हाइकिङ र रिट्रिटको रमाइलो
“मनोरञ्जनात्मक वस्तुको उपभोगबाट पाइने क्षणिक आनन्द भन्दा प्राकृतिक रमणीयताको आन्तरिक अनुभूतिबाट लिइने आनन्द मानव जीवनका लागि कैयौँ गुणा बढी महत्वपूर्ण छ ।” एक प्रख्यात पर्यटकले संसार घुमेर निकालेको निष्कर्ष हो यो । फान्सको पेरिसको एक पुस्तक पसलमा पाएको सानो यात्रा विवरण जस्तो लाग्ने किताबको शुरु पृष्ठमा मैँले यो वाक्य पढ्न पाएको थिएँ । सारै मन परेकाले यात्रा डायरीको एउटा पन्नमा टिपिएको यो वाक्य र एफेल टावर घुम्दै गर्दा पेरिसका मेरा एक जना नेपाली मित्रले भनेको मार्मिक वाक्यले चन्द्रगिरी पहाड चढ्दा र त्यहाँबाट देखिने काठमाडौँ उपत्यकाको दृश्यावलोकन गर्दा मलाई आज फेरि झस्कायो । उनले भनेका थिए – “धीर जी हामी नेपालीहरु जीवनमा रमाइलो गर्न त जान्दै जान्दा रहेनछौँ । रमाइलोका लागि कि त हामी तास खेलेर दिन बिताउँछौँ कि त रक्सी पिएर मात्ने गर्छौ । यसले त हाम्रो मानसिकता खुम्चँदो रहेछ अनि स्वास्थ्य पनि बिग्रँदो रहेछ । थाहै नपाई रमाइलोका नाममा हामी आफ्नो जीवन धरापमा पो पार्दारहेछौँ ।” उनको यो भनाइले मलाई त्यसबेला त त्यति छोएन तर जब मैँले स्वीटजरल्याण्डको पहाडमा कुद्ने पहाडी रेलबाट देख्दै लठ्ठ ...