Posts

Showing posts from October, 2013

राष्ट्रिय सम्म्पत्ती भन्न लायक सफाइटार सिँचाइ योजना

२०५९ सालमा राजा ज्ञानेन्द्रले शासनसता आफ्नो हातमा लिएपछि एक जना साथी ललित बहादुर थापा पूर्वाञ्चल क्षेत्रको क्षेत्रीय प्रशासक भएर धनकुटा गए । सँगै बसउठ गरेर अन्तरङ्ग चिनजान भएकाले धनकुटाका कार्यालयहरुमा भएका अध्ययन तथा तालीमसँग सम्बद्ध कार्यक्रमहरु केही भएदेखि सम्झनु होला भनेर मैले उनीसंँग सम्बन्ध बनाइरहेँ । उनी गएको १ वर्ष जति पछि २०६० सालको शुरुआतमा– “एउटा अध्ययन कार्यक्रम छ धीरजी तपाई संस्थाका सम्बद्ध कागजात लिएर आउनु पर्यो” भनेर मलाई थापाजीले भन्नु भयो । न्यू होराइजनका आवश्यक कागजात सहित म धनकुटा पूगेँ । त्यहाँ गएर बुझ्दा राष्ट्रिय योजना आयोगको क्षेत्रीय कार्यालयले सम्पन्न कुनै २ विकास आयोजनाको अध्ययन गर्ने कार्यक्रम त्यस वर्षको वार्षिक कार्यक्रममा राखेको रहेछ । त्यसका लागि १ लाख रकम बजेट छुट्याइएको रहेछ । न के विषयमा अध्ययन गर्ने भन्ने उल्लेख थियो न त्यसको कुनै ढाँचा वा क्षेत्रगत शर्तहरु (त्इच्) नै थियो । विना कुनै आन्तरिक गृहकार्य त्यो बजेट छुट्याइएको देखेर म आफै“लाई एक किसिमले देशको प्रशासन यन्त्रको काम गर्ने शैलीप्रति दया जागेर आयो । किन यो कार्यक्रम राखिएको हो ? कुन आयोजना...

दशैं र तिहारको आध्यात्मिक पक्ष

बुझेर हो वा नबुझेर हिजोआज दशैंलाई विजया दशमी र तिहारलाई दीपावली भन्ने गरेको देखिन्छ, सुनिन्छ । विजया दशमी भन्नु र दशैं भन्नु अनि दीपावली भन्नु र तिहार भन्नुमा आकाश र जमिन जत्तिकै फरक छ । विजया दशमी र दीपावली दुवै दिनहरु हुन् । यी तिथी हुन् । तर यी दुवै दिन आध्यात्मिक साधनाको परिपाटीमा खास महत्व राख्दछन् । नेपाली समाजमा सामान्य रुपमा हेर्दा यी दुवै तिथीहरु चाडका रुपमा मात्रै प्रसिद्ध छन् । साधना पक्ष गौण छ । अध्यात्मको साधना नगर्नेहरुका लागि यी दिनहरु केवल एक परम्परा हुन् । नेपाली समाजले यिनलाई परम्पराका रुपमा ग्रहण गर्ने भन्दा पनि पर्वका रुपमा यसलाई मान्ने  गरेको देखिन्छ । नवरात्रमा सबैतिर मानिसहरु देवीको आराधनामा लाग्दछन् । आराधनाले ब्रम्हाण्डीय उर्जालाई सकारात्मक रुपमा थप घनिभूत बनाउन मद्दत गर्दछ । त्यसैले यो समय अध्यात्मका विविध साधनाका लागि महत्वपूर्ण मानिन्छ । आध्यात्मिक क्षेत्रमा यो शक्तिशाली उर्जालाई आफ्नो साधनाका माध्यमबाट सिद्ध गर्न चाहने साधकहरुलाई गुरुले विशेष विधिद्वारा साधकका घटमा (हृदयमा) सकारात्मक चेतनाको बीज स्थापना गरिदिन्छन् । घटमा बीज स्थापना गरिने हुना...