Posts

Showing posts from December, 2014

जीवन परिवर्तनका लागि योजना

यथास्थितिमा अल्झिरहेको, तनावयुक्त र प्रगतितिर नलागेको जीवन बाँच्न कसैलाई मन लाग्दैन । सबैलाई आफ्नो जीवन उन्नत, विकसित, सम्मानित, सम्पन्न, सन्तुलित र आनन्दित नै होस् भन्ने लाग्छ । त्यतातिर पाइला बढाएको पनि देखिन्छ, तर किन सफल हुँदैनन् ती मानिसहरू ? यसको रहस्य के हो ? कसरी काम गर्ने त सफल हुनका लागि ? आउनुहोस्, अब यसभित्र प्रवेश गरौँ । एउटा कथाबाट चर्चा सुरु गरौँ ।   योजनाविहीन व्यक्ति कहिल्यै सफल हुँदैन केही वर्षअघिको कुरा हो, म एउटा प्रशिक्षण कार्यक्रम चलाउँदै थिएँ, भर्खर स्नातक उतीर्ण गरेका  युवाहरुका लागि । केही जोसिला युवाहरूको एउटा जमात प्रशिक्षण कार्यक्रममा सहभागी हुन भनेर आयो । कार्यक्रममा सामेल हुनुअघि छोटो कुराकानी भयो उनीहरुसँग । म आफैँ कार्यक्रम संचालन गर्ने मुख्य व्यक्ति भएकाले कुराकानी मैले नै सुरु गरेँ । मैले उनीहरुलाई सोधेँ— “तपाईँहरु जीवनमा के गर्न चाहनुहुन्छ ?” थरिथरिका जवाफ दिए उनीहरुले । कोही राम्रो र आकर्षक जागिर खोज्न चाहन्थे, कोही उद्यमी बनेर धेरै पैसा कमाउन चाहन्थे, कोही समाजसेवाको काम गर्न चाहन्थे, कोही राजनीतिमा लागेर नेता बन्न चाहन्थे कोही गा...