Posts

Showing posts from 2019

भोकमरी, नाकाबन्दी र कृषि

Image
चाणक्य भन्छन्, जुन देशका शासक बेइमान छन्, प्रजाको दुख बुझ्दैनन् त्यो देशलाई बचाउन सकिँदैन । चिनियाँहरू भन्छन्, जुन देशले खाद्यवस्तु आयात गर्छ त्यो देश कुनै न कुनै बेला भोकमरीमा पर्छ । मैले यी दुई भनाइ प्राचीन र आधुनिक सन्दर्भबाट लिएको छु । चाणक्यले राज्य बेइमान भयो भने के हुन्छ त्यसबारे समुद्रगुप्तलाई सम्झाउँदै भनेको वाक्य हो पहिलो अनि दोस्रो चाहिँ चिनीयाँहरुले कृषिलाई कसरी हेरेका छन्, त्यसको के महत्व छ भन्ने देखाउँछ ।  चाणक्यकालीन मगध र अहिलेको नेपाल जुनबेला मगधमा विलासिता, शासकीय लापरवाही, अल्छ्याईं, विलासी शासक, बिकाउ र कमजोर प्रशासन थियो त्यतिबेला चाणक्यले समुद्र गुप्तलाई राजकीय विद्या  र प्रेरणमूलक युद्धकला सिकाएर त्यस देशको गौरव र इज्जत जोगाएका थिए । देशको गौरव बचाएका थिए । चाणक्यको बेलाको मगध र अहिलेको नेपालको अवस्था शासकीय दृष्टिले करिबकरिब उस्तै छ । देशको चिन्ता र चासो गर्नेहरु पाखा परेका छन्, उद्यम मरेको छ, कर्मचारी यन्त्र बिकाऊ भ्रष्ट र नालायक छ, राजनीति बेइमानी, गुटबन्दी र दुराचारको पर्याय बनेको छ । प्रशासनयन्त्र र राजनीतिक नेतृत्व सदाचार र नै...