Posts

Showing posts from May, 2017

सुनिलबाबु श्रेष्ठसँग ‘सम्झना–बगैँचा’ चहार्दा

Image
नयाँ ठाउँ, नयाँ वस्तु, नयाँ कामको चाहना राख्नु त्यस्ता ठाउँ घुम्नु, हेर्नु र त्यसबाट केही सिक्नु, आनन्दित हुनु अनि स्मृतिमा सँगालेर त्यसका कथा सुनाउनु शायद मानिसले आदि कालदेखि नै गर्दै आएको काम हो । हामीमध्ये कैयौँले देश–विदेशका रमाइला ठाउँहरु घुमेका हौँला, नयाँ वस्तु र कामबारे जानकारी हासिल गरेका हौँला तर कतिले ती नयाँ र कामलाग्दा अनुभवलाई लिपीबद्ध गर्ने गरेका छौँ ? शायद प्रतिशतमा आउँदैन त्यो संख्या । संसार घुमेर आनन्दसँगै जानकारी एकठ्ठा गर्ने र त्यसलाई लिपीबद्ध गरेर अरुलाई पनि जानकारी गराउने, अनुभव, सूचना र ज्ञान बाँड्ने काम साह्रै थोरै मानिसले गरेका छन् र अहिले पनि घुमेर देखेका र भोगेका अनुभव लेखेर संसारलाई जानकारी गराउनेहरु अत्यन्त थोरै छन् ।  संसार घुमेर अनुभव गरेका, देखेका र भोगेका कुराहरु लिपीबद्ध गर्ने अनेक तरिका छन् । कसैले डायरी लेख्छन्, कसैले यात्रा–वृतान्त लेख्छन्, कसैले यात्रा–अनुभव लेख्छन् अनि कतिले त्यसलाई भावनासँग जोडेर नियात्रा लेख्ने गर्छन् । यी सबै यात्रा–वृतान्त नै हुन् वास्तवमा । पाश्चात्य क्षेत्रमा यस्तो लेखन शुरु भएको पाइन्छ इशाको दोस्रो शताब्दीतिर । इ...