Posts

Showing posts from May, 2013

भूमिका तथा लक्ष्यको तालमेल

मानिसको जीवन नाटकघरमा बनाइएको नाट्यमञ्च जस्तै हो । मञ्चमा एउटै व्यक्ति पनि अनेक भूमिकामा अभिनयका लागि देखापर्छ । अभिनय गर्छ, बहिरिन्छ । फेरि अर्को पात्र आउँछ अभिनय गर्छ, आफ्नो भूमिका निर्वाह गर्छ अनि फेरि बाहिरिन्छ । यसरी अभिनयको भूमिका अर्थात् “रोल” र अभिनय अर्थात् “गोल” नाट्यमञ्चमा चलिरहन्छ । तर ती भूमिका निर्वाह गर्ने अभिनयकर्ताहरु मध्ये एक वा दुई पात्रको भूमिका भने प्रमुख हुन्छ । त्यही पात्रको चरित्रलाई पुष्टि गर्ने वा खण्डनमण्डन गर्ने गरी अरु चरित्रहरुले अभिनय गरिरहेका हुन्छन् ।  मानिसको जीवनमा पनि त्यही कुरा लागू हुन्छ । हामी जीवन बाँच्नका लागि स्थान, समय, परिवेश र परिस्थिति अनुसार विभिन्न भूमिका निर्वाह गर्दछौँ । एउटा कर्मचारी कर्मचारी मात्र हुँदैन । ऊ कार्यालयमा रहँदा कर्मचारी हुन्छ । घरमा रहँदा पुरुष भए एउटा अभिभावक, छोरा, नाति, बाबु आदि होला महिला भए सोही अनुसार अभिभावक, आमा, दिदी, बहिनी, छोरी आदि होला । समाजमा रहँदा एक छिमेकी, समाजको सदस्य होला । संस्थाहरुमा भए कुनै पदाधिकारी, सदस्य, समर्थक, शुभचिन्तक केही होला । देशभित्र एक नागरिक होला । ती विभिन्न भूमिका निर्वाह ग...

परिवर्तनका लागि चिन्तन प्रणालीको विस्थापन र प्रतिस्थापन

सामाजिक, आर्थिक वा वैज्ञानिक जुनसुकै क्षेत्रको परिवर्तन मानिसहरुमा प्रचलित सामाजिक विश्वास, सोच र चिन्तन प्रणालीको परिवर्तनबाट शुरुआत हुन्छ । संसारमा जति पनि सामाजिक, राजनीतिक र वैज्ञानिक परिवर्तनहरु भएका छन् तिनलाई हेर्दा परम्परागत रुपमा चलिरहेका स्थापित मान्यताहरुका स्थानमा नयाँ मान्यताको चिन्तनले त्यसको जग हल्लाइदिएपछि मात्र नयाँ परिवर्तनको जग बनेको देखिन्छ । हामी जहिले पनि एकै किसिमको विश्वास–प्रणाली, चिन्तन, सोच र व्यवहारका साथ जीवन बाँचिरहन्छौँ, कहिल्यै पनि सोच, चिन्तन र व्यवहारमा व्यापक झड्का महसुस गर्दैनौँ र पुरानाका ठाउँमा नयाँलाई प्रतिस्थापन गर्न आफूलाई खुल्ला पनि राख्दैनौ भने न त समाज न त जीवन दुवैमा व्यापक र उन्नतस्तरको परिवर्तन सम्भव हुँदैन । पुरानाको बदलामा नयाँ अवधारणा चर्चामा आउनासाथ एक प्रकारले हरेक मानिसको चिन्तन प्रणालीमा गहिरो झट्का लाग्ने गर्दछ । त्यतिबेला पुरानो मान्यताका स्थानमा नयाँ स्थापित पनि नभएको र पुरानो पनि धरमराएको एक किसिमको रिक्तताको अवस्था सिर्जना हुन्छ । त्यही रिक्तताले व्यक्तिको सोच, चिन्तन र कार्यशैलीमा व्यापक मात्रामा विकासका नयाँ संभावनाहर...