नेता र नेतृत्व
‘अँ, केइ खास कुरा थिए कि तेरा, ल भन् ।’ लीला दाइले कुरा उक्काउन खोज्दै मतिर फर्केर भने । ‘पैलो कुरा राजनीति भन्या के हो भन्ने त तै“ले था’ पाइस्, हैन त ? राजनीति भन्या देशको शासन चलाउनका लागि आवश्यक पर्ने मुख्य नीति । यस्तो नीति बनाउने र त्यो नीतिअन्सार देशको संविधान, कानुन, नियम, प्रक्रिया, शान्ति, सुरक्षा, विकास, निर्माण सबै काम हुन्छन् । ती सबै कुरा गर्ने भएकाले यल्लाई राजनीति भनियो । यो चलाउनेलाई ‘राजनेता’ भनियो । सामान्य मान्छेले यसलाई नेता भने ।’ लीला दाइ अडिए । मैले बीचैमा प्वाक्क सोधेँ– ‘दाइ, राजनीति गर्नेजति सबै राजनेता हुन् त त्यसो भए !’ लीला दाइ झस्के । ‘कुरा अलि गहिरो सोधिस् बाबु, तै“ले । राजनीतिमा लाग्ने सबै ‘राजनेता’ हुँदैनन् । राजनीतिमा लाग्ने कोइ कार्यकर्ता, कोइ भरौटे र कोइ अरौटे हुन्छन् । कोइ–कोइ नेता हुन्छन् । अनि लाखौ“ नेताहरूमध्ये एक जना राजनेता हुन्छ । राजनेता हुन आदर्श, सिद्धान्त र चरित्रको निरन्तरता चाइन्छ । त्यसै हुँदैन । देश हाँक्ने दूरदृष्टि चाइन्छ । त्यल्लाई अड्याउन, सफल पार्न र त्यसका पछि देश र जनातालाई हिँडाउन आफूभित्र सिद्धान्तको ब...