Posts

Showing posts from May, 2020

नयाँ युगको संघारमा उभिएर

Image
अनुभूति १ ५३ दिनदेखि आँखाले पनि देख्न नसकिने एउटा कीटाणुको त्रासले घरभित्र बन्दी भएको छु । मलाई भनिएको छ, घरबाहिर मृत्युरुपि त्यो अदृश्य कीटाणु यमराजको रुपमा उभिएको छ, खबरदार ननिस्क घरबाहिर ! यस्तो लाग्छ, घरबाहिर निस्कियो भने उसले हामीलाई क्वाप्प पार्छ र सरासर मृत्युलोकतिर लैजान्छ । जहाँ पुगेपछि मानिस आजसम्म फेरि यस संसारमा फर्केर आएको छैन । यति सानो जीवले यस्तो सर्वशक्तिमान् मानव जातिलाई धम्की दिने ? मलाई घरीघरी त झोँक पनि चल्छ, उसको धम्कीदेखि तर फेरि आफैँलाई सम्झाउँछु- पख्, कतै उसको धम्की सत्य भइदियो भने ?  म यो रमाइलो संसारमा छाडिहाल्न चाहन्न अहिल्यै । त्यसैले म घरभित्रै बन्दी बन्न राजी भएको छु, मृत्युको भय मनमा लिएर । कति निरीह रहेछ मानव जाति ! घरीघरी त मानव जातिकै सामर्थ्यप्रति अविश्वास हुन्छ मलाई, आखिर मानिसको शक्ति कहाँ छ त ? सायद मृत्युको भय नभएको भए ऊ यति निरीह भएर कोठाभित्र यति लामो समयसम्म कैद हुने थिएन । म बन्दी बनेर घरभित्र बस्न राजी भएपछि सडकमा तँछाडमछाड गरेर गुड्ने गाडीहरु पनि ग्यारेजभित्रै लुकेका छन् । मानिस सडकमा निस्कनु पर्दा मात्र पनि सोचिरहेको छ, कतै म...