Posts

Showing posts from October, 2014

प्रमाण पत्र नै योग्यता होइन

अहिले अनेक विषयमा स्नातक, स्नातकोत्तर गरेर प्रमाणपत्र लिएका युवाहरुको ठूलो सङ्ख्या बजारमा बेराजगार देखिन्छन् । यसको रोजगारीका अवसर कमजोर हुनु त छँदैछ, यदि अवसर उपलब्ध भयो ने भने पनि त्यसलाई उपयोग गर्न सक्ने क्षमता पनि आजका शिक्षितहरुका कमजोर छ । उनीहरुसँग आफूले सिकेको ज्ञान र सीपलाई व्यावहारिक रूपमा प्रयोग गर्ने कला, त्यसका लागि आवश्यक अनुभव हासिल गर्ने उत्प्रेरणा, मानवीय व्यवहार र सञ्चारसीपको कला पनि निकै कमजोर पाइन्छ  । प्रविधि जानेर र सैद्धान्तिक कुरा जानेर मात्रै आजको बजारमा आफ्नो प्रतिभा बिक्री गरेर जीवनयापन गर्न सकिँदैन । मानवीय व्यवहारको कुशलता काम पाउन र सफल हुन अति नै आवश्यक तत्व हो । यसको अभावमा हामीले न त चाहेको काम पाउन सक्छोँ न त काममा सफल हुन । म यहाँ एउटा अनुभवबाट यस कुरालाई अलि विस्तारमा सम्झाउन चाहन्छु । एक समयमा म काठमाडौँ उपत्यकाभित्रका केही सहकारी संस्थाको परामर्शदाताका रूपमा काम गर्थेँ । संस्थाहरूलाई आवश्यक पर्ने जनशक्ति छनोट गर्ने र तिनलाई लेखा र प्रशासन सम्बन्धी तालिम र परामर्श प्रदान गर्नु मेरो जिम्मेवारी थियो । संस्थाले कर्मचारी चाहियो भनेर विज्ञापन निक...