Posts

Showing posts from July, 2013

असीम आनन्द

“आज सबै गाइवस्तु लिएर खेत जानुपर्छ । सबै जना छिटोछिटो गरी भात खाएर तयार होऊ । कसैले पाडाबाछा, कसैले गोठका पाटा, कसैले किला, दाम्ला बोक्नु पर्छ । अलि छिटो गर ।” हजुरबाले उर्दी लाउनु भो । हतारहतार भात खाएर हजुरबाको आदेश पर्खेर हामी केटाकेटीहरु जति खाटमा बसिरह्यौँ । आमा हतारहतार खाना खाएर चुलाको धन्दा सकेर बाहिर निस्कनु भो । बा पनि गोठतिर तयारीमा लाग्नु भो । भर्खर धान काटेर खेत खालि भएको थियो । दौँतरी साथी भेटियो कि खुल्ला खेतबारीमा डण्डीबियो र कपर्दी खेल्न खुबै मजा आउँथ्यो । खेतका गरामा खुल्ला आकास मुनि छरपष्ट पारेर गाइवस्तु बाँध्यो अनि बीचमा पारेर एउटा सानो छाप्रोजस्तो लाग्ने गोठ । आधुनिक रुपमा घुमन्तेहरुले प्रयोग गर्ने टेन्ट जस्तै लाग्थ्यो त्यो गोड । शायद त्यस्रबाट सिकेका होलान् ती टेन्टवालाहरुले पनि । त्यसमा सुत्दा अर्कै आनन्द आउँथ्यो । स–साना बाच्छाबाच्छीहरु र बाख्रापाठाहरु राति त्यस गोठमा आश्रय लिन पाउँथे । दिउँसोभरि बाहिरै हुन्थे । पराल ओछ्याएर घुमन्ते पर्यटक झैँ एकजना रुँगालो त्यही गोठको भुइँमा राति गोठ सुत्थे । मलाई घरमाभन्दा त्यस्ता गोठमा सुत्न रमाइलो लाग्थ्यो । गोठ पनि बिचि...