योगः शरीर, मन र चेतनाको मिलन
यस वर्षदेखि संयुक्त राष्ट्र संघले विश्व योग दिवस मनाउने निर्णय गरेको छ । संसारभर योगका विविध आयामबारे चर्चा परिचर्चा भइरहेका छन् । शास्त्र, प्रचलन, आध्यात्मिक सबै कोणबाट चर्चा चलिरहेका छन् । संचार माध्यमहरु पनि त्यसबाट अछुतो हुन सक्ने कुरै भएन । रेडियो, टिभी देखि पत्रपत्रिकासम्ममा योगबारेका चर्चा सुन्न, हेर्न र देख्न पाइएको छ । योगको साधना गर्ने र अध्ययन गर्नेहरुका लागि यो एउटा अवसर पनि हो र गौरव पनि । संसारभर चाहे शरीर घटाउन होस् वा तरोताजा हुन वा तनाव व्यवस्थापन गर्न योग एउटा उपाय हो भन्ने मान्यता स्थापित हुँदै गएको छ । शरीरको मोटाइ घटाउन, रोग हटाउन अनि तनाव व्यवस्थापन गर्नका लागि शरीरलाई आकार र भाव भंगीमामा तन्काउनु, मोड्नु, बटार्नु र श्वास तान्ने र छाड्ने विभिन्न कलाको प्रयोग गर्नु नै योग हो भन्ने बुझाइ छ आम मानिसमा । संक्षेपमा भन्दा योगासन र प्राणायम नै योग का पर्याय भएका छन् । खास गरी भारतमा योग गुरु रामदेवले स्वास्थ्य रक्षाका लागि योग अभियानलाई तीव्र बनाएपछि संसारभर योगले पुनः चर्चा पायो । हाम्रो देशका कुनाकुनामा पनि टेलिभिजन हेरेर वा रामदेवको अभियानमा...