Posts

Showing posts from September, 2013

माइला दाइको दशैँ

माइला दाइ काठमाडौँ छिरेको आठ वर्ष भएछ । आठ वर्षमा एक पटक पनि दशैँमा घर जान पाएका छैनन् । आज बिहान उनलाई यस पाली दशैँमा घर जाऊ कि जस्तो लाग्यो । आफूसँगै कोठामा बस्ने साथी बलेलाई भने–  “मलाई यस पाली दशैँमा गाउँ जान मन लाग्यो । तँ के गर्छस् ?” बले आङ तन्काउँदै उठ्यो । “गइस्,  कौडी न सौडी उसै दौडी । के को खर्चले जान्छस् ? घर पुगेर आउन बस भाडा मात्रै तीन हजार लाग्छ । बाटामा खान अर्को पाँच सय । छोराछोरीलाई केही सरसामान लगिदिनु परो कम्तिमा दुई हजार । श्रीमतीलाई यौटा सारीचोलो लिदिनु पर्यो त्यल्लाई तीन हजार । बाउआमालाई क्यै लग्नु परो अर्को दुईतीन हजार । काँबट ल्याउँछस् यतिका पैसा ? कि चोर्न जान्छस् ? यैँ बसेर एक्लो ज्यान पाल्न त गारो भैसको चाडमा घर गएर रमाउने कुरा गर्छ । गै हालिस् भने पनि मन दुःखाउनु मात्रै हो ।” खाटमा पल्टिँदै बर्बरायो बले । माइला दाइ सुनिरहे । “अनि पैसा नकमाउनेले चैँ दशैँमा घरै नजानु त ?” “जानू ।” “अनि के यत्रोविधि बजेटको लिष्ट बना त तैँले ? यो त हरछेरुवा कुरा भैगो नि !” “शहराँ काम गर्ने मान्छे घर जाँदा क्यै नली जान्छस् त ? तेरा छोराछोरी, स्वास्नी स...

नग्न मूर्ति, पेरिस र यथार्थ

आकर्षक पहिरन र ऋङ्गारले झरझुट्ट भएर सजिएकी कुनै महिला सडकमा देखापरिन् भने हरेकको आँखा एक पटक उनीतिर सोझिन्छ नै । युवाहरुको त कुरै छाडौँ बृद्धहरु नै पनि एक पटक उनलाई नहेरीकन रहन सक्दैनन् । सुन्दरी कन्याहरुका पासोमा परेर कैयौँ ऋषिहरुको तप भंग भएका कथा हामीले पढेका र सुनेका छौँ । साधारण, अनाकर्षक र झुत्रे पहिरन भएका मान्छेलाई भने त्यसरी हेरिँदैन । मान्छे त त्यै हो नि किन नहेरेको होला त्यस्ता मान्छेलाई ? आकर्षक पहिरनमा लोभिन्र्छौँ हामी । आखिर के हुन्छ त पहिरनमा ? उनीहरुलाई के ले तान्छ ? के ती पहिरनमा सजिएकी महिला नाङ्गै देखिइन् भने पनि त्यतिकै अकर्षक लाग्छिन् हामीलाई ? यथार्थ चाहिँ पहिरनमा सजिएर सुन्दर देखिने मानिस हो कि नग्न आकृति ? मेरो मथिङ्गल पेरिस सहरको मुटु मानिने राष्ट्रपति भवन र केन्द्रीय सरकारी मुख्यालय नजिकै रहेको विशाल पार्कमा थरिथरिका नग्न मूर्ति देखेपछि एकाएक छचल्कियो । मैले सत्यता र नग्नता बारे सुनेका र पढेका केही कुराहरु सम्झेँ । मलाई आई. ए. मा नेपाली पढाउने एक जना सरले नग्नता र सुन्दरताको बारेमा बताउँदा भन्नु भएको एउटा वाक्य यस्तो थियो– “तिमी नाङ्गै ऐना अगाडि उभिँदा ल...

कालापहाडका लाहुरे, भेरी किनारका टार र सीपमूलक शिक्षा

“काहाँ जाने दाइ टाढै हो कि ?” मैले प्रश्न सोध्नासाथ तुरुन्त जवाफ दिए — “काला पहाड त हुन् नि, अन्त काहाँ जान्या र ?” फेरि मैँले थपेँ “अनि तपाईसंँग आएका यी ४०।५० जाना केटाहरु नि ?” उनले भने “यिनीहरु पनि उतै जान्या हुन् । अब याँ काम छैन । बसेर खान पाइन्न । केही काम त खोज्नै पर्यो । अलिकति बारी कमाई लाइ सक्यो अब फेरि कमाइ लगाउने बेलाँ फिर्न्या हुन् ।” जाजरकोटबाट छिन्चु हिँडेको बसमा चढेका मेरै उमेरका एकजना यात्रु र यो लेखक बीचको सम्बाद हो यो । देशमा चलेका रोजगारमूलक सीपको तालीमको प्रभावकारिता बिषयक एउटा अनुसन्धानको सिलसिलामा केही समयअघि मलाई पश्चिमाञ्चल र मध्यपश्चिमाञ्चलका केही जिल्लाहरुको वस्तुस्थिति बुझ्ने अवसर प्राप्त भयो । त्यही सिलसिलामा म काठमाडौँबाट जाजरकोट पहिलो पटक पुगेको थिएँ । मध्यपश्चिमको जनजीवन बारे त्यति परिचित पनि नभएको र त्यताको परिवेश बुझ्नका लागि यो एक उपयुक्त अवसर भएकाले म त्यहाँ जान र त्यहाँको वस्तुस्थिति बुझ्न उत्सुक भएँ । मध्यपश्चिमको जाजरकोट र पश्चिमाञ्चलको रुपन्देही हाम्रा अध्ययनका जिल्लाहरु थिए । द्वन्द्वपछिको अवस्थामा मानिसहरु (खासगरी युवाहरु) को सीप र दक्षता...

सम्झनामा:'आम्बोटे स्कूलका सरहरु'

मैले निम्न माध्यमिक तहसम्म आम्बोटेको विद्यालयमा पढेँ । त्यतिबेला गाउँ विकास समितिभरि एउटा मात्र विद्यालय थियो । अहिलेका जस्ता छ्यासछ्यास्ती विद्यालयहरु थिएनन् । माघको जाडो बिदा पछि स्कूल शुरु भयो । कुरा २०३१ सालतिरको हो । कक्षा ४ को शुरुमा तराइतिरबाट (धनुषा जिल्ला) एक जना नयाँ शिक्षक हाम्रो स्कूलमा पढाउन आए । केही समयपछि थाहा भयो मलाई भर्ना गर्ने हेडसरले स्कूल छोडने र अन्यत्रै जाने इच्छा गरेछन् । त्यसपछि अर्को हेडसरको खोजीस्वरुप उनलाई बोलाएर ल्याइएको रहेछ । त्यतिबेला मलाई शिक्षक भनेको भगवान् नै कि हो जस्तो लाग्थ्यो ।  मेरो मनमा उसले सबैकुरा जानेको हुन्छ भन्ने थियो । विद्यार्र्थीलाई सपार्न र बिगार्न शिक्षककोे ठूलो हात हुन्छ, चाह्यो भने शिक्षकले जस्तो व्यक्तिलाई पनि ठूलो मान्छे बनाउन सक्छ भन्ने विश्वास थियो । शायद त्यतिबेलाका सबै विद्यार्थीहरु त्यस्तै सोच्थे होलान् । त्यसैले विद्यार्थीहरुलाई माया गर्ने, राम्ररी सिकाउने, आफ्नो विषयमा राम्रो दखल भएको शिक्षकतर्फ विद्यार्थीहरु अलि बढी नै नजिक हुने गर्थे । कक्षामा  २।४ जना पढ्न जान्ने विद्यार्थीहरुको समूहमा म पनि पर्थें । त्य...