Posts

Showing posts from 2014

जीवन परिवर्तनका लागि योजना

यथास्थितिमा अल्झिरहेको, तनावयुक्त र प्रगतितिर नलागेको जीवन बाँच्न कसैलाई मन लाग्दैन । सबैलाई आफ्नो जीवन उन्नत, विकसित, सम्मानित, सम्पन्न, सन्तुलित र आनन्दित नै होस् भन्ने लाग्छ । त्यतातिर पाइला बढाएको पनि देखिन्छ, तर किन सफल हुँदैनन् ती मानिसहरू ? यसको रहस्य के हो ? कसरी काम गर्ने त सफल हुनका लागि ? आउनुहोस्, अब यसभित्र प्रवेश गरौँ । एउटा कथाबाट चर्चा सुरु गरौँ ।   योजनाविहीन व्यक्ति कहिल्यै सफल हुँदैन केही वर्षअघिको कुरा हो, म एउटा प्रशिक्षण कार्यक्रम चलाउँदै थिएँ, भर्खर स्नातक उतीर्ण गरेका  युवाहरुका लागि । केही जोसिला युवाहरूको एउटा जमात प्रशिक्षण कार्यक्रममा सहभागी हुन भनेर आयो । कार्यक्रममा सामेल हुनुअघि छोटो कुराकानी भयो उनीहरुसँग । म आफैँ कार्यक्रम संचालन गर्ने मुख्य व्यक्ति भएकाले कुराकानी मैले नै सुरु गरेँ । मैले उनीहरुलाई सोधेँ— “तपाईँहरु जीवनमा के गर्न चाहनुहुन्छ ?” थरिथरिका जवाफ दिए उनीहरुले । कोही राम्रो र आकर्षक जागिर खोज्न चाहन्थे, कोही उद्यमी बनेर धेरै पैसा कमाउन चाहन्थे, कोही समाजसेवाको काम गर्न चाहन्थे, कोही राजनीतिमा लागेर नेता बन्न चाहन्थे कोही गा...

प्रमाण पत्र नै योग्यता होइन

अहिले अनेक विषयमा स्नातक, स्नातकोत्तर गरेर प्रमाणपत्र लिएका युवाहरुको ठूलो सङ्ख्या बजारमा बेराजगार देखिन्छन् । यसको रोजगारीका अवसर कमजोर हुनु त छँदैछ, यदि अवसर उपलब्ध भयो ने भने पनि त्यसलाई उपयोग गर्न सक्ने क्षमता पनि आजका शिक्षितहरुका कमजोर छ । उनीहरुसँग आफूले सिकेको ज्ञान र सीपलाई व्यावहारिक रूपमा प्रयोग गर्ने कला, त्यसका लागि आवश्यक अनुभव हासिल गर्ने उत्प्रेरणा, मानवीय व्यवहार र सञ्चारसीपको कला पनि निकै कमजोर पाइन्छ  । प्रविधि जानेर र सैद्धान्तिक कुरा जानेर मात्रै आजको बजारमा आफ्नो प्रतिभा बिक्री गरेर जीवनयापन गर्न सकिँदैन । मानवीय व्यवहारको कुशलता काम पाउन र सफल हुन अति नै आवश्यक तत्व हो । यसको अभावमा हामीले न त चाहेको काम पाउन सक्छोँ न त काममा सफल हुन । म यहाँ एउटा अनुभवबाट यस कुरालाई अलि विस्तारमा सम्झाउन चाहन्छु । एक समयमा म काठमाडौँ उपत्यकाभित्रका केही सहकारी संस्थाको परामर्शदाताका रूपमा काम गर्थेँ । संस्थाहरूलाई आवश्यक पर्ने जनशक्ति छनोट गर्ने र तिनलाई लेखा र प्रशासन सम्बन्धी तालिम र परामर्श प्रदान गर्नु मेरो जिम्मेवारी थियो । संस्थाले कर्मचारी चाहियो भनेर विज्ञापन निक...

कृष्ण जन्माष्टमीः आध्यात्मिक अर्थमा कसरी बुझ्ने कृष्ण र कृष्णअष्टमीलाई ?

आज भाद्र कृष्ण अष्टमी । भगवान कृष्णको जन्मजयन्ती देशभर धुमधामका साथ मनाईंदैछ । महिलाहरु व्रत बस्ने, कृष्णमन्दिर गएर भगवान कृष्णको प्रतिमाको दर्शन गर्ने, धूप, बत्ती आदि चढाउने गरिरहेका छन् । के यसको अर्थ र महत्व यतिमै मात्र सीमित छ त ? के हो यो पर्वको निहितार्थ ? यसबारे संक्षिप्तमा चर्चा गर्ने प्रयास गरिनेछ यस आलेखमा । महर्षि कृष्ण द्वैपायन व्यासले श्रीमद्भागवतमा कृष्ण चरित्रको विस्तृत कथा समावेश गरिदिए । कृष्णका बाल्यकाल, किशोर वय र त्यसपछिका कृयाकलापको विस्तृत चित्रण गरियो कृष्ण चरित्रमा । त्यस कथामा आधारित भएर अनेक अरु ग्रन्थहरु रचिए । श्रीकृष्ण चरित्र महाभारत र श्रीमद्भागवतसँगै लेखियो कि अघि वा पछि लेखियो त्यसको किटानी नभए पनि यी दुवै ग्रन्थहरु केही कालको अघिपछिमा सिर्जित भएका होलान् भन्न सकिन्छ ।  श्रीमद्भागवतको संस्कृत अध्यनका आधारमा हेर्दा त्यसको भाषा लौकिक संस्कृतकोभन्दा जटिल रहेको देखिन्छ । पछिल्लो चरणमा संस्कृतको सरलीकरण भएर लौकिक रुपमा बोलिने संस्कृतको प्रचलनमा आएपछि अरु संस्कृत ग्रन्थहरुको रचना भएको हो कि भन्न्े ठाउँ देखिन्छ । वेद, उपनिषद्, ब्राह्मण र पुराण ग्र...

राजनीति साधन हो साध्य होइन

क्षेत्रफलका हिसाबले सिङ्गापुर संसारका अति साना देशहरुमा पर्दथ्यो । ईसाको दोस्रो शताब्दीदेखि बसोबास सुरm भएको यो देश सन् १८१९ मा इष्टइन्डिया कम्पनीले आधुनिक सहरको रुपमा विकास गरेको रहेछ । सन् १८२६ मा बेलायती उपनिवेशको रुपमा गएको यो देशलाई दोस्रो विश्वयुद्धमा जापानले कब्जामा लियो । सन् १९६३ मा बेलायती उपनिवेशबाट स्वतन्त्र भएपछि यसले तीव्ररुपमा आर्थिक र सामाजिक विकासको फड्को मा¥यो । प्रतिव्यक्ति आयका दृष्टिले संसारकै तेस्रो, वित्तीय हिसाबले संसारको चौथो ठूलो अर्थतन्त्र रहेको अनि संसारका पा“च व्यस्त बन्दरगाहमध्ये एउटा पथ्र्यो सिङ्गापुर । पूरै देश हाम्रो राजधानी सहर काठमाडौ“ जत्रो मात्रै रहेछ । पहिले–पहिले सिङ्गापुरलाई माझीहरुको देश पनि भनिन्थ्यो रे । ७५ प्रतिशत चिनिया“ मूलका मानिसहरुको बसोबास रहेको यो सानो देश संसारमै तीव्र गतिले आर्थिक र सामाजिक विकास गरेको देश मानि“दोरहेछ । सिङ्गापुर पुगेको भोलिपल्ट त्यहा“का प्रमुख राजनीतिक दलका नेताहरु र विशेषज्ञहरुसँग भेटघाट भयो । भेटघाटका क्रममा हामीले त्यहा“को आर्थिक र सामाजिक विकास कसरी भयो भनेर जिज्ञासा राख्यौ“ । पिपुल्स एक्सन पार्टी सिङ्गापुर...

हराएको विलासपुर

Image
समसामयिक राजनीति र प्रशासनको एउटा विसंगत चित्र, कथामा । विलासराज कार्कीका हजुरबा देशमुख कार्कीले श्री ३ चन्द्र समशेरको बक्सिसबाट नेपालभारत सीमाना नजिकै पर्ने विलासपुरमा रहेको २० बिगाहा जग्गा बिर्ता पाएका थिए । कारण थियो चन्द्र समसेरको इमानदार चाकरी । देशमुख कार्कीको चाकडीबाट साह्रै कृतज्ञ भएका चन्द्र समसेर देश दौडाहामा गएकाबेला धनकुटाका बडाहाकीम सरदार ज्योतिराज पाण्डेलाई आदेश दिएका भरमा देशमुखले त्यो सुन्दर धानखेत उनको नाममा भोगचलन गर्ने गरी पञ्जापत्र पाएका हुन् भनेर गाउँका बुढापाकाले भनेको सुनियो । तिनै देशमुखका नाति विलासराज कार्कीका साथी थिए– धर्मनाथ पौडेल । धर्मनाथ पौडेल जिल्लाको सिडिओ भएर आए । विलासराज कार्की सिडिओ साथीसँग भेट गर्न सिडिओ कार्यालय पुगे । धर्मनाथले बडो खातिरदारी गरेर भलाकुसारी सोधे । विलासराज कार्की धर्मनाथको व्यवहारबाट कृतकृत्य भयो । विलासराज सिडिओकहाँबाट फर्केर आएको तीन दिनपछि गोरखापत्र दैनिकमा अग्रपृष्ठमा एउटा ठूलो आकारको सूचना छापियो । सूचनाको व्यहोरा यस्तो थियोः श्री ३ चन्द समसेरको निगाहले तत्कालीन पूर्व २ नं. र हालको मोरङ जिल्ला अन्तर्गत पर्ने विलासप...

जागिर होइन काम खोजौँ

थाइल्याण्डमा शान्ति अशोक समूहको कम्युन चलाइरहेका एकजना थाइ मित्रले थाइल्याण्ड घुम्न जाँदा भनेको कुराले सधैँजसो मलाई पिरोलिरहन्छ । घरिघरि म उनलाई सम्झन्छु । उनी भन्थे– समृद्धिका लागि मानसिकता चाहिन्छ, अवसर होइन । समृद्ध मानसिकताले अवसर आफैँ सिर्जना गर्छ । हामीसँग धेरै विकल्प छन्, गर्ने संकल्प र जाँगरको मात्रै खाँचो छ ।    मेरो घर नजिकै दुइजना छिमेकी छन् । एकजना किसान अर्का चाहिँ सरकारी उच्च ओहदाका जागिरे । जागिरे साथी कृषिका ठूलै अफिसमा काम गर्छन् । फुर्सदमा उनी बारीमै हुन्छन् । भन्छन्– ‘अहिले म काठमाडौँमा बस्छु । काठमाडौँ आउनु अघि त म त्यै किसानको छोरो हुँ । घरमा काम गरिरहेकै थिएँ । जागिर खाँदैमा काम किन छोड्नु ? खालि जग्गा छ चार आना । तरकारी म आफैँ लगाउँछु । घरका सबै मान्छे बेलाबेलामा श्रमको आनन्द पनि लिन्छौँ । अनेक विषदि मिसिएको तरकारी पनि खानु परेन, पैसा पनि जोगियो । वर्षभरि खाने तरकारीको करिब ७० प्रतिशत तरकारी खानपुग्छ त्यही ४ आनाको तरकारी खेतीले । आफ्नो काम गर्दा सानो त हुँइँदैनरछ । म लेखपढ गर्न पनि भ्याएकै छु । काम छोड्नु पनि पर्दैन । तरकारी खान पनि पाइन्छ । पैसा प...

नयाँ सोचका प्रखर वक्ता

Image
२०४६ सालको राजनीतिक परिवर्तनपछि नेपाली गाउँशहरमा युवा जमातको एउटा पार्टी देखापर्यो । राजनीतिक पहिचान र प्रचारका लागि देशभरि ठूलाठूला भाषणसभाहरु आयोजना गरिए । सबै एक से एक वक्ताहरुको समूह देखियो त्यस पार्टीमा । कोही उखान र टुक्काका पारखी वक्ता थिए, कोही गहिरो राजनीतिक विश्लेषण गर्थे, कोही घर, समाजमा देखापरिरहने संस्कृति र संस्कारका विभिन्न पाटाहरु उघारेर मानिसलाई भाषणले आनन्दित बनाउँथे । त्यो समूह निरन्तर बढ्न थाल्यो । गाउँगाउँमा उनीहरुका कार्यकर्ताहरु संगठनका लागि घुम्न थाले । पार्टीका प्रवक्ता भनेर एउटा प्रखर वक्ता सार्वजनिक भए । हेर्दा सामान्य लाग्ने ती युवा नेताको बोलीमा जुन खालको जादूगरी थियो त्यसले मानिसहरुलाई जादूमय किसिमले तान्न थाल्यो । लाल पार्टीकै एउटा ठूलो समूह थियो त्यो ।   ती युवा नेताले शहरबजारमा गरेका भाषणका टेप र सी.डी.हरु गाउँगाउँमा बज्न थाले । मानिसहरुमा जिज्ञासा पलाउन थाल्यो– ‘यस्तो राम्रो भाषण गर्ने, यति राम्रो बोल्ने नेता को होला ? हेर्न पाए कस्तो हुँदो हो !’ यस्ता कुरा सुनिन थाले । जुनसुकै पार्टीका मानिसहरु किन नहुन् उनको भाषण छ अरे भनेपछि टाढाटाढाबाट मा...