Posts

Showing posts from February, 2019

कसरी पाउने आफूले चाहेजस्तो काम ?

Image
गाउँबाट सहर पसेर रोजगारीको खोजी गर्ने व्यक्ति होस् वा विश्वविद्यालयबाट स्नातक उत्तीर्ण गरेको स्नातक, कुनै  सीपमा दक्ष भएको व्यावसायिक व्यक्ति होस् वा पेसा व्यवसाय शुरु गर्ने अवसर खोजिरहेको साधारण मानिस, सबै आआफ्नो इच्छाअनुसारको काममा संलग्न हुन चाहन्छन् । विदेशमा गएर पनि आफूले चाहेजस्तो काम नै गर्न चाहन्छन् । आफैँले चाहे जस्तो भइदेओस् भन्ने सबैको चाहना हुन्छ, तर कतिपयले त्यस्तो काम पाएर पनि आफूलाई योग्य साबित गर्न सक्तैनन् । आफूले चाहेको काम प्राप्त गर्ने कसरी ? केही सूत्रहरू:  १. सर्वप्रथम आफूले काम गर्न चाहेको काम वा पेसा पत्ता लगाउनुहोस् । बजारमा आफूले चाहे जस्तो काम पाउने सम्भावना छ, छैन खोजी गर्नुहोस् । त्यस्ता संघसंस्था, कार्यालय, काम, उद्यम पहिचान गर्नुहोस् ।  २. आफूले गर्न चाहेको काम मिल्ने संस्था वा कम्पनी चुन्नुहोस् । त्यसमा उपलब्ध काम, अवसर, त्यसमा काम पाउन आवश्यक पर्ने योग्यता, नीतिनियम, भविष्यमा प्रगति र उन्नतिका सम्भावना आदिबारे गहिरो अध्ययन गर्नुहोस् । ३. बुँदा नं. २ मा उल्लिखित कुराहरूको अध्ययन गरिसकेपछि आफूसँग त्यस कामका लागि आवश्यक...