Sunday, May 12, 2013
परिवर्तनका लागि चिन्तन प्रणालीको विस्थापन र प्रतिस्थापन
सामाजिक, आर्थिक वा वैज्ञानिक जुनसुकै क्षेत्रको परिवर्तन मानिसहरुमा प्रचलित सामाजिक विश्वास, सोच र चिन्तन प्रणालीको परिवर्तनबाट शुरुआत हुन्छ । संसारमा जति पनि सामाजिक, राजनीतिक र वैज्ञानिक परिवर्तनहरु भएका छन् तिनलाई हेर्दा परम्परागत रुपमा चलिरहेका स्थापित मान्यताहरुका स्थानमा नयाँ मान्यताको चिन्तनले त्यसको जग हल्लाइदिएपछि मात्र नयाँ परिवर्तनको जग बनेको देखिन्छ ।
हामी जहिले पनि एकै किसिमको विश्वास–प्रणाली, चिन्तन, सोच र व्यवहारका साथ जीवन बाँचिरहन्छौँ, कहिल्यै पनि सोच, चिन्तन र व्यवहारमा व्यापक झड्का महसुस गर्दैनौँ र पुरानाका ठाउँमा नयाँलाई प्रतिस्थापन गर्न आफूलाई खुल्ला पनि राख्दैनौ भने न त समाज न त जीवन दुवैमा व्यापक र उन्नतस्तरको परिवर्तन सम्भव हुँदैन ।
पुरानाको बदलामा नयाँ अवधारणा चर्चामा आउनासाथ एक प्रकारले हरेक मानिसको चिन्तन प्रणालीमा गहिरो झट्का लाग्ने गर्दछ । त्यतिबेला पुरानो मान्यताका स्थानमा नयाँ स्थापित पनि नभएको र पुरानो पनि धरमराएको एक किसिमको रिक्तताको अवस्था सिर्जना हुन्छ । त्यही रिक्तताले व्यक्तिको सोच, चिन्तन र कार्यशैलीमा व्यापक मात्रामा विकासका नयाँ संभावनाहरु तयार पार्दछ । परिणामतः व्यक्ति र समाज दुवैमा त्यसले एक प्रकारको आमुल परिवर्तन ल्याइदिन्छ । व्यक्तिको होस् वा समाजको हरेक परिवर्तन अघि एक प्रकारको अवधारणाबाट अर्को अवधारणाका बीचमा रिक्तता आउन जरुरी छ । त्यसले मात्र पूर्णतः नयाँ परिवर्तन ल्याउन सक्दछ । चिन्तन प्रणालीको व्यापक रिक्तताको अनुभव नगरेको समाजमा आएको परिवर्तनले फेरि पुरानै अवस्थातिर फर्कने बलियो संभावना रहिरहन्छ ।
उन्नाइसौँ र बीशौँ शताब्दीमा राजनीतिक रुपमा माक्र्स, वैज्ञानिक रुपमा आइन्स्टाइन र आध्यात्मिक रुपमा ओशोका अवधारणाले यी तीनै पक्षमा हरेक व्यक्तिका सोच, चिन्तन र व्यवहारलाई एक किसिमले जरैदेखि हल्लाइदिए । त्यसै हल्लाइले नै वास्तवमा तत्कालीन अवस्थामा प्रचलित तीनवटै पक्षमा परम्परागत रुपमा स्थापित भएर बसेको पुरानो अवधारणालाई प्रतिस्थापन गरी व्यापक रुपमा परिवर्तन ल्याइदियो । परिणामतः सबैमा बिजुलीको करेन्टको झट्का लागेझैँ चिन्तनमा एक प्रकारको झट्का लाग्यो । पछिल्ला दिनमा ती महापुरुषहरुका अवधारणाले ल्याएको परिणाम हामी सबैले महसुस गरिरहेकै छौँ ।
कार्लमाक्र्स र राजनीति
कार्लमाक्र्सको राजनीतिक दर्शनले पुरानो राजनीतिक अवधारणामा प्रहार गरी नवीन चिन्तनको शुरुआत गरेपछि विश्वव्यापी रुपमा शोषितपीडित र श्रमिकहरुले आफ्नो हक, अधिकार खोज्ने, राज्यको शासन प्रणालीमा परिवर्तन ल्याउने काम शुरु गरे । श्रमिकहरुलाई पनि मानिसका रुपमा स्थान दिन थालियो । मानवीय व्यवहार गर्न शुरुआत गरियो । राजनीतिक अधिकार बढाइयो । एक प्रकारले तत्कालीन अवस्थामा चलिरहेको सामाजिक, आर्थिक, राजनीतिक ढाँचामा यस अवधारणाको शुरुआतले व्यापक राजनीतिक र सामाजिक परिवर्तन ल्याइदियो । धार्मिक व्यक्तित्वहरु र सामन्तहरुको पकडमा रहेको राजनीतिलाई सर्वसाधारणमा त्यो शक्ति हस्तान्तरण हुनुपर्छ भन्ने सचेतता व्यापक फैलिन थाल्यो । परिणामतः एक जबर्जस्त परिवर्तनको लहर संसारमा सबैतिर देखापर्यो ।
आइन्स्टाइन र विज्ञान
आइन्सटाइन अघि पदार्थलाई हेर्ने वैज्ञानिकहरुको दृष्टिकोण एक प्रकारको थियो । त्यसबेलासम्म पदार्थहरु सबै जड हुन्, तिनमा चेतनतत्व हुँदैन, गतिहीन हुन्छन् भन्ने मान्यता थियो तर जब आइन्स्टाइनको प्रयोगले हरेक वस्तुमा गति र चेतना हुन्छ भन्ने देखाइ दियो त्यसपछिको विज्ञानका क्षेत्रमा जति कामहरु भए त्यसको मोड नै अर्कै ढंगले आयो । अणुअणुमा चेतना र गति हुन्छ, ठोस देखिएका वस्तुहरु त्यही गति र चेतनाका सघन रुपहुन् भन्ने उनको प्रयोगले सिद्ध गरिदियो । अहिलेसम्म उनको यो अवधारणामाथि चुनौती आएको छैन । चुनौती दिनसक्ने नयाँ अवधारणा आयो भने त्यसले फेरि यो अवधारणालाई हल्लाइदिनेछ र पुनः नयाँ अवधारणा साथ अझ उन्नतस्तरको विकास फेरि विज्ञानले प्राप्त गर्नेछ ।
ओशो र अध्यात्म
अध्यात्मका क्षेत्रमा ओशोका प्रयोगहरु त्यस्तै हुन् । ध्यानलाई नृत्य, उत्सव र सँगीतसँग गाँसेर शुष्क, निरश र अनाकर्षक बनिरहेको अध्यात्मलाई नयाँ किसिमले जीवन्त रुप प्रदान गर्ने ओशोको प्रयत्न रह्यो । त्यस प्रयत्नका कारण मानिसको अन्तरतम गहिराइमा परम्परागत रुपमा जरो गाडेर बसेका अध्यात्मका विविध पक्षलाई स्वीकार गरे पनि वा नगरे पनि भित्रभित्रै जरैदेखि हल्लाइदियो । परिणामतः ओशोपछिका अध्यात्म साधनाका क्षेत्रमा संगीत र नृत्यजस्ता मनोरञ्जक पक्ष पनि अनिवार्य अङ्ग बन्दै गए । अध्यात्मको साधना अब रुखो र निरश होइन, उत्सवमय, संगीतमय बन्न पुग्यो ।
यसरी कुनैपनि परिवर्तित नयाँ अवधारणाको प्रादुर्भावले त्यस बिषयका स्थापित सामाजिक–साँस्कृतिक चिन्तनपद्धति र अवधारणालाई नै हल्लाई एक प्रकारले झट्का दिन्छ अनि क्रमशः विस्थापित गरिदिन्छ । यस्ता प्रभावकारी नयाँ अवधारणाहरुले पुराना अवधारणालाई प्रतिस्थापित गर्दा विश्वलाई, व्यक्तिलाई, घटना विशेषलाई हेर्ने व्यक्तिको दृष्टिकोणमा पनि केही न केही अग्रगामी, विकासमूलक परिवर्तन आउँछ । पुरानाका बदलामा नयाँ दृष्टिकोण बन्दछन् । व्यक्तिको व्यवहार, चरित्र, अवधारणा सबै क्षेत्रमा व्यापक परिवर्तन देखापर्छ । यसको अन्तिम परिणामको रुपमा एकअर्काको सम्बन्धको दृष्टिकोण नै बदलिन्छ । पहिले चलिरहेको भन्दा नयाँ यथार्थ प्रकट हुन्छ । यो नयाँ यथार्थ अघिल्लोभन्दा भिन्न र नयाँ हुन्छ । नयाँ किसिमले यसले समाज र व्यक्तिलाई गतिमान् बनाइदिन्छ ।
यस्ता व्यापक परिवर्तनकारी अवधारणाहरुले कहिलेकाहीँ अल्पकालमा अत्यन्त सकारात्मक नतिजा ल्याउने र दीर्घकालमा परिणाम हेर्दा केही नकारात्मक असर पारेको पनि देखिन्छ । इतिहासलाई विश्लेषण गरेर हेर्दा द्वितीय विश्वयुद्ध अघिसम्म व्यक्तिभित्रको चारित्रिक पक्षको विकासलाई जोड दिइन्थ्यो र मानिसको सफलता र प्रभावकारितालाई त्यसैसँग गाँसेर हेरिन्थ्यो । तर जब द्वितीय विश्वयुद्ध पछि व्यक्तित्व विकास र मस्तिष्क क्षमता सम्बन्धी अवधारणाहरुले त्यसलाई प्रतिस्थापित गरिदिए व्यक्तिको प्रभावकारिता उसको प्रदर्शनकारी वाह्य व्यक्तित्वमा आधारित हुन्छ भन्ने अवधारणा स्थापित भयो । यसले व्यक्तिलाई आफ्नो व्यक्तित्व तात्कालिक रुपमा प्रभावकारी बनाउनका लागि महत्वपूर्ण भूमिका पनि प्रदान गर्यो । व्यक्तिले आर्जन गर्नसक्ने उपलब्धिहरुमा यस चिन्तन प्रणालीले व्यापक रुपमा प्रभावकारिता पनि ल्यायो । तर यसको परिणामस्वरुप व्यक्ति नितान्त व्यक्तिगत, स्वार्थी र अनाचारी पनि बन्दै गयो । भौतिक उपलब्धि हासिल गरेर जीवनलाई उपलब्धिमूलक र प्रभावकारी बनाउनका लागि यो अवधारणा यद्यपि ठीक नै देखिन्छ तर व्यक्तिको आन्तरिक सचेतता विस्तार गरी सन्तुलित, सचेत र मानवीय भावनायुक्त मनिस तयार गर्नका लागि भने यो अवधारणा असफल नै भयो । यसका दुष्परिणामहरु वर्तमान विश्वमा आतंक, युद्ध, कलह, हिंसा, कुलत र भ्रष्टताका रुपमा देखापरिरहेका छन् ।
Wednesday, January 23, 2013
ध्यानः गन्तव्य एक, मार्ग अनेक
“हसिबा, खेलिबा, धरिवा ध्यानम् ।” गुरु गोरखनाथले आजभन्दा करिब ७५० वर्ष अघि ध्यानको अवस्थाको अन्तिम परिणतीबारे बोलेको सूत्र हो यो । ध्यान भन्नेबितिकै हामी बिशेष तामझाम, बिशेष ठाउँ, बिशेष पहिरनमा सजिएका मानिसहरुले आँखाचिम्लेर बसिरहेको सम्झन पुग्छौँ । पतञ्जलीले अष्टाङ्ग योगको चर्चाका क्रममा ध्यानलाई योगको छैठौँ चरणमा राखेका छन् । यम, नियम, आसन, प्राणायाम, धारणा, ध्यान अनि समाधि । योगको पूर्णावस्था समाधिमा गएर हुने हुनाले ध्यानलाई त्यसभन्दा तल्लो खुट्किलोका रुपमा उनले राखेको पाइन्छ ।
गुरु गोरखनाथले निकै अघि ध्यानको अवस्थाका लागि हामीले बनाएको धारणाभन्दा भिन्न रुपमा उल्लेख गरेका भए पनि ओशोभन्दा अघिसम्म ध्यान उत्सवमय, संगीतमय र नृत्यमय हुनसक्छ भन्ने कमैलाई लाग्दथ्यो । आशोको देन यसैमा छ । उहाँले ध्यानलाई नृत्य, उत्सव र उल्लासमय वातावरण संग जोडिदिनु भयो । अहिले आएर ध्यानमा संगीत भएन, उत्सव र नृत्य भएन भने ध्यान नै होइन कि भनेजस्तो भइसकेको छ । भजन, गायन, नृत्य तथा उत्सव ध्यानका अभिन्न अङ्ग भइसकेका छन् । ओशोले संसारलाई ध्यानका नयाँ विधिहरु सिकाउनु अघि उत्सव, नृत्य र संगीत ध्यानका अभिन्न र अनिवार्य पक्ष भइसकेका थिएनन् । तर त्यसपछि भने ध्यानका विधिहरुमा नै आमूल परिवर्तन आएको छ । संसारभर अब ध्यान भन्नु एकाग्रतापूर्वक स्थिर आसनमा बसिरहनु मात्र होइन भन्ने मान्यता स्थापित हुँदै गइरहेको छ । ध्यान जुनसुकै विधिबाट गर्न शुरुआत गरे पनि अन्तरनिरीक्षणको माध्यमबाट, आफैँप्रति प्रेम र होस जगाउने कला हो जसबाट मानिसले मानसिक शान्ति, प्रफुल्लता, सिर्जनात्मकता र आध्यात्मिक सुखको स्रोत फेला पार्न सक्दछ । यसलाई जति सजगताका साथ ग्रहण गर्न र अभ्यास गर्न सक्यो त्यतित्यति गहिराइका साथ जीवनमा ध्यानमय बन्न सकिन्छ ।
त्यसैले गोरखनाथ भन्नुहुन्छ — होसका साथ हिँड्नु, होसका साथ बोल्नु, होसका साथ काम गर्नु सबै ध्यान हुन् । जबसम्म हामी हाँस्दै, खेल्दै, नाच्दै होसपूर्ण हुन सक्दैनौँ तबसम्म हामी ध्यानको नाममा धारणा नै बनाइरहेका हुन्छौँ ।
ध्यानमा प्रगति भइरहेको छ कि छैन भनेर कसरी थाहा पाउने ? भन्ने प्रश्नमा पथिक फाउन्डेशन सतुङ्गलका ध्यान कार्यक्रम संयोजक स्वामी प्रेम सतनाम भन्नुहुन्छ — ध्यानले हामीलाई म एक मानव हुँ भन्ने अनुभूतितिर, सरल जीवनतिर, सहज सोचाइतिर, सरल स्वभावतिर, सामान्यीकरणतिर, निरन्तर होस र जागृतितिर लगिरहेको छ कि भित्रभित्रै म त ध्यान गर्ने हुँ, अरुभन्दा फरक हुँ भन्ने दम्भ र अहंकारतिर लगिरहेको छ ? त्यसले नै ध्यानको गुणवत्ता स्थापित गरिदिन्छ । उनका विचारमा गोरखनाथको यो सूत्रले जीवनलाई सरलतम र स्वाभाविकतम अवस्थामा पुर्याउनु नै ध्यानको लक्ष्य हुनुपर्ने कुरा प्रष्ट्याउँछ । ध्यानी बन्नु भनेको चुपचाप आँखा बन्द गरेर बस्नु मात्र होइन निरन्तर रुपमा होसपूर्ण, सजग, सचेत, स्वाभाविक, उर्जावान् र उत्सवमय हुन सक्नु हो । त्यसैले नृत्य, उत्सव र हाँसो पनि ध्यानकै अभिन्न अंग हुन् भन्छन् उनी । गेरखनाथको ध्यान सम्बन्धी यही सूत्रका आधारमा नै उनी संलग्न संस्था पथिक फाउन्डेशनले ध्यानका कार्यक्रमलाई कर्मका साधनासंग पनि जोडेर लैजाने गरेको छ । कर्ममा सरलता र सहजता आएन भने ध्यान मात्र गरेर त्यसबाट प्राप्त हुनुपर्ने परिणाम हामीले लिन सक्दैनौँ भन्छन् स्वामी सतनाम ।
यसैमा अझ थप्दै स्वामी सतनाम भन्छन् — “ध्यान मानिसको नैसर्गिक अवस्था हो । यसले हामीलाई हाम्रा कृत्रिमता के रहेछन् र हाम्रो स्वाभाविक र सहज स्वरुप के रहेछ भन्ने कुराको सत्यता बोध गराइदिन सक्दछ । सहज स्वभावबाट हामी जतिजति टाढा हुँदै जान्छौँ त्यतित्यति तनाव र दुःखमा फस्छौँ अनि जतिजति सहजता र सरलतातिर जान्छौँ त्यति नै हामी तनावरहित, शान्त र स्थिर हुन सक्दछौँ । ध्यानले यिनै कुराहरुप्रति होसपूर्ण हुन सघाउने हो र आफू्नो सहज अवस्था प्रति होस र प्रेम जगाउन प्रेरित गरिरहने हो । यो काम हामी नाच्दै, हाँस्दै, खेल्दै, काम गर्दै गर्न सक्दछौँ । जरुरत छ हामी ती कुराहरुलाई कति बढी स्वाभाविक खेलका रुपमा लिएर रमाउन सक्दछौँ ।”
ध्यानका चरण के कस्ता छन् त ? भन्ने प्रश्नमा ‘बडीमाइन्ड वेलनेस एण्ड मेडिटेशन सेन्टर’ इमाडोलका स्वामी धर्मदास भन्छन् — मन, शरीर र अन्तस्करणलाई एकाकार गरी आफूले चाहेको विचार, वस्तु र दृश्यमा आफूलाई केन्द्रीत गर्न नसक्तासम्म ध्यान घटित हुन नसक्ने हुनाले यसको प्रथम आयाम हो भावनात्मक संवेदनशीलता र एकाग्रता । कल्पना, भावना, एकाग्रता र शून्यताको चरणमा अघिबढ्ने क्रममा ध्यान घटित हुनसक्तछ । त्यसैले ध्यान गरिने क्रिया होइन यो त घटित हुने बिषय हो । हामीले भन्ने गरेका ध्यानहरु वास्तवमा ध्यानसम्म पुग्ने विधिहरु हुन्, ध्यान होइनन् । ध्यानका केही विधिहरु छन् जसले ध्यानको अवस्थामा पुर्याउन सक्छन् हामी तिनै विधिहरुको प्रयोग गर्न सिकाउँछौँ । यी विधिहरु ध्यानका निम्ति बाटो तयार गर्ने औजारहरु हुन् । नृत्य, उत्सव, मन्त्र उच्चारण, भजन श्रवण तथा गायन यी सबैले हामीलाई सामान्यीकरण गर्न, सहज बन्न, भावनात्मक उर्जा विकास गर्न, तनावरहित र द्वन्द्वरहित सरल र सहज स्वरुपमा पुग्न मद्दत गर्छन् । मानिसको त्यही सहज र स्वाभाविक रुपको दर्शन नै ध्यानको अवस्था हो । यो एक्कासी घटित हुन्छ तर लगातारको प्रयत्नले हामीलाई त्यस अवस्थामा पुग्न मद्दत मिल्छ ।
पथिक फाउन्डेशन ध्यान केन्द्र सतुङ्गलको नृत्य ध्यानमा रमाइरहेकी बानेश्वर, काठमाडौँकी रिता गुरुङ भन्छिन् — ध्यान भनेको आफैँप्रतिको प्रेम र आफ्नो क्रियाकलापप्रतिको होस रहेछ । त्यो हामी नाच्तानाच्तै पनि गर्न सक्छौँ, काम गर्दागर्दे पनि गर्न सक्दारहेछौँ । जरुरी त हामी जे गर्छौ त्यसप्रतिको होस र प्रेमभाव रहेछ । आफूप्रति प्रेम हुन सक्यो भने काहाँ हामी तनावलाई ठाउँ दिन्छौँ र ? आफूलाई प्रेम गर्न सकिएन र म मा तनाव रहेछ भन्ने होस रहेनछ भने त्यो खालि ठाउँ केहीनकेहीले त उपयोग गर्दछ । त्यही खालि ठाउँमा आउँदो रहेछ तनाव । आफ्ना भावनाहरु प्रति, क्रियाकलापहरु प्रति निरन्तर पे्रमपूर्ण र होसपूर्ण भइयो भने त किन आँखा चिम्लिरहनु पर्यो र ? अनि त ध्यान गर्ने नै भनेर छुट्टै समय पनि छुट्याउन परेन नि । हाँस्दै, खेल्दै, नाच्दै ध्यान हामी पनि गर्ने कि त ?
Saturday, December 29, 2012
हाइकिङ र रिट्रिटको रमाइलो
“मनोरञ्जनात्मक वस्तुको उपभोगबाट पाइने क्षणिक आनन्द भन्दा प्राकृतिक रमणीयताको आन्तरिक अनुभूतिबाट लिइने आनन्द मानव जीवनका लागि कैयौँ गुणा बढी महत्वपूर्ण छ ।” एक प्रख्यात पर्यटकले संसार घुमेर निकालेको निष्कर्ष हो यो । फान्सको पेरिसको एक पुस्तक पसलमा पाएको सानो यात्रा विवरण जस्तो लाग्ने किताबको शुरु पृष्ठमा मैँले यो वाक्य पढ्न पाएको थिएँ । सारै मन परेकाले यात्रा डायरीको एउटा पन्नमा टिपिएको यो वाक्य र एफेल टावर घुम्दै गर्दा पेरिसका मेरा एक जना नेपाली मित्रले भनेको मार्मिक वाक्यले चन्द्रगिरी पहाड चढ्दा र त्यहाँबाट देखिने काठमाडौँ उपत्यकाको दृश्यावलोकन गर्दा मलाई आज फेरि झस्कायो । उनले भनेका थिए – “धीर जी हामी नेपालीहरु जीवनमा रमाइलो गर्न त जान्दै जान्दा रहेनछौँ । रमाइलोका लागि कि त हामी तास खेलेर दिन बिताउँछौँ कि त रक्सी पिएर मात्ने गर्छौ । यसले त हाम्रो मानसिकता खुम्चँदो रहेछ अनि स्वास्थ्य पनि बिग्रँदो रहेछ । थाहै नपाई रमाइलोका नाममा हामी आफ्नो जीवन धरापमा पो पार्दारहेछौँ ।” उनको यो भनाइले मलाई त्यसबेला त त्यति छोएन तर जब मैँले स्वीटजरल्याण्डको पहाडमा कुद्ने पहाडी रेलबाट देख्दै लठ्ठ परिने मनोरम दृश्य हेर्दै पहाडको चुचुरोमा पुग्ने मौका पाएँँ, चीनको माउन्ट ताई पहाडका ३००० वटा भन्दा बढी खुटिकलाको सिँढी चढेर असिन पसिन हुँदै रमाइरहेका तन्नेरी देखि बुढाबुढीहरुको लस्कर देखँे अनि भारतको दार्जिलिङ र नैनितालको प्राकृतिक सुन्दरतामा मदमस्त हुन हतारिएर ओइरिएका दक्षिण भारतका पर्यटकहरु देखेँ, अनि बल्ल मलाई ती मित्रको मार्मिक भनाइले गहिरोसंग घोच्नथाल्यो । उनको भनाइमा केही अनुभूतिगत गहनता पाएँ मैले ।
संसारमा घुम्न निस्कने पर्यटकहरु मध्ये करिब दुईतिहाइ पर्यटकहरु साहसिक पर्यटनका लागि निस्कने गर्दछन् । उनीहरुको गन्तव्यमा प्राकृतिक दृश्यावलोकन, हाइकिङ, साहसिक खेल, पर्वतारोहण आदि हुने गर्दछन् । यसका लागि धेरथोर सुविधायुक्त शहरका वपिरि अवस्थित पहाड, चुचुराहरु र स–साना समुद्री टापूहरु उनीहरुका गन्तव्य हुने गर्दछन् । प्राकृतिक रमाइलोमा रमाउनु र त्यसबाट प्राप्त हुने आन्तरिक आनन्द लिनु उनीहरुको उद्देश्य हुन्छ । माथि उल्लेखित चीनको शान्दोङ पान्तमा पर्ने यान्ताई शहरमा वार्षिक रुपमा कम्तिमा ४० देखि ५० लाख आन्तरिक र वाह्य पर्यटकहरुले भ्रमण गर्दारहेछन् । यान्ताई शहरका दुईतिहाइ घरहरुमा होेटल छन् । ४।५ स्तरका हजारौँ गाइडहरुले पर्यटकहरु घुमाउने रोजगारी पाएका छन् । त्यस शहरको मानिसहरुको रोजगारी नै त्यही एउटा पहाडको पर्यटनले धानेको छ । स्वीटजरल्याण्डका पहाडका चुचुराहरु नै त्यस देशका लागि आन्तरिक आम्दानीका स्रोतहरु हुन् । पहाडको टुप्पासम्म पुग्ने रेल र केबलकारहरुबाट गरिने दृश्यावलोकन स्वीटजरल्याण्डका मुख्य आकर्षण हुन् । प्राकृतिक वातावरणको अवलोकन र घुमफिरको आनन्द कै लागि प्रसिद्ध छन् त्यहाँका पहाडहरु । पथिक फाउन्डेशन मातातीर्ण रिट्रिट सेन्टरका अध्यक्ष ज्ञान प्रकाश राई भन्छन् – काठमाडौँका वरिपरि र अन्यत्र पनि सुविधाजनक शहर संगै अनेकौँ त्यस्ता मनोरम डाँडाहरु छन्, तिनलाई हाइकिङ र रिट्रिट गन्तव्यका रुपमा चिन्ने र प्राकृतिकताको मनोरञ्जन लिने आँखा हामीले विकास गर्न जरुरी छ । उनको संस्थाले काठमाडौँ आसपासमा १ देखि ३ दिनसम्मका स्वदेशी र विदेशी दुवै थरि पर्यटकलाई रिट्रिट र हाइकिङ कार्यक्रमहरु संचालन गर्दैै आइरहेको छ । उनका विचारमा चन्द्रागिरी, लाँकुरी भञ्ज्याङ, शिवपुरी प्राकृतिक हाइकिङका लागि निकै मनोरम गन्तव्यहरु हुन् । यी ठाउँहरुमा हाइकिङ जान कुनै खास खर्च लाग्दैन तर भरपुर मनोरञ्जन भने प्राप्त हुन्छ । रिट्रिटका लागि भने शरीर र मन दुवैलाई एकसाथ आनन्द दिने केही कार्यक्रमहरु पनि आवश्यक हुन्छन्, खालि पहाड घुम्ने र खाने मात्रैले मानिसलाई रमाइलो नलाग्न सक्दछ । त्यसैले हामी खानपान, हिँडाइ र मनोरञ्जनात्मक र ज्ञानबर्धक कार्यक्रमको रुपमा हाइकिङको आयोजना गर्न बढी मन पराउँछौँ भन्छन् राईजी । सकेसम्म त्यस दिनलाई मनोरञ्जनात्मक, ज्ञानबर्धक र आनन्दमय तीनै कुराको त्रिवेणी बनाउन चाहन्छौँ जसबाट हाम्रो मन र शरीर दुवैलाई तरोताजा र स्फुर्तिदायक बनाउन सकियोस् । कार्यक्रमको रुपरेखा बारे प्रष्ट पार्छन् राई ।
चन्द्रागिरी हाइकिङ तथा नेचर वाचमा चौथोपटक रमाउँदै गरेकी अष्ट्रलियन नागरिक रचेल योङ्ग भन्छिन् – काठमाडौँका वरिपरि यतिका रमाइला ठाउँहरु छन्, अहिले त डाँडाको टुप्पोसम्म पनि कतिपय ठाउँमा सडक पुर्याइएको रहेछ, तर खै नेपालीहरुलाई प्राकृतिक सुन्दरताको चाख नै नभएर हो वा महत्व नै थाहा नभएर हो मैले त हाइकिङमा नेपालीहरु बिरलै भेटेँ । हामीकाहाँ त यस्ता ठाउँहरु बिरलै छन् भएका स–साना अग्ला पहाडहरुमा खुट्टाहाल्ने ठाउँ नै हुँदैन बिदाको दिनमा– प्राकृतिक सुन्दरताको क्रेज दर्शाउँदै भन्छिन् उनी ।
बिहानै २।३ घंटा हाइकिङमा रमायो, खाना खायो अनि प्राकृतिकस्थलमान नाचगान, मनोरञ्जन वा ध्यान गर्यो अनि बिस्तारै बेलुका ओरालो लाग्यो र फेदिमा बस्यो भोलिपल्ट तरोताजा हुदै घर वा अफिसतिर लाग्यो गर्ने नेपालीहरु आजभोलि काठमाडौँ वरपरका हाइकिङ रुटमा फाट्टफुट्ट भेटिन थालेका छन् । तर शहरको जनसंख्याको अनुपातमा यो नगन्य नै छ ।
दिनभर हाइकिङले शरीरमा केही थकाइ भए पनि प्रकृतिको ताजा र शान्तपनको आनन्द लिएर फर्कदाको मस्ति अकैहुन्छ भन्छन् चन्द्रागिरी हाइकिङमा भेटिएका स्वामी विश्वदीप । उनी धेरैजसो शनिवार कहिले चन्द्रागिरी, कहिले लाँकुरी त कहिले शिवपुरी पुगेर शारीरिक र मानसिक उर्जा बढाउन केही समय हाइकिङ र केही समय प्रकृतिको शान्ति र सुन्दरतामा ध्यानको आनन्द लिने गर्दछन् । आफ्नो इच्छा अनुसार जतासुकै घुम्दा पनि हुन्छ तर सकभर शान्त प्राकृतिक जंगल भ्रमण मानसिक र शरीरिक स्वास्थ्यका लागि उपयुक्त हुने भनाइ छ उनको । धेरै थोरै खर्चमा वा खर्चै नगरी आफूसंग केही खाने कुरा र बसभाडा लिएर दिनभर प्राकृतिक शान्ति र मनोरमताको आनन्द लिन ठूला शहरको वरिपरि प्रकृतिले सितैमा दिएका ती सम्पदाहरु बुझ्नेहरुका लागि श्रीखण्ड र नबुझ्नेहरुका लागि खुर्पाका बीँड हुन् उनका बिचारमा । एकपटक लिने कि त काठमाडौँ वरिपरिका डाँडाहरुमा हाइकिङको मजा ? dhirbhandari@yahoo.com
Saturday, December 8, 2012
बिषय बोधका लागि अनिवार्य कलाः सही सुनाइ, सही बुझाइ
हामी कुनै पुस्तक, लेख, रचना पढ्छौँ । प्रवचन, भाषण, व्याख्यानहरु सुन्छौँ, कुनै दृश्य हेर्छौँ, कुनै घटना वा परिस्थितिमा सामेल हुन्छौँ । त्यसका पाठक, दर्शक, श्रोता, द्रष्टा, अनुभोक्ता बन्दछौँ व्यक्तिगत वा सामूहिक रुपमा । एउटै लेख, रचना, घटना, दृश्यको बुझाइ र प्रभाव भने व्यक्तिपिच्छे फरक फरक हुन्छ । एउटाले एउटा निष्कर्ष निकाल्छ अर्काले अर्कै निष्कर्ष निकाल्छ । कोही साधारण अर्थमै सीमित हुन्छन्, कोही गम्भीर र गहन तहमा त्यसलाई बुझ्दछन्, छुन्छन् र बोध गर्दछन् । आखिर यस्तो किन हुन्छ त ? यसको एउटै कारण छ सही सुनाइ र सही बुझाइको अभाव ।
सही सुनाइ र बुझाइ कसरी त ?
हामी विभिन्न बिषयहरु अध्ययन गर्दा वा सुन्दा त्यसलाई तीन किसिमले सुन्छौँ र बुझ्ने कोशिस गर्दछौँ – मस्तिष्कबाट, हृदयबाट र पूर्ण रुपले श्रद्धबाट । जब हामी मस्तिष्कबाट सुन्ने र बुझ्ने प्रयास गर्दछौँ त्यो सुनाइ बुद्धि वा तर्कजनित हुन्छ, त्यस्तो सुनाइबाट शव्दार्थको तहमा (अभिधा, लक्षणा र व्यञ्जना) हाम्रो बुझाइ केन्द्रित हुन्छ । यस्तो सुनाइमा हामी सामान्यतः संशय वा बुद्धिजनित रुपले यसबाट के भन्न खोजिएको हो भनेर जिज्ञाशा वा संशय राखेर सुन्ने र बुझ्ने प्रयास गर्दछौँ । यस किसिमको सुनाइमा हाम्रो मस्तिष्क सबैभन्दा बढी सकृय हुन्छ । जब श्रवण वा अध्ययन गर्दै हामी तर्क वा बुद्धिजनित ढंगले बुझ्ने कोशिस गर्दछौँ त्यहाँ लेखक, वक्ता र पाठक, श्रोताका बीच एक प्रकारको संशय भाव पैदा हुन्छ र लडाई शुरु हुन्छ अनि केवल सतही अर्थ बोध हुन्छ, त्यसको गहनतामा प्रवेश गर्ने संभावनाको द्वार नै बन्द हुन्छ । परिणामतः हामी सतही अर्थमा झुण्डिरहन बाध्य हुन्छौँ, गहन अर्थ बोधका लागि भावपूर्ण, प्रेमपूर्ण र सहानुभूतिपूर्ण सुनाइ आवश्यक हुन्छ । जबसम्म हामी तर्कपूर्ण वा संशयपूर्ण सुनाइ गर्दछौँ भावपूर्ण र प्रेममय सुनाइ गर्नै सक्दैनौ । तर्कबाट सुन्ने र बुझ्ने प्रयास मस्तिष्क सकृय गराइ बुझ्नुपर्ने बिषयहरु गणित, तर्कशास्त्र तस्ता बुद्धिजनित बिषयका लागि उपयुक्त हुन्छ तर भावपूर्ण लेख, रचना, कविता, कथा, उपन्यास आदिका लागि भने भावपूर्ण सुनाइ र बुझाइ नै आवश्यक छ ।
दोस्रो प्रकारको सुनाइ हो भावपूर्ण सुनाइ वा बुझाइ । कथा, कविता, कलात्मक रचना, भजन, प्रार्थना आदिको सुनाइ र बुझाइका लागि भावपूर्ण, प्रेमपूर्ण र सहानुभूतिपूर्ण हृदय आवश्यक पर्दछ । मस्तिष्क खेलाएर, बुद्धि लगाएर यस्ता कुराहरुको गहन भाव बोध गर्न सकिन्न । कुनै कविको कविता, कथाकारको कथा, उपन्यासकारको उपन्यास यदि हामी सुन्दैछौँ वा पढ्दैछौँ भने उसको शब्द संगसंगै आफ्नो भावदशालाई द्रवित, पल्लवित, पे्रममय बनाउन सकिएन भने त्यसले दिन खोजेको जुन गहन भाव हो त्यसको बोध गर्न सकिँदै सकिँदैन । त्यसबेला हाम्रो हृदय त्यही लेखकको हृदयका रुपमा परिणत हुन आवश्यक छ । यही कारणले गर्दा सामान्य लेख, पत्रिकाका आलेखहरु भन्दा त्यस्ता भावपूर्ण रचनाका पाठक, श्रोता र दर्शक कम हुन्छन् आम मानिसभन्दा अलि माथिल्लोस्तरको बोधकर्ता हो भावपूर्ण श्रोता ।
तेस्रो प्रकारको सुनाइ र बुझाइ हो श्रद्धाजनित सुनाइ । यस किसिमको सुनाइमा अब श्रोता, दर्शक, पाठक आफ्ना एक एक अंगबाट होइन समग्र श्रद्धा, आस्थाबाट सुन्दछ, सबै इन्द्रियको अनुभवभन्दा पर इन्द्रियातीत शुन्यावस्थामा आफूलाई पूर्ण रुपले खुल्ला राखेर सुन्दछ । यतिबेला उसमा न संशय हुनछ, न भाव उ स्वयं वक्ता, लेखक, द्रष्टामा परिणत भइसकेको हुन्छ । जव यसरी पूर्ण रुपमा त्यस बिषयलाई श्रद्धाजनित रुपमा सुन्न र बोध गर्न सक्छौँ अनि मात्र त्यसलाई सही रुपमा प्रज्ञाजनित रुपमा बोध गर्न सक्दछौँ । माथि उल्लेखित दुई प्रकारका सुनाइ र बुझाइभन्दा निकै माथिल्लो स्तरको सुनाइ र बुझाइ हो यो । यतिबेला हामी त्यो कुनै कृति, सुक्त वा शास्त्र सुनिरहेको रुपमा होइन स्वयं आफैँले रचना गरेको, अनुभूति गरेको र स्वयंको भोगाइको रुपमा बोध गर्न समर्थ हुन्छौँ । सिद्धान्त, दर्शन, पुराण, उपनिषद्, सन्तहरुका देशना, भजन, सवद यही स्तरको सुनाइ र बुझाइबाट मात्र बोध गर्न सकिन्छ । जब यस्तो सुनाइ र बोध हुन्छ मानिस मानिसबाट क्रमशः माथि उठ्न थाल्छ, आदर्श पुरुषका रुपमा स्थापित हुन थाल्दछ, महापुरुष बन्नपुग्छ, एक किसिमको विराट प्रतिभा हामी भित्र विकसित हुन थाल्दछ, मानिस त्यही हुन्छ तर उसको दृष्टि र अनुभव भने निकै माथिल्लो भइसकेको हुन्छ । यसरी सुन्ने र बोध गर्ने व्क्तिका लागि माथिल्ला दुवै सुनाइ र बुझाइ फिका लाग्दछन् । विद्यार्थी हो भने उ अव असामान्य विद्यार्थ बन्नपुग्छ, श्रोता हो भने माथिल्लोस्तरको श्रोता बन्दछ, पाठक हो भने उ असाध्यै गहन अध्येता बन्दछ उसको तुलना सामान्य श्रोता वा बोधकर्ता संग हुनै सक्दैन ।
Friday, December 7, 2012
थकाली भान्साः दर्शन, प्रेम र आतिथ्यको अनौठो संगम

“तरकारी तेल र मसलाले होइन, पकाउनेको प्रेमभावले मीठो हुन्छ ।” यो वाक्य मैले कुनै आध्यात्मिक साधना चल्ने आश्रममा कुनै बेला पढ्ने मौका पाएको थिएँ । आज म त्यसलाई फेरि स्मरण गर्दैछु र पोखराका थकाली भान्साका बारेमा केही रहस्य खोतल्ने प्रयास गर्दैछु । यसपटक पोखरा भ्रमणको ४ दिने बसाइमा पनि खानेकुराको लागि मेरो रोजाइमा परे थकाली भान्साघरहरु । चाहे महेन्द्रपुलमा होस् वा पृथ्वीचोकमा होस् वा पातले छाँगोको छेउमा होस् मेरो खानाखाने होटल थिए तिनै थकाली भान्साघरहरु । बसेको होटलमा पनि हुनतः थकाली परिकार नपाएको होइन तर किनकिन त्याहाँ मैँले त्यति रमाएर स्वाद लिनै सकिन । एक छाक खाएपछि थकालीहरुले नै चलाएको होटल खोज्न थालेँ र पुगेँ मुस्ताङ थकाली भान्साघर महेन्द्रपुलमा । मेरो पोखरा अवधिभर त्यही होटलमा खाना खाएँ यसपाली । देशदेसावर घुम्दा स्वदेसी र विदेसी विभिन्न खानाका परिकारहरु खान पाइयो । नाम चलेका अन्तर्राष्ट्रिय ब्रान्डहरु म्यकडोनाल्ड, के.एफ.सी. देखि पिज्जाहट सम्मका परिकारहरु, पूर्वि एशिया, चीन र यूरोपमा चाख्न र त्यसको स्वाद लिन पाइयो । थाइल्यान्डको चाउचाउ र तोमयाङ सुप, चिनीयाँहरुको स्टीम ब्रेड, सुप अनि सादा र बास्नादार जेस्मीन चिया, स्वीसहरुको चीजकेक, उत्तर भारतीयहरुको चपाती, दक्षिण भारतको इडली, साम्बर र डोसा यस्ता केही मौलिक खानेकुराहरु हुँन् ती ठाउँका । एकदुई छाकका लागि यस्ता खानेकुराले केही मात्रामा स्वाद फेर्न काम गरेपनि २।४ दिन बस्ने हो भने नेपालीहरु दालभात खोज्न थालिहाल्दा रहेछौँ । दालभात पायो कि त्यसको मजा छुट्टै । धेरै पटक पोखरा पुगेको र थकाली भान्सामा खाना खाएको भएपनि यसपटक भने मलाई थकाली भान्साको रहस्य र यसको गुणस्तर बारे केही बुझ्न मन लाग्यो । एकदिन बेलुकाको खाना खाएर बील तिरिसकेपछि मैले आफ्नो जिज्ञाशा बढाएँ मुस्ताङ थकाली भान्सा महेन्द्रपुलका होटल मालिक बसन्त गौचन संग । “सबै थकाली होटलहरुमा एकै किसिमको खानेकुराको मेनु, खानाको गुणस्तर, सरसफाइ अनि एक प्रकारको घरेलु प्रकारको आतिथ्य भाव कायम गरी एक प्रकारले थकाली ब्राण्ड जस्तै गर्न कसरी सम्भव भएको हो बसन्तजी ?” मैले प्रश्न तेस्याएँ । बसन्तले मेरो कुरालाई खुब ध्यानपूर्वक सुने र मुस्कुराउँदै भने – “हजुरले भन्नुभएको कुरा सही हो थकालीहरुले चलाएका होटलहरुमा नेपालीपनको खाना, सरसफाइ र घरेलु आतिथ्य जहाँसुकै पनि प्रायः उस्तैउस्तै पाउनु हुनेछ । यसमा केही रहस्य अवस्य छ ।” मैले फेरि उनलाई प्रश्न गरेँ – “यो कला थकालीहरुले कहाँबाट सिके त ?” बसन्त फेरि मुस्कुराए र भने – “जसरी म्याकडोनाल्ड र के.एफ.सी.हरुको एक प्रकारको मेनु र स्वाद हजुरले पाउनु हुन्छ, थकालीहरु पनि नेपाली खानाका लागि त्यस्तै ब्राण्ड हुन् भन्ने मलाई लाग्छ । त्यो गुण थकालीहरुले परम्परागत रुपमै आर्जिन गरेका हुन् ।” उनले फेरि थपे –“हामीले हाम्रा पुर्खाहरुले अरुहरुलाई प्रदान गरेको आतिथ्य सत्कार, सरसफाइ र प्रेमभावबाटै यी कुराहरु सिक्ने मौका पायौँ । यो हाम्रो रगतमा नै सरेर आयो । बाँकी रह्यो खानाको गुणस्तरको कुरा, त्यो चाहिँ हाम्रो भावना संग सम्बन्धित छ भन्ने लाग्छ । थकाली भान्सामा बिशेषतः थकाली महिलाहरुले आफैँ काम गर्दछन् । उनीहरु यो मैँले पकाएको खाना पराईलाई पकाएको भनेर सोचेर होइन आफ्नै परिवार र आफन्तलाई खुवाउन पकाएको हो भने जसरी मेहनत र लगनका साथ पकाउँछन् । त्यसैले हाम्रो खाना मसला, तेल र इन्धनको भरले मात्र होइन त्यसमा मिसिएको प्रेम, आतिथ्य र समर्पणको भावले स्वादिष्ट हुन्छन् । आतिथ्य भाव, प्रेम र समर्पण बिना कहिल्यै पनि होटलले उत्कृष्ट स्वादको परिकार तयार गर्न सक्दैन । छोटकरीमा भन्ने हो भने थकालीहरुले संचालन गरेका थकाली भान्साघरहरुको रहस्य यही हो ।” बसन्तले थकाली भान्साको रहस्य र त्यसमा लुकेको दार्शनिक पक्ष पनि उजागर गर्ने प्रयास गर्दै मेरो प्रश्नको विस्तृत उत्तर दिए । थकालीहरु सामान्यतः धेरै ठूलो व्यवसायिक होटल चलाउने भन्दा पनि मझौला खालका होटलहरु आफ्नै पारिवारिक रोजगारी र आतिथ्य भाव प्रयोग गर्न चलाउने गर्दारहेछन् । थकाली होटलहरुमा प्रायजसो पुरुषहरुले किनमेल गर्ने, वाह्य व्यवस्थापन मिलाइ दिने र महिलाहरुले भान्साको हेरविचार र गुणस्तर अनुगमन गर्दा रहेछन् । बसन्त भन्छन् – “म याहाँ काउन्टरमा बसेर सेवाको ख्याल गर्छु, मेरी श्रीमती भान्सा सम्हाल्छिन् । मेरो होटल त्यति ठूलो छैन, ठीक्कको छ । पुख्यौली रुपमा भन्ने हो भने मैँले आमाले चलाएको सानो पसलबाटै आफनो व्यवसाय शुरु गरेको हुँ । १५ वर्ष त्यसैमा बिताएँ । सानो होस् वा ठूलो आफ्नो व्यवसाय सकेसम्म राम्रो ग्णस्तरमा चलाउने र ग्रहकलाई नठग्ने मेरो व्यवसायिक मान्यता छ । पैसा त समय अनुसार सस्तोमहँगो हुन सक्छ तर गुणस्तर र सेवाकै माध्यमबाट त्यसलाई संचालन गर्छु म ।” बसन्तको यस भनाइले थकालीहरुको होटल व्यवसाय कसरी चलेको रहेछ भन्ने जानकारी मलाई प्राप्त भयो । मैले केही बढी जान्ने हिसाबले फेरि प्रश्न तेस्याएँ – “थकालीहरु सामान्यतः त्यति धेरै पर्यटकहरु आवतजावत गर्ने ठाउँमा बसोबास गरेर यो व्यवसायको संचालनको दक्षता त हासिल गरेका होइनन् होला ? कसरी यस्तो व्यवस्थापन कला र दर्शन कै विकास गर्न सके त ?” बसन्तले फेरि मुस्कुराउँदै भने – “थकाली गाउँमा यदि याहाँ जानु भयो भने स्थान अनुसार केही फरक भए पनि तीन कुरामा समानता पाउनु हुनेछ – घरको सरसफाइ, भाँडाकुँडाको सरसफाइ अनि आतिथ्यको प्रेम भाव । अहिले अनेक थरिका पर्यटकहरु आउने क्रम बढेकाले केही मात्रामा व्यवसायिक भएपनि र पैसाका दृष्टिले केही महँगो भएपनि आतिथ्यभाव भने त्यही पाउनु हुनेछ, त्यसमा एकरति पनि कमी पाउनु हुने छैन । गहुँ, फापर, आलु, जौ जे भएपनि खानेकुरामा प्रेमपूर्ण भावले तयार गर्ने र आएका आगन्तुकहरुलाई पराइ होइन आफन्त ठान्न्ो भावले गर्दा न्यानो स्नेहभाव पाउनु हुनेछ थकालीहरुकाहाँ । त्यसैले म भन्छु नेपाली खाना र नेपाली आतिथ्य भावका दृष्टिले पश्चिमी शैलीका खाने कुरामा म्याडोनाल्ड र के.एफ.सी. जस्तै हुन् नेपाली खानाका लागि थकाली होटलहरु ।” व्यस्तताकै बीच लामो कुराकानी भए पनि बसन्त आफ्नो जाति र जातीय पेशाको गौरव सुनाउन पाउँदा एक किसिमको आनन्द मानिरहेका थिए । म पनि थकाली खानाको मीठास र आतिथ्य भावको रहस्य थोरै भएपनि जान्न पाएकाले एक किसिमले भित्रै देखि खुशी र आनन्दमा मग्न थिएँ । अहिले पनि म उनको भनाइ सम्झिरहेछु – “खाना मीठो ह्नका लागि खानापकाउनेको प्रेमभाव त्यसमा मिसिएकै हुनुपर्छ नत्र त्यसले वास्तविक स्वाद र सन्तुष्टि दुवै दिन सक्दैन ।” मैँले सार्वजनिक बसमा यात्रागर्दा खाना खान दिने भाव भन्दा खानाका नाममा यात्रीका पकेटका पैसा लुट्ने राजमार्ग आसपासका ती दुर्गन्धित, रुखा र प्रेमभाव विहीन होटलहरुलाई सम्झैँ र मनमनै भने – धन्य ती थकाली दाजुभाइ, दिदीबहिनीहरु जसले प्रेम, आतिथ्य र समर्पणका साथ नेपालीपनको खाना र आतिथ्यमा एक किसिमको ब्राण्ड नै स्थापित गर्न सक्षम भएका छन् । देखासिखी गर्नेहरुले बदनाम गर्न नसकुन्, युगयुग चलोस् थकाली भान्सा र थकाली खानाको यो ब्राण्ड, यही मेरो शुभकामना । प्रतिकृयाका लागि ः dhirbhandari@yahoo.com

जीवन परिवर्तनका लागि अवसर कि दृष्टिकोण ?
मानिसको जीवनमा सफलताका लागि परिस्थिति जिम्मेवार हो कि दृष्टिकोण भने बिषयमा प्रशस्त मात्रामा पक्ष र विपक्षमा तर्कहरु हुन सक्लान् । म पनि सरसर्ति सोच्दा परिस्थिति नै जिम्मेवार हो कि भन्ने सोच्छु । सामान्यतः मानिसहरु आफ्नो प्रगतिमा अवसरहीनतालाई नै दोषी देख्छन् । राजनीति स्थिर नभएर पो त नत्र...................., राजनीति मात्र स्थिर भइदिए.........., यो सतिले सरापेको देश केही नै नहुने भो ..........., यहाँका मानिसहरु नै ठीक छैनन्, अवसर नै छैन नत्र त ............., । जब हामी केही काम गर्ने कुराकानी गर्न थाल्छौं यी र यस्ता भनाइहरु हामीमध्ये प्रायजसो मानिसका मनमा आइरहन्छन् ।
कसैले सामाजिक परिस्थिति प्रतिकूल छ भन्छन्, कसैले लगानीको अभाव छ भन्छन्, कसैले काम गर्ने मानिस नै पाईदैन के काम गर्ने भन्छन्, कसैले नेता नै ठीक छैनन् के गर्न सकिन्छ र भन्छन्, कसैले काम गर्न कानून नै ठीक छैन भन्छन्, काम शुरु गर्ने सोच, चिन्तन र आँट भन्दा पनि पहिले परिस्थितिजन्य दोष र अप्ठ्याराहरु हाम्रा दिमागमा आइहाल्छन् । तर के यस्ता समस्या सबै निमिट्यान्न भएको अवस्थामा मात्र व्यक्तिले आफ्ना उन्नति र प्रगतिका कामहरु गर्ने हो ? के यस्ता समस्याहरु हुँदै नभएका देशहरु छन् संसारमा ? विश्वविख्यात कहलिएका मनिसहरु के यी सबै परिस्थिति सहज बनेका बेला मात्र काम गरेर ठूला र प्रसिद्ध मानिस भएका हुन् ? काम गर्ने परिस्थिति ठीकठाक देखेर होइन कामको औचित्य, आवश्यकता र अन्तरइच्छाबस काम गरेकाले नै गान्धी, मन्डेला, मार्टिन लुथर, मदर टेरेसा वास्तवमा संसार प्रसिद्ध भएका हुन् । संसार प्रसिद्ध हुने मानिसहरु त अप्ठ्यारा कै बीच यत्रा काम गर्न सक्दा रहेछन् भने हामी दालभात राम्ररी जुटाउन, छोराछोरी राम्ररी पढाउन, एउटा राम्रो बसोबासयोग्य घर बनाउनका लागि काम गर्न पनि सबै परिस्थिति ठीकठाक, सजिलो र सहज हुनुपर्ने हो त ?
परिवेश र परिस्थिति ठीक भएपछि काम गर्छु र उन्नति गर्छु भनेर बसिरह्यो भने या त आत्महत्या गर्नुपर्ने हुन्छ या त अर्काको पछिलाग्दै निरिह र हीनतापूर्ण जीवन बिताउनुपर्छ । त्यसैले स्टिफेन कोभे भन्छन् –“परिस्थितिलाई हेरेर बस्नेहरु यथास्थितिको शिकार हुन्छन्, किनारामै बसिरहन्छन्, हिम्मतले परिस्थिति बदल्न कम्मर कस्नेहरु विकसित हुन्छन् र आफ्नो लक्ष्यमा पुगेर आनन्दित जीवन बाँच्छन् ।”
म करिब १५ बर्षपछि गत सालको हिउँदमा आफू जन्मेको गाउँ जानुपर्यो भनेर केही दिनको फुर्सत लिएर गाउँतिरको बदलिँदो जीवनको अवस्थाहेर्ने, बुझ्ने उद्देश्यले काठमाडौंबाट निस्केँ । हिउँदको समय गाडी चल्ने भएकाले नजिकैको चकमके बजारसम्म काठमाडौंबाट सिधै रात्रीबसबाट गइयो, त्यहाँबाट बिस्तारै करिब डेढघंटा जति पैदल हिँडेपछि आम्बोटे पुगियो । हुनत आम्बोटे भञ्ज्याङसम्म नै मोटरबाटो नपुगेको त होइन, तर नियमित रुपमा बस नचल्ने, ट्याक्टर मात्र चल्ने भएकाले हाम्रो समूह ट्याक्टरबाट यात्रा गर्नुभन्दा हिँडेरै जान रुचायो । करिब डेढ घण्टाको हिँडाईपछि आम्बोटेको मुटु मानिने बोहारी फाँट पुगियो । जन्मीहुर्की बाल्यकाल देखि निकै ठूलो हुँदाको समयसम्म बिताएको यसठाउँको धैरै वर्षपछिको यात्रामा त्यहाँपुग्दा मेरो हृदय तेसै फरुङ्ग भयो ।
कसैले मेरोमा आइज, कसैले यतै बसौँ आज, कसैले एक रात त म काहाँ पनि है भन्दै निम्ता दिने, बास बस्न अनुरोध गर्ने काम निकै दिनसम्म भइनै रह्यो । हिउँदका ५ दिन बिताइयो आम्बोटेमा । शहरको कोलाहलपूर्ण, व्यस्त र एकांगी जीवनबाट केही दिन भएपनि माया, ममता र सौहाद्र्रताले भरिएको गाउँको यसपटकको बसाई निकै वर्षपछि गएकाले होला अलि भिन्नै र आनन्दमय रह्यो, एक किसिमको नयाँ अनुभूतिमा लिएर फकेँ म ।
शहरमा बस्नेहरुलाई गाउँ अनपढ, बेबुझ र यथास्थितिमा रमाउनेहरुको ठाउँजस्तो लाग्न सक्छ तर यसपटक मलाई शहर भन्दा गाउँको मानिसहरुको सोच, चिन्तन र व्यवहारमा निकै नै नयाँ फड्को मारेर अगाडि बढेको जस्तो अनुभव भयो । विकास र उन्नति भनेको ठूला घर र चिल्ला सडक मात्र होइन मानिसको सोच, चिन्तन र व्यवहारमा आएको परिवर्तनले नै वास्तवमा मानिस कति विकसित छ भन्ने देखिन्छ । त्यसैले एक्काइसौं शताब्दीको विकासको परिभाषामा पनि परिवर्तन गरिएको होला । सोचाइ र चिन्तनको विकास भएपछि केही न केही भौतिक विकास भइहाल्दो रहेछ ।
गाउँमा बस्दाको करिब एकहप्तामा यसपटक मैंले २ थरि मानिसहरु भेटँे । एकथरि मानिसहरु आफूले बुझेको, आफूले जानेको र आफूले भोगेको कुरामा एउटा मापदण्ड बनाउने, गफ लगाउने, सामाजिक, आर्थिक परिस्थितिलाई दोष देखाउने र जे समाजमा चलिरहेको छ र जे गरेर बाँचिरहेको छ त्यसैमा रमाउन खोज्ने अनि आफ्नो तर्फबाट कुनै नयाँ सोचका साथ अघि बढ्न नचाहने, पहल नगर्ने, अरुले कुनै नयाँ कुरा र काम गर्न थाल्यो भने त्यसलाई कामै गर्नै नसक्ने गरी कुरा काट्ने र खोइरो खन्ने । आफ्ना पुर्खा, प्रचलन, संस्कार र बुढीरुढीका आधारमै आफूलाई चलाउन खोज्ने ।
अर्काथरि केही मानिसहरु जो बाहिरी परिस्थिति, राजनीति, परम्परा, संस्कृति, पुख्र्यौली पेशा आदिलाई सम्मान र स्मरण गर्दै केही नयाँ सोचका साथ जोखिम लिन पहल गर्ने, नयाँ काम गर्नखोज्ने, केही जोखिम पनि उठाउने, अरुको कुरा काट्ने र चियोचर्चोमा त्यति नरमाउने, आफ्नो जीवन पनि परिवर्तन गर्ने र अरुलाई पनि प्रदर्शनात्मक प्रभाव दिने ।
यी दुइथरि मानिसमा पहिला थरिका मानिसहरुका वर्गमा अपेक्षकृत बुज्रुक, पढेलेखेका, बाहिरफेरो घुमेर केही देखेका, बाबुबाजेले कमाइदिएको सरसम्पत्ती भएका मानिसहरु बढी थिए भने दोस्रोथरि मानिसमा चाहिँ अपेक्षकृत कम पढेलेखेका, आक्कलझुक्कल मात्र बाहिरफेरो घुम्ने अवसर पाएका, राजनीतिमा त्यतिसारो चासो नराख्ने, आफ्नो मेहनतमा बढी विश्वास गर्ने, अर्काको चियोचर्चो त्यति नगर्ने मानिसहरु बढी थिए । पहिलो कोटीका मानिसहरु बढी नै नाफा खोज्ने, तुरुन्तातुरुन्तै प्रतिफल खोजिहाल्ने, अलि बढी नै अपारदर्शी पाइए भने दोस्राखाले मानिसहरु अपेक्षकृत सिधासाधा, धैर्यवान्, परिणाममुखी र मेहनति देखिए ।
यातायातको अलि सुविधा, नजिक बजार, शिक्षाको सुलभता आदिले होला विस्तारै मानिसहरु कृषिको रुपान्तरण मार्फत् अलि नयाँ सोचका साथ अघि बढ्न लागेको पाएँ मैले । माथि मैले उल्लेख गरेका मानिसहरु मध्ये दोस्रो वर्गका २ जना प्रतिनिधि पात्र र तिनले गरेका कामले आम्बोटेका मानिसको आर्थिक जीवनमा पारेको असरका बारेमा तलका अनुच्छेदमा संक्षिप्तमा चर्चा गर्नेछु । जसले हामी शहरबासीहरुलाई पनि नयाँ ढंगले गाउँका बिषयमा, त्यहाँका अवसरका बिषयमा सोच्न मद्दत गर्नेछ ।
प्रतिनिधि पात्र नं. १ः अदुवा खेतिका अग्रणी तामाङ भाइ
एक दिन बिहान गाउँको विकास, रुपान्तरण र जीवनशैलीका बिषयमा केही सोच्दै बसिरहेको बेला एक्कासी म भन्दा केही कलिलो उमेरको एउटा तामाङ केटो मलाई भेट्न भनेर आएको बताउँदै म नजिक आइपुगे । केहीछिन भलाकुसारी र चिनजानमा बितायौं हामी दुवैजनाले । चिनजान गर्दै जाँदा हाम्रो घरपरिवारमा निकै पहिले देखिको चिनजान भएकै एकजना लेकाली तामाङका छोरा रहेछन् उनी । महाभारत लेकको उत्तरबाट एकजना बाहुनको खेतबारी किनेर उनीहरु त्यहाँ बसाइ सरेर आएका रहेछन् । बेलाबेलामा मकै, कोदोको बेसाहा लिन उनका बाबु हामीकहाँ पनि आइरहन्थे, भएका बेला लैजान्थे, नभएका बेला अन्यत्रबाट लैजान्थे, पैसा भए नगदै तिरेर लान्थे, नभए कहिले काहीँ नजिक गाउँको जिनजानको मानिस भएकाले उधारो पनि लैजाने गर्दथे । कहिलेकाहीँ घिउ लिएर अन्न लैजाने पनि चलन थियो, त्यसै गर्दथे । पछि छोराहरु बढेपछि अलि कमाइ पनि बढेछ, दुःखसुख गरी केही लाख पैसा कमाएपछि बेँसीमा घरखेत नै किनेर बसाइ सरेका थिए उनीहरु ।
केहीबेरको कुराकानी पछि मैंले उनलाई सोधेँ – “आजभोलि के गर्दैछौ त ?” उसले जवाफ दियो– “केही समय काठमाडौंतिर बसँे, अहिले केही बर्ष देखि घरमै छु, एउटा सानो रेडियो घडी बनाउने पसल र मिल बेँसीमा छ, खेतबारीमा अलि नयाँ ढंगले खेति गर्दैछु, राम्रै छ दाइ, यस्तै त हो नि ।” मैले अलि चासो राख्दै सोधेँ – “कस्तो नयाँढंगको खेति भाइ ?” “के भन्नु र दाइ नयाँ काम गर्दा हौसला दिनेभन्दा आलोचना गर्ने र निरुत्साहित गर्ने नै बढी हुँदा रहेछन्, तर सफल भएपछि भने सबै फेरि पछि लाग्दा रहेछन् । ” आफ्नो निचोड उसले सुनायो । “किन र भाइ ?” मैले सोधेँ । “तपाईलाई थाहा छँदै छ नि हामी लेकबाट अलिकति जग्गा र घर किनेर बसाइ सर्यौ, जहान निकै भएकाले खेतिले मात्रै धन्न गाह्रो थियो, भैसी पाल्ने, खसीबोका पाल्ने काम पनि साथसाथै गरियो, तर यतिले मात्रै हातमा पैसा नपर्ने भो भनेर काठमाडौंतिर पैसा अलि कमाइन्छ कि भनेर गएँ । त्यता पनि हन्डर मात्रै पाइयो । पढेलेखेको भए त अलि हुन्थ्यो होला, तर अनपढलाई अलि गाह्रो रहेछ । केही समय काठमाडौं बसेर सीप पो सिक्नुपर्छ क्यार भनेर रेडियो र घडी बनाउने काम सिकेँ अनि शहरको दुख र हन्डर भन्दा त गाउँमै पो केही गर्न सकिन्छ कि भनेर गउँ फर्केँ । धेरै खान गएको होइन शहर ? फेरि किन फर्केको त भनेर सबैले खिसी पनि गरे । केही दिन त फेरि काठमाडौंतिरै फकुँ कि जस्तो पनि लाग्यो, तर हार खाइँन । एउटा मिल खोल्नु पर्यो भनेर सोच बनाएँ, पैसा थिएन, रिण खोजेर मेशिन ल्याएँ । मेशीन चलाउन आफैंले सामान्य रुपमा सिकेँ । अनि अलिअलि मिलले कमाइ गर्न थाल्यो । नयाँ काम गरे त हुँदो रहेछ भन्ने हौसला भयो । त्यसपछि खेतिपातीबाट कसरी बढी आम्दानी गर्न सकिन्छ भन्ने सोधखोज गरेँ । छिमेकी एकजना दाइले अम्रिसो खेतिबाट निकै राम्रो आम्दानी गरेको देखेँ । तर अम्रिसोका लागि अलि ओसिलो ठाउँ चाहिने, मेरो भने धेरै सुख्खा जमिन भएकाले त्यो अलि सम्भव देखिन ।”
“अनि के गर्यौ त ?” मैले जिज्ञाशा बढाएँ ।
उसले अलि गम्भीर हुँदै भन्यो –“केही साथीभाइले अदुवा लगाऊ, राम्रो आम्दानी हुन्छ भने । अनि मैले इलाम अदुवाले धनी भएको जिल्ला हो भन्ने सुनेको थिएँ । मेरो मनमा गर्दा हुन्छ कि त भन्ने लाग्यो । परम्परागत रुपमा पनि अदुवा खेति भइरहेको र त्यसको खेति गर्न पनि जानेकाले मलाई त्यसले आकर्षित गर्यो । अदुवाको बीउ ल्याएर धान फल्ने राम्रो चाहिँ खेतमा अदुवा लगाउने निर्णय गरेँ । धान फल्ने खेतमा अदुवा लगाउँने बिचार सुनाउँदा घरपरिवार, आफन्त कसैले पनि अघि बढ्न सल्लाह दिएनन् । छिमेकी र साथीभाइहरुले हाँसोको पात्र बनाए । तैपनि मैंले हिम्मत हारिन । राम्रो बीउ कहाँ पाइन्छ भनेर सोधखोज गरेँ, कसरी खेति गर्यो भने राम्रो उत्पादन हुन्छ भनेर बुझँे । अनि धान फल्ने राम्रो चाहिँ गराहरुमा अदुवा लगाएँ । वर्षको १०।१५ मुरी धान फल्ने खेत पूरै अदुवाले ढाकियो, संयोगले रोग पनि लागेन, अदुवा निकै राम्रो फल्यो । यसपाली ७०।७५ क्वीन्टल अदुवा फलाएँ त्यस ठाउँमा । पैसाकै हिसाब गर्ने हो भने कहाँ १०।१५ मुरी धान कहाँ ७०।७५ क्वीन्टल अदुवा । दाइ परिवर्तन भनेको यस्तै त रहेछ नि हैन र ?” हाँसो मिश्रित स्वरमा उसले मलाई हेर्दै भन्यो ।
“निकै नै राम्रो काम पो गरेछौ त भाइ तिमीले । अनि अहिले कति गाउलेहरुले लगाउँदैछन् त अदुवा ?” मैंले सोधेँ । उसले जवाफ दिँदै भन्यो –“दाइ मलाई धानखेतमा अदुवा लगाउँदा शुरुशुरुमा पागल भन्नेहरु अहिले त कसरी यो अदुवा लगाउने हो भनेर म काहाँ धाउँदै छन् । १०।१५ घरले यसपाली लगाउने कुरा गर्दैछन् । अर्को एउटा समूहले सामूहिक रुपमा नै खेति गर्ने भन्ने योजना बनाएको छ । दाइ अब त हाम्रो गाउँ अदुवा गाउँ पो होला जस्तो छ त” हाँस्दै उसले भन्यो ।
मलाई त्यो तामाङ भाइको कुराले एक प्रकारले अति नै हर्षित बनायो । हो त नि गाउँमा अवसर खोज्नु भन्दा विदेशमा गएर, दुख हन्डर खाएर थोरै पैसा कमाएर ल्याएर मक्ख पर्ने हाम्रा अरबेली लाहुरेहरुलाई यो चेतना भए कति हुँदो हो । एउटा गरिब तामाङ केटाले यत्रो गाउँको मुहार फेर्ने प्रविधि र आँट ल्यायो र गाउँकै मुहार फेरिदियो भने अलि धेरै मिलेर गर्न सके त कति हुन्थ्यो होला ? आखिर महिनाको १०।१५ हजार जागिरमा मलेसिया र अरब तिर लाखौँ रिण गरेर जानु भन्दा त यी तामाङ भाइ संग सिकेर आफ्नै देशलाई पूँजी र प्रविधियुक्त बनाउन सके गाउँको मुहार फेरिन कति समय लाग्दो होला र ? तामाङ भाइको सफलताको यो कथा हरेक युवाको लागि प्रेरणा बने हाम्रो देशको मुहार अर्के हुने थियो । मैंले आफ्नो मनको अन्तरकुन्तरबाट यस्तै निष्कर्ष बनाउँदै थिएँ तामाङ भाइ अलि हतारो जस्तै गरी उठे र भने – “दाइ फुर्सत भए मेरो उद्यम यसो नजर गरिदिनु होला ।” “समयले साथ दियो भने आउँछु” भन्ने आश्वासन साथ हास्दै मैंले उनलाई बिदाइ गरेँ ।
प्रतिनिधि पात्र नं. २ः ढड्यान र बारीको कान्लाकोे अम्रिोसोबाट लाखौंको आर्जन गर्ने ती काका
तामाङ भाइ बिदा भएको एकछिन पछि एकजना काका पर्ने म भन्दा केही वर्षमात्र जेठो उमेरका आफन्त मलाई भेटन आइपुगे । नाताले काका भन्नुपर्ने र एक किसिमले दौंतरी उमेरका भैंm हामीहरु बीच निकै बर्षपछि भेटघाट भएकाले मैंले र उनले दुवैका घरपरिवार, काम, बसाई आदिबारे भलाकुसारी गर्यौं । मैेंले एकैछिन अघिको तामाङ भाइले गरेको कुरा उनलाई पनि सुनाएँ । उनले पनि मेरो कुरामा थप्दै भने –“अँ हो त नि त्यसले त यो गाउँको मानिसको जीवन मै परिवर्तन पो ल्याएदियो त, उद्यमी छ, सहयोगी पनि छ केटो । मलाई पनि अदुवा लगाउन हौस्याउँदै छ, विचार गरिरहेको छु” उनले भने । “मैले पनि उसले जस्तै अलिअलि काम त गरेको छु, मेरो चाहिँ अदुवा भन्दा आफ्नै काम ठीक छ जस्तो लाग्दैछ” अलिकति गम्भीर र आँटिलो आत्मविश्वासका साथ उनले कुरा अघि बढाउन खोजे । “अँ मैले त बारीमा खेति गर्नै छोडिदिएँ नि ” उनले भने । “किन र काका ?” मैले प्रश्न गरेँ । “आ काम गरेको ज्याला पनि नउठ्ने हुन थाल्यो को खेति गरिरहोस् । मैले त बारीमा सबै अम्रिसो रोपिदिएँ । जाउँ हेर्न, खाना पनि उतै खाउँला ” उनले प्रस्ताव गरे । म पनि निकै वर्षमा भेट भएकाले उनको आग्रहलाई स्वीकार गरेँ र उनको पछिपछि लागेँ । हामी अगाडि बढ्दै गयौं, उनले मलाई विस्तार साथ सुनाउँदै गए । “हेर भतिज तिमीहरु बसाइ सरेपछि म पनि तराइ तिर बसाइ सर्नुपर्यो भनेर तराइतिर जग्गा पनि लिएँ , बसाइ सर्ने बिचार गरेँ । तर किन किन मलाई तराइतिर बसाइ सर्न मनै लागेन । ठण्डा हावापानी, शान्त बसोबास, आफन्तहरुको मायाप्रेम र सद्भाव, यत्रो चीज कमाएर नयाँ ठाउँमा रमाउन त मलाई निकै वर्ष लाग्छ नि , किन जाने हँ म बसाइँ ? यस्तो प्रश्न मेरा दिमागमा आयो अनि बसाइँको कुरै मैले छाडिदिएँ । छोराछोरीलाई शहरमा बस्न मन लागे बस्छन्, जान्छन् म चाहिँ जान्न यस्तो बिचार गरेँ । अहिले मलाई लाग्छ मैंले यो सोचेर गरेको निर्णय ठीकै रहेछ । गाउँको बसाइ छ, खानपान राम्रो छ, आफूलाई चलन गर्न नगदको कमि पनि छैन । के नै पाइन्छ र टाढा र नयाँ ठाउँमा गएर पनि ?” यति भन्दैगर्दा हामी उनको खेतको डिलमा पुगिसकेका थियौं । खेतको डिलमा हेरेँ अमिस्रोको घारी फूल फूलेर झपक्कै भएको रहेछ । हामी सानो हुँदा गर्मी याममा जलुकोको तरकारी खान कहिलेकाहीँ जलुको टिप्ने गरेको त्यो ठाउँमा अहिले त पूरै अम्रिसोको खेति पो रहेछ । खेर गइरहेको खोलाको किनार, त्यसै कुनै उपयोगविहीन भएको त्यस ढुंग्यानको उनले राम्ररी उपयोग गरेको देखेर मैंले सोधेँ – “तपाईलाई यस्तो ठाउँमा यो खोति हुनसक्छ भन्ने ज्ञान कसरी आयो र यत्रो परिवर्तन गर्नुभयो काका ?”
“हेर भतिज मलाई एकपटक इलाम घुम्न जाने मौका मिल्यो । इलाममा अम्रिसो जताततै लगाएको र ओसिलो ठाउँमा बढी सप्रेको देखेर जंगलबाट केही अम्रिसोको बोट ल्याएर ढुंगाका बीच बीचमा रोपेँ । त्यो निकै राम्रोसंग सप्रियो । त्यसपछि त्यसलाई अझै फैलाएँ । हिउँदमा कुच्चो बेच्न पनि हुने, घाँस पनि हुने, दोहोरो फाइदा रहेछ यसको । त्यसैले उब्जाउ कम हुने बारीका कान्लामा पनि त्यही लगाइदिने बिचार गरेँ । अहिले हेर त बारीमा कोदो र मकै भन्दा अम्रिसो नै अम्रिसो देख्छौ तिमिले ।” मैले उनको यो कुरा सुन्दासुन्दै बारितिर नियालेँ । बारी पूरै अम्रिसोले ढाकिएको थियो । “कति रुपैयाँ कमाउनु भयो काका तपाईले यो अम्रिसोबाट ?” मैंले जिज्ञाशा राखेँ । धेरै त होइन गतवर्ष दुईलाख पचास हजारको बेचेको थिएँ । यसपाली अझै बढी छ । मनमनै सोचे एउटा अरब जाने लाहुरेले भन्दा त यिनले पो धेरै पैसा कमाए त । न घर छाड्नुपर्यो न परिवार । न रिण लाग्यो न अरु कमाइ घट्यो, कति राम्रो प्रविधि ल्याएछन् गाउँमा । रुपैयाँ पैसाको मुख देख्न कि त धानमकै कि त खसिबोका र गाइभैंसी बेच्नुपर्ने त्यो ठाउँमा त्यसै खेर गरिएको पाखैले मात्र तीनतीन लाख रुपैयाँ । पैसा कमाउन परिस्थिति होइन सोच र मेहनत पो चाहिँदो रहेछ ।
त्यसपछि मलाई यो अम्रिसो र अदुवा खेति बारे निकै चासो बढ्यो । एक दिन ककसले अम्रिसो र अदुवा खेति गर्दैछन् र ककसले विस्तार गर्दैछन् भन्ने बिषयमा एउटा सहकारी संस्थामा बसेर छलफल गरियो बुझ्दै जाँदा मैले माथि चर्चा गरेका दुईजनाले राम्रो आम्दानी गरेको सुनेर धेरै कृषकले आफ्नो बारीका कान्ला र खेतको किनारामा, खोल्साखाल्सीमा, खोलामा किनारमा अम्रिसो लगाउने र त्यसबाट निकै राम्रो कमाइ गरिरहेको थाहा पाएँ, अनि मलाई हिराको खानी भएको खेत बेचेर हिराको खोजी गर्ने व्यापारीको कथा याद आयो, जसले मेरो खेतमा हिरा छ भन्ने थाहै नपाई बेचेका थिए पछि त्यही खेत किन्ने व्यपारीले हिरा निकाले पछि हर्ट अट्याक भएर मरेका थिए । धन्य छन् आम्बोटेका परिश्रमी ती दाजुभाइहरु जसले आफ्नो मेहनत र इच्छाशक्तिले गाउँमै बसेर जीवनको व्यापक रुपान्तरण गरेका छन्, अरु गाउँले पनि यसबाट प्रेरणा लिन सक्छन्, सबैलाई चेतना भया । अस्तु ।
प्रतिकृयाको लागिः dhirbhandari@yahoo.com

Subscribe to:
Posts (Atom)
नेपाली चियामा भारतीय अवरोध: एक नीतिगत तथा आर्थिक अध्ययन
नेपालमा उत्पादित चियाको सबैभन्दा ठूलो बजार भारत हो । भारतले नेपाली चिया नकिन्नासाथ नेपालको चिया व्यापार बन्द हुने अवस्थामा पुग्छ । यो विगतमा...
-
देशको प्रशासनिक सचिवालय जलेर भग्नावशेष बनेको छ । न्यायको सर्वोच्च निकाय जलेर खाक भएको छ । हजारौँको संख्यामा सरकारी गाडी ज...
-
Kenny Pandey’s new novel, Deception, is a deeply emotional and profound exploration of betrayal and the struggles of immigrants. It is based...
-
Gen Z and Nen Alfa in our time. पुस्तान्तरण भनेकाे प्रविधि, मानसिकता र युगीन आवश्यकताकाे अवस्थासँगकाे प्रवाह पनि हाे । याे उमेरकाे परिवर्तन ...