Posts

Showing posts from November, 2013

नेता र नेतृत्व

‘अँ, केइ खास कुरा थिए कि तेरा, ल भन् ।’  लीला दाइले कुरा उक्काउन खोज्दै मतिर फर्केर भने । ‘पैलो कुरा राजनीति भन्या के हो भन्ने त तै“ले था’ पाइस्, हैन त ? राजनीति भन्या देशको शासन चलाउनका लागि आवश्यक पर्ने मुख्य नीति । यस्तो नीति बनाउने र त्यो नीतिअन्सार देशको संविधान, कानुन, नियम, प्रक्रिया, शान्ति, सुरक्षा, विकास, निर्माण सबै काम हुन्छन् । ती सबै कुरा गर्ने भएकाले यल्लाई राजनीति भनियो । यो चलाउनेलाई ‘राजनेता’ भनियो । सामान्य मान्छेले यसलाई नेता भने ।’ लीला दाइ अडिए ।  मैले बीचैमा प्वाक्क सोधेँ– ‘दाइ, राजनीति गर्नेजति सबै राजनेता हुन् त त्यसो भए !’  लीला दाइ झस्के । ‘कुरा अलि गहिरो सोधिस् बाबु, तै“ले । राजनीतिमा लाग्ने सबै ‘राजनेता’ हुँदैनन् । राजनीतिमा लाग्ने कोइ कार्यकर्ता, कोइ भरौटे र कोइ अरौटे हुन्छन् । कोइ–कोइ नेता हुन्छन् । अनि लाखौ“ नेताहरूमध्ये एक जना राजनेता हुन्छ । राजनेता हुन आदर्श, सिद्धान्त र चरित्रको निरन्तरता चाइन्छ । त्यसै हुँदैन । देश हाँक्ने दूरदृष्टि चाइन्छ । त्यल्लाई अड्याउन, सफल पार्न र त्यसका पछि देश र जनातालाई हिँडाउन आफूभित्र सिद्धान्तको ब...

नफेरिएको गरिबी

म एउटा छरितो व्यागमा आफ्ना केही सामानहरू हालेर घरतिर लागेँ । बसबाट गोदार हुँदै पैदल यात्रामा चिसापानी बजारतिर सोझिएँ । बाटोमा कोही साथी भेटिन्छन् कि भनेर यताउता नियालेँ । चिसापानीसम्म कोही पनि भेटिएनन् । चिसापानीमा भेटिन्छन् कि ! आशाले बजारभरि नियालेँ ।  चिसापानी बजार हाम्रो गाउँबाट किनमेल गर्न आउने बजार थियो । कहिलेकाही“ मानिसहरू आवत–जावत गरिरहन्थे । साथी भए भने बाटो काट्न सजिलो हुन्छ । गफ गर्दै हिँड्दा समय बितेको र बाटो काटेको पत्तो हुँदैन । एक्लै हिँड्दा पट्ट्यार लाग्छ । मैले बजार कट्नै लाग्दा फेरि चारैतिर आँखा दौडाएँ । गाउँमा भरिया काम गर्ने माइला दाइ नुनको भारी हालेर मट्टितेलको राम्रो टिन छान्दै गरेको देखेँ  । मैले उनलाई सोधेँ– ‘घर फर्कने बेला भो माइला दाइ ? कि अझै काम बाँकी छ ?’ उनी मलाई देखेर छक्क परे ।  ‘ए, म त कल्ले बोलाउँछ भनेर हेरेको त विवेक बाबु पो र’छ त ! काँबाट बाबु यता ?’ उनलाई म जनकपुर पढ्छु भन्ने थाहा रहेनछ । होस् पनि कसरी ? बिचरालाई कहिले कसको त कहिले कसको भारी बोक्दै ठीक्क छ । गाउँका निम्नवर्गको आर्थिक अवस्था यस्तै हो । यातायातका साधन भेट्न द...

धर्म, राजनीति र मान्छे

दिउँसोको समय । बाले जनकपुर घुम्ने विचार गर्नु भयो । म, बा र विजया जनकपुर घुम्न निस्कियौ“ । भानु चोक, स्टेशन रोड, जनकचोक, धनुष सागर, गंगा सागर, साँघुरो गल्लीको पुरानो बजार अनि जानकी मन्दिर । हामी जानकी मन्दिर अगाडिको सानो पार्कका थकाइ मार्न पस्यौ“ । चारैतिर थरिथरिका फूलहरु फुलिरहेका थिए । केही जोडी केटाकेटीहरु पार्कका छेउछाउमा गुडुल्किएर अँगालोमा बाँधिएका थिए । एउटा जोगी कङ्कड हातमा लिएर सुल्पा तान्दै थियो गाँजा भरेर । एक हुल केटाहरु वरिपरि झुम्मिएका थिए । हामी अप्ठ्यारो मान्दै थकाइ मारिरहेका थियौ“ ।  जानकी मन्दिरको हाम्रो अगाडि थियो । पूर्व भारत टिकमगढकी महहारानी बृष भानु कुमारीले नौलाख खर्च गरेर बनाइ दिएको यो मन्दिर हिन्दूहरुको आस्थाको केन्द्र थियो । नेता, व्यपारी, लुच्चा, लफङ्गा, चोर, बदमास, हुल्याहा, भ्रष्टाचारी सबैका कामना पूरा गर्ने पवित्र तर स्थल थियो त्यो मन्दिर । एक हुल पछौटेहरु पछुवा लाएर थरिथरिका नेता, व्यापारी, कर्मचारीहरु बेलुका–बिहान एकपटक जानकी मन्दिर आउँथे । विचित्रकै थियो यो मन्दिर पनि । चोरका पनि इच्छा पुर्याइ दिने अनि साधुका पनि । व्यापारीका पनि र उपभोक्ताका पन...

देशको लागि रुनुभएको छ?

(हरेक नेपालीले एक पटक पढ्नै पर्ने लेख) लेखक: बान व्हिइ मिन, १५ बर्षिय बिद्यार्थी, हानकुक बैदेशिक शिक्षा एकेडेमी, दक्षिण कोरिया, नेपालीमा अनुवाद: उज्वल थापा र बिजय सिवाकोटी नेपालीहरु खाली कुरा मात्र काट्छन् , यो देशमा यस्तो भएन, उस्तो भएन । कहिले जातिय भेदभाव भयो भनेर कराँऊछन् त कहिले भ्रष्ट कर्मचारीहरुले पैसा खाए, देश बरबाद भयो भन्दछन् । आफ्नै सरकारसँग रिसाउँछन् अनि दोश जति  सबै, नेताहरुलाई दिन्छन् । तर कहिल्यै तपाई‌ले राम्ररी सोच्नु भाछ कि नेपालको मुलधार समस्या के हो? अँह। मेरो बिचारमा तपाईले सोच्नु नै भा छैन । म त के भन्छु भने नेपालको मुल समस्या भनेको यहाँका मानिसहरुमा देश भक्तिको भावना नै छैन । यहाँका मानिसमा एक-अर्काप्रति माया भन्ने नै छैन । यो निष्कर्ष, म यहाँ मातातीर्थको एउटा स्कुलमा स्वयंसेवक भएर काम गर्दा निकालेको हुँ । जब तत्कालीन राष्ट्रपति पार्क जुङ्ग हीले त्यहाँको सरकार सम्हाले, कोरियामा न त कसैले बैदेशिक लगानी नै गर्थे वा कुनै सहायता नै दिन्थे। यस्तो बेलामा कोरियाले आफ्ना धेरै कामदारहरुलाई बिदेश काम गर्न पठायो । त्यति खेरको पश्चिम जर्मनीमा काम गर्न ओईरिए धेरै कोरियानह...

राष्ट्रियताको प्रश्न

बाको कवक्तव्य सकिएपछि पालो थियो लिला दाइको । लिला दाइको बिषय थियो– नेपाली  राजानीतिमा राष्ट्रियता ।  आफ्नो भनाइ शुरु गर्दै लिला दाइले राट्रियताको बारेमा हाम्रा धारणाहरु बारे चर्चा गर्न शुरु गर्नु भयो । उहाँको बक्तव्यका सार यस्ता थिए ।  “राष्ट्रियता कुनै भू–भाग, पहिरन, भाषा आदि कुराले निर्धारण गर्ने अनि कसैलाई गाली र सत्तोसराप गरेर आर्जन हुने कुरा होइन । नेपालको राष्ट्रियता भन्नासाथ भारतलाई तथानाम गाली गर्ने र उसको संवेदनशीलता नहेरी आफ्नो स्वार्थका कुरा मात्र गर्ने प्रवृत्ति देखिन्छ । यसले छिमेकीलाई चिढ्याउने र सशंकित पार्ने काम लामो समयदेखि भएको छ ।  एउटै खाटमा सुत्दा खुट्टा लाग्छ भने झैं सीमा जोडिएको र त्यसमा पनि खुल्ला सीमाना रहेकाले दुवै देससँग अनेक किसिमका संवेदनशील विषयहरु छन् । भारतसँग केही हाम्रा संवेदनशील पक्ष छन् केही उसका संवेदनशील पक्ष छन् ।”  सीमापार आतंकका विषयमा र आर्थिक गतिविधि खल्बल्याउने नक्कली नोट प्रकरणमा भारतको चासो गहिरो छ । नेपाल हुँदै बग्ने हिमाली नदीहरु नेपालको समथर भू–भाग र भारतका लागि पनि महत्वपूर्ण स्रोत हुन् । यिनले स्रोतको म...

गल्तीबाट सिकौं

हामीले भोलिपल्ट बिहान आयोजकहरुसँग कुरा गर्यौँ । उनीहरुले पनि समय मिलाउने सहमति दिए । बिहानको खाना अलि चाँडै खाएर हामी निस्क्यौँ । बालाई मैले क्लबमा लिएर गएँ । कार्यक्रम निर्धारित समयमा शुरु भयो ।   बाको पालो पहिले नै थियो । राजनीति भन्दा दर्शन र अध्यात्ममा नै बा कहिलेृकहीँ बोल्नुहुन्थ्यो । अनौपचारिक छलफलमा भाग लिइरहनु हुन्थ्यो । जनकपुर आएपछि अलि बोल्ने क्रम बढेको थियो । कहिलेकहीँ माउ पर्टी पीडितहरुले बोलाइरहन्थे । काठमाडौँ आएदेखि आज पहिलोपटक हो बाले बोल्ने कुरा गर्नु भएको । आयोजकलाई सम्बोधन गर्दै बाले बिस्तारै कुरा शुरु गर्नु भयो ।  “सर्वप्रथम म यहाँहरुसँग ०४७ सालको परिवर्तनपछि भएका राजनीतिक गतिविधिको संक्षिप्त समीक्षा गर्न चाहन्छु” भन्दै अनुमति माग्नु भयो । सभापतिले अनुमति दिए । बाले विस्तारै सबैतिर हेर्नुभयो । अनेक भद्रभलाद्मी जस्ता देखिने मानिसहरु थिए । नेताहरु थिए । अनेक कार्यालयका हाकिमहरु थिए । ती सबै हेरिसकेपछि बाले भन्नु भयो– तपाईहरु सबैका अगाडि म एउटा गाउँमा बसेको मान्छेले के गतिला कुरा गरुँला र ! तैपनि सुन्ने धैर्य राखिदिनु भयो भने आफूलाई लागेका कुरा गर्नेछु ।” ...