Posts

Showing posts from March, 2023

तिरुमलाको सुन्दरता र बासस्थानको चिन्ता

Image
फेब्रुअरी १३, २०२३, तिरुमला । प्रशान्ति निलयमको अनुशासन, समयतालिका र जीवनशैलीमा अभ्यस्त हुँदै दुई दिन, तीन रात हामीले पुट्टपर्तीमा बितायौँ । आध्यात्मिक यात्राको हाम्रो भावना पुट्टपर्तीले अझ बढाइदियो अनि हामीले योजना बनायौँ सर्वाधिक श्रद्धालुहरुले यात्रा गर्ने अर्को तीर्थस्थल तिरुपति जाने र तिरुमलाको प्राकृतिक रमणीयतामा अवस्थित बेंकटेश्वरको बैकुण्ठभूमि स्पर्श गर्ने । ‘बिहान ठीक ४.४५ मा आउनुहोला बस यहीँबाट जान्छ, करिब १२ बजे तपाईंहरु तिरुपति पुग्नसक्नुहुनेछ ।’ प्रशान्ति निलयम बस अड्डाको सोधपुछ कक्षका कर्मचारीले हामीलाई जानकारी दिए । हामी बिहान (फेब्रुअरी १२, २०२३) करिब ४.३० बजे नै बस अड्डा पुग्यौँ । अन्यत्र जाने बसहरु तयार थिए तर हाम्रो बसको भने अत्तोपत्तो थिएन ।  हामीलाई शंका लागेर फेरि सोधपुछ गर्दा त्यहाँका कर्मचारीले भने– ‘तपाईंहरु यहीँ बसिरहनुहोला बस ठीक समयमा आइपुग्छ ।’ नभन्दै ठीक समयमा आन्ध्र प्रदेश सडक परिवहन सेवाको बस आइपुग्यो ठीक ४.४५ मा । भएको के रहेछ भने त्यो बस अड्डा मूलतः कर्नाटक राज्य सडक परिवहन सेवाको बस अड्डा रहेछ । आन्ध्र प्रदेश सडक परिवहन सेवाको बस त्यहाँ राख्न...

श्रद्धा, सेवा र पराक्रमको सङ्गम पुट्टपर्ती

Image
फेब्रुअरी ११, २०२३, पुट्टपर्ती । सन् २००६ को अगस्त महिनामा मैले यो पवित्र स्थलमा पहिलो पटक पाइला टेकेको थिएँ । माइग्रेनले धेरै च्यापेपछि एक जना मित्रको सल्लाहमा स्वास्थ्य उपचारका लागि बेङ्गलोर पुग्दा लामो समय बस्नुपरेकाले बीचबीचमा हुने फुर्सतको उपयोग र केही पवित्र तीर्थस्थलको अनुभव गर्ने मनशायले सत्य साइ बाबाको यो आश्रम मेरो गन्तव्य बनेको थियो ।  मलाई साइ बाबाको बारेमा जानकारी दिने र उनका कर्महरुबारे बताएर उनीप्रति आकर्षित गर्ने एक जना सगोत्री दाइ थिए । नाम सायद विष्णु थियो । ती दाइले करिब ३५ वर्षअगि विराटनगर बस्दाताका मलाई सत्य साइ बाबाको बारेमा अनेक आश्चर्यजनक घटना बताएका थिए । म त्यतिबेला खूब पुस्तक पढ्थेँ । उनले मलाई ‘सत्यम्, शिवम्, सुन्दरम्’ भन्ने एउटा पुस्तक पढ्न दिएका थिए । त्यसमा साइ बाबाका चमत्कारिक घटनाहरुको चर्चा थियो । त्यो पुस्तक पढेपछि र उनका कुरा सुनेपछि मलाई त्यतातिर गएमा एक पटक पुट्टपर्ती पुग्ने इच्छा पलाएको थियो । धेरै समयसम्म त्यो इच्छा अनेक कुराको बाहाना र अभावले त्यसै धुमिल बनिरह्यो ।  समयले सबै कुरा मिलाउँछ भनेझैँ सन् २००६ मा पहिलो पटक र सन् २०२३ मा दोस्र...

‘समृद्धिको शालिक’अगाडि

Image
फेब्रुअरी ९, २०२३, पुट्टपर्ती । ‘बिहान ७ बजे नै एयरपोर्ट पुग्नू, सानो एयरपोर्ट छ, चेकिङमै धेरै समय लाग्छ । चाँडो जानु है, ढिलो नगर्नू ।’ छोरी आकृतिले १० बजे उड्ने प्लेनको लागि बिहान ७ बजे नै एयरपोर्ट पुग्न अगिल्लो दिन नै उर्दी जारी गरी । आफ्नो अनुभव बोलेको थियो उसको । सैनिक प्रयोजनका लागि बनाइएको बागडोगरा विमानस्थलले यतिका वर्ष बितिसक्ता पनि मुहार बदल्न सकेको थिएन । नागरिक उडानको हब बनिसक्ता समेत टर्मिलन चाहिँ उही । यात्रीका पीडा धानेर साँघुरिएझैँ लाग्थ्यो बागडोगरा । हुनतः नेपाल र भारत दुवै देशका सार्वजनिक संरचनामा यो रोग समान छ । तत्काल काम चलाऊ, पछि विस्तारै विचार गर । नयाँ बनेका संरचना देखेर केही समय नबित्दै सेवाग्राही मुर्मुरिन थाल्छन् । यसको लेखाजोखा गरेर बनाउँदा पनि त हुन्थ्यो होला ! काग कराउँदै गर्छ पिना सुक्तै गर्छ । अहिलेसम्म यसैगरी चलिरहेको छ ।  भुइँ कुहिरोको घुम्टोले विमानस्थललाई छपक्कै छोपेको थियो । मनमा डर पस्यो कहीँ यो कुहिरोले बेङ्गलोरलाई पनि छोपिदियो भने ? शंकालु मनले कावा खाँदै गरेको केहीबेरमा क्रमशः कुहिरो देवीले घुम्टो खोलिदिइन् । वरपरको धरतीमा कोमल रश्मिसहित सूर...

......अनि मैले दक्षिण भारतको यात्रा गर्ने निर्णय गरेँ

Image
फेब्रुअरी ७, २०२३, सिलिगुडी, भारत । आज म सिलिगुडी बजारको चम्पासरीमा आराम गरिरहेको छु । शरीर त पल्टिरहेको छ तर मन भने कल्पना लोकको रमाइलोमा डुलिरहेको छ । ऊ कहिले दक्षिण भारत यात्राको परिकल्पना चित्र मस्तिष्कमा खेलाउँदै छ त कहिले विदेशका रंगीन दुनियाँतिर नियालिरहेको छ । मलाई हुटहुटी लगाइरहेको छ निर्णय गर्न । हुनतः दक्षिण भारतको यात्रा गर्ने योजना म र मेरी जीवनसँगिनी दुवैजनाले कोभिड–१९ सुरु हुनुअगाडि नै बनाएका थियौँ । त्यसलगत्तै कोभिड–१९ को महामारी सुरु भयो । हामीले बनाएको योजना मनमै थन्कियो । दक्षिण भारतका प्रसिद्ध तीर्थस्थल र पर्यटकीय आकर्षणका १५ जति सहरहरु घुम्ने, भारतीय इतिहास र सांस्कृतिक विशालताको अनुभूति गर्ने, हिन्दू, बौद्ध, शिख, इस्लाम र द्रविड सभ्यताको अनुभव गर्ने हाम्रो योजना थियो । त्यसले मूर्त रुप लिन सकेन महामारीका कारणले । तीन वर्ष बिते महामारी कहिले सकिएला र योजना साकार बनाउँला भनेर । आज फेरि मेरो मनले मलाई ती योजनातिर घचघच्याउँदै छ ।   समयको गति हाम्रो योजनासँगै रोकिने कुरै थिएन । यो निरन्तर आफ्नै गतिमा चलिरहन्छ, चलिरहेकै छ । हाम्रो यात्राको योजना अब उसकै गति र ल...