सेवा बिक्रीको कला
बिक्री भन्नासाथ हाम्रो मनमा के आउँछ ? कुनै सामान र बिक्रेता । बिक्रीको कला सामान बेच्ने मानिसका लागि मात्र आवश्यक हुन्छ भन्ने हामीलाई लाग्छ । सेवा पनि बिक्रीको बिषय हो भन्ने लाग्दैन । तर संसारमा ख्याति कमाएका धनाढ्य व्यापारी हुन् वा विद्वान् व्यक्ति, प्राध्यापनमा लागेका हुन् वा कुनै सेवामा, सीपयुक्त मानिस होस् वा सामान्य कर्मचारी सबैले केही न केही सेवा बेचेर त्यसबाट आर्जिक धनबाट आफ्नो जीवन चलाइरहेका हुन्छन् । प्रसिद्ध लेखक शिव खेरा ‘बिक्रीको कला’ सम्बन्धी पुस्तक सार्वजनिक समारोहमा आफ्नो पुस्तकबारे पत्रकारहरूलाई बताउँदै थिए । एक जना पत्रकारले सोधेछन्— “यो पुस्तक त बिक्रेताको काम गर्नेहरूका लागि लेखिएको रहेछ । यसमा हाम्रो लागि के छ ?” शिव खेराले हाँसेर प्रश्नैबाट उत्तर दिएछन्— “के तपाईं पनि आफ्नो लेखन कला दैनिकरूपमा बेचिरहनुभएको छैन ?” उनको जवाफ सुनेर पत्रकार छक्क परेछन् । उनले थप्दै भनेछन्— “चाहे डाक्टर होस् वा प्राध्यापक, व्यवस्थापक होस् वा वकिल, सिकर्मी, डकर्मी होस् वा सरकारी सेवामा काम गर्ने कर्मचारी, पत्रकार होस् वा परामर्शदाता, सबैले आआफ्नो प्रतिभा, सीप वा बुद्धि नै...