नारी अस्मिताको खोजी ‘चीरहरण’
केही वर्षदेखि उपन्यास लेखनले गति लिएको छ नेपाली साहित्यमा । थरी–थरीका बिषयवस्तु र प्रयोगमा आधारित उपन्यास प्रकाशित भइरहेका छन् । सामान्य प्रेम कथादेखि मिथकीय बिषयमा कलम चलाइरहेका छन् लेखकहरु । यही मेसोमा एउटा बृहदाकार कृति देखा परेको छ ‘चीरहरण’ । बीश वर्षको कलिलो उमेरमै उपन्यास लेखेर प्रकाशित गरिसकेकी नीलम कार्की निहारिका कविता, कथा र उपन्यास तीनवटै विधामा कलम चलाइसकेकी लेखिका हुन् । यसपटक उनी महाभारतको कथावस्तुमा आधारित बृहदाकार उपन्यास ‘चीरहरण’ लिएर देखापरेकी छिन् । महाभारतलाई अनेक लेखकले अनेक कोणबाट व्याख्या र विश्लेषण गरेर आफ्ना कृति लेखेको पाइन्छ । यो कृति भने महाभारतको कथाभित्र पसेर नारी अस्मिताको खोजी गर्ने उपन्यासको रुपमा आएको छ । आकार र बिषयवस्तु दुवै हिसाबले बृहदाकार उपन्यास ‘चीरहरण’ वर्तमानमा बसेर विगतलाई नियाल्ने नारी–दृष्टिको उपज हो । नारी अस्मिता र अस्तित्वको खोजीमा केन्द्रित प्रस्तुत उपन्यासले विषयवस्तु, चरित्र र परिवेश महाभारतबाट ग्रहण गरेको छ र चरित्रका मनोभावना र चाहनालाई आधुनिक नारीको दृष्टिबाट हेर्ने प्रयास गरिएको छ । किन लेखियो होल...