Posts

Showing posts from May, 2019

जीवन बदल्ने त्यो छात्रवृत्ति

Image
एसएलसी पास गरिसकेपछि मलाई दुईतीनवटा कुराहरुमा निर्णय लिनुपर्ने अवस्था आयो । त्यतिबेला विवाह गर्ने उमेर सामान्यतः १६।१७ वर्ष थियो । पछि अलि पछि स¥यो । म एसएलसी परीक्षा उत्तीर्ण गर्दा १६ वर्ष लागेको थिएँ । त्यो उमेरका धेरै साथीहरु विवाहित भइसकेका थिए । मलाई पनि घरबाछ विवाहको दबाव बढ्दै गएको थियो । अलिअलि खानलाउन पुग्ने घरका धेरैजसो मेरा दौतरीहरु माष्टरको जागिर र जोडीमा आबद्ध भइसकेका थिए । घरमा यौवनमत्त अर्धाङ्गिनी र हातमा पैसा । दङ्ग थिए ती साथीहरु । घरपरिवार पनि कल्कलाउदो उमेरकी बुहारी भित्रबाहिर गरिरहेकी, छोरो कमाइमा लागेको, गाउँघरमा साहुका रुपमा २।४ हजार आसामी लगाउन पाइएको यस्तो लोभलाग्दो व्यवहार देख्दा त्यसबेलाका अभिभावक मक्ख पर्नु स्वाभाविक नै थियो । मलाई पनि कताकता लाग्थ्यो, यसै गरे पनि के बिग्रला र ? जीवन कता लैजाने भन्ने महत्वपूर्ण गोरेटो कोर्ने बेला र यौन चञ्चलता एकैपटक प्रकट हुँदा निर्णयको अप्ठेरोमा पर्छन युवाहरु । विवाह, क्यारियर, अध्ययनक्षेत्र छनौट, यौनसाथी, उमङ्ग र उन्माद सबैकुरा यही बेला देखा पर्छन् यस उमेरका युवाहरुमा ।  साँच्चि भन्ने हो भने, जीवनबोध गर्ने,...