अवसर खोज्ने होइन चिन्न सिकौँ
‘हाम्रो देशमा अवसर छैन, अवसर नभएपछि पलायन अनिवार्य छ । त्यसैले विदेश जानेको लर्को यति ठूलो छ’, प्रायःजसो मानिसहरूले यही भनेको सुनिन्छ । यही भनाइ सुन्दा–सुन्दा हामीलाई पनि लागेको हुन सक्छ, वास्तवमा अवसर नै छैन, त्यसैले मानिसहरू विदेश जा न तँछाडमछाड गरेर लागिरहेका छन् । यसो भन्ने र यस्तो बुझ्ने दुवै थरीलाई म फेरि एक पटक ‘परिवर्तनकारी जीवनदृष्टि’ पुस्तकको तेस्रो अध्यायमा उल्लिखित अदुवा र अम्रिसो लगाउने किसानहरूको कथा पढ्न आग्रह गर्छु । र, बजारमा सेल्सम्यान, एकाउन्टेन्ट, अफिस असिसटेन्टको विज्ञापनमा ध्यान दिन अनुरोध गर्छु । हाम्रो देशमा प्रमाणपत्रधारीहरू धेरै भए पनि साँच्चै काम पाउँदा सक्षमताका साथ काम गर्न सक्ने सीप र भावना भएका जनशक्तिको अभाव छ । श्रम बजारमा आउनेभन्दा बढी जनशक्ति विद्यार्थी र कामदारका रूपमा विदेसिएका देखिन्छन् । के अवसर नभएरै हो यसो भएको ? के हमीले साँच्चै यहाँभन्दा बढी कमाइ हुने राम्रा काम पाइरहेका छौँ, विदेशमा ? के यहाँको भन्दा राम्रो शिक्षाका लागि विदेसिएका हुन् विद्यार्थीहरू ? गहिरो गरी सोच्ने हो भने यसको उत्तर सकारात्मक पाउन मुस्किलै होला । एकदुईले पाएका राम्रा ...