Posts

Showing posts from February, 2020

हाँसो माग्ने युवती

Image
सियानको टेराकोटा आर्मी हेरिसकेर  बाहिर निस्केपछि रेष्टुराँअगाडि उभिएर मलाई अथ्र्याउँदै उनले भनिन्— “मिस्टर भण्डारी, म क्षमा चाहन्छु, तपाईंलाई उपयुक्त हुने भोजन यहाँका रेष्टुराँमा पाउनै मुस्किल छ । बल्लतल्ल अलिकति दही, उसिनेको मकै अनि तारेको आलु अर्डर गरेकी छु तपाईंको लागि । अरुलाई समस्या छैन, सबैलाई केएफसीमा चिकेन अर्डर गरेकी छु । भरे चाहिँ सियानकै विशेष खाले साकाहारी रेष््टुराँमा लान्छु तपाईंलाई । अहिले चाहिँ नराम्रो नमानी यही खानुस् ल !” कुनै मायालु प्रेमिकाले आफ्नो प्रेमीलाई फकाउन गरेको आग्रहभन्दा कम थिएन उनको त्यो आग्रह । शायद विदेशीहरुलाई पाहुनाको रुपमा बोलाएपछि उत्कृष्ट सेवा दिनु र उनीहरुको खानपान र रुचिको मर्यादा राख्नु पहिलो कर्तव्य ठानेकी थिइन् उनले । मैले उनको त्यो आग्रहलाई सहज रुपमा स्वीकारेँ । आखिर अस्वीकार गरेर अर्को विकल्प पनि त थिएन मसँग । उनले हुनेसम्मको राम्रो व्यवस्था मिलाईसकेकी थिइन् । “मिस सुन, म यहाँ रुचिअनुसारका भोजनकै लागि आएको होइन, चिनीयाँ सत्कार मलाई थाहा छ । यहाँको खानपान बारे पनि जानकार छु, धेरथोर । तपाईंले गर्न सक्ने जति त गरिसक्नुभयो । आखि...