Posts

Showing posts from November, 2017

‘प्रेमालय’को कक्षामा प्रेमका अनुभूति

Image
‘प्रेमालय’। नामैले कुनै विद्यालयजस्तो, कलेजजस्तो, जहाँ पढ्ने र पढाउने काम हुन्छ । जहाँ केही सिक्ने र सिकाउने काम हुन्छ । आख्यान लेखनमा लागेकाले अर्को आख्यानकारको कृति सार्वजनिक हुने सुन्दा फेसबुके निम्तोकै भरमा म महेन्द्र पुलिस क्लबको हलमा पुगेँ । हलको पृष्ठभागमा घरजस्तो आकृतिमा लेखिएको थियो ‘प्रेमालय’ । पुस्तकको शीर्षक । केही नौजवान नारी–पुरुषको उपस्थिति थियो मञ्चमा जो अतिथी थिए पुस्तक सार्वजनिक गर्न बसेका । म पुग्दा पुस्तकको प्रतिकृया दिने पालो सकिनै लागेको थियो । त्यसैले पुस्तकको विषयबारे पढेकाहरुको प्रतिकृया जान्न पाइएन । केहीको सुनेँ ती पनि पुस्तकै नपढेकाले कनिकुथी केही बोल्दै थिए ।  सबैजसो पुस्तक लोकार्पण÷विमोचनको बिडम्बना नै भन्नुपर्छ, पुस्तकै नपढेकालाई अतिथी बनाएर पुस्तक सार्वजनिक हुन्छन् । यस्तालाई किन कृति विमोचनमा उभ्याउनुपरेको होला ! म मनमनै सोच्दै केहीबेर बसेँ र बाहिर निस्केँ, पुस्तक किनेँ र बाहिरिएँ ।  लेखकका रुपमा मैले आश्विनीजीलाई चिनेको चाहिँ उनले फेसबुक वालमा पोष्ट गरिरहने प्रेमका कथा, उद्धरण, नियम र केही टिप्पणीकै आधारमा हो । युवा लेखक भएकाले य...

उम्मेदवारका गलाबाट फूलहरुको चित्कार

Image
अहिले चुनावको मौसम छ । भोट माग्ने र भोट दिने क्रम चलिरहेको छ, गाउँ, शहर, घर, चोक, बजार सबैतिर । कतिपय उम्मेदवारहरु भोट पाउनेमा ढुक्क छन् त कोही भोट पाउनभन्दा मुख देखाउन पाएकोमा मक्ख छन् । यसपालीको चुनाव अलि अनौठो छ । केही नयाँ र साना पार्टीबाहेक सबैजसो ठूला पार्टीका उम्मेदवारहरु बिहानैदेखि गलाभरि माला भिरेर जनताको घरदैलो धाइरहेका छन् । सभा गर्दा मानिस जम्मा गर्न धौधौ भएपछि यो जुक्ति निकालेर लाज ढाक्तै छन् राजनीतिक मनुवाहरु ।  मलाई पनि थोरबहुत चुनाव त लागेकै छ । म पनि यही धरतीको मनुवा न परेँ । हाम्रो जस्तो असीम राजनीतिक चेतले भरिएको राष्ट्रमा राजनीतिक निरपेक्ष मनुवा पाउनु आइसल्याण्डमा सर्प पाउनु जस्तै हो । सके त स्वर्गधाम पुगिसकेका मृतक पितृहरुलाई पनि चुनावका बेला हाम्रा राजनीतिक मनुवाहरुले पार्टी प्रवेश गराउँथे होला तर त्यस्तो प्रविधि आविष्कार गर्न भ्याएका छैनन् वैज्ञानिक मनुवाहरुले । मेरो विश्वास छ, भविष्यमा यो पृथ्वीमा त्यो दृश्य पनि सम्भव हुनेछ । किनभने यो राजनीतिक आवश्यकता हो मेरो देशको ।  यसपालीको राजनीतिक उम्मेदवारी फूलमय छ । उत्सवमय छ । जतततै फूल मालाले ढाकिएका ...