Posts

Showing posts from 2016

टोपी र टुप्पीले हैरान

म जन्मेहुर्केको गाउँ आम्बोटेमा पछिसम्मै माध्यमिक विद्यालय थिएन । निम्न माध्यमिक विद्यालय मात्र थियो । त्यसपछिको स्कूल पढ्न भने दिनभरिको बाटो हिँडेर या त सिन्धुली माढी (सदरमुकाम) पुग्नुपथ्र्यो या कमलाखुँजको भलुवाही । आफन्तकहाँ बसेर पढने सुविधा र ग्रामीण भेगको स्कूल भएकाले हाम्रो गाँउबाट पढ्न जाने धेरैजसो दाइहरु भलुवाही नै गएर पढने गर्थे ।  एक दिन हजुरबाले भन्नुभयो– “भलुवाही नै पढ् । नजिक पनि छ । आउन जान साथीहरु पनि हुन्छन् ।”   बाले थप्नुभयो – “हाइस्कूल पछि अलि ठूलो पनि हुन्छस् । आफै“ पकाएर खान पनि सक्छस् । त्यसपछि जहाँ हुन्छ जानू ।” घरको सल्लाह यही थियो । म राजी भएँ । कक्षा ७ को परीक्षाफल आएपछि म कक्षा ८ मा पढ्न भलुवाही जाने भएँ । माघ महिनाको पहिलो हप्तामा स्कुल भर्ना हुन हजुरबा र नाति भलुवाही जाने भयौ“ । “माघ लाग्यो । अब स्कूल भर्ना हुन भोलि बिहानै भलुवाही जानुपर्छ । छिटो उठ् नि ! तँ ढिलोसम्म सुत्छस् । भोलि ढिलो नगर् !” हजुरबाले मलाई खर्याउनु भयो । हजुरबाको कुरा ठीकै थियो । जाडोको बेला केटाकेटी उमेरको मान्छे । उठ् नभनी उठ्ने खासै जाँगर चल्दैनथ्योे । गोठमा होस् वा घरमा...

कथाः ज्याकी

Image
अमेरिकाबाट मेकानिकल इन्जिनियरिङमा विद्यावारिधी सकेर भर्खरै फर्केको एउटा खाइलाग्दो थाई इन्जिनियरको अघिल्तिर बसेर परिचय गरिनसक्तै ज्याकीले भनेकी थिई— ‘आइ हेट मेकानिकल लाइफ एण्ड मेकानिकल इन्जिनियर । दे डन्ट ह्याभ लाइफ ।’ म उसको कुरा सुनेर तीन छक परेको थिएँ र मनमनै भनेको थिएँ— ‘कस्ती सोमत नभएकी केटी रहिछे ! अपरिचित विदेशीलाई यसोभन्दा अलि अप्ठ्यारो त मान्नु ।’ ..... बेइजिङ ओलम्पिक स्टेडियम– ‘वर्ड नेष्ट नजिकै होटल सेभेन डेज इनको चौथो तलाबाट म र थाई इन्जिनियर योथा सँगै बसेर चिनीयाँ वास्तुकलाको त्यो अनौठो स्टेडियम नियाल्दै थियौँ, कसैले ढोका ढक्ढक्यायो बाहिरबाट । मैले हत्तपत्त ढोका खोलेँ । ढोका अगाडि फक्रेको पियोनी पूmल जस्तै एउटी चिनीयाँ सुन्दरी मादक मुस्कानमा उभिएकी थिई । उसले मलाई देख्नेबित्तिकै ‘हाई’ भन्दै हात उठाई र कोठाभित्र पस्ने अनुमतिको प्रतिक्षा गरिरही । मैले उसलाई कोठाभित्र आउन इसारा गरेँ, ऊ भित्र पसी । म कोठा बन्द गरौँ कि नगरौँ दोधारमा परेँ । ढोका खुलै छोडेर उसलाई खाटनजिकैको कुर्सीमा बस्न इसारा गरेँ ।  ............ मैले उसलाई त्यसै दिन बिहान खाजा खान बसेको बेला रेष्टुर...

एउटा नयाँ बसोबास स्थलको परिकल्पना

Image
एउटा यस्तो बस्ती, जहाँ निश्चित आचारसंहिता पालन गर्ने मानिसहरु बसोबास गरुन् । मादकपदार्थ प्रतिबन्धित होओस्, लगभग मध्यमस्तरका मानिसहरु होउन्, सामाजिकताको भावना भएका मानिसहरुको बसोबास होओस्, बढी धन हुनेले कम धन हुनेलाई नहेपोस्, बिहानबेलुका भेटघाट गर्ने र भलाकुसारी गर्ने सामुदायिक स्थल होओस्, आआफ्ना रीतिरिवाज मान्नेहरुलाई एक–अर्काले सम्मानको भावले हेरुन्, कसैसँग भएको प्रतिभा देखाउने अवसर समुदायस्तरमा बनिरहोस्, अध्यात्म र विवेकले सबैलाई धेरथोर शासन गरिहोस्, जहाँको वातावरण एउटा आदर्श समाजको वातावरण होओस्, साप्ताहिक रुपमा नसके मासिक रुपमा समुदायको भेटघाट नियमित होओस् । के यस्तो बसोबास स्थलको परिकल्पना सम्भव छ ? तपाईंले सोच्नुभएको छ ? त्यस्तो बस्तीका लागि आवश्यक ठाउँ पाउनुभएको छ ? छ भने हामीलाई पनि सूचना गर्नुहोस् यदि पाउनुभएको छैन तर त्यस्तो ठाउँमा बस्न इच्छुक हुनुहुन्छ भने हामीलाई सम्झनुहोस् । हामी त्यस्तो बस्तीको परिकल्पना लिएर ठाउँ खोज्दै छौँ । यो विशुद्ध सामाजिक योजना हो व्यापारिक योजना होइन ।   हाम्रा केही मापदण्डहरुः स्थानः भक्तपुर वा काठमाडौँ जिल्ला । जग्गाको मूल्य रु. ३ ल...

मण्डेलाको देश जाँदा झण्डै मृत्युलोक

अक्टोबर १ तारिख बिहान करिब ८ बजेतिर दक्षिण अफ्रिकाको जोहानसवर्ग हुँदै डर्बनका लागि उड्नु थियो । नेपालबाट दोहा जाने विमानभन्दा निकै ठूलो विमान हामीलाई उडाउन तम्तयार थियो । करिब ३६० जना यात्रु बोकेर हामी चढेको हवाइजहाज दक्षिण अफ्रिकातिर उड्यो । करिब ८ घण्टा लामो उडान समय आकासमै बिताउनु थियो हामीले ।  अफ्रिका भन्नासाथ हाम्रो मनमा झ्वाट्ट आइहाल्ने बिम्ब हो मरुभूमि अनि कपाल घुंग्रेका काला र मोटा मानिस । म सानो छँदा सोच्थेँ, बालुवैबालुवाको मरुभूमिमा बस्ने अनि असाध्य गर्मी सहने भएरै अफ्रिकीहरु काला भएका होलान् । तर हवाइजहाजबाट जतिजति दक्षिण अफ्रिका नजिकिँदै गयो त्यतित्यति ससाना, नदी, पहाड, हरिया जङ्गल र घाँसे मैदानहरु देखिन थाले । हवाइजहाजबाट देखिने दृश्यहरुमध्ये एउटा अनौठो र अलि भिन्न दृश्य थियो नाङ्लो जस्तो गोलाकार आकारका खेतबारीहरु । कहीँकहीँ भने पूर्णतः आयाताकार खेतहरुका बीचमा ठूलाठूला गोलाकार खेतबारी । त्यस्तो आकारका खेतहरु मैले एसिया र युरोप घुम्दा कहीँ पनि देखेको थिइनँ । त्यसभित्र पानी र जमिन व्यवस्थापनको के कस्तो रहस्य थियो त्यो जान्ने मौका नपाए पनि मलाई ती नाङ्लो आकारका खेतबा...

वायुसेवाले चिनिएको देश

Image
सन् २०१६ को सेप्टेम्बर महिना । चीन र थाइल्याण्डको करिब एक महिना लामो घुमफिर सकेर घर फर्केको भोलिपल्ट बिहानै साथी इन्द्रदेव मिश्रले फोन गरेर भने– ‘दक्षिण अफ्रिकाको डर्बन शहरमा हुने विश्व ट्रेड युनियन महासंघको विश्व–भेलाको लागि निमन्त्रणा आएको छ, टिकट बुक गरिसकियो, अब भिसाको लागि पासपोर्ट श्रीलंका पठाउनुपर्ने छ, आजै पासपोर्ट लिएर मेरो अफिसमा आउनुहोला । हामी तपाईंलाई नै कुरिरहेका छौँ ।’  एक महिना लामो विदेश यात्राको थकाइ मर्न नपाउँदै फेरि के विदेश लाग्नु ! शरीर थकाइले थिलथिलो भएको थियो, मन पनि एक तमासको । धेरै दिनपछि घरमा आइपुगेको, थकाइ नमर्दै फेरि विदेश यात्रामा जान अलि असजिलो लाग्यो मलाई । हुनत विदेश यात्रा गर्न पाउँदा पियन गए हुने कार्यक्रममा मन्त्री जाने देशको बासिन्दा हुँ म तर त्यो पनि अवसर नपाउँदाको चाहना मात्रै रहेछ । जुन कुरा सहजै उपलब्ध हुन्छ त्यसमा क्रमशः चाख घट्दै जान्छ मानिसको ।  मलाई पनि लाग्थ्यो, विदेश घुम्नु, त्यसमा पनि लामोलामो हवाइयात्रा गरेर संसारका रमाइला र विकसित देशहरु डुल्न, बुझ्न र घुम्न पाउनु त अहोभाग्य नै हो जीवनको । अवसर आउँदा यस्ता कुरामा दौ...

आहा, त्यो नृत्य !

Image
अगस्त महिनाको २१ तारिख सन् २०१६ । चीनको सिन्ज्याङ विज्ञान तथा प्रविधि केन्द्रको आयोजनामा संचालित आधुनिक कृषि र सिँचाइ प्रविधि बिषयको तीनहप्ते अन्तर्राष्ट्रिय कार्यक्रमको समापन हुँदै थियो भोलिपल्ट । अघिल्लो दिन आयोजक समूहका सदस्य मिस्टर लीले दिउँसोको खाना खाँदै गर्दा सूचना गरे– ‘आज बेलुका ठीक सात बजे हामी होटलबाहिर निस्कने छौँ, सबै जना तयार भएर लबीमा आउनु होला ।’  भोलिपल्ट करिब तीन हप्ताको सिन्ज्याङको सेहेजी बसाइ र घुमफिर सकिँदै थियो । त्यो सुन्दर सेहेजी शहरले हामीलाई कताकता मोहनी लगाएछ क्यार विदाइको पीडाले अलि गह्रौँ भएको थियो सबैको मन । विदाइ स्मरणीय बनाउनमा साह्रै खप्पिस मानिन्छन् चिनीयाँहरु । विदाइ उत्सव मनाउन सबै सहभागीहरुलाई शहरभन्दा केही टाढाको रिसोर्टमा लैजाने योजना बनाएका रहेछन् आयोजक समूहले ।  ताजिकिस्तानका सहभागीहरु भन्दै थिए– हामी त बिहानै निस्कन्छौँ, भोलि भेट होला–नहोला अहिले नै वाइ भनिराखौँ है । उता पाकिस्तानी साथीहरु भन्दै थिए भोलि सँगै जान्छौँ हामी पनि । मंगोलियाकी सहभागी कलिली थिइन्, छोरी जस्तै । भन्दै थिइन्, तपाईंहरु नभएको भए मेरो बसाइ यति रमाइलो र स्म...

मरुभूमि गुल्जार गर्दै चीन

Image
मरुभूमि शब्द सुन्नासाथ हाम्रो मनमा कस्तो शब्दचित्र आउला ? स्वाभाविक छ, बञ्जर, रुखो, हरियालीरहित, सुख्खा हावा चल्ने, मानवबस्तीविहीन भूभाग, जहाँ मानव जीवनका लागि आवश्यक पर्ने प्राकृतिक वातावरण पाउन कठिन छ । तर त्यसको ठीक विपरित त्यही मरुभूमि गुल्जार गरेर संसारलाई नै आश्चर्यमा पार्ने गरी खेतीपाती, औद्योगिक विकास अनि मानव विकास सूचकांकमा निकै अगाडि रहेको भौतिक र सामाजिक विकाससहितको मानव बस्ती र संरचनाहरु मरुभूमिमा देखिए भने तपाईंहामीलाई लाग्छ, यो त आश्चर्य नै हो, कसरी गरेहोलान् यस्तो काम ? यही आश्चर्य र विस्मयले भरिएको यात्रा रह्यो यस पटकको मेरो चीनयात्रा ।  चीनका अपेक्षकृत विकसित र उन्नत मानिने पूर्वी र मध्यचीनका धेरै भूभाग घुम्ने र बुझ्ने अवसर पाइसकेकाले यस पटकको मेरो रोजाइ रह्यो चीनको उत्तर–पश्चिमी प्रान्त सिन्ज्याङ–उइघुर स्वायत्त क्षेत्र । दक्षिणमा चीनकै तिब्बत स्वायत्त क्षेत्र, पूर्वमा निङजिया र गान्सु प्रदेश अनि मंगोलिया, पश्चिममा पाकिस्तान, ताजिकिस्तान, कजाकस्तान र किर्गिजिस्तानबाट घेरिएको यो प्रान्त करिब १६ लाख वर्ग किलोमिटमा फैलिएको छ । कूल चीनियाँ भूभागको ६ प्रतिशत भूभाग...

नारी अस्मिताको खोजी ‘चीरहरण’

Image
केही वर्षदेखि उपन्यास लेखनले गति लिएको छ नेपाली साहित्यमा । थरी–थरीका बिषयवस्तु र प्रयोगमा आधारित उपन्यास प्रकाशित भइरहेका छन् । सामान्य प्रेम कथादेखि मिथकीय बिषयमा कलम चलाइरहेका छन् लेखकहरु । यही मेसोमा एउटा बृहदाकार कृति देखा परेको छ ‘चीरहरण’ ।   बीश वर्षको कलिलो उमेरमै उपन्यास लेखेर प्रकाशित गरिसकेकी नीलम कार्की निहारिका कविता, कथा र उपन्यास तीनवटै विधामा कलम चलाइसकेकी लेखिका हुन् । यसपटक उनी महाभारतको कथावस्तुमा आधारित बृहदाकार उपन्यास ‘चीरहरण’ लिएर देखापरेकी छिन् । महाभारतलाई अनेक लेखकले अनेक कोणबाट व्याख्या र विश्लेषण गरेर आफ्ना कृति लेखेको पाइन्छ । यो कृति भने महाभारतको कथाभित्र पसेर नारी अस्मिताको खोजी गर्ने उपन्यासको रुपमा आएको छ ।  आकार र बिषयवस्तु दुवै हिसाबले बृहदाकार उपन्यास ‘चीरहरण’ वर्तमानमा बसेर विगतलाई नियाल्ने नारी–दृष्टिको उपज हो । नारी अस्मिता र अस्तित्वको खोजीमा केन्द्रित प्रस्तुत उपन्यासले विषयवस्तु, चरित्र र परिवेश महाभारतबाट ग्रहण गरेको छ र चरित्रका मनोभावना र चाहनालाई आधुनिक नारीको दृष्टिबाट हेर्ने प्रयास गरिएको छ ।  किन लेखियो होल...

सन्तवीरको स्वप्ननगर

Image
सन्तवीर दमाईको आर्थिक अवस्था तीन पुस्तादेखि जस्ताको तस्तै थियो । उसको आर्थिक अवस्थामा तीन पुस्तासम्म पनि कुनै सुधार भएन । साहुकहाँ बनिबुतो गरेरै आजसम्म उसले जीवन धानेको थियो । त्यसैका भरमा उसले विहा गर्यो, बाबुआमालाई पालनपोषण गर्यो । दुईटा छोराछोरी पनि जन्मायो, तर के भएर हो तिनीहरु सानैमा खसे । केही दिन शोक पनि मनायो । तर, जीवन पाल्ने चटारोमा उसले ती छोराछोरी मरेको पनि राम्रो भयो कि नराम्रो भयो खासै विचार गरेन । हुर्के–बढेका भए पनि भार नै हुन्थ्यो कि घरपरिवार गुल्जार हुन्थ्यो उसले त्यसलाई खासै समय दिएर विचार गनुपर्ने ठानेन ।  सम्पत्तीको नाममा खरको एउटा छाप्रो र आफ्ना दुई पाखुरा मात्र थिए सन्तवीरसँग । छाप्रो पनि साहुकै बारीमा हालेको थियो । साहुको दयामायामा थियो उसको बास । साहुले कहिले छोड्न आदेश दिने हुन् कुनै ठेगान थिएन । उसकी श्रीमती पुतलीले एक दिन बेलुका अगेनाको डिलमा बसेर आगो ताप्दै गर्दा गुनासो गरी– ‘हेर बुढा, अब बुढेसकाल लाग्न थाल्यो, यसरी हुँदैन । तीन पुस्ता यही छाप्रोमा बित्यो । यो छाप्रो हालेको घडेरी पनि आफ्नो नाममा छैन । कहिले साहुका छोराले उठिबास लाउने हुन् भन्न सकि...