाई सँघुर्याउने र अरुका कुरा बझ्न नचाहनेहरुलाई मैले केही भन्नु आवश्यक ठानिनँ । त्यसपछि बारम्बार मेरो मदन भण्डारीसँग सम्बाद भइ नै रह्यो ।       
+   + +
राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा मदनको ‘जबज’ को नयाँ दर्शनले प्रशंसा र उचाई पाउँदै थियोे । सर्वत्र चर्चा परिचर्चा र छलफल हुन थाल्योे । अन्तर्राष्ट्रिय मिडियाहरुले चासो राख्नथाले । अन्तर्राष्ट्रिय कम्युनिष्ट जगतमा समेत मदन भण्डारीको अवधारणा नयाँ थियो । ‘जवज’ को बारे निकै चासो र खुल्दुली रह्यो । 
संसारमा कम्युनिष्टहरुको शासन धमाधम ढलिरहेको थियो । कम्युनिष्ट शासन भएका देशहरुबाट उनीहरु सत्ताच्युत हुँदै थिए । यही सन्दर्भ पारेर भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी) ले सन् १९९३ को मे महिनामा कोलकातामा एक सेमिनार आयोजना गर्यो । यो ३ दिने सेमिनारको मुख्य बिषय थियो समकालीन विशेष परिस्थिति र माक्र्सवादको सार्थकता । यस सेमिनारमा मदन भण्डारी आमन्त्रित भए । विश्वका १९ देशका प्रतिनिधिहरुको सहभागिता थियो । उक्त सेमिनारमा मदन भण्डारीले आफ्नो कार्यपत्र प्रस्तुत गरे । त्यसमा उनको कार्यपत्रको व्यापक स्वागत र समर्थन भयो भनेर पत्रपत्रिकाहरुमा पढ्न पाइयो । 
सेमिनारमा सहभागी सबै देशका कम्युनिष्ट प्रतिनिधिहरुले विश्व कम्युनिष्ट आन्दोलनको प्रसंगमा नौलो चिन्तन र नयाँ मार्गदर्शनका रुपमा मदनको विचारलाई लिए । ठूलो सम्मान पाए उनले । उनको ओजस्वी र कलात्मक शैलीमा नविन विचारको प्रस्तुतिको प्रशंसा सहभागीहरुले गरेको कुरा छापाहरुमा आइरहे । भारतीय छापाहरुमा मदन भण्डारीको चर्चा सर्वत्र भयो । त्यहाँका कम्युनिष्ट नेताहरुले पनि मदन भण्डारीको जबजको खुलेर प्रशंसा गरेको देखियो । मदनको कार्यक्रम अन्तर्राष्ट्रिय चर्चाको बिषय बन्यो । यसले कतिपय विदेशीहरुका कान पनि ठाडा भए ।
प्रसिद्ध अन्तर्राष्ट्रिय अखवार “न्युजविक” ले १९९१ मे २७ को अंकमा उनको अन्र्तवार्ता प्रकाशित गर्यो । त्यसको शीर्षक थियो– नेपाल, जहाँ माक्र्स जीवित छन् ।  यो अन्र्तवार्तामा उनले कम्युनिष्टहरुप्रतिका कतिपय अस्पष्टताहरु हटाउने र आफ्नो नीति प्रष्ट पार्ने काम गरे । अन्तर्राष्ट्रिय आन्दोलनबाट सिक्ने तर उनीहरुको नक्कल नगर्ने कुरा उनको अन्तरवार्ताले प्रष्ट पारिदियो । आफ्नै मौलिक नीति र कार्यक्रमको सोचमा देखिए भण्डारी । त्यस अन्तरवार्तापछि अन्तर्राष्ट्रियस्तरमा मदन भण्डारी अझ चर्चामा आए । हामी पनि एउटा आसलाग्दा युवा नेता देशले पाउने भयो भनेर खुशी भयौँ । 
+ + +
संसदमा मदन भण्डारी सधैँ देखिँदैनथे । पार्टीको जिम्मेवारीका कारण केही जरुरी कुराहरुमा पार्टीको धारणा राख्नुपर्दा मात्रै उनी संसदमा उपस्थित हुन्थे । मदन भण्डारीको बोल्ने पालो परेको दिन संसद भवन खचाखच भीडले भरिन्थ्यो । पुराना, पाका र कपाल फुलेका नेताहरुका अगाडि मदन भण्डारी उभिएर बोल्दा सबै उनीतिरै फर्केर ध्यानपूर्वक कुरा सुनिरहेका हुन्थे । पत्रकारहरुलाई ठूलो लेखन मसला मिल्थ्यो उनका कुराबाट । 
मदन भण्डारी सधैँ कालो भादगाउँले टोपी लगाउँथे । मैले एकदिन संसदको क्यान्टिनमा सँगै खाजा खाँदैगर्दा कुरैकुरामा त्यसको पनि केही रहस्य छ कि भनेर सोधेँ । उनले भने– ‘म अलि सानै उमेरदेखि भारतमा पढ्न बसेँ । टोपी लगाएका नेपालीहरुलाई धेरैजसो भारतीयहरुले हेपेको पाएँ । त्यसैले त्यस्तो हेपाइ प्रतिवाद गर्न मैले सधैँ टोपी लाउन थालेँ । त्यसबेलादेखि मेरो शिरबाट यो टोपी छुटेको छैन । म टोपी लगाएरै नेपालीहुनुको गौरव अभिवृद्धि गर्न चाहन्छु ।’ गम्भीर भावमा उनले मलाई जवाफ दिए ।
हेर्दा जावो टोपी तर गहिराइबाट नियल्दा त्यसले दिने आत्मस्वाभिमान निकै गहिरो रहेछ । म उनको भनाइ र त्यो अठोटप्रति मनमनै झुकेँ । मदन भण्डारीको त्यो भनाइ स्वदेश भक्तिको, स्वपहिचानप्रतिको गौरव र दृढ प्रतिज्ञाको अनुकरणीय नमूना मान्छु म । नेपाल र नेपालीको पहिरनप्रतिको घृणा, हेला, होच्याउने प्रवृत्तिको गम्भीर भएर प्रतिवाद गर्ने अठोट ठान्छु म यसलाई । टोपी लुकाएर होइन, फालेर होइन, शीर निहु¥याएर होइन, हीनताबोधले पनि होइन बरु झनै दृढताकासाथ आत्मसम्मानको ज्वाला जगाएर टोपी लाउन थालेको मदनको उदाहरण अपनत्वको नमूना मान्छु म । राष्ट्रिय पोशाक फ्यालेर अरु राष्ट्रको पहिरन् लाउनमा के गर्व ? देशप्रति हेलाँ, घृणा, अवहेलना, नीचता देखाउनेप्रति अघि बढेर प्रतिवाद गर्ने साहस र गहिरो भावनाले मात्रै वास्तवमा देशभक्तिको पहिचान दिन सक्दछ । मदन भण्डारी यसका लागि, सबै नेपालीका लागि अनुकरणीय, उहाहरणीय पात्र रहेछन् । मनमनै यस्तै सोचेँ मैले मदनको भनाइबाट । म भित्रैबाट उनको स्वदेशप्रेम र स्वाभिमान देखेर छक्क परेँ ।

Thursday, November 14, 2013

नेता र नेतृत्व


‘अँ, केइ खास कुरा थिए कि तेरा, ल भन् ।’  लीला दाइले कुरा उक्काउन खोज्दै मतिर फर्केर भने ।
‘पैलो कुरा राजनीति भन्या के हो भन्ने त तै“ले था’ पाइस्, हैन त ? राजनीति भन्या देशको शासन चलाउनका लागि आवश्यक पर्ने मुख्य नीति । यस्तो नीति बनाउने र त्यो नीतिअन्सार देशको संविधान, कानुन, नियम, प्रक्रिया, शान्ति, सुरक्षा, विकास, निर्माण सबै काम हुन्छन् । ती सबै कुरा गर्ने भएकाले यल्लाई राजनीति भनियो । यो चलाउनेलाई ‘राजनेता’ भनियो । सामान्य मान्छेले यसलाई नेता भने ।’ लीला दाइ अडिए । 
मैले बीचैमा प्वाक्क सोधेँ– ‘दाइ, राजनीति गर्नेजति सबै राजनेता हुन् त त्यसो भए !’ 
लीला दाइ झस्के । ‘कुरा अलि गहिरो सोधिस् बाबु, तै“ले । राजनीतिमा लाग्ने सबै ‘राजनेता’ हुँदैनन् । राजनीतिमा लाग्ने कोइ कार्यकर्ता, कोइ भरौटे र कोइ अरौटे हुन्छन् । कोइ–कोइ नेता हुन्छन् । अनि लाखौ“ नेताहरूमध्ये एक जना राजनेता हुन्छ । राजनेता हुन आदर्श, सिद्धान्त र चरित्रको निरन्तरता चाइन्छ । त्यसै हुँदैन । देश हाँक्ने दूरदृष्टि चाइन्छ । त्यल्लाई अड्याउन, सफल पार्न र त्यसका पछि देश र जनातालाई हिँडाउन आफूभित्र सिद्धान्तको बलियो आधार आवश्यक पर्छ । आदर्श आफूभित्र हुन्छ । सिद्धान्त व्यवहारमा देखिन्छ । त्यै वेवारले उस्को चरित्र निर्माण हुन्छ । यी तीनै कुरा भा’को मान्छे राजनेता बन्न सक्छ । नभए नेताचै“ सजिलै हुन्छ । राजनेता हुनका लागि अनेकतामा एकता देख्ने चरम धैर्य, क्षमा र करुणाको भावनाले भरिनुपर्छ । आफू र आफ्नो स्वार्थभन्दा देश ठूलो हो भन्ने सम्झन सक्नुपर्छ ।’ लीला दाइ भावुक हुँदै गए । अँगेनाको आगोको राप र राजनीतिको धाराप्रवाह विचारले लीला दाइको अनुहार  रातो देखियो । 
मैले उनलाई फेरि प्रश्न गरेँ– ‘हाम्रा ती इन्द्र दाइ पनि नेतै हुन् त ? अनि तपाईं के नि ? हाम्री स्कुलकी मीना दिदी के त त्यसो भए ? यी पनि सबै नेतै हुन् ? यिनेरु पनि त पञ्चायतको राजनीति गर्छन् नि, हैन र दाइ ?’ 
‘ठीकै प्रश्न गरिस् ।’ लीला दाइले मतिर हेर्दै भने । ‘हामी सबै कार्यकर्ता हौ“ । मीना र इन्द्र पञ्चायतका कार्यकर्ता हुन् । कार्यकर्ता र नेता भनेका सापेक्षिक कुरा हुन् । धेरै कार्यकर्ताले पत्याइदिए, मानिदिए भने तेइ कार्यकर्ता नेता हुन्छ । नेता हुन समर्थक चाइन्छ । विचार, योजना र मान्छेप्रतिको भरोसा मिल्यो भने भीड त्यसको पछि लाग्छ । भीड पछि लाग्न थाल्यो भने शक्ति बढ्छ । शक्तिले मान्छेलाई नाइके बनाइदिन्छ । तर शक्तिले मात्रै मान्छे नेतृत्वदायी बनिरहँदैन । ऊ नाइके मात्रै हुन्छ । नेता बन्न सक्दैन । धेरै मान्छे पछि लगाउने मान्छे नाइके हो । उस्ले तिन्लाई अगुवाइ गर्छ । मन जित्न र त्यल्लाई टिकाइराख्न ऊभित्र आदर्श, सिद्धान्त र चरित्र हुनुपर्छ । त्यसो भो भने ऊ पदमा नभए पनि नेता भइर’न्छ । नाइके चै“ नहुन सक्छ ।’ 
‘तपाईंका कुरा अलि नबुझिने भए दाइ । अलि मैले बुझ्ने भाषामा बुझाइदिनुस् न ।’ मैले लीला दाइलाई रोकेँ ।

लीला दाइले कुरा सुरु गर्दै भने– ‘अँ त, हामीहरू नेता के हुन् ? कस्ता मान्छे नेता हुन् ? भन्ने कुराकानी गर्दै थियौ“ । हेर भाइ, नेता भनेको खेलाँची कुरा हैन । यो भीडबाट जन्मिँदैन । नेता उच्चतम चेतनाबाट जन्मन्छ । नेता तर्क र बलमिच्याइँले पनि जन्मने होइन । हृदय पग्लेर चरम रुपमा देश, समाज र मानिसप्रति करुणाभाव विकसित भएको अवस्थामा मात्रै मान्छे नेता हुन सक्छ । दया, प्रेम, करुणा र भावनाले नभरिएको मान्छे नेता हुन सक्दैन । नेता हुनका लागि बौद्धिक तर्क र योजना मात्र पर्याप्त हुँदैन । त्यो मात्रै हेरेर हामी तिनको पछि लाग्यौ“ भने ठूलो धोका हुन्छ । हृदयमा इमानदारी र काँधमा जिम्मेवारी नभई नेता हुन सकिन्न । हामीले देखेका गाउँघरका नेता भनेकाहरू केइ पाइन्छ कि भनेर पछि लाग्ने आसेपासे हुन् । यिनमा न जिम्मेवारी छ न इमानदारी छ । यिनेरुसँग अर्काप्रति घृणा छ अनि टाउकोमा त्यसैलाई पुष्टि गर्ने तर्क छ । तर्कले पछि लागेको मान्छेसँग आग्रह, आशा र अपेक्षा हुन्छ । भोलि जिम्मेवारीमा पुगेपछि ऊ त्यही आग्रह, आशा र अपेक्षा पूरा गर्नतिर लाग्छ । आफू किन राजनीतिमा लागेँ, त्यो नै बिर्सन्छ । अनि उसका पछि लाग्ने मान्छेहरु हेरेका हे¥यै हुन्छन् । ऊचाहिँ मोज गर्छ । हाम्रो देशको राजनीतिको इतिहास यस्तै–यस्तै पात्रले भरिएको छ ।’   
मैले लीला दाइको अनुहारमा पुलुक्क हेरेँ । लीला दाइ गम्भीर थिए । आगोका अगुल्टा अँगेनामा ठोस्दै लीला दाइ एकछिन चुप भए । कुरा बुझ्दा गहिरा रहेछन्, नबुझ्दा ‘कागलाई बेल पाक्यो हर्ष न विस्मत’ भने जस्तो । मैले मनमनै उम्लिरहेका खुल्दुलीतिर विचार गरेँ । 
लीला दाइलाई फेरि सोधेँ– ‘त्यसो भा’ त नेता त ज्यादै थोरै पो हुँदार’छन् त संसारमा । यो त गाह्रो काम पो र’छ त दाइ । तपाईं चै“ आफूलाई के भन्नुहुन्छ नि ? कार्यकर्ता कि अह्रौटे ?’ मेरो प्रश्नको झटारो ठीकै ठाउँमा लागेछ क्यार, लीला दाइ हाँसे ।
‘म न कार्यकर्ता मात्रै हुन सकेँ न अह्रौटेमै बस्न सकेँ, न नेता हुन सकेँ । खै के भन्नु ? कुरा अप्ठ्यारै छ । तर म आफूलाई नेता भन्न सक्दिनँ । कार्यकर्ता नै भन्ने ठान् । नेता हुन त नेतृत्व लिन सक्नुपर्छ । विचार, व्यक्ति र भूभागको नेतृत्व । कोइ नेताहरू विचारका नेता हुन्छन् । तिनको विचारले ठूलो समूहलाई, ठूलो भूभागलाई, लामो समयलाई प्रभाव पार्छ । तर उनीहरूसँग भीडभाड नहुन सक्छ । दार्शनिकहरू, बुद्ध पुरुषहरू, ठूला साहित्यकार, कविहरू विचारका नेता हुन् । उनीहरूसँग उन्नत विचार हुन्छ तर क्रमबद्ध योजना हुँदैन । योजना नभई मान्छे पछि लाग्दैन । त्यसैले ती मान्छेहरूले विचारमा धेरै मान्छेलाई आफ्नो पछि लगाउँछन् । हरेकको मनमा ती मान्छेहरू बास गर्छन् । तिनले हृदय जित्छन् तर उनीहरूले त्यसलाई योजनामा रूपान्तरण गर्न प्रयास गर्दैनन् । त्यसै कारणले मान्छे पछि लाग्दैनन् । मान्छे पछि लगाउन योजना र आश्वासन बाँड्न जान्नुपर्छ । आफ्नो सुरक्षा र फाइदा नदेखीकन मानिस कसैको पछि लाग्दैन । त्यसैले दार्शनिकहरू, कविहरू, कलाकारहरू, ठूला साहित्यकारहरू लोकप्रिय हुन्छन् तर पनि उसको पछि लागेर उसलाई नेता बनाउन र मान्न मानिसहरु तयार हुँदैनन् ।’
लीला दाइका कुरा मन छुने खालका थिए । म फूलमा भँमराले रस लिएझै“ रस लिएर उनका कुरा सुनिरहेको थिएँ । केहीबेर अडिए । फेरि थपे– ‘दोस्रो खाले नेता छन्– तर्क, धुत्र्याइँ, आश्वासन र योजनाका नेता । हामीले देखेका र सुनेका अधिकाङ्श राजनीतिक नेताहरू तर्क, तिकडम, आश्वासन र योजनाका नेता हुन् । उनीहरूसँग नयाँ र सिर्जनात्मक विचार त हुँदैन तर समाज, देश र स्थानअनुसार के योजना र आश्वासन बिक्छ, त्यसको पहिचान गर्न सक्छन् । तेइ योजना उनेरू आश्वासनको रूपमा बाँड्छन् । आश्वासन दिएपछि भीड पछि लाग्छ । भीडको बलमा उनेरू केइ काम गर्छन् । तर सिर्जनात्मक विचारको अभाव भएकाले तिनले धेरै लामो समयसम्म काम गर्न सक्दैनन् । भीडका अनेकथरी स्वार्थको आक्रमणमा परेर बिलाउँछन् । टिक्न सक्दैनन् । आफ्नो पछि लागेका भीडको स्वार्थ टक्कराउनासाथ उनीहरूको टेक्ने भुइँ नै हँुदैन । त्यसैले अधिकाङ्श राजनीतिज्ञको आयु छोटो हुन्छ ।’
म उनको कुरा सुनेर अलि रणभुल्लमा परेँ । यी हामीले नेता भनेका मान्छेसँग विचारको नेतृत्व त हुँदोरै’नछ, कोसँग हुन्छ त अनि विचार चै“ ? केका भरमा यिनेरु यत्रो शासन सञ्चालन गर्छन् त ? भित्रभित्रै मलाई उकुस–मुकुस भयो । प्वाक्क बीचैमा लीला दाइलाई सोधेँ– ‘अनि प्रजातन्त्रका पिता अब्राहम लिङ्कन, कम्प्युनिस्टका पिता माक्र्स भन्छन् । उनीहरू राजनीति पनि गर्थे । लेनिन पनि ठूला नेता भन्छन् । संसारले मानेका छन्, यो चै“ के नि दाइ ?’
लीला दाइ एकछिन घोरिए । अँगेनाको डिलमा केट्लीमा पानी उम्लिँदै थियो । ‘पख् है त, एक गिलास पानी पनि खाँदै गरौ“, कुरा पनि गर्दै गरौ“ । तँ पनि खान्छस् कि पानी ? ला, एक गिलास ।’ मलाई पनि एक गिलास तातोपानी दिँदै लीला दाइले कुरा जोड्न खोजे । ‘तेरा जिज्ञासा ठीकै हुन् । सुनेको कुरा पनि ठीकै हो । तै“ले सुनेका मान्छेले संसारको राजनीतिलाई नयाँ उचाइ र नयाँ मोड दिएकै हुन् । तर तिनको पनि विचारको स्रोत उनीहरू आफै“ होइनन् । लिङ्कनको प्रजातन्त्रको परिभाषा उनको हृदयले दिएको परिभाषा हो । आन्तरिक चैतन्यबाट निस्केको कुरा होइन । दासप्रतिको करुणाका कारणले जन्मेको परिभाषा । सबै कुरा बजारले बनाउँछ भन्ने आडम स्मिथलाई त्यसको स्रोत मान्नुपर्छ । त्यसैको जगमा छन् लिङ्कन । आडम स्मिथले सबै कुरा खुला बजारले निर्धारण गर्छ भने । लिङ्कनले बजार भनेका जनता हुन् भन्ने अर्थ लगाए । यो अर्थ मान्छेले मन पराए ।’
अगाडि उनले भने– ‘कम्युनिज्मका विषयमा पनि यस्तै भ्रम छन् । यो माक्र्सको उपज होइन । दुःख पाएका मजदुरको आवाज उनले बोलेको हो । कालकोठरी जस्ता ठाउँमा बसेर २४ घन्टामा १८ घन्टा दास झै“ काम गर्ने मान्छेहरूको व्यथा उनीमार्फत् व्यक्त भो । कम्युनिज्म वास्तवमा तर्क र कानुनले स्थापना हुँदैन । त्यसका लागि भावनात्मक हृदय चाइन्छ । माक्र्सले नयाँ प्रयत्न गरे । तर त्यसको जगमा हेगेल, फायरवाख जस्ता दार्शनिकका विचार थिए । त्यसभन्दा अगाडि थिए– ग्रीसका सुकरात, प्लेटो, अरस्तु जस्ता स्वप्नद्रष्टा दार्शनिक पुरुषहरू । त्यसभन्दा पनि धेरै अगाडि पूर्वीय ऋषिहरू थिए, जसले संगछध्वम, संगदध्वम.....भनेर हजारौ“ वर्षअघि नै तेइ कुरा भनेका थिए ।’
‘काँनेर गल्ती भएछ त दाइ ? किन कसैले पनि ध्यान दिएनन् त ?’ मैले बीचैमा सोधेँ ।
‘मानिसको तर्क र अहङ्कार गलेर प्रेमभावको उदय नभई परम्परनिर्भरतातिर मान्छे जाँदैन । परस्परनिर्भरता नभई कम्युन हुँदैन । कम्युनमा नबस्ने मान्छे कम्युनिष्ट हुँदैन । परम्परनिर्भरता देख्न व्यक्ति–व्यक्तिको हृदय एक–अर्कासँग नजिक हुनुपर्छ । माक्र्सको घोषणा एउटा उपाय हो । तत्कालको उपाय । त्यसलाई टिकाउन मानिसभित्र उच्चतर चेतना चाहिन्थ्यो । त्यो विकास गर्ने कामलाई माक्र्सले अफिम भनिदिए । चुरो कुरा बुझ्ने चेतनाको उच्चता माक्र्समा पुग्न सकेन । लेनिनले त्यसलाई शक्तिको आडमा जबर्जस्ती प्रयोग गर्न खोजे । त्यसैले त्यो टिक्न सकेन । जति–जति मान्छे व्यक्तिगत चाहनाबाट माथि उठ्छ, त्यति–त्यति सामूहिक हितको विषयमा सोच्छ । जति–जति हन्डर ठक्कर खान्छ, त्यति–त्यति सहयोग र पारम्परिकता खोज्छ । त्यसैले चरम चैतन्य जागृति गरेका ऋषिहरूले आश्रामरूपी कम्युन बनाए । कम्युनमा बसेँ । त्यही“ जीवन बिताए । कम्युन भनेको त्यस्ता व्यक्तिहरूले चलाउने कुरा हुन् । ती त्यसै चलाउन सकिँदैन । त्यसका लागि व्यक्तिको आन्तरिक जीवनको रूपान्तरण जरुरी हुन्छ । यति मात्रै ऐले बुझिराख् । कम्युनिस्टको विचारका नेता माक्र्स हुन् भन्ने पनि अचम्भको भ्रम हो । उनी पनि योजनाकार हुन् । संवेदनशील व्यक्ति ह्न् । विचारका उद्गम होइनन् । ानवीय चेतनाको उद्गम भेटेनन् माक्र्सले । त्यसैले ाक्र्स एक पक्षीय छन् । पूर्ण छैनन् । मजदूरका हितका कुरा गर्छन् , मालिकलाई अन्याय गर्छन् । 
लीला दाइका कुरा अलि गहिरा थिए । मलाई उनका कुरा बुझ्न गाह्रो हुँदै गयो । म अलिअलि छट्पटाएँ । लीला दाइ मतिर ध्यान दिएर हेरिरहेका थिए । घरिघरि अँगेनाको दाउरा ठोसठास पार्थे र मतिर पुलुक्क हेर्थे । ‘तँलाई कुरा बुझ्न अलि गाह्रो भो होला हो ?’ लीला दाइले मेरो मनका कुरा पढेछन् । 
‘अँ, अलि बुझिनँ मैले । संसारका मानिसहरू प्रजातन्त्रका पिता लिङ्कन हुन्, कम्युनिज्मका जन्मदाता माक्र्स र एङ्गेल्स हुन् भन्छन्, तपाईं चै“ हाम्रा ऋषिहरूतिर पो सोझिनु भो । म त अलमलमा परेँ ।’ मेरा कुरा सुनेर लीला दाइ मज्जाले हाँसे । 
‘यै त विचित्र छ । दुनियाँले कुराको जरो काँ पो बुझ्या  छ र ? खाली बाहिरी आवरण त बुझेको छ । फेरि पूर्वका मान्छेमा बुद्धिजति पश्चिमबाट आयो भन्ने भ्रम छ ।’ लीला दाइ यति भनेर अलिकति दाउरा ल्याउन बाहिर निस्किए । एक अँगालो दाउरा लिएर फेरि भित्र पसे । अँगेनामा दुई–चारवटा दाउरा घुसार्दै उनले भने– ‘तँ आफै“ भन् न, हाम्रा ऋषिहरूका आश्राममा हजारौ“ शिष्य बस्थे । त्यहाँ न कुनै व्यक्तिगत सम्पत्ति थियो न कुनै व्यक्तिगत कामकाज । सबै आश्रामकै निम्ति गुरुको निर्देशनमा काम गरिन्थ्यो । आश्रमकै निम्ति सबै कुरा हुन्थे । पछि गौतम बुद्धको समयमा दसौ“ हजार मानिसहरू एउटै आश्रममा खाने, बस्ने, काम गर्ने गर्थे । योग्यताअनुसार काम, कामअनुसार माम । न कुनै शासक, न कुनै शासित । के ती सबै माक्र्सले भनेका ‘साम्यवाद’ का नमुना होइनन् ? यस्ता कुरा सबैलाई बुझाउन जरुरी छ । तिमेरुले बुझ्न पनि जरुरी छ । आफूसँग भएको नराम्रो, अर्कासँग भएको राम्रो । यस्तै छ मान्छेको दृष्टि ।’
‘अनि दाइ, त्यसो भए कम्युनिज्मका पिता माक्र्स र एङ्गेल्स भनेको पनि फोस्सा नै हो त ?’ मैले अचम्म मान्दै सोधेँ । 
‘तथ्य केलाएर हे¥यो भने यस्तै देखिन्छ । गहिराइमा कुरा बुझिएन । शब्दको पछि लागियो । शब्दको पछि लाग्दा यस्तै हुन्छ । सार र रूपका कुरा कम्युनिस्ट जगत्मा खुब हुन्छन् । तर उनीहरू नै रूपमा अल्मलिए । सारमा पछारिए । पूर्वीय देशहरू चीन, भारत, नेपालजस्ता देशमा त माक्र्सभन्दा कैयाँै हजार वर्षअघि कम्युनको सुरुआत, विकास, स्थापना र सञ्चालन भएको हो । यी देशका मान्छेले त कमसेकम यो कुरा बुझ्नुपर्ने थियो । तिनीहरू पनि लहैलहैमा बहकिए । यथार्थ भन्ने आँट गरेनन् । यो तथ्य हो । कल्पना होइन । चीनमा कन्फ्युसियस, भारत र नेपालमा गौतम बुद्ध, अलि पछिका अरू–अरू व्यक्तिहरूले पनि कैयौ“ कम्युनहरू सफलतापूर्वक चलाए । त्यसको लेखाजोखा नै भएन । कागले कान लग्यो भनेर हामी कागको पछि दौड्यौ“ । कान छामिएन । घरको दराजमा भएको सुन पित्तल जस्तो देखियो । अर्काको टल्केको पित्तल सुन जस्तो लाग्यो ।’
‘रात धेरै गएछ । सुत्नु पनि पर्छ । अब केही कुरा गरौ“ र सुत्न जाऊँ । कुरा सकिएला जस्तो छैन । अर्को दिनलाई थाती राखौ“ला सकिएन भने ।’ लीला दाइले समयतिर मेरो ध्यान तान्नु भो । 
‘अनि दाइ, यो व्यक्ति र भू–भागको नेता भनेका चै“ कस्ता नि ? यी चै“ नेता हैनन् ? यिनलाई चै“ के भन्ने नि ?’ 
लीला दाइले तातोपानीको गिलास हातमा उठाएर पानी खाँदै भने– ‘कुनै व्यक्तिले कुनै ठाउँविशेषका मानिसलाई प्रभाव पारेर अगुवा हुन सक्छ । त्यस्ता मानिसका पछाडि केही मान्छे अवश्य हुन्छन् । ती मान्छेसँग न विचारको गहिराइ हुन्छ न योजना हुन्छ । उनीहरूसँग मानिसको एउटा झुन्ड हुन्छ । त्यस्तालाई नाइके भन्नुपर्छ । कुनै ‘ग्याङ’को नाइके, कुनै खास क्षेत्रविशेषको नाइके । यस्ता नाइकेहरूलाई नै अधिकाङ्शरूपमा हामी नेता भन्छौ“ । विचार र योजनाविहीन अरौटेहरू हुन् यिनेरु । यिनेरुसँग मानिसको झुन्ड मात्र हुन्छ । के ठीक, के बेठीक भन्ने विवेक यिनेरुसँग हुँदैन । यो समूह कुनै सिद्धान्त, आदर्श, योजना र लक्ष्य बोकेर हिँडेको पनि हुँदैन । यिनेरुसँग आफ्नो स्वार्थ र इच्छा हुन्छ । उनीहरूलाई त्यै पूरा गर्ने चिन्ता हुन्छ । त्यसैले यी झुन्डहरू कैले यौटाको पछि लाग्छन्, कैले अर्काको । स्वार्थ पूरा नहुने भएपछि फेरि अर्काको पछि दगुर्न लाज पनि मान्दैनन् । ‘जता मल्कु, उतै ढल्कु’ भन्ने नेपाली टुक्का यिनेरुमा खुब लागू हुन्छ । यस्ता नाइकेहरू जति बढी हुन्छन्, त्यति नै राजनीतिमा अस्थिरता हुन्छ । योजनाविहीनरूपमा समाज हिँड्छ । स्वार्थको पछि राजनीति लाग्छ । डनहरू नेता हुन्छन् । गुटका नाइकेले शासन गर्छन् । हामी सयौ“ वर्षदेखि यस्तै अस्थिर र स्वार्थी समूहको घेरामा परेका छौ“ । हाम्रो राजनीति त्यसैबाट घेरिएको छ ।’ लीला दाइका कुराले म स्तब्ध भएँ । 

नफेरिएको गरिबी


म एउटा छरितो व्यागमा आफ्ना केही सामानहरू हालेर घरतिर लागेँ । बसबाट गोदार हुँदै पैदल यात्रामा चिसापानी बजारतिर सोझिएँ । बाटोमा कोही साथी भेटिन्छन् कि भनेर यताउता नियालेँ । चिसापानीसम्म कोही पनि भेटिएनन् । चिसापानीमा भेटिन्छन् कि ! आशाले बजारभरि नियालेँ । 
चिसापानी बजार हाम्रो गाउँबाट किनमेल गर्न आउने बजार थियो । कहिलेकाही“ मानिसहरू आवत–जावत गरिरहन्थे ।
साथी भए भने बाटो काट्न सजिलो हुन्छ । गफ गर्दै हिँड्दा समय बितेको र बाटो काटेको पत्तो हुँदैन । एक्लै हिँड्दा पट्ट्यार लाग्छ ।
मैले बजार कट्नै लाग्दा फेरि चारैतिर आँखा दौडाएँ । गाउँमा भरिया काम गर्ने माइला दाइ नुनको भारी हालेर मट्टितेलको राम्रो टिन छान्दै गरेको देखेँ  । मैले उनलाई सोधेँ– ‘घर फर्कने बेला भो माइला दाइ ? कि अझै काम बाँकी छ ?’ उनी मलाई देखेर छक्क परे । 
‘ए, म त कल्ले बोलाउँछ भनेर हेरेको त विवेक बाबु पो र’छ त ! काँबाट बाबु यता ?’ उनलाई म जनकपुर पढ्छु भन्ने थाहा रहेनछ । होस् पनि कसरी ? बिचरालाई कहिले कसको त कहिले कसको भारी बोक्दै ठीक्क छ । गाउँका निम्नवर्गको आर्थिक अवस्था यस्तै हो । यातायातका साधन भेट्न दुई दिन हिँड्नुपर्छ । नुन र मट्टितेल बेलामा वर्षभरिलाई पुग्ने गरी लगेन भने न उज्यालो बाल्न पाइन्छ न तरकारीमा हाल्न नुन नै । वर्षायाममा सकियो भने ऐँचोपै“चोबाहेक विकल्प नै हुँदैन । आफ्नोमा सकिएपछि माग्यो, काम चलायो अनि फेरि ल्याएपछि ति¥यो गर्छन् गाउँलेहरू । 
‘यो भारी चै“ कस्को नि माइला दाइ ?’ मैले माइला दाइलाई सोधेँ ।
‘दोकानको हो । पटवारी बाले साह्रै गरे अनि लगिदिन आ’को । हिजो आ’को, आज फर्कन्छु । भोलि बेल्का बल्ल पुग्गेला ।’ माइला दाइले आफ्नो कुरा गरे । 
‘म पनि एक्लै छु । सँगै जाऊँ ।’ मैले सङ्क्षिप्तमा कुरा टुङ्ग्याएर खाना खान होटलतिर नियालेँ । 
‘खाना खाएपछि म फेरि यै“ आउँछु है दाइ । मलाई छोडेर नहिँड्नु नि ! दाजुभाइ गफ गर्दै जाउँला । आज मेरो पनि घर पुग्ने छाँट भएन । ढिलो भैसक्यो । तपाईंले खाना खानु भो त ?’ 
‘मैले खाइसकेँ । बरु बाबु छिटो खाएर आइहाल्नू ।’ माइला दाइले मलाई हतारो लगाए । 
‘हस् । म छिट्टै आइहाल्छु ।’ म यति भनेर खाना खान होटलतिर पसेँ । खाना खाएर आउँदा माइला दाइ ठीक परिसकेका थिए । हामी दुवै जना बजारबाट बाटो लाग्यौ“ ।
‘बाटो लामो छ । मेरो भारी निकै छ । विस्तारो हिँड्नुपर्छ । बाबुलाई ढिलो होला । छिटो जानुपर्ने भए जाँदा हुन्छ । भरियाको सारमा रित्तो मान्छेलाई काँ सार मिल्छ र ! मेरो त आज त्यै कमलाखुँज पुग्ने सुर छ ।’ 
‘मलाई पनि खासै धेरै हतार छैन । एक्लै यति लामो जङ्गलको बाटो किन जाउँ भनेर साथी खोजेको, तपै“सँग भेट भो । तपै“ पनि एक्लै हुनुहुँदोर’छ, सँगै जाऊँ । राति म पनि तपौ“सँगै बसौ“ला । बरु भोलि बिहान चै“ म अलि छिटो लाग्नुपर्ला । खाना खान घरै पुग्छु । उकालोमा तपै“सँग ढिलो हुन्छ ।’ मैले माइला दाइलाई सँगसँगै जाने कुरा गरेँ । भोलिपल्टको पनि योजना बताएँ ।
हामी चिसापानीबाट चुरेको लाम बगरतिर बढ्यौ“ । गह्रौ“ भारीमा बगरको हिँडाइ । माइला दाइको पायल चप्पलको पिटक्पिटिक् आवाज निर्जन बगरका पर–परसम्म सुनिइरहेको थियो । उनी अघि–अघि, म पछि–पछि । विस्तारै हाम्रो पदचाप चुरेको चुचुरोतिर बढिरह्यो । घरिघरि आवाज, घरिघरि मौनता । हाम्रो यात्रा चलिरह्यो । मनमा अनेक कुरा खेल्न थाले । 
‘कही“ पुलिसले रिपोर्ट बिगारिदियो भने ? विकल्प के होला ? एक पटक पुलिसले रिपोर्ट बिगारेर राजनीतिमा लागेको मानिस भनेर लेखिदियो भने जीवनभर जागिर खान पाइँदैन रे ! कस्तो आपत् ! लाग्ने बेलामा होस गरिएन । बाआमा, हजुरबा कसैका कुरा सुनिएन । ऐले परेन फसाद ! कसरी मिलाउनु होला यो कुरा ? गाउँभरि आकाशेमा लागेको, बहुदलमा लागेको भन्ने थाहा छ । ढाँटेको कुरा काटे मिल्दैन । त्यसमाथि फेरि लिखित पत्रै चाहिन्छ । मौखिकको कुरा भए मिलाउन सकिन्थ्यो । प्रधानपञ्च पनि फेरि जब्बरकै छन् । उनले चाहे त मिल्थ्यो । बहुदल–बहुदल भनेर फलाकियो, ऐले कसरी फेरि झूटो कुरा लेखाइदेऊ, पुलिसलाई मिलाइदेऊ भनेर निहुरिन जानु ? के भन्छन् गाउँका मान्छेले पनि ? पैले त्यत्रो विश्वास गरेर मानिस पछि लागे, ऐले चै“ आफै“ पीपलपाते पो रहेछ भन्छन् होला ! पछि क्यै गर्नु प¥यो भने फेरि गाउँलेले पनि पत्याउँदैनन् । आयु लामो छ । खर्भर एक बीस भएको छैन । बेइमानमा गनियो भने त जीवन बिताउन पनि पो गाह्रो हुन्छ त ! म मनमनै भुट्भुटिएँ । 
निकै बेर चुप लागेको देखेर माइला दाइले मतिर शव्दवाण तेस्र्याए– ‘घरको सम्झना आयो कि क्या हो बाबु ! चुपचाप पो छौ त ! कि क्यै सोच्दै छौ ?’
बाक्लो बालुवाको बगरमा माइला दाइका कुरा चप्पलको आवाजसँगै मिसिएर मेरा कानमा ठोक्किए । माइला दाइले चुनावको कुरा निकाले । मलाई लक्ष्य गर्दै सोधे– ‘त्यो चुनावमा नीलो र पहेँलो छुट्ट्याउन लाएर के गर्न खोजेका थिए बाबु ? चुनाव आ’को यत्रो समय भैस’को, खै गाउँमा त क्यै भा छैन त ! गाउँ चै“ कै’ले फेरिन्छ ? गाउँका डोकानाम्ला कै’ले छुट्छन् बाबु ?’ उनका प्रश्न पेचिला थिए । आफ्नो व्यथा कहिले छुट्छ भन्ने जिज्ञासा थियो । डोको र नाम्लो बोक्दाको पीडा थियो । भारी बोक्ने पेसा थन्क्याएर हलुका काम गर्ने लालसा थियो उनको प्रश्नभित्र । म उनका प्रश्नको जवाफ कसरी दिने भन्ने अलमलमा परेँ । जानेसम्म उनका प्रश्नका उत्तर दिने प्रयास गरेँ तर मलाई उनको चित्त बुझे जस्तो लागेन । लामो सुस्केरा हाले उनले । भारी अलि अग्लो ठाउँमा टेकाउँदै बस्न खोजे । मैले भर दिएँ । भारी बिसाए । 
‘विवेक बाबु, यो पाटी र ऊ पाटी भनेर भोट हालेर त खै हाम्रो गाउँ फेरिएला जस्तो लागेन । तीन पुस्तादेखि हाम्रो गाउँ जस्ताको तस्तै छ । मेरा हजुरबा पनि यै भारी बोक्ताबोक्तै मरे । बाबु यसैगरी मरे । आफ्नो पनि आधा जिन्दगी यै भारी बोक्तै बितिसक्यो । सबैले सपना मात्रै बाँड्छन्, जैल्यै कुरा ठूला गर्छन्, काम चै“ क्वै गर्दैनन् । कै’ले मैलैमैलाको पञ्चायत बनाऊँ भने, कै’ले के भने, कै’ले के भने । ऐले आकाशे र बेसारे भने अब फेरि के भन्ने हुन् ?’ माइला दाइ सुस्केरा हाल्दै चौरमा पल्टिए । 
म उनका कुरा सुनिरहेँ । ढल्केरै उनले फेरि थपे– ‘परार राजा आउँदा पनि धेरै राम्रा–राम्रा कुरा भा’का थिए । हुने बेलामा क्यै भएन । आफ्नु फाटेको टोपी उस्तै छ, टालेको सुरुवाल जस्ताको तस्तै छ । गाउँको परिवर्तन र विकास त सपना मात्रै पो हुने भो त ! बरु ऐले बेपत्तासँग जङ्गल फाँडेर सिध्याए । गाईवस्तु पालेर गुजारा चलाउनेहरूलाई पनि अब त गाह्रो हुन थालो । गरीबको जीवन कैल्यै उँभो नलाग्ने भो विवेक बाबु ।’ माइला दाइले निराशाको लामो सुस्केरा हालेर खुइय गरे । 
माइला दाइलाई जवाफ दिने मसँग खासै कुरा थिएनन् । आदर्श र सपना नै थिए मसँग पनि । हरेक पार्टीका कार्यकर्तालाई जनतासित काम गर्दा यस्तै अप्ठेरो पर्छ होला जवाफ दिन । जनताका आवश्यकता धेरै छन्, पहुँच र स्रोत कम छ । त्यसमा पनि बेइमानी र भ्रष्टाचार जोडिएको छ । के भन्नु र यिनलाई बिचरा ! पीडा र व्यथा हरेक मान्छेसँग छन्, समाधान अनिश्चित छ । राजनीतिक पार्टी को आयो, कुन गयोसँग यी माइला दाइलाई के वास्ता ? यिनको त टोपी नयाँ हुनुपरेको छ । भोटो, कछाड र सुरुवाल नयाँ लाउन पाउनुपरेको छ । पञ्चायत र बहुदलको यिनलाई के सरोकार ? गाउँमा विकास भए, सुविधा पुगे यिनले जहाँ भन्यो, त्यही“ भोट हाल्छन् । बिचराको तीन पुस्तादेखि त्यस्तै जीवन छ । केही फेरिएको छैन । भाषण मात्रै सुनेका छन् यिनले । 
मसँग माइला दाइलाई दिने कुनै जवाफ फुरेन । एकछिन चुपचापै लागिरहेँ । विस्तारै मैले उनीतिर लक्षित गर्दै भनेँ– ‘राजनीति सुध्रिन र देश बन्न धेरै समय लाग्छ दाइ । हामीसँग दिमागको पनि गरिबी छ, धनको पनि गरिबी छ । दिमागमा गरिबी भएपछि जीवनको गरिबी छुट्तो रै’नछ । हामीले दिमागको गरिबी निकाल्ने र सम्मान जगाउने नेता पाएनौ“ । जो आए, ती सबै एक न एक प्रकारको बदलाको भावना मात्रै लिएर आए । अघिल्लोलाई सिध्याउने ध्याउन्न मात्रै भो । सबै यै देशका बासिन्दा हुन्, क्षमा र सरण आवश्यक छ भन्ने सोच पलाएन । उनीहरूको गरिबी हामीले देख्नेभन्दा डरलाग्दो थियो । आफै“ गरीब भएपछि गरिबी छुटाउन काम गर्न सकेनन् ।’ मेरा कुरा सुनेर माइला दाइ झस्के । 
‘त्यत्रा महल र सहरमा बस्ने मान्छेहरू कसरी गरीब हुन्छन् र बाबु ?’ 
‘हुन्छ दाइ । मनको गरिबी धनको गरिबी भन्दा डरलाग्दो हुन्छ । बदला लिने, ईष्र्या र अहङ्कार तुष्टि गर्ने आकाङ्क्षाको गरिबी, पद पाए भने अझ ठूलो पद पाइयोस् र यो रहिरहोस् भन्ने गरिबी, धन कमायो भने अझ बढी कमाउन पाइयोस् भन्ने गरिबी । गरिबी थरीथरीका छन् दाइ । पाएर पनि नपाए जस्तो गर्नु र थारै पाएकोमा अझ धेरै पाउन खोज्ने पनि गरीब नै हुन् माइला दाइ । हामी त धनका मात्र गरीब हौ“ । उनीहरूसँग त झन् धेरैथरीका गरिबी छन् । ती गरिबीबाट उनीहरू उम्कन सकेका छैनन् । त्यसैले हाम्रो गरिबी पनि घटाउन सकेनन् ।’ 
‘किन यस्तो भो त बाबु ? हामी त तिनीहरू ठूला मान्छे हुन् भनेर पो मान्थ्यौ“ त ! हैनन् त त्यसो भा ?’
‘हाम्रा नेताहरूको दिमाग आफूसँग भएन । दिमाग अन्तै राखे शरीर यहाँ राखे । दिमाग धेरैले दक्षिणमा राखेका छन्, केहीले उत्तरमा राखेका छन् अनि केहीले समुद्रपारि राखेका छन् । दिमाग अरूबाट लिएपछि सोच्ने पनि उतैको तरिका हुँदोर’छ । दिमागमा दासत्वको भावना बोकेकाले हाम्रा नेताहरूको मनमा पनि त्यही दासता छ दाइ । हामी आफै“ गर्न सक्छौ“ भन्ने नेता जन्माउन सकेनौ“ हामीले । अलिअलि राम्रो सङ्केत देखिएका थोरै नेताले कामै गर्न पाएनन् । पाएकाहरू सबै अदूरदर्शी र बेइमान भए । राम्रो र भलो कुरा सोच्न सकेनन् यिनले । जोसँग म दास हुँ भन्ने भावना हुन्छ, उसले आफ्नो भविष्य आफै“ बनाउन सक्छु भन्ने दूरदृष्टि राख्नै सक्दोरै’नछ । दूरदृष्टि नभएपछि कसरी फेरिन्छ र दाइ हाम्रो जीवन ? हामी हरायौ“ । मैले जानेको कुरा त यस्तो छ दाइ ।’
माइला दाइ गाउँको स्कुलमा अक्षर चिनेका मान्छे थिए । भरिया नै भए पनि उनी कहिलेकाही“ गहिरा कुरा गर्थे । सबैलाई छक्क पार्थे उनी । हलो जोत्दा होस् कि भारी बोक्दा होस् उनी आफ्नैखाले कुरा गर्थे । मलाई उनीसँग कुरा गर्दा रमाइलो लाग्थ्यो । आज पनि उनीसँग कुरा गर्दा मलाई यस्तै अनुभव भइरहेको थियो । 
माइला दाइले खल्तीबाट पहलमान ब्रान्डको बिँडीको मुठो र सलाईको बट्टा निकाले । मेरा कुरामा ध्यान दिएकै थिए । एउटा बिँडी मतिर तेस्र्याउँदै भने– ‘लिनुहुन्छ कि ?’ 
मैले बिँडी नखाने कुरा बताएँ । उनले सलाई कोरे र बिँडी मुखमा च्यापेर सल्काए । बिँडीको लामो सर्को तान्दै भने– ‘नयाँ कुरा क्यै भएनन् । गाउँको कसैले वास्ता गरेन । माननीयहरू पनि खालि कुरा मात्रै गर्छन् । गाउँ आउने, गाउँको कुरा गर्नेतर्फ उनीहरूको चासै छैन । सहर–सहर घुम्छन् अनि भोट माग्ने बेलामा गाउँमा आउँछन् । यस्तो तालले त के होला र खै !’ माइला दाइले निराशा पोखे । बिँडीको खारिलो धूवाँमा माइला दाइ पर–पर हेर्दै घेरिए । म उनका कुराले गम्भीर भएँ ।
‘०१५ सालको चुनाव मलाई अलिअलि था’ छ । म सानै थिएँ । बाले भोट हाल्न जाँदा म पनि हेर्न गा’को थिएँ । त्याँदेखि ऐलेसम्म अरू ठाउँ काँ पुगिसके, हामीभन्दा गरीब देशहरूले कत्रो विकास गरेको सुन्छु । तर हाम्रा सुत्केरी आमाहरू नानी पाउन नसकेर मरेकै छन्, ज्वारोले थलिएर बच्चाहरू खसेका छन्, हर्पेमा घिउ र टेबुलमुनिबाट १०–२० नदिई अड्डाको काम कैलै हुँदैन । जस्ताको तस्तै छ बाबु हाम्रो देश बीसौ“ वर्षदेखि । अब तपै“हरू पढे–लेखेकाहरू बढेर क्यै गर्नुस् । हाम्रो जिन्दगी त भारी बोक्तै बित्ने भो । मासी छउन्जेल त भारी बोकिएला, बुढेसकाल लागेपछि पो गाह्रो पर्ने भो । भारी छोडेका दिनदेखि भोकै मरिएला जस्तो छ ।’ माइला दाइ पर–पर हेर्दै टोलाए । मैले उनको त्यो टोलाएको अनुहारमा हेरिरहेँ । भित्रभित्रै मन त्यसै अमिलिएर आयो । बोल्न खोजेँ । गला अवरुद्ध थियो । साँच्चै मार्मिक थिए माइला दाइका कुरा । 
सहरमा बसेर भाषण छाँट्दा त मजै हुन्थ्यो । राम्रो भाषण गरेको आत्मरतिमा आफै“ रमाइन्थ्यो । जिम्मेवारीविहीन भाषण गरेर ताली खान सजिलो छ । जनताका दैनिक जीवनमा आउने समस्या पार लगाउनुपरेको दिन यही हालत हो । त्यसैले जिम्मेवार नेताले नपुग्ने भाषण गर्दैनन् । हाम्रा नेता भन्ने बेलामा जे पनि भन्छन् । महत्वाकाङ्क्षा जगाइदिन्छन् । सोझासीधा जनता पत्याएर पछि लाग्छन् । पु¥याउन नसक्दा निराश हुन्छन् । यी माइला दाइले के बिराएका थिए र यस्तो दुःख र निराशा बोकेर बाँच्नुपरेको होला ? विकास गर्न चाहिने साधन र स्रोत सबै छ हामीसँग । पैसा त योजना र मेहनतले ल्याउने कुरा रहेछ । योजना र बोलीमा इमानदारिता भएका नेता पाएका भए हामी पनि संसारमा धनी देश बन्ने सामथ्र्य राख्थ्यौ“ होला । तर शताब्दी बित्यो, हामीले नेता पाउन सकेनौ“ । मैले मनमनै जनकपुर कलेजको विद्यार्थी युनियनको चुनावमा गरेको भाषण र माइला दाइका कुरालाई एक पटक एकै ठाउँमा राखेर नियाल्ने कोसिस गरेँ ।

नेपाली चियामा भारतीय अवरोध: एक नीतिगत तथा आर्थिक अध्ययन

नेपालमा उत्पादित चियाको सबैभन्दा ठूलो बजार भारत हो । भारतले नेपाली चिया नकिन्नासाथ नेपालको चिया व्यापार बन्द हुने अवस्थामा पुग्छ । यो विगतमा...