Posts

Showing posts from 2015

योगः शरीर, मन र चेतनाको मिलन

Image
यस वर्षदेखि संयुक्त राष्ट्र संघले विश्व योग दिवस मनाउने निर्णय गरेको छ । संसारभर योगका विविध आयामबारे चर्चा परिचर्चा भइरहेका छन् । शास्त्र, प्रचलन, आध्यात्मिक सबै कोणबाट चर्चा चलिरहेका छन् । संचार माध्यमहरु पनि त्यसबाट अछुतो हुन सक्ने कुरै भएन । रेडियो, टिभी देखि पत्रपत्रिकासम्ममा योगबारेका चर्चा सुन्न, हेर्न र देख्न पाइएको छ । योगको साधना गर्ने र अध्ययन गर्नेहरुका लागि यो एउटा अवसर पनि हो र गौरव पनि ।  संसारभर चाहे शरीर घटाउन होस् वा तरोताजा हुन वा तनाव व्यवस्थापन गर्न योग एउटा उपाय हो भन्ने मान्यता स्थापित हुँदै गएको छ । शरीरको मोटाइ घटाउन, रोग हटाउन अनि तनाव व्यवस्थापन गर्नका लागि शरीरलाई  आकार र भाव भंगीमामा तन्काउनु, मोड्नु, बटार्नु र श्वास तान्ने र छाड्ने विभिन्न कलाको प्रयोग गर्नु नै योग हो भन्ने बुझाइ छ आम मानिसमा । संक्षेपमा भन्दा योगासन र प्राणायम नै योग का पर्याय भएका छन् ।  खास गरी भारतमा योग गुरु रामदेवले स्वास्थ्य रक्षाका लागि योग अभियानलाई तीव्र बनाएपछि संसारभर योगले पुनः चर्चा पायो । हाम्रो देशका कुनाकुनामा पनि टेलिभिजन हेरेर वा रामदेवको अभियानमा...

चिनियाँ चियाः सत्कारदेखि सत्यसम्म

Image
चिया भन्नासाथ हाम्रो दिमागमा आउँछ, खास किसिमको वासना भएको कालो वा खैरो रंगको दानादार वा धुलो वस्तु जसलाई दूध, चिनी र पानीको घोलमा मिसाएर उमाल्ने र कप वा गिलासमा हालेर पिउने गरिन्छ । पाहुनालाई तत्काल सत्कार गर्न होओस् वा बिहानबेलुका तरोताजा हुन प्रायजसो घर, अफिस र कार्यालयमा चिया हाम्रो जीवनको एक हिस्सा नै बनिसकिेको छ । कोही आफन्तकहाँ जानुभयो वा कुनै कार्यालयमा भेटघाटका लागि जानुभयो भने स्वागत र सत्कारका लागि प्रयोग गरिने बहुप्रचलित पेयमा पर्दछ चिया । तर हामीले खाने गरेको चिया के मानव स्वास्थ्यका लागि हितकर छ ? के यसमा शरीरलाई चाहिने गुणकारी तत्वहरु हुन्छन् ? यसको प्रयोगबाट हुने फाइदा हामीले लिन सकेका छौँ ? यस्ता प्रश्नमा गहिरिएर हेर्यो भने चाहिँ शायद सकारात्मक जवाफ पाउन गाह्रै होला । यसै वर्षको अक्टोवर ८ देखि २८ सम्म चीन सरकारद्वारा फुजियान प्रान्तको झाङझाउ विज्ञान तथा प्रविधि कलेजमा आयोजित कार्यक्रममा नेपालबाट तीन जनाको टोली सहभागी थियो त्यसमा एक जना सदस्य थिएँ म पनि । अन्य दुई जना थिए चिया उद्यममा लागेका साथीहरु । भारतीय नाकाबन्दीले गर्दा चाइना साउदर्नले नेपालमा हुने उडान रद्द...

सहज स्वीकृति, तनावबाट उन्मुक्ति

Image
गत महिना भुकम्पपछिको तनाव कसरी कम गर्ने भन्ने बारेमा मनोपरामर्श कार्यक्रम चलाउँदै गर्दा एक जना सहभागीले गरेको प्रश्नले मेरो मनमस्तिष्क हल्लाइदियो । उनको प्रश्न मेरो मानसपटलमा अझै घुमिरहेको छ । घरिघरि त्यसले झस्काइरहन्छ मलाई । यति भनेपछि तपाईंलाई जिज्ञाशा भयो होला के थियो त ती सहभागीको प्रश्न ? किन त्यसरी झक्झक्याइरह्यो एक महिना बितिसक्ता पनि ? प्रश्न निकै असामान्य हुनुपर्छ । तर यथार्थ त्यस्तो होइन । प्रश्न अति नै सामान्य र अबोध किसिमको थियो । सोध्ने मानिस पनि कुनै बौद्धिक मानिस थिएनन् । उनी थिए साधारण किसान । निकैबेर मेरो कुरा सुनेपछि उनको मनमा उठेको जिज्ञाशा थियो त्यो ।  उनले मलाई सोधेका थिए– “भुकम्प गयो । घर ढल्यो । आफन्त मरे । सम्पत्ती सकियो । घटना त सकियो तर मन भने अझै हल्लिाराको छ । घर हल्लिनुभन्दा मनि मन हल्लिनु चाहिँ सारो रछ । कसरी मन बुझाउने त्यो चै बताइ दिनुपरो ।” यति थाहा पाएपछि तपाईंलाई फेरि जिज्ञाशा लाग्नसक्छ– तनाव र यो प्रश्नको के सम्बन्ध ? आउनुहोस् यसबारे अलि विस्तारमा चर्चा गरौँ । ........... हाम्रो दैनिक जीवनमा अनेक घटनाहरु घट्छन् । कुनै घटना हामीले सो...

नयाँ सङ्कल्पसाथ सुरु गरौँ नयाँ वर्ष

Image
कसैको जीवनको गुणस्तर भनेको उसको सङ्कल्प अर्थात् प्रतिबद्धता नै हो । कर्मक्षेत्र जुनसुकै रोजेको भए पनि खास फरक पर्दैन । — (Vince Lambarde) नयाँ वर्ष २०७२ सुरु भएको छ । नजाने तपाईँले कति यस्ता नयाँ वर्ष बिताइसक्नुभयो होला । कैयौँ पटक नयाँ वर्ष लागेपछि अब त यो काम नगरी छाड्दिन भनेर सोच्नु पनि भयो होला त र के तपाईँका ती सोच साकार हुन सके ? सकेनन् भने किन सकेनन् ? आत्मसमीक्षा गर्ने र आफूलाई अझ नयाँ जोश र उत्साहका साथ उचाइतिर अघि बढाउने अवसर हो नयाँ वर्षको सुरुआतको यो बैशाख महिना । कविहरु बसन्तको आगमनमा नयाँ कविता कोर्दैछन्, कलाकारहरु नयाँ जीवनको रंग भर्दैछन्, कोइली र न्याहुल आफ्ना स्वरलहरी तिखार्दै छन्, विरुवाहरु नयाँ पालुवा हालेर फुल्न र फल्न उद्यत छन्, प्रकृति स्वयम् पनि हाँस्न, हसाउँन र सिर्जनाको प्रणयज्वर छर्दै प्रफुल्लित हुँदैछ । तपाईँहामी चाहिँ त्यसबाट किन अछुतो हुने ? आउनुहोस् यो नयाँवर्षको सुरुआत गरौँ केही नयाँ संकल्पका साथ, जसले तपाईलाई जीवनको नयाँ गन्तव्य दिन सक्नेछ ।  नयाँ जीवन बनाउन कस्तो सङ्कल्प लिने ? कस्ता सङ्कल्पले हामीलाई माथि उठाउँछ ? राम्ररी मनन गरौँ । ...

अन्तर्विज्ञानसँग नजोडिएको आजको शिक्षा

Image
यो महिनाको चर्चित दुइटा अपराधका घटनाले मलाई साह्रै मर्माहत बनाए । एउटा केटाले ट्युसन पढ्न जाँदै गरेका दुई जना केटीहरुलाई एसिड छ्याप्यो र सख्त घाइते बनायो, अर्को एउटा केटाले छ वर्षकी कलिली बच्चीलाई बलात्कार गरेर मरणासन्न बनाएर एकान्तमा छोडेर भाग्यो । उपचारका क्रममा बच्चीको मृत्यु  भयो । यी दुवै घटनामा संलग्न अपराधीहरु पढेलेखेका, शिक्षित नै थिए । ती अपराधी अनपढ, सीधासादा मानिस थिएनन् । गाउँका पनि थिएनन् । ती दुवै केटाहरु सहरकै थिए । हामी शिक्षा, संचार, चेतना सबै दृष्टिले सहर र शिक्षितहरुलाई अगाडि देख्छौँ, ठान्छौँ ।  पढेलेखेका, शिक्षित, जान्नेबुझ्नेहरु नै किन समाजमा अनाचार, अपराध र भ्रष्टाचारका बाहक बन्दै गइरहेका छन् ? किन हाम्रा शिक्षितहरुले यस्ता कुरामा चासो दिए ? किन अपराध कर्म खराब हो भन्ने बुझेर पनि आफूलाई सम्हाल्न सकेनन् ? यी प्रश्नहरु पेचिला बन्दैछन् आजको समाजमा । शिक्षा क्षेत्रमा लागेकाहरुका लागि र सरकारका लागि पनि यो सोचनीय बिषय हो । देशलाई अधोगतितिर लैजाने भ्रष्टाचारमा संलग्न भएकाहरुको रेकर्ड पल्टाउने हो भने हावाले उडाउने पुल बनाउनेदेखि पीच गरेको दुई दिनम...

भत्केका बस्ती पुनर्जिवित गर्ने र घर बनाउने सम्बन्धमा

Image
अलि ठण्डा दिमागले सोचौँ । भावनामा आएर काम बन्दैन । अहिले घर निर्माणको बहस चलिरहेको छ । कस्ताकस्ता घर बनाउने भनेर सहयोगी, स्वयंसेवक र सुरक्ष संयन्त्रहरु पनि गाउँमा परिचालित छन् । यति र उति घर बनाइदिने भनेर सामाजिक सञ्जालमा आइरहेका छन् । तर अहिले बनाउने घर होइन आश्रयस्थल हो जहाँ मानिसहरु तत्काल टाउँको लुकाउन सकुन् ।  घर भन्नासाथ मानिसले आफ्नो संस्कार, संस्कृति र आर्थिक गतिविधिको अनुकूलता र प्रतिकूलतासँग गाँसेर हेर्छ । छरछिमेक, परम्परा र संस्कार पनि विचार गर्छ । अहिलेको अवस्थामा सामान्य रुपमा घामपानीबाट बच्ने छाप्रो बनाउन सकिन्छ । स्थानीस्तरमा पाइने सरसामानहरु प्रयोग गरेर अस्थायी आश्रयस्थलहरु बनाउने अभियान चलिरहेको छ । यो ज्यादै सह्राहनीय पनि छ । तर यससँगै हामीले अहिले सोच्नुपर्ने केही कुराहरु छन् बुँदागत रुपमा केही उल्लेख गर्न चाहन्छुः १. हाम्रो भुगोल र बस्तकिा बारेमा यसअघि कुरा उठाउने दुईजना व्यक्ति भए राज्ययन्त्रमा– राजा महेन्छ्र र हर्क गुरुङ । कर्णाली अञ्चलका बस्तीहरु एकीकृत गर्ने र सघन बस्ती बसाउने कुरा ०२७ सालतिर चल्यो । तर त्यसलाई हाम्रो भूमिसम्बन्धी ऐन र प्रचलन अनि स...