कृष्ण जन्माष्टमीः आध्यात्मिक अर्थमा कसरी बुझ्ने कृष्ण र कृष्णअष्टमीलाई ?
आज भाद्र कृष्ण अष्टमी । भगवान कृष्णको जन्मजयन्ती देशभर धुमधामका साथ मनाईंदैछ । महिलाहरु व्रत बस्ने, कृष्णमन्दिर गएर भगवान कृष्णको प्रतिमाको दर्शन गर्ने, धूप, बत्ती आदि चढाउने गरिरहेका छन् । के यसको अर्थ र महत्व यतिमै मात्र सीमित छ त ? के हो यो पर्वको निहितार्थ ? यसबारे संक्षिप्तमा चर्चा गर्ने प्रयास गरिनेछ यस आलेखमा । महर्षि कृष्ण द्वैपायन व्यासले श्रीमद्भागवतमा कृष्ण चरित्रको विस्तृत कथा समावेश गरिदिए । कृष्णका बाल्यकाल, किशोर वय र त्यसपछिका कृयाकलापको विस्तृत चित्रण गरियो कृष्ण चरित्रमा । त्यस कथामा आधारित भएर अनेक अरु ग्रन्थहरु रचिए । श्रीकृष्ण चरित्र महाभारत र श्रीमद्भागवतसँगै लेखियो कि अघि वा पछि लेखियो त्यसको किटानी नभए पनि यी दुवै ग्रन्थहरु केही कालको अघिपछिमा सिर्जित भएका होलान् भन्न सकिन्छ । श्रीमद्भागवतको संस्कृत अध्यनका आधारमा हेर्दा त्यसको भाषा लौकिक संस्कृतकोभन्दा जटिल रहेको देखिन्छ । पछिल्लो चरणमा संस्कृतको सरलीकरण भएर लौकिक रुपमा बोलिने संस्कृतको प्रचलनमा आएपछि अरु संस्कृत ग्रन्थहरुको रचना भएको हो कि भन्न्े ठाउँ देखिन्छ । वेद, उपनिषद्, ब्राह्मण र पुराण ग्र...