Posts

Showing posts from 2018

कुटनीति र राजनीतिः एउटा ‘किङमेकर’को आत्मकथा

Image
कोही मानिस आफ्नो निम्ति काम गर्छन भने कोही चाहिँ अर्काको निम्ति काम गर्नमा औधि रुचि लिन्छन् र सन्तोष मान्छन् । शक्तिमा पुग्न चाहने र शक्तिमा रहेकाहरुसँग घुलमिल भएर विश्वास जित्ने र आपूmले चाहेको काम गराउने शक्ति भएकाहरुलाई नै शायद ‘किङमेकर’ भनिन्छ । भारतीय भूखण्डमा मौर्य वंशको शासनकालका चाणक्य असाध्यै कुसल ‘किङमेकर’ मानिन्छन् । आपूm ब्राह्मण भएकाले युद्धकलामा होमिएर मौर्य वंशको गौरव रक्षा गर्न उपयुक्त नहुने भए पनि त्यसका लागि उपयुक्त पात्र समुद्र गुप्त मार्फत् आपूmले चाहेको काम गर्ने कुसल रणनीति र कुटनीति अपनाएर तत्कालीन भारतको गौरव जोगाउन सफल भएकाले अहिले पनि कुटनीति, राज्य र जातीय गौरवको उच्च आदर्श मानिन्छ चाणक्यलाई । उनले लागू गरेका कतिपय राजनीतिक समाधान र कुटनीतिका प्रयासहरु अहिले पनि उत्तिकै सान्दर्भिक मानिन्छन् ।  इतिहासका कालखण्डमा अनेक ठाउँमा यस्ता मानिसहरु जन्मे र कैयौँ मानिसलाई आफ्नो ज्ञान र क्षमता प्रयोग गरेर अरु मार्फत् आपूmले चाहेको काम गराउन सफल भए । तिनका अनुभवले अहिले पनि मानव जाति लाभान्वित भइरहेको छ । भारतका लाल बहादुर शास्त्री र इन्दिरा गान्धीलाई त्यो ओहद...

मेची पुलदेखि गान्तोक बजारसम्म

Image
२५ वर्षअघिको सिक्किम फाल्गुण महिना । जाडो सकिएर गर्मी शुरु हुनै लागेको थियो । तराइमा लाग्ने बिहानी हुस्सु पनि लाग्न छाडेको थियो । गर्मी र जाडोको दोसाँधको मौसम आरामदायक थियो, न गर्मी न जाडो । मैले पहिलो पटक यस्तै मौसमको बेला हो सिक्किमको राजधानी गान्तोक जान पाइला अघि बढाएको । आजभन्दा करिब २५ वर्षअघि, एक जना मित्रको सहयोगमा म त्यो हिमाली भूमिको भ्रमण गर्न तम्तयार भएको थिएँ । प्रकृतिको अनुपम उपहार त्यो राज्य त्यसपछिका दिनमा मेरो अर्को घर बन्यो, समयसमयमा गइरहनुपर्ने, हेरिरहनुपर्ने र त्यहाँ गएर केही दिनको थकाइ मार्नैपर्ने गरी । डेन्जोङको त्यो चुचुरो मेरा लागि आफन्त भइदियो मायालु आतिथ्य र आफन्तभाव पस्केर ।  पहिलो पटक गान्तोक टेक्ता मैले जिब्रो टोकेको थिएँ त्यो शहरको अवस्थिति देखेर । त्यस्तो तारेभीरमा यत्रो शहर ! डेन्जोङ पहाडको चुचुरोमा ठडिएका अग्ला भवनहरुले भरिएको त्यो शहर हेरेर मनमनै सोचेको थिएँ– “यस्तो तारेभीरमा बसेको यो शहर ठूलो पहिरो गयो भने के होला ?”  जबजब त्यो सानो भारतीय हिमाली राज्यमा पाइला टेक्छु मलाई अहिले पनि त्यस्तै लाग्छ । कुन दिन यो शहर पूरै पहिरोमा बग्ला ...

नीतिगत अस्पष्टताको चपेटामा शैक्षिक सहकारीहरु

Image
गणतन्त्र स्थापनापछिको संविधानले सरकार, सहकारी र निजीक्षेत्रलाई आर्थिक विकासको आधार मानेपछि काठमाडौँको बानेश्वर क्षेत्रका केही शिक्षक र अभिभावकहरु मिलेर एउटा शैक्षिक सहकरी स्थापना गर्ने र त्यसबाट एउटा राम्रो विद्यालय र कलेज सञ्चालन गर्ने निर्णय गरे । देशले तीन खम्बे अर्थनीति अपनाइसकेकाले कम्पनी, सार्वजनिक र सहकारी तीनवटै आधारमा शिक्षा क्षेत्र पनि सञ्चालित हुनुपर्छ भन्ने ठानेर उनीहरुले यस्तो निर्णय गरेका थिए । बढ्दो शैक्षिक व्यापारीकरणको विकल्प शैक्षिक सहकारी हुनसक्छन् भन्ने त्यो समूहको ठम्याइ थियो । आशय र दृष्टिकोण दुवै संविधान र राज्यको नीतिअनुरुप नै थिए ।  सहकारी दर्ता गर्न कानून बमोजिम पूरा गर्नुपर्ने विधि र कागजात पुर्याएर उनीहरु डिभिजन सहकारी कार्यालय काठमाडौँ पुगे । सहकारी डिभिजनले शैक्षिक सहकारी दर्ता को व्यवस्था नै नभएकाले आपूmले यस्तो सहकारी दर्ता गर्न नसक्ने जानकारी दियो । संस्थापकहरुले राज्यको तीनखम्बे अर्थनीतिको वकालत शुरु गरे र माथिल्लो निकाय गुहारे । डिभिजन सहकारीले नीतिगत अस्पष्टता भएकाले के कसो गर्ने हो निर्देशन पाऊँ भनेर सहकारी विभागसमक्षा फाइल पठायो । कै...

निर्माण सामग्रीको उत्खनन, दोहन र प्रयोग व्यवस्थित गर सरकार

Image
यो हप्ता सुनकोशी नदीमा भइरहेको बालुवा उत्खखनले निकै धेरै चर्चा पायो । धेरैले यसलाई बालुवा तस्करी भनेर नकारात्मक रुपमा चर्चा गरेको पाइयो । हामीकहाँ निर्माण सामग्रीको उत्खनन, ओसारपसार र प्रयोगको नियमन र अनुगमन नहुँदा जसले जे कुरा जसरी भने पनि हुने अनि निर्माण सामग्री आपूर्तिकर्ता सबै तस्कर, बदमास र हानिकारक हुन् झैँ गरी चित्रण गर्ने गरेको पाइन्छ । निर्माण गर्न केही न केही अनि कहीँ न कहीँ विनाश नगरी हुँदैन । विना विनास सिर्जना हुँदैन कुनै कुरा । तर त्यो व्यवस्थित चाहिँ हुनुपर्छ । दीर्घकालमा मानव हितकारी हुनुपर्छ ।  एउटा तीतो उदाहरण गोदावरी मार्वल जतिबेला सञ्चालनमा थियो त्यसले केहीलार्य रोजगारी दिएको थियो, आयात प्रतिस्थापन गरेको थियो र केही मात्रामा कर पनि तिरेको थियो । तर त्यसलाई संसारै सिध्यायो भनेझैँ गरी एएटा समूह लगातार विरोधमा लागिरह्यो, सरकारले पनि गहिराइमा गएर त्यसको औचित्य अध्ययन गर्न र त्यसको उत्खनन्को पुष्टि गर्न सकेन । करोडौँ अझ अरबौँ रुपियाँ विदेशी ढुंगा किन्नमा खर्च भइरहेको छ अहिले । भएको एउटा मात्र मार्बल उद्योग हल्लाकै भरमा व्यवस्थापनका उपाय अवलम्बन नगरीकन सर...