कुटनीति र राजनीतिः एउटा ‘किङमेकर’को आत्मकथा
कोही मानिस आफ्नो निम्ति काम गर्छन भने कोही चाहिँ अर्काको निम्ति काम गर्नमा औधि रुचि लिन्छन् र सन्तोष मान्छन् । शक्तिमा पुग्न चाहने र शक्तिमा रहेकाहरुसँग घुलमिल भएर विश्वास जित्ने र आपूmले चाहेको काम गराउने शक्ति भएकाहरुलाई नै शायद ‘किङमेकर’ भनिन्छ । भारतीय भूखण्डमा मौर्य वंशको शासनकालका चाणक्य असाध्यै कुसल ‘किङमेकर’ मानिन्छन् । आपूm ब्राह्मण भएकाले युद्धकलामा होमिएर मौर्य वंशको गौरव रक्षा गर्न उपयुक्त नहुने भए पनि त्यसका लागि उपयुक्त पात्र समुद्र गुप्त मार्फत् आपूmले चाहेको काम गर्ने कुसल रणनीति र कुटनीति अपनाएर तत्कालीन भारतको गौरव जोगाउन सफल भएकाले अहिले पनि कुटनीति, राज्य र जातीय गौरवको उच्च आदर्श मानिन्छ चाणक्यलाई । उनले लागू गरेका कतिपय राजनीतिक समाधान र कुटनीतिका प्रयासहरु अहिले पनि उत्तिकै सान्दर्भिक मानिन्छन् । इतिहासका कालखण्डमा अनेक ठाउँमा यस्ता मानिसहरु जन्मे र कैयौँ मानिसलाई आफ्नो ज्ञान र क्षमता प्रयोग गरेर अरु मार्फत् आपूmले चाहेको काम गराउन सफल भए । तिनका अनुभवले अहिले पनि मानव जाति लाभान्वित भइरहेको छ । भारतका लाल बहादुर शास्त्री र इन्दिरा गान्धीलाई त्यो ओहद...