Posts

Showing posts from July, 2025

सम्झनामा ती गुरुहरु

Image
  Sunday, September 8, 2013 आज गुरु पूर्णिमा । गुरुहरुप्रति कृतज्ञता व्यक्त गर्ने दिन । म आज मेरो स्कुल जीवनका प्रारम्भिक दिनदेखि अहिलेसम्म मलाई ज्ञान र सिकाइको मार्गमा दिशाबोध गराउने, प्रेरित गर्ने र निःस्वार्थ प्रेम गर्ने केही अविस्मरणीय गुरुहरुलाई झलझली सम्झिरहेछु । बाटो बिराएको बेला, मन भड्केको बेला ठाउँमा ल्याउन मलाई बाटो देखाउने शुभेच्छुकहरुलाई सम्झिरहेछु । तिनकै प्रेरणाले मैले आफूलाई अध्ययन, बोध र जागरणको मार्गमा पाइला चाल्न सिकेँ । अन्धकारबाट उज्यालोतिरको यात्रा गर्न सिकेँ । जीवनका अँध्याराभन्दा उज्या पक्ष हेर्न र भोग्न सिकेँ । तिनै गुरुहरुको प्रेरणाले मैले जीवनको नयाँ गोरेटो कोर्न सकेँ । त्यसैले यो शुभदिनमा ती सम्पूर्ण प्रेरक मनहरुप्रति नमन गर्दछु र शिक्षारम्भका प्रारम्भिक दिनका केही गुरुहरुलाई सम्झँदै यो संस्मरण प्रस्तुत गर्दछु ।  मैले निम्न माध्यमिक तह स्थानीय (आम्बोटे) विद्यालयमा पढेँ । त्यतिबेला गाउँ विकास समितिभरि एउटा मात्र विद्यालय थियो । अहिलेका जस्ता छ्यासछ्यास्ती विद्यालयहरु थिएनन् । माघको जाडो बिदा पछि स्कूल शुरु भयो । कुरा २०३१ सालतिरको हो । कक्षा ४ को शु...