Posts

Showing posts from 2017

‘प्रेमालय’को कक्षामा प्रेमका अनुभूति

Image
‘प्रेमालय’। नामैले कुनै विद्यालयजस्तो, कलेजजस्तो, जहाँ पढ्ने र पढाउने काम हुन्छ । जहाँ केही सिक्ने र सिकाउने काम हुन्छ । आख्यान लेखनमा लागेकाले अर्को आख्यानकारको कृति सार्वजनिक हुने सुन्दा फेसबुके निम्तोकै भरमा म महेन्द्र पुलिस क्लबको हलमा पुगेँ । हलको पृष्ठभागमा घरजस्तो आकृतिमा लेखिएको थियो ‘प्रेमालय’ । पुस्तकको शीर्षक । केही नौजवान नारी–पुरुषको उपस्थिति थियो मञ्चमा जो अतिथी थिए पुस्तक सार्वजनिक गर्न बसेका । म पुग्दा पुस्तकको प्रतिकृया दिने पालो सकिनै लागेको थियो । त्यसैले पुस्तकको विषयबारे पढेकाहरुको प्रतिकृया जान्न पाइएन । केहीको सुनेँ ती पनि पुस्तकै नपढेकाले कनिकुथी केही बोल्दै थिए ।  सबैजसो पुस्तक लोकार्पण÷विमोचनको बिडम्बना नै भन्नुपर्छ, पुस्तकै नपढेकालाई अतिथी बनाएर पुस्तक सार्वजनिक हुन्छन् । यस्तालाई किन कृति विमोचनमा उभ्याउनुपरेको होला ! म मनमनै सोच्दै केहीबेर बसेँ र बाहिर निस्केँ, पुस्तक किनेँ र बाहिरिएँ ।  लेखकका रुपमा मैले आश्विनीजीलाई चिनेको चाहिँ उनले फेसबुक वालमा पोष्ट गरिरहने प्रेमका कथा, उद्धरण, नियम र केही टिप्पणीकै आधारमा हो । युवा लेखक भएकाले य...

उम्मेदवारका गलाबाट फूलहरुको चित्कार

Image
अहिले चुनावको मौसम छ । भोट माग्ने र भोट दिने क्रम चलिरहेको छ, गाउँ, शहर, घर, चोक, बजार सबैतिर । कतिपय उम्मेदवारहरु भोट पाउनेमा ढुक्क छन् त कोही भोट पाउनभन्दा मुख देखाउन पाएकोमा मक्ख छन् । यसपालीको चुनाव अलि अनौठो छ । केही नयाँ र साना पार्टीबाहेक सबैजसो ठूला पार्टीका उम्मेदवारहरु बिहानैदेखि गलाभरि माला भिरेर जनताको घरदैलो धाइरहेका छन् । सभा गर्दा मानिस जम्मा गर्न धौधौ भएपछि यो जुक्ति निकालेर लाज ढाक्तै छन् राजनीतिक मनुवाहरु ।  मलाई पनि थोरबहुत चुनाव त लागेकै छ । म पनि यही धरतीको मनुवा न परेँ । हाम्रो जस्तो असीम राजनीतिक चेतले भरिएको राष्ट्रमा राजनीतिक निरपेक्ष मनुवा पाउनु आइसल्याण्डमा सर्प पाउनु जस्तै हो । सके त स्वर्गधाम पुगिसकेका मृतक पितृहरुलाई पनि चुनावका बेला हाम्रा राजनीतिक मनुवाहरुले पार्टी प्रवेश गराउँथे होला तर त्यस्तो प्रविधि आविष्कार गर्न भ्याएका छैनन् वैज्ञानिक मनुवाहरुले । मेरो विश्वास छ, भविष्यमा यो पृथ्वीमा त्यो दृश्य पनि सम्भव हुनेछ । किनभने यो राजनीतिक आवश्यकता हो मेरो देशको ।  यसपालीको राजनीतिक उम्मेदवारी फूलमय छ । उत्सवमय छ । जतततै फूल मालाले ढाकिएका ...

स्थानीय सरकार र सहकारी संस्था

हालै भएको स्थानीय तहको निर्वाचनपछि स्थानीय सरकारले सहकारी संस्थाहरुको सञ्चालन र नियमन बारे छलफल चलाउन थालेको छ । कतिपय स्थानीय तहले सहकारी सम्बन्धी नीति बनाउने काम सुरु गरेका छन् । आम मानिसको बुझाइमा सहकारी संस्था बचत गर्ने र ऋण लिने संस्था हुन् भन्ने बुझाइ छ । यसो हुनुमा शहरका सहकारी संस्थाहरुको भूमिका छ । अबका दिनमा सहकारीलाई कसरी उद्यम विकासको अङ्ग बनाउने ? वित्तीय स्रोत परिचालनको साथसाथै स्थानीय उद्यमशीलता विकासमा यसलाई जोड्न विगतका कस्ता कुरा सच्याउनु पर्ला ? अहिले यसमा बहस जरुरी छ ।   विगतका कमजोरीबाट सिकौँ कुनै समयमा म काठमाडौँ उपत्यकाभित्रका निकैवटा सहकारी संस्थाहरुको वैतनिक परामर्शदाता थिएँ । खासगरी बचत तथा ऋण सहकारी संस्थाहरुको बचत तथा ऋणको लेखाको ढाँचा तयार पारिदिनू, त्यसलाई अनुगमन गर्नु, कर्मचारी छनोट गर्नु र तिनलाई तालीम दिनु मेरो काम हुन्थ्यो ।  केही समय संस्थाहरुसँग काम गरिसकेपछि ती संस्थाहरुको संचालनका प्रकृयाहरुबारे अन्योल भयो । नियम र कानूनले एकथोक भन्छ, संस्थामा भएको छ अर्कै । के गर्ने होला ? यसको कारण र आधारबारे कसरी प्रस्ट हुने भनेर सोच्दासोच्दै ...

कोशी उच्चबाँध र हाम्रो जल राजनीति

Image
नदी र बाँध  ठूला नदीका बाँधहरु अझ त्यसमा पनि अग्ला बाँधहरु निर्माण गर्दा विवाद नभएका घटनाहरु विरलै होलान् । बाँध भन्नासाथ पानी थुन्नुपर्ने, त्यसले ठूलो क्षेत्र डुबानमा पार्ने, पानीको प्राकृतिक प्रवाह रोक्ने र केही न केही मानवीय गतिविधिमा असर पारिहाल्ने केही नभए पनि वातावरणीय प्रभाव पार्ने भएकाले त्यस्ता बाँध निर्माण गर्दा सञ्चार माध्यम, नागरिक समाज, राजनीतिक क्षेत्र, विषय विज्ञ सबैतिर चल्मलाहट सुरु हुन्छ । नेपालमा ठूला बाँध निर्माणको प्रयास अरुण तेस्रोबाट भएको थियो । तर त्यो आयोजनाप्रति विज्ञ र राजनीतिक तहबाट व्यापक नकारात्मक प्रतिकृया आएपछि बीचैमा स्थगित भयो । परिणामतः नेपाली जनताले दिनमा १८ घण्टासम्म विद्युत भारकटौतीको सामना गर्नुप¥यो ।   संसारका ठूला नदीहरु प्रायः एउटै देशमा मात्र सीमित हुँदैनन् । तिनीहरुको प्रवाह क्षेत्रले एकभन्दा बढी देशलाई प्रभावित पार्छन् । चीन, अमेरिका, ब्राजिल आदि ठूला देशमा धेरै भाग एउटा देशमा र थोरै भाग अर्को देशमा पर्ने भए पनि विश्वका ठूला नदीहरु एकभन्दा बढी देश भएर बग्ने गर्दछन् ।  यस्ता नदीहरुमा बनाइने बाँधमा एउटा देश मात्र ...

दलालीमा अल्झिएको विकास

गत वर्षको यतिबेला म चीनको सुदूरपश्चिमी राज्य सिन्ज्याङमा एउटा अन्तर्राष्ट्रिय जमघटमा भागलिने मौका जु¥यो । कृषि विकास र यान्त्रीकरणमा आआफ्ना देशले गरिहेका प्रयासबारे छलफल गर्ने र देशको अवस्थाबारे प्रस्तुतीको कार्यक्रम थियो । सबैले आ–आफ्ना देशले गरेका कामका बारेमा प्रस्तुतीकरण गरे । आफ्नो देशको अवस्थाका बारेमा उनीहरुको बुझाइ अनुसार व्याख्या गर्ने प्रयास गरे ।   थाइल्याण्डबाट आएकी एक जना प्रोफेसरले सुख्खाग्रस्त क्षेत्रमा सिंचाइ गर्न बनाउन थालिएको एउटा बाँध करिब १५ वर्षदेखि विवादका कारण अलपत्र परेको त्यसको पक्ष र विपक्षमा समुदाय विभाजित भएकाले राज्यले उक्त आयोजना कार्यान्वयन नै गर्न नसकेको उदाहरण पेश गरिन् । उनको भनाइअनुसार त्यसको मुख्य बाधक चाहिँ वातावरणीय इस्यु नै थियो । त्यतिबेला मलाई उनको प्रस्तुतीले त्यति छोएन किनभने हामी त १५ होइन तीसौँ वर्षदेखि एउटै विवादमा अल्झेर विकासलाई पछाडि धकेलीरहेका छौँ । कैयौँ परियोजनाहरु वातावरणलाई असर पार्ने भन्ने नाममा रद्द गरेर अभाव, विकास र पछौटेपनमा अल्झिरहेकै छौँ । एउटा रुख काट्ने कुराले लाखौँ मानिसलाई फाइदा पुग्ने आयोजना अल्झेर बसिरहेको...

स्थानीय तहको विकास योजनामा नयाँ सोचको आवश्यकता

Image
स्थानीय तहमा जनप्रतिनिधिहरुको निर्वाचन नभएको करिब २ दशक बित्न लाग्दा नयाँ संविधान र संरचना अन्तर्गत भर्खरै स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । ‘सिंहदरवार गाउँमा’ भन्ने सन्देशसाथ अधिकांश (तराइका ८ जिल्ला बाहेक) जिल्लाहरुमा स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ । विकास निर्माणमा भागबण्डा र अनियमितताले वाक्क भएका जनताहरु अब त निर्वाचित प्रतिनिधिहरु आए केही हुन्छ कि भनेर आशा र अपेक्षासाथ जनप्रतिनिधिहरुतर्फ आँखा लगाइरहेका छन् । जनताका आशा, आकांक्षा र अपेक्षा बढेका छन् । संविधानले स्थानीय तहको सामान्य ढाँचा र अधिकार क्षेत्र तोकिदिएको छ । त्यसको संचालन सम्बन्धी कानून भने अझै आइसकेको छैन । कतिपय काम कारवाही स्थानीय कानून बनाएर गर्न सकिने भनिए पनि कतिपय कानूनहरु नबनेसम्म केन्द्रीय सरकारको निर्देशन र आदेशले काम चलाउनुपर्ने देखिन्छ । यसरी हेर्दा, जनशक्ति व्यवस्थापन, स्रोत परिचालन, शासन व्यवस्था, न्यायिक प्रणाली आदिको स्थायी ढाँचा आइसक्न अझै केही समय लाग्ने देखिन्छ । जनप्रतिनिधिहरु पनि के गर्ने र कसरी गर्ने ठूलो अलमलमा परेका छन् । यसै सन्दर्भमा प्रस्तुत लेखमा स्थानीय तहमा विकासको ढाँचा...