Posts

Showing posts from 2024

सिर्कनोको शिक्षा र मेरा बा

Image
बासँगका अनेक सम्झना छन् । जीवनभर सन्तानसँग हुने बाबुआमाका सम्झना नहुने कुरै भएन । तर, कतिपय घटनाहरु चाहिँ मनमा गढिरहन्छन्, सम्झनामा आइरहन्छन् । तिनको विशेष महत्व पनि हुन्छ, जीवनमा । यो घटना एउटा अभिभावकले सन्तान हुर्काउँदा गर्ने व्यवहारसँग सम्बन्धित छ । अहिलेको अभिभावकीय ढाँचा त फरक छ तर त्यति बेला यही चलन थियो । अहिले पनि छँदैछ कतिपय ठाउँ र अवस्थामा ।  यो घटना शायद मलाई सम्झना भएकोमध्ये सबैभन्दा पुरानो हो । त्यो घटनाले अभिभावकले सन्तानप्रति गर्ने व्यवहार र हुर्काउने तत्कालीन अवस्थाको एउटा झलक पनि दिन्छ । अहिलेको सन्दर्भमा अलि फरक किसिमको पनि लाग्ला तर मेरो जीवनमा भने त्यस घटनाले गहिरो अर्थ राख्छ । शायद त्यो घटना नभएको भए म अहिलेको अवस्थामा आइ नै पुग्ने थिइनँ कि !  स्कूलका शुरुआती दिनको कुरा हो यो । म कक्षा १ मा विद्यालय भर्ना भएँ २०२७ सालमा । उमेर पाँच वर्ष पुगेर छ लागेको थिएँ । कक्षा १ मा स्कूल नियमित गइयो । समयमा जाने र समयमा फर्कने गरिन्थ्यो । मभन्दा अलि बढी उमेरका एक जना दाइ थिए हाम्रो घरभन्दा अलि परबाट हाम्रो घर हुँदै स्कुल जाने । म उनकै साथ लागेर स्कूल जान थालेँ । कक्षा...