Posts

Showing posts from March, 2015

काठको पाटीमा धुलौटे अक्षर

एक कक्षामा धेरै साथीहरु थिएनन् । १५।१६ जना थियौ“ । सबैजना कालोपाटी वा स्लेट अनि खरी (चक) लिएर स्कूल आउँथे । लामो फित्ता भएको पछाडि बोक्न मिल्ने झोला हुन्थ्यो सबैसँग । काँधमा फित्ताभिरेर बोक्ता लत्रक्क तलसम्म झुण्डिने । झोलाको मुख बन्द गर्ने चेन, बटन केही हँुदैनथ्यो । भएका १।२ वटा किताब त्यही खुल्ला मुख भएको झोलामा हालेर बोक्ने गर्थे सबै विद्यार्थीहरु । घुमन्ते पर्यटकहरु पनि बाहिरफेरो हिँड्दा पनि त्यस्तै झोला बोक्थे । बजार गइरहनेहरुले बुट्टा भएको रंगीन झोला किनेर ल्याउँथे । बजारतिर नजानेहरुले गाउँमै पाइने खाँडीका कपडा किनेर स्थानीय दमाइहरुलाई सिलाउन लगाउँथे । अलि ठूला दाइदिदीहरु छड्के पारेर बोक्थे । हामी स–साना चाहिँ पछाडि डोको बोकेजस्तै गरी झोला बोक्थ्यौ“ । त्यस झोलामा प्रायः एउटा कालो पाटी वा सिलोट, अनि १ वा २ वटा किताब हुन्थे । बोक्न सक्नेले पाटी हातमा बोक्थे, नसक्नेले त्यही झोलामा हालेर बोक्थे । मसँंग शुरुमा न झोला थियो न स्लेट । एउटा किताब मात्रै थियो । स्कूल जान थालेपछि हजुरबाले आफूले जानेका र चिनेका अक्षर र अंकहरु मलाई लेख्न सिकाउन शुरु गर्नुभयो । फुर्सतको बेला पाउँना साथ दल...