Posts

Showing posts from January, 2013

ध्यानः गन्तव्य एक, मार्ग अनेक

“हसिबा, खेलिबा, धरिवा ध्यानम् ।” गुरु गोरखनाथले आजभन्दा करिब ७५० वर्ष अघि ध्यानको अवस्थाको अन्तिम परिणतीबारे बोलेको सूत्र हो यो । ध्यान भन्नेबितिकै हामी बिशेष तामझाम, बिशेष ठाउँ, बिशेष पहिरनमा सजिएका मानिसहरुले आँखाचिम्लेर बसिरहेको सम्झन पुग्छौँ । पतञ्जलीले अष्टाङ्ग योगको चर्चाका क्रममा ध्यानलाई योगको छैठौँ चरणमा राखेका छन् । यम, नियम, आसन, प्राणायाम, धारणा, ध्यान अनि समाधि । योगको पूर्णावस्था समाधिमा गएर हुने हुनाले ध्यानलाई त्यसभन्दा तल्लो खुट्किलोका रुपमा उनले राखेको पाइन्छ । गुरु गोरखनाथले निकै अघि ध्यानको अवस्थाका लागि हामीले बनाएको धारणाभन्दा भिन्न रुपमा उल्लेख गरेका भए पनि ओशोभन्दा अघिसम्म ध्यान उत्सवमय, संगीतमय र नृत्यमय हुनसक्छ भन्ने कमैलाई लाग्दथ्यो । आशोको देन यसैमा छ । उहाँले ध्यानलाई नृत्य, उत्सव र उल्लासमय वातावरण संग जोडिदिनु भयो । अहिले आएर ध्यानमा संगीत भएन, उत्सव र नृत्य भएन भने ध्यान नै होइन कि भनेजस्तो भइसकेको छ । भजन, गायन, नृत्य तथा उत्सव ध्यानका अभिन्न अङ्ग भइसकेका छन् । ओशोले संसारलाई ध्यानका नयाँ विधिहरु सिकाउनु अघि उत्सव, नृत्य र संगीत ध्यानका अभिन्न र...