Posts

Showing posts from April, 2020

Dhir Bhandari's Blog Posts: ती मानिस जो पदविनै नेता बने

Dhir Bhandari's Blog Posts: ती मानिस जो पदविनै नेता बने : पद, नेता र व्यक्ति प्रसिद्ध प्रेरणादायी वक्ता रवीन शर्माको एउटा खुबै चर्चित पुस्तक छ— ‘द लिडर हु ह्याड नो टाइटल’ अर्थात् ‘त्यो नेता, ...

ती मानिस जो पदविनै नेता बने

Image
पद, नेता र व्यक्ति प्रसिद्ध प्रेरणादायी वक्ता रवीन शर्माको एउटा खुबै चर्चित पुस्तक छ— ‘द लिडर हु ह्याड नो टाइटल’ अर्थात् ‘त्यो नेता, जोसँग कुनै पद थिएन’ अर्थात् ‘पदविनाको नेता’ !  उनी भन्छन्, ‘महान् नेता बन्नका लागि पद आवश्यक छैन । तर, तपाईं आपूm महान् मानिस भने हुनैपर्छ ।’  पद खास समयका लागि खास काम गर्नका लागि व्यक्तिलाई प्राप्त हुने अख्तियारी हो । जसले त्यसको योग्यता प्राप्त गर्छ, त्यो स्वतः पाउँछ । समयसीमापछि पद सकिन्छ तर, व्यक्ति रहिरहन्छ । उसले जीवनमा के भन्छ, के काम गर्छ, त्यसले समाजमा पार्ने प्रभाव कति गहिरो हुन्छ त्यसैअनुसार मानिसको मूल्यांकन हुन्छ । त्यसैले नेता हुन पद होइन उसको कामले समाजमा पार्ने प्रभाव महत्वपूर्ण हुन्छ । विश्व इतिहासका प्रभावशाली नेता यदि तपाईंले आधुनिक विश्व इतिहासका १० वा २० प्रभावशाली राजनीतिक नेतृत्वको नाम गुगलमार्फत् खोजी गर्नुभयो भने सबैभन्दा माथि यस्ता मानिसहरु पाउनुहुनेछ जो कहिल्यै पदका लागि मरिमेटेनन्, नैतिकता र चरित्रमा कुनै सम्झौता गरेरनन् र सहज रुपमा पद त्यग्न तयार गए । व्यक्तिका रुपमा ती सधैँ मानिसको हृदयमा सम्...

Dhir Bhandari's Blog Posts: कहाँ चुक्छ नेतृत्व र असफल हुन्छ ?

Dhir Bhandari's Blog Posts: कहाँ चुक्छ नेतृत्व र असफल हुन्छ ? : अहिले हामी मानव इतिहासकै अत्यन्त कठिन परिस्थितिबाट गुज्रिरहेका छौँ । कोरोना महामारीले विश्वभरका मानिसलाई त्राहिमाम बनाएको छ । घरभित्र बस...

कहाँ चुक्छ नेतृत्व र असफल हुन्छ ?

Image
अहिले हामी मानव इतिहासकै अत्यन्त कठिन परिस्थितिबाट गुज्रिरहेका छौँ । कोरोना महामारीले विश्वभरका मानिसलाई त्राहिमाम बनाएको छ । घरभित्र बसेर जीवन रक्षाको प्रयास गरिहेका छौँ । एकातिर यस्तो अवस्था छ अर्कोतिर यस्तो महामारीबाट पनि नाजायज फाइदा लिन दौडधूप ग रिरहेका ‘द्रव्यपिसाचहरु’ सल्बलाएको र सरकारका नेतृत्व गरेका मानिसहरुलाई पनि त्यसको चक्रव्यूहमा तान्न सफल भएको आशंका बलियो बन्दै गएको छ । सामाजिक सञ्जालमा सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्रीलाई समेत यसमा आँखा चिम्लेको आरोप लागिरहेको छ ।  यस्तो अवस्था आउनमा हाम्रो नेतृत्वको कार्यशैली कति जिम्मेवार छ ? आत्मचिन्तनको समय हो यो । कहाँ चुक्छन् नेतृत्वकर्ताहरु र यस्तो अवस्था आउँछ उनीहरुको जीवनमा ? प्रस्तुत छ यसै सन्दर्भमा यो ब्लग । कस्तो समूह बनाउने ?  बृहत् लक्ष्य साकार पार्नका लागि होस् वा सामान्य लक्ष्य हासिल गर्नका लागि कोही न कोही शुभचिन्तक आपूmसँग जोड्नु आवश्यक हुन्छ । लक्ष्य जति बृहत् हुन्छ त्यति नै बलियो समूह चाहिन्छ त्यसलाई हासिल गर्नका लागि । त्यस्तो समूहमा कोही गहिरो व्यवस्थापकीय कुशलता भएका व्यक्तिहरू आवश्यक ...